गीत :– नमुछे आमा दहीमा टीका

गीत :– नमुछे आमा दहीमा टीका
शब्द :- ?

नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर

मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्
दैलाको तस्विर छातीमा टाँसी आँसु बगाउनेछिन्

नझारे आमा आँसुका ढिक्का मूलबाटो हेरेर
जाँदैन दुःख आँसुका धारा बर्बरी झारेर

झुलुङ्गाबाट उठेर छोरी खोई बाबा भन्नेछिन्
ब्युँझेर मेरी मुर्छिन्दै फेरि दाँत पो बान्नेछिन्

नफोरे प्रिया नारीका चुरा झर्याम्म पारेर
जाँदैन दुःख आँसुका धारा बर्बरी झारेर

यो जत्तिबेला पनि अतिनै भावुक बनाइदिने  अति नै सशक्त यस गीतका रचनाकारलाई पनि म नमन गर्दछु । यस गीतसँगै मैले पाठकहरुसँग आँसु बाँडिरहेको छु । कृपया पाठकहरुलाई थाहा छ भने यस गीतका रचनाकारको नाम उल्लेख गरिदिनुहुन अनुरोध गर्दछु ।

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा