शब्द चित्र २०७१/०६/२२



भरौटेहरुको केही दोष छैन । उनीहरु निम्न वर्गका हुन् । उनीहरुले यसो नगरेमा उनीहरुको रोजिरोटी चल्दैन । यो उनीहरुको दासी मानसिकता पनि हो । उनीहरु विद्रोह गर्न सक्दैनन् । एकदुईले विद्रोह गरे पनि साथ दिँदैनन् र विद्रोह गर्नेलाई नै परिवारबाट अलग गरी सामन्तीसँग मिलेर आफ्नै रगतका नातालाई पनि यातनामय जीवन, अझ त्योभन्दा कठोर जीवन जिउन वाध्य पार्छन् ।

देशमा व्याप्त वेश्यावृत्ती, तस्करीहरुको वोलवाला छ । कानुन भनेको खत्तम अवस्थामा छ । जनताहरु व्युँझाउन देशका सपुतहरु प्नि दविएका अवस्थामा छन् । सबै सर्वसाधारण जनताहरु तस्करी र वेश्यावृत्तीको जालोमा परेका छन्  । देशका गुरुहरु सिकाएको जस्तो गर्छन् र आफू पनि व्यवहारमा लागू गर्दैनन् । भ्रष्टाचारीको अनेकौं तरिका भनेजस्तो देशमा जतिसुकै सफा सुग्घर गरे पनि फोहोरी खेल खेलिरहेका हुन्छन् । देश आज उनै तस्करी वेश्याहरुको हातमा छ । राम्रो काम गर्नेहरुलाई सताउन सम्म सताउँछन् यहाँ । शहर शहर रहेन अब । सहरमा सर्वसाधारण जनताहरुलाई दास झैं व्यवहार गरिरहेको छ । यहाँ डाक्टरलाई उपचार गर्न दिँइदैन । वैद्यलाई पनि उपचार गर्न दिइँदैन । झाँक्रिलाई पनि उपचार गर्न दिइँदैन । यसो सन्तोषको सास त फेर्न सक्नेछन् नि ? देशलाई मानसिक विकलाङ्ग बनाएर खै के पाउँछ उनीहरुलाई थाहा छैन । सहर, गाउँ जताततै मागेर खान पल्केकाहरु धेरै छन् । अभिनय गर्न खप्पिसहरु पनि धेरै छन् । आफू बदनाम होला भनेर मात्रै उनीहरुले राम्रो गरेको जस्तो गर्ने गर्छन् । तर कुकुरको पुच्छर बाङ्गाको बाङ्गै । साँच्चै राम्रा काम गर्नेहरुलाई स्थान छैन यहाँ । नराम्रो काम गर्नेहरुले आनन्दले पैसा लुटेर कमाइरहेका छन् । देशको हालत जर्जर छ । देशमा देशी युवाहरु त्यत्ति देखिएका छैनन् । पहिले पहिले लाहुरे भएर विदेशको सेवा गर्थे भने अहिले विदेशमा मजदुरी गर्ने गर्दछन् । देशमा अन्याय अत्याचार भयो भने आवाज उठाउँदैनन् यहाँ । किनकी आवाज उठाएमा जिउन गाह्रो हुन्छ भन्छन् । देश भ्रष्टाचारको अखडा भइरहेको छ । देशमा निमुखाहरुले आवाज उठाउन सकिरहेका छैनन् । एकले थुकेर केही हुँदैन । सबैले थुकेर फोहोर बढार्ने खहरे ल्याउन सक्नुपर्छ । देशको दुर्दशा अत्यन्तै छ । भारतबाट आएका विहारका गरिब जनताहरुले नेपालमा आएर खालीसिसी पुराना कागज, हजाम, पानीपुरी, जोगी, चटपटे, फलफुल तरकारी टोकरीमा बेचेर लाखौं पैसा कमाएर आफ्नो घर परिवार पालिरेका छन् । यिनीहरुमा द्वेध नागरिकता पनि छन् । यसमा भारतीय गुप्तचर सँस्थाहरु पनि क्रियाशील छन् । त्यस्तै अनेकौं