आज पनि हामीलाई बुद्ध अपरिहार्य छ
आज पनि हामीलाई बुद्ध अपरिहार्य छ
आज हजुरहरूलाई मैले बुद्ध धर्मबारे अनि बुद्धका वाणीहरूबारे आफुले जानेका थोरै शिक्षा बाँड्न खोजेको छु । मलाई यी बुद्धवाणीहरू धेरै गहिराइको लाग्यो । मनन गर्नैपर्ने पनि लाग्यो । त्यसैले बाँड्नका लागि म धेरै लालायित भएको छु । सायद यसरी धेरै लालायित हुनु मेरो गल्ती पनि हुन सक्छ । यदि गल्ती भएका भए हजुरहरूले मलाई माफी दिनुहोला । मैले धर्मका बारे यसरी वर्णन गर्ने त हैसियत राख्दिन तर ममा यस्तो इगो कुनै नआओस् कि मैले फेरि भट्किन परोस् अनि हजुरहरूलाई पनि कुनै बेफाइदा नहोस् । यी तथ्यहरूले अनि यसले हजुरहरूलाई केही मद्दत मिल्छ भने मेरो यो लेखनको उद्देश्य झिनो रूपमा भए पनि अघि बढेको मान्नेछु । मैले यसरी आफुले नजानेका विषयमा पनि वर्णन अनि व्याख्या गरिहँदा हजुरहरूलाई कुनै पनि कुरामा ठेस लाग्न गएमा म यहीँबाट क्षमा माग्न चाहन्छु । गल्ती भएमा क्षमा चाहन्छु । यी सबैकुरा बुद्ध भगवानप्रति समर्पण गर्दै म अब यो लेख अघि बढाइरहेको छु ।
आज बुद्ध जयन्तीको दिन हो । यो बैशाख पूर्णिमाको दिन बुद्धका जन्म, बोधी अनि निर्माणका दिनहरू हुन् । यी ३ विन्दूका एक रेखा हुन्छ , त्यो रेखा नै हाम्रो जीवन हो । त्यो ग्राफबाट सच्चा दिलले नियालौँ अनि त्यसैले हरेक दिन महामहोत्सव बुद्ध जयन्ती हो भन्ने मलाई लाग्दछ । बुद्धका पदचापबाट मैले धेरै सम्बेदनशील हुन पाएँ । यसपछि मैले यी कुराहरू मनन गर्दै गएँ । हामी धर्म गरेको भन्छौँ तर आफ्ना लागि मात्र जे पनि गरिरहन्छौँ । फेरि स्वाथ्र्य त्याग्नुपर्छ पनि भनिरहन्छौँ । धर्म यो शब्द गहिरो छ । यसमा कुनै लालसा हुनु हुँदैन । कर्म गरेपछि त्यसको फल अवश्य नै पाइन्छ तर त्यो कर्मले यो जन्ममा होस् अनि अर्को जन्ममा होस् अनि चाहे समय यन्त्रले जाने कुनै पनि ठाउँमा होस् सबै ठाउँमा राम्रो गर्ने उद्देश्य लिनै पर्दछ । अनि बल्ल धर्मको सुरुवात हुन्छ । हामीले जेमा पनि आफुमात्र सोच्छौँ, यहीँनिर हामी धर्ममा एकदमै चुकिरहेका छौँ, अनुत्तीर्ण भइरहेका छौँ, सबै कुरा भताभुङ्ग पारिरहेका छौँ । त्यसैले हामी स्वार्थी हुन छोड्नु पर्छ । यसका लागि नीजि अनि पुरै व्यक्तिगत संसार नै छोड्न सक्नुपर्छ । आफ्ना लागि मात्र संसार भनी यथेष्ट लाभ लिएर कहिल्यै धर्म हुनै सक्दैन । त्यस्तै आफुमात्र संसारमा जन्म चक्रबाट मुक्त हुने अरूको त सिन्को पनि मद्दत नगर्ने अनि आफुमात्र स्वर्ग जाने मनसायले गर्दा प्रायः हरेक धर्मका ठूलाठूला पण्डित, महापण्डित अनि साधुसंन्त, बाबा भनाउँदाहरू पनि नमज्जासँग चिप्लिरहेका छन् । बरु उहाँहरूले तपाईंजस्तो कुमालेको माटोलाई पछिको जन्ममा फाइदा गराउने भनी उनीहरूले ब्ल्याकमेल गरिरहेका हुन्छन् । यही हो धार्मिक शोषण भनेको । म पनि आफ्नो आकारमा आएपछि परिवर्तन हुन गाह्रो भएको थिएँ । यसलाई हामीले पविर्तन गर्नै पर्छ । प्यास लाग्ने ठाउँमा चीसो पानी पियाउने भाँडो बन्नै पर्छ , नत्र घाँडो मात्र हुन्छ । अनि मात्र केही भए पनि हाम्रो उद्देश्यतिर हामी लम्किन सक्छौँ । त्यसैले संसारका लागि आफू होइन संसारै आफन्त बनाउनु अपरिहार्य छ । अनि बल्ल धर्मको द्वार खुल्छ । अनि बल्ल सबै आफ्ना हुन थाल्नेछन् । यसैलाई भनिन्छ नि निस्छल वालक । साँच्चै बालकको रूप हेर्नुस् त कुनै पनि रिस राग हुँदैन । तपाईंले जतिसुकै दुव्र्यवहार गर्नुहोस् त उसले विनाकुनै इख तुरुन्तै हाँसेर कुरा गर्न आउँछ अनि मद्दत पनि गर्न आउँछ त्यो पनि हाँसेरै । यस्ता निःस्वार्थ कर्मको गन्तव्यमा जान दिशानिर्देश गर्न अनि सुसूचीत हुन बुद्ध धर्मले कोसेढुङ्गाको कार्य गरेको छ । आफुलाई जसले जस्तो नराम्रो व्यवहार गरे पनि उनीहरूको पनि एउटा मधुर मुस्कानका साथ कल्याण गर्न लागिपर्छन् । यही हो बुद्ध भनेको अनि यही हो शुद्ध भनेको अनि यही हो शुद्धोदनको बुद्ध भनेको अनि निःस्वार्थ माया बोकेकी मायादेवीको बुद्ध भनेको ।
खान मिल्ने खाना मात्रै खाना हो
बुद्धको पहिलो खानामा फल प्राप्तीको सन्दर्भ छ कि वास्तबमा हामीलाई आश्चर्य लाग्न सक्छ तर वास्तविकता यही हो कि सिद्धार्थ जन्मने वित्तिकै बुद्ध भइसकेका थिए जब उनले आफ्नी माताको पहिलोपटक स्तनपानले सिद्धार्थको पाचनग्रन्थी स्नान गराएकी थिइन् । यति अपार खुसी सायदै कोही पनि अनि कुनै बेला पनि यिनी भएकी थिइनन् । बुद्ध जब भए उनले मातालाई भनिसकेका थिए कि ... यो शब्द नै काफी छ “माते !” साष्ताङ्ग दण्डवत छ । पाउमा परेको छु पुरै हजूरमा, नतमस्तक भएको छु मनमस्तिष्कले ! को छ र ! मेरो हजूरसिवाय, मलाई नयाँ स्वर्गधर्तीमा पदार्पण गराउनुभयो । ढुकढुकी नै हजूर हुनुहुन्छ माते ! हजूरबाटै मलाई ऊर्जा आउँछ , मेरो कणकणमा हजूरको ममत्त्वस्नेह छ , हजूरको जति न्यानो माया अरू कसको नै छ र ! मलाई अमृतै पिलाउनुभयो । मलाई तृप्त गराउनुभयो । के छ र मेरो यहाँ, सर्वस्व नै हजूरको हो, लडिबुडी चिहाँचिहाँ गर्दै भन्दैछु कि हजूरको नै हजूरलाई अर्पण छ माते ! हजूर जीवनको सार हुनुहुन्छ , हजूर नै मेरो परिभाषा हुनुहुन्छ , हजूर नै आशा हुनुहुन्छ , हजूर नै भरोसा । हजूर नै विश्वास हुनुहुन्छ । हजूरको मात्रै हुन्छ सुभेच्छा, मात्र यसैको बलमा संसारमा उज्यालो छर्न समर्थ हुनेमा दृढ अनि यथेष्ट विश्वास अनि अठोट छ । मेरो नशामा बहेको रगत हजूरकै त हो, हजूरकै पवित्रता त ममा बहेको हो । आकाश धर्ती एक गरे पनि म तुच्छले के नै दिन सक्छु र ! हर कहर लुकाइदिनुहुन्छ । धर्ती भई सहिरहनुहुन्छ । म जस्तै ठूलो भए पनि हरेक समय सधैँ हजूरकै काखैमा हुन्छु माते ! हजूरको आँचलमा सर्वस्व छ । दुःखको आँच पनि आउन दिनुहुन्न । मलाई चोट लाग्दा हजूरको मुटु अचाक्ली दुख्छ । आँखामा करुणाको टिलपिल ज्योति ल्याउनुहुन्छ । म पुलकीतरूपको सफल हुँदा हजूरकोे आँखामा अपार खुसीको मोती छाउँछ । हजूरको जति सुरिलो अनि आनन्ददायक स्वर अरू कस्को छ र ! हजूर हुँदा मलाई क्लेशमात्र पनि कुनै पनि डर हुन्न । प्रतिविम्ब अनि छायाँभन्दा हजूर र हजूरको ममत्त्व अनि स्नेह गाढा अनि हजूर अति नजिक हुनुहुन्छ । हजूर सुवासिलो फूल हुनुहुन्छ , म त सधैँ कोपिला । हजूर नै मेरो पहिलो गुरु, हजूरबाटै पहिलो शिक्षा सुरु । हजूरकै शरणमा आएको छु , हजूरकै चरणमा ज्यान अर्पेको छु । हजूरलाई जानेर व्रह्म जानेको छु । हजूरलाई जानेर छैटौँ इन्द्रिय खुलेको छ । दिल पनि हजूर नै । ज्यान पनि हजूर नै । धर्ति माता हजूर ! जननी हजूर ! हजूरको काख नै मेरो स्वर्ग, यो शब्दले व्यक्त गर्न नसकिने रहेछ । तैपनि धृष्टता गरेँ माते ! धेरै माफी चाहन्छु । हजूरविना अरू जम्मै अधुरोअपुरो लाग्छ । आकाशभन्दा अपार, अनन्तभन्दा धेरै, जुनसुकै समस्याको पनि समाधान हजुर ! हजूर एकदमै अनमोल ! आत्मीय ईश्वर नै हजूर माते ! मेरो परमात्मा नै हजूर माते ! ... ती राता सिद्धार्थको यस्तो पहिलो स्नेही ममत्त्वको दूग्धप्राशनले नै उनलाई यस्ता मायादेवीका वात्सल्यले सर्वगुण सम्पन्न, लक्षणै लक्षणले युक्त शुद्धोदनका मोती शुद्धबुद्ध बनाइसकेको थियो ।
बुद्धको दोस्रो खानामा पनि फल प्राप्तीकै सन्दर्भ छ कि गृह त्याग गरिसकेपछि बुद्धले थुप्रै ठाउँमा ६ वर्षसम्म घोर तपस्या गरे । सुजाताले एउटा वृक्षलाई खुसी तुल्याउन अनि उक्त वृक्षबाट सन्तानको वरदान पाउन धेरै तपस्या गरेकी थिइन् कि मेरो सन्तान भएमा म हजूरलाई भोग चढाउने छु । उनी सधैँ यसरी नै वृक्षलाई खुसी तुल्याइरहन्थिन् । जब फल प्राप्तीस्वरूप उनीबाट सन्तान जन्मियो, बुद्ध सोही वृक्ष वरिपरिमा घोर तपस्या गरिरहेको ६ वर्ष भइसकेको थियो भने सो वृक्षमा तपस्या गरेको पनि ४९औँ दिन भइरहेको थियो । तत्कालै सुजाताले आफ्नी दासी पूर्णालाई सो वृक्ष चोखो पार्न पठाइन् । आश्चर्य ! पूर्णाले त वृक्षदेव नै साक्षात् भएर उत्रेको अपार खुसी हुँदै कुद्दै आउँदै बताइन् । यसमा खुसी भएकी सुजाताले पूर्णालाई दासताबाट मुक्त गरिदिइन् र तबदेखि जेष्ठ पुत्रीकी रूपमा सधैँका लागि सहर्ष स्वीकारिन् । सुजाताले आफूसँग भएको भाँडोमध्ये दामी अनि राम्रो भाँडोमा खीर लगेर सिद्धार्थलाई दिइन् । सिद्धार्थको ४९औँ दिनमा व्रत तोडियो, तपस्या भङ्ग भएन बरु तपस्याको सही नतिजा आविष्कार भयो । यसरी हड्डी नै हड्डी भइसकेको शरीरमा विस्तारैविस्तारै छाला देखा पर्न थाल्यो, नसामा सञ्चार हुन थाल्यो । वास्तबमा उनी सोही वृक्षमा तपस्या गर्दा गर्दै घोर थकित भइसकेका थिए । यही कमजोरीका कारण उनमा तर्क गर्ने सामथ्र्य पनि मरिसकेको थियो । अब भने उनमा र उनको तर्कमा वोधमयका साथ प्राण सिर्जना हुनगयो । सुजाता यति खुसी भएकी थिइन् कि उनले बुद्धलाई वृक्षदेव मानेर सो कचौरा ने छोडेर हिँडिन् । बुद्धले त्यहीँ नदीको टटमा पायसले आमासयलाई पाचनको संचार दिएका थिए जसरी मायादेवी माताले पहिलो स्तनको स्नेह उल्र्याएकी थिइन् । पायस यानेकि खीर खाएपछि उनले कचौरालाई फल ग्रहण गरेर गुदी प्राप्त गरेर बोक्रा फ्याँकेसरि कचौरा नदिमै बहाइदिएका थिए । त्यसपछि बल्ल बुद्धमा आत्मबल आयो र दोस्रोपारिमा बुद्धत्त्वरूपी गुदीसमेत प्राप्त भयो ।
बुद्धको तेस्रो तथा अन्तिम खाना अर्को लोकतर्फको निर्वाणको सन्दर्भको फल प्राप्तीसँग सन्दर्भ छ कि बुद्ध एउटा गाउँमा वास बस्न आइरहेका थिए । उक्त गाउँमा एउटा गरीब शूद्रले बुद्ध आएका थाहा पाएर बिहान झिसमिसेमै बुद्धलाई खोज्न आए र बुद्धलाई देख्नेबित्तिक्कै आफ्नो छाप्रोमा खाना खान बोलाए । शूद्रले बुद्धलाई उक्त गाउँमा आएको देख्नेबित्तिकै निमन्त्रणा गरेका थिए ता कि अरू सम्पत्रहरूले बोलाउँदा अलि ढिलो भएपछि पनि बुद्ध उतै जालान् भनेर बुद्धलाई पछ्याइरहे । बुद्धले उक्त गरीब शूद्रलाई “तपाईंकहाँ जसरी पनि भोलि आउनेछु ।” भनेर वचन दिए । बुद्धलाई त्यहाँका बासिन्दाहरूले देख्नेबित्तिकै धेरैले भोलिको खानाका लागि निमन्त्रणा दिए । बुद्धले त्यो दिन उपवास छ भनेर सबैलाई टारिदिए ।
भोलिपल्ट बुद्ध उक्त शूद्रको छाप्रोमा गए । शूद्रलाई विश्वासै लागेको थिएन कि बुद्ध आउलान् भनेर किनकि धेरै–धेरै धनीहरूले उनकै अगाडि निमन्त्रणा दिएर गएका थिए तर बुद्धले उक्त शूद्रकहाँ नै जाने प्रण गरिसकेका थिए । शूद्रलाई आफ्नो गरिबी देखेर लाज लाग्यो तर बुद्धले उक्त ठाउँ महलभन्दा राम्रो भएको बताए । अनि शूद्रले आफूकहाँ भएको रुखो रोटी पातमा राखे तर तिउनका लागि उनले केही दिन सक्ला जस्तो लागेन । वर्षादको समय थियो । फोहोर ठाउँमा च्याउ फलिरहेको थियो । जुन उनले सधैँ तरकारीको रूपमा खान्थे । बुद्धलाई पनि त्यही खुवाउने विचारले झाडीमा खोज्न थाले । खोज्दा–खोज्दा उनलाई जहाँको च्याउ पनि विषालुजस्तो लाग्यो किनकि उनले त्यस्ता विषालु च्याउको सामना कैयौँ पटक गरिसकेका थिए । खोज्दा–खोज्दा राम्रा–राम्रा च्याउको तिउन तरकारी तयार गरी बुद्धलाई त्यही रुखो रोटीसँगै खानलाई दिए । शूद्र यति अपार खुसी थिए कि पहिलोपटक उनकी आमाले दूध खुवाउँदा खुसीभएसरि थिए । त्यसैले त बुद्धले त्यो तरकारी खानलाग्दा एकदम कठोर थियो र पनि एकदम विषालुजस्तो मुखमै हाल्न नहुने थियो तर बुद्धले उक्त खाना नखाएमा उक्त शूद्रलाई झन् फेरि दुःख दिनुपर्ने हुन्छ भनी मीठो–मीठो मानीकन खाए अनि “म एकदम आनन्दित भएको छु ।” भनी त्यो आमाकोसरि बुद्ध ममत्त्वको लाज राखी यही अपार मीठासमा हर्षका आँसु खसाले ।
बुद्धले त्यसलाई अमृतसमान मानेर बडो आनन्दित भएर खाए र आशीर्वाद दिएर त्यहाँबाट फर्के त्यसपछि त बुद्धलाई निर्वाण प्राप्त भएको थियो । जब उक्त शूद्रले त्यो च्याउ अलिकति चाखेर हेरे तब त उनी ढल्नै लागेका थिए । सो च्याउ साह्रै विषालु थियो । शूद्र दौडेर छाती पिटेर रुन थाले । बुद्धसँग माफी माग्न गए । “मैले के पाप गरेँ बुद्धलाई त मैले विष दिएँ नि लौ !” भने तर बुद्धले “खाना एकदम स्वादिलो भएको र यसलाई मैले सकारात्मक रूपमा नै लिएकाले यदि म मरी नै हाले पनि तिमी ठूलो बुद्धको अनुयायी हुनेछौ किनकि सबैभन्दा पहिले आमाले मलाई दूध खुवाएर गुण लाउनुभयो, सुजाताले पनि दोस्रो खानाले मलाई बोधी प्राप्त गराइन् त्यस्तै तपाईंले अन्तिम पटक यति मीठो खाना खुवाएर गुण लगाउनुभयो, म निर्वाणतर्फ जान पाएँ । धेरै धेरै धन्यवाद !” भने । बुद्धका शिष्यहरूले उक्त शूद्रलाई कठोर सजाय दिनमा जोड दिए तर बुद्धले “आखिर यो शरीर नश्वर छ त्यसैले यिनले अपराध गरेर मलाई मारेकै भए पनि यिनलाई पाप लाग्दैन किनकि यिनले जति दुःखले खाना अरू कसैले पनि मलाई आजसम्म खुवाएकै छैन । यिनको श्रद्धा नै ठूलो छ । हजारौँ वर्षमा म जस्तो मानिस जन्मन्छ त्यस्तै पहिलो, दोस्रो र आखिरी खाना खुवाउने सौभाग्य जोकोहीलाई प्राप्त हुँदैन, त्यसैले उहाँहरू ३ जनै सौभाग्यशाली हुन् ।” भने । यसरी बुद्धले सबैलाई सम्झाउन सफल भए । बुद्धले जीवनकालभरि ती ३ खानालाई मात्र खाना माने अरूलाई त उनले विष नै महसुस गरेर एकदमै टर्रो अनुभव गरेका थिए । किनकि ती ३ तिथि पनि बैशाख पूर्णिमा नै थियो, तिनै खानाले बुद्धलाई असीम आनन्दित अनि सबैका लागि फलदायी बनाइसकेको थियो ।
बुद्धले प्राण त्याग्दा धेरैले बुद्धले पीडामा प्राण त्याग्नुप¥यो भनेर आलोचना गरे तर त्यो उनीहरूको तर्फबाट मात्र थियो बुद्धको तर्फबाट थिएन । तृष्णा मीठोमा पनि छैन, नमीठोमा पनि छैन । सुख र दुःखको पारि, रागमा पनि छैन बैरागमा पनि छैन, दुबैको पारि वितरागी, हो त्यसैमा छ सुख, हो वितरागीमै छ परम् सुख । यदि तपाईंले जस्तोसुकै परिस्थितिलाई पनि सकारात्मक रूपमा लिएमा कुनै दुःखले पनि दुःख दिनै सक्दैन, कुनै सुखले पनि अन्धो बनाउनै सक्दैन । जस्तोसुकै परिस्थितिमा पनि सुखै हुन्छ । बुद्धले सबै प्रकारका नकारात्मकतालाई मिथ्या बनाइदिए । बुद्ध त्यो विन्दूमा गए कि त्यहाँबाट सुख र दुःख, सकारात्मक र नकारात्मक एउटै सिक्काका दुई पाटासरि नियाल्न सक्दथे । यसरी बुद्धले तेस्रो चरणमा आएर निर्वाण प्राप्त गरे ।
त्यसैले बुद्धले आफ्नो जीवनकालभरि नै आफ्नो जिन्दगीका सम्पूर्ण कालमा आफ्नो आध्यात्मिक चिन्तनभन्दा गरीब जनताको भलाइलाई पहिलो प्राथमिकता दिएका थिए । त्यसलाई धेरैपछि मात्र साधारण भक्तहरूले त के ठूला ठूला भक्तहरूलेसमेत धेरै पछि मात्र बुझेका थिए । यस्ता कैयौँ प्रसङ्गहरू छन् जुन अति नै मननीय छ कि हाम्रा नेताहरूले ।ाजनेता बन्न यस्तो ठूलो त्याग, तपस्या अनि जनताप्रति असीम श्रद्धाको पनि श्रद्धा उल्र्याउनु अति आवश्यक छ । बुद्धले त्यो समय प्रवचन दिइरहेका थिए त्यहाँ एक जनजना झुत्रो लुगा लगाएका व्यक्ति आएर ती सुकिलामुकिला भक्तहरूलाई तथानाम गाली गरिरहेका थिए जब बुद्धलाई समेत त्योभन्दा अति गाली दिए भक्तहरूले कडाभन्दा कडा सजाय दिन लागिसकेका थिए तर बुद्धले उनले भनेबमोजिम उनलाई पेटभरी खाना खुवाएर ससम्मान विदा गरिदिए । यसमा भक्तहरूले समेत बुद्धको यो कार्य बुद्धधर्म अनुकूल भएन भनी आक्रोसित भई विरोध गर्दा बुद्धले हाम्रो धर्मले उनलाई पेट भर्न सक्दैन भने हाम्रो धर्ममा पनि धेरै ठूलो कमजोरी छ भन्ने वोध भयो त्यसैले हामीले उनीजस्ता पीडितलाई पहिले भलो गर्नु नै हाम्रो पहिलो प्राथमिाकता हुन्छ भनी वोध गर्न अनुरोध गरे किनकि जहाँ भोको पेटले सीमा नाघेको हुन्छ , त्यहीँ अन्याय अत्याचार पराकाष्ठासम्म हुन्छ त्यसैले यस्तो विभेद हटाउन समयमै पेट भरी खुवाउनुजस्तो सबैभन्दा ठूलो धर्म अरू हुनै सक्दैन, यो नै पुन्य हो ।
वास्तबमा बुद्धले उपदेश दिँदा यही जोड दिएर भन्थे कि जसरी मैले खानालाई खाना मानेँ त्यसरी नै खाना मान्ने किसिमको सद्भाव दिलाएर सबैलाई अतिथि सत्कार गर्नू ।
जागरुक पार्ने बुद्धका अचूक सूत्र
तीस वर्षभन्दा बढी बुद्धका साथसाथ रहेका आनन्द भन्ते जब बुद्धले तीन जना जिज्ञासुहरूलाई “देवता छ ?” भत्रे प्रश्नको उत्तरमा तीनै जना जिज्ञासुहरूलाई तीन थरी उत्तर दिनुभएकोमा आश्चर्यचकित भए ।
आनन्द भन्तेले विहारका सबै भन्तेहरूले राखेको यस सम्बन्धी जिज्ञासालाई सुल्झाउन सकेनन् । आखिरमा हार मानेर एकान्तमा आनन्द भिक्षुले बुद्धसँग यसरी जिज्ञासा राखे ।
पहिलोलाई तपाईंले ‘देवता छ’ भत्रुभयो ।
दोस्रोलाई तपाईंले ‘देवता छैन’ भत्रुभयो ।
तेस्रोलाई त तपाईंले मौन भएर बसी केही पनि जवाफ दिनुभएन ।
“के यी तीनैवटा उत्तरको आशय एउटै हो ? यस्तो कसरी सम्भव छ ? गल्ती भएको भए क्षमा पाऊँ । मैले हजुरको साथ अरू सबै शिष्यहरूले भन्दा बढी बिताएँ तर म त अज्ञानी नै रहेछु । मेरो हजुरको साथ धेरै विताएर ठूलो मान्छे हुँ भत्रे घमन्ड पनि चूर भएको छ । मलाई क्षमा दान दिनुहोस् । कृपा गरेर मलाई यो सम्बन्धी जिज्ञासा मेटाउनु भएर परम ज्ञान दिनुहोस् ।”
बुद्धले हाँस्दै भत्रुभयो ः–
पहिलोले विनाप्रमाण “म ठोकुवा गरेर भन्छु देवता छैन । यसको परीक्षण गर्नु आवश्यक छैन” भने अनि “ल भन बुद्ध देवता छ कि छैन ?” भने ।
मैले उनलाई “देवता छ” भनेँ ।
“यस उत्तरले उनले चौँकिएर अन्ध भावना त्याग्ने छन् र देवता नभएको प्रमाण जुटाउन थाल्नेछन् ।”
दोस्रोले पनि विनाप्रमाण “देवता छ” भनेर कुनै परीक्षणविना कुनै आफ्नो प्रमाणविना साबित गर्न खोजे र मसँग “देवता छ कि छैन ?” भनेर प्रश्न गरे ।
मैले “देवता छैन” भनेँ ।
“यस उत्तरले उनले पनि चौँकिएर अन्ध भावता त्याग्नेछन् र देवता भएको प्रमाण जुटाउन थाल्नेछन् ।”
“तेस्रो त यत्ति कमजोर थिए कि उनले कुनै पनि सिद्धान्त बनाएका थिएनन् । मैले जे भने पनि मात्रेछन् त्यसैले म मौन भएँ । यसका कारण उनले पनि चौँकिएर देवता छ कि छैन भनेर परीक्षण गर्न थाल्नेछन् ।”
त्यसपछि आनन्द भिक्षुले आशय बुझे र सबै भन्तेहरूलाई “जुनसुकै कुराहरूको धारणा बनाउन पनि आफूले परख गरेर गरेमा राम्ररी बुझिनेछ र उसबाट धारणा बनाउन सहयोगी सिद्ध हुन्छ ” भनेर बताए ।
केही प्रतिनिधी बुद्धका वाणीहरूबारे मन्थन
हामी आफ्ना भूतका बारे विचार पोखिरहेका हुन्छौँ । भविष्यका बारे विचार पोखिरहेका हुन्छौँ । यही भूत र भविष्यका बारे सोचेर समय खेर फालिरहेका हुन्छौँ । अझ त अझ कोही जानेको भनेर वर्तमानमा मात्रै विचार पोखेर सफल भएको ठान्छन् । वास्तबमा सफल उही हो जसले वर्तमानमा विचारमात्र गरेर बस्दैन, सो विचारलाई प्रत्यक्ष लागू पनि गर्छन् । त्यसैले तपाईंको वर्तमानको पलपल महत्त्वपूर्ण छ । हिउँदमा हिउँमा हिँड्दा सचेत भएसरि प्रत्येक यथार्थ एवम् न्यायीक पाइला चाल्नु जरूरी छ ।
सायद हामीलाई जन्मेको बेला पूर्ण आभास थियो यो पापी संसारमा पदार्पण गरेका बेला किनकि यो पापी संसारले हामीलाई आज रुवाउनुसम्म रुवाइरहको छ । सबैजना बाहिरबाट त हाँस्छन् तर सबै जना भित्रभित्रै रोइरहेछन् । चिहाँचिहाँ हामी रोएका थियौँ पदार्पण गरेको बेला तर आज हामी त्यो बेला किन रोयौँ ? पापी संसारले अनभिज्ञ गरिसक्यो । तसर्थ बोधगम्यताका लागि पनि आजको वर्तमान समयमा बुद्धवाणीले हामीलाई यथोचित जाग्रीत तुल्याउन भरपूर मद्दत गर्न सक्दछ ।
हाँसोमा पनि आँसु आउँछ । रोदनमा पनि आँसु आउँछ । रोदनको आँसुले जब काला बादल हट्दछ तब हामीले स्वच्छता अनुभव गर्छौँ तर हामीले रोए पनि हाँसे पनि होश समाल्न छोड्नु हुँदैन किनकि यहाँ धमिलो पानीमा बल्छी हान्नेहरू धेरै छन् । शिक्षाका उज्याला किरणहरूले तिनलाई पनि सही मार्गमा ल्याउन सक्नुपर्छ । आपसी मनमुटाव तथा वैरभाव हटाउन सकेमा धर्ती नै स्वर्ग हुनेछ ।
यो संसारमा हामी कहाँबाट आयौँ ? कहाँ जाँदैछौँ ? न आएको थाहा छ , न गएको थाहा छ । नील नभमा उडिरहेजस्तो अनन्त आत्मीय यात्रामा छौँ हामी । चङ्गा चेट भएजस्तो तर कता गएर कसले उडाउने हो ? यो अनन्त यात्रामा कसको हातमा पर्ने हो ? वायुको वेगभन्दा अत्यन्तै तीब्र गतिमा जति जहाँसम्म विचार गर्छौँ त्यहाँसम्म हामी आफ्ना विचार अनि अभिलाषाहरू दौडाइरहेका छौँ । तुफान यात्रामा आँधी बेहरी सुनामीको परवाह नगरी अटल अविचलित बनी यात्रामा लम्किरहेका छौँ । ध्यानमग्न भई आफूलाई शीतल पारी स्वच्छ मनले बोलाउँदा आउने बुद्धले जसरी संसारै असल तुल्याउन हामीले स्वच्छ मनले चिन्तन गरौँ । विहानीको प्रभातको कुञ्जबाट सुरु भएको जीवन प्रभातबाट जवान हुन्छ , दिनमा प्रचण्ड हुँदै फेरि साँझको शांकल भएर रातको निशामा एकदिन आराम गर्नैपर्ने हुन्छ । यो यात्रा यसरी नै निरन्तर चलिरहन्छ ।
“आफूभन्दा दुःखी देख्दा धेरै जलन हुन्छ । कसरी मुक्त पारुँ दुःख ? कसरी दीनको दिन आउन दिने ?” यही दुःखले बुद्धलाई धेरै विह्वल बनाएको थियो । “हाँसेर सुखी हुन सकेका मानव पनि किन दुःखीजनलाई टेर्दैनन् ? सायद सबैले टेरेका भए यो पृथ्वी स्वर्ग हुने रहेछ तर फगत यहाँ मैमत्त भई बस्नेहरूको राज छ ।” बुद्धलाई यस्ता दुःख पहिलिएपछि “आफूलाई कसरी भएभरका सुखसुविधा दिएर ऐश आराममा लिप्त पारेका रहेछन् ? कसरी सुरा सुन्दरीतिर भट्किएको थिएँ ? पहिले यो जति परम् सुखमय अनि आनन्ददायक कुरा अरू केही लाग्दैनथ्यो, जब मैले होश समालेँ, चाल पाएँ, उपलब्ध भएँ तब मलाई ती कुराहरू नै अति तुच्छ लाग्न थाल्यो । म कति सङ्कुचित थिएँ ? आज ती सत्ता सञ्चालकहरू नै त्यस्तै अन्जान देखिरहेको छु ।” यस्तै आभास भयो । अनि बल्ल बुद्धलाई लाग्यो कि यो दुनियाँका सारा राज्य सञ्चालकहरू कसरी विचलन भइरहेछन् ? भनेर । दुनियाँको यथेष्ट सम्पत्ति भएर पनि यही दुःख आफ्नो राज्यको ढोँगी प्रवृत्तिले साम्य पार्न नसकेको गल्ती महसुस पार्दै, दीनहरूप्रतिको औधी प्रेम मर्न नदिई सिद्धार्थ गौतमले राजपाट त्यागी बुद्ध बन्ने यात्रातर्फ गन्तव्य मोड्नु प¥यो । जति घरवार त्यागिसक्दा केही पनि नहुँदा बुद्धले जति जनतालाई सेवा गर्न पाएका थिए त्यति पनि अथाह सम्पत्तिको मालिक भएका बेला राज्यको कानुन गलत भएका कारण गरिव जनतालाई सेवा गर्न सकेका थिएनन् । सम्पूर्ण ऐश आराममा पनि हाँस्न सकेका थिएनन्, नितान्त एक्लो महसुस भयो । जब बुद्ध बने, असल नागरिक बने, सबैका दुःख आत्मसाथ गरे, तब सबै समीप पाए । मृत्युलोकबाट स्वर्गलोकमा गएसरि सहारा पाएको महसुसर गरे ।
आफू हाँस्ने चाहनाबाट सुरु भएको बुद्धको जीवनयात्रा त्यतिकै रोकिएन । निरन्तर खोज अनुसन्धान गरिरहे । आफूलाई खुसी तुल्याउने कसैले पनि आफूलाई खुसी तुल्याएको देखिएन । बरु संन्यासीको देहको तेजले आकर्षित तुल्यायो । “के हो त यो बैराग दर्शन ? आफू एक्लिएर अनुसन्धान गर्न थालेँ । आफैले आफैलाई अनुसन्धान गर्न थालेँ । त्यागले पनि शरीरलाई कष्ट भयो । मनलाई कष्ट पारे शरीर कष्ट ! अनि शरीरलाई आनन्दित पारे मनलाई कष्ट ! यी दुबैको मध्यम विन्दू सम्यक दृष्टिबाट उठाउँदै जागृत पार्दै लानु पो जीवन सार्थक रहेछ । यसरी दुबै ध्रुव बीच सामञ्जस्यता राखे मात्रै दुबैतर्फ सफलता डो¥याउने सूत्र बाँड्न पाउने रहेछ । स्वार्थ त्यागे पनि ‘म’ को विलय भएपछि बल्ल वास्तविक संन्यासीपन प्राप्त हुँदो रहेछ अनि पो सुखी संसार फिर्दो रहेछ ।” प्रकृति पनि शिशिर आउँदा रोएकी जस्ती अनि वसन्त आउँदा हाँसेकी देखिन्छिन् । हाम्रो जीवनमा पनि खुसी आउँदा मन नाच्छ , फुरुङ्ग हुन्छ , उमङ्ग छाउँछ , सारा कुरा राम्रो लाग्छ , सफलताले चुमेसरि हुन्छ । दुःख आउँदा मन विरक्तिन्छ , नैरास्यता छाउँछ , हतास हुन्छ , असफलतामा घोर निरासा हुन्छ । हाम्रो जीवनमा आधा सफलता त आधा असफलता पनि हुन्छ । त्यसैले उदय र अस्तसरि शिशिर अनि वसन्त दुबै सत्य हुन्, दुबै भोगाइ हुन् । यस्ता दुई अतीबाट हामी सधैँ बच्न सक्नु पर्छ । एउटा कुनै पनि कुराको धेरै वास्ता गर्नु तथा अर्को भनेको कदापि वास्तै नगर्नु । ती दुबैका पारि वीतरागी सम्यक जीवन त्यो संन्यासीको जस्तो संयमी जीवनले नै उचित शिक्षा अनि मार्गदर्शन दिन सक्छ । यस्तो वीतरागी जीवनले ती दुबै पहलुहरू स्पष्ट तथा छर्लङ्गसँग पहिल्याई जिन्दगीलाई परिणाममुखी यात्रातर्फ सहजतासँग डो¥याउन मद्दत मिल्दछ । त्यसैले ती दुई अन्यमनस्कका घटना त उत्तेजना मात्र हुन् । यस्तैयस्तै गहन खोजबाट आएको निर्देशित परिणाम बुद्धले एकदमै मनन गरे । अति कष्ट अनि अति सुविधाभन्दा बीचको मार्ग यथेष्ट वोधका लागि गन्तव्य सावित भयो ।
जब शिक्षादीक्षा प्रति सिद्धार्थको झुकाव बढ्दै गयो सिद्धार्थलाई दरबारमा रहेका बेला नै आफूलाई आफू अत्यन्तै पापी लाग्न थालेको थियो । त्यो बेला सिद्धार्थ दरबारबाट बाहिर जान पाउँदैनथे । सिद्धार्थले दरबारभित्रका प्रत्येक व्यक्तिलाई अप्रत्यक्ष केरकार गरी परीक्षा लिँदा, त्यहाँका हरेक व्यक्ति सिद्धार्थभन्दा अत्यन्तै पापी पाए । त्यहाँ सिद्धार्थले उनीभन्दा कोही पनि व्यक्ति धर्मात्मा पाएनन् । यसपछि सिद्धार्थलाई आफू पापी भएको अनुभवबाट दुःखी भएका भन्दा कैयौँ गुणा दुःखी तुल्यायो । धेरै पछुताए र आफूलाई कैदमा परेको अनुभव गरे । पहिले नै सिद्धार्थले दरबार त्याग्ने मनसुवा बनाइसकेका थिए यस्तो सर्वेक्षण पछि त उनी झनै दृढ भए । यही असल बन्ने तीब्र चाहनाले नै पछि गएर सिद्धार्थ गौतम बुद्ध भएर विश्वमा शान्तिको दियो बाले ।
अन्यायलाई परास्त गर्न युद्धभन्दा विचार चाहिन्छ । हतियारभन्दा शिक्षादीक्षा चाहिन्छ । दिमाग खोल्न त विचार नै राम्रो हुनुपर्छ । हतियारको युद्धले परास्त गरे पनि करोडौँ वर्षपछि पनि इख रहिरहन्छ । बदलाको आगोमा अन्ततः यसले शत्रुतापूर्णरूपमा नियालि रहन्छ । यस्तो कुत्सित चाल मेटाउन राम्रो विचार आवश्यक छ । राम्रो विचारले कहिल्यै भविष्यसम्म रिसको इखजस्तो नकारात्मकता आविष्कार गर्दैन ।
आफूलाई परमाणु बमले ध्वस्तै पारे पनि जापानले विनाइख युद्धतिर नमोडी प्रगतिपथतिर एकाग्र भएर सारा संसारलाई शान्तिको सन्देश दिलाउन सफल भयो । यसले अमेरिकाको युद्धको नकारात्मक उन्मादलाई जापानले बौद्धिकताको सकारात्मक पक्ष दुनियाँलाई दिलाएर जागृत गराउन सफल भयो । स्वतन्त्र भई बाँच्न पाउनु सबैको नैसर्गिक अधिकार हो, हक हो तर हामीले कसै न कसैको पक्षधर भएर पिछलग्गु हुनैपर्ने वाध्यता यो संसारमा छ । नत्र विचारै नभएको व्यक्ति कहलाउनु पर्ने हुन्छ । खिल्लीको पात्र बन्नु परिरहेको हुन्छ कि जसले सबैलाई स्वतन्त्र पार्ने अचूक शिक्षा दिन खोज्दछ भने पनि । यो दुनियाँ यस्तै छ सबैको विचारलाई मन्थन गरेर सबैलाई मिल्ने विचारले एउटै थुङ्गामा सबलाई राम्ररी उन्ने विचार उब्जाउँदा उसैलाई सबैले खिचडी विचार भनेर गिल्ला गर्छन् । त्यसैले शान्तिको कामना राख्नु नै बेइमानी हो जस्तो गर्छन् यहाँ । त्यसैले त असल व्यक्तिका लागि दुःखको पहाड छ । नदीको आँसु छ । थामिने नाउँ लिँदैन ।
आज विश्वमा ठूला ठूला शक्तिराष्ट्र बीच मात्र इगोका कारण तथा आफूमात्रै व्यापारिकरूपमा हालिमुहाली हुन प्रत्यक्षअप्रत्यक्ष धेरै ठूलो ध्वंशात्मक युद्ध भइरहेको छ । यस युद्धलाई साम्य पारी असल कर्ममा लैजानका निमित्त धेरै मेहनत गर्नुपर्ने देखिन्छ । समाधानको बाटो पहिलिँदैन । विश्ववन्धुत्त्व, भाइचारा कायम गर्न सबैले शान्तिको मार्गमा लाग्नुपर्ने देखिन्छ । हाम्रोजस्तो सानो राष्ट्रले त झन् कुनै पनि युद्धको पक्षमा नलागी असङ्लग्न आन्दोलन गर्नुपर्ने टड्कारो अवस्था आइसकेको छ । यस्ता दूराचार, व्यभिचार पन्छाउन सबै असल कार्य गर्न दृढ भएका राष्ट्रहरू सम्मिलित यी दोहोरो मारमा परेका पीडित राष्ट्रका सानै झूण्डले नै भए पनि सशक्त दबाब दिनुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको छ । शान्तिका अग्रदूत महामानव बुद्धका विचार यी कुराहरूसँग अत्यन्तै निकट छ । त्यसैले त पच्चीस सय वर्षभन्दा अगाडिका बुद्धका विचारै भए पनि अहिलेको समयसान्दर्भिक छ । युद्धलाई विकट पारी शान्ति तथा समृद्धिलाई निकट पार्न सबैले बुद्धकै अनुसरण गर्नु नितान्त आवश्यक छ ।
बुद्धले एक शिक्षामूलक धार्मिक दर्शन दिए । जुन बुद्धको उपदेश, बोधि, र मार्गदर्शनमा आधारित छ । जसमा नैतिकता, आत्मविकास, र सामाजिक समृद्धिका लागि एक पूर्ण दृष्टिकोण समाहित छ । यहाँ बुद्धका मूख्यमूख्य अत्यावश्यक वाणीहरूको संक्षिप्त विवरण प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
चारी नोबाहिर्यस् यो धार्मिक ग्रन्थहरूमा बुद्धको महत्त्वपूर्ण उपदेशका रूपमा परिचित छ । यसले निष्कलंक बुद्धत्त्वको खोज, सत्य, आत्मपरिचय, र चारी नोबाहिर्य (बुद्ध, धर्म, संघ, ध्यान)को महत्त्व र अर्थलाई अँगालेको छ ।
कर्मफलस् बुद्धको उपदेशमा कर्मफलको महत्त्व र अर्थ प्रमुख छ । यसले यो सन्देश दिन्छ कि हाम्रा कर्महरूले हाम्रो भविष्य निर्माण गर्छ । मेहनत गर्ने, कुनै पनि समय अनुत्पादकरूपमा खर्च नगर्ने, त्यतिकै फोकटमा समय नविताउने नै बुद्धका विचारमा कर्म हुन् ।
बोधिचित्तस् बुद्धले मानवीय बोधिचित्तको महत्त्वलाई प्रमुखतः ध्यान दिएका छन् । यसले हाम्रो आत्म(विकास, सम्मान, र साझा सामाजिक उत्थानमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । मानवीय नैतिकवान उच्च चरित्र निर्माणमा बुद्धले यसरी बोधिचित्तको महत्त्वअन्तर्गत रहन जोड दिएका छन् ।
संयमस् बुद्धले संयम र मानसिक शुद्धिको महत्त्वलाई पनि प्रमुख रूपमा ध्यान दिएका छन् । यसले व्यक्तिगत र सामाजिक समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ । हरेक कुराको समाधान संयमबाटै बुद्धले समाधान खोजेका छन् । जुनसुकै कुराको समाधान पनि शान्तिको बाटोमा जान संयम अर्थात् सहनशील हुन बुद्धले जोड दिएका छन् ।
यी चार वाणीबाहेक पनि अहिंसास् बुद्धले अहिंसाको महत्त्वलाई जीवनका हरेक पहलुहरूमा महत्त्वपूर्ण मूल्यका रूपमा प्रकाश पारेका छन् । बुद्धका वाणीहरूको मजबुन त यही अहिंसास् नै हो । अहिँसाले सामाजिक शान्ति र सहिष्णुतामा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यी र अन्य जति पनि बुद्धका वाणीहरू छन् त्यसले मानवीय जीवनमा सामाजिक, मानवीक र आध्यात्मिक उत्थानको लागि एक महत्त्वपूर्ण आधार प्रदान गर्दछ । यही नै बुद्धको अध्यात्म हो । यी विचारहरूले प्रत्येक व्यक्तिको जीवन शैलीलाई संतुलित, संयमित अनि सबल बनाउन एकदमै ठूलो मद्दत गरेको हुन्छ । बुद्धले आफ्नो उपदेशमा सधैं शान्ति, सम्मान, र सहिष्णुताको महत्त्वलाई आदर गरेका छन् । बुद्धले सधैं “आफ्नोमात्र होइन अरुको अस्तित्त्वलाई पनि स्वीकार ।” भन्ने वचन दिए । यसरी उनले हाम्रा आपसी मनमुटावहरूलाई पन्छाई हरेकलाई सम्मान गर्न, परिपूर्ण समृद्धि र शान्तिको मार्गमा लैजान प्रेरित गरेका छन् । उनले सबै जीवको जीजीविषा अर्थात् बाँच्न पाउने हकको महत्त्वलाई सधैँ सम्मान अनि आदर गरे । उनका प्रत्येक वाणीमा प्रत्येक जीवको अधिकार, सम्मान, र शान्तिको विकासमा आधारभूत तत्त्वहरू समाहित छन् । उनको यो उदार अनि सहिष्णु विचारले हामीलाई सार्वजनिकतामा बोध गराउँछ । यसैले हाम्रो आत्मअभिवृद्धि र परस्परमा पनि विशेष सम्मानभाव भएकाले बुद्ध धर्मलाई नै गर्वित बनाइदिएको छ । हरेकको मनमुटुमा बुद्ध छाउनुभएको छ । ढुकढुकीको भित्रसम्म उदारभाव ल्याइदिएके छ । यही विचारले नै हामीलाई सबै एकै परिवार बनी सहअस्तित्त्वका साथ एक साथ बस्ने, सम्झौतामा पूर्णता प्राप्त गर्ने र संघर्षरहित जीवन बिताउने विचारतिरको लक्षलाई अग्रसर गराइदिएको छ ।
उनले हामीलाई एक साथ बस्न, प्रेम र सहानुभूति गर्न, र समस्याहरूलाई सुधार्न साथी बन्ने विचारको माध्यम बनाएका छन् । बुद्धका उपदेशले हामीलाई दोस्रोपक्षको अस्तित्त्वलाई स्वीकार गर्न, सहनशीलता र प्रेम मार्गतर्फको दिशामा डो¥याउन प्रेरित गरेको छ । यसले हाम्रो समाजमा सामाजिक न्याय, साहित्यिकता, र सहिष्णुताको मूल्यहरूलाई विकसित गर्न सहयोग र सौहार्दता प्रदान गर्दछ । जहाँ शान्ति हुन्छ त्यहाँ समृद्धि हुन्छ तसर्थ बुद्धका धर्मको मूल उद्देश्य शान्ति र समृद्धि हो भन्ने प्ष्टि हुन्छ ।
बुद्धका वाणीले हामीलाई तनाव असन्तुलन र असन्तुष्टिबाट मुक्त पारी उच्चस्तरको समृद्धि शान्ति र संतोषमा पूर्ण सुधार गर्ने यथेष्ट मद्दत गरेको छ । बुद्ध वाणी सत्य र धार्मिकतामा स्थिर हुनाका कारण हामीलाई एकदमै आत्मविश्वासी बनाइदिन्छ । बुद्ध वाणीका मद्दतले जब सबै प्रकारका दुःख अनित्य छन् भन्ने वोध हुन्छ जसका कारण हामीलाई मानसिक रूपमा स्वस्थ्यता र आत्मशान्ति प्रदान गर्दछ । यसरी इमानदार हुँदामा आत्मा सफा, स्वच्छ र सुन्दर हुँदा संसारै राम्रो देखिन्छ । जिन्दगीका जुनसुकै परिस्थितिमा पनि सकारात्मक सोचले मानिसलाई स्वच्छता दिलाउँछ । तनाव मुक्त गराउँछ । यही तनाव मुक्त जीवनमा हरेक कुरा गर्ने आँट पलाउँछ । यदि नकारात्मक विचारले जरा गाड्यो भने जति सुकै सम्पन्नतामा पनि दुरुह, क्लेश सिवाय अरू केही पाउन्न । मरेतुल्य यस्तो जीवनलाई सार्थकता दिलाउन जतिसुकै विपन्नतामा पनि सम्पन्नताको आनन्द दिलाउँछ , यही नै त हो सफलताको सूत्र । बुद्धले यही बोध गरेर नै आफू सम्पन्न समयमा भन्दा संन्यासीजस्तो जीवनमा आफूलाई स्वच्छ , ताजगी एवम् तेजोमय कान्तियुक्त महसुस गर्दै आफू महासुखमा रमाइरहेका थिए र सबैलाई यही बोध गराउन पनि तल्लिन भइरहेका थिए ।
माया प्रेम नभएको जीवन त मरण नै हो, दुर्बल नै हो । यस मृत्युबाट उक्सिन त प्रेम नै चाहिन्छ । प्रेमले नै सबल बनाउँछ । सबैलाई साथी बनाउँछ , आफन्त बनाउँछ । जिन्दगीको मरुभूमिमा खहरे ल्याइदिन्छ । शीतलता ल्याइदिन्छ । उजाडभन्दा उजाड ठाउँमा बहार ल्याइदिन्छ भने उष्ण ठाउँमा पनि शीतलता ल्याइदिन्छ । आहा ! सानामा कति आनन्दित हुन्थ्यौँ हामी । कति निश्छल थियौँ । कति छिटै कटू बचन बोल्नेसँग पनि हाँसी खुसी ब्यवहार गरिदिन्थ्यौँ । कुनै छलछाम थिएन । यही बालापन नै धार्मिकता हो तर अहिले यही सम्झेर नोस्टाल्जिक हुने सिवाय अरू केही गर्न सकिन्न । अहिले अलिकति आफूलाई नराम्रो गर्ने व्यक्तिप्रति पूरै शत्रुता उर्लिन्छ । हामीले कदापि माफी दिन सक्दैनौँ । त्यसैलाई इख लिएर आफूलाई रोगी तुल्याइरहन्छौँ । अब हामीले बुद्धले झैँ यस्तै प्रेम र करुणा बर्साएर असल कर्मका माध्यमले यस्ता इगो अनि द्वेष छोड्ने र सबैलाई छोडाउने विनापूर्वाग्रही भई सङ्कल्प गर्न सक्नुपर्छ ।
अरूलाई आफ्ना कुराहरू कत्ति सुनाउने ! मान्छेले कान पाक्यो भन्न थालिसके तर हामी सुनाइरहन्छौँ । कुरा गर्ने हाम्रो नराम्रो बानी भइसक्यो । फेरि हामी जो व्यक्तिको पछाडि नै कुरा काट्छौँ तर कहिल्यै त्यो कुरा उसको कानमा पनि पुग्न पाउँदैन । त्यसैले उसलाई सुधार्नु छ भने उसकै अगाडि उसका गलत कामहरू औँल्याइदिनुपर्छ । चाहे ऊ रिसाओस् वा मौन भएर मनन गरुन् वा तपाईंलाई गल्ती औँल्याएकामा धन्यवाद दिउन् । यही आँटले नै गुरुले चेलालाई पनि गुरुजस्तै बनाउन सक्दछन् । गुरुका हरेक गुण चेलामा पु¥याएसरि हामी जानेकाले अन्जानहरूलाई शिक्षित बनाइदिने आँट गर्नै पर्छ । अरूले हाम्रा लागि यस्ता आँट गरे भने कहिल्यै रिसाउनु हुँदैन बरु आफू कति पानीमा छु ? भन्ने महसुस गर्दै डुब्नबाट बचाएकामा ती मनकारीलाई धन्यवाद टक्र्याउनु पर्छ । सिद्धार्थ गौतम यही मार्गबाट अघि बढ्दैबढ्दै बुद्ध भएका थिए ।
‘दीनहरूको दुःख देखी मुटु छियाछिया हुन्छ , भक्कानिन्छु , ओठ कलेटी पर्छ , निन्द्रा पटक्कै लाग्दैन । वैरभाव त्यागिसकेको छु तैपनि उदासीन हुन्छु । यसको समाधान मेरो रोगको व्यक्तिगत उपचार होइन । यसको उपचार हो दीनहरूको समय फिर्नु । यसका लागि सबैलाई चेतना दिलाइदेऊ प्रभु ! हे ईश्वर ! अब तिम्रै शरणमा छौँ हामी । यो दुःखीलाई अझ दुःख दिनुहोला । हाँस्न पाउनेहरूलाई हाँस्ने अधिकार दिनुहोला । मेरो हजुरमा पूरै आस्था, विश्वास अनि समर्पण छ । सत्य र न्यायको बाटोमा लगेर शान्ति मार्गलाई सफल बनाइदिनुहोला ।’ करुणामय बुद्धको ध्येय यस्तै थियो ।
आखिर म किन फरक छु सबैभन्दा ? ‘सबैलाई भलो गर्ने विचार !’ के यो गलत हो ? सबैजना भन्छन् “अरूको राम्रो गर्ने विचार बन्द गर । आफू भलो त जगत भलो” तर बुद्ध भन्दछन् “यो त निजि स्वार्थी कुरा भयो, यसलाई अँगाल्नै हुन्न । यसले त झन् सबैलाई विलखबन्दमा पार्छ । यो विचारै अधुरो विचार हो । दुनियाँमा पागल बढी छन् त्यसैले राम्रो विचार गर्नेलाई एक्ल्याउँछन् । सारा समाज पागलपनमा, हत्या हिँसामा दगुरिरहेछन् । सबै गएको बाटो सबै राम्रै गन्तव्यमा नपुग्न पनि सक्छ । अवश्य नै राम्रो मार्गमा लाग्न हामीले जतिसुकै कठिन परिस्थितिमा पनि आफूलाई कति पनि विचलित पार्नु हुँदैन । सारा संसारमा धर्म स्थापना गर्नै पर्छ । त्यो एकाकार गर्ने धर्म भनेकै शान्ति नै हो । शान्तिले नै सबैलाई परम् आनन्दित तुल्याउँछ । सबैलाई मेलमिलाप गराउँछ । यही शान्ति नै हाम्रो लक्ष हो ।”
एक समय यस्तो थियोे कि अलिकति जानेका बेला आफूजति जान्ने कोही छैन जस्तो लाग्थ्यो । एक प्रकारको घमण्ड थियो । जब जान्दै गएँ । जिन्दगी त महासागर अनि आकाशझैँ विशाल पो रहेछ । मेरो घमण्ड त सियोको टुप्पो जति पनि रहेनछ । यसरी जब बोध हुँदै जान्छ । तपाईंको अहँ, इगो अनि ‘म’ को विलय भइसकेको हुन्छ । यही विलयले नै तपाईंले सिक्न बाँकी रहेका अथाह कुराहरूको वास्तविकताको तपाईंलाई शिक्षा प्राप्त हुन्छ । अनि बल्ल तपाईंको पढाइ सुरु हुन्छ । यो जिन्दगीको मध्य भाग हो । अझ परिपक्व भएर बोद्धिकताले विद्वान हुन त अझै बाँकी छ । यही खुड्किलाबाट बढेर उक्लिँदै तपाईंले सबैलाई चढान गर्न सिकाउँदै जानु छ । यही नै त हो कर्तव्य भनेको । बुद्धको बोध यही त हो ।
भावनामा बग्ने मान्छे, अरूको दुःखमा संवेदनशील हुने मान्छे धेरै असल हुन्छन् न कि ऊ उदासीनको रोगले ग्रस्त ! तर यहाँ समाजले उसलाई समाजअनुसार नचलेको ठानी उदासीनको औषधी खुवाइरहेछन् । कसैको दुःखप्रति सहानुभूति जनाउने जस्तो राम्रो कार्य अरू के होला ? बुद्धले पनि यही पीरले आफ्नो ऊर्जालाई ध्यानबाट समाधानको बाटोमा लगेका थिए ।
सुखमा हाँस्न त सबै हाँस्छन् । अरूको दुःखमा हाँस्ने त बैरी नै हुन् । यो जति नराम्रो बानी अरू छैन यो संसारमा । यो खिसीट्युरी गर्ने बानी हामीले बेलैमा हटाउनु जरूरी छ । घडीको सुइ झैँ घुम्छ समय, एकदिन तपाईंको पनि त्यो दिन आउन सक्छ । बरु योग गर्ने व्यक्तिले हाँसेर ऊर्जा लिएसरि हामी आफ्ना दुःखमा पनि हाँसेर त्यसलाई नैरास्य नभइकन, हतास नभइकन, स्खलित नभइकन, होशमा जीवनयात्रा सहजसँग डो¥याउन सक्छौँ । यसले जस्तोसुकै परिस्थितिमा पनि समाधान पहिल्याउन सहज हुन्छ । यस्तो समयमा पनि वुद्धले झैँ सही सोच ल्याउन सक्छौँ । हामीले पीडितलाई सेवा गरेर हँसाउने असल कर्मको उच्च आदर्शात्मक संस्कृतिको विकास गर्नै पर्छ ।
हामी मरेर कहिँ जाँदैनौँ । आत्मा अमर छ । शरीर नश्वर छ । नेपाल मेरो सगरमाथा केन्द्रविन्दु भएको विश्वको शिखरमा हिमपर्वतशृङ्खलाको काखमा छ । जहाँ बुद्ध अनि शिवले महाध्यान अनि महातपबाट तपस्या सफल गरेका थिए । यो ठूलो शान्तिको अध्यात्मिक तपोभूमिले हामीलाई धेरै ठूलो अनि धेरै उचाइमा गर्व गर्न लायक बनाइदिएको छ ।
एक्लो यो शब्द काँचो छ । समूह शब्द पाको छ । त्यसैले त बुद्ध भन्दछन् “संघम् शरणम् गच्छामी !!”। एक्लो हामी हुँदै होइनौँ किनकि हामी प्रत्येक व्यक्तिको शरीर अर्बौ खर्बौँ कोषहरूको संरचनाले बनेको छ । ती अर्बौ खर्बौ एक कोषीय जीवहरू हाम्रो शरीरमा सकारात्मक र नकारात्मक भावना बहाउन तल्लिन छन् । त्यस्तै ब्रह्माण्डमा व्याप्त प्रत्येक ऊर्जाहरूबाट हामी तरङ्गित भइरहेका हुन्छौँ । जब नकारात्मकले जित्छ हामी हार्र्छौँ अनि निराश हुन्छौँ । जब सकारात्मकले जित्छ हामी उत्साहित हुन्छौँ, हामी सफल हुन्छौँ । यही हारजित व्ल्याक एण्ड ह्वाइट रहेछ यो जीवन । आधा सच्चा आधा झूट । राम्रो मात्रै हेरेमा उत्साह जाग्छ । नराम्रो मात्र देखेमा जाँगर मर्छ , उदासीनमा डुब्छ । यही दुईलाई जसले सदुपयोग गर्छ ऊ वीतरागी भएर संन्तीय बुद्ध बन्छ ।
यी तथ्यहरू बुद्धका स्वतन्त्र बनाउने गहिरो र बोधमय विचार हुन् ः— “हामीले जुन विचार गर्न पाउँछौँ त्यसलाई जति सुकै ठूलो धर्मभीरुले मन्त्र घोकाए पनि परिवर्तन गर्न सक्दैन । स्वतन्त्र छौ तिमीले जे देख्छौ त्यो अनुभव गर । जे अनुभव गर्छौ त्यसलाई परख गर, त्यसलाई कुनै पनि सिद्धान्तले नहेर । कुनै पनि कुराले लेपन नगर । आफूले जस्तो देख्छौ त्यसरी नै परख गर । अनि जे नतिजा आउँछ त्यसलाई गहिरोसँग मनन गर । मैले भनेकै कुरा पनि त्यत्तिकै अनुशरण नगर । यसैबाट सच्चा क्रान्तिको सुरुवात हुन्छ । तब तिमीलाई परिवर्तन गर्न कसैले अनि कुनै शक्तिले पनि रोक्न सक्दैन । तिमीलाई कसैले हिँसा गर तिमीलाई फाइदा हुन्छ भनेर उक्साउनै सक्दैन, तिमी खुलेआम हिँसा विरुद्धको शान्ति अभियानमा सामेल भइसकेको हुनेछौ ।” यही नै हो बुद्धका बचन “धर्मम् शरणम् गच्छामी !”
अरूलाई आफ्नो सम्पत्तिको बखान गर्दा सापटी माग्नेको लाइन लाग्छ । अरूलाई आफ्नो जागिरको बखान गर्दा काम मिलाउन दबाब अनि चाकडी बढ्न थाल्छ । यो संसार यस्तै छ जब पैसा हुँदैन, कसैले पनि वास्ता गर्न चाहँदैन । जब गरेको जागिर पनि हुँदैन सबैजनाले खिसीट्युरी गरी कटाक्ष हान्दै भन्छन्, “ला ! अब काम छैन तपाईंको ? अब, बेकारमा भएको जागिर किन छोड्नु भो ? हरे ! किन यस्तरी आफूलाई बिरामी पारी राखेको ?” अलिकति केही कमी भएपछि यो संसारमा हेपाहाहरूको कमी हुँदैन । त्यसैले त यी भन्नेहरूलाई कसैले केही पनि गर्न सक्दैन । गधा, सानो छोरो र बुढो बाबुको लामो यात्रामा जसरी हिँडे पनि कटाक्ष गरी खिसीट्युरी गर्नेको कमी हुँदैन यो पापी संसारमा । यो बेकारीहरूको कुरालाई पन्छाएर आफू सक्दो आफ्नो असल काममा दृढ भई राम्रोसँग जीवनयात्रा डो¥याउनु नै बुद्धिमानी हुन्छ । बेकारका कुरालाई एक कानले सुनेर अर्को कानले उडाइदिनु पर्छ न कि मैदान बनाउने हो ।
बुद्धले भनेका छन् चाहे त्यो विद्वताकै बखान किन नहोस् तपाईं जतिसुकै वरिष्ठ भए पनि मिलोस् नमिलोस् अन्य जो सुकैले पनि प्रतिक्रिया दिएर खुट्टा तानिसकेपछि आफू ठूलो भएकामा गर्व गर्छन् “मेरो हात तिम्रोभन्दा एक कदम माथि छ त्यसैले म तिमीभन्दा धेरै ठूलो छु । त्यसैले त सबैभन्दा विद्वान म नै हुँ ।” तर यसको विपरीत जब तपाईंलाई आफूलाई लाग्नेछ ‘यो संसार त मैले सोचेभन्दा अत्यन्तै ठूलो पो ररहेछ ।’ ‘वास्तबमा म सबभन्दा तुच्छ अनि अशिक्षित अज्ञानी पो रहेछु !!!’ वल्ल तपाईंको शिक्षातिरको यात्रा अनि वरिष्ठतातिरको यात्राको सुरुवात हुनेछ ।
बच्चाहरू तथानाम गाली गरी झगडा गरिरहँदा बुद्धका अगाडि झस्किए तर बुद्धले बच्चाहरूका अभिभावकलाई बोलाई पहिले उनीहरूले बोलीवचन सुधारे अरू केही गर्न नपर्ने बुद्धद्वारा दिएको दृष्टान्त अत्यन्तै मननीय छ । यसरी गालीका बारे बच्चासँग गरेको असल व्यवहार, गालीका बारे बदमासका कुरा ग्रहण नगर्दा उल्टै उसैले बुद्धसँग माफी माग्न वाध्य भएका कुराहरू अत्यन्तै मननीय छन् । यस्तो एक पटकमात्र होइन उनले थुप्रै जनामा यसरी आस्था उल्र्याइदिए । बुद्धको शुद्धको शक्ति यस्तो थियो कि उनको असल प्रवृत्तिले नै सबैलाई सबभन्दा सफा, स्वच्छ , अनुशासित पारिदिन्थे । बुद्धको गुण यस्तो थियो कि आफूलाई सताउनजति सताएर पराकाष्ठासम्म छुद्र व्यवहार गर्नेहरूसँग पनि शान्त बसिदिँदा उनीहरूलाई नै बुद्धको तेज अनि कान्तिले मुग्ध पारी बुद्धकै शरणमा आउन वाध्य पारिदिन्थे ।
हो ! हो !! हो !!! यदि मैले असल नै गरेको छैन भन्छौ भने पनि म माफी माग्न चाहन्छु कि यदि मैले माफी मागेँ भने विश्वमा शान्ति छाउँछ भने म माफी माग्न तयार छु . . . अवश्य नै यस्तो त्यागी व्यक्ति आवश्यक छ कि जसको कुनै खोट नभए पनि उसैले गलत गरेको हुँ , माफी दिनुहोला भन्दा सारा विश्वमा शान्ति छाउँछ , कलरव गुन्जन्छ भने यो पहलकदमी गर्ने महामानव बुद्धसिवाय अरू को हुन सक्छ ? हो ! यस्तै महान् बुद्ध व्यक्तिको आज खाँचो छ , बुद्ध आज पनि हामीलाई चाहिन्छ । आकाशको तारा पनि सूर्य हो । प्रकाश दिने आशा भएर पनि टाढिएको छ । रातमा अलिअलि जगमग चमक दिन्छ । हेर्दा तृष्णामय सागरबाट भागेजस्तो भए पनि बुद्धत्त्वको तेज अवलोकन गर्दा यस्तै टिलपिलटिलपिल देखिन्छ तर त्यो तेजकोे अनि तरङ्गको प्रभाव ब्रह्माण्डमा सर्वव्याप्त छ । जय ! महामानव बुद्ध ! तिम्रो अत्यधिक चहकयुक्त ताराजस्तो गरिमाका अगाडि हामी सबै सधैँसधैँ नतमस्तक भइरहने छौँ । सर्वत्र शान्ति छाओस् । बुद्धम् शरणम् गच्छामी !!!
२०८१ वैशाख १०
आज बुद्ध जयन्ती २५६८औँ बुद्ध जयन्तीको शुभकामनासहित
बिजु सुवेदी विजय
Comments
Post a Comment