विश्व कविता दिवस मार्च २१को उपलक्षमा“नयाँ राम” कविता “शान्ति सम्झौता" कथा सङ्ग्रहको “नयाँ राम” मै कथाबाट उद्ध्रित
विश्व कविता दिवस मार्च २१को उपलक्षमा मेरो यो “नयाँ राम” कविता “शान्ति सम्झौता शीर्षकको कथा सङ्ग्रहको “नयाँ राम” मै कथाबाट उद्ध्रित गरी यहाँ पाठकवृन्द समक्ष पेश गरेको छु ।
...म बै...री हुँ फूल...वारी,
ए मु...हार दुरा...चारी ।
के सो.च छ तिम्रो धरी,
हुँ म तिम्रो साक्खै परी ।
भनी उनी मेरो सामु,
बच्ची खै नि भन्नी मामु ।
आँखा बाट आँसुु टोली,
मन मनै मन डोली ।
बोली खोल्न तर्सी तर्सी,
आँखा...बाट बर्सी बर्सी ।
सखी कुन देश बाट,
कस्तो हो यो तिम्रो ठाँट,
मैले केही आँखा भेदेँ,
मैले केही शेष छेडेँ ।
उनी झनै शान्त भई,
आँखा दुई बन्द गरी,
गाह्रो भाव सुझ्न साह्रो,
बुझ्न चाहेँ बढ्यो पारो ।
फेरि होस आए जस्ती,
फेरि ठेस लाए जस्ती,
फेरि केही बोल्न खोजी,
जालो साङ्लो तोड्न खोजी ।
यही हाल मेरो पनि,
मैले पनि भन्नु छ नि,
कुन देश थियो प्यारीे !
केही छैन बोली न्यारी ।
फेरि कता गई कता,
हावा जस्तो भयो छटा,
खोज्न थालेँ बिली गयो,
छायाँ सुद्ध हरी गयो ।
थाकी थाकी थ्याच्च बसेँ,
पारि खुर्पे जून गमेँ,
हिम गिरी चारै..तिर,
पाखा भिर मनै पीर,
गोटा...खोर नभ गमेँ,
ए ! त्यो छवि कता छ हाँ ?
कुन देश कता प्यारी ?
तब मिठो याद यारी,
सुरि...लो त्यो साज आयो,
हावा मन्द बास्ना ल्यायो,
गम्नु थियो गमी बसेँ,
राज तिम्रो सम्झी तर्सेँ,
बौरी...बौरी रहेँ अझै,
भनि रहेँ याद ताजै,
अब हुन्न केही बोल,
केही हैन भेद खोल ।
म त हुँ नि सीते रामु,
घर...दीप मेरो सामु...
... उनी मेरी रैछी सीते,
बर्साँै...पछि पीडा बिते ।
दशैँ हो यो आज देखि,
त्यसै हैन साँच्चै सेखी,
घर चिन्न आएँ आजै,
भेद यो हो जान ताजै ।
मन पीर बोल्दै गई,
उनी भेद खोल्दै गई,
धन्य बाबा ! राम्रो दशैँ ।
जन जित्ने महा सर्ग,
राम जित्ने महा पर्व,
पर्ख पर्ख सबै फर्क,
दिदी बैनी मस्त भई,
एका...कार दन्त हाँसी ।
दीन जित्ने यस्तो पर्व,
सधैँ सधैँ हुनै पर्छ ,
चाहे पैले चाहे ऐले,
हुनु पर्छ जैले तैले ।
एक सबै पार्ने र चैं,
शुभ छ है सबै लाई,
बनौं सबै भाइ...भाइ,
नाचौंँ झुमौँ हाई...हाई ।...
२०७८ चैत ७
बिजु सुवेदी विजय
Comments
Post a Comment