संसार बदल्न
गीति कबिता :– संसार बदल्न
बिजु सुवेदी “विजय”
संसार जिते फर्कन्छु भन्छौ नभए झुक्दिन
हारेमा आफ्नो ज्यानको बली देशको खातिर
सलाम लाखौँ दिएर भन्छु सपुत सिपाहीँ
तिमी नै हाम्रो आशाको दिप प्रभाती अमृत
गएछौ तिमी सिपाही भई संसार बदल्न
दुःखीया हरु प्रतिक्षा तिम्रै गरेर बसेका
भोका र निर्धा सहेर बसी पुकार्दै सहस्र
कहाली लाग्दो जिन्दगी गर्यौ बदल्ने अठोट
रक्तको नाली लाशमा तिमी सपना उमार्छौ
बढ्दछौ तिमी शरीर छोडी पर्वाह नगरी
रक्तको तर मुच्छेल जस्तो तिम्रो छ कहानी
हरेक तिम्रो पाइला भयो दुश्मन गिजोल्ने
त्यागेर आज तिमीले घर पाइला बढायौ
कहर भयो बसाइँ तिम्रो सियोको टुप्पोको
कसरी डत्यौै सक्दिन आँक्न सीमाको बाहिर
डराई तारा भएछ हेर टलल्ल गरेछ
२०७२ मङ्सिर ४
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com
बिजु सुवेदी “विजय”
संसार जिते फर्कन्छु भन्छौ नभए झुक्दिन
हारेमा आफ्नो ज्यानको बली देशको खातिर
सलाम लाखौँ दिएर भन्छु सपुत सिपाहीँ
तिमी नै हाम्रो आशाको दिप प्रभाती अमृत
गएछौ तिमी सिपाही भई संसार बदल्न
दुःखीया हरु प्रतिक्षा तिम्रै गरेर बसेका
भोका र निर्धा सहेर बसी पुकार्दै सहस्र
कहाली लाग्दो जिन्दगी गर्यौ बदल्ने अठोट
रक्तको नाली लाशमा तिमी सपना उमार्छौ
बढ्दछौ तिमी शरीर छोडी पर्वाह नगरी
रक्तको तर मुच्छेल जस्तो तिम्रो छ कहानी
हरेक तिम्रो पाइला भयो दुश्मन गिजोल्ने
त्यागेर आज तिमीले घर पाइला बढायौ
कहर भयो बसाइँ तिम्रो सियोको टुप्पोको
कसरी डत्यौै सक्दिन आँक्न सीमाको बाहिर
डराई तारा भएछ हेर टलल्ल गरेछ
२०७२ मङ्सिर ४
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com

Comments
Post a Comment