लघुकथा :– नास्तिक धर्म

लघुकथा :– नास्तिक धर्म
बिजु सुवेदी “विजय”

एकजना मानिसको बिचार परिवर्तन भयो  र ऊ नास्तिक भयो । उसलाई आफू नास्तिक हुनुभन्दा अगाडि धेरै धर्म गरेकोमा पछुतो लाग्यो । त्यसैले उसले अहिलेसम्ममा धेरै पटक मन्दिर घुमिसकेको धर्मलाई कसरी निमिट्यात्र पार्ने भनेर उल्टोबाट मन्दिर घुम्न थाल्यो ।

उतातिर भगवान भने आफूले वरदान दिने मानिस कोही फेला नपरेकोमा बहुलाइरहेको थियो र प्रश्न गरिरहेको थियो कि “किन मानिसहरु एकाग्र भएर मेरो भक्ति गर्दैनन् ?” धर्म गर्ने मानिसहरु मन्दिर सुल्टोबाट त घुम्थे तर कोही कता ध्यान पु¥याउँथे भने कोही कता ध्यान पु¥याउँथे , जो पनि धुम्थे जता पायो त्यता ध्यान दिन्थे । यसकारण देवता  पनि आफूलाई मान्ने मानिसहरु नपाएर आजित भइसकेका थिए । किनकि पहिलेको जमानामा देवतालाई वरदान दिँदै फुर्सद हुँदैनथ्यो भने अहिलेको आधुनिक जमानामा देवताको ध्यान वरदान दिन एकदम भोको भइरहेको थियो ।

एकाएक भगवानको मन , एकाग्र भई उल्टो घुम्ने नास्तिकदेखि पग्लियो । अनि ऊदेखि भगवान् प्रशन्न हुनुभयो र भन्नुभयो “ भन भक्त तिम्रो नास्तिक धर्मदेखि म सन्तुष्ट भएँ । तिमीलाई के वरदान चाहियो ? ”

बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा