२०७०मा दशैंको लेखाजोखा
२०७०मा दशैंको लेखाजोखा
यसपालीको दशैं पनि समाप्त भयो । दशैंको यो लेखाजोखा पछि आउने दशैंका लागि गरेको छु । यसबाट पाठकहरुले केही मनन गरी फाइदा लिइदिनुहुन अनुरोध पनि गर्दछु । यसपालीको दशैंमा सधैंका दशैंमा झैं टीका लगाउन गएँ तर वाल्यकालमा जस्तो मज्जा दशैं मनाउँदै बूढो हुँदै गएपछि नहुने रहेछ । किनकी दशैं किन मनाउने , यसका फाइदाहरु के के हुन् ? यसका बेफाइदाहरु के के हुन् ? भनी लेखाजोखा गर्दै जान आवश्यक छ भन्ने महसूस हुँदो रहेछ । अनि दशैंलाई केही न केही त परिवर्तन गर्नै पर्ने रहेछ तथा दशैंलाई पहिलेको आँखाले नहेरी अहिलेको वर्तमान परिस्थिति अनुसार हेर्नु पर्ने रहेछ भन्ने कुराहरु पनि मनमा उब्जिएर आयो । त्यसैले दशैंको महत्व त छँदैछ “यो नेपालीहरुको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड हो ” भन्ने कुरामा दुईमत त छैन तर यसलाई अझ सार्थक बनाउने हो भने सुनमा सुगन्ध हुन्छ र यसलाई बच्चाले मात्र होइन युवा , वृद्ध सबैले तथा काँग्रेस , कम्युनिष्ट सबैले तथा अझ अहिले कामका सिलसिलामा बिदेशीएका ६० लाख जति नेपालीहरुले बिदेशमा पनि दशैं चलाएपछि स्वदेशी तथा विदेशीले पनि त्यत्तिक्कै श्रद्धासँग मनाउन सक्ने बनाउन नितान्त जरुरी छ ।
दशैंलाई पारिवारिक जमघटका रुपमा सबै नेपालीहरुले मान्न थालिसकेका छन् । त्यसैले दशैं मान्नेमा के मुसलमान , के क्रिश्चियन , के बुद्धिष्ट सबै धर्मका नेपालीहरुले यो चाड मनाइसकेका छन् । त्यसैले यो चाड हिन्दूहरुको सबैभन्दा ठूलो चाड भन्नुभन्दा मिडियाले पनि अब नेपालीहरुको महान् चाड भन्न उपयुक्त देखिन्छ ।
आजभन्दा दुई दशक अगाडिसम्म दशैं चङ्गाको चाड पनि थियो । प्रत्येक वर्षको वर्षा समाप्त पार्नलाई स्वर्गका राजा इन्द्रलाई वार्षिक रुपमा चिठी पठाएको भनेर भयो वा मनोरञ्जनका लागि फूलपातीका दिन त सबैले चङ्गा उडाउँथे । आकाश रङ्गिचङ्गी हुन्थ्यो । तर नेपालमा कम्प्युटरको लहर चलेदेखि दशैंमा चङ्गाको रौनक हराउन थालेको छ । के वालक , के युवा , के वृद्ध सबै मनोरञ्जनका लागि घर बाहिर खेल्ने खेलभन्दा घर भित्र खेलिने खेल त्यो पनि भच्र्युयल दुनीयाँमा रम्न थालेका छन् ।
दशैंमा यसपाली धेरै सवारी दुर्घटनाहरु भए । शायद यो मापसे जाँचको कमी पनि हो । यस समयमा जताततै ट्राफीक प्रहरीको कमी महसूस भएको थियो । त्यसैले सवारी पनि तुफान हाँक्नेहरु बढी देखिए । एउटा मोटरसाइकलमा तीनजना चढ्ने , गाडीमा ओभरलोड भइकन यात्रु राख्ने , यात्रुसँग मनोमानी भाडा लिने तथा यसपाली प्रायःजसो गाडीले दशैंमा बिद्यार्थी सहुलयत पनि छैन भनेर दिएनन् । तसर्थ यस्ता विकृतिमा पनि यस सन्दर्भका सरकारी निकायहरुले अर्को दशैंका लागि पूर्व तयारी गर्दा बेश होला भन्ने मलाई लागेको छ ।
त्यस्तै अकस्मात अष्टमीदेखि भारतको उडिसा र आन्ध्र प्रदेशमा समुन्द्रमा आउन थालेको पायलिन नामक आँधिका कारण नेपाली आकाशमा वर्षाका बादलहरु ढकमक्क ढाकिन आई नेपालको पूर्वी तथा मध्यभाग बढी प्रभावित भयो । नवमीदेखि , दशमी , एकादशी , द्वादसीसम्म लगातार वर्षाको पानीले नेपालका सबै ठाउँमा असार महीनामाजस्तै हैरान पारेकाले यस वर्ष नेपालको दशैं हिलेदशैं भयो र दशैं मान्नेहरुलाई धेरै प्रभावित बनायो । योभन्दा पहिले पनि १२ वर्ष अगाडि नेपालीहरुले नेपालमा हिलेदशैंको एकदुई दिन सामना गर्नु परेको थियो भने यसपाली त चारदिन सामना गर्नु पर्यो । प्रकृतिको हावापानीको कहिलेकाहीँ कुनै ठेगानै हुँदैन त्यसैले यस्तो यो र यस्तैखाले प्रकृतिले पार्ने असहजपनहरुसँग सामना गर्नका निम्ति अबका दिनमा अरु दशैंका लागि सजगताका साथ पूर्वतयारी गर्नुपर्ने पनि आवश्यकता महसूस भएको छ ।
पिङ पनि दशैंको रौनकको एउटा अर्को रङ्ग हो । दशैंमा एकपटक धर्ती छोड्नुपर्छ भनेर जो कोहीले पनि पिङको मज्जा लिने गर्दछन् । यसले पनि सबैलाई वालापनको रमाइलो संसारमा केहीछिन भएपनि पुर्याइदिन्छ ।
त्यस्तै दशैंमा फोन , एस.एम.एसमा गर्ने खर्चलाई पनि आडम्बरका रुपमा नहेरी छोटो मीठो गर्न सके यसले अझ सार्थकता प्रदान गर्न सक्दछ । बरु यस्ता फोन एस.एम.एसमा अतिरिक्त खर्च गर्ने ठाउँमा पैसा ट्रान्सफर गरी मृगौला उपचार गर्न नपाएका पीडित रोगीहरु वा दीन दुःखी तर्फ ध्यान दिँदा नै उपयुक्त हुने देखिन्छ ।
दशैंलाई रामले रावणमाथि विजय प्राप्त गरेको उत्सव भनेर मान्न पनि उपयुक्त देखिँदैन किनकी रामले अर्थात देवताले रावणमाथि अर्थात असूरमाथि विजय प्राप्त गरेको उत्सव भनेर मान्दा पनि श्रीलङ्कामा बस्ने हिन्दूहरुको आस्थामा चोट पुग्न जाने देखिन्छ । किनकी श्रीलङ्काका हिन्दूहरु रावणलाई असूर अर्थात सबैको भलो गर्ने तथा रामलाई देवता अर्थात कुभलो गर्ने शक्ति भनी विजयादशमीलाई रावणले शहादत प्राप्त गरेको दिनका रुपमा मान्दै आएका छन् त्यसर्थ देवता र राक्षशको परिचय ठाउँ अनुसार फरक भएको छ । अहिले हाम्रो देशले सबै देशसँग सँयुक्त राष्ट्र संघको मूल्य मान्यता अनुसार मित्रवत व्यवहार गर्नुपर्ने हिसाबले हेर्दा यो दशैंलाई विस्तृत रुपमा विदेशमा समेत पुर्याउनका लागि रामले रावणमाथि विजयप्राप्त गरेको उत्सव भनेर मनाइरहनु आवश्यक छैन जस्तो लाग्न आएको छ । त्यस्तै यो पङ्तिको माथिकोे राम र रावणको उदाहरणलाई हेरेर महिषासुर मारेको खुशियालीमा मनाउनु पर्छ भन्ने पनि कुनै तुक छैन जस्तो देखिसकेको छ । किनकी महीषासुरलाई शिवको रुप मान्ने र असूरलाई भलोगर्ने शक्तिका रुपमा मान्ने हिन्दूहरु पनि छन् भन्ने प्रमाणित भइसकेको अवस्था छ र ती हिन्दूहरुले महिषासुर बध गरेको दिनलाई महिषासुरले शहादत प्राप्त गरेको दिनका रुपमा मान्दै आएका छन् । त्यसैले अब हिन्दूहरुले पनि महिषासुर बधको खुशीयालीमा मान्नुपर्ने आवश्यक छैन जस्तो लाग्न थालिसकेको छ । किनकी यो दशैं चाड पक्ष तथा बिपक्ष दुबैतर्फका लागि मान्न लगाई महान्बाट अझ महान् बनाउन अत्यन्तै आवश्यक पनि छ ।
बरु दशैंलाई अन्नले भरिभराउ हुने समय , सुन्दर शरद ऋतुको समय भएकोले वार्षिक पारिवारिक जमघट , कुनै पनि संगठनमा आपसी मेलमिलापका लागि जमघट हुने अति राम्रो अवसरका रुपमा लिन सकिन्छ । त्यसका लागि अन्नको नास हुनेगरी निधारै ट्याप्प हुनेगरी टीका लगाउनु , टीका मुछ्न दही खेर फाल्ने जस्ता अनावश्यक वेफ्वाँकका खर्चहरु नगरीकन पाइला चाल्नुपर्ने देखिन्छ । किनकी तीन करोड नेपालीहरुले पटक–पटक गरी धेरै ठाउँमा टीका लगाउँदा मात्रै पनि दही चामल निधारमा ट्याप्प लगाउन गरेको खर्चको लेखाजोखा गर्ने हो भने तीन करोड नेपालीको नै एकदिन खाने दही भात सित्तै गएको बराबर हुन आउँछ । तसर्थ यसतर्फ पनि बिचार पुर्याउनु आवश्यक देखिन्छ । यसका लागि अविरको मात्रै टीका लगाउँदा बेश हुने देखिन्छ ।
दशैंको अर्को नराम्रो पक्ष भनेको हिँसाग्रस्त आध्यात्मिक उपासना पनि हो । दशैं मान्नलाई वली दिनै पर्ने , पशुको भोग लगाउनै पर्ने जस्ता दानवी आदिम खालको उपासना पनि अद्यापी हट्न सकेको छैन । यसलाई हटाउन सके दशैंले सार्थकता प्रदान गर्न सक्दछ । यसलाई आसूरी शक्ति अर्थात कुभलो चिताउने तत्वलाई बली दिएर सबैको भलो हुनेतीर ध्यान दिने विजयोत्सवको रुपमा भने लिन जरुरी छ ।
दशैंको अर्को नराम्रो पक्ष भनेको तडकभडक पनि हो । दशैंमा जमघट हुँदा सकेसम्म राम्रो पहिरन लगाउने होडबाजी चलेको हुन्छ । त्यस्तै दशैंको टीका भोज डाक्नेहरुले पनि दक्षिणा तथा खाना भव्य गर्न कुनै कसर बाँकी राख्दैनन् । यसो गर्न सके मात्रै आयोजकको बोलावट रामो भएको मान्ने सामाजिक आँखा राम्रो होइन । त्यस्तै जमघटमा रमाइलो गर्ने निहुँमा जुवा तास खेलेर कत्तिले घरबार पनि गुमाएका उदाहरणहरु पनि छन् तसर्थ यस्ता विकृति , विसङ्गतीहरुलाई पनि हटाउनु पर्ने सबैको सामाजिक दायित्व हुन आउँछ । बरु यो समयमा सुखदुःख साटासाट गर्ने , आपसी अनुभव आदान प्रदान गर्ने तथा ठूलालाई मान गर्ने अनि सानालाई माया आशीर्वाद प्रदान गरेर मनाउन सके मात्रै दशैंको सार्थकता सबैको घरदैलोमा पुग्न सक्दछ ।
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com
नोट :– यो मेरो “२०७०मा दशैंको लेखाजोखा” शीर्षकको लेख आज मिति २०७० कार्तिक ५ गते मङ्गलबार नागरिक राष्ट्रिय देनिकमा “ दशैंको लेखाजोखा” शीर्षकमा प्रकाशित भइसकेको छ । यसका लागि नागरिक दैनिक प्रकाशनलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । साथै अहिले यो लेख यहाँ पोष्ट गरिरहँदा मनमा केही उब्जिएका केही भन्नै पर्ने एक दुई पंक्तिहरु पनि थप्नु मनासिव सम्झेर थप गरेको छु । दशैं सारा विश्वले मनाउन् यही आशा गरेको छु ।
दशैंको सम्पूर्ण विश्ववासीहरुलाई हार्दिक मङ्गलमय शुभ–कामना !

Some facebook comments from article riders for this article

- Binod Neupane, Gita Thapa, Sarita Shrestha र अरु 16 जना लाई यो मनपर्यो।
- Saagar Silwal Sundar ani gahirai puger Dashainko Lekhajokha garnubhayeko chh, Shubdar lagyo sir ra sirko kalam
- Abhaya Raj Upadhaya Bahut sundar tarika le lekha jokha bhayako cha ramro lagyo biju bhai.. Dhannya bad.
- Bijay Subedi Allareequal padhidinubhayeko ma Saagar Silwal sir tatha Abhaya Raj Upadhaya dai prati aabhari 6u.
- Bijay Subedi Allareequal la bahini hajur lai pani padhera manan garidinubhayeko ma dherai dherai dhanyabad byakta garda6u.
- Bijay Subedi Allareequal dhanyabad Januka Subedi Bahini hajurlai pani tatha Ramji Balami sir lai pani.
- Shailendra Thapa मौलिकतामा फरक नपर्ने गरि सुधार हुनु राम्रो पक्ष हो। दिर्घ जीवनका निम्ति यो जरुरी पनि छ। आगिमी दिनका निम्ति सुझाव सहितको सुन्दर लेख...
- Gita Thapa अविरको मात्रै टीका लगाउँदा बेश हुने देखिन्छ ।
यो कुरामा त म पनि सहमती छु। अब कविहरूले त्यो दिन घर दैलोमा चेतनामूलक रचना बाचन गर्दै हिड्नुपर्छ होला हौ विजयजी?राम्रो मनन्योग्य लेख बधाई साथै धन्यवाद! - Bijay Subedi Allareequal dhanyabad Mahadev Sir, Shailendra Sir tatha Gita madam. ho abashya nai yi dashai ka diharuma nai sahityik karyakram garera jagaran failaunu parne kuro ko Gita madam ka abhibyakti harulai sahamati janaye.

Comments
Post a Comment