कथाः समाजको जित

 कथाः समाजको जित


साँझ पर्न लागेको थियो । सहरको एउटा कुनामा पर्ने एउटा पुरानो घरको ढोका ढकढकाइयो । भित्रबाट एक वृद्ध निस्के । उनी थिए रमेशकाका, जो केही वर्षअघिसम्म गाउँका धनीमानीमध्ये गनिन्थे तर समयको खेल, आज उनीसँग केही पनि थिएन ।


“हजुरलाई को खोज्दै आउनु भएको?“ वृद्धले ढोका खोल्दै भने ।


“काका, म विजय । बिर्सनु भयो ? पहिले तपाईंको घरमा आउँदा तपाईंले सधैं मिठा परिकार खुवाउनुहुन्थ्यो । आज तपाईंसँग केही कुरा गर्न मन लाग्यो ।“ विजयले भन्यो ।


रमेशकाका विजयलाई देखेर मुस्कुराए । “बुहार्तन !!! म कसरी बिर्सिन सक्छु ? भित्र आऊ, बस । चिया ल्याइदिन्छु ।”


विजय लजाउँदै भन्यो, “होइन काका, तपाईंलाई दुःख दिन आउनु भएको होइन । म चाहन्छु कि तपाईंको हालखबर बुझूँ ।”


रमेशकाका गहभरी आँसु पार्दै भने, “बेटा, जब मसँग धन थियो, यो आँगन सधैं भरिभराउ हुन्थ्यो । आफन्त, साथीभाइ हरेक दिन आउँथे । मैले सबैलाई खानपिन गराएँ, सत्कार गरेँ तर जब मेरो व्यापार डुब्यो, सबै एक–एक गरी हराए ।”


विजय गम्भीर भयो । “काका, समाज साँच्चै स्वार्थी रहेछ । तपाईंलाई पहिले चिनेका ती आफन्त अहिले खोइ त ?”


रमेशकाका निराश हाँसे, “छोरा, जब मसँग पैसा थियो, म ’आदरणीय’ थिएँ । अहिले म एक्लो भएँ । म त सोच्छु, धन रहेसम्म मात्रै मान्छेको इज्जत रहेछ ।”


यत्तिकैमा गाउँकै केही पुराना मित्रहरू बाटो हुँदै गइरहेका थिए । विजयले उनीहरूलाई बोलायो । “दाइहरू, रमेशकाकासँग बस्न आउनु न ।”


उनीहरू एक–अर्कालाई हेराहेर गर्न थाले । एकजना मुठ्ठी पार्दै बोले, “हामीलाई अरू काम छ । पछि आउँला ।” अनि ती सबै हिँडे ।


रमेशकाका मुस्कुराउँदै भने, “हेर्दैनौ छोरा, जब पैसा थिएन, तिनीहरू पनि छैनन् ।”


विजयलाई समाजको यो तुच्छ स्वभाव देखेर दुःख लाग्यो । उसले प्रण ग¥यो, अब ऊ कहिल्यै कसैलाई पैसाको भरमा मात्र मान सम्मान दिने छैन ।


विजयले गाउँमा एउटा संस्था खोल्ने निर्णय ग¥यो । ऊ गाउँको चोकमा उभियो र केही व्यक्तिहरूसँग कुरा गर्न थाल्यो ।


“दाइ हो, पैसा क्षणिक चीज हो तर हाम्रो असल व्यवहार सधैं रहन्छ,” विजयले भन्यो ।


गाउँका एकजना व्यापारी रमेशकाकासँग दाइ रामनाथले खिसी गर्दै भने, “तर आजको दुनियाँमा पैसा नहुँदा मान्छे केही पनि हुँदैन, होइन् र ?”


विजयले हाँस्दै उत्तर दियो, “दाइ, म तपाईंलाई एउटा प्रश्न सोध्न चाहन्छु । मान्नुहोस्, तपाईं अहिले धनी हुनुहुन्छ । तपाईंलाई सबैले आदर गर्छन् तर भोलि, यदि तपाईंको धन सकियो भने, के समाजको आदर उस्तै रहन्छ ?”


रामनाथ एकछिन चुप लागे । “त्यो त ठीकै हो... तर के गर्नु, संसार यस्तो छ ।”


विजयले दृढताका साथ भन्यो, “संसार बदल्न गाह्रो छ, तर असम्भव छैन । त्यसैले म एउटा संस्था खोल्दैछु, जहाँ गरीब, असहाय, वृद्धहरूलाई मद्दत गरिनेछ ।”


गाउँका केही युवाहरू विजयको कुरा सुनेर उत्साहित भए ।


एक युवाले भन्यो, “विजय दाइ, हामी पनि तपाईंलाई सघाउँछौं । हामी प्रत्येक महिना केही रकम जम्मा गर्छौं र यस संस्थालाई मद्दत गर्छौं ।”


विजयले खुशी हुँदै भन्यो, “यही हो हाम्रो उद्देश्य । जब हामी सबै मिल्छौं, तब समाज परिवर्तन हुन सक्छ ।”


सहरका धनाड्यहरूसँग भेटेर विजयले उनीहरूलाई सम्झायो, “तपाईंहरू आज धनी हुनुहुन्छ, तर कुनै दिन यो सम्पत्ति नहुन पनि सक्छ । जब त्यो दिन आउँछ, तपाईंलाई समाजले के दिनेछ ? त्यसैले अहिले नै असहायहरूलाई मद्दत गर्नुस् ।”


क्रमशः गाउँका मानिसहरूले विजयको विचार बुझ्न थाले । अब समाजमा असल व्यवहार, इमानदारी, र सहयोगलाई प्राथमिकता दिन थालियो ।


एक दिन, पहिले रमेशकाकालाई उपेक्षा गर्ने ती पुराना साथीहरू उनीकहाँ आए । “हामीले गल्ती ग¥यौं काका । पैसाका पछि लागेर असल सम्बन्धलाई नै भुल्यौं । हामी तपाईंलाई फेरि साथ दिन चाहन्छौं,“ उनीहरूले भने ।


रमेशकाकाले विजयतिर हेरे, विजयले मुस्कुराउँदै भने, “यो नै हाम्रो सफलता हो । जब मन परिवर्तन हुन्छ, तब समाज परिवर्तन हुन्छ ।”


समाज बदल्न सजिलो थिएन, तर विजयको दृढ सोच, निःस्वार्थ व्यवहार, र अथक प्रयास गरिनै  रह्यो ।


विजयको संस्थाले विस्तारै समाजमा परिवर्तन ल्याइरहेको थियो । दिनानुदिन धेरै मानिसहरू सहयोगी भावना बोकेर अघि सर्न थाले । एक दिन, गाउँको पुरानो चौतारोमा धेरै मानिस भेला भएका थिए । विजयले सबैलाई सम्बोधन गर्न थाल्यो ।


“दाजुभाइ हो, हामीले धेरै गल्ती ग¥यौं । हामीले पैसालाई महत्त्व दियौं, तर सम्बन्धलाई होइन । अब समय आयो, जहाँ हामी परिवर्तन ल्याउन सक्छौं ।”


एक वृद्ध अघि सरे, “बाबु विजय, तिमीले हामीलाई साँचो बाटो देखायौ । हामीले धन भएका बेला घमण्ड ग¥यौं, तर जब धन गयो, आफन्तले पनि चिनेनन् । अब तिमीले सिकाएको बाटो पछ्याउन चाहन्छौं ।”


गाउँकै एकजना धनी व्यापारी रामनाथले अगाडि आएर भने, “म पनि तिमीसँग सहमत छु विजय । पैसा सधैं रहँदैन । मैले आजसम्म आफूलाई मात्रै सोचें, तर अब समाजका निम्ति पनि केही गर्नुपर्ने रहेछ भन्ने मलाई आभास भयो ।”


विजय मुस्कुरायो, “सोचेर मात्र हुँदैन, काम गर्नुपर्छ । हामी प्रत्येकले एक–दोस्रोलाई सहयोग ग¥यौं भने कसैले दुखी हुनुपर्दैन ।”


यसपछि गाउँका सबैले संस्थाको अभियानमा हातेमालो गर्न थाले । कोही वृद्धहरूको हेरचाह गर्न थाले, कोही गरिब विद्यार्थीहरूलाई पढाउन लागे । समाजमा प्रेम, सद्भाव, र सहयोगको भावना फैलिन थाल्यो ।


एक दिन, रमेशकाका विजयलाई भेट्न आए । “बेटा, तिमीले मेरो मात्र होइन, पूरै समाजको जीवन परिवर्तन ग¥यौ । मलाई गर्व छ कि हाम्रो गाउँले यति ठूलो परिवर्तन देख्न पायो ।”


विजय मुस्कुराउँदै भन्छ, “काका, परिवर्तन सम्भव छ, यदि हामी सबैले सही सोच राख्यौं भने । यो त हामी सबैको जित हो ।”


अब त्यो गाउँ पहिलाको जस्तो थिएन । यहाँ पैसाभन्दा बढी महत्त्व मानवता र सम्बन्धले पाउने भयो । समाजले अब स्वार्थ होइन, सहयोगलाई प्राथमिकता दिन थाल्यो ।


समाजमा आएको परिवर्तनले गाउँलाई नयाँ स्वरूप दिएको थियो । एक बिहान, चौतारोमा रमेशकाका बसिरहेका थिए । उनी वरपर हेर्थे— जहाँ पहिला स्वार्थले भरिएको थियो, अहिले त्यही ठाउँ सद्भावले भरिन थालेको थियो ।


एकजना युवक, जो पहिले अरूको दुःखमा कहिल्यै ध्यान दिँदैनथे, अहिले वृद्धहरूलाई मद्दत गर्दैथिए । महिला समूहहरूले असहायहरूको लागि सामूहिक भोजनको व्यवस्था थालेका थिए । गाउँका बालबालिकाहरू हर्षित मुद्रामा शिक्षाको महत्त्व बुझ्दै विद्यालय जान्थे ।


विजय हिँड्दै चौतारो आइपुग्यो । रमेशकाकाको आँखा उसलाई देखेपछि रसाए ।


“बेटा, तिमीले देखेको सपना पूरा भयो । अब यो गाउँ पहिलेको जस्तो छैन । यहाँ अब पैसा होइन, मानिसको असली मूल्य मायाले तोक्छ ।”


विजयले मुस्कुराउँदै उत्तर दियो, “काका, परिवर्तन असम्भव होइन । यदि मन सफा छ भने, समाजलाई राम्रो दिशामा लैजान सकिन्छ ।”


एकजना वृद्ध महिला अघि सर्दै भनिन्, “पहिले मलाई लाग्थ्यो, संसार पैसाले मात्र चल्छ तर आज बुझें, साँचो सम्पत्ति त मायालु सम्बन्ध र सहयोगी भावना हो ।”


गाउँभर खुसीको माहोल थियो । अब कोही भोको रहँदैनथे, कोही उपेक्षित हँुदैनथे । स्वार्थी समाजको अन्धकारबाट विजयले सबैलाई मानवताको उज्यालोतर्फ डोर्याएको थियो ।


गाउँका सबै मिलेर ठूलो उत्सव मनाइरहेका थिए । त्यस दिन विजयले महसुस गर्यो— उसले जितेको थियो, तर यो कुनै व्यक्तिको जित थिएन । यो त सम्पूर्ण समाजको जित थियो ।


एक साँझ, गाउँका केही व्यक्तिहरू विजयकहाँ आए । उनीहरू वृद्धाश्रमको अवधारणा र विजयको संस्थाबीचको भिन्नताबारे छलफल गर्न चाहन्थे ।


रामनाथले प्रश्न गरे, “विजय, तिम्रो संस्था र वृद्धाश्रम एउटै होइन र ? आखिर दुबै ठाउँमा वृद्धहरूकै हेरचाह गरिन्छ, हैन र ?”


विजयले शान्त रूपमा उत्तर दियो, “हो, बाहिरबाट हेर्दा दुवैको उद्देश्य उस्तै देखिन सक्छ, तर ठूला भिन्नताहरू छन् । वृद्धाश्रममा वृद्धहरूलाई परिवारबाट अलग गरेर राखिन्छ । उनीहरूलाई आधारभूत सेवा दिइन्छ, तर त्यो तिनको मर्जी विपरीत हुन्छ तर हाम्रो संस्था तिनै वृद्धहरूलाई परिवारसँगै जोडेर राख्ने प्रयास गर्छ । उनीहरूलाई समाजमा समाहित गराउँछ ।”


गाउँका वृद्ध गोकुल काका अघि सरे, “विजयले साँचो भने । मलाई मेरा छोराले वृद्धाश्रम पठाउन खोजेका थिए, तर उहाँकै प्रेरणाले अहिले म परिवारसँगै छु । हाम्रो संस्था वृद्धहरूलाई केवल आश्रय दिने ठाउँ होइन, यो त समाजलाई सचेत बनाउने केन्द्र हो ।”


अरूले सहमति जनाए । विजयले थप्यो, “वृद्धाश्रम एक विकल्प हुन सक्छ, तर हाम्रो संस्था समाधान हो । हामी वृद्धहरूलाई समाजबाट टाढा राख्ने होइन, उनीहरूलाई पुनः परिवारको अंश बनाउन चाहन्छौं । वृद्धाश्रम बाध्यता हो, तर हाम्रो संस्था जागरूकता ।”


सबैजना विजयको सोचलाई बुझ्दैथिए । यस संस्थाले परिवार र सम्बन्धलाई बलियो बनाउँदै थियो, जसले समाजलाई अझ धेरै सान्दर्भिक र जीवन्त बनाइरहेको थियो ।



२०८१ फागुन २१

बिजु सुवेदी विजय











Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा