आ.व. ०८१/०८२ को बजेट भाषण सुन्दा
आज २०८१ जेठ १५मा आ.व. ०८१/०८२ को बजेट भाषण सुन्दा भन्नै पर्ने आफुलाई लागेका कुराहरू :-
# श्रम सम्बन्ध राम्रो बनाइनेछ
# ६ अर्ब बेरोजगारलाई रोजगारका लागि छुट्याइएको छ
# बेरोजगार सबैको डाटा सङ्कलन गरिनेछ
# लुम्बिनीमा कृष्णसेन ईच्छुकसम्बन्धी शिक्षा प्राधिकरण खोलिनेछ
# श्रमिकको नाममा सामाजिक सुरक्षा कोषमा अनिवार्य रकम जम्मा गरिनेछ
# भूमिहीन ५ लाखलाई जगधनी पुर्जा दिइनेछ
# वायु प्रद्ाषण नियन्त्रण गरिनेछ
# मर्यादित र नैतिकवान समाजको विकास गरिनेछ
# ५०० विद्यालयमा शौचालय राखिनेछ
# सूचनाप्रविधिमा उच्च शिक्षा लिने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराइनेछ
# विदेशी विद्यार्थीले नेपालमा आएर पढ्दा भीसा प्रक्रिया सहज बनाइनेछ
# मृगौला रोगीलाई डाइलाइसिसका लागि प्रति महीना प्रति व्यक्ति ५,००० उपलब्ध गराइनेछ
# कीर्तिपुरको वर्न अस्पताललाई अझ विकसित गरिनेछ
# राप्तीमा एमबीबीएस प्रतिष्ठान बनाइनेछ
# २०३०सम्ममा स्वच्छ खानेपानी सबैठाउँमा पु¥याइनेछ
# मेलम्चीलाई ५० करोड छुट्याइएको छ
# फोहोर पानी प्रशोधन केन्द्र २ ठाउँमा खोलिनेछ
# विश्वविद्यालय पढाइ सकाएकालाई प्रविधिक तालिमपछि रोजगारी उपलब्ध गराइनेछ
# महिला हिँसा, भेदभाव, उत्पीडन नियमन नियन्त्रण गरी यो आव महिला हिँसा, भेदभाव, उत्पीडन नियमन नियन्त्रण वर्ष अभियान चलाइनेछ
# राष्ट्रिय परिचयपत्र सबैलाई उपलब्ध गराइनेछ , प्यान, लाइसेन्स, नागरिकता आदि सबै किसिमका परिचयपत्रहरु राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिनेछ ।
# ५ अर्ब ६३ करोड कोटेश्वर इन्टर सेक्सनका लागि छुट्याइएको छ
# ८० करोड झुपडी वस्ती व्यवस्थित गर्न छुट्याइएको छ
# बङ्करदेखि व्यारेकसम्म लगिनेछ
# कारागारलाई सुधारगृह बनाइनेछ
# कैदी वन्दीलाई पेरोल सेवा उपलब्ध गराइनेछ
# सहुलियत कर्जाका लागि ११ अर्ब छुट्याइएको छ
# सेवाग्रहीका हरेक समस्या समाधान गर्न शुक्रवार कार्यक्रम ल्याइनेछ
# अधिक जोखिममा रहेका सहकारी व्यवस्थापन गरिनेछ
# आलु, प्याज, स्याउको भ्याट हटाइएको छ
# मदिरा चुरोटको अन्तशूल्कमा वृद्धि गरिएको छ
# कर प्रणालीका लागि कृतिम वौद्धिकता लागू गरिनेछ
यी कुराहरु राम्रो भएर टिपोटका लागि फेस बुकमा दर्ता गरेको छु तर मुख्य कुरा शहीदका लगि उचित सम्मन अनि सम्मनजनक सहुलियतका लागि, भ्रष्टाचार नियन्त्रणका लागि, ब्युरोक्रासीलाई ठीक ठाउँमा ल्याउनका लागि, कर प्रणली सुद्रिधिकरणका लागि एक सिन्को पनि नभाँचिएकोमा साह्रै चित्त दुख्यो । अहिलेको सरकारले यी कुरालाई हस्तक्षेपकारी भूमिकाले देशलाई अग्रगमणमा लान सक्थ्यो तर प्रयासै नगरेको पाइयो । सरकारालाई बेपारी र भ्रष्टाचारी र व्युरोक्रासीले किनेको प्रस्टै भयो । आशै मर्यो तरै पनि "बोलेका कुराहरू मात्र भए पनि लागू गर्दा पनि खुसी छाैँ " भनिरहेका छन् सोझासिधा जनता !!!
Comments
Post a Comment