गीति कविता :– आत्तिनु हुँदैन, मात्तिनु हुँदैन ।

गीति कविता :– आत्तिनु हुँदैन, मात्तिनु हुँदैन ।
बिजु सुवेदी “विजय”

दुःख भयो भनेर आत्तिनु हुँदैन ।
सुख भयो भनेर मात्तिनु हुँदैन ।।

गरिब भनेर कबै हेला नगर,
उन्मादित भएर ठाट्टिनु हुँदैन ।
जवानी सबको एकपल्ट आउने हो,
चौडा छाति भनेर पात्तिनु हुँदैन ।

आगोमा झोस्ने रुइजस्तो नबन,
त्यसरी तिमी कस्सेर बात्तिनु हुँदैन ।
बिचार नमिलेमा सम्झाउनु पर्छ ,
रिस उमालेर तात्तिनु हुँदैन ।

देशको अस्तित्त्व सधैँ जोगाउनुपर्छ,
विदेशीसँग झरेर साट्टिनु हुँदैन ।
बुझ ! दुश्मन भनेको दुश्मन नै हो ,
अचानोमा फसेर काट्टिनु हुँदैन ।

नोट :– यो गीति कविता गजल लेख्ने पाराले लेखेको हुनाले यसलाई ७ शेरको गजल पनि भन्न सकिन्छ ।

२०७२ मङ्सिर १९ शनिवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा