थवाङको सन्देश
सन्तोषकुमार बुढा मगर
लेख :– थवाङको सन्देश
थवाङमा शून्य मत भएको सन्दर्भमा पक्ष र विपक्षमा धेरै चर्चा–परिचर्चा भए । कतिपय अचम्मित छन्, किन गर्छन् थवाङ्गीहरु बहिष्कार, कसरी सम्भव भयो ? शून्य मत ! अहिलेको बाहुनवादी समाज र प्रतिस्पर्धात्मक दुनियाँमा शून्य मत कसरी सम्भव भयो ? जिज्ञासा प्रकट गर्छन् । अर्काथरी मान्छेहरु जबर्जस्त थुनछेक अपहरण गरेर भोट हाल्न नदिएको मुखिया (राजा) प्रथा कायम रहेको जस्ता आरोप पनि छ । लाखौं सेना सशस्त्र परिचालनका बीचमा पनि यो कसरी सम्भव भयो ? अर्को जिज्ञासा छ जुनसुकै कोणबाट हल्ला र आरोपहरु लगाइएको भए पनि थवाङमा शून्य मत कसरी भयो ? तर सत्य यही हो । विरोधीहरुले गरेका हल्ला निरर्थक थिए भन्ने कुरा उसैदिन ५ बजे नै पर्दाफास भयो । यसका साक्षी थवाङ केन्द्रमा खटेका कर्मचारीहरु र सुरक्षाकर्मीहरु छन् ।
के कुरा साँचो हो भने थवाङका जनता खास–खास निर्णय गर्ने बेला एकमतमा निर्णय गर्ने गर्छन् । यो थवाङको संस्कार हो । यहाँ सहमती र सहकार्यको संस्कार छ । ब्यापक छलफल र निष्कर्षपछि कार्यान्वयनमा एकरुपता थवाङको परम्परा र संस्कार नै हो । यसलाई मुखियाली (राजा)प्रथा भन्नु पनि गलत हुन्छ । यसो गर्नु सत्यलाई बङ्गयाउनु हुन्छ , थवाङका सहकार्य र एकताको भावनामा ठेस लाग्छ । यो थवाङको एकताको भावनाको विरुद्धमा छ । बरु थवाङबाट सबैले एकता, सहकार्य, शान्ति र सहमतीको पाठ सिक्न सक्नुपर्छ । बहुलवाद एकता र सहमतीको विरोधी छ । थवाङमा बहुलवाद संसदवाद जवर्जस्त पस्न खोज्दैछ । थवाङलाई टुक्र्याउन खोज्दैछ । थवाङीहरुको एकताको भावनालाई छियाछिया पार्ने कोसिस गर्दैछ । तर अहिलेपनि थवाङले आफ्नो परम्परा र ऐतिहासिक विरासतलाई कायमै राख्यो । सायद अहिलेको दुनियाँमा यो असम्भव कुरा हो । त्यसलाई भड्काउन संसदवाद याने बहुलवाद पात्र खोजिरहेको छ । यो हिजो कुनै नामबाट घुस्न खोज्दै थियो , तर त्यो सफल भएन, आज त्यही प्रवृत्ति एकीकृतको नामबाट घुस्दैछ । यो प्रवृत्ति सिर्फ थवाङमा मात्र होइन, सिङ्गो कम्युनिष्ट विचार र आन्दोलनमै घातक छ । यसले कम्युनिष्ट एकतालाई नै टुक्र्याउने प्रयास गरिरहेको छ । इतिहास बङ्ग्याउन खोजिँदैछ र थवाङमा भाँडभैलो मच्चाउने कोसिस गरिँदैछ । यसबाट थवाङी जनता मात्र होइन , सबै न्यायका पक्षधरहरु सचेत रहन आवश्यक छ । जसले जे भनोस् तर थवाङ निर्णायक मोडहरुमा एकमत र एकगठ हुँदै आएको इतिहास छ ।
थवाङ एउटा कम्य्निष्ट गाउँ हो । २०१३ सालमा थवाङमा मोहनविक्रम र खगुलाल गुरुङहरु गएर संस्थागत रुपमा कम्युनिष्टको जग बसाले । ०१५ सालमा एकमुष्ट भोट कम्युनिष्टलाई दिए । ०३७ सालको जनमत संग्रहमा एकमुष्ट भोट बहुदलमा, ०३८ को आमचुनावमा शून्य मत, ०४२ सालमा एकमुष्ट भोट बमकुमारीलाई, ०४८ सालमा एकमुष्ट मत तत्कालीन जनमोर्चाका उम्मेदवार कृष्ण महरालाई, ०५१को मध्यावधी निर्वाचन ४ मत बाहेक सबै बहिष्कार, ०५४ को स्थानीय निर्वाचनमा शून्य मत(गाविस नै खाली) ०५६मा हेलिकप्टरबाट लगेर सदरमुकामबाट दुईजनालाई भोट हाल्न लगाए । ०६४को संबिधानसभाको चुनावमा प्रचण्डलाई एकमुष्ट मत र २०७० को कथित संबिधानसभाको चुनावमा शून्य मत दिएर थवाङले आफ्नो एकताको इतिहासलाई कायमै राखेको छ । २०३२ सालदेखि कमरेड किरणको अनवरत उपस्थिति र प्रयास, २०३६देखि विद्यार्थी नेता क. कृष्णसेन ‘इच्छुक’को परिश्रम र २०३८ सालदेखि कमरेड बादल यसै राप्ती क्षेत्रको इन्चार्ज भएपछि निरन्तर कम्यु्निष्ट राजनीति र दर्शनबाट दीक्षित थवाङ गाउँमा जन्मँदा नै कम्युनिष्ट भई जन्मने संस्कार छ । क. प्रचण्ड त मोहनविक्रमसँग फुटेपछि पहिलोपटक २०४२ सालमा थवाङ आउनुभएको थियो । मोहनविक्रम २०१२सालमा आएदेखि उप्रान्त कहिल्यै फर्केनन् । त्यसै बेलादेखि थवाङ कम्युनिष्ट विचार दर्शन र संस्कारमा हुर्कंदै आएको छ ।
यसपालीको चुनाव संविधानसभाको चुनावबाट जनअपेक्षा अनुरुपको संबिधान पनि नबन्ने दिगो शान्ति र अग्रगामी राजनीतिक निकास वा परिवर्तन पनि नहुने उल्टो यसबाट देश अनन्त गृहयुद्ध र द्वन्द्वतिर धकेलिने खतरा देखेर नै बहिष्कारको निर्णय लिए थवाङवासीहरुले ।
यसै पृष्ठभूमिमा गएको असोज २९ गते एउटा बैठक बसी ‘यसपालीको चुनावमा कसैलाई भोट नदिने’ निर्णय लिए र घोषणा गरे– ‘निर्वाचन प्रचार–प्रसार निशेधित क्षेत्र’ , ताकि ‘कोही पनि दल यो क्षेत्रमा पसी अनाहक गलत प्रचारबाजीहरु नगरुन्’ , किनकी ‘जुनसुकै दल आएपनि यो चुनाव गलत उद्देश्यका लागि राखिएको षडयन्त्र भएकोले यसले जनतालाई भ्रम बाहेक केही दिनेछैन’ । बरु त्यसको सट्टा पार्टीले किन यो निर्वाचनमा बहिष्कार गर्ने ? भन्ने विषयमा घर–घर पसेर यसको मर्म बुझाउने भन्नेमा एकमत भए । त्यसै अनुरुप नै मंसीर ४ गतेको चुनावमा भोट नहालेका हुन् । न कि कसैलाई जबर्जस्त अपहरण गरेर वा थुनछेक गरेर । बाहिर प्रचार मिडियाहरुले थवाङको बारेमा जे प्रचारहरु गरे ती सबै थवाङको एकता भाँड्ने उद्देश्यका साथ गरिएको थियो भन्ने कुरा पछिल्ला घटनाक्रमहरुले पुष्टि गरे । षडयन्त्र र धम्की यतिसम्म भयो कि ‘थवाङ शून्य मत भयो भने पुनःनिर्वाचन हुन्छ’ यो एकीकृत माओवादीले प्रशासनको र प्रशासनले एकीकृत माओवादीको हवाला दिँदै ‘मलाई निकै प्रेसर गरिरहे, आन्तरिक सूचनाहरुमा पनि यही कुरा आइरहे,’ पछि मैले बुझेँ कि यो डिजाइनमै रहेछ । अनि मैले जवाफमा ‘हामी जे पनि जोखिम मोल्न तयार छौं , तर शान्तिपूर्ण रुपमा शूण्य मत खसाल्छौं , यदि जबर्जस्त पुनःनिर्वाचन गरियो भने हामी १० पटक पनि स्थगन गर्छौं वा जवर्जस्त भयो भने मत उल्टिन पनि सक्छ ।’ भनेपछि मात्र सम्भव भएको हो । मलाई के कुरा थाहा थियो भने ३०३८ सालमा पञ्चायतका विरुद्ध शून्य हुँदा त पुनःनिर्वाचन गरिएन भने यो लोकतान्त्रिक भनिनेहरुले पुनःनिर्वाचन गरे भने अझ उनीहरुको अनुहार उदाङ्गिने छ ।
अन्त्यमा शून्य मत थवाङको सन्देश हो । रोल्पाका फगाम, जेलबाङ, जैमाकसला, उवा, सेरम, सिउरी, गजुल, पाछाबाङ, भावाङ, जिनबाङ, कुरेली, जंकोट , कोटगाउँ, मिरुल लगायतका निश्चित वडाहरुले पनि शून्य गरेका छन् । यो न्यायको आवाज नसुन्नेहरुलाई जवर्जस्त सुनाउने प्रतिनिधिमूलक सन्देश हो । जनअपेक्षा अनुरुपको संविधानको त आशै नगरौं किनकी यसभन्दा अघिको संबिधान बन्न नदिनेमा पहिलो हात काँग्रेस, एमालेकै थियो र तिनीहरुको डिजाइनमा प्रचण्ड–बाबुरामहरुले एउटा बृहत डिजाइनमा संबिधानसभाको बिघटन गरेका हुन् । त्यसैको जगमा यो चुनाव भएको छ । यसबाट यथास्थितिवादी संविधान बाहेक कल्पनै गर्न सकिन्न ।
थवाङवासी बुढा मगर केकपा माओवादीका नेता हुन् ।

Comments
Post a Comment