७ बुँदे सम्झौताबारे बैद्यपक्षको धारणा
७ बुँदे सम्झौताबारे बैद्यपक्षको धारणा
रिपोर्ट तयार पारिएको मिति२०६८ कार्तिक १६ गते बुधवार बेलुकी ११ बजे
एकिकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा "वादल"ले आज राजधानीको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको पत्रकार सम्मेलनमा व्यक्त गर्नुभएको धारणा प्रस्तुत गर्नुभएको थियो । एकिकृत नेकपा माओवादीभित्र पछिल्लो समय जुन किसिमको विवाद चुलिएको छ र सेना समायोजन र संबिधान निर्माण शान्ति प्रक्रियाका सम्बन्धमा एकिकृत नेकपा माओवादीको केन्द्रिय समिति,स्थायि समिति लगायतका बैठकहरुबाट जुन किसिमका एउटा रुपरेखा कोरिएको थियो , संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान निर्माणको लागि , जुन किसिमको अभियान चलाइएको थियो त्यसको बिपरित गएर जुन उद्देश्य प्राप्तिका लागि सेना गठन गरिएको थियो , जनमुक्ति सेना निर्माण गरिएको थियो , त्यसको पनि भावना प्रतिकुल गएर जुन किसिमको हिजो ७ बुँदे सहमती भएको छ यस सहमती सम्बन्धमा आज माओवादी बैद्य पक्षले पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा प्रस्तुत गरेको छ र उसले भनेको छ पछिल्लो समयमा जुन किसिमको सम्झौता भएको छ , यो सम्झौता राष्ट्रघाती छ र यसले हिजोको कार्तिक १५ गतेको रात कालो रातको रुपमा रहेको छ , जो सामन्तवाद-साम्राज्यवादहरुका लागि यो रात खुशिको रात भएपनि आम र्सवहारा वर्गीय जनताका लागि , वर्षौदेखि उत्पिडनका विरुद्ध लडिरहेका जनताहरुका लागि भने हिजोको रात कालो रात रहेको छ भनेर वहाँले हाफ्नो सम्बोधनका क्रममा भन्नुभएको थियो ।
प्रस्तुत छ एकिकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा "वादल"ले आज राजधानीको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको पत्रकार सम्मेलनमा व्यक्त गर्नुभएको धारणा ।
क्रान्तिकारी अभिवादन !
साम्राज्यवाद , सामन्तवाद बिरोधी आन्दोलनका क्रममा आजको दिन निश्चय पनि एउटा ऐतिहासिक दिन हो । एउटा ऐतिहासिक क्षण हो । आज हामी यहाँ यो पत्रकार सम्मेलन मार्फ हाम्रो पार्टीको अवधारणा बिचार मात्र यहाँ प्रस्तुत गर्न आएका छैनौं हामी एउटा नयाँ प्रतिवद्धता , एउटा नयाँ सङ्कल्प , एउटा नयाँ ऐक्यवद्धता प्रस्तुत गर्न पनि यहाँ उपस्थित भएका छौं ।
यो एउटा सामान्य पत्रकार सम्मेलन मात्र होइन इतिहासको यो मोडमा आज सामन्तवाद , साम्राज्यवाद र तीनका दलालहरुका बिरुद्ध लड्ने योद्धाहरुको यो एउटा ऐतिहासिक केन्द्रिकरण पनि हो र हामी यसका विरुद्ध अन्तिम क्षणसम्म लड्नका निमित्त , प्रतिरोध गर्नका निमित्त हामी यहाँ लामवद्ध भएका छौं । निश्चय पनि कार्तिक १५ गतेको यो कालो रात नेपालको इतिहासमा एउटा ऐतिहासिक रात हो । हो यो कालो रातमा सामन्तहरु साम्राज्यवादीहरु, तीनका दलालहरुको एउटा हर्षोल्लासको रात बन्यो भने अर्कोतिर नेपाली जनता ती शहीदहरु , ती बेपत्ता पारिएका परिवारहरुको निम्ति एउटा पीडा , एउटा आक्रोशको रात बन्यो । हामी यो आक्रोशभित्र एउटा ज्वालामुखी बोकेर हामी त्यो पीडाभित्र एउटा क्रन्दन बोकेर , एउटा हुँकार बोकेर हामी यहाँ उपस्थित भएका छौं ।
निश्चय पनि कार्तिक १५ गतेको रात साम्राज्यवादीहरुले , सामन्तहरुले उनका दलालहरुले भोज खाए । उनीहरुले हृवीस्कीका वोतलहरु तोडे । उनीहरुले धज्जी उडाए । तर उनीहरुको यो आनन्द उनीहरुको शान्ति क्षणिक मात्रै हो । उनीहरुको यो शान्तिको आनन्द धेरैदिन टिक्नेवाला छैन । हामी तिनीहरुको आनन्द , तिनीहरुको भोजभतेर माथि हामी धावा बोल्न पनि यहाँ उपस्थित भएका छौं । कार्तिक १५ गतेको कालो रात जनमुक्ति सेनालाई निर्लज्जतापूर्वक , निर्दयतापूर्वक आत्मर्समर्पण गराउने एउटा कालो रात बने । निश्चय पनि यो जनमुक्ति सेनाको निम्ति , मुक्तिकामी जनताको निम्ति यो पीडा र दुर्भाग्यको रात बन्यो । तर यो दर्ुभाग्यले यो पीडाले निश्चित रुपमा एउटा तुफान बोकेर आएको छ । यो दर्ुभाग्यले एउटा निश्चित रुपमा उज्वल भविष्य बोकेर आएको छ । उनीहरुले रातलाई उनीहरुले जुन दुस्वप्नको रात देखे हामी तिनीहरुको त्यो दुस्वप्नलाई चकनाचुर पार्नेछौं । यो प्रतिवद्धता जाहेर गर्न हामी यहाँ आएका छौं । पत्रकार वन्धुहरु ! हामी यो पत्रकार सम्मेलन मार्फ हामी एउटा नयाँ प्रतिबद्धता गर्दछौं । हामी ती शहीदहरु , जसले साम्राज्यवाद , सामन्तवादको अन्त्यको निम्ति आफ्नो प्राणको आहुती दिए , ती हजारौं बेपत्ताहरु , ती हजारौं घाइते अपाङ्गहरु , ती हजारौं बन्दीहरु जसले यातना शिविरमा असङ्ख्य असहृय यातनाहरु भोगे हामी आज उनीहरुलाई साक्षी राखेर हामी प्रण गर्दछौं "तपाइँहरुको सपनालाई हामी त्यसै खेर जान दिने छैनौं । हामी तपाइँहरुको सपनालाई साकार पार्नेछौं । " यो प्रतिबद्धता हामी यो ऐतिहासिक क्षणमा हामी यहाँ प्रकट गर्न चाहन्छौं । निश्चय पनि नेपालको बामपन्थी आन्दोलनमा कार्तिक १५ गतेको रात दक्षिणपन्थी विर्सजनवादको यो पराकाष्ठाको रुपमा प्रकट भयो । दक्षिणपन्थी विर्सजनवादले जनमुक्तिसेना जसले राजतन्त्रको अन्त्यको निम्ति एउटा निर्णायक भूमिकाको निर्वाह गरे , जसले नेपाली जनताको शान्तिका निम्ति एउटा नयाँ नेपालको निर्माणको निम्ति वलिदान गरे आज त्यो जनमुक्तिसेनालाई हिजोको रातमा विर्सजन गरियो । तर त्यो विर्सजनको खरानीबाट नयाँ जनमुक्ति सेना लाखौंको सँख्यामा जन्मनेछन् , रक्तवीज बनेर ।
त्यसैले तिमीहरुले जुन रुपमा देखेका छौ , जो तिमीहरुले खुशियाली मनाइरहेका छौ र्सवत्र तिमीहरुले एक अर्कालाई बधाइ दिइराखेका छौ । ती जमिनदारहरु जसले गरिब किसानहरुको जमिन खोसेर त्यो ठाउँमा आफ्नो स्वर्ग खडा गर्ने , आफ्नो महल खडा गर्ने तिमीहरुले जो सपना देखेका छौ त्यो कदापी पूरा हुने छैन । हामी कदापी पूरा हुन दिने छैनौं । निश्चय पनि ४ बुँदे हुँदै र बिप्पा हुँदै हिजो एउटा ७ बुँदेमा आएर नेपाली जनताको शान्तिको आकाँक्षा नयाँ नेपाल र नयाँ संबिधानको आकाँक्षामा एउटा धोका भएको छ । एउटा विश्वासघात भएको छ । एउटा अन्तर्घात भएको छ र जो सपना जुन नेपाली जनताले सपना साँचेका थिए , जुन अपेक्षा गरेका थिए राजनीतिक दलहरुबाट , ठूला दलहरुबाट , ठूला नेताहरुबाट तिनीहरुले जनताको त्यो अपेक्षाप्रति तिनीहरुले विश्वासघात गरेका छन् । उनीहरुको सपनालाई चकनाचुर पारेका छन् । त्यसैले हामी त्यो कित्तामा उभिएका छैनौं । निश्चय पनि आज सामन्तहरु साम्राज्यवादीहरु र तिनका दलालहरु एकातिर उभिएका छन् भने एकातिर हामीहरु चट्टानझैं उभिएका छौं र कुनै पनि तुफानले , कुनै पनि चट्याङले हामीलाई ध्वस्त पार्न सक्ने छैन । जति प्रहार गरेपनि उनीहरुले , जति दबाएपनि हामी झन् मजबुत भएर निक्लनेछौं । हामी त्यत्तिबेलासम्म प्रतिरोध गर्नेछौं , त्यत्तिबेलासम्म हामी बिरोध गर्नेछौं , त्यसबेलासम्म आवाज उठाउनेछौं जबसम्म सामन्तवाद , साम्राज्यवाद पूर्णरुपमा ध्वस्त हुनेछैन ।
उपस्थित पत्रकार वन्धुहरु र कमरेडहरु ! म यिनै प्रतिबद्धता , यिनै सङ्कल्प सहित हामीले हाम्रा भावनाहरुलाई एउटा प्रेस वक्तव्य मार्फ हामी यहाँ सम्प्रेषण गर्दैछौं र अब म हाम्रा बिचार समूहले तयार पारेको हाम्रो धारणा हाम्रा प्रतिवद्धताहरु , हाम्रा अपिलहरुलाई यो प्रेस वक्तव्य मार्फ म सबैलाई अवगत गराउन चाहन्छु ।
आदरणीय पत्रकार मित्रहरु ! मिति २०६८ कार्तिक १५ गते एकिकृत नेकपा माओवादीका अध्यक्ष ,नेपली काँग्रेसका सभापति , नेकपा एमालेका अध्यक्ष र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुद्वारा संयुक्त रुपमा हस्ताक्षरित शान्ति प्रक्रिया लगायतका विषयमा राजनीतिक दलहरुको सहमती पृथक रहेको सम्झौतापत्र पत्रकारहरुको रोहवरमा प्रधानमन्त्री निवास वालुवाटारमा र्सार्वजनिक गरिएको कुरा विदितै छ । सम्झौताले माओवादीद्वारा सञ्चालित १० वर्षो महान जनआन्दोलनको ओज तथा गरिमा , सम्पूर्ण जनसमुदाय तथा सेनाद्वारा गरिएको त्याग वीरता एवम् वलिदानका उत्कृष्ट कीर्तिमानहरु , शहीद घाइते तथा अपाङ्ग योद्धाहरुका आशा अपेक्षा एवम् सपनाहरुमा गम्भीर आघात पुर्याएको छ । यो सम्झौतालाई ऐतिहासिक तथा नयाँयुगको सूत्रपात गर्ने सम्झौताका रुपमा उल्लेखित गर्न खोजिएपनि सारमा यो सम्झौता देश तथा जनताप्रति गम्भीर धोका र आत्मर्समर्पणको प्रतीक बन्न गएको छ ।
हाम्रो यस प्रकारको सम्झौताप्रति दृढ विरोध रहेको छ ।
१ ) यस सम्झौतापत्रको आरम्भमा शान्ति प्रक्रियालाई र्सार्थक निस्कर्षा पुर्याई संबिधान निर्माण लगायतका राजनीतिक प्रक्रियालाई अगाडि बढाउनुपर्ने कुरा उल्लेख गरिएको छ । शान्ति प्रक्रिया र जनमुक्ति सेना नेपालको समायोजन र संबिधान निर्माणको कामसँग अर्न्तर्सम्बन्धित तथा एकिकृत बनाउनुपर्नेमा सो नभएकोमा हाम्रो दृढ विरोध रहेको छ ।
२) उक्त सम्झौतापत्रको पहिलो बुँदाको ग उपबुँदामा समायोजनमा सामेलहुने माओवादी सेनाका लडाकुहरुले सम्बन्धित सुरक्षा निकायको मापदण्ड व्यक्तिगत आधारमा पूरा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै उक्त बुँदाको उपबुँदामा समायोजनको प्रक्रिया शुरु भएपछि शिविरमा रहेका सबै हातहतियार नेपाल सरकारको मातहतमा आउने कुरा बताइएको छ । सम्झौतापत्रमा उल्लेखित यस प्रकारका भनाइबाट जनमुक्ति सेनाको समायोजन समूहगत रुपमा होइन , सूरक्षा निकायको व्यत्तिगत मापदण्डका आधारमा र सशस्त्र रुपमा होइन निशस्त्र ढङ्गले गरिनेछ भन्नेकुरा स्पष्ट देखिन्छ । हाम्रो पार्टीको केन्द्रिय समिति र स्थायि समितिका पटक पटक गरिएका निर्ण्र्ाारुमा जनमुक्ति सेना नेपालको समायोजन सूरक्षा निकायको व्यक्तिगत मापदण्ड र निसश्त्र रुपमा लिन सेना समायोजनको विशिष्ट मापदण्ड अनुसार समूहगत इकाइ र सशस्त्र भूमिका सहित हुनुपर्ने कुरा उल्लेख गरिएको छ । त्यस्तो विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमा पनि जनमुक्ति सेना नेपालको समायोजन सशस्त्र भूमिका कम्ब्याटेन्ट सहित हुने कुरा स्पष्ट पारिएको छ । परन्तु उक्त सम्झौतापत्र हाम्रो पार्टीको केन्द्रिय समिति तथा स्थायि समितिका पटक पटक भएका निर्णय र विस्तृत शान्ति सझौता तथा अन्तरिम संविधानको मूल मर्म एवम् भावना विपरित रहन गएको कुरा र्छलङ्गै छ । जनमुक्ति सेनानै स्वयम् राज्यको मातहतमा भएको स्थितिमा व्यक्तिगत मापदण्ड तथा हतियार राज्यलाई बुझाउने भन्ने कुरा नितान्त गलत छ र त्यसको हामी पूरा बिरोध गर्दछौं । जनमुक्ति सेनाको समायोजन समूहगत इकाइका रुपमा सशस्त्र भूमिका सहित हुनुपर्ने भन्ने हाम्रो अडान यथावत कायम छ ।
३) सम्झौतापत्रको सोही बुँदाको ख उपबुँदामा माओवादी सेना लडाकुहरुलाई विकास , निर्माण , वन , सुरक्षा , निकट व्यवस्थापन जिम्मेवारी दिनेकुरा उल्लेख गरिएको छ । यो व्यवस्था पनि हाम्रो केन्द्रिय समिति तथा स्थायि समितिमा लिइएका निर्णयहरु र समायोजनको मानयता विरुद्ध गरिएको छ । जनमुक्ति सेनाको भूमिका बनपाले र चौकिदारका रुपमा कदापी हुन सक्दैन । हाम्रो केन्द्रिय समिति र स्थायि समितिका बैठकहरुमा जनमुक्ति सेनाका रुपमा समायोजन गरिएको नयाँ शक्तिलाई सीमा सूरक्षा बल सहित नियमित सेना तथा कम्ब्याटेन्टको जिम्मेवारी तथा भूमिका दिइनुपर्ने भनी लिइएको निर्णय एकदमै सही छ र त्यसरीनै जनमुक्ति सेनालाई सम्मानजनक भूमिका दिइनुपर्ने कुरामा हाम्रो दृढ अडान छ ।
४) सो सम्झौताको पहिलो बुँदाको ख उपबुँदामा समायोजनको सँख्या सूरक्षा निकायबाट ६५% र माओवादी सेनामा लडाकुहरुबाट ३५% को सँख्या तोकिएको छ । यसरी जनमुक्ति सेनाको तर्फाट समायोजन गरिने सँख्या न्यूनिकरण गरिनु पनि हाम्रो पार्टीको तर्फबाट ५०% , ५०% का दरले समायोजन गर्ने भन्ने निर्णयका विरुद्ध हुन गएको छ र हामी त्यसको पनि विरोध गर्दछौं ।
५) हाम्रो पार्टीमा भएका पटक पटक भएका निर्ण्र्ााअनुसार सेना समायोजन हुनु पूर्व राष्ट्रिय सुरक्षा नीति सपष्ट पार्नुपर्ने कुरामा बिशेष जोड दिइएको छ । परन्तु उक्त सम्झौतापत्रमा कुनै ध्यान दिइएको छैन । हाम्रो दृढ मत के छ भने जनमुक्ति सेनाको समायोजन गर्नुभन्दा पूवनै रष्ट्रिय सुरक्षा नीति निर्धारण गरिनु पर्दछ ।
६) सम्झौतापत्रको बुँदा नं २ को पुनर्स्थापनामा सामेल हुन चाहने लडाकुहरुका लागि गरिएको प्याकेजको व्यवस्था जनमुक्ति सेनाका लडाकुहरुले परिवर्तनकारी भूमिकाको गुरुत्व अनुसार हुन नसकेकोमा गम्भीर आपत्ती प्रकट गर्दै हामी जनमुक्ति सेनाको भूमिका अनुरुप प्याकेजको व्यवस्था गर्नका लागि विशेष जोड दिन चाहन्छौं ।
७ ) सो सम्झौताको बुँदा नं ४ को उपबुँदा क को सत्य निरुपण तथा मेल मिलाप आयोग र बेपत्ताहरुको छानविन आयोगबाट अत्यन्तै अमूर्त रुपमा उल्लेख गरिएको र त्यसैगरी सोही बुँदाको ख उपबुँदामा जनयुद्धकालमा माओवादीहरुमा लगाइएका मुद्दाहरुको खारेजी तथा फिर्ता लिनेबारे पनि अमूर्त भाषाको प्रयोग गरिएकोमा हाम्रो बिरोध छ । हामी यसबारे स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने कुराको माग गर्दछौं ।
८) सम्झौता पत्रको छैठौं बुँदामा विगतका सहमतीहरुको कार्यान्वयन र विश्वासको वातावरण सृजना गर्ने विषयसँग सम्बन्धित क नंबरको उपबुँदा एकातिर माओवादीको कब्जामा रहेको नीजि तथा र्सार्वजनिक घरजग्गा संबन्धित व्यक्ति वा सँस्थालाई फिर्ता गर्ने तथा कब्जा भएको अवधिको जगगाको आयस्था वापत क्षतिपर्ूति दिइने व्यवस्था गरिएको छ भने अर्कोतिर महान जनयुद्धको प्रक्रियामा हली , गोठाला , हरुवा , चरुवा , कमैया , गरिब तथा भूमिहीन किसानहरुद्वारा कब्जा गरिएका घरजग्गा फिर्ता गर्नुपर्दा त्यसको बैकल्पिक व्यवस्था बारे मूर्त रुपमा उल्लेख गरिएको छैन । हामी यसको पनि विरोध गर्दछौं र हली , गोठाला , हरुवा , करुवा , कमैया , गरिव तथा भूमिहीन किसान तथा जोताहा हरुका लागि घरजग्गाको बैकल्पिक व्यवस्था गर्नुका लागि जोडदार आग्रह गर्दछौं ।
९) सो समझदारी सम्झैताको ७ औं बुँदाको ख उपबुँदामा राज्य पुनसञ्रचना तथा नयाँ संविधानको मस्यौदा वारे झारा टार्ने हिसाबले छुने मात्रै काम गरिएको छ । परन्तु नयाँ संबिधानको अर्न्तर्बस्तु बारे पार्टीहरुका बीच सहमती बन्नुपर्ने अहम महत्वका सवालहरुमा प्रवेशनै गर्नेकाम भएको छैन । नयाँ संबिधानमा मजदूर किसान तथा जनता सहित जनजाति , दलित , महिला , मधेसी , मुस्लिम , पिछडिएका क्षेत्रका जनता र राष्ट्रिय पूँजीपती वर्गका हक हित र अधिकारलाई स्थापित गर्ने बारे कुनै ध्यान नदिइएको र नयाँ संविधानमा देशको र्सार्वभौमिकता राष्ट्रिय स्वाधिनता तथा क्षेत्रिय अखण्डताको रक्षाको सुनिश्चितता र देशको स्वतन्त्रता बाट राष्ट्रिय अखण्डताको निर्माण गर्ने प्रश्नमा पनि मौन बन्ने काममा हाम्रो दृढ बिरोध र आपत्ती रहेको छ ।
समग्रमा भन्नुपर्दा यो सम्झैतापत्र देश र जनताको पक्षमा छैन । यसले जनमुक्तिसेनाको अवमूल्यन गरेको छ । यो सम्झौता नयाँ संविधान निर्माण गर्ने बिषयबाट पन्छेर सेना समायोजनका नाममा जनमुक्ति सेनाको निसश्त्रिकरण गर्ने काममा मात्र सिमित रहन गएको छ । राष्ट्रिय स्वाधिनताको रक्षा , जनताको जनतन्त्र स्थापना र जनजीविकाको आधारभूत समस्याहरुको समाधान गर्न मजदूर ,किसान , महिला , दलीत , जनजाति , मधेशी , मुस्लिम समुदाय र पिछडिएका क्षेत्रका जनता सहित राष्ट्रिय पूँजीवादी वर्गमा पूँजीपति वर्गकाहरुका हीत र अधिकारको स्थापनाका लागि महान जनयुद्ध थालिएर जनमुक्ति सेनाको निर्माण भएको थियो । परन्तु अहिले यस्तो उद्देश्य प्राप्त नहुँदै जनमुक्ति सेनाको विर्सजन र बिघटन हुन गएको छ । यसप्रति हाम्रो गम्भीर आपत्ती रहेको छ ।
हामी वास्तवीक शान्ति र जनताको संबिधान निर्माण गर्ने पक्षमा छौं । हामी सम्मानजनक रुपमा जनमुक्ति सेनाको समायोजन गर्न चाहन्छौं । सेना समायोजन र संबिधान निर्माणका प्रश्नलाई शान्ति प्रक्रियाका अभिन्न अङ्गका रुपमा गम्भीरतापूर्वक अगाडि बढ्ने बारे हामीले आफ्नो पार्टी र बिभिन्न दलका नेताहरुसित समेत ध्यानाकर्षा गराउँदै आएका छौं । तर त्यसबारे गम्भीरतापूर्वक लिने काम भएन । द्वन्द्व र आन्दोलनको व्यवस्थापन गर्ने काम जनमुक्ति सेनाको निसश्त्रिकरण गरेर होइन जनताका राजनीतिक तथा आर्थिक समस्याको समाधान गरेर मात्र हुन सक्दछ । यदि त्यसबारे ध्यान दिइएन भने अर्को ऐतिहासिक जनआन्दोलनको उद्घोष हुने कुरालाई कसैले पनि रोक्न सक्ने छैन । यसप्रति गम्भीरतापूर्वक सोच्न हामी सबे राजनैतीक दलहरुसँग बिशेष आग्रह एवम् अनुरोध गर्दछौं ।
अन्त्यमा हामी सम्पूर्ण देशभक्त गणतन्त्रवादी तथा वामपन्थी शक्ति र आम जनसमुदाय सित एक प्रकारको यस प्रकारको देश तथा जनबिरोधी सम्झौताको बिरोध तथा खारेजी गरी शान्ति तथा सेना समायोजनका प्रश्नलाई नयाँ संबिधानको प्रश्नसँग जोड्दै देश तथा जनताको हितमाथि ध्यान दिँदै नयाँ सम्झौता गर्न र राष्ट्रिय स्वाधिनताको रक्षा जनताको संघिय गणतन्त्रको स्थापना र राज्यको पुनसञ्रचना सहित नयाँ नेपालको निर्माण गर्ने ऐतिहासिक अभियानमा जुट्नका लागि जोडदार आवाज उठाउन विशेष अनुरोध तथा अपील गर्दछौं ।
यो थियो एकिकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा "वादल"ले आज राजधानीको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको पत्रकार सम्मेलनमा व्यक्त गर्नुभएको धारणा । एकिकृत नेकपा माओवादीभित्र पछिल्लो समय जुन किसिमको विवाद चुलिएको छ र सेना समायोजन र संबिधान निर्माण शान्ति प्रक्रियाका सम्बन्धमा एकिकृत नेकपा माओवादीको केन्द्रिय समिति,स्थायि समिति लगायतका बैठकहरुबाट जुन किसिमका एउटा रुपरेखा कोरिएको थियो , संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान निर्माणको लागि , जुन किसिमको अभियान चलाइएको थियो त्यसको बिपरित गएर जुन उद्देश्य प्राप्तिका लागि सेना गठन गरिएको थियो , जनमुक्ति सेना निर्माण गरिएको थियो , त्यसको पनि भावना प्रतिकुल गएर जुन किसिमको हिजो ७ बुँदे सहमती भएको छ यस सहमती सम्बन्धमा आज माओवादी बैद्य पक्षले पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा प्रस्तुत गरेको छ र उसले यहाँ भनेको छ पछिल्लो समयमा जुन किसिमको सम्झौता भएको छ , यो सम्झौता राष्ट्रघाती छ र यसले हिजोको कार्तिक १५ गतेको रात कालो रातको रुपमा रहेको छ , जो सामन्तवाद-साम्राज्यवादहरुका लागि यो रात खुशिको रात भएपनि आम र्सवहारा वर्गीय जनताका लागि , वर्षौदेखि उत्पिडनका विरुद्ध लडिरहेका जनताहरुका लागि भने हिजोको रात कालो रात रहेको छ भनेर वहाँले हाफ्नो सम्बोधनका क्रममा भन्नुभएको थियो । जुन आजमैले रिपोर्टिङ्ग गरेर यहाँ पाठकहरु समक्ष पेश गरेको छु ।
बिजु सुवेदी "विजय"
कुलेश्वर नयाँवस्ती , काठमाण्डौ
bijusubedi@hotmail.com

Comments
Post a Comment