बाढीपहिरोको चपेटामा नेपाल

 बाढीपहिरोको चपेटामा नेपाल


२०८१ असोज १२ नेपालका लागि कालो दिन भयो । बाढी र पहिरोको चपेटामा परेर दारुण स्थिति बनायो । इतिहास हेर्ने हो भने अहिलेको नेपालमा भएको औसत वर्षा ३०० मिमिकोसँग तुलना गर्ने हो भने १०-१२ मिमि मात्र कम वर्षा आजभन्दा साठी वर्ष पहिले हुँदा अहिले जति नोक्सान भएको थिएन । त्यसपछि आजभन्दा २२ वर्ष पहिले मात्र आजभन्दा आधी जति मात्र वर्षा हुँदा पनि धेरै नोक्सान पारेको थियो । यसको प्रमुख कारणमा रुख विरुवाहरु राम्ररी प्रशस्त रोपी नदिँदा कँक्रितको जङ्गल बनाउने लालसाले पहिरोको जोखिम बढिरहेको छ । खोला किनारका आलिसान भवन पनि गल्र्याम्मै ढलेको पनि पाइयो । कति ठाउँ भास्सिएको पनि पाइयो । सयभन्दा बढी नेपालीले इहलीला समाप्त गरिसकेका छन् ।

अहिले रात्रिकालीन बसका यात्रा सबै स्थगित गरिएका छन् । डोमेस्टिक उडान पनि रद्द भइरहेको छ । खोलाको सतह बढेर बाटोमा बग्न थालेको छ । लगातारको ३ दिनको वर्षपछि अहिले पानी रोकिँदा धेरै राहतको महसुस भइरहेको छ । काठमाडौँ उपत्यकाजस्तो ठाउँमा समेत पानीले धेरै नै हृदयविदारक नोक्सान गरेको छ । बाहिर जाने नाका सबै बाढी र पहिरोको नोक्सानले नाकाबन्दी भइरहेको छ । यसको रिकभरी हुन धेरै समय लाग्ने देखिन्छ । खेतमा धान रोप्न बेलाजस्तो खुट्टा गाडिने गरी बल्खुको तरकारी बजार सिनित्तै पारेको हेरेर आएँ । यो त प्रतिनिधि घटना मात्र हो हाम्रो देशका प्रत्येक कुना कन्दरामा यस्तो हालत छ । प्रकृति रिसाएको यो बेला त्यहाँका बुढापाकाले भनेअनुसार साना साना खोलाहरु मिचेर कङ्क्रितको जङ्गल बनाउनाको परिणाम हो रे । हुन पनि उहाँहरुका भनाइअनुसार यहाँका सानासाना खोलाहरु प्रायः लोप भइसकेका छन् । जसले गर्दा पानीले सतह बनाउँदा उग्र रुप लिएको प्रष्ट देखिन्छ । पुरानो ढल, बाटो मुनीको खोला अनि बाँकीरहेको बगिरहेको खोला तीनटैले एउटै खोलाको रुप लिई बगिसकेको थियो । सडक सबै लेदो नै लेदोले भरिएको छ । साना साना खोलाहरु अहिले कि त सडकको भित्र बगिरहेको छ भने कि त ढलजस्तो बगेको अवस्थामा छ । यदि ती सबैलाई खोलाजस्तो बग्न दिएका भए पानीले सतह लिँदा अहिले जति तहसनहस पार्न सक्दैनथ्यो न कि बाँध बाँधेर मात्र । भ्रष्टाचार यस्तो कि बाँध बाँध्न आएको स्रोतबाट समेत आधीउँधी बाँध पनि राम्ररी बाँधिएको समेत पाइएन । वर्षेनी असारसाउनमा हुने पानीको वितण्डा अहिले बेमौसमी रुपमा असोजको १२ शनिवारका दिन देशैलाई भुमरीमा फसाई कालो दिन बनाइदियो । अहिले पानी रोकिएको १२ घण्टा भइसक्दा पनि नदीको सतह जमिनको बराबरीमा छ । विद्युतको लाइन ९० प्रतिशत ठाउँमा बन्द छ । नेपाल टेलिकमकामे नेटवर्किङ पनि राम्ररी चलेको छैन ।

अब जे हुनु भइहाल्यो यसबाट सचेत हुन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले छिटै पहल गरुन् । सबै जना धैर्यधारण गरेर सयमताले आफ्नो समस्या समाधान तर्फ गइदिनुहुन यहीँबाट अनुरोध गर्दछु । खोलालाई भगवान मान्ने हामीले खोलाकै विजोग बनाउँदा यो नाजुक भोगाइ बेहोर्नु पर्‍यो । त्यस्तै प्रधानमन्त्रीले फेसबुकमा स्टाटस लेखेर स्टाटसको भरमा झारा टार्ने काम मात्रै भयो न कि भ्रमण छोट्याएर देशमा भएको हृदयबिडारक पीडामा मलम लगाउनुपर्ने ठाउँमा बरु उनले सँयुक्त राष्ट्र संघमा अङ्ग्रैजीमा फलाकेर रवाफ देखाउने बाहेक केही गर्न सकेकनन् ।

यसबेला ज्यान गुमाएका व्यक्तिहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै सबैजनालाई राहत कार्यमा जुटिदिनुहुन यहीँबाट अह्वान गर्दछु ।जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन्हरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन आग्रह गरेका छन् । आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गर्न पनि उनले अनुरोध गरेका छन् ।


२०८१ असोज १३

बिजु सुवेदी विजय

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा