यसरी असल लेखक बनौं

दुःख सहन्छ त पीडा रहन्छ । कसैले मन फुकाउन बह कहन्छ त कसैले कुनै कुरामा उठाउनै आवश्यक कुरामा आवाज नउठाउँदा आक्रोशित भएर आवाज उठाउँछ । यस्तो आवाज ठाउँमा उठाउन सक्नुपर्छ । अनि मात्र ऊ सफल हुन्छ । तर आजभोलि प्रायः सबैजसो असफल भएको देखिन्छ । यसैका कारण दुःख सहेका प्रायः व्यक्तिहरु प्रतिरोध गर्न विर्सिरहेका छन् । म १ कक्षा पढ्दा कवि दुर्गालाल श्रेष्ठको नेवारी कविता यहाँ नेपालीमा भन्न उपयुक्त ठानेको छु  :– घाउ भएर त रोएको हुँ । दुखेकोले त स्वर निकालेको हुँ । म मरेको छैन, हामी मरेका छैनौँ भनेर मात्रै प्रस्तुत गरेका हौँ ।
यस्तो आवाज उठाउँदा अवश्यनै सञ्चार माध्यमको आवश्यक हुन्छ । यो आवाज उठाउने कुरो अवश्य नै राम्रो कुरो हो । समाजलाई जगाउने कुरो हो । हामीले बेलाबेलामा मात्र होइन, निरन्तर समाजलाई झक्झकाइरहन्ु पर्दछ । अनि मात्र हाम्रो समाज उज्यालो प्रगतीशील बाटोतर्फ निरन्तर अगाडि बढ्न समर्थ हुन्छ ।

यस्ता समाजलाई उठाउने कुराका लागि विभिन्न कार्यक्रमहरु, पत्रपत्रिका, चलचित्र, टेलिभिजनका समाचारबाट पनि हुन्छन् । तर यसरी जुनसुकै माध्यमबाट समाजलाई प्रस्तुत गर्दा पनि समाज टसको मस हुँदैन । यस लेखकलाई पनि विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदा आजित भएर कार्यक्रमहरुमा जान छोडेको कटु यथार्थ छ । 

जुनसुकै कार्यक्रमहरुमा जाँदा सहभागीहरु सबै समान विचारका मात्रै हुन्छन् । कार्यक्रम, भेलाहरु हेर्दामा सफल त हुन्छ तर यो एक प्रकारको ठुलो असफलता नै हो । उनीहरुलाई विचार नसम्झाए पनि उनीहरुले बुझिसकेका हुन्छन् , त्यसैले त उनीहरु कार्यक्रममा आए । हामीले बुझाउन भनेको फरक विचारकालाई प्रगतिशील बाटो भनेको यो हो र यसमा लाग्न अभिप्रेरित गर्न सक्यौँ भने मात्रै उक्त प्रस्तुतकर्ता सफल हुन्छ ।

रेडियो, टिभी, पत्रपत्रिका, फेसबुक, इन्टरनेटका अन्य माध्यम, सिनेमा जहाँ पनि दर्शक तथा स्रोता अनि पाठक सबै आफुलाई मिल्ने खालका जानकारीमा आशक्त हुन्छन् र त्यहीँ श्रोता, पाठक बन्छन् । अन्यत्र ध्यान दिन रुचाउँदैनन् । यत्ति सम्म कि आफुसँग दिनरात सधैँ साथ हुने व्यक्तिहरुलाई पनि यो भनेको राम्रो विचार हो भनेर बुझाउन नसकिने हुन्छ । किनकी मान्छेको विचार भनेको कस्तो हुन्छ भने उसले परम्परादेखि जे सुनी आयो , जे गरी आयो त्यो मात्रै उसको संसार हुन्छ । समाजको विकासको अवधारणसँग उसलाई मतलब हुँदैन किनभने राज्य तथा राज्यका सम्पुर्ण सञ्चार माध्यमहरु प्रगतिशील व्यक्तिहरुको सरकारमण्डलै भए पनि सधैँ यथास्तिवादी भएर सरकारलाई चम्चे बनेर सघाउने पुरातन कालदेखिको संस्कार भएर पनि हो । यो भनेको बालुवामा पानी हाल्ने बराबरको हो । कथा भनिसकेपछि पनि भन्ने गरिन्छ कि भन्नेलाई फुलको माला सुन्नेलाई सुनको माला । यसैबाट स्पष्ट हुन्छ , अरु सामु कुनै कुरा प्रस्तुत गर्न कत्ति सम्मान पनि दिनुपर्ने रहेछ भनेर , रोलाँ बार्थले त लेखकको मृत्युको समेत घोषणा गरेका थिए ।

हामीले समाजमा व्यक्ति पिच्छे फरक विचारका पाउँछौँ । व्यक्तिले आफ्नो विचार आफ्नो अनुभवहरुद्वारा बनाएको हुन्छ । जतिजति अनुभव बढ्दै जान्छ त्यत्ति विचार खारिएर आउँछ । मेरो विचारमा ओेशोले भन्नुभए जस्तै कुनै कुराको अध्ययन गर्दा आफुभन्दा पहिलेका समस्त विचारहरुलाई त्यागेर विज्ञानसम्मत ढङ्गले बच्चाजस्तै भएर सोचेमा त्यस ज्ञानको समुन्द्रको पिंधको मोतिसम्म पुग्न सफल हुन सकिन्छ ।

विचारधारा पुँजीवाद, राष्ट्रवाद, बुजुर्वावाद, धार्मिक्तावाद, साम्यवाद, मानवतावाद आदि जुनसुकै मान्नु र अर्का वादप्रति सहिष्णु व्यवहार गर्नु त्यो लोकतन्त्र पद्धति अहिले संसारमा शुरु भएर विश्व जनमानसमा लोकप्रिय भइरहेको छ । भन्न खोजेको के भने जुन वाद भए पनि सेवा भाव भएमा त्यसले सबैलाई सर्वोपरी हित गर्दछ । सबैभन्दा पीडितहरुदेखि सेवा गर्ने भाव सबैमा हुनु पर्दछ भन्ने कुरामा लागेमा अथवा यस्तो कार्यका लागि विपरीत तर्क गर्नेहरुसँग वौद्धिक द्वन्द्व गरेर अवश्य नै जित्न सकिन्छ । 

यहाँ जुनसुकै माध्यमबाट व्यक्त गरे पनि त्यसका लागि प्रथमतः लेखन नै चाहिन्छ । त्यसैले लेखनसँग सम्बद्ध कुराहरुतर्फ नै लागौँ । लेखक, साहित्यकार भनेका चित्त नबुझेर लेख्छन् न कि समाजबाट उपेक्षित भएकाले मात्र होइन । लेखक जहाँ पनि जान्छन् उसले समाज प्रगतीतर्फ गएको देख्न चाहन्छ । तर त्यस्तो भइरहेको हुँदैन । ऊभित्र यसको प्रतिफल स्परुप वौद्धिक मन्थन शुरु हुन्छ । यसलाई समाधान गर्न उसले व्यक्त गर्ने राम्रो, उचित र अनुशासित बाटो सञ्चार माध्यमलाई बनाउँछ र कलम दौडाउन थाल्छ ।

व्यक्त गर्दा सत्यतथ्य सबै विश्लेषण गरेर श्रोता, पाठक सामु पुर्याउनु कर्ताको धर्म हो । र श्रोता पाठकले त्यो सत्य बुझेर शिक्षा लिने गर्दछ तर दिग्गज समालोचकहरुले आफ्नो विचारधारा अनुसारको त्यस सत्यबाट निष्कर्ष निकालेको पाएको छु । जसले गर्दा इतिहासको कालदेखि नै अहिलेसम्म इतिहास विभ्रमको अवस्थामा छ । त्यसले गर्दा आफुले प्रस्तुत गरेको आलेखको अन्त्यमा प्रस्तुतकर्ताले निष्कर्ष निकालेर व्यक्त गरेकोलाई नराम्रो मान्न सकिन्न । बरु इतिहासको हिफाजत हुन्छ र समाजलाई उचित क्षिक्षा हुन्छ अनि समाज प्रगती र अग्रगमणतर्फ लम्कन कुनै ताकतले रोक्न सक्दैन ।

जो सुकै व्यक्ति पनि जुनसुकै कुरामा जित्न चाहन्छ । जुन सुकै संस्था पनि जुनसुकै कुरामा अगाडि हुन चाहन्छ मुुख्य कुरो समाजसेवा हुनुपर्दछ अनि आफु हारे पनि समाज उठेकोमा आफु सन्तुष्ट हुने हुनुपर्दछ । यदि यसरी निःस्वाथी हुन सकेमा जुनसुकै व्यक्ति वा संस्था माथि उठ्छ र उठिनै रहनेछ । जसरी पनि जित्नै खोज्ने कुराले स्वार्थ भाव निम्त्याउँछ र अन्ततः यसले आफु र समाज कसैको पनि भलो गर्न सक्दैन । आफुले गरेको मात्र जे पनि ठीक र समालोचना, प्रतिक्रिया मनन नगर्ने व्यक्तिवादी सोचले कोही पनि अगाडि बढ्न सक्दैन । यस्ता विसङ्गतिहरुले पनि लेखकलाई छोएको हुन्छ र यस्तो हटाउन उसले हरदम सुसूचीत गरिरहन्छ ।

त्यसैले यी माथिका सबै कुराहरु अध्ययन गर्दा अन्तर्कलह, झैँझगडा हुँदा झन् एउटा नयाँ विचारको आविष्कार हुन्छ र सो विचार दुबै पक्षलाई मान्य हुन्छ । इतिहासलाई अध्ययन गर्दा पनि नयाँनयाँ विचारहरुको आविष्कार यस्तै दुई विपरीत विचारहरुको धेरे वर्षको मन्थनपछि भएको देखिन्छ । ठुलाठुला शत्रु राष्ट्रहरु पनि विश्वयुद्धपछि नयाँ धरातलमा उभिएको पाइएको छ । यसरी जब द्वन्द्व हुन्छ यसले अवश्यनै दुबैपक्षलाई मिल्ने परिणाम ल्याउँछ । यस्तो विचारले नै समाजलाई विकास गर्न समर्थ हुन्छ र यस्तो विचार नविन विचार बनी समाजलाई सही तथा राम्रो दिसातर्फ लैजान समर्थ हुन्छ । जसले पनि हेर्दा द्वन्द्व नकारात्मक देर्खिए पनि यसबाट आउने परिणामको सकारात्मक पाटो सर्वहितकारी हुन्छ । धेरै रोएपछि पनि दुःख सबै पखालिन्छ र ताजगीको अनुभव हुन्छ भनेजस्तै हो । हरेक नकारात्मक पाटोको परिणाम दरिलो सकारात्मक परिणाम हुन्छ ।

नेपालमा पहिले पहिले लेखकहरु समाजले जे खोज्छ त्यो लेखेर लोकप्रिय हुन्थ्यो । त्यसले इतिहास पनि कस्तो भयो यसैबाट अनुमान लगाउन सकिन्छ । यसरी लेख्दा धरै लोकप्रिय त होला, धरै पनि कमाउँला तर त्या कमाईलाई वेश्यावृत्तिसँग दाँज्न सकिन्छ । अर्ति उपदेश अवश्य नै तितो हुन्छ तर त्यसले फाइदै गर्छ । फेरि त्यसपछि स्वान्त सुखायको ध्येयले लेख्नेहरु पनि छन् । हाम्रो नेपालमा राजनीतिमा ठुलो परिवर्तनको फड्को भए सँगै स्वान्त सुखाएको धारणा पनि विस्तारैविस्तारै हट्दै गएको धेरै राम्रो कुरो हो ।

 लेखकहरुले एउटा लेख लेख्ननमा पनि धरै अध्ययन गरेको हुन्छ । वर्षौ वर्ष पुर्खौंपुर्खा ओठबाट हस्तान्तरण भएर आएका कुराहरु पनि लेखकले लेखाजोखा गरेको हुन्छ । आफ्ना वर्षौदेखिका खारिएका अनुभवहरु पनि उसले लेखनका लागि सहारा लिएको हुन्छ । यस्तोमा ऊ समाजले जे भन्छ त्यो लेख्ने होइन कि उसले समाजलाई यो राम्रो हो यो गर्नुपर्छ , यो नराम्रो हो यो गर्नुहुन्न भनेर सुसूचीत गर्न सक्नुपर्छ । अवश्य नै अहिले आएर लेखकहरुले यसरी नै जागरण सन्देशबाट समाजलाई झकझकाइरहेका छन् , यो यस्तै माथिका विपरति  विचार बीचको द्वन्द्व पछिको असल परिणाम नै हो । अवश्य नै यो भनेको असल लेखकको सर्वोत्तम गुण हो । सरकारले पनि यस्ता असल लेहकहरुलाई सेवा सुविधाहरु तथा प्रोत्साहन दिँदै गरुन् , उचित व्यवस्था गरुन्  यही आशा गरौँ । यस्तै परिवर्तन पक्षधारी लेखनहरु विकसित हुँदै जाओस् र समाज सुध्रदै जाओस् र यसैको शिक्षा स्वरुप देशले फड्को मारोस् ।

२०१८ डिसेम्बर १४ शनिवार
विजु सुवेदी ’विजय‘
भकतजन मार्ग, कुलेश्वर
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा