हामी र हाम्रो देश
हामी र हाम्रो देश
स्वर्ग हो हाम्रो स्वदेश प्रकृतिको वरदानी शानमा छ
उच्च हिमशृङ्खलाको ममत्त्वको काखमा हामी पुलकित भइरहन्छौँ
जहाँजान्छौँ जता जान्छौँ समानताको हातेमालो गाँस्छौँ
भाइचारा, विश्वबन्धुत्त्वले एकै पारिवारभै स्नेहीत भइरहन्र्छौँ
मुटुको हरेक नसानसामा साहस उमाल्छौँ
शहीदको त्याग र बलिदानको उभारमा कर्तव्यपथमा लम्किरहन्छौँ
स्वार्थी र शत्रुता त्यागी माया र स्नेह बाँडिरहन्छौँ
बुद्ध र शिवको तपले सारा ब्रह्माण्डसँग साक्षात्कार गरिरहन्र्छौँ
२०८१ भदौ २५
विजु सुवेदी विजय
Comments
Post a Comment