बुँद
बुँद
अतिथि बराबरीको हो
मेहमान मेरो दिल हो
उचनिचभन्दा समताको मीठास छ
दिललाई सधैँ गाह्रो हुन्छ
दिलमा काँडैकाँडा कहरै कहरको पराकाष्ठा छ
आज पनि सधैँ झैँ धेरै गाह्रो भयो
सपना टुटेको छ मेरो
हिँडाइ काटिएको छ
आँखाले हेरेको पटक्कै चित्त बुझ्दैन
कानले सुनेको अत्यन्तै बेसुरा, बेराग, बेताल लाग्छ
अरूले सुस्तरी छुँदा पनि बेस्कन बिच्किन्छु
अरूको धेरै राम्रा पनि घोर नराम्रो लाग्छ
जिब्रोले मीठो भनेका अरूका कुरा ! घोर तीतो लाग्छ
यही तीतोले त मलाई निको पार्दै लग्यो
दुनीयाँको उदासीनको लान्छनाले केही गर्न सकेन
उनीहरुले बेतोडले सुताउने बाहेक केही गर्न सकेन
विउँझेपछि उस्तै फेरि सबै तीता
खै कहाँ छन् मीठा ?
खोज्दै हिँडेँ दोबाटो, चौबाटो, आठे दोबाटो,
अनन्त आकाशका अनन्त बाटा चोकहरु !
तीताले धेरै राम्रा गरे
साथीका विचारझै ती खिल्लीलाई औषधी मानेँ
शत्रु पालेर प्रगती गर्न सिकेँ
त्यसैले त्यो बुँदतिर लग्यो
बुँदलाई कर्कलाको पानी बनाई हेर त ?
त्यो कुल्लीनान मोती नै हो
बुँदलाई मुटु भई आभास गर त ?
अबश्यै त्यो प्रेम हो
बस्ती बस्ती चहारेँ
जहाँ पनि बगरेको गल्ली देखेँ
अचानोको बाटो देखेँ
खुकुरीको धारमा हिँडिरहेँ
हो ! फूलको आँखा देखेर पनि निर्जिव हुनेहरू !
तिमीले भनेजस्तै भट्किएको आत्मा भएँ म
पुकार सुनाउनु छैन कसैलाई मैले
यही तीतोले जब मुग्ध पा¥यो
गुलियो पनि उखुको कुह्याइ जस्तो लाग्यो
अमन, बमन भयो
भित्रि आन्द्रासम्म निख्रिएर बटारिएर वान्ता भयो
तब त दमन भएको जानेँ
यो अर्गानिक औषधी हो तीतोको करामत
जुन बुँद नपाउँदाको तीतो
सब इन्द्रियलाई पटक्कै चित्त बुझ्दैन यो तीतो
छैटौँ इन्द्रिय अनि तेस्रो नेत्रको बाधा हो यो
यी दूर दृष्टिलाई चित्त बुझ्दैन
मेरी मायालु आए सबै चित्त बुझ्थ्यो
त्यही प्यास मेटाउन अझै अगति भए पनि
भूत, प्रेत, पिशाच, विष भए पनि शिवजीलाई जस्तो स्वीकार्य छ
यही तीतोलाई जब मीठो मानी हेरेँ
सबै कुरा सकारात्मक ठान्न थालेँ
यो त अत्यन्तै मीठो पो रहेछ
यही स्वच्छ निस्छल पवित्र भावनाको उपज रहेछ
यही त प्रेम रहेछ
कठोरभन्दा कठोर व्यक्तिमा पनि त्यो बुँद देखेँ
मैले फकाउनुपर्नेमा उनैले फकाउन आइन्
यही त हो प्रेम
प्रेम त बच्चा हो
प्रेम त कलम हो
प्रेम त किताब हो
यो कच्चा होइन
यो त सच्चा हो
बुँदले सिकायो बच्चा, कलम अनि किताब
बुँद आफै आउँछ
यही बुँद हो प्रेम
कसैको छैन भर
मेरो घर छ
त्यो घरको जग हो बुँद
हो ! म फेरि पनि भनिरहेछु
त्यही बुँदको लत लागेको छ मलाई
यो अनन्त अफिमको कडाभन्दा कडा डोजभन्दा पनि डोज लागेको छ मलाई
यो बुँदविना मलाई केही चाहिन्न
मलाई प्रेम चाहिन्छ
यही प्रेममा आगोमा फूल उमारेको छु
बेदाग जूनलाई धर्तीमा ल्याएको छु
यति बुँदको प्यास मेटिन्छ भने त्यो जे पनि स्वीकार्य छ
त्यही अमृतमय जीवन हो मेरा लागि
चाहिँदैन मलाई इन्द्रको स्वर्ग अनि अमृत
मलाई ब्रह्माण्डकै कठोर ठाउँमै भए पनि
उसको एक झलक भए पुग्छ
हो ! दिल जगायौ तिमीले
त्यो एक झलक देखाइदेऊ
त्यो एक झलक !
विजुली चम्केर देखाइदेऊ
धेरैधेरै धन्यवाद छ तिमीलाई
हो ! दिल जगायौ तिमीले
मैले यो उसलाई भनेको
हो ! बुँद चाहियो उसको मलाई
मुटुको भित्र मुटु हुन्छ
त्योभन्दा शुद्ध मुटु त्यसभित्र हुन्छ
त्यो अनन्त यात्रापछि भित्रि म्याग्मा हुन्छ आत्मा
हो ! त्यो आत्माको एक बुँद परमात्मा भए पुग्छ
जसले ब्ल्याक होललाई पनि सखाप पार्न सक्छ
पुरै ब्रह्माण्डमा सबैभन्दा चहकीलो नै त्यो बुँद हो
त्यसैले सारा ब्रह्माण्डको सारा अँध्यारो मेटिन्छ
त्यसैको आभासले मात्रै पनि,
सारा संसारभर असल फैलिएको हो
त्यो नै सबैभन्दा शुद्ध हो
त्यो बुँद नै खोजेको हो
अवश्य नै !
त्यो नै प्रेम हो
जानिसकेको कुरा छोड्नु हुन्न
राम्रो कुरा हो नि त्यो
त्यो होइन यो हो
किनकि पहिलो प्रेमसरिको छ यो
यो अत्यन्तै निकट छ
त्यो जति अमृत कुनै हुँदा पनि हुँदैन
किन आत्मीय भन्दछन् यसलाई सबैजना ?
दीव्य कुरा हो यो त्यसैले
अकूत तृप्ती छ यसमा
सर्वत्र बहार ल्याउन सक्छ
सर्वत्र खुसीयाली दिन सक्छ
चोखो मन भनेको पनि यही हो
यसैलाई नजानेर सबै ठाउँमा कू ! नै कू ! छ
आउनुस् सबैजना
प्रेमको होलीमा रङ्गीएर उन्मुक्त हुन आउनुहोस्
यो जति स्वच्छ अरू कुनै छैन
यो प्राप्तीमा तपाईंको जतिसुकै कठोरमा पनि
अमृत अनि स्वर्ग देख्नुहुनेछ
त्यसैले त
यो भनेको असल कुरा हो
सबैलाई धेरै राम्रो बनाउने कुरा
यो सम्झदा गीतको पनि गीत झङ्क्रित हुन्छ
पत्थर पनि पग्लिन्छ
सबै ठाउँमा वहार सिञ्चित हुन्छ
प्रचन्डको उष्णतामा शीत्तलता आउँछ
भमरालाई सोध फूल के हो ?
बच्चालाई सोध गुच्चा के हो ?
कविलाई सोध कविता के हो ?
पागललाई सोध एकान्त के हो ?
सुगन्धलाई सोध बहार के हो ?
झुसेलीकीरालाई सोध पुतली के हो ?
श्रमिकलाई सोध पौरख के हो ?
मुस्कानलाई सोध दाँत के हो ?
कम्युनिस्टलाई सोध समानता के हो ?
प्रभातलाई सोध नेता के हो ?
संसारलाई सोध यावत् संसारका रीतिथिती
यो के हो ? ऊ के हो ? ! यो के हो ? ऊ के हो ? !
यसको खास मतलब के हो ?
यसको उत्तर समग्रमा बुँद नै हो
त्यो प्रेम ! बुँद हो
बुँदैले दिन सक्छ
अवश्यनै त्यो बुँद प्रेम हो
जब प्रेम हुन्छ
प्यासीको प्यास मेटाउन कुवा आफै आउँछ
अरूले हेर्दा आफू धेरै हारिए पनि
त्यो बुँदको प्राप्तिले
सबैको यथेष्ट जीत हुन्छ
विजय हुन्छ
बुद्धको बौद्धिकता आउँछ
अभाव हुँदैन
दबाब हुँदैन
केवल प्रभाव हुन्छ
जसले सबै परिपूर्ति गर्छ
त्यो सबैमा आफू पनि त हुन्छ
त्यसैले त्यो तिम्रो पनि जीत हो
ब्रह्माण्डका सबैकुरामा तिमीलाई पनि बराबरी भाग लाग्छ
अरूको नजरमा
संसारको नजरमा
मलाई मलम लगाएको नौटङ्की देखिन्छ
तर मलाई त सबैले घाउ लगाए
कोट्याइ रहे
नून, चूक, खुर्सानीले पीडा दिइरहे
उनीहरू मलाई फगत मृत्यु पनि दिन सक्दैनन्
मलाई तड्पाउन दिन चाहन्छन्
अनि उनीहरूले सुम्सुम्याउने बहाना पाउँछन्
उपचार गर्न पाउँछन्
उनीहरूले नर्सिङ गर्न पाउँछन्
रोजीरोटीको सवाल छ उनीहरूको
यो सुम्सुम्याइ फाइदाको छ
धेरै काइदाको छ उनीहरुलाई
यसले उनीहरुले तिमीलाई बिरामी सावित गर्न सजिलो हुन्छ
तिमीलाई उपचार गर्न पाएपछि
उनीहरु तिमीलाई तल्लोस्तरमा पार्छन्
र तिमीलाई नै सिँढी बनाएर माथिल्लो तल्लामा जान्छन्
तिमीलाई नाघ्छन्
के भ¥याङ नभएपछि उनीहरुले बाहिर जानु पर्छ कि पर्दैन ?
तिमी नभएपछि नाकाबन्दी हुन्छ भन्ने थाहा छ कि छैन ?
मलाई असह्य हुन्छ
म विह्वल हुन्छु
तिमीलाई पीडा दिएपछि
संसार हाँस्ने यो कस्तो पापको जडसूत्र हो ?
हे कठोर, रुखीहरू !
दुःखीहरूलाई किन सताउँछस् ?
यसलाई मेटाउन बुँदलाई बुझ तिमीहरु !
तिमीहरुलाई पनि बुँदलाईजस्तो अचाक्ली माया गरिरहेको छु मैले
यो बुँदकै देन हो
बस् ! तिमीहरु नम्रतामा कहिले आउँछौ ?
मेरो नम्रतालाई तिमीहरु नवाबी देख्छौ
मेरो बुँदप्रतिको आशक्तिबाट उब्जिएका अथाह सकारात्मकलाई
तिमीहरु किन इगो देख्छौ हाँ ?
हे मेरा वरिपरिकाहरु !
बुँदलाई हेर्ने चेष्टा गर
मैले त सबै पक्षहरु देखिरहेछु
तर सबैले भन्छन् कि तिम्रा विपक्षहरु धेरै छन्
मैले आज पनि तिमीहरुलाई पक्षमै हेरिरहेको छु
समयको पक्षमा
घडीको पक्षमा
पलको पक्षमा
त्यो कालो पनि हुन सक्छ
त्यो सेतो पनि हुन सक्छ
त्यो रात पनि हुन सक्छ
त्यो दिन पनि हुन सक्छ
तर आकाशको कुनै दोष छैन
त्यो दोष त छायाँको हो
जसले आकृतिले रङ्गीन देखाउन सकेन
देखाउने त प्रयास गरेकै थिए
प्रतिविम्बले त्योभन्दा बढी मद्दत गर्न खोजे
सिसी क्यामेराले त समय यन्त्रतिर देखाइदिए
जे होस्
यदि विपक्षी छन् भने पनि
म मान्दिन
विपक्षी छ भन्नु नै त्यो मेरो मनले कदापि मान्दैन
जहाँ मन छ त्यहाँ विपक्ष हुँदैन
तर मानौँ यदि छ नै भने पनि
यदि मेरो बुँदले हानी गरेको छ भने
मेरो बुँदप्रतिको आशक्तिले
तिम्रो सयवर्ष खेर गयो भने
म माफी चाहन्छु
हे बुँद !
कसैलाई पनि नराम्रो नगरिदिनुहोस्
सबैको भलो होस्
तिमीहरुको केही पनि रेसा नभाँचियोस्
तिमीहरुको छाडा गेस्चरको आतङ्कलाई म किन भट्किएको भनूँ ः?
त्यसलाई देन भनूँ ?
त्यसलाई तिमीहरुको शब्दमा स्वतन्त्रता भनूँ ?
कि नयाँ जमाना भनूँ ?
जे भनुँ त्यो अर्कै लोकसँग मलाई भालमतलब !!!
जे भने पनि
जहाँ गए पनि
म बुँदको अनुयायी
मैले आजदेखि बुँदको पार्टी खोलेको छु
बुँदको धार्मिक संगठन खोलेको छु
तर धार्मिक पनि पार्टीगत पनि एउटै है ?
बुँद जति अति प्रिय मलाई अरू केही छैन
मेरो बुँदलाई चिनाउन मन्त्र, महामन्त्र जप्नु पर्दैन
कुनै शपथ पनि खानु पर्दैन
कुनै किरिया पनि बार्नु पर्दैन
कुनै प्रलोभन पनि दिनु पर्दैन
कुनै दीक्षा पनि लिनु पर्दैन
मात्र प्रेमलाई जान्नु पर्छ
त्यो प्रेम नै बुँद हो
दस्तखत र ल्याप्चे पनि हान्नु पर्दैन
भित्रैदेखि हुनुप¥यो
अनुगृहित हुनुप¥यो
पृथ्वीमाताका म्याग्मा जसरी
तिम्रो अनि जोसुकैको अनि मेरो मुटुमा
यावत् साराका साराको
अन्तर्निहीत कुवामा छ
आस्थामा छ
समर्पणमा छ
अवश्य नै त्यो बुँद हो
त्यो प्रेम नै हो
धर्ती फाटोस् !
सुनामी आओस् !
महाभूकम्प आओस् !
प्रलय आओस् !
अनन्त शक्तिशाली ब्रह्माण्ड सखाप पार्ने शून्य आओस् !
जतिसुकै अनन्त शक्तिशाली आओस् !
ती बुँद रहिरहन्छन्
हे बुँद ! हे बुँद !
हे बुँद ! सबैलाई राम्रो गरिदिनुहोस्
मेरो सबैलाई अनुरोध छ
त्यो बुँद नविगारिदिनुहोला
मेरो सबैलाई फेरि पनि आग्रह छ
अपेक्षा अझै छ
बुँदको वर्णन महिमा होइन
यो त साथीत्त्व हो
बुँदको आभासैमा पनि कोही दासदासी हुन्न
त्यो प्रेम !
त्यो बुँद !
यही सत्य हो ।
२०८१ जेठ १९
बिजु सुवेदी विजय

Comments
Post a Comment