साउने झरी
आज रातभरी झरी आयो
रातभरी निन्द्रै लागेन
कतै पानीले रोपेका धान छोप्ने हुन् की ?
कतै खोला बढेर बाढीले दुःख दिने हो की ?
कतै पैरोले भास्सेर बाटो बन्दभै यात्रु को बिचल्ली हुने हो की ?
कतै पैरोले भास्सेर घरवार जाने होकी ?
मेरो पनि कवि मन छ
त्यो आज रोएको छ
झरी जत्ति दकिँदै जान्छ
मेरो आँखाको भक्कानो दर्किदैँ जान्छ
म यहाँ विवस छु
बिहान भैसक्यो
साउने झरी उर्लेको उर्ल्र्यै छ
भगवानको पेटमा गडबडी छ
भगवान विरामी छ
गड्याङ्-गुडुङ हुँदै दर्किरहेको छ ।।
बिजु सुवेदी "विजय"
कुलेश्वर , काठमाण्डौं
bijusubedi@hotmail.com
Comments
Post a Comment