नभेटेको माया नमेटिने रहेछ...
नभेटेको माया नमेटिने रहेछ...
अझै फोहोरी खेल् नखेल आफन्ती सामन्ती भनाउँदाहरु
तिमीहरुले दिमागमा जहर घोले पनि नभेटेको माया नमेटिने रहेछ
नभेटेको माया नमेटिने रहेछ...
तिमीहरुको छिटा त्यसमा कदापि लाग्दै लाग्दैन
नभेटेको माया जति बेदागी शुद्ध माया कतै पनि भेटेको छैन
माया के हो प्रेम के हो, मुटु भए पो थाहा हुन्छ
भित्रि मन नभएपछि आँखा भएर पनि अन्धो हुन्छ
नभेटेको माया नमेटिने रहेछ...
धेरै फोहोर नपार कायर भई अझै धेरै सताउनेहरु
एकपटक आफ्नो लागि होइन अरुका लागि बाँची हेर
आलो काँचो तिमीहरुको माया हाम्रो पाको मायामा खाक नभइजाओस्
संसार आफ्ना लागि मात्र हुँदैन संसारै आफन्त हुन्छ
भित्रसम्म छुने त्यो अमृतै पो हुन्छ, जलभन्दा पवित्र हुन्छ
नभेटेको माया नमेटिने रहेछ...
२०८१ जेठ ११
बिजु सुवेदी विजय
ं
Comments
Post a Comment