तस्करी धन्दा गर्ने भारतीयहरु प्नि छन् । त्यस्तै दुई नम्बरी धन्दाबाट नेपालबाटै अकूत सम्पत्ती कुम्ल्याउने व्यापारीहरु पनि छन् । ती सबै व्यापारीहरु भारतीयहरु हुन् । त्यस्तै ठूलाठूला व्यापारीहरु पनि भारतीयहरु नै छन् । यिनीहरुले नेताहरुलाई पोसेर देशमा उनीहरुकै भारतीय कर्मचारीहरु राखेर नेपालीहरुलाई धेरै सास्ती दिइरहेका छन् । सहर सहर भइरहेको छैन । देशमा भइरहेको व्यापार व्यापार भइरहेको छैन । तस्करी वेश्यावृत्ती र भ्रष्टाचारको देश अखडा भइरहेको छ । देशमा सोझासाझा निमुखाले गरी खाने वातावरण छैन । अनि देश विकलाङ्ग भइ्रहेको छ ।

मैले पनि आज बढारेर सबै सफा गरेको थिएँ । तर फेरि एउटाले सानसँग त्यहीँ फोहोर फ्याकेर धम्क्याएर गयो । मैले माफी मागेर फेरि सफा गरेँ । तर फेरि त्यहाँ फेहोर सफा गर्ने ट्याङ्कर आइपुग्यो । त्यहाँ एकैचोटी सधैं जो जो फोहोर गर्नेहरु छन् उनीहरुले सो ट्याङ्करमा फोहोरको जम्मा गरिराखेको पोको फ्याँक्न गए । अनि म भए ठाउँको अगाडि फोहोर फ्याँक्ने ट्याङ्कर हाँक्ने कर्मचारीले फोहोर फ्याँकेर गयो । फेरि मेरो अगाडि फोहोरको फोहोरै भयो । यो अहिलेको कृयाकलाप होइन मैले होश सम्हालेबेलादेखिको कृयाकलाप हो । म जब जान्ने बुझ्ने भएको थिएँ, त्यही बेलादेखिको कृयाकलाप हो यो । अब फेरि यही फोहोरको राजनीतिमा यहाँ वेश्यावृत्ती, तस्करी धन्दा चलिरहेको छ । यहाँ जागिर पाउन पनि मुश्किल छ । यहाँ जागिर पाउन पनि सजिलो छ । मुस्किल यो मानेमा छ कि जसले असल काम गर्छु भन्यो उसले अहँ कदापी काम पाउँदैन । यस्तै हालत मेरो पनि छ । बदनामी शासकहरुले देश उनीहरुको खल्तीमा दिइररेहका छन् । देशमा अनेकौं भ्रष्टाचारहरु छन् । देशमा अनेकौ लुटेराहरु छन् । यो मेरो आँखाले टुलुटुलु हेरेर बसिरहनुपरेको बाहेक अरु केही गर्न सकेको छैन । देशका नेताहरुले पनि केही गर्न सकेका छैनन् । राम्रा नेताहरुलाई भूमिगत हुन वाध्य पारिएका छन् भने गैर भूमिगतहरु भने विदेशीका दलाल भएर रहेका छन् । अनि उनीहरुकै निर्देशनमा प्रहरी प्रशासन चलेपछि देशको वलात्कार हुने नै भयो । हे आमा ! म तिम्रो पुकार सुनिरहेको छु । तिम्रो माटोको लाज बचाउने मेरो कर्तव्य हो । म लागिरहेको छु यसमा । तिम्रा सोझासिधा सन्तानहरुलाई मगन्ते बनाइरहेछन् । म यहीँबाट आव्हान गर्दछु कि हे आमा ! मेरो अनुरोध जसजसले सुन्नेछन्, जसजसले पढ्नेछन्, जसजसले मनन गर्नेछन् त्यसबाट उठेर जागरुक भई अन्यायी अत्याचारी विरुद्ध आवाज उठाउनेछन् भन्ने मलाई लाग्दछ । मसँग यो मलम बाहेक अरु केही छैन । हे आमा ! म तपतप आँसु चुहाएर तिमीलाई मलम लगाउने कोशीस गरिरहेको छु । तिमीले पीडा सहेको वषौं भइसक्यो । यहाँ रक्सी, चुरोट बेच्नेको विगविगी छ र उनीहरुले नै ऐश आराम गरिरहेका छन् । त्यो तिमीलाई पनि मन पर्दैन र त्यो मलाई पनि मन पर्दैन । सबैजना मिलेर आवाज उठाउने हो भने यसको समाधान अवश्य हुन्छ । सामन्ती राजतन्त्र समाप्त भइसकेपनि फेरि व्युँताउने प्रयास गरिरहेका छन् ।

खै किन देशमा गरिब जनताहरु बोल्न सकिरहेका छैनन् ? मैले बुझ्न सकिन । देशमा अनेकौं वितण्डा हुँदा पनि चुँसम्म बोल्न सक्दैनन् , विदेशी दलालका विराला सत्ताका अगाडि । खै किन आवाज उठाउन डराउँछन् । मैले बुझ्न सकिन बरु म जस्तो आवाज उठाउनेलाई पागल बनाइराखेका छन् । यो समय हाम्रो देशमा संविधानसभाको निर्वाचन सफल नभइसकेपछि दोस्रो संबिधानसभाको निर्वाचन भएको बेला हो र यो पनि प्रक्रियामा छ । यो समय भनेको सारा विश्वले हाम्रो नेपाललाई हेरिरहेको अवस्था पनि हो । यो हाम्रो नेपालको ठूलो परीक्षा पनि हो । नेपालमा संबिधान बने अनुसार हरेक देशमा यसको असर हुनेछ । नेपालको राजनीतिक परिस्थिति जब र्सविधानबाट फेरिएर आउनेछ त्यत्तिबेला विश्वका सारा देशहरुलाई सन्देश जानेछ । त्यसैले यो हाम्रो देशको एउटा कठीन तथा अति महत्वपुर्ण घडी पनि हो । हाम्रो देशका प्रत्येक परिवारहरु, प्रत्येक परिवारका कोही न कोही विदेशमा मजदूरी गरेको कमाइले जीवन यापन गरिरहेका छन् । म पनि त्यसबाट अछुतो छैन । तर हाम्रो देशमा व्याप्त तस्करी, वेश्यावृत्तीको जञ्जाल एकदम खतरनाक छ । सबै जनताहरु उनीहरुको पञ्जामा छ । हुनत हाम्रो देश गरिब छैन, प्रकृतिको खानी छ, त्यसको सदुपयोग छैन । देश रोइरहेको छ । देश सँगै रुनुबाहेक मसँग विकल्प छैन । अरु देश विकास भएको देख्दा हे आमा मलाई पनि तिमीलाई जस्तै जलन हुन्छ । किन यहाँ असल मान्छेलाई फोहोरी खेल खेलेर मानसिक तनाब दिइएर तड्पाइन्छ । यहाँ मेरो हालत यस्तै छ । देश रोइरहेको छ । देशसँगै रुनुबाहेक मसँग विकल्प छैन ।

देशको विकास भएको हेर्न नचाहने कुत्सित तत्वहरुलाई जति निन्दा गरेपनि कम नै हुन्छ । देश हाम्रो मातृभूमि हो । देश हाम्रो साझा हो । देश कसै भरौटेको पेवा होइन । देश हाम्रो सबैको साझा हो । देशलाई अविकसित पार्न तम्सने किन आतुर छन् यिनीहरु । देशको स्थिति किन विग्रिएको अवस्थामा छ । देश हामी सबैको साझा सम्पत्ती हो । देशलाई बलात्कार गर्ने दानव कुत्सित तत्वहरु देवतै भएपनि म छोड्दिन । हाम्रो सबैको साझा भूमिमा अन्यायी अत्याचारीहरुको जुलुमको पराकाष्ठा नाघिरहेको छ । देश किन देश रहेन आज ? देश किन अविकसित छ आज ? देशका सबै नागरिकहरु सबै किनविदेशी पोस्ने दलाल भएका छन् ? देशमा किन गद्दार हरुको हालिमुहाली छ ? देशले आज संबिधान मागिरहेको छ । देश विकास खोज्न आतूर छ । देश अब माटो सिञ्चन गर्न खोजिरहेको छ । देश अब मृत्यु नहोस् भन्ने कामना गर्नु परिरहेको छ । देश बचाउने रखवालाहरु किन कायर छन् ? के पेट मात्रै उनीहरुको सम्पत्ती हो ?