माइकल
माइकल
उसको नाम के हो विजयलाई थाहा छैन तर माइकल भनेपछि टोलका सबैले उसलाई चिन्दछन् । विजय बिहानै एउटा स्टान्डर्डको होटेलमा त्यही माइकलसँगै चिया पिउँदै थियो । त्यहाँ उनीहरूले एउटाएउटा समोसा पनि खाए । खाइसकेपछि अलिबेर पैसा जसले तिर्छ उसैलाई फाइदा हुनेजस्तो गरे । विजयले नै पर्स निकालेर काउन्टरमा गएर साहुजीलाई “कति भयो ?” भनेर सोध्यो । “बैसठ्ठी रुपियाँ भो” भनेर साहुजीले भन्यो । विजयले “कसरी ?” भनेर सोध्यो । समोसा एउटाको १६ दुने ३२ रुपियाँ चिया एउटाको १५ दुने ३० रुपियाँ जम्मा ६२ रुपियाँ भन्यो । विजयले ६० रुपियाँ दियो अनि “२ रुपियाँ छुट भो” भन्यो । माइकलले रिसाएर काउन्टरमा २ रुपियाँ ति¥यो । “पैसा काउन्टरमा तिर्ने होइन क्या, हामीले खाएकै ठाउँमा बिल आउँछ अनि प्लेटमा पैसा राखिदिने अनि केही टिप्स पनि दिने । ब्रोले त सारै इन्सल्ट गर्नुभो ।” माइकलले भन्यो ।
त्यति नै बेला विजयको त्यही टोले गुन्डा टाइपको माइकलसँग बानेश्वरसम्म जाने प्रोग्राम बन्यो । माइक्रोमा बसेर उनीहरू बानेश्वर हुइँकिए । बानेश्वर पुगेपछि विजयले झुत्रो लुगा लगाएको मायालाग्दो बच्चा खलासीलाई तीस रुपियाँ भाडा ति¥यो तर माइकलले त्यो तीस रुपियाँ खोसेर खलासीलाई गाली गरेर “बढी पैसा लिन्छस्, यहाँसम्मको त एक जनाको १२...१२ रुपियाँ होइन ? हामीसँग आइडेन्टीटी कार्ड पनि छ । ला ल ली तँलाई बीस रुपियाँ” भनेर बीस रुपियाँ दियो र दस रुपियाँ खल्तीमा राख्यो ।
उसले विजयलाई सम्झाउँदै थियो, “काठमाडौंजस्तो शहरमा कहाँ के गर्ने ! कहाँ के नगर्ने भत्रे कुरा ब्रोलाई त पटक्कै आउँदो रहेनछ । साइको चाहिँ नबन न ल ब्रो ?”
किन किन माइकल विजयको पछि लाग्या लाग्यै गथ्र्यो । विजयले कहिल्यै दुईचार पैसामा ऊसँग कहिल्यै टेरपुछर गरेन । सकेसम्म गरिबले केही राहत पाओस् भन्ने चाहना विफल हुँदा भने विजयमा नैराश्य हुन्थ्यो ।
यो भोगाइलाई विजयले “आजको हिरो माइकल” भनी लघुकथा एउटा पत्रिकामा प्रकाशन गर्न सफल भयो । अब यो कहानीले भने अर्कै मोड लियो ।
कथाकारको लगन, मेहनत, सत्यप्रतिको निष्ठा, अन्याय विरुद्धको व्यङ्गिलो आवाज मिश्रित एउटा बौद्धिक खुराकले यसरी एउटा सशक्त लघुकथा पढ्ने थुप्रै पाठकहरू जागे । प्रकाशनमा पनि शक्ति हुँदोरहेछ । एउटा होनहार सत्यको बल । विनाहतियार, बौद्धिक शक्ति । प्रचुरमात्रामा असत्यमा हिँड्नेलाई हठात् झट्का दिने शक्ति । हो यस कथाले यस्तै गर्न सफल भयो ।
एकदिन विजय भन्ने त्यही केटाको एउटी हेर्दा चिटिक्क परेकी, राम्री केटीसँग लभ प¥यो । उनीहरू छुट्टिनै नसकिने भए । केटाले केटीलाई र केटीले केटालाई अनेकौँ परीक्षा लिए । दुवैमा उनीहरू सफल भए । उनीहरूको माया झन्झन् प्रगाढ हुँदै गयो । भरखर उमेरमा भएको लभ भएकाले उनीहरू आफू मिल्नलाई ज्यानप्राण दिनसक्ने अनेकौँ उदाहरण समाज सामु उदाहरण दिए । हरेकको उमेरमा लभ परेको सुरुका दुईतीन वर्ष आफूआपूmबाहेक अरूतिर ध्यान नजानेजस्तै, गएन उनीहरूको पनि । सबैले उनीहरूको जोडीको मिलनदेखि ईष्र्या गर्थे । साँच्चिकै रोमियोजुलियट, सिरिफराहा, लैलामजनु, हीरराँझा, सोहनीमहिवालभन्दा पनि धेरै माया गाढा थियो उनीहरूको ।
त्यही माइकल उसको सालो भएर निस्क्यो । माइकलले भने विदेशमा गएर कमाउने रहर ग¥यो । त्यसले गर्दा विजयलाई उसले धेरै आर्थिक कुराको हारगुहार ग¥यो । नमान्दा नमान्दा पनि हठी साला र श्रीमतीले जिद्दी गरेकाले नागरिकतामा उसको उमेर नपुगेकाले अर्कै नामबाट उमेर पुग्ने गरी उनीहरू दुवै मिलेर नागरिकता बनाए । नमान्दा नमान्दै पनि श्रीमती र सालाको हठले विजयले चिनेका इन्स्टिच्युटहरूबाट खुसी मनले सर्टिफिकेटहरू बनायो । विजयसँग भएको जम्माजम्मी एउटा सिम पनि एकदिनका लागि माइकललाई दियो । अन्तर्वार्ता पनि माइकलको त्यही मोबाइलबाट भयो । पछि माइकलले सिम हरायो भनी दिएन । जे भए पनि सालो हो भनी आफूलाई आएजत्ति कम्प्युटर सर्टकटमा सिकाएर यताउति गरी विदेशमा पठाइदियो ।
सालालाई विदेशमा जाने लोकेसन कम्प्युटरमा देखाइदियो । त्यहाँ जाने ठाउँको लोकेसन उसलाई डायरीमा टिप्न दियो । त्यहाँ जाँदा कसरी मोबाइलबाट नक्सा हेर्ने त्यो पनि सिकाइदियो । सालालाई जति राम्रो मोबाइल देखाए पनि त्योभन्दा राम्रो चाहिने भनी हठ गर्दा पनि विजयले बढी मोल जाने नै खुसीसाथ किनिदियो र विदेशका लागि कसरी ? के ? कहाँ ? मोबाइलमा सेट गर्ने सबै गरिदियो ।
भरखर भरखरको मुना पलाएको लभ थियो विजयको । लभका लागि जे पनि गर्ने अनि रम्ने बानी थियो विजयको । यसबाट पछि के असर होला त्यो उसले सोच्नै सकेन मात्र श्रीमतीका लागि सालालाई खुसी पार्नमा नै उसले समय खर्चिरह्यो । यसमा श्रीमती पनि दङ्ग भइन् भने विजय त्यसभन्दा दङ्ग परिरह्यो ।
विजयको सम्पर्क नम्बरमार्फत घरघरमा गएर कम्प्युटर तालिम दिने र बनाउने काम यही सालाले सिम नदिएको कारणले छुट्टियो । कम्प्युटरमा पोख्त, इमानदार र काममा लगन भएकाले फेरि एउटा कम्प्युटर इन्स्टिच्युटमा विजयले जागिर पायो । त्यहाँ उसले आफ्नो प्रतिभा देखाउन पाएकोमा ऊ रमायो, भलै त्यहाँ थोरै पारिश्रमिक भएर पनि । यसैको सहारामा विजयको दुई जनाको सानो परिवार जेनतेन चलिरहेको थियो ।
सालो फेरि विदेशमा बिदा लिएर दशैँको छुट्टी मनाउन भनी आइपुग्यो । सालालाई त्यही उसको ट्रेनिङ गर्ने किताब चाहियो भनी, दशैँको बिदापछि फिर्ता गर्ने भनी माग्यो । उसले सालालाई किताब पनि दियो, डिजिटल ह्यान्डस्आउट कपी पनि दियो । यो विजयले पनि दशैँपछि उसको ट्रेनिङ गर्नेबेला फिर्ता दिलाउन भनी दिएको थियो तर दशैँपछि सालाले त्यो डिजिटल कपी अनेकौँलाई फुर्ती देखाएर दिन थाल्यो । यो कुरा विजयको अफिससम्म लिक भयो । यसले गर्दा विजयले जागिरबाट हात धुनुप¥यो । यति हुँदा पनि विजयको कम्प्युटरको किताब सालाले फिर्ता गर्दै गरेन ।
दशैँपछि लगत्तै सालो विदेशमा काम गर्न गयो । ऊ सधैँ च्याटमा आएर खालि विजयका छोरा सालाको भान्जाको फोटो मात्र मागेर हैरान पार्न थाल्यो । भान्जाको फोटो मात्र मोबाइलले खिची २ देखि ३ हजार वटासम्म पठायो । धेरै धेरै फोन गरेर पनि काठमाडौँको कहाँ कहाँ कहिले कताबाट सामान लिएर कहिले कता पार्सल गर्न लगाउँथ्यो । मात्र श्रीमतीको खुसीका लागि विजयले हाँसीहाँसी सालोलाई सघाइरहन्थ्यो । विदेशबाट फोन गरेको भनी गर्दा पनि आगमन नम्बर भने स्वदेशकै आउँथ्यो । यस्तो सालेले “अवैध रूपमा गरेको यदि भनेमा उसलाई उताको जागिरबाट निकाल्नेछ” भन्थ्यो । यस्तोमा पनि विजयले यो नम्बरको कुरा कसैलाई भन्दैनथ्यो । फेरि दशैँका समयमा विदेशबाट फर्केर आउँदा पनि भान्जालाई प्लेनबाट मामाघर लाने भनी विजयसँग टक्टकाएर पैसा लान्थ्यो तर भान्जालाई भने प्लेनबाट लाँदैनथ्यो ।
एकदिन विदेशबाट सालो फर्केर आउँदा उसलाई विजयले लिन जानुप¥यो, त्यसमा उसकी श्रीमतीले पनि जिद्दी गरिन् अनि विजय ठिक समयमा एअरपोर्टमा पुग्यो । सालो अटाएचीसहित आइपुग्यो । उनीहरू बसमा बसे । अब भने सालाले दुई जनाको भाडा १५, १५ गरी ३० को ठाउँमा ५० ति¥यो । फिर्ता पनि लिएन । विजयलाई अब भने सालो लाइनमा आएजस्तो लाग्यो । गरिब–दुःखीप्रति सहानुभूति पलाएकोमा विदेशको काम गराउने व्यक्तिप्रति उसले मनमनै आभार व्यक्त ग¥यो ।
धेरै समय बितिसकेपछि सालो विदेश गइसकेपछि विजय कामका सिलसिलामा त्यही बसबाट जानुपर्ने भयो । त्यहाँको ड्राइभरले भन्यो कि “सर ! पचास रुपियाँ लिने त्यो सालाको मतियार डाइभरको साला हो, त्यसको नाम भवानी हो । अहिले उनीहरू दुवै जना दुबईमा छन् । काम गरिराका भन्छन् त्यो पनि खालि च्याटमा मात्र तर मलाई लाग्छ कि उनीहरू दुवै यहीँ छन् । इन्टरनेटवालाहरूले उनीहरूको लोकेसन देखाउँदा मात्र दुबई देखाउँदा रहेछन् ।” त्यसैले हजुरको पचास पनि खेर गयो न नै वास्तविक खलासीले पायो, न नै वास्तविक ड्राइभरले पायो । त्यो श्यामे साला चुतिया रहेछ ।
विजयको लक्ष्य भनेको त्यही गरिबको चुल्हो पनि राम्ररी बलेको हेर्ने थियो । त्यसका लागि अब झन् दुनियाँलाई चिनिसकेकाले गर्दा विजयले नयाँ सिराबाट समाजमा योगदान गर्ने अटल मनसुवा बनायो ।
२०७७, असार २६
Comments
Post a Comment