१०५ शेरको देशभक्ति गजल
१०५ शेरको देशभक्ति गजल
देश हँसाउन पाऊँदेश बनाउन पाऊँ
१
देशैमा हाँसी खेली
सदा रमाउन पाऊँ
२
देशकै माटोमा भुली
सदा हराउन पाऊँ
३
देशको झण्डा बोकी
सदा फर्फराउन पाऊँ
४
देश लुछ्नेहरुलाई
सदा हराउन पाऊँ
५
देशको लागि समय
सदा कटाउन पाऊँ
६
देश प्रेमका कुरा
सदा बताउन पाऊँ
७
देशको माया-प्रेम
सदा कमाउन पाऊँ
८
देशका काला कानून
सदा जलाउन पाऊँ
९
देश दुख्दा आँसु
सदा बगाउन पाऊँ
१०
देशको आयश्रोत
सदा बढाउन पाऊँ
११
देशको गीत गाएर
सदा रमाउन पाऊँ
१२
देशद्रोहीहरुलाई
सदा ढलाउन पाऊँ
१३
देशलाई सुवास फूल
सदा चढाउन पाऊँ
१४
देशभक्ति गीत
सदा बजाउन पाऊँ
१५
देशको लागि रगत
सदा बगाउन पाऊँ
१६
देश नहेर्ने सुताहालाई
सदा जगाउन पाऊँ
१७
देशभक्तिका फूलहरु
सदा फलाउन पाऊँ
१८
देशको माटोमा पाखुरा
सदा गलाउन पाऊँ
१९
देशका कानूनहरुलाई
सदा चलाउन पाऊँ
२०
देशभक्तिका शिक्षा
सदा पढाउन पाऊँ
२१
देशलाई राम्रो पारी
सदा सजाउन पाऊँ
२२
देशको खियाई डुङ्गा
सदा चलाउन पाऊँ
२३
देशमा रम्न सबलाई
सदा फकाउन पाऊँ
२४
देशलाई क्रान्तिमा लगी
सदा जगाउन पाऊँ
२५
देशका बाटामा पाइलाहरु
सदा थकाउन पाऊँ
२६
देशमा बनेको लुगा
सदा लगाउन पाऊँ
२७
देशलाई अँगालो हाली
सदा समाउन पाऊँ
२८
देशकै मकै फापरलाई
सदा चपाउन पाऊँ
२९
देशकै माटोमा जोती
सदा चराउन पाऊँ
३०
देश हेपाहालाई
सदा हराउन पाऊँ
३१
देश भरी अन्न
सदा फलाउन पाऊँ
३२
देशमाराहरुलाई
सदा सडाउन पाऊँ
३३
देशको काम गर्छु
सदा गराउन पाऊँ
३४
देशको ढुकुटीमा अन्न
सदा भराउन पाऊँ
३५
देशका लागि जिवन
सदा सकाउन पाऊँ
३६
देश हाँसेको बेला
सदा रमाउन पाऊँ
३७
देशभक्तहरुलाई
सदा सघाउन पाऊँ
३८
देश फेर्ने सपना
सदा ठडाउन पाऊँ
३९
देश सजिसजाउ गरी
सदा रङ्गाउन पाऊँ
४०
देशका लागि जुत्ता
सदा फटाउन पाऊँ
४१
देशका लागि खट्छु
सदा खटाउन पाऊँ
४२
देशको माटोको टिका
सदा लगाउन पाऊँ
४३
देशलाई हीरामोतिले
सदा जडाउन पाऊँ
४४
देशप्रेमको दियो
सदा जलाउन पाऊँ
४५
देशको गीत रच्छु
सदा रचाउन पाऊँ
४६
देशका संपत्तिहरुलाई
सदा बचाउन पाऊँ
४७
देशको लागि पसिना
सदा बगाउन पाऊँ
४८
देशका जनताहरुलाई
सदा जगाउन पाऊँ
४९
देशको महाउत्सव
सदा मनाउन पाऊँ
५०
देशद्रोही नबढाइ
सदा घटाउन पाऊँ
५१
देश प्रगतिको घटना
सदा घटाउन पाऊँ
५२
देशका कसिङ्गरलाई
सदा डढाउन पाऊँ
५३
देशभक्ति प्रेमको डोरी
सदा कसाउन पाऊँ
५४
देशलाई नरुवाई
सदा हँसाउन पाऊँ
५५
देशप्रेममा आफूलाई
सदा फसाउन पाऊँ
५६
देशलाई फूलैफूलले
सदा ढकाउन पाऊँ
५७
देशलाई विकासगरी
सदा चम्काउन पाऊँ
५८
देशलाई प्रगतिपथमा
सदा लम्काउन पाऊँ
५९
देशप्रेमको स्वादलाई
सदा चखाउन पाऊँ
६०
देशकै ढिँडो फापर
सदा पकाउन पाऊँ
६१
देशको शहिदको आत्मा
सदा हँसाउन पाऊँ
६२
देशका बैरीहरुलाई
सदा भगाउन पाऊँ
६३
देशको मैलो धोई
सदा बगाउन पाऊँ
६४
देश नवनिर्माण गरी
सदा सजाउन पाऊँ
६५
देशका समस्याहरुलाई
सदा सल्टाउन पाऊँ
६६
देशका सामन्तीहरुलाई
सदा ढलाउन पाऊँ
६७
देशको मुहारलाई
सदा टल्काउन पाऊँ
६८
देशलाई गणतन्त्रले
सदा रङ्गाउन पाऊँ
६९
देशमा क्रन्तिको ज्वाला
सदा दन्काउन पाऊँ
७०
देश विजयमा ताली
सदा पड्काउन पाऊँ
७१
देशका शहिदलाई
सदा हँसाउन पाऊँ
७२
देशको झण्डा छातिमा
सदा धसाउन पाऊँ
७३
देश गिराउनु हुन्न
सदा ठडाउन पाऊँ
७४
देश भक्ति रट्छु
सदा रटाउन पाऊँ
७५
देश नामको कोलाहल
सदा मचाउन पाऊँ
७६
देश सिँगारी सिँगारी
सदा बनाउन पाऊँ
७७
देश मिच्न नदिई
सदा बचाउन पाऊँ
७८
देशको जिवनस्तर
सदा बढाउन पाऊँ
७९
देशलाई प्रकोपबाट
सदा बचाउन पाऊँ
८०
देशलाई स्वर्ग नै
सदा बनाउन पाऊँ
८१
देश जनता हो
सदा भनाउन पाऊँ
८२
देशलाई संस्कृतिले
सदा रङ्गाउन पाऊँ
८३
देशको परिवारमा
सदा अटाउन पाऊँ
८४
देशप्रेमको स्वाद
सदा चखाउन पाऊँ
८५
देशको लागि रगत
सदा बहाउन पाऊँ
८६
देशभक्तिको उमंग
सदा जगाउन पाऊँ
८७
देशभक्तिको संगीत
सदा घन्काउन पाऊँ
८८
देश ज्योति हो
सदा चम्काउन पाऊँ
८९
देश विजयमा नाच्छु
सदा नचाउन पाऊँ
९०
देशलाई टाकुरामा
सदा ठडाउन पाऊँ
९१
देश हँसाएरै छाड्छु
सदा हँसाउन पाऊँ
९२
देश हेपाहालाई
सदा ठटाउन पाऊँ
९३
देशभक्तिको नारा
सदा चर्काउन पाऊँ
९४
देश नामको टोपी
सदा ढल्काउन पाऊँ
९५
देश हाम्रो साझा
सदा भनाउन पाऊँ
९६
देशको नक्सा मुटुमा
सदा टँसाउन पाऊँ
९७
देशभक्तिको नाम
सदा कमाउन पाऊँ
९८
देशभक्तिको तक्मा
सदा लर्काउन पाऊँ
९९
देशको लागि धन
सदा कमाउन पाऊँ
१००
देशप्रेमको मुटु
सदा धड्काउन पाऊँ
१०१
देशभक्त जनता
सदा जन्माउन पाऊँ
१०२
देशलाई सुगन्धले
सदा हम्काउन पाऊँ
१०३
देशको झण्डा शिखरमा
सदा हल्लाउन पाऊँ
१०४
देश हो नेपाल तिम्रो
सदा भनाउन पाऊँ
१०५
देशको ” विजय ” तिमी
सदा भनाउन पाऊँ
बिजु सुवेदी ” विजय ”
bijusubedi@hotmail.com
कुलेश्वर , काठमाण्डौं
Comments
Post a Comment