कथा ः अदृष्य भ्रष्टाचार
कथा ः अदृष्य भ्रष्टाचार
आरम्भ → द्वन्द्व → मानसिक परिवर्तन → चरमबिन्दु → परिणाम ।
कोठाभित्र सानो टेबलमाथि घडी टिक–टिक गर्दै थियो । साँझको मधुरो उज्यालो झ्यालबाट पस्दै थियो, तर विजयको मनभित्र भने अझै धुम्म अन्धकार थियो । विजय कुर्सीमा बसेको थियो। हातमा मोबाइल, आँखामा अनिर्णय ।
विजय (मनमनै)ः “के गर्ने...? अहिले फोन गरूँ कि भोलि ? भोलि गरौँ भने... भोलि फेरि अर्को बहाना आउँछ कि ?”
उसले घडी हेर्यो । ५ बजेर ४७ मिनेट ।
त्यो संख्या उसलाई अचानक अर्थपूर्ण लाग्न थाल्यो —किनकि उसले बिहान ९ बजेदेखि यस्तै सोचिरहेको थियो ।
त्यही बेला ढोका खुल्यो ।
उसको साथी समीर भित्र पस्यो र भन्यो, “अझै यहीँ बसिरहेको छस् ? बिहानदेखि त ‘निर्णय लिन्छु’ भन्दै थिइस् ।”
विजय हल्का मुस्कुरायो, तर त्यो मुस्कान आत्मविश्वासको थिएन —आत्मरक्षाको थियो ।
विजयः “निर्णय लिन सजिलो हुँदो रहेनछ यार । गलत भयो भने...?”
समीर कुर्सी तानेर बस्यो । केही सेकेन्ड उसले विजयलाई चुपचाप हेर्यो ।
समीरः “गलत निर्णयको डरले निर्णय नै नगर्नु सबैभन्दा ठूलो गल्ती हो ।”
विजय चुप लाग्यो ।
घडी फेरि टिक–टिक गर्न थाल्यो ।
विजय (बिस्तारै)ः “कहिलेकाहीँ के गर्ने, कसो गर्ने भन्दै बस्दा... समय आफैँ निर्णय गरेर हिँड्दो रहेछ ।”
समीरले टेबलमा औंला ठोक्दै भन्यो, “ठिक त्यही हो समस्या । तँ निर्णय गर्दैनस्... तर समयले गर्छ र समयले गर्ने निर्णय प्रायः तेरो पक्षमा हुँदैन ।”
विजयको आँखामा हल्का डर देखियो ।
उसलाई अचानक महसुस भयो— ऊ वास्तवमा निर्णय लिन नसक्ने मानिस होइन । ऊ निर्णयको परिणामबाट भागिरहेको मानिस हो ।
घडीमा ६ बज्यो ।
टिक ।
टिक ।
टिक ।
र त्यो आवाजसँगै विजयको मनभित्र एउटा कठोर प्रश्न उठ्यो— “यदि म अहिले पनि निर्णय लिन सकिनँ भने...के म वास्तवमा आफ्नो जीवनको चालक हुँ, कि केवल समयले बगाएको एउटा यात्री मात्र ?”
–––
घडीको आवाज अझै पनि कोठाभित्र गुञ्जिरहेको थियो ।
विजय झ्याल नजिक उभिएको थियो । बाहिर सडकमा मानिसहरू आफ्नो काममा व्यस्त थिए तर उसको दिमाग एउटै व्यक्तिको वरिपरि घुमिरहेको थियो —रितिका ।
समीरले उसलाई केही समयदेखि चुपचाप हेर्दै थियो अनि भन्यो, “तँ फेरि त्यही कुरा सोचिरहेको छस्, होइन ?”
विजयले उत्तर दिएन । केही सेकेन्डपछि मात्र उसले गहिरो सास फेर्यो ।
विजयः “अचम्म लाग्छ यार... एउटै व्यक्ति कहिलेकाहीँ यति राम्रो लाग्छ कि उसलाई बिना जीवन सोच्नै सक्दिन तर कहिलेकाहीँ... उही व्यक्ति सहनै नसक्ने जस्तो लाग्छ ।”
समीर हल्का मुस्कुरायो ।
समीरः “त्यो व्यक्ति बदलिएको होइन, विजय । तँ बदलिन्छस् ।”
विजयले तुरुन्तै टाउको हल्लायो ।
विजयः “होइन, कुरा त्यस्तो होइन । कहिलेकाहीँ उसले बोल्ने तरिका, उसको सोच... सबै ठीक लाग्छ तर अर्को दिन उही कुरा देख्दा रिस उठ्छ ।”
समीर कुर्सीबाट उठ्यो र झ्याल नजिक आयो ।
समीरः “मानिसलाई दुई तरिकाले हेरिन्छ— एक, उसलाई वास्तवमा कस्तो छ । दोस्रो, हामीभित्रको मनस्थितिले उसलाई कस्तो देखाउँछ ।”
विजय चुप लाग्यो ।
समीरले सीधै प्रश्न सोध्यो, “सत्य के हो भने— तँ रितिकालाई बुझ्न खोजिरहेको छस्, कि आफ्नै मन बुझ्न ?”
यो प्रश्नले विजयलाई एकछिन निस्पन्द बनायो । उसको दिमागमा पछिल्ला केही महिनाका दृश्यहरू घुम्न थाले— कहिले रितिकासँग घण्टौँ हाँस्दै गरेको क्षण, कहिले उसैसँग सानो कुरामा रिसाएर टाढा भएको क्षण ।
विजय (मधुर स्वरमा)ः “सायद... समस्या उसमा होइन । समस्या मभित्रै छ ।”
समीरले गम्भीर भएर भन्यो— “मानिसलाई मन पर्ने र मन नपर्ने कुरा कहिलेकाहीँ व्यक्तिसँग सम्बन्धित हुँदैन । त्यो त हाम्रो अपेक्षा, डर, र अहंकारसँग सम्बन्धित हुन्छ ।”
विजय झ्यालबाट बाहिर हेर्दै रह्यो ।
उसलाई अचानक महसुस भयो—ऊ रितिकासँग होइन, आफ्नै विरोधाभासी भावनासँग लडिरहेको थियो ।
–––
बाहिर साँझ अझ गाढा हुँदै गएको थियो । कोठाभित्रको हावा पनि कुनै अदृश्य दबाबले भरिएको जस्तो लाग्थ्यो । विजय अझै झ्याल नजिक उभिएको थियो । उसको दिमागमा एकपछि अर्को विचार ठोक्किँदै थियो —जसरी भीडभाड भएको सडकमा गाडीहरू ठोक्किनै लाग्छन् ।
समीरले टेबलमाथि रहेको ल्यापटप खोल्यो ।
स्क्रिनमा एउटा चेतावनी देखियो । “क्तयचबनभ ँगिि.”
समीरले विजयतिर फर्केर सोध्यो— “तँलाई थाहा छ, किन नयाँ फाइल सेभ हुँदैन ?”
विजयः “स्पेस छैन ।”
समीरले हल्का टाउको हल्लायो ।
समीरः “ठीक त्यही समस्या तेरो दिमागमा पनि छ ।”
विजयले आँखीभौं उठाउँदै भन्यो, “के भन्न खोजेको ?”
समीर कुर्सीमा अडेस लगाएर बस्यो ।
समीरः “कम्प्युटरमा स्पेस नभएपछि नयाँ फाइल राख्न सकिँदैन । तेरो दिमाग पनि त्यस्तै छ । त्यो पहिले नै डर, शंका, रिस, र पुराना नराम्रा अनुभवले भरिएको छ ।”
विजय चुप लाग्यो ।
समीरले सीधै भन्यो— “त्यसैले राम्रो सोच, राम्रो निर्णय, राम्रो अठोट —ती सबै तेरो दिमागमा ठाउँ नै पाउँदैनन् ।”
विजयले शिर तल झुकायो ।
उसलाई अचानक महसुस भयो —उसले पछिल्ला केही वर्षमा आफ्ना मनका कोठाहरू कहिल्यै सफा गरेको थिएन । पुराना अपमान, असफलता, पछुतो —सबै त्यहीँ थुप्रिएका थिए ।
विजय (मन्द स्वरमा)ः “त्यसो भए समस्या निर्णय लिन नसक्नु होइन रहेछ... समस्या त मेरो दिमाग भित्रको भीड रहेछ ।”
समीरले गम्भीर भएर भन्यो —“ठीक त्यही । जब दिमाग उथलपुथलले भरिएको हुन्छ , मानिसले ‘यो गरौँ’ भन्ने निर्णय गर्न सक्दैन । दृढता शान्त दिमागबाट आउँछ, अव्यवस्थित दिमागबाट होइन ।”
विजयले झ्यालबाट बाहिर हेर्दै भन्यो— “त्यसो भए... पहिला दिमाग खाली गर्नुपर्छ ।”
समीरले छोटो उत्तर दियो —“हो । नत्र तैंले निर्णय लिने होइन —तेरो डरले निर्णय लिन्छ ।”
त्यो वाक्यले कोठाभित्र अचानक गहिरो मौनता ल्यायो ।
विजयलाई पहिलोपटक लाग्यो— उसको समस्या जीवनको परिस्थितिमा होइन, उसले बोकेको मानसिक अव्यवस्थामा थियो ।
–––
रात अझै गहिरिँदै गएको थियो । टेबलमाथिको घडीले ७ बजेको संकेत दियो ।
विजय अझै सोचमै डुबेको थियो —निर्णय, मानिस, दिमागको भीड... सबै कुरा उसको मनभित्र घुमिरहेका थिए ।
समीरले केही बेरपछि शान्त स्वरमा भन्यो —“तँ सधैँ ठूला निर्णयको बारेमा मात्र किन सोचिरहेको हुन्छस् ?”
विजय अलि झर्कियो ।
विजयः “किनकि ठूला निर्णयले जीवन बदल्छ ।”
समीर हल्का हाँस्यो ।
समीरः “त्यो आधा सत्य हो ।”
विजयले आँखी भौं चलायो ।
समीरः “निर्णय दुई प्रकारका हुन्छन् — अल्पकालीन र दीर्घकालीन तर समस्या के हो भने मानिसहरू दीर्घकालीन निर्णय गर्न चाहन्छन्, तर साना निर्णयमा नै असफल हुन्छन् ।”
विजय केही बुझ्न खोज्दै सुनिरह्यो ।
समीरले उदाहरण दियो— “मानिससँग कसरी बोल्ने ? कहिले चुप बस्ने ? कहिले प्रतिक्रिया दिने ? यी साना निर्णय हुन् तर यही साना निर्णयले तेरो सोच र चरित्र बनाउँछन् ।”
विजयले गहिरो सास फेर्यो ।
उसलाई अचानक धेरै घटनाहरू सम्झना आयो — कहिले उसले अनावश्यक रूपमा रिस देखाएको थियो, कहिले कसैलाई बेवास्ता गरेको थियो, कहिले बोल्नुपर्ने बेला चुप बसेको थियो ।
विजयः “त्यसो भए... ठूलो निर्णय लिन नसक्नुको कारण म साना निर्णयहरूमा नै अस्थिर हुनु रहेछ ?”
समीरले सीधै उत्तर दियो— “ठीक त्यही ।”
केही क्षण मौनता छायो ।
समीरले थप भन्यो —“जो मानिसले दैनिक साना निर्णयहरू सचेत भएर लिन सिक्छ — उसको दिमाग बिस्तारै व्यवस्थित हुन्छ । त्यसपछि ठूलो निर्णय लिन डर लाग्दैन ।”
विजय झ्यालबाट बाहिर हेरिरह्यो ।
सडकमा मानिसहरू हिँडिरहेका थिए —प्रत्येकले साना–साना निर्णय लिँदै । कसैले दायाँ मोड रोज्यो, कसैले बायाँ बाटो ।
अचानक विजयलाई महसुस भयो —जीवन अचानक आउने एउटा ठूलो निर्णयले मात्र बनेको होइन । यो त हजारौँ साना निर्णयहरूको परिणाम हो ।
उसले बिस्तारै भन्यो— “सायद... मलाई जीवन बदल्ने निर्णय खोज्नुपर्दैन । मलाई त आजबाट साना निर्णय ठीकसँग गर्नुपर्छ ।”
समीरले छोटो उत्तर दियो —“त्यही बाटो हो ।”
–––
कोठाभित्र अझै पनि मौनता थियो । झ्यालबाहिर शहरको आवाज बिस्तारै बढिरहेको थियो, तर विजयको भित्र भने अझै पनि विचारहरूको भीड चलिरहेको थियो ।
निर्णय...
मानिस...
मनको अव्यवस्था...
साना र ठूला निर्णय...
सबै कुरा एक–अर्कासँग गाँसिएको जस्तो लागिरहेको थियो ।
समीरले अचानक टेबलबाट पानीको गिलास उठायो र विजयतिर बढायो ।
समीरः “पहिला बस । अनि एउटा काम गर ।”
विजय कुर्सीमा बस्यो ।
समीरः “गहिरो सास ले... पूरा फोक्सो भरिने गरी ।”
विजयले अलि अचम्म मान्दै पनि समीरले भनेजस्तै ग¥यो ।
उसले गहिरो सास भित्र तान्यो...
केही क्षण रोक्यो...
अनि बिस्तारै बाहिर छोड्यो ।
समीर चुपचाप हेर्दै थियो ।
समीरः “फेरि गर ।”
विजयले फेरि त्यही प्रक्रिया दोहो¥यायो ।
दोस्रो पटक सास छोड्दा उसलाई अलि हल्का लाग्यो, जसरी मनभित्रको भीड केही क्षणका लागि रोकिएको जस्तो ।
विजयः “अचम्म... अलि शान्त जस्तो लाग्यो ।”
समीरले टाउको हल्लायो ।
समीरः “किनकि तेरो दिमाग पहिलोपटक केही सेकेन्डका लागि वर्तमानमा आयो ।”
विजयले सोध्यो —“त्यो के फरक पार्छ ?”
समीरले उत्तर दियो —“जब मानिस गहिरो सास लिएर छोड्छ , उसको दिमाग केही क्षणका लागि सचेत हुन्छ । ऊ त्यो क्षणमा ‘होश’मा आउँछ ।”
विजय ध्यान दिएर सुनिरहेको थियो ।
समीरः “र होशमा आएको दिमागले गर्ने निर्णय डर, रिस, वा भ्रमले गर्ने निर्णयभन्दा धेरै स्पष्ट हुन्छ ।”
विजय केही क्षण चुप बस्यो । उसले फेरि गहिरो सास लियो ।
यसपटक उसले आफ्नै विचारलाई बाहिरबाट हेर्ने प्रयास ग¥यो —जसरी कुनै दर्शकले नाटक हेर्छ ।
अचानक उसलाई एउटा कुरा स्पष्ट भयो । ऊ धेरै दिनदेखि निर्णय लिन नसकेको कारण परिस्थिति जटिल भएकाले होइन... ऊ असचेत अवस्थामा निर्णय गर्न खोजिरहेको थियो ।
विजय (मन्द स्वरमा)ः “त्यसो भए... पहिला होशमा आउनुपर्छ , अनि मात्र निर्णय गर्नुपर्छ ।”
समीरले छोटो उत्तर दियो —“ठीक त्यही ।”
कोठाभित्र फेरि मौनता छायो तर यो मौनता पहिले जस्तो भारी थिएन ।
विजयले आफ्नो मोबाइल उठायो । स्क्रिन केही सेकेन्ड हेर्यो ।
अनि उसले बिस्तारै भन्यो —“शायद... अब म भागिरहेको छैन ।”
उसले नम्बर डायल ग¥यो ।
घडीले ८ बजेको संकेत दियो ।
टिक ।
टिक ।
टिक ।
यसपटक समय भागिरहेको जस्तो लागेन —सपटक विजय होशमा थियो ।
–––
मोबाइलको स्क्रिनमा नम्बर डायल भइसकेको थियो, तर विजयले अझै “अबिि” थिचेको थिएन । उसको औँला स्क्रिनमाथि स्थिर थियो ।
समीरले त्यो देखिरहेको थियो ।
समीरः “फेरि रोकियोस् ?”
विजयले गहिरो सास छोड्यो ।
विजयः “मलाई डर लाग्छ... कतै गलत निर्णय भयो भने ?”
समीर केही क्षण चुप बस्यो । उसले तुरुन्त उत्तर दिएन । त्यसपछि उसले शान्त स्वरमा भन्यो —“ठूलो निर्णय लिनु अघि एउटा कुरा सोच्नुपर्छ ।”
विजयः “के ?”
समीरः “सल्लाह कससँग लिने ?”
विजय अलि अचम्मित भयो ।
विजयः “त्यो पनि सोच्नुपर्छ ?”
समीरले टाउको हल्लायो ।
समीरः “सबै मानिससँग सल्लाह माग्नु बुद्धिमानी होइन । पहिला हेर्नुपर्छ —त्यो व्यक्ति आफैँ कस्तो मनस्थितिमा छ ।”
विजय ध्यान दिएर सुनिरहेको थियो ।
समीरः “यदि सल्लाह दिने मानिस आफैँ अस्थिर, रिसालु, वा भावनात्मक रूपमा कमजोर छ भने उसको सल्लाहले तेरो समस्या झन् बिगार्न सक्छ ।”
विजयले