रणसङ्ग्राम म एक्लै लड्छु
रणसङ्ग्राम म एक्लै लड्छु
सुत्दा !,
उठ्दा !,
झल्याँस्स ब्युँझँदा !,
बिझाउँछ मलाई बैरीका परेडहरूले !
एकदमै असह्य हुन्छ ,
छटपटी भइरहन्छ सधैंभरी ।
आजको मेरो स्वदेश !
मेरो धुकधुकी !
मेरो परम् आत्मा !
पूर्खाले स्वाभिमान बनाएको मेरो देश !
भोलि पराधिन हुने क्रम छ !
भोलि पराइ हुने क्रम छ !
आजको मेरो प्यारो आकाश !
किच्चिएर संकुचन हुने क्रम छ !
मेरो प्यारो ज्यान टुक्रिएको छ
मेरो सर्वस्व टुक्रिएको छ !
मेरो घरको आँगन आज यहाँ छैन !
मेरो सधै माछाको स्तब्ध आँखा भइरहेको छ !
लठ्ठक भएर कति बाँचुँ म ?
मेरो देश किन परदेश जान्छ ?
मेरो देशको शेष किन निःशेष हुन्छ ?
अनिँदो बसिरहँदै पनि !
अँध्यारोमै मेरो देश किन गायब हुन्छ ?
आज म बसेको स्वर्गतुल्य देश !
किन पराया भूमि हुन्छ ?
बिहानीको प्रभातको मिर्मिरेमा हेर्दा !
किन साँझ हुन्छ ?
किन हाम्रो बंकर सब छियाछिया भइसकेको हुन्छ ?
किन सुरक्षा दिने सुरुङ्गहरू पुरिइसकेको हुन्छ ?
किन जङ्गे पिल्लरहरू सारिइसकेको हुन्छ ?
वाटुली भावी आफ्ना सन्तान दरसन्तान बोकी,
अँध्यारैमा पहाडतिर डेरा सर्छिन् !
उनले गरेको तराईको बिर्ता !
उनको तराईको पूरै उब्जनी !
बाढी नआएपनि !
उनको हुँदैन ।
अस्मिता लुटिने पीडाले !
उनी तराई नझर्ने गरी जान्छिन्
पहाड नाघेर सैलुङ्गतिर जान्छिन्
पूरै गाउँ यसरी डेरा सर्छ
मेहेनत मजदुरी गरेर कमाएको भए पनि !
आफ्नो स्वदेशी हक लालपूर्जा भए पनि !
आफ्नो नागरिकतामा गाउँको नाउँ भए पनि !
आफ्नो पूरै सम्पत्ति गुमाएर,
आफ्नो पूरै गाउँ गुमाएर,
यसरी गाउँले नै बसाइँ सर्छ !
तैपनि फेरि त्रास छ !
सन्त्रास छ !
जङ्गे पिल्लर उत्तरतिर बढ्ने क्रम फेरिएको छैन,
अहिले उनीहरूको गाउँ नयाँ प¥यो !
तर ! उनीहरू मूल गाउँकै बासिन्दा !
केही खान नपाएर,
झारपात बालेर,
तातोपानीले मात्रै गुजार्नु¥पयो सबैले !
कति पटक बसाइँ सरिसके
त्यसको लेखाजोखा छैन उनीहरूसँग !
त्यसैले ! उनीहरूलाई सधैं नमज्जाले डस्छ !
अँध्यारो हुन थालेपछि व्यथा सुरु हुन्छ !
मुटुको व्यथाभन्दा ठूलो व्यथा छ उनीहरूको
कतै बसाइँ सर्नुपर्ने त होइन ?
कतै आफ्नो थोपो संपत्ति पनि पराइ हुने हो कि ?
कतै सिमानाले फेरि गुहार माग्न आउने पो हो कि ?
“किन पछि नहट्ने हिम्मत गर्दैनौं ?” भन्छु म !
यसपाली भक्तिथापा बत्रे अडानमा छन् उनीहरू !
तैपनि सिमानाले बनवास लिन्छ !
पहरा दिन्छन् !
एकातिर मात्र हेर्नसक्ने घोडाले जस्तै !
फेरि पनि सन्त्रास छ !
फेरि यो गाउँ पनि वनवास गयो भने !?
यस्तो सधै भइरहँदा !
हे आमा ! म के भनुँ उनीहरूलाई ?
गाउँले फेरि रातारात बसाइँ सर्यो भने !?
हाम्रो देश भनेर कुन ठाउँलाई भत्रे !?
देशै नरहे ! हाम्रो अस्तित्त्व पनि रहत्र
हे मेरो गाउँ ! तिमीलाई माया लाग्दैन गाउँलेहरूको ?
तिमी किन पराया भयौ ?
तिमी किन परदेशी भयौ ?
तिमी किन वनवास गयौ ?
हे आमा ! गाउँलेहरूलाई म के भनुँ ?
भो अब नभाग भनुँ ?
“खै कहाँ गए वलभद्र, भक्तिथापाहरू ?” भनुँ
हे गाउँलेहरू ! कति उकाली लाग्छौ तिमीहरू ?
किन तराईतिर झर्ने हिम्मत गर्दैनौ ?
मेरो भेडीखर्क कहाँ गयो !?
मेरो गोठालो जाने ठाउँ कहाँ गयो !?
मेरो वालापनमा खेल्ने ठाउँ कहाँ गयो !?
यसरी किन सबै किनारा लागे !?
यसरी सबै किन पराया भए !?
आफैलाई तड्पाएर बसेका छन् देशी सिपाहीहरू पनि !
उनीहरूको प्रतिकार गर्ने हक छैन !?
कत्ति स्वाभिमानहरूले माथिको आदेश नआएकोले !,
आफ्नो स्वाभिमान नछोड्ने सिपाहीँहरू पनि !,
सिपाहीपन छोडेर पलायन भए विदेशतिर !
आफ्ना लालावालाका लागि !
कत्ति माथिका आदेशका अगाडि विवश छन् !।
हेर्दा उनीहरूले गाउँलेलाई बिछोड गराए जस्तो !
मन दुखाएर बसिरहेछन् मामुली जवानहरू !
यो उनीहरूको लालावालाप्रतिको कर्तव्यले पनि हो
दुख्छ त फगत मेरो मन मात्रै !
आमा र म दुःखका आँसु बगाइरहेछौं !
मेरो मन दुखेको छ !
मुटु चुँडिएको छ !
सधैँ ऐँठनै ऐँठन छ !
ऐँच्याएकोऐँच्याएै ! ऐँच्याएकोऐँच्याएै ! कति ऐँच्याएको ?!
यी बदनामी शासकहरूले !
देश उनीहरूको खल्तीमा दिन्छन् !
पूरै देशी सिपाहीँहरू छन् सिमानामा !
बन्दूक छ उनीहरूसँग !
कम्मरमा गोर्खाली खुकुरी छ उनीहरूसँग !
तैपनि निरीह छन् उनीहरू !
तैपनि गाउँलेहरू लुरुलुरु उकाली लागिरहेछन् !
माटो छाडिरहेछन् सुरुसुरु !
मैले मेरो अङ्ग सुस्ता गुमाएँ !
मैले मेरो अङ्ग कालापानी गुमाएँ !
मैले मेरो अङ्ग महेशपुर गुमाएँ !
मैले मेरो अङ्ग गण्डकी गुमाएँ !
मैले मेरो अङ्ग महाकाली गुमाएँ !
मैले मेरो अङ्ग सेती बगर गुमाएँ !
यस्तो आमाको क्रन्दन कल्ले सुत्रे ?!
आमालाई अपाङ्ग बनाउने हे ब्वाँसा शासकहरू !
तिमीहरूको नाक छ कि छैन ?!
तिमीहरूको कान छ कि छैन ?!
तिमीहरूको आँखा छ कि छैन ?!
तिमीहरू पशु हौ कि मुर्कट्टा मानिस हौ ?
रगतलाई पानी बनायौ तिमीहरूले !
वैरीलाई हौसला भइरहेको छ !
उनीहरूको रवाफ अत्याचारिलो छ !
हामीले नै सधैं पछि हट्नु पर्ने ?!
यो कस्तो निसाफ हो ?!
कस्तो मूर्दा कानून हो ?!
निर्लज्ज सरकार ! वैरीका कुकुर बनिरहेको छ !
आमालाई सिमानाको घाउले असह्य भइरहेको छ !
मूर्दा कानूनले स्वतन्त्र हुनेसम्म वकालत गर्दैन !
आमाले कति सहनु पर्ने हो ?
आमाले कति दब्नु पर्ने हो ?
आमाले अस्मितामाथिको अत्याचार कति सहने ?
हे ! आमाको छातीमा लात्ती हात्रे बैरी सत्ताहरू !
वलात्कारको वेदनाले सबै अङ्ग छियाछिया भइसकेको छ !
देश बचाउने आदेश किन दिँदैनौ तिमीहरू ?
म जन्मेको ठाउँ !
म हुर्केको ठाउँ !
यो मेरो सर्वस्व हो !
म कुनै हालतमा !
कदापी बिर्सन सक्दिन !
म एक इञ्च पनि छोड्दिन यो मेरो ठाउँ !
मेरो देशलाई कपूर हुन दित्र म !
सिङ्गो राष्ट्रको अस्तीत्त्वको प्रश्न हो यो !
तर ! म कदापी देशमाथि गद्दारी गर्न चाहत्र !
मृत्युसित बच्न कहिल्यै भीख माग्ने छैन !
देशको हितका लागि मर्न तयार छु म !
देशभक्तहरूले देखाएको !
शाहसको बाटोमा लम्किरहेको छु म !
देशको अस्तीत्त्व जोगाउन लम्कँदै छु म !
हुन त ! म आम नागरिक हुँ !
तर ! सबै किन मलाई पराइ देशका नागरिक लाग्छन् !
किन मुख, जिभ्रो, रुद्रघण्टी भएर पनि कसैको आवाज छैन ?
अचेल ! भैसी चराउनेलाई सम्म पनि देशको माया छैन !
हुन त ! म एक्लो छु !
तर ! सिङ्गो अभिभावक आमा मेरो साथ हुनुहुन्छ !
त्यसैले मेरो आँट बढेको छ !
हे बाटुली भावी !
तिमी अब सैलुङ्गबाट झरे हुन्छ !
देशलाई लुक्ष्ने गिद्धचीलहरूलाई खत्तम पार्न !
मैले सामलको जोहो गरिसकेको छु !
जिउँदै मरेतुल्य कदापी बन्दिन म !
मलाई पूरै मेरो देश चाहिन्छ !
हिमाल चाहिन्छ ,
पहाड चाहिन्छ ,
तराई चाहिन्छ !
मेची चाहिन्छ ,
महाकाली चाहिन्छ ,
सिङ्गो सगरमाथा पूरै चाहिन्छ !
मलाई विछट्टै राम्रो मेरो अती प्यारो स्वदेश चाहिन्छ !
यो मुक्ति युद्ध म एक्लै छेड्छु !
गोरिल्ला बनेर पूरै आमालाई उपचार गर्छु !
आमाको सच्चा सन्तान !
सिपाहीँ ,! सपूत !, रखवाला ! हुँ म !
देश बचाउने रणसङ्ग्राम म एक्लै छेड्छु !
देश बचाउने रणसङ्ग्राम म एक्लै लड्छु !
देश बचाउने रणसङ्ग्राम म एक्लै लड्छु !
मिति २०७०–०१–११ लोकतन्त्र दिवसको दिन
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

Comments
Post a Comment