न्याय चाहियो प्रभू !!!
न्याय चाहियो प्रभू !!!
“कस्तो जमाना आयो । आज म न्यायिक समितिमा पुगेँ न्याय माग्न ! मलाई आज १ बजेको समय दिइएको थियो । पीडाकर्ताहरू त्यहाँ १२ बजे आएर न्यायिक समितिका चम्चेहरूलाई चिया नास्ता खुवाउन भ्याइसकेका थिए ।” विश्वास यस्तै पीडामा डुबिरहेको थियो ।
उनीहरूले विश्वासलाई भने “तपाईं पनि केही लिने कि ?”
उसले भन्यो “अहँ ! म लिन्न ।”
“किन र विश्वासजी ?”
विश्वासले भन्यो “आज शुक्रवार ! मेरो व्रत छ ।”
त्यो पिडकहरूलाई पहिल्यै थाहा थियो । त्यसैले त उनीहरूले उसमाथि यसरी खाजा खुवाउनेमा पनि प्रपञ्च रचेको थियो । किन शुक्रवारै उनीहरूले विश्वासलाई न्यायिक समितिमा बोलायो त्यो उनीहरूको मिलिभगत थियो । विश्वासलाई फेरि सोधे उनीहरूले खिसी गरेर हाँस्दै “पानी भए पनि लिने कि ?”
विश्वासले त्यो पनि लिएन ।
जाने बेला विश्वासले उसको एकमात्र विश्वासिलो सिएमलाई भेटेको थियो । सिएमले उसलाई पाका पारेर सूचना पठाएका थिए “विश्वासजी ! विश्वास डगमगाउन नदिनुहोस् । पैसा नपाए नपाओस् तर हामीले झुक्नु हुन्न ।” यसले विश्वासलाई ठूलो विश्वासको जग मिलेको थियो । दरिलो आत्मविश्वास पलाएको थियो ।
सिएमलाई भेटेसँगै बटारिएको खेर गएको सानोकागजको गुल्टोबाट पीरो चटपटे बागजको बाक्लो हातेचम्चाले निकाल्दै मुखमा हाल्दैहाल्दै खाइसकेपछि ती दुःखी धेरै दिनदेखि भोकाएकी अत्यन्तै पीडित महिला जिभ्रो रातो पार्दै तन्न पानी पिइरहेकी थिइन् । उनले किराना पसलबाट अत्यन्तै ठूलो खाली तथा होलो कागजको बक्सा ओसार्दै थिइन् । यो देखेर विश्वासमा भित्रैदेखि करुणा पलायो ।
उसले त्यस न्यायिक समितिमा सिएमकामार्फत उनका आफन्तीहरूबाट उसले के पनि थाहा पाएको थियो भने ती पिडाकर्ताहरूले एक हप्ता अगाडि पनि त्यसरी नै चिया चमेना खुवाएका थिए । यसैको नुनको सोझो गरेर उनीहरूले पीडित विश्वासलाई सकेसम्म कम हर्जाना तिराउनका लागि खासखुसखासखुस सल्लाह गरिरहेका थिए ।
समयसमयमा विश्वासले सुन्ने गरी “यसैमा विश्वासले सहमती गर्दा हुने । यति रकम पाउँदा त विश्वासले मानेमा नै राम्रो हुने । नत्र केस लम्बिएर दुबैपक्षलाई घाटामात्र हुने । विश्वासले क्षतिपूर्ति पाउन धेरै समय लाग्ने र पाउन पनि धेरै गाह्रो हुने ।” दोहो¥याई, तेह¥याई सुनाइरहे ।
त्यहाँ न्याययिक समितिको कार्यालयमा विश्वासले काम गर्दा के के गरेको हो ? अनि साहूले पनि विश्वासका बारेमा के के सोचेको हो ? त्यो खुलस्त राख्न लगाए । दुबै पक्षले आआफ्ना विचार राखे । विश्वासले कार्यालयमा साहूले गरेका पेलानका फेहरिस्त बताए । साहूले उसलाई त्यस्तरी पेलान नगरेको न्यायिक समितिमा बताए । विश्वासले आफुले साहूसँग मौखिक मात्र सम्झौता गरेका थिए । विचरा ! विश्वासलाई साहूले हरेकपटक मेहनाताना दिँदा नयाँनयाँ सम्झौताका कागजमा हस्ताक्षर गराउँथे अनि मात्र पैसा दिन्थ्यो । यसरी ऊ जाली साहूबाट धेरै ठूलो षडयन्त्रको फन्दामा परिसकेको थियो, यो उसले यसबेला मात्रै थाहा पायो ।
भयो त्यस्तै नै कि न्यायिक समितिकाहरूले उसलाई उसले पाउनुपर्नेे क्षतिपूर्ति रकमको १० प्रतिशत रकममात्र लिएर मुद्दा छिनोफानो गर्न अह्राए । सुरुमा त उनीहरू न्यायिक समितिमा जानै मानेनन् । विश्वासले विवश भएर न्यायिक अदालतमा माग गरे पनि ती सब साहूका गुलाम भएर निस्के ।
न्यायिक समितिकाहरूले भने “हेर्नुस् विश्वासजी ! यो न्यायिक समितिमा चित्त नबुझे तपाईं योभन्दा माथिको अदालतमा पनि जान सक्नुहुन्छ । हामीले त कागजले जे बोल्यो त्यही बोल्ने हो । यो फैसला तपाईंले मान्नैपर्छ । यति क्षतिपूर्तिमै चित्त बुझ्यो भन्नैपर्छ पनि भन्ने छैन । यसको जिम्मा तपाईंलाई भयो । तपाईंले आफ्नो विवेक प्रयोग गर्न सक्नुहुन्छ । हामीलाई त के लाग्छ भने तपाईंले यो सानो रकमको क्षतिपूर्तिमै चित्त बुझाउनु पर्छ । यसमा तपाईंले आनाकानी नगर्दा नै बेस हुन्छ । किनकि हामी तपाईंकै हिसाबमा जाँदैछौँ । यो हिसाब साहूले गरेमा फेरि तपाईंले यति पनि नपाउन पनि सक्छ ।”
फेरि साहूका अन्य मान्छे पनि त्यहाँ नास्ता खान आएका थिए । उनीहरूले विश्वासलाई देखाउँदै भने “हो नि सर ! तपाईंले हिसाब गर्नु भएपछि त उहाँले त त्यसको आधि पनि पाउन सक्दैन । विचरा ! उहाँलाई पनि धेरै आपत परेका जस्तो देखिन्छ । उहाँको हालतले त्यही बताउँछ । त्यसैले त हामीले यसरी सहयोग गर्न खोजेका ।”
फेरि विश्वासले भन्यो “हेर्नुस् ! अब जे हिसाबबाट निस्कन्छ त्यही गर्दा बेस होला । हिसाबले मैले पाउनुपर्ने रकम पाएमा म चित्त बुझाउँछु । पछि फेरि तपाईंको हिसाबमा नभए पनि मैले तपाईंलाई हेरेर दिएको भनेर भन्न पाइन्न । यो निगाह बक्स मलाई चाहिँदैन । मलाई मेरो हिसाब मात्र भए पुग्छ ।”
न्यायिक समितिले भन्यो “यो आपसी मेलमिलापमै सकाउनु राम्रो भनेर हामीले कानूनी प्रक्रियामा गएका छैनौँ । सकेसम्म दुबै पक्षलाई मर्का नपर्ने गरी हामीले यो हिसाब गर्नुपर्छ । साहू त भगवानै हो, उसको यो उदार दिलको प्रशंसा गर्नै पर्छ । पीडित विश्वासजीलाई मर्का परेको कुरा भगवानले जसरी उहाले समाधान गरेकै छ । यसलाई विश्वासजीले पनि अन्यथा लिनु हुँदैन ।”
“तपाईं पनि अलि पछि हट्नुहोस् । उहाँ पनि पछि हट्नुहुनेछ । यसरी पछि हटेर मेलमिलाप नभए यो केश लम्बेतान भएर दुबै पक्षको यसरी बहसमै आर्थिक एवम् समयको नोक्सान मात्रै हुन्छ । यो कानुनी प्रकृया यहीँ टुङ्ग्याइदिनुपर्छ ।” यसरी फेरि न्यायिक समितिका बिज्ञ भनाउँदाहरूले दुबै पक्षलाई सम्झाएजस्तो गर्न थाल्यो ।
यो न्यायिक समितिको बहस कस्तो भयो भने पीडितलाई परेको व्यथा सबै उनीहरूले कपोकल्पित बनाए । वास्तबमा विश्वास पीडित नै होइन जस्तो !!! विश्वासले उसले नपाएका सुविधाको माग राख्दा उनीहरूले कुनै पनि सम्झौता नभएको प्रमाणित गरे । यसरी पटकपटक विश्वास डगमगाएकाले नै त विश्वास न्यायिक समितिमा आएका थिए ।
न्यायिक समित आउनु अगाडि उसले न्यायिक समितिमा नआइकन एक एक बुँदाहरू साहूलाई लिखित निवेदन दिन कति पटक खोजेका थिए । साहूले “मौखिकै सुन्ने । मलाई भने मात्रै पनि पुग्छ ।” भनी मौखिक मात्र सुनेको थियो । यसरी उसका व्यथा उसले साहूलाई दस पटक सुनाएर पनि, परिवारको मुखमा माड नलागेपछि ऊ वाध्य भएर न्यायिक समितिमा आएको थियो ।
तर न्यायिक समिति त्यति चित्त बुझ्दो नभएको उसले पायो । “न्यायिक समिति भनेको न्यायको पक्षमा रहेनछ । जहाँ पैसा छ , न्यायिक समितिकाहरू त्यतै लम्किने रहेछ ।” यसरी सम्झीसम्झी ऊ हतास भइरह्यो । उसको मनोविज्ञानमा न्यायिक समिति जस्तो हुनुपर्ने थियो त्यो हुन सकेको थिएन । न्यायिक समिति न्यायिक समिति होइन बरु विछट्टै अन्यायिक समिति भइदियो ।
“सानालाई मात्र ऐन रहेछ । ठूलाले जति पनि जाली काम गरे पनि न्यायिक समितिकाहरू अनि साहूका आसेपासेहरू मिलेर चिया नास्ता खाएका भरमा गरिवलाई पेल्ने रहेछ ।” खुइ्यय सुस्केरामा ऊ लिन भइरह्यो, ऊ एकदमै थकित देखिन्थ्यो । यसरी जिन्दगीको मोडमा न्यायिक समितिले पनि उसको जीवन गाडीको यात्रा उबडखाबड बनाइदियो ।
सबै भ्रष्टहरूका अगाडि विश्वास कहाँ जिउँदो हुन्छ र ? न्यायिक समतिमा साहूका दुस्चक्रका फेहरिस्तहरूका अगाडि ऊ उबडखाबड भइरह्यो । मन उथलपुथल भयो । मुख्यतः विश्वास डगमगायो । “धाँधली गरेर जित्ने न्यायिक समिति कहाँ सत्यनिष्ठ अनि कहाँ न्यायिक हुन्छ र ? वास्तबमा यो न्यायिक समिति भनेको पीडितलाई झन् अन्याय गर्ने र आपसी मेलमिलाप गराउन सफल भएको भनेर पैसावालको पछि लुरे भएर लाग्ने पहिलेजस्तै अर्थात् निरंकुश कालमा जस्तै दास पो रहेछ । पीडितले कुनै न्याय नपाउने पो रहेछ । व्यवस्था परिवर्तन भएकै रहेनछ । अवस्था त झन् दूरावस्था रहेछ ।”
त्यहाँ अन्य भुक्तभोगीहरू पनि यसरी व्यथा पोखी हतास भइरहेका थिए । “फेरि पनि हिसाब गरे पनि, जसरी जे गरी हिसाब गरे पनि त्यति त उहाँले पाउने निस्किँदै निस्किन्नँ ।” विश्वास बाहेक सबैको खासखुस यस्तै निरन्तर चलिरह्यो ।
टिभीमा देखाएको न्यायिक समितिको फैसलाको मेलमिलाप गराएको अवस्था त्यो नाटक सिद्ध भयो । त्यो हात्तीको देखाउने दाँत भइदियो । जिन्दगीमा यस्ता धोकै धोका दिने धोकेबाजकै चम्चेहरूले गर्दा न्यायिक समिति पनि दास भइसकेको थियो । उसले फेरि तरङ्गित भयो “गरिबले के न्याय पाउन सक्छ ? अहँ सक्ला जस्तो लागेन ।”
“त्यसै डनको आविश्कार भएको होइन रहेछ । बरु डनले गर्ला जस्तो छ । वास्तबमा किन मान्छेहरूले डनको हातबाट पैसा उठाउँछन् भनेर विश्वासलाई पहिले अचम्म लाग्थ्यो कि किन न्यायिक समतिमा जाँदैनन् ? वास्तबमा टिभीमा न्यायिक समितिले कति राम्रो फैसला गर्दा रहेछन् हैन र ?” उसले आफुले आफैलाई सोधिरह्यो ।
वास्तबमा त्यो न्यायिक समितिको स्थलगत भ्रमणबाट सत्यको गहिराइसम्म आफैले चोट पाएर न्यायको ढोका ढकढकाउन पुग्दा न्यायिक अदालतै थोपो पनि न्याय नभएको निश्चय भयो । विश्वास ठूलो स्वरले चिच्याइरह्यो । “अन्याय भयो प्रभू !!! अन्याय भयो प्रभू !!!”
२०८० मङ्सिर २२ शुक्रवार साँझ ५
बिजु सुवेदी विजय
Comments
Post a Comment