लघु-कथा ---फेरि बन्द
लघु-कथा ---फेरि बन्द
पार्टीका युवा नेता नाम्लेदादाले गाउँको एकजना केटीलाई बलात्कार गरेपछि प्रहरीले नाम्लेदादालाई समात्यो । नाम्लेदादाको झूठा मूद्दा खारेज गरेर रिहा नगरेसम्म पार्टीले अनिश्चितकालिन नेपाल बन्दको घोषणा गर्यो । प्रहरी पार्टीको शर्त मान्न तयार भयो । एकै घण्टामा नेपाल बन्द फिर्ता भयो । नाम्लेदादालाई प्रहरीले नछोडे पनि गाउँलेले जिउँदो नछोड्ने निश्चित गरेको थाहा पाएर नाम्लेदादा जेलबाट बाहिर आउन तयार भएनन् । पार्टीले पार्टीका युवा नेता नाम्लेदादाको जिउ ज्यानको संरक्षण गर्न नसकेको भनेर बन्द फिर्ता लिएको एक घण्टापछि अनिश्चितकालिन नेपालबन्दको घोषणा गर्यो ।
बिजु सुवेदी "विजय"
कुलेश्वर , काठमाण्डौं ।
bijusubedi@hotmail.com
Comments
Post a Comment