के खाने मात्रै उनीहरुको हक हो ? के शिकार गरी खाने उनीहरुले मात्रै हो ? अब सबै उठ्नुपर्ने बेला आएको छ । सबैजना मिलेर अत्याचारीहरुलाई लघार्ने बेला आएको छ । सुन ए चुपचाप सही बस्ने रगत नभएका जनता हो ! तिमीहरु अझै किन दास बन्छौ ? तिमीहरु अझै किन उठ्दैनौ ? तिमीहरु अब उठ भनेर मैले मात्र होइन सपुतहरुले तथा धर्ती आमाले भनेको धेरै भइसक्यो । किन तिमीहरुलाई जेलमा बस्नु मन परेको ? किन तिमीहरु भरौटे भएको ? किन तिमीहरु तस्करी बेश्वावृत्तीको दास भएको ? डाँकाहरुले जे भन्यो त्यही गर्ने तिमीहरुको दासीगिदी कहिले हट्ने ? तिमीहरु डाँकाको दास हौ । डाँकाको दास भएर तिमीहरुलाई केही हुँदैन ? तिमीहरु उठ्न्पर्छ । उठेनौं भने तिमीहरु बाँच्नुको कुनै अर्थ हुँदैन । तिमीहरु रण्डीवाजीहरुको नोकर हौ । तिमीहरु भोको पेट होला भनेर जे पनि गर्न तयार हुन्छौ । तिमीहरु यसरी मानव नभइकन बाँचेको सदियौं भइसक्यो । एकपल्ट हेर मानवलाई, मानव भनेको के हो ? हेर मानव भनेको दास होइन । मानव भनेको एउटा स्वतनत्र किसिमको जीव हो । मानव भएर बाँच्न सिक । मानवको मूल्य अमुल्य छ । यस्तो सम्पत्ती नष्ट नगर । मानव हुनुको अर्थ खोज । मानव तिमी दास भएर बाँचेमा तिम्रो देश झनै बलात्क्रित भइरहेनेछ । यो देशको अस्तित्वको सवाल हो । यो हेर्दामा हाम्रो सगरमाथाको देश हो । विश्वकै सर्वोच्च चुचुरोको देश । देशलाई निमोठ्न खोज्ने ब्वाँसाहरु तिमीहरुले देश बेचेर के पाउँछौ ? देश भनेको जनता हो । जनता भनेको देश हो । देशको अस्तित्व जनतामा छ । जनताको अस्तित्व देशमा छ । दुबै एकअर्काको पर्याय हो । देश आज संकटमा छ । संक्ट भएको देशलाई माथि उठाउन युवाहरु जुर्मुराउनु परेको छ । के विदेशीको दलाल गरेर बसिरहेको ? आऊ छिटै आऊ देशलाई सशक्तरुपमा माथि उठाउन आऊ । हेर साथीहरु मेरो त क्या फणा छ जिन्दगी । एउटी श्रीमती छे । एउटा छोरो छ । क्या फणा छ मेरो जिन्दगी । थुक्क जिन्दगी । भेद खोल्दा पनि नहुने, नखोल्दा पनि नहुने । कया फणा हे आज मेरे जिन्दगी । म भन्दै थिएँ सशक्तरुपमा माथि उठाउन आऊ । सबैजना अझै ज्ञानेका दासी छन् । यी सबै बज्रस्वाँठहरु हुन् । यस्ताहरुलाई लघार्नै पर्छ । दास भएर बाँचेमा तिम्रो देश अझै बलात्कृत भइरहनेछ । देशको अस्तित्वको सवाल हो यो । देश हेर्दामा यो सगरमाथाको देश हो । विश्वकै सर्वोच्च चुचुराको देश । देशलाई निमोठ्न खोज्ने व्वाँसाहरु, देशलाई लुछ्न खोज्ने ब्वाँसाहरु तिमीहरुले देश बेचेर के पाउँछौ ? देश भनेको जनता हो । जनता भनेको देश हो । देशको अस्तित्व जनतामा छ । जनताको अस्तित्व देशमा छ । दुबै एक अर्काका पर्याय हुन् । देश आज संकटमा छ । संकट भएको देशलाई माथि उठाउन युवाहरु जुर्मुराउनु परेको छ । पहिले जनयुद्ध ताका मलाई लगनखेलमा लगेर मानसिक अस्पतालमा गर्नसम्मन सास्ती गरेको थियो । म भन्दै थिएँ के विदेशीको दलाली गरेर बसिरहेको ? आऊ छिटै आऊ देशलाई सशक्त रुपमा माथि उठाउन आऊ । देश हाम्रो विकासको भूमि बनाउनु परेको छ । देश रणभुल्लमा परेको छ । देशको आवाज सुन । यहाँ देश रोइरहेको छ । रोइरहेकी छिन् । देशलाई हरेकले एकपटक चिहाइ हेर । देशको व्यथा एकपल्ट बुझी हेर । देशलाई बचाउन आऊ सबेजना । मेरो देशबाट हाम्रो देश बनाउन आऊ । कुकरहरु डाँकाहरु किन तिमीहरुलाई देश रोएको मतलब छैन हँ ? किन तिमीहरु मैले बेदना पोख्दा मलाई सताउन आउँछौ ? एउटा पँक्ति याद आयो 

 “ मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाऊँ कता जाऊँ
मान्छे नमर्ने सहर हुँदैन ।”

 हे किन तिमीहरु देशलाई मलम लगाउन आउँदैनौ ? देश नरहेमा तिमीहरुले दासीभन्दा पनि महादासी हुनुपर्नेछ । यो देशको श्राप लाग्नेछ तिमीहरुलाई । तिमीहरु किन यस्तो ? कराउने मान्छेलाई यसरी एकोहोरो कराउन दिइरहन्छौ ? यदि एउटा सानो नराम्रो कुरो एउटा मात्र देख्यौ भने त्यसैलाई समर्थन गरी उफ्रन्छौ ? थुक्क तिमीहरुलाई ? तिमीहरुको मती सुध्रिएला जस्तो छैन । तिमीहरुलाई सृष्टिगर्ने सृष्किकर्ताले व्यर्थैमा सृष्टि गरेछु भन्नेछन् । तिमीहरु अहिले त जन्मिरहेका छौ तर मेरो हेराइमा तिमीहरु धेरै तल्लो स्तरमा छौ । तिमीहरु कायर छौ । तिमीहरुको दासीगिदी हटोस् भन्ने मेरो कामना छ । म जस्तै सुसुप्तावस्थामा पुगेकाहरु कति होलान् कति होलान् । राम्रो गरौं भनेर बस्दा मैजस्तै कत्ति जनाले तिमीहरुजस्ता अत्याचारीको दमन झेल्नुपर्यो होला । तिमीहरु सृष्टिको कलङ्क हौ । तिमीहरुलाई अब छिट्टै उज्यालोले परास्त गर्नेछ । तिमीहरु सबैलाई मेरो अनुरोध छ ।  हेर तिमीहरु ! अझै समय छ सुध्रिऊ । मैले कुनै नराम्रो काम गर भनेको छैन तिमीहरुलाई । बन्दी जीवनमा यसरी नै लेखिन्छ । सरासर लेखिरहेको छु । तिमीहरु सुध्रिन्छौ कि भनेर तिमीहरुको लागि मैले धेरै प्रयास गरेँ तर तिमीहरुले उल्टै नराम्रो काम मात्र राम्रो भन्छौ । के तिमीहरुले यसैका लागि जागिर पाएका छौ ? के तिमीहरुले मलाई जत्ति खत्तम पार्यौ उती बढुवा पाउने आश गर्यौ ? हे नामर्द तिमीहरु , तिमीहरु अब तिमीहरु पनि रहँदैनौ । त्यत्ति सोच तिमीहरुले । तिमीहरुका लागि म यत्ति सानो अनुरोध गर्न चाहन्छु । किन खराब कामको लागि तिमीहरुलाई पैसा आउँछ थाहा छ ? त्यो देश बेच्नका लागि हो । देश बेचेर तिमीहरुलाई केही हुँदैन । तिमीहरु तिमीह्रु नै हुँदैनौ मैले फेरि भनेको छु । देशका कलङ्क हौ तिमीहरु ।

आज हाम्रो देशलाई धोइ पखाली सफा गर्ने जमातको आवश्यकता छ । देश बचाउन आऊ सबैजना । देशको लागि मरिमेट्नु आवश्यक छ । देश तिमीसँग म सधैं कुरा गरिरहेको हुन्छु । तिमी नरोउ ल ! अब म सधैं तिमीसँग कुरा गर्न आउँछु । यस समाजका कुत्सित भनाउँदाहरु बज्रस्वाँठहरु हुन् । उनीहरु बिनामेहेनत पैसा कमाउन खोज्छन् । देशलाई विकास भएको हेर्ने ठाउँमा अविकसित बनाइराख्छन् । सामन्तीका दास हौ तिमीहरु । तिमीहरुलाई मैले धेरै भनिसकेको छु । अरु मजस्तै हरुले थुप्रैपटक भने होलान् । देशलाई देश रहन देऊ । किन खराब कामको वोलवाला छ यहाँ ? किन जनता सबैलाई भिखमङ्गा पारिँदैछ यहाँ ? किन नपुँसक सत्ताको विगविगी छ यहाँ ? किन हाम्रो देशको अस्तित्व संकटमा छ यहाँ ? देश अराजक स्थितिमा गुज्रिरहेको छ । देश अब तिमीहरुले गर्दा धेरै छियाछिया भइससकेको छ । मैले मलमपट्टि लगाइदिनै पर्छ । देशको लागि म मरिमेटिरहेछु । देशलाई मलजल गरि बहार ल्याउने मेरो धोको छ । देशलाई एकदम राम्रो बनाउन टड्कारो आवश्यकता  छ । देशको लागि मरिमेट्न म जुनसुकै हालतमा तयार छु । देशलाई मलजल गरी बहार ल्याउने मेरो धोको छ । देशलाई संक्टबाट उठाउनु एक सच्चा नागरिकको दायित्व हो । देश रोएको बेला चुपचाप बस्नेहरु भनेका कामका होइनन् । उनीहरुको जति नै अवगुण गरेपनि कम नै हुन्छ । देशको लागि म अवश्य केही गरेर देखाउँछु । देशको लागि म जुनसुकै मूल्य चुकाउन पनि तयार छु । देशलाई एकदम बलियो बनाउनु जरुरी छ । देश साँचो अर्थमा संक्टमा छ अहिले । देश साँचो अर्थमा जर्जर छ अहिले । देश साँचो अर्थमा विदेशीको इसारामा बाध्य भएर नाचिरहेको छ अहिले । देशका लागि मर्न कहिल्यै डराउनु हुँदैन । देशको परिस्थिति कहिल्यै संकटमा पार्नु हुँदैन । देशलाई विकलाङ्ग पार्नु हुँदैन । देश अस्तित्वमा रहनुपर्छ । आज हाम्रो देश धेरै सुसुप्त अवस्थामा छ । देशलाई रुवाएर तिमीहरुले के पाउँछौ ? देश भनेको माटो हो । माटो भनेको धर्ती हो । धर्तीलाई तिमीहरुले सम्मान गर्नु आवश्यक छ । आज हाम्रो देशमा जे भइरहेको छ त्यसको पछि लागेर देशलाई समाधान गर्नु आवश्यक छ । देश जर्जर छ, हेर देशलाई । तिमीहरुले रुवाएको वर्षौं भइसक्यो । संकटकालमा छ देश थाहा छ  तिमीहरुलाई ? विदेशी पोस्ने दलाल बनेर तिमीहरु यो देशलाई चोट दिइरहेका छौ । हाम्रो देश विकास गर्न हरेक नौजवान तम्सिनु परेको छ । देशको लागि हण्डर खाइरहेकोछु, अझै ठूलो हण्डर खान तयार छु । तर देश सुध्रिनु पर्यो । देश तिमीलाई मलम लगाउने सङ्कल्प लिएको छु मैले ।

देशको लागि म जुनसुकै बलिदानी गर्न पनि तयार छु । देशको लागि म अब खट्नेछु । देश कसैको पेवा होइन । मेरी आमा कसैको रखैल होइनन् । म मेरी आमाको लाज बचाउँछु ।

विकासको पथमा जति लान खोज्ने आवाज उठायो , त्यत्ति भाँजो हाल्ने प्रयास गर्छन् । त्यसैले यस्ताहरुलाई सबक नसिकाइ भएको छैन । देश आज तिमीसित धेरै कुरा गरेँ । आहा कत्ति रमाइलो भयो हगी ? आमा र छोराको यो भेट कत्ति राम्रो लागयो मलाई । आहा ! कत्ति राम्रो लाग्यो । सधैं यसरी नै भेटिरहन पाऊँ । सधैं यसरी नै तिम्रो काखमा लुटपुटिरहन पाऊँ । तिमी मेरा लागि सबै हौ । यसको तुलनामा मेरा लागि चाहिने अरु कुनै कुरो छैन । तिमी मेरो लागि अनि म तिम्रो लागि । देशको लागि म जुनसुकैबेला हाजिर छु । देश तिमी दुःख नमान । तिमीलाई साथ दिने म छु । देश तिमी विचलित नहोऊ । तिमीलाई साथ दिने म छु । देश तिमी यसरी विचलित नहोऊ । तिम्रा लागि म जे पनि गर्न तयार छु । कायर सत्ता, कायर प्रशासन, कायर त्यसका रखौटेहरु सबैलाई लघार्न कम्मर कस्न म यहीँबाट आव्हान गर्दछु । देश हाम्रो भविष्य हो । देश हाम्रो हो । हामी सबैको साझा हो । देशको लागि मरिमेट्न सबैलाई अनुरोध छ । आजको आवश्यकता भनेको यो संकटकालमा हाम्रो देशलाई संकटबाट टार्नु परेको छ । देशका लागि सबैजना मिलेर हातेमालो गरी अघि बढ्नु जरुरी छ । देशको शेष किन निशेष हुन्छ ? यो हामी सबै सच्चा व्यक्तिहरुको प्रश्न हो । यसको उत्तर चाहिन्छ हामीलाई । देशका लागि हामीले जुझारु भई हिम्मतीलो भई लागिपर्नुपरेको छ । देश विश्वको अग्लो चुचुरो सगरमाथाको काखमा पुर्याउनु टड्कारो आवश्यकता छ । देशको मैलो हटाई धोईपखाली सफा पार्नु आजको समयको माग हो । देश विश्वको सर्वोच्च शिखर सगरमाथाको टाकुरो हो । हो यही हो हाम्रो देश । आज हरेक युवाहरुले यो सोच्नु आवश्यक छ , हरेक बुद्धिजीवीले यो सोच्नु आवश्यक छ । हरेक तप्काका मानिसहरुले यो सोच्नु आवश्यक छ । हरेक नागरिकहरुले यो सोच्नु आवश्यक छ ।

बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com



Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा