“सत्य सङ्घर्षका कथाहरु” सन्दर्भमा समीक्षक राजन पनेरुलाई पत्र

“सत्य सङ्घर्षका कथाहरु” सन्दर्भमा  समीक्षक राजन पनेरुलाई पत्र

समीक्षकलाई मैले यसो गरे होला, उसो गरे होला भनेर कहिल्यै नभन्नु मेरो लेखकीय धर्म हो ।  यसो गर उसो गर भनेमा समीक्षाको मतलब नै हुन्न भन्ने मेरो मान्यता हो । मैले मेरो पुस्तकका लागि भूमिका लेखिदिनुहुने नेपाली विषयमा डाक्टरी गर्नु भइसक्नु भएका डा. राम प्रसाद ज्ञवाली सर होस् वा अहिलेसम्म सबैभन्दा बढी नेपाली साहित्यका लागि समालोचना लेखिसक्नुभएका विश्व साहितयका विज्ञ डा. गोविन्द राज भट्टराई सर होस् वा चहकपूर्ण लेखकीय गुण भएको तपाईं राजन पनेरु होस् मैले लेखनीमा हस्तक्षेप गर्न उचित ठानेको छैन र कहिल्यै गर्दिन पनि । जस्ताको तस्तै प्रस्तुत गर्ने मेरो लेखकीय धर्म हो । 

समीक्षा समाजका अगाडि ऐना सरह यस पुस्तक “सत्य सङ्घर्षका कथाहरु”का लागि लेखिदिनुभएकोमा तपाईंलाई मुरी मुरी धन्यवाद छ । मलाई लाग्छ तपाईंले यस पुस्तकका लागि मेरो “आफ्नो कथन” र अन्य यस पुस्तक सम्बन्धी यस पुस्तकमा भएका र अन्त पनि प्रकाशित भूमिकाहरु पढ्नु भइसेकपछि मलाई आलोचनात्मक रुपमा पहिलो पटक पठाउनु भएको समीक्षा जुन अरुलाई नदेखाउनुहोला भनेर पठाउनु भएको थियो उक्त समीक्षाभन्दा अहिलेको समीक्षा त्यही दृष्टिकोणले हेरेर सत्यकुरालाई बङ्ग्याउनमा सम्झौता नगरिकन लेख्नु भए बेश होला भन्ने आशा गर्दछु । हामीले लेख्ने मूल आधार भनेका सत्य कुरा नै हुन् ।  लेखक होस् वा साहित्यकार होस् वा समीक्षमक होस् सत्यकुरालाई  कुनै पनि असत्यसँग सम्झैता नगरिकन गहकिलो रुपमा  दृढ भएर प्रस्तुत गर्दै जानुपर्छ ।

बरु यहाँले ह्रस्वदीर्घ, व्याकरण सच्याउनका लागि वर्डको फाइलबाट फेसबु्कमा एटाएच फाइलबाट पठाउनु भएमा शुद्ध लेखनका लागि भने म सहयोग गर्न तत्पर छु । 
तपाईंले लेख्नुभएका २००भन्दा बढी लघुकथाहरु मध्येबाट छनौट गरेर कुनैलाई काखा र कुनैलाई पाखा गरेर नमिल्काउनुहोला । बरु श्रृङ्गार र परिष्कार गर्नुहोला । तपाईंले भन्नुभएजस्तै हरेक पाठकको हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छ ती सबै  हरेक लघुकथाहरुले पनि पाठकको हृदयलाई कतै न कतैबाट छोएकै हुन्छ । 

अन्त्यमा आफ्नै कुरा :–
वास्तबमा मैले पत्रकारितामा धेरै मेहेनत गरेर टिक्न खोजेको थिएँ र कतै पनि लेख्न मिल्ने अनुमती नपाएकाले साहित्यको सहारा लिन  लेखनीकेअ र्को अध्यायमा पसेको व्यक्ति हुँ । त्यसैले भन्नैपर्ने हुन्छ मेरा साहित्यहरुमा पत्रकारिताको छाप हावी छन् । यसलाई मैले अबका साहित्यिक लेखहरुमा साहित्यको स्वाद पारखी हरु बढि रहेछन् त्यसैले स्वाद राखेर पस्किनुवर्ने देखिन्छ । 

यस पुस्तक “सत्य सङ्घर्षका कथाहरु”का लागि समीक्षा लेखिदिनुभएकोमा तपाईंलाई मुरी मुरी धन्यवाद छ ।

२०७२ पुस १
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा