ल नेपाली जनता तिमीहरुको सधैँ राम्रो होस् ।

 म आज नेपाल हेर्न आएको छु

गणतन्त्रको कार्यक्रममा पस्छु
गणतन्त्रका समर्थकहरु हेर्छु
कार्यक्रम त गरिरहेका छन्
तर सबैका अनुहार फुस्राफुस्रा
ल हेरुँ न त यता पनि भनी
राजतन्त्रको कार्यक्रममा पनि छिर्छु
त्यहाँ पनि सबैका अनुहार फुस्राफुस्रा
दुबैतिरका जनतालाई सोध्छु
आखिर तपाईं के चाहनुहुन्छ ?
यहाँ किन कुन लक्ष्यका लागि आउनुभएको ?
उहाँहरु अवाक भइरहेछन्
बरु पन्छिन खोजिरहेछन्
दुबैतिर कुनै चालमा हारेजस्तो
कतै मेसो नपाएजस्तो
गन्तव्य केहो ? सोधिरहेजस्तो
मैले अनुसन्धान गरेँ
र सोधेँ तपाईंहरु कुन ठाउँमा हो ?
उहाँहरुबाट नैराश्यका भाव झल्किरहेथ्यो
कुनै विकल्प नपाएजस्तो
कुनै समाधान नभएजस्तो
कुनै निकास नपाएजस्तो
होइन ! होइन !! होइन !!!
उहाँहरु कदापि दास कार्यकर्ता होइन
उहाँहरु कुनै तन्त्र खोजिरहनुभएको छ
त्यसका लागि ग्राण्डमास्टरलेजस्तो
ब्रिलियन्ट चाल चाल्ने कोही आइदेओस्
म शहीदले देखेको यत्ति हो
बस् यत्ति हो
ल नेपाली जनता तिमीहरुको सधैँ राम्रो होस् ।
२०८२ जेठ पन्ध्र
बिजु सुवेदी विजय

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

पुस्तागत अध्ययन : एक अध्ययन

विज्ञान कथाः अनन्त यात्रा