बृहत्कायाको महाकाव्य 'चन्द्रयुग
महाकाव्यलेखन र अध्ययनमा खडेरी परेको तथा सङ्कटपरेका बेला युवामहाकाव्यकार चन्द्रप्रसाद न्यौपाने एकपछि अर्को महाकाव्य लेख्दै अहिले महाभारत र रामायणपछिको बृहत्कायाको महाकाव्य 'चन्द्रयुग - भाग १' लिएर झुल्किनुभएको छ ।
त्यसो त न्यौपाने आफू एक लाख श्लोक भएको महाभारतभन्दा कम र चौबीस हजार श्लोक भएको वाल्मीकि रामायणभन्दा चन्द्रयुग दोस्रो बृहत्कायाको भएको दाबी गर्नुहुन्छ । अनुष्टुप छन्दमा लेखिएका श्लोकहरुलाई आफूले पाना बढ्न जाने डरले चार हरफबाट झारेर दुई हरफ बनाएको छु, नत्र मेरा बीस हजार श्लोक चवालीस हजार श्लोक बन्थे भन्नुहुन्छ उहाँ । होमरका 'इलियड' र 'ओडिसी' पनि चन्द्रयुगभन्दा सानो आकारको भएको न्यौपानेको दाबी छ । यसअघि साहित्यकार पूर्णप्रकाश नेपाल यात्रीको 'सिंजापतिबाला' करिब ११श्लोक भएको नेपालको बृहत्कायाको महाकाव्य मानिन्थ्यो । लक्ष्मीप्रसाद देवकोटाको 'शाकुन्तल' र उमानाथ शास्त्रीको 'मकवानीबाला' पनि बृहत्कायाकै महाकाव्यमा गनिन्छ ।
चन्द्रयुग-१मा सिद्धार्थ गौतम जन्मेदेखि अहिलेसम्मको दक्षिण एसियाको सामान्य चित्रण गरिएको छ । यसमा विशेषगरी नेपालको र केही श्रीलङ्काको विवरण छ । सत्य, न्याय,उज्यालो, प्रगति, इमान र नैतिकताको पक्षमा वकालत गर्दै महाकाव्यकारले शान्तिपूर्ण क्रान्तिमा जोड दिनुभएको छ । "एघार सय चौबीस पृष्ठ, चौध लाख ९५हजार वर्ण, पाँच लाख शब्द र २६६छन्दमा महाकविले आफूले देखेभोगेका कुरा अटाएका छन् । चन्द्रयुग एक्लैमा १४महाकाव्य र ७०खण्डकाव्य अटाएका छन्"-न्यौपाने भन्नुहुन्छ । रबर छन्द -गद्य कविता) तथा हाइकु, तान्का र सेदोका -जापानी छन्द)को प्रयोग पनि यसको अर्को विशेषता हो ।
चन्द्रयुग वास्तवमा कविले यसअघि लेखेका सोल्मु, प्रत्याघात, सिमाना, सिपाही, मान्छेको यात्रा, म, गौतमबुद्ध र अरनिको महाकाव्य तथा पालुवा र आँसुको थोपा खण्डकाव्यको संयोजन, थपघट तथा परिमार्जित रुप हो । तिनलाई उनले एउटै कथामा शृङ्लाबद्धरुपमा उनेका छन् ।
नववर्ष २०६६को उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'ले महाकाव्यको विमोचन गर्दै चन्द्रयुगलाई नेपाली साहित्यको चमत्कार भएको संज्ञा दिनुभयो । यो नेपाली साहित्य र राजनीतिलाई पनि चुनौती हो, प्रधानमन्त्रीले भन्नुभयो- "एउटा मामुली किसानको छोराले गाउँमा बसेर यति ठूलो कृति प्रकाशन गर्नु चमत्कार हो, नेपाली साहित्यमा नयाँ ताराको उदय भएको छ ।|"
ग्रन्थका भूमिकालेखक महाकाव्यकार मोदनाथ प्रश्रतिले वाल्मीकि रामायणपछिको यो ठूलो कृति भएको र ऐतिहासिक रहेको चर्चा गर्नुभयो । उहाँले भूमिकामा भन्नुभएको छ - "पूर्वीय दर्शनको सकारात्मक पक्ष अँगाल्दै मार्क्सवादी दर्शनमा आधारित भएर अगाडि बढ्ने लेखकको आशय बुझिन्छ । यो आधुनिक महाभारत हो ।"
महाकाव्यकार प्रा.डा. रमेशचन्द्र अधिकारी लेख्नुहुन्छ- यस युगको सिङ्गो साङ्गोपाङ्गो वर्णन गरेर कविले युगीन काम गरेका छन् ।
चन्द्रयुगलाई एउटा युगको प्रतिनिधित्व गराउने यो मेरो प्रयत्न हो, चन्द्रयुगमा शोषितपीडित जनता मेरा लेखनका विषयवस्तु हुन्, आफ्नो नाम र महाकाव्यको शीर्षक संयोगमात्र हो-एकचालीस वर्षे सिन्धुपाल्चोक फुल्पिङकोटेले भन्नुभयो । "मैले हरेक दिन घरबाट स्कुलमा पढाउनका लागि दुई घण्टा उक्लँदा र दुई घण्टा ओर्लंदा एक्लै गुन्गुनाउँदै, टेपरिकर्डरमा भरेर पनि महाकाव्यका श्लोक उतारेको छु"- नेपाली विषयका शिक्षक चन्द्रले भन्नुभयो ।
कृति प्रकाशनमा रु. सात लाख खर्च भएको विवरण छ उहाँसँग । कसैसँग ऋण गरेर र कसैसँग चन्दा मागेर प्रकाशन गराएको सो कृतिको प्रेसखर्चबापतमध्ये अहिले रु. एक लाख चानचुन बक्यौता नै छ । जीवनसङ्गिनी होममायाको प्रकाशकत्त्व रहेको चन्द्रयुगमा सत्चालीसदेखि पैँसठ्ठी सालसम्मका मसी परेका छन् ।
"राज्यलाई केही दिन खोजेको हुँ, म पूर्ण भएको छैन, राष्ट्रलाई बृहत्तर काव्य दिने धोको छ, जसबाट राष्ट्रले गर्व गर्न सकोस्" - उहाँले कृति प्रकाशनको उद्देश्य खोल्नुभयो ।

Comments
Post a Comment