कविता :– गुरुवर
कविता :– गुरुवर
बिजु सुवेदी “विजय”
गुरुवर म कुम्हालेको मन्थन गरिएको माटो
जसले जे बनाए पनि बनिरहेछु
सबैको उपयोगी बत्रका लागि
बनाइदेऊ मलाई राम्रो भाँडो
गुरुवर म फ्याँकिएको बेकारी ढुङ्गा
कुदिँदेऊ मलाई ज्यान दिन
सबैलाई राम्रो बनाउन
बनाइदेऊ मलाई देउता
गुरुवर म अञ्जान छु मलाई बोल्न आउँदैन
सारेगम तातातिती सबै सिकाइदेऊ
सुरिलो मिठासले देशलाई स्वर दिन
बनाइदेऊ मलाई देशको वक्ता
गुरुवर म अशिक्षित छु लेख्न मलाई आउँदैन
कखरा देखि पिएचडी सिकाइदेऊ
लेखेर देशलाई केही दिन
बनाइदेऊ मलाई देशको लेखक
गुरुवर मैले सबैकालागि गाडी हाँक्नु छ
चिल्लो सडक हाँक्नु छैन मलाई
भिर, पाखा , घुम्ती पूर्व–पश्चिम हाँक्न
बनाइदेऊ मलाई देशको डाइभर
गुरुवर म अत्यन्तै नाजुक कोमल कोपिला
आखिर फुल्नु त मैले पर्छ नै
बहार बनाई सु्वास छर्न
बनिदेऊ तिमी मेरो माली
नोट ः– यही श्रावण ७ गते सोमबार परेको २०७० सालको गुरुपूर्णिमाको उपलक्ष्यमा “ गुरु साक्षात परम् ब्रम्ह , तस्मै श्री गुरुभ्यै नमो नमः” भनेर नमन गर्दै यो “गुरुवर” कविताका साथमा सम्पूर्ण साहित्यकारसाथीहरु तथा सम्पूर्ण शुभचिन्तक पाठकहरु समक्ष गुरुपूर्णिमाको शुभकामना दिँदै अपार सफलताको कामना पनि गर्दछु ।
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com
बिजु सुवेदी “विजय”
गुरुवर म कुम्हालेको मन्थन गरिएको माटो
जसले जे बनाए पनि बनिरहेछु
सबैको उपयोगी बत्रका लागि
बनाइदेऊ मलाई राम्रो भाँडो
गुरुवर म फ्याँकिएको बेकारी ढुङ्गा
कुदिँदेऊ मलाई ज्यान दिन
सबैलाई राम्रो बनाउन
बनाइदेऊ मलाई देउता
गुरुवर म अञ्जान छु मलाई बोल्न आउँदैन
सारेगम तातातिती सबै सिकाइदेऊ
सुरिलो मिठासले देशलाई स्वर दिन
बनाइदेऊ मलाई देशको वक्ता
गुरुवर म अशिक्षित छु लेख्न मलाई आउँदैन
कखरा देखि पिएचडी सिकाइदेऊ
लेखेर देशलाई केही दिन
बनाइदेऊ मलाई देशको लेखक
गुरुवर मैले सबैकालागि गाडी हाँक्नु छ
चिल्लो सडक हाँक्नु छैन मलाई
भिर, पाखा , घुम्ती पूर्व–पश्चिम हाँक्न
बनाइदेऊ मलाई देशको डाइभर
गुरुवर म अत्यन्तै नाजुक कोमल कोपिला
आखिर फुल्नु त मैले पर्छ नै
बहार बनाई सु्वास छर्न
बनिदेऊ तिमी मेरो माली
नोट ः– यही श्रावण ७ गते सोमबार परेको २०७० सालको गुरुपूर्णिमाको उपलक्ष्यमा “ गुरु साक्षात परम् ब्रम्ह , तस्मै श्री गुरुभ्यै नमो नमः” भनेर नमन गर्दै यो “गुरुवर” कविताका साथमा सम्पूर्ण साहित्यकारसाथीहरु तथा सम्पूर्ण शुभचिन्तक पाठकहरु समक्ष गुरुपूर्णिमाको शुभकामना दिँदै अपार सफलताको कामना पनि गर्दछु ।
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com
Comments
Post a Comment