भ्रष्टाचार
भ्रष्टाचार
जनआक्रोसको ज्वाला दवाउन नसक्दा विद्रेही भनाउँदा पार्टीमार्फत भ्रष्टाचारका फाइलहरु पल्टिए । त्यसमा दुई प्रमुख दलका ठूला माछाहरु पर्ने निश्चित भयो । एउटा प्रखर पत्रकारले त्यसका एक एक प्रमाण केलाएर भोलिको पत्रिकामा प्रकाशन गर्न प्रमाणित गरिसकेका थिए ।
रातारात विद्रोहीको सत्ता ढल्यो । दुई प्रमुख दलको सरकार बन्यो । पत्रकारले भनिरहेका थिए कि त्यो दुई प्रमुख दल त मोहरा मात्र हुन् त्यसभन्दा माथि हुने भ्रष्टाचारका अन्तराष्ट्रिय फाइलहरु पनि खुल्नेवाला छ , त्यो कारवाहीका लागि त विद्रोहीका बाउको सरकार भएमा मात्र सकिन्छ ।
भोलि हुन नपाउँदै उक्त पत्रकिाको प्रकाशन नै बन्द भयो भने उक्त प्रखर पत्रकारले दुई करोड सत्र लाख नगद अपचलन गरेको महाअभियोगको फैसला न्यायाधीशले सुनायो । विद्रेहीमार्फत भ्रष्टाचारको फाइल खुलेकोमा प्रखर पत्रकार पक्राउ परेको समाचार आजको सबै राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन भइरहेको छ ।
२०८१ असोज १३
बिजु सुवेदी विजय
Comments
Post a Comment