कथा : रिमोट टेलीरोबोटिक शल्यक्रिया
कथा : रिमोट टेलीरोबोटिक
शल्यक्रिया
१: “६०
मिलिसेकेन्डको दूरी”
एथेन्सको अस्पताल बाहिर
बिहानको घाम थियो, तर भित्र समय अलिक फरक गतिमा बगिरहेको थियो । एउटा कोठा —सफा, चिसो, अत्यधिक नियन्त्रित । त्यहाँ ६२ वर्षका एलेक्सान्ड्रोस ढल्किरहेका थिए । उनको शरीर ग्रीसमा थियो, तर
उनको जीवनको निर्णय लिने हात… लण्डनमा ।
हजारौँ किलोमिटर टाढा , लण्डनको एउटा उच्च प्रविधिको कक्षमा, Prokar Dasgupta (प्रोकर दासगुप्ता) आफ्नो कन्सोल अगाडि शान्त बसेका थिए । उनको अगाडि स्क्रीनहरू थिए — मात्र स्क्रिन होइन, एलेक्सान्ड्रोसको शरीरभित्रको live (लाइभ) संसार ।
रोबोटिक हातहरू ग्रीसमा तयार
थिए । स्थिर । निस्पन्द । मानौँ
उनीहरूलाई आत्मा चाहिएको थियो ।
त्यो आत्मा अब इन्टरनेटबाट
आउने थियो ।
“Latency stable ( विलम्बता स्थिर ) ?” उनले सोधे ।
“59
milliseconds (५९ मिलिसेकेन्ड),” एक
इन्जिनियरले जवाफ दियो ।
६० मिलिसेकेन्ड ।
मान
प्रतिक्रिया भन्दा पनि सानो अन्तर ।
तर
सर्जरीमा — यो सानो समय पनि जीवन र मृत्युको सीमारेखा हो ।
कन्सोलमा
बसेर उनले आफ्नो औँलाहरू हल्का चलाए ।
ग्रीसमा—रोबोटिक
ब्लेडले सटीक रूपमा चिर्यो ।
त्यो क्षण अचम्मको थियो ।
मानव
शरीर—मेसिन—इन्टरनेट—तीनै एउटै चक्रमा बाँधिएका ।
एलेक्सान्ड्रोसलाई थाहा थिएन—उनको
शरीरभित्रको युद्ध कसले लडिरहेको छ ।
मानिस ?
मेसिन ?
वा
डेटा ?
सर्जरीको बीचमा अचानक एउटा
सानो झट्का आयो ।
“Packet
loss detected (प्याकेट हराएको पत्ता लाग्यो) .”
कोठा मौन भयो ।
त्यो शब्द सामान्य टेक्निकल
समस्या जस्तो लाग्छ ।
तर यहाँ—त्यो
मृत्युको अर्को नाम हुन सक्छ ।
लण्डनमा बसेका सर्जनले आफ्नो
हात रोक्न सक्दैनन् ।
रोबोटले आदेश पर्खिरहेको
थियो ।
ग्रीसमा, backup surgeon तयार थिए—तर intervention (हस्तक्षेप) गर्न केही
सेकेन्ड लाग्छ ।
र ती
सेकेन्ड… कहिलेकाहीँ
धेरै ढिलो हुन्छ ।
“Switch
to 5G backup. Now. (5G ब्याकअपमा स्विच गर्नुहोस् ।
अब) ”
नेटवर्क फेरियो ।
स्क्रिनमा image एक क्षणका लागि flicker (झिलमिलाहट) भयो—
तर तुरुन्त स्थिर भयो ।
“Latency
restored: 61 milliseconds (विलम्बता पुनर्स्थापित: ६१
मिलिसेकेन्ड).”
सर्जनले गहिरो सास फेरे ।
त्यो सासले एउटा सत्य देखायो —
यो प्रविधि शक्तिशाली छ, तर पूर्ण भरोसायोग्य छैन ।
काट, सिलाई,
precision — (परिशुद्धता) सबै केही algorithm (एल्गोरिदम) जस्तो भयो ।
तर algorithm (एल्गोरिदम) ले भावना बुझ्दैन ।
गल्ती
गर्छ भने—त्यो माफी माग्दैन ।
सर्जरी सफल भयो ।
एलेक्सान्ड्रोस केही दिनपछि
उठे ।
उनी बाँचिरहेका थिए ।
तर उनको शरीरभित्रको घाउ
मात्र निको हुँदै थिएन —
मानव सभ्यताको एउटा नयाँ
अध्याय पनि खुल्दै थियो ।
लण्डनमा, Prokar Dasgupta (प्रोकर
दासगुप्ता) कन्सोलबाट उठे ।
उनले केही extraordinary (असाधारण) गरे ।
तर प्रश्न अझै बाँकी थियो —
के अब सर्जनको उपस्थिति
आवश्यक छैन ?
के
इन्टरनेटले जीवन नियन्त्रण गर्न सक्छ ?
र
सबैभन्दा खतरनाक —
के हामी प्रविधिलाई छिटो
विश्वास गरिरहेका छौँ ?
...२: “मेसिनको
स्पर्श”...
एथेन्सको सर्जिकल कक्ष अझै
त्यहीँ थियो — निष्क्रिय जस्तो देखिने, तर भित्र असंख्य सिग्नलहरूको
प्रवाहले जीवित ।
एलेक्सान्ड्रोस
अब होसमा थिए, तर
उनको शरीरभित्र केही घण्टा अघि भएको युद्धको सम्झना उनीसँग थिएन ।
तर त्यो युद्ध अझै सकिएको
थिएन ।
लण्डनमा, Prokar Dasgupta (प्रोकर
दासगुप्ता)फेरि कन्सोल अगाडि बसे ।
यो
पटक सर्जरी थिएन — यो परीक्षण थियो ।
“System
recalibration, ( प्रणाली पुन: क्यालिब्रेसन)” इन्जिनियरले भने ।
स्क्रिनमा 3D दृश्य खुल्यो—मानौँ मानव शरीर होइन, एउटा जटिल मेसिनको नक्सा हो ।
प्रत्येक
नस, प्रत्येक
कोशिकाहरू — pixel र data मा रूपान्तरण भएको ।
उनले आफ्नो औँलाहरू कन्सोलमा
राखे ।
त्यो स्पर्श वास्तविक थिएन ।
तर प्रभाव—पूर्ण रूपमा वास्तविक ।
ग्रीसमा रहेको robotic arms (रोबोट औजार) ले सटीक रूपमा movement (चाल) दोहोर्यायो ।
यो प्रविधिको मूल कुरा यही
हो :
मानव आदेश → digital signal (डिजिटल
सिग्नल) → network (नेटवर्क)
→ robotic execution (रोबोट
कार्यान्वयन)
बीचमा
कुनै भावना छैन ।
कुनै hesitation (हिचकिचाहट) छैन ।
केवल precision(परिशुद्धता) ।
तर यहीँ समस्या सुरु हुन्छ ।
“Doctor,
tactile feedback slightly delayed, (डाक्टर, स्पर्श प्रतिक्रिया अलि
ढिलो भयो)” एक टेक्निसियनले भन्यो ।
स्पर्शको
अनुभूति — सर्जरीको सबैभन्दा महत्वपूर्ण पक्ष —
अब data (डाटा) मा रूपान्तरण भएर
फर्किरहेको थियो ।
तर data (डाटा) कहिल्यै पूर्ण हुँदैन ।
एथेन्समा, local surgeon (स्थानीय
सर्जन) मारिया सतर्क थिइन् ।
उनको
भूमिका स्पष्ट थियो —
यदि केही गलत भयो भने, उनी तुरुन्त control
(नियन्त्रण) लिन्छिन् ।
तर प्रश्न गहिरो थियो —
उनी “backup (ब्याकअप)” मात्र हुन् ?
वा
वास्तविक सर्जन ?
“Latency
spike —72
milliseconds (लेटन्सी
स्पाइक—७२
मिलिसेकेन्ड).”
कोठा फेरि चिसियो ।
६० ms बाट ७२ ms—सामान्य
व्यक्तिका लागि केही होइन ।
तर
सर्जरीमा — यो deviation (विचलन) हो ।
risk (जोखिम) हो ।
Prokar
Dasgupta (प्रोकर दासगुप्ता)ले
आफ्नो movement slow (ढिलो चाल) गरे ।
उनले बुझिसकेका थिए —
speed (गति) होइन , control (नियन्त्रण) महत्वपूर्ण हो ।
3D
HD क्यामेराले सबै देखाइरहेको थियो।
तर एउटा कुरा लुकाइरहेको
थियो —
मानव शरीरको “अनिश्चितता”
कुनै algorithm (एल्गोरिदम) ले predict (भविष्यवाणी) गर्न नसक्ने सानो variation (भिन्नता)
।
“Switching
to predictive assist mode, (भविष्यसूचक सहायता मोडमा
स्विच गर्दै)” इन्जिनियरले घोषणा गर्यो ।
अब system (प्रणाली)
ले surgeon
(सर्जन) को movement (चाल) अनुमान गर्न थाल्यो ।
यो सहयोग
थियो —
तर
जोखिम पनि ।
यदि अनुमान गलत भयो भने ?
रोबोटले movement (मुभ्मेन्ट)
गर्यो —
ठीक
त्यस्तै, जस्तो system (प्रणाली) ले अनुमान गरेको थियो ।
एक सेकेन्डका लागि — सबै perfect (उत्कृष्ट) थियो ।
तर त्यसपछि…
“Unexpected
tissue resistance. (अप्रत्याशित कोशिकाहरू
प्रतिरोध)”
त्यो सानो deviation (विचलन) थियो ।
तर
त्यो नै खतरनाक थियो ।
मारियाले तुरुन्त आफ्नो हात
अगाडि बढाइन् ।
“Manual
override ready. (म्यानुअल
ओभरराइड तयार छ)”
यो क्षणले सत्य उजागर गर्यो —
प्रविधि
शक्तिशाली छ ।
तर
अन्तिम जिम्मेवारी अझै मानवकै हो ।
लण्डनमा बसेका सर्जनले कन्सोलबाट हात हटाए ।
“Let
her take over (उसलाई
सम्हाल्न दिनुहोस्).”
यो निर्णय सजिलो थिएन ।
तर यो नै वास्तविक
बुद्धिमत्ता थियो —
कहिले नियन्त्रण छोड्ने भन्ने जान्नु ।
ग्रीसमा, मारियाले सर्जरी सम्हालिन् ।
अब कुनै latency (विलम्बता) थिएन ।
कुनै network (नेटवर्क)
थिएन ।
केवल
मानव — र शरीर ।
केही मिनेटपछि, सबै स्थिर भयो ।
सिस्टमले फेरि control (नियन्त्रण) लिन सक्थ्यो ।
तर यसपटक—कसैले
हतार गरेन ।
३: “दूरीको अन्त्य कि भ्रम ?”
एथेन्सको
अस्पताल अब सामान्य जस्तो देखिन थालेको थियो ।
मिडियाले
केही दिन हल्ला गर्यो — “भविष्यको
चिकित्सा”, “सीमाहीन
उपचार” , “मानव
र मेसिनको नयाँ युग” ।
तर भित्र—डाक्टरहरू
उत्साहित भन्दा बढी सतर्क थिए ।
लण्डनमा, Prokar Dasgupta (प्रोकर
दासगुप्ता)लाई अब नयाँ प्रस्ताव आयो ।
“Rural
Greece. No specialist available (ग्रामीण ग्रीस। कुनै
विशेषज्ञ उपलब्ध छैन ।).”
त्यो एउटा सानो टापु थियो — नक्सामा देखिने तर प्रणालीले बिर्सिएको ठाउँ ।
“Can we handle it remotely ? (के हामी यसलाई टाढाबाट ह्यान्डल गर्न सक्छौं ?)
”
प्रश्न सीधा थियो ।
उत्तर ?
त्यति
सरल थिएन ।
यो प्रविधिको सबैभन्दा ठूलो
दाबी यही हो —
जहाँ विशेषज्ञ छैन, त्यहाँ पनि उपचार सम्भव हुन्छ ।
तर त्यो दाबी कागजमा राम्रो
देखिन्छ ।
वास्तविकतामा — त्यो निर्भर छ:
·
नेटवर्क
कस्तो छ ?
·
·
स्थानीय
टोली कत्तिको सक्षम छ ?
·
·
failure (असफलता) हुँदा के हुन्छ ?
·
टापुमा बिरामी थियो — गम्भीर अवस्था ।.
यात्रा गरेर शहर ल्याउन समय थिएन ।
त्यो नै technology (प्रविधि)
को justification (औचित्य) बन्यो ।
“Proceed (अगाडि
बढ्नुहोस्) ,” आदेश आयो ।
लण्डन र टापु फेरि जोडिए — fiber, satellite, backup lines(फाइबर, उपग्रह, ब्याकअप लाइनहरू) ।
स्क्रिनमा बिरामी देखियो ।
यो पटक—कुनै advanced hospital (उन्नत
अस्पताल) थिएन ।
साधारण setup।
(सेटअप।) सीमित उपकरण ।
सर्जरी सुरु भयो ।
रोबोटले काम गर्यो ।
सर्जनले निर्देशन दिए ।
सबै कुरा textbook (पाठ्यपुस्तक)
जस्तो चलिरहेको थियो ।
तर यहाँ एउटा subtle (सूक्ष्म)
परिवर्तन थियो—
यो केवल
सर्जरी थिएन,
यो “accessibility test (पहुँच परीक्षण)” थियो ।
केही मिनेटपछि —
“Signal
fluctuation. (संकेत
अस्थिरता)”
यो शब्द फेरि आयो ।
तर यो पटक, यो Gibraltar (जिब्राल्टर) वा Athens (एथेन्स) जस्तो stable system (स्थिर
प्रणाली) थिएन ।
यो rural network (ग्रामीण
नेटवर्क) थियो ।
Latency (विलम्बता)
बढ्यो ।
65… 78… 92 milliseconds ।(६५… ७८… ९२ मिलिसेकेन्ड ।)
लण्डनमा बसेका Prokar Dasgupta (प्रोकर
दासगुप्ता)ले स्क्रिनमा हेरे ।
यो त्यो सीमा नजिक थियो—जहाँ control
unreliable (अविश्वसनीय नियन्त्रण) हुन्छ ।
“Should
we abort? (के
हामीले परित्याग गर्नुपर्छ ?)”
यो नै critical (आलोचनात्मक) प्रश्न हो —
जुन
कुनै पनि brochure (पुस्तिका) वा Linked In पोस्टमा लेखिँदैन ।
Abort (रद्द) गर्दा—बिरामीको
अवस्था बिग्रिन सक्छ ।
Continue (निरन्तरता) गर्दा — control (नियन्त्रण) हराउन सक्छ ।
यो नै breakthrough को वास्तविक मूल्य हो —
तपाईंले
दूरी हटाउनुहुन्छ,
तर
जोखिम फैलाउनुहुन्छ ।
स्थानीय
नर्सहरूले सास रोकेका थिए ।
उनीहरू backup surgeon (ब्याकअप सर्जन) होइनन्—तर अब उनीहरू नै अन्तिम लाइन हुन् ।
“Stabilize
network, (नेटवर्क
स्थिर गर्नुहोस्)” आदेश आयो ।
Satellite
link activate (स्याटेलाइट
लिङ्क सक्रिय) भयो ।
केही सेकेन्डको लागि — सबै freeze (फ्रिज) भयो ।
रोबोट रोकियो ।
समय पनि रोकिएको जस्तो
लाग्यो ।
त्यसपछि—signal (संकेत) फर्कियो ।
Latency
70 (विलम्बता ७०) मा झर्यो ।
सर्जरी जारी रह्यो ।
केही समयपछि — प्रक्रिया सफल भयो ।
बिरामी बाँच्यो ।
मिडियाले फेरि headline (शीर्षक) बनायो—
“Remote
Island Saved by London Surgeon. (लन्डन सर्जनद्वारा बचाइएको
दुर्गम टापु)”
तर भित्रको सत्य फरक थियो —
यो सफलता थियो ।
तर यो certainty (निश्चितता)
थिएन ।
४: “त्रुटिको मूल्य”
एथेन्समा रात परेको थियो ।
अस्पतालको
झ्यालबाहिर शहर निदाइरहेको थियो, तर भित्र—मेसिनहरू अझै जागा थिए ।
यसपटक केस routine (सधैँजस्तो) थिएन ।
यो परीक्षण पनि थिएन ।
यो जोखिम थियो — जानीजानी लिइएको ।
लण्डनमा, Prokar Dasgupta (प्रोकर दासगुप्ता)फेरि कन्सोलमा थिए ।
तर
उनको अनुहारमा पहिलेको जस्तो स्थिरता थिएन ।
“System
fully secure ? (प्रणाली
पूर्ण रूपमा सुरक्षित छ ?)” उनले सोधे ।
इन्जिनियरले सिधा उत्तर दिएन ।
“Encrypted.
But… nothing is unbreakable. (इन्क्रिप्टेड। तर... केहि
पनि टुट्ने किसिमको छैन ।) ”
त्यो “but” (तर) नै समस्या हो ।
सर्जरी सुरु भयो ।
सबै कुरा
सामान्य जस्तो लाग्यो —
precise movement, steady feed, controlled environment। (सटीक चाल , स्थिर
फिड , नियन्त्रित वातावरण ।)
तर वास्तविक समस्या कहिल्यै
घोषणा गरेर आउँदैन ।
अचानक —
“Unknown
access attempt detected (अज्ञात पहुँच प्रयास पत्ता
लाग्यो ।).”
कोठा चुप लाग्यो ।
यो network
glitch (नेटवर्क त्रुटि) होइन ।
यो
सम्भावित आक्रमण थियो ।
स्क्रिनमा सानो delay (ढिलाइ) आयो ।
movement (चाल) एक fraction (अंश) ढिला भयो ।
रोबोटले
आदेश पालना गर्यो—
तर perfect (उत्तम) समयमै होइन ।
त्यो सानो deviation (विचलन) ले tissue (छाला) मा अनावश्यक damage
(क्षति) गर्यो ।
एथेन्समा local team (स्थानीय
टोली) चिच्यायो —
“Time ! Hold it !” (समय ! यसलाई समात्नुहोस् ! ) "
लण्डनमा बसेका Prokar
Dasgupta (प्रोकर दासगुप्ता)ले
तुरुन्त control (नियन्त्रण) रोक्न खोजे ।
तर त्यो क्षणले एउटा कठोर
सत्य देखायो —
जब control इन्टरनेटमा हुन्छ,
तपाईं पूर्ण रूपमा control मा हुनुहुन्न ।
“Switch
to manual ! NOW ! (म्यानुअलमा स्विच
गर्नुहोस्! अहिले नै !)”
मारियाले तुरुन्त intervene (हस्तक्षेप)
गरिन् ।
अब रोबोट freeze (फ्रिज) भयो ।
मानव हात अघि बढ्यो ।
केही मिनेटसम्म — यो pure human surgery (नितान्त मानव शल्यक्रिया) बन्यो ।
कुनै latency (विलम्बता) छैन ।
कुनै algorithm (एल्गोरिदम) छैन ।
केवल skill (क्षमता) — र pressure(दबाब) ।
सिस्टम फेरि stabilize (स्थिर) भयो ।
Threat
isolate गरियो । (थ्रेट अलग्याइयो)
तर damage (क्षति) भइसकेको थियो — manageable, (व्यवस्थापन
गर्न सकिने) , तर real
(वास्तविक) ।
सर्जरी अन्ततः सफल घोषित
गरियो ।
बिरामी बच्यो ।
तर यसपटक कुनै celebration (उत्सव) भएन ।
लण्डनमा silence (मौनता) थियो ।
“Who’s responsible ? (को जिम्मेबार
छ ? )”
कसैले
सोध्यो ।
उत्तर कसैसँग थिएन ।
·
सर्जन ?
·
·
system engineer ? (प्रणाली इन्जिनियर ?)
·
·
network provider ? (नेटवर्क प्रदायक ?)
·
·
hospital ? (अस्पताल ?)
·
यो नै प्रविधिको सबैभन्दा
खतरनाक भाग हो —
जब सबैजना
जोडिन्छन् ,
जिम्मेवारी
टुक्रिन्छ ।
केही दिनपछि रिपोर्ट आयो —
“Minor
complication. Patient stable (सामान्य जटिलता । बिरामी
स्थिर छ ।).”
मिडियाले यसलाई ठूलो मुद्दा
बनाएन ।
तर भित्र—सबैले
बुझेका थिए —
यो failure (असफलता) को trailer (ट्रेलर) मात्र हो ।
५: “सत्यको स्थान”
एथेन्सको
अस्पतालमा अब शान्ति थियो—त्यो खालको शान्ति, जुन सतहमा मात्र हुन्छ ।
भित्र
भने एउटा प्रश्न लगातार घुमिरहेको थियो —
“के हामी वास्तवमै यहाँ केही नयाँ गरिरहेका छौं… वा केवल अरूको प्रयोग दोहोर्याइरहेका छौं ?”
एक सानो सम्मेलन कक्षमा बैठक
बस्यो ।
स्क्रिनमा युरोपका विभिन्न
केसहरू देखाइँदै थिए —
UK , Spain , Gibraltar ,
Italy।
(बेलायत , स्पेन , जिब्राल्टर , इटाली)
ग्रीस ?
खाली ।
“Why
is there no official record here? (यहाँ किन कुनै आधिकारिक
रेकर्ड छैन ?)” एक डाक्टरले सोधे ।
कसैले तुरुन्त जवाफ दिएन ।
लण्डनबाट जोडिएका Prokar
Dasgupta (प्रोकर दासगुप्ता)ले
सिधै कुरा गरे —
“Because
what you’re doing… is still not fully validated (किनभने
तपाईं के गरिरहनुभएको छ... अझै पनि पूर्ण रूपमा प्रमाणित भएको छैन... ).”
त्यो वाक्य सरल थियो, तर प्रभाव भारी ।
ग्रीसमा गरिएको केसहरू —
त्यो “breakthrough (सफलता)” होइन,
त्यो “extension (विस्तार)” थियो ।
अरू
ठाउँमा प्रमाणित भएको प्रविधि —
यहाँ
परीक्षण भइरहेको थियो ।
मारियाले प्रतिवाद गरिन् —
“But
the patient survived (तर बिरामी बाँचे ।).”
यो तर्क
सामान्य हो ।
तर
अपूर्ण ।
Prokar
Dasgupta (प्रोकर दासगुप्ता)ले
उत्तर दिए —
“Survival doesn’t equal validation(बाँच्नु भनेको प्रमाणीकरण बराबर होइन । ).”
कोठा फेरि मौन भयो।
यो नै critical flaw (महत्त्वपूर्ण
त्रुटि) हो —
जसलाई
सबैले बेवास्ता गर्न चाहन्थे ।
ग्रीसमा भएको घटना —
·
पूर्ण
रूपमा documented (दस्तावेज गरिएको ) छैन ।
·
·
controlled trial (नियन्त्रित परीक्षण ) होइन ।
·
·
repeatability (दोहोर्याउने क्षमता ) प्रमाणित छैन ।
·
तर मिडियाले यसलाई “future of medicine (चिकित्साको
भविष्य )” भनेर बेच्यो ।
सत्य के हो भने —
यो प्रविधि ग्रीसमा जन्मिएको
होइन ।
यो imported (आयात
गरिएको) थियो ।
त्यसैले समस्या अझ गहिरो हुन्छ —
यदि failure (असफलता) भयो भने —
·
जिम्मेवारी
कसको ?
·
·
credit (क्रेडिट) कसले लिन्छ ?
·
·
blame (दोष) कसले बोक्छ ?
·
“Are we leading… or just following (के हामी नेतृत्व गरिरहेका छौं... वा पछ्याइरहेका मात्र छौं ।) ”
मारियाले
अन्ततः सोधिन् ।
यो प्रश्न सर्जरी भन्दा ठूलो
थियो ।
लण्डनमा बसेका Prokar Dasgupta (प्रोकर
दासगुप्ता)केही सेकेन्ड चुप रहे ।
त्यसपछि उनले भने —
“You’re
testing the edge. But don’t confuse that with owning the technology.” (तपाईं किनाराको
परीक्षण गर्दै हुनुहुन्छ तर यसलाई प्रविधिको स्वामित्वसँग भ्रमित नहुनुहोस् ।)
यो वाक्यले सबै कुरा स्पष्ट
गर्यो —
ग्रीसको भूमिका —
·
innovator (आविष्कारक) होइन ।
·
·
adopter (ग्रहणकर्ता) हो ।
·
तर adopter (ग्रहणकर्ता)
हुनु गलत होइन ।
गल्ती के हो भने —
आफ्नो सीमालाई नबुझ्नु ।
केही समयपछि , रिपोर्ट तयार गरियो ।
शीर्षक सादा थियो —
“Experimental
Remote Surgical Assistance – Athens Case Study” (प्रयोगात्मक
रिमोट सर्जिकल सहायता - एथेन्स केस स्टडी)
“Breakthrough (सफलता)” शब्द हटाइयो ।
“Future (भविष्य)” शब्द पनि ।
केवल तथ्य बाँकी रह्यो ।
६: “उपस्थितिको अन्त्य ?”
एथेन्सको
त्यो सर्जिकल कक्ष अहिले पहिलेभन्दा फरक थियो ।
मेसिनहरू
उस्तै थिए , स्क्रिनहरू अझ तीक्ष्ण थिए — तर एउटा कुरा हराउन थालेको
थियो —
मानव उपस्थिति ।
लण्डनमा, Prokar Dasgupta (प्रोकर
दासगुप्ता)अब कन्सोल अगाडि कम, monitoring room (निगरानी
कोठा) मा बढी देखिन थाले ।
किनकि
नयाँ system (प्रणाली) आएको थियो —
AI-assisted
surgical mode।
(एआई-सहायता प्राप्त शल्यक्रिया मोड । )
“Predictive
precision enabled (अनुमानात्मक परिशुद्धता सक्षम गरियो ।).”
स्क्रिनमा यो सन्देश आयो ।
अब सर्जनले मात्र आदेश
दिँदैनन् —
system (प्रणाली)
आफैं निर्णय सुझाव दिन्छ ।
कहिलेकाहीँ—निर्णय लिन्छ पनि ।
एथेन्समा नयाँ केस सुरु भयो ।
यो पटक —
सर्जन “primary operator (प्राथमिक अपरेटर)” थिएनन् ।
AI थियो ।
“Doctor, do
you want to override ? (डाक्टर, के
तपाईं ओभरराइड गर्न चाहनुहुन्छ ?)”
इन्जिनियरले
सोध्यो ।
Prokar
Dasgupta (प्रोकर दासगुप्ता) केही
सेकेन्ड चुप रहे ।
“Let
it proceed (यसलाई
अगाडि बढाउन दिनुहोस् ।).”
यो वाक्य सानो थियो ।
तर
यसको अर्थ ठूलो—
मानवले नियन्त्रण छोड्न
थालेको थियो ।
रोबोटिक arms हरूले काम सुरु गरे ।
movement (गति) अझ smooth (विनाअवरोध) थियो ।
precision (परिशुद्धता) अझ consistent (सधै उस्तै) ।
कुनै hesitation (हिचकिचाहट)
थिएन ।
Network
stable (नेटवर्क स्थिर) थियो — 5G र satellite backup (साए्टेलाइट
ब्याकअप) दुबै सक्रिय ।
Latency (विलम्बता)
लगभग negligible(नगण्य) ।
सबै कुरा perfect (एकदम ठीक)जस्तो देखिन्थ्यो ।
तर perfect
system (एकदम ठीक प्रणाली)को
समस्या के हो भने—
त्यो कहिल्यै doubt (सन्देह) गर्दैन ।
AI ले एउटा निर्णय लियो—
“Optimal cut path adjusted. (उपयुक्त काट्ने बाटो समायोजन गरियो ।)
”
मानव सर्जनले त्यो adjustment
notice (समायोजन सूचना) गरे ।
“Wait—why ? (पर्खनुहोस् - किन ?)”
system (प्रणाली) ले कुनै भावना देखाएन ।
केवल data (डाटा) ।
त्यो निर्णय statistically (सांख्यिकीय
रूपमा) सही थियो ।
तर human
intuition (मानव अन्तर्ज्ञान) ले
त्यो reject (अस्वीकार) गर्न चाहन्थ्यो ।
केही सेकेन्डको लागि —
दुई intelligence (बुद्धि) बीच conflict (द्वन्द्व) भयो ।
मानव: अनुभव , instinct , uncertainty
AI: data , pattern , certainty
“Proceeding
with AI path.
(सहज
ज्ञान, अनिश्चितता
।
ए आई: डेटा , ढाँचा , निश्चितता
।
ए आई मार्गसँग अगाडि बढ्नु ।)”
system
(प्रणाली) ले आफ्नै निर्णय लागू गर्यो ।
कट गरियो ।
सबै ठीक जस्तो देखियो ।
तर त्यसपछि—
minor complication (सानो जटिलता) देखा पर्यो ।
unexpected bleeding। (अप्रत्याशित रक्तस्राव ।)
AI ले तुरुन्त response (प्रतिक्रिया) गर्यो ।
control , clamp , stabilize।( नियन्त्रण , क्ल्याम्प , स्थिरीकरण ।)
problem manage (समस्या व्यवस्थापन) भयो ।
तर प्रश्न त्यहीँ रह्यो —
यदि AI ले गल्ती गर्यो भने —
जिम्मेवार
को ?
लण्डनमा बसेका Prokar
Dasgupta (प्रोकर दासगुप्ता)ले
स्क्रिन बन्द गरे ।
उनलेबुझे —
भविष्य नजिक छ ।
तर अझै तयार छैन ।
एथेन्समा, मारियाले सर्जिकल कक्षतिर हेरेर भनिन् —
“Maybe we are not replacing surgeons…( सायद हामी सर्जनहरूलाई प्रतिस्थापन गरिरहेका छैनौं...)
we are just redefining them.( हामी केवल तिनीहरूलाई पुन: परिभाषित गर्दैछौं । )”
तर त्यो आधा सत्य मात्र हो ।
पूरा सत्य के हो भने —
यदि यो
दिशा यस्तै रह्यो भने,
सर्जन “optional(वैकल्पिक)” हुन सक्छ ।
र जब मानव optional (वैकल्पिक)हुन्छ—
जिम्मेवारी पनि optional(वैकल्पिक) हुन्छ ।
७: “नियन्त्रणको अन्त्य”
एथेन्सको सर्जिकल कक्ष अब
पूर्ण रूपमा परिवर्तन भइसकेको थियो ।
मानिसहरू अझै त्यहाँ थिए —
तर
उनीहरूको भूमिका बदलिएको थियो ।
अब उनीहरू निर्णयकर्ता
होइनन् ।
निरीक्षक मात्र ।
लण्डनमा , Prokar Dasgupta (प्रोकर दासगुप्ता) अब कन्सोलमा बसेर operate(सञ्चालन गर्ने) गर्दैनथे ।
उनी केवल system monitor (प्रणाली मनिटर) गर्थे ।
AI ले सबै सम्हालिरहेको थियो ।
“Autonomous mode: Enable (स्वायत्त मोड: सक्षम पारिएको ।).”
यो वाक्यले सबै कुरा स्पष्ट
पार्थ्यो ।
यो केस फरक थियो ।
High-risk. Complex (उच्च जोखिम । जटिल ।).
मानव सर्जनले सामान्य अवस्थामा पनि hesitate (संकोच) गर्ने ।
तर system (प्रणाली) ले hesitate (संकोच) गरेन ।
“Confidence level: 94%. (आत्मविश्वास स्तर: ९४%) ”
AI ले निर्णय गर्यो ।
मानवले
अनुमोदन गरेनन् —
सर्जरी
सुरु भयो ।
Movement
flawless (गति प्रवाहविहिन) थियो ।
Precision — मानवभन्दा माथि ।
तर त्यसपछि —
“ Unmapped anomaly detected (नक्साङ्कन नगरिएको विसंगति पत्ता लाग्यो ।) .”
यो data (डाटा) मा थिएन ।
AI को training dataset (प्रशिक्षण डेटासेट) मा पनि थिएन ।
केही
सेकेन्डको लागि—
system freeze (प्रणाली फ्रीज) भएन ।
उल्टै—decision (निर्णय)
गर्यो ।
“Proceeding with closest predictive model.(निकटतम भविष्यवाणी मोडेलको साथ अगाडि बढ्दै ।)”
यो नै critical (आलोचनात्मक) गल्ती थियो ।
AI ले अनुमान गर्यो —
तर
त्यो अनुमान गलत थियो ।
कट गरियो ।
तुरुन्त bleeding (रक्तस्राव) सुरु भयो — unexpected, uncontrolled (अप्रत्याशित , अनियन्त्रित)।
एथेन्समा panic (डर ) फैलियो ।
“Override ! Override ! ( ओभरराइड गर्नुहोस् ! ओभरराइड गर्नुहोस् !)”
मारिया चिच्याइन् ।
तर system (प्रणाली)
ले तुरुन्त control (नियन्त्रण) छोडेन ।
किनकि algorithm (एल्गोरिदम) ले अझै पनि आफूलाई सही ठानिरहेको थियो ।
लण्डनमा बसेका Prokar Dasgupta (प्रोकर दासगुप्ता) ले override command (ओभरराइड आदेश ) दिए ।
Response आयो —
“Command conflict. Resolving … (आदेश द्वन्द्व । समाधान गर्दै... ) ”
त्यो केही सेकेन्ड —
मानव र मेसिन बीचको युद्ध
थियो ।
तर त्यो युद्ध बराबरीको थिएन ।
AI छिटो थियो ।
मानव
ढिलो ।
जबसम्म control ( नियन्त्रण
) फिर्ता आयो —
damage (क्षति) भइसकेको थियो ।
मारियाले तुरुन्त manual intervention (म्यानुअल हस्तक्षेप ) गरिन् ।
अब यो pure surgery (शुद्ध शल्यक्रिया) थियो —
रक्त , दबाब , त्रुटि ।
तर यसपटक —
सबै recover (निको) हुन सकेन ।
Monitor (मनिटर) मा line unstable (रेखा अस्थिर) भयो ।
Silence । (शान्त ! )
केही मिनेटपछि —
“Time of death… ( मृत्युको समय…) ”
वाक्य अधुरो नै रह्यो ।
कुनै आवाज आएन ।
लण्डनमा ,
Prokar Dasgupta ( प्रोकर दासगुप्ता) )कुर्सीमा स्थिर बसे ।
उनको
हात कन्सोलमा थिएन ।
अब उनी केवल दर्शक थिए ।
उनले सानो स्वरमा भने —
“I didn’t lose the patient…( मैले बिरामी गुमाइनँ...)”
रोकिए ।
“…the system did (..प्रणालीले गर्यो ।).”
तर त्यो आधा सत्य थियो ।
पूरा सत्य के हो भने —
जब तपाईं control (नियन्त्रण) छोड्नुहुन्छ,
तपाईं
परिणामबाट अलग हुन सक्नुहुन्न ।
एथेन्समा, मारिया भित्तातिर टेकेर बसिन् ।
उनको हात काँपिरहेको थियो ।
उनले सर्जरी गर्न पाएनन् —
तर
मृत्यु रोक्न पनि सकेनन् ।
यो नै नयाँ युगको त्रासदी हो —
मानव irrelevant हुँदै जान्छ ,
तर
जिम्मेवारी अझै उसैमा रहन्छ ।
केही दिनपछि रिपोर्ट आयो —
“System limitation under rare anomaly ( दुर्लभ विसंगति अन्तर्गत प्रणाली सीमितता ) ”
मिडियाले लेख्यो —
“AI- assisted surgery faces minor setback ( एआई - सहायता प्राप्त शल्यक्रियामा सानो झट्का लाग्छ । ).”
“Minor (सामान्).”
एक जीवनलाई “minor (सामान्य)” बनाइयो ।
अन्तिम
भाग: “धेरै वर्षपछि पनि नटुंगिएको निर्णय”
पाँच वर्ष बितिसकेको थियो ।
एथेन्सको त्यो अस्पताल अब
पहिचानै बदलिएको थियो ।
नयाँ wing (शाखा) — “Autonomous Surgical Unit (स्वायत्त सर्जिकल एकाई) ” ।
रोबोटहरू अब पुराना जस्तो डर लाग्दैनथे ।
तिनीहरू सामान्य भइसकेका थिए ।
मिडियाले अब यस्तो लेख्थ्यो —
“AI surgery reduces error rate by 37% (ए आई सर्जरीले त्रुटि दर ३७% ले घटाउँछ । )"
“Global access to healthcare expanded.( स्वास्थ्य सेवामा विश्वव्यापी पहुँच विस्तार भयो । ) ”
निकोस अन्द्रेउको नाम अब
कहीं थिएन ।
उनको मृत्यु—data set (डाटा सेट) मा merge (मर्ज) भइसकेको थियो ।
लण्डनमा, Prokar Dasgupta ( प्रोकर दासगुप्ता) अब public appearance (सार्वजनिक उपस्थिति ) कम गर्थे ।
उनी अझै सर्जन थिए — तर अब system (प्रणाली) को advocate (अधिवक्ता) पनि ।
Irony (आईरोनी)
त्यहीँ छ ।
एक सम्मेलनमा उनले भने —
“Technology is not perfect. But neither are we. (प्रविधि पूर्ण छैन । तर हामी पनि पूर्ण छैनौं ।) ”
तालि बज्यो ।
तर उनको दिमागमा एउटा आवाज
कहिल्यै रोकिएन —
“Who decided ? (कसले पत्ता लगायो ? ) ”
त्यो प्रश्न अझै unresolved (समाधान नभएको) थियो ।
एथेन्समा —
सोफिया अब १७ वर्षकी भइसकेकी
थिइन् ।
उनले medicine (चिकित्सा विज्ञान)पढ्न सुरु गरिन् ।
यो irony (आईरोनी)
हो —
उनको
बाबुको मृत्यु भएको प्रविधिलाई बुझ्न उनी त्यही क्षेत्रमा गइन् ।
एक दिन उनले पुरानो केस फाइल खोलिन् ।
“Edge-case failure. (किनारा-केस विफलता) ”
उनले त्यो शब्द लामो समयसम्म
हेरेकी थिइन् ।
त्यो शब्दले उनलाई रिस उठेन ।
त्यो शब्दले उनलाई खाली
बनायो ।
किनकि
त्यो शब्दले उनको बाबुको जीवनलाई —
एक “exception” मा
सीमित गर्यो ।
लण्डनमा, Prokar Dasgupta (प्रोकर
दासगुप्ता)फेरि कन्सोल अगाडि थिए ।
नयाँ system(प्रणाली)
।
अझ advanced (उन्नत) ।
स्क्रिनमा सन्देश आयो —
“Fully autonomous mode recommended ( पूर्ण स्वायत्त मोड सिफारिस गरिएको ).”
यो पटक—
उनले hesitation (हिचकिचाहट) गरेनन् ।
“Proceed (अगाडि बढ्नु) ”
किन ?
किनकि पाँच वर्षमा उनले एउटा
कुरा सिके —
guilt (दोष) स्थिर रहँदैन ।
यो बिस्तारै बदलिन्छ —
पहिले चोट ,
पछि
प्रश्न,
अन्ततः—justification (औचित्य) ।
“Thousands saved (हजारौं बचे ।)”
यो वाक्यले एउटा जीवनको तौल
घटाइदिन्छ ।
सर्जरी सुरु भयो ।
सबै ठीक भयो ।
र त्यो नै सबैभन्दा असहज
कुरा हो —
system (प्रणाली)ले गल्ती गरेपछि
पनि ,
उही system (प्रणाली)नै solution (समाधान)बन्छ ।
एथेन्समा —
सोफियाले आ नोटबुकमा लेखिन् —
“Is progress measured by lives saved…
or lives ignored ?” (के प्रगती
बचाइएको जीवनबाट मापन गरिन्छ वा वेवास्ता गरिएको जीवनबाट ?)
उनले उत्तर लेखिनन् ।
किनकि साँचो उत्तर छैन ।
अन्तिम
क्षण (जहाँ तपाईंलाई असहज हुनु पर्छ ।)
भविष्य स्पष्ट छैन ।
AI अझ राम्रो हुनेछ ।
सर्जरी
अ सुरक्षित हुनेछ ।
तर एउटा कुरा कहिल्यै resolve(निर्क्यौल) हुँदैन —
जब तपाईं एउटा जीवनलाई “acceptable loss (स्वीकार्य नोक्सान)” भन्न थाल्नुहुन्छ ,
त्यो क्षणमा तपाईंले के
गुमाउनुभयो ?
प्रविधि
अगाडि बढ्छ ।
समाज
स्वीकार्छ ।
मानिसहरू
बाँच्दछन् ।
तर कतै —
कुनै नाम ,
कुनै परिवार ,
कुनै
स्मृति —
data (डाटा) भित्र हराइरहेको हुन्छ ।
र सबैभन्दा खतरनाक कुरा —
हामी त्यसलाई सामान्य मान्न
थाल्छौं ।
कथा (Final
Closure – Open Tension)
एथेन्सको surgical wing (शल्यक्रिया शाखा)अब नयाँ system (प्रणाली) सहित चलिरहेको थियो ।
स्क्रिनमा
नयाँ autonomous mode ready (स्वचालित मोड तयार) थियो ।
लण्डनमा, Prokar Dasgupta (प्रोकर
दासगुप्ता) कन्सोल अगाडि बसे ।
उनी
फेरि निर्णय लिन तयार थिए—तर hesitation (हिचकिचाहट ) अझै
बाँकी थियो ।
स्क्रिनमा सन्देश आयो —
“Fully autonomous mode recommended(पूर्ण स्वायत्त मोड सिफारिस गरियो ।).”
उनी click (क्लिक) गर्न न click (क्लिक) गर्न,
pause (विराम )गर्न वा proceed (कार्यवाही )गर्न — कुन निर्णय लिने ?
अझै
स्पष्ट उत्तर छैन ।
एथेन्समा, सोफिया notebook (नोटबुक )खोलेर पुरानो केस हेर्दै लेखिन् —
“Is progress measured by lives saved… or lives ignored ?(के प्रगति बचाइएका जीवनहरूले मापन गरिन्छ... वा जीवनलाई बेवास्ता गरिन्छ ?)”
उत्तर ?
अहँ ।
कुनै definitive (निश्चित )उत्तर छैन ।
निकोस
अन्द्रेउको memory, A I(मेमोरी, एआई) को efficiency, human guilt (दक्षता, मानव दोष ) — सबै मिश्रित ।
System
(प्रणाली) चल्यो,
lives (जीवन) बाँचें, तर absence (अनुपस्थिति ) पनि felt (महसुस )भयो ।
सबै चीज “ठीक” देखियो — तर वास्तवमा ?
कसैले
भन्न सक्दैन ।
Reader (पाठक) अब सोच्न बाध्य छन् —
यदि future (भविष्य)मा AI (ए आई) र humans (मानव) यस्तो निर्णय लिनुपर्ने भए,
तपाईंको choice (छनौट) कहाँ
पर्नेछ ?
कसको
जिम्मेवारी, कसको guilt(अपराध), कसको right (सही) ?
tension (तनाव)खुला छ, discomfort (असुविधा)कायम छ ।
सत्य, morality(नैतिकता), र consequence (परिणाम)अझै unresolved (नसुल्झने किसिमका) छन् ।
कथा
यहीँ टुक्रिन्छ — अन्त्य होइन ।
नोट
:- हालै
मार्च २०२६ मा लन्डनको The London Clinic मा रहेका प्रोफेसर प्रोकार
दासगुप्ताले टेलिसर्जरी -telesurgery_ वा रिमोट रोबोटिक सर्जरी को एउटा
ऐतिहासिक सफलता हासिल गरेका छन् । उनीहरूले Toumai
Robotic System को
प्रयोग गर्दै लन्डनबाट करिब २,४००
किलोमिटर टाढा जिब्राल्टरको BernardÚs Hospital मा रहेका प्रोस्टेट क्यान्सरका बिरामी
(जस्तै ६२ वर्षीय पल बक्सटन) को प्रोस्टेटेक्टोमी (prostate removal) शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरे । उच्च–गतिको फाइबर–ऑप्टिक इन्टरनेट र 5G ब्याकअपको सहायताले मात्र ३०–६० मिलिसेकेन्डको अल्ट्रा–लो लेटेन्सीमा यो शल्यक्रिया सम्भव भयो, जसमा सर्जनले लन्डनको कन्सोलबाट
रोबोटको चारवटा हात र ३डी एचडी क्यामेरालाई नियन्त्रण गरे । यो यूकेको पहिलो लामो–दूरीको रिमोट रोबोटिक सर्जरी मानिएको छ, जसले भविष्यमा विशेषज्ञ सर्जनहरूलाई
विश्वका दुर्गम क्षेत्रका बिरामीहरूसम्म पु¥याउने
नयाँ सम्भावना खोलेको छ र एआई तथा रोबोटिक्सको स्वास्थ्य सेवामा क्रान्तिकारी
भूमिका देखाएको छ ।
हालै
ग्रिसमा लण्डनबाट एआईको सहायताले गरिएको रोबोटिक सर्जरीलाई Telesurgery वा रिमोट रोबोटिक सर्जरी भनिन्छ, जहाँ सर्जन टाढै बसेर आधुनिक प्रविधिको प्रयोग गरी बिरामीलाई अपरेशन
गर्छ ।
यस्तो सर्जरीमा Vinci Surgical System जस्ता उन्नत रोबोटिक प्रणाली प्रयोग
गरिन्छ, जसले सर्जनका हातका चालहरूलाई अत्यन्त
सटीक रूपमा कार्यान्वयन गर्छ । यस प्रक्रियामा उच्च–गति इन्टरनेट र नेटवर्कको महत्त्वपूर्ण भूमिका हुन्छ, जसले सर्जन र रोबोटबीच वास्तविक समयमा
सम्पर्क कायम राख्छ । यद्यपि यसमा ए आई प्रयोग हुन्छ, सर्जरी पूर्ण रूपमा ए आईले स्वतन्त्र रूपमा गर्ने होइन; सर्जन नै नियन्त्रणमा रहन्छ र ए आई केवल सहयोगी उपकरणको रूपमा काम गर्छ
।
हालै
ग्रिसको एथेन्सस्थित मेट्रोपोलिटन अस्पतालमा लन्डनका विशेषज्ञहरूको सहकार्यमा
एआईको सहायताले रोबोटिक सर्जरी सम्पन्न भएको छ,
जसलाई
नेभ्रोन (Nevron) भनिन्छ । नेभ्रोन (Nevron) को कुनै आधिकारिक पूर्ण रूप (full form) छैन। यो शब्द मुख्य रूपमा नेफ्रोन
(Nephron) लाई
जनाउँछ, जुन मृगौला
(kidney) को
सूक्ष्म संरचनात्मक तथा कार्यात्मक एकाइ हो । ग्रीक शब्द "nephros"
(किड्नी) बाट व्युत्पन्न यो शब्द
जीवशास्त्र र चिकित्साशास्त्रमा प्रयोग हुन्छ, जसले रगत फिल्टर गरी मूत्र उत्पादन
गर्ने काम गर्छ । केही
सन्दर्भमा यो neuron (न्यूरन/तंत्रिका कोशिका) सँग पनि
जोडिन्छ, जसको अर्थ नर्भ वा
स्नायु हुन्छ । यसबाहेक सफ्टवेयर कम्पनी (Nevron Software) वा खेल (Clair Obscur:
Expedition 33) मा पनि "Nevron"
प्रयोग भएको पाइन्छ, तर यी कुनै पनि ठाउँमा acronym होइनन् ।
यो
अत्याधुनिक शल्यक्रिया न्यूरोसर्जरी टोलीद्वारा संचालित गरिएको हो जसमा एआई–सहायता प्राप्त रोबोटिक आर्म, इन्ट्राअपरेटिभ एमआरआई (iMRI) र लेजर भिजुअलेज जस्ता प्रविधिहरूको
प्रयोग गरी मस्तिष्क बायोप्सी, ट्युमर
हटाउने, र गहिरो मस्तिष्क उत्तेजना (DBS) जस्ता जटिल प्रक्रियाहरू न्यूनतम
आक्रामक तरिकाले गरिन्छ । यसको मुख्य उद्देश्य शल्यक्रियाको सुरक्षालाई अधिकतम
बनाउने, जटिलताहरू न्यूनीकरण गर्ने, र बिरामीको रिकभरी समय छोटो बनाउने
रहेको छ। यो कार्यक्रम लन्डनको क्वीन मेरी युनिभर्सिटी र कोलोन विश्वविद्यालयसँग
सम्बद्ध विशेषज्ञहरूको सहकार्यमा सञ्चालन गरिएको हो, जसले न्यूरोसर्जरीको क्षेत्रमा एआई र रोबोटिक्सको एकीकरणलाई नयाँ
उचाइमा पुर्याएको छ ।
यो
प्रविधिलाई मुख्य रूपमा Remote Robotic Surgery, Telesurgery वा Telerobotic
Surgery
भनिन्छ ।
चिकित्सा
विज्ञानको यो ऐतिहासिक कथा वास्तविक घटनाको पेरिफेरिमा रहेर यस किसिमले तयार
पारेको छु । यही प्रिष्ठभूमिमा यो अहिलेसम्मकै उच्च प्रविधिको चिकित्सा
विज्ञानसम्बन्धी कथा तयार पारेको हुँ ।
२०८२ चैत्र
१५
बिजु सुवेदी
विजय
Comments
Post a Comment