बेलाको बोली आमा दिवसमा केही आफ्नै कुरा

जब गर्लफ्रेन्डले तेरो आमाको मुटु दे अनि म तँसँग विहे गर्छु भनिसकेपछि उसले त्यसै गर्दा ।

आफुलाई जन्म दिने आमाको मुटुबाट त्यो आवाज आउँछ कि बाबु अब तँ अब त खुसी भइस् हैन ?

साँच्चिकै यस्ता महान् आमा पाउने सन्तानहरु सारै भाग्यशाली हुने नै भए र यसरी अवमूल्यन गर्नु पनि हुँदैन । वास्तबमा मैले आजसम्म आमाको ममत्त्वको कुनै केस्रा पनि अनुभव गर्न पाएको छैन ।

यस्ता महान आमा त्योभन्दा महान् जब बन्छिन् जसले देश र जनताका लागि शहीद हुँदा आफ्ना सन्तानप्रति गर्व गर्छिन् ।

अवश्य नै दुनियाँ सफल बनाउने महान् आमाहरु पनि हुनुहुन्छ जसका त्याग, तपस्या र बलिदानका गाथा जति बखान गरे पनि कम नै हुन्छ । मेरो विचारमा आज आमाका नाममा व्ल्याक मेलिङ गरी आमाको माया नपाएकाहरुलाई दशैँको तडकभडक जसरी तड्पाउनेहरुको पनि कमी छैन । उनीहरुको सदुबुद्धि पलाओस् । आमा त ती आमा हुन् जसले सबैसन्तानलाई बराबरी ममत्त्व बर्साउँछिन् । यदि जुन आमाले आफ्ना सन्तानले परपीडा हुने अनि नराम्रो काम  गरेकामा गर्व गर्छिन् त्यस्ता आमा हुनुभन्दा नभएकै जाति । हामीले हामीभन्दा साना अनि कमजोरहरु सबैलाई एउटी असल आमाले झैँ ममत्त्व वर्साउनु सक्नुपर्छ ।

एउटी महान् आमा ती हुन् जसले आफ्ना सन्तानले प्रगती गर्दा गर्व गर्छिन् । तर यसरी दुनियाँका सबैभन्दा महान् आमा भनी जान्न खोज्दा वास्तबमा मैले त्यो पनि अनुभव गर्न पाएको छैन ।

आज फेसबुकमा सबैले आमाको बखान गरिरहँदा मैलाई खिसीटिउरी गरेझँ लाग्छ । मसँग थ्यौरी छ प्राक्टिकल छैन । सानामा धेरै आँसु बगाएँ । मदन कृष्ण श्रेष्ठ दाइले महको म मा लेख्नु भएजस्तै जनावरले आफ्ना सन्तानलाई माया गरेको देख्दा पनि आँखाबाट आँसुको रगत बगाएँ । अहिले त वानी परिसक्यो यस्ता कुरा पनि जिन्दगी यस्तै हो सङ्घर्ष हो जीवन अनि बुद्धको महान् त्यागबाट मार्गदर्शित भएर एउटै लक्ष सम्पुर्णको कल्याणतर्फ अग्रसर भइरहेको छु । तिम्रो साथमा आमा छैन भने तैँले लडाईँ पहिल्यै हारिस् भन्ने उखान पनि मैलाई व्यङ्ग्यको पराकाष्ठा गरेझैँ लाग्थ्यो । तर म आज ती सबबाट टाढा छु सबलाई सद्बुद्धिको कामना गरेको छु ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । 

जय धर्तीमाता ! जसले गर्दा आज मैले टेका पाइरहेको छु ।


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा