लघु कथा ः ट्याक्स
लघु कथा ः ट्याक्स
लेभ तोल्सतोइका विश्वप्रसिद्ध लघु कथाहरूबाट
अमिन ट्याक्स उठाउने हाकिम हो ।
तारामण्डल देखिने छाना प्वाल परेका भित्ता भएको पुरानो झुप्रोमा यस्तै सात वर्षकी केटी ग्रुस्काबाहेक कोही हुँदैनन् । त्यहाँ आएर अमिनले चारैतर्फ हेरे ।
“भित्र कोही छ ?”
“आमा गाई बाँधेर जानुभयो । बा मालिकको गाई हेर्न जानुभयो । ”
“तिम्री आमा आइन् भने अमिन साहेब आएका थिए भनिदिनू । म योसमेत यहाँ ३ पटक आइसकेँ । यदि आइतवारभित्र ट्याक्स नतिर्ने हो भने गाई फुकाएर लैजान्छु ।”
“तिमीले हाम्रो गाई लाने रे । किन ? तिमी चोर हो । म तिमीलाई गाई लान दिन्न ।”
(हाँस्दै) “आ ! हो । तिमी त चलाख केटी रहिछ्यौ । तिम्रो नाम के हो ?”
“ग्रुस्का”
“ठिक छ ग्रुस्का ! तिमी सानी भैकन पनि चलाख रहिछ्यौ । तैपनि मेरो कुरा सुन त ! तिम्री आमालाई भनिदेऊ कि ‘म गाई लिएर जानेछु तर म चोर चाहिँ पक्कै होइन ।’ ”
“तिमी चोर होइनौ भने गाई किन लान चाहन्छौ ?”
“नियम कानुनले जे भन्छ त्यो त गर्नै पर्छ नि ! म करको सट्टामा तिम्रो गाई लान्छु ।”
“करका बारेमा तिमीलाई केको चासो ?”
“तिमी त धेरै चलाख केटी लाग्यो मलाई । कर के हो ? जार (राजा) आफ्ना प्रजाहरुबाट केही पाउन अर्थात् लिन कर तिर्न हुकुम दिन्छन् । त्यही रकम कर हो ।”
“कसले माग्छ रे ?”
“कसले ? आाफै ! जारले आफै निर्णय गरेर कर तिर्न लगाउँछन् ।”
“त्यो रुबल के काममा खर्च गर्छन् त ? तर साँच्चै जार गरीब छन् त ?”
(लेभ तोल्सतोइ)
. बिजु सुवेदी विजय अनु.

2
© Nepali Font to Unicode
Post settings
Labels
No matching suggestions
Published on
27/04/2023 23:51
Permalink
Location
Options
Creating new post…
Post: Edit
Comments
Post a Comment