लघुकथा :– निर्दोष काग

लघुकथा :– निर्दोष काग
बिजु सुवेदी “विजय”

हत्या र हिँसा विरुद्ध बृत्तचित्र बनाउनुपर्ने महसूस गरियो । एउटा कागलाई मारियो । चउरमा खाल्डो खनी गाडियो । गाडेको भिडियो खिचियो । कागलाई गाडेको त्यो दृश्य देखेर आकाशमा  मडारेर कोलाहल , खैलाबैला गरी बिचलित भएर थुँग्नलाई आक्रमणमा उत्रिरहेका  झूण्ड–झूण्ड कागहरुको पनि एकछिन भिडियो खिचियो र  यी माथिका सबै दृश्यहरु देखाइसकेपछि अन्त्यमा ती विचलित कागहरुको कोलाहलको दृश्यमा शन्देश दिइयो पनि भनियो पनि “ हत्या हिँसाका विरुद्ध यसरीनै उत्रौं”।

बिजु सुवेदी “विजय”
कुलेश्वर काठमाण्डौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा