मित्रता नै अन्य गनुपर्छ र ?

मित्रता नै अन्य गनुपर्छ र ?
शब्दहरु लेखिरहदा मेरा हातहरु कापिरहेका छनधड्कन धड्कीरहेका छन्, अनि मष्तिष्कमा भावुक्ता ,अन्यौलता र विवशताले सताइरहेका छन् । विक्षिप्त मनलाई समाल्दै भत्किएका आशाहरुमा फेरी उकासो लगाउने प्रयास गर्दै शब्दहरु ओकल्दै छु आशा छ स्वृकार गर्छौ भन्ने ।
अस्मी, हाम्रो मित्रको डोरिलाई तिमीले टुन्ग्याउने विचार गरिछ्यौ ! खै !किन तिमीमा म प्रति वितृष्णा जागेर आयो थाहा भएन । किन यती सजिलै तिमीले हाम्रो मित्रतालाई पूर्णविराम दिने विचार गर्यो ?कतै तिमीलाई कसैले मेरा बारेमा नराम्रा कुरा लगाएर भ्रम त छरेका त छैनन ? तर कसैको भ्रमीत कुराहरुमा हाम्रो विश्वास यसरी सजिलै डगमगाउला भन्ने मलाई लागेको थिएन ।
अस्मी, तिमी जस्ती शिक्षित नारी पनि किन अन्धि बनेकी ? तिमीले त बुझ्नु पर्ने जिन्दगीका मोडहरुलाई । हो जिन्दगीमा राम्रा नराम्रामोडहरु हाम्रा अगाडी काडेतार बनेर आउँछन । हामीले आफैले डिसीजन गर्नुपर्छ कुनबाटो हिड्ने भन्ने । राम्रोमा भन्दा नराम्राबाटहरुमा कदम बढाउन सजिलो हुन्छ तर पछि त्यसले दिने अप्ठ्याराहरुले जिन्दगी नै निराश बनाउछ । त्यसैले क्षणीक सुख र सन्तुष्टिका लागि तिमीले पनि गलतबाट अपनाउने छैनौ भन्ने मेरो विश्वास छ । हुन त जिवन र जगतका बारेमा मैले भन्दा तिमीले धेरै बुझेकी छ्यो ! त्यसैले तिमी जस्ती शिक्षित नारीलाई मैले महाभारत पढाइ राख्नु नपर्ला † तर एउटा कुरा चाही तिमीले स्वृकार गर्नुपर्छ । अहिले तिमी अन्धो भएकी छौ । तिमीमा अहमताले जरा गाडेको छ । तिमी भित्रको अहमता ले तिम्रो जीवनमा ठुलो धात गरिरहेको छ त्यो तिम्रो घैटोमा घाम लागेपछि थाहा हुन्छ ।
अस्मी, तिम्रो जीवनमा मैले कुनै खुशी छर्न नसके पनि तिमीले मेरो लागि धेरै कुरा सिकाएकि छ्यौ । जिन्दगी निरश भएको बेला सम्बन्ध जोड्दै थकाई मार्ने संयोग बनेर हाँसो खुशीको रौनकता थपिदियौ अनि केही गर्नुपर्छ भन्ने हिम्त दिलायौ । भविष्यका दिनहरु संगै र सफल बनाउने हेतुले तिम्रै सहमती र साथले आज मलाई यो पराई भूमीमा संघष गर्न पठायौ तर अहिले आएर सम्बन्ध टुर् याउने विचार किन ?? सुनेको थिए तिमीले हाम्रो सम्बनध तोड्नु कारण , मैले भन्दा धेरैमाया गर्ने साथी पाएकी छ्यौ रे । म भन्दा सम्पन्न छ रे । चोखो माया र साथलाई हैन भौतिक सुखलाई अंगाल्न खोजेकी रहिछेउ । त्यसैले तिमीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निधो गर्दै मलाई अन्तिम मेल लेखेकि रहेछ्यौ, सारै खुशी लाग्यो तिम्रो निणय देखेर । बधाई छ नयाँ जीवनको लागि ।
अन्तमा अस्मी,मैले माथी नै भनि सकेको छु कुनै पनि निणय लिनु भन्दा पहिला सफा हृदयले सोच्नु । तिम्रो हृदयले उसैलाइ चाहान्छ भने स्वृकारनु जहाँ आफु खुशी र सुखी भइन्छ त्यही नै पाइला बढाउने हौ हैन र जे-जस्तो भएपनि हाम्रो मित्रतालाई पूर्णविराम नै लगाउनु पर्ला जस्तो त लाग्दैन । के तिमीले अर्कैलाई अंगाले पनि हामी असल मित्र बन्न सक्दैनौ र ?? तर आ-आफ्नो विचार हो । यदि मेरो सम्बन्ध वा भनौ मित्रताले तिम्रो जीवनमा अप्ठ्यारो ल्याउछ भने तोडिदिनु । तिम्रो खुशी नै मेरो जीवन हो ।
उही तिम्रो भलो चाहाने
प्रेम पत्र
-राजेश्वर ढकाल
छोटो जीवनको लामो सम्झना, उजार र उराठ यो मरुभीको अनकन्टार ठाउँबाट ,सर्वप्रथम तिम्राे दिर्घायुको कामना गर्दछु ।  जिन्दगीको आरोह अवरोहहरुमा धेरैसँग परचिय भयो,धेरै संग मित्रता गाँसियो, कसैलाई असल मित्र भन्दा वडि उपमा दिन सकिन । जब तिमीलाईदेखेँ, तिमीसँग भेट भयो । अचम्मलाग्छ,  पहिलो नजरमै आकर्षणको हावा यसरी फैलियो कि मेरो प्रत्येकसासभित्र तिमै्रै  सुगन्धको आभास गरे, मेरा यी निश्चल आँखाको लेन्सले तिम्रै अनुहारको अवलोकन गरे अनि तिमीसंगको साथको कल्पना गरेकोे थाहा  नै भएन । एक्कासी कसैको आवाजले झस्कायो ।  यस्तो किन हुन्छ ? मन मन नै आफूले आफैलाई प्रश्न गरे  । मेरो मनले भन्छ, तिमीलाईमाया भयो । मेरो मस्तिष्क बोल्छ,तिमीलाई प्रेमले छोयो । न त मेरो मन,मस्तिष्क र ढुक्ढुकीलाई नै नकार्न सके न त मेरा यि आँखाहरुलाई  नै बन्द गर्न सके । त्यसैले भन्छु मलाई साँच्चै माया भयो । म तिमीलाई माया गर्छु । यद्यपि चोखो अनि निःस्वार्थ प्रेम गर्छु भनेर तिमी संग भन्न सक्दिनँ वा भनौ म मा त्यो सामथ्य नै छैन । हुन त  मेरो प्रेममा पनि केही स्वार्थ पक्कै होला  । मलाई लाग्छ, तिमीलाई चाहनु नै मेरो ठूलो स्वार्थ हो किनकी एउटा स्वतन्त्र रूपमा वगैचामा फुलिरहेको फूलमा भमराले छड्के आँखा लगाउनु र उनको स्पर्शमा रमाउन खोज्नु पक्कै स्वार्थ भन्दापरको कुरा त नहोला ! तिम्रोे स्वतन्त्रतालाई लत्याएर तिमी संग ज्यून  चाहने रहर राख्नु,तिम्राे  एक्लो जीवनमा आफ्नो दुःख-सुख बाँड्न खोज्नु मेरो इच्छालाई स्वार्थ होइन भनेर म भन्न सक्दिनँ, तर मेरो स्वार्थ अरू प्रेमरोगीहरूको जस्तो  हैन उनिहरुको भन्दा पृथक छ, अनौठो छ र उच्च छ जस्तो लाग्छ । हुन त प्रत्यक प्रेमीहरु यस्तै भन्लान तर मैले अगिनै भनि सकेकी म अरु प्रेमि भन्दा पृथक छु भनेर । किनकि, मेरो प्रेम शारीरकि आकर्षण होइन, अन्तर आत्मादेखी उब्जीएको भावनात्मक उपज हो । हुन  त सायद तिमीले प्रमाण खोजेऊ भने मैले तिमीसंग शीर झुकाउनु वाहेक अरु विकल्प म संग छैन । किनकी मेरो प्रेमका ठोस प्रमाणहरू छैनन् । नाडी रेटेर रगत वगाउने क्षमता अनी प्रत्यक पाईला पाईलामा पैसाको वर्ष गराउने औकात त मसंग छैन या भनौ म भन्दा धेरै माथीको कुरा हो । त्यसैले तिमी मलाई माया गछ्र्यौ  या मेरो प्रेममा विश्वास गछ्र्यौ भने बिन्ती मेरो प्रेमको प्रमाण नखोज किनकि मेरो प्रेम भौतिक प्रमाणबाट दूर तर आत्मासँग नजिक छ ।  म तिमीलाई सच्चा र निस्वार्थ हृदृय देखी नै माया गर्छु । यसको मतलव यो हैन की तिमी पनि मलाई नै माया गर्नु पर्छ  भन्ने । यदि तिमीमा म प्रति माया छ भने अपनाउन सक्छौ यदि छैन भने मेरो भन्नु केही छैन । तर मलाइ आशा छ तिमीले स्वृकार छौ भन्ने ! यदि तिमीले मेरो मायालाई जति घृणा र तिरस्कारका वाणरुपी शब्दहरु ले प्रहार गरे पनि मेरो कुनै गुनासो रहने छैन । किनकी म तिमीलाई स्वछ र निस्वार्थ प्रेम गर्छु ,तिमी प्रतिको मेरो चाहना र प्रेम जब सम्म म यो धतीमा रहन्छु तव सम्म कहिल्यै अस्ताउने वा बिलाउने छैन किनकी म तिमीलाई सच्चा हृदृय देखीनै प्रेम गर्छु । मेरो मतलव यो होइन की तिमी मेरो जीवनमा आईनौ भने पनि तिम्र्रै प्रेममा तड्पीने पागल प्रेम चाहि म पक्कै पनि होइन तर तिमी जस्को भएपनि मेरो हृदयमा बास बसेकी ले वा भनौ मेरो पहिलो प्रेम तिमी संग भएकोले मेरो माया तिमी प्रती कहिल्यै घट्ने छैन । त्यसैले कृपया यो पत्र तिमीले पढने वित्तीकै  मलाई मेल गर्ने छौ भन्ने आशा गदै तिमीबाट आजलाई ओझेल हुनेछु ।
उहि तिमीलाई माया गर्ने
राजेश्वर
बगुवा ६,गोरखा
हाल ः दोहा,कतार


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा