शुभ–कामना नव वर्षको


शुभ–कामना नव वर्षको
—विजु सुवेदी ‘विजय’

पालुवा पलाउँछ
बिहानी आउँछ
रात पञ्छिँदै जान्छ
शिशिर जान्छ
बसन्त आउँछ
सबैमा उमङ्ग ल्याउँछ
उच्छवास ल्याउँछ
नवीन भाव ल्याउँछ
त्यसैले
क्यालेण्डर बदल्ने मात्र होइन
प्रकृतिको देन हेर्नुपर्छ
जिन्दगी बदल्नु पर्छ
समयको रफ्तार बढ्दै जान्छ
पालुवा फेरि फक्रन थाल्छ
निरन्तर चलिरहन्छ
बगेको खोला हो जिन्दगी
पुरानो, नयाँ, राम्रो, नराम्रो
बहँदै बहँदै आउँछन्
शितको थोपा पातमा टल्कने
हीरा हो जिन्दगी
राम्रो कुरा आँगाल्दै जानुपर्छ
नराम्रो कुरा विर्सिदिनुपर्छ
जतिसुकै आग्रह गर
जतिसुकै सलाम गर
बगेको समय फर्किन्न
त्यसैले
जिन्दगीमा जे जे भयो
राम्रो कुरा लिनुपर्छ
नराम्रोबाट चेत्नुपर्छ
गल्ती नगर्ने प्रण गर्नुपर्छ
आफू सुध्रिँदै जानुपर्छ
नयाँ ताजगी, नयाँ मनोहर
नयाँ आभाष, नयाँ पराक्रम
नयाँ प्रण, नयाँ अभिनव
नयाँ वर्षमा नवीनभाव आउनुपर्छ
सदा कायम गर्नुपर्छ
मरेर जिउने होइन
इमान डगमगाउनु दिनु हुन्न
बाँचेर जिउनुपर्छ
जतिपनि छन् प्रयास
ती छोड्नु हुन्न
अहिले २०–१९ छ त के भो
यसलाई सुधार्दै लानु छ
हरबाधा हटाउँदै जानु छ
योभन्दा प्रगती गर्दै जानु छ
२०–२० बनाउँदै
२०–२१गर्दै प्रगती गर्दै
छुकछुके रेलजस्तो होइन
सुखशान्ति सब ठाउँ ल्याउनु छ
काला बादलहरु फटाउनु छ
सगरमाथा जस्तै
शिखरमा पुग्नु छ
रफ्तारमा जानु छ
रफ्तारमा जानु छ

२०१९ जनवरी १
विजु सुवेदी ‘विजय’
भकतजन मार्ग, कुलेश्वर
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा