गीत :- धुरु-धुरु नरुनुस् आमा


बिजु सुवेदी "विजय"
कुलेश्वर , काठमाण्डौ ।
bijusubedi@hotmail.com


धुरु-धुरु नरुनुस् आमा
तिम्रो आँसु म पुछी छोड्नेछु ।

जल श्रोतको दोस्रो धनी हाम्रो देश हो ।
तर पनि लोडसेडिङ्ग हट्न सक्या छैन ।।

सगरमाथा यहाँ छ , संसारको अग्लो छाना ।
तर पनि तिम्रा सन्तान विदेशिएका किन ?

शान्तिका अग्रदूत तिम्रा प्यारा सन्तान ।
तर यहाँ पार्टीहरु लुछाचुँडी गर्छन् ।।

कला सँस्कृति , मन्दिर हाम्रो देशको ठूलो संपत्ति ।
त्यसैलाई बेची खान्छन् जो पनि यहाँ ।।

कति लाहुरे भई , कति शहीद भई मरे ।
तिम्रो सपना जिउँ का तिउँ , वेदना लुकाइ रहृयौ ।।

एउटा छोरो महलमा अर्को सडकमा ।
धेरै असमान भयो तिम्रै सन्तानैमा ।।

तिम्रो नाम नेपाल हो त्यसैले सबको बोली नेपाली ।
तर किन आज जताततै नेपालीभाषालाई हेला ?

धुरु-धुरु नरुनुस् आमा
तिम्रो आँसु म पुछी छोड्नेछु ।

बिजु सुवेदी "विजय"
कुलेश्वर काठमाण्डौं ।
bijusubedi@hotmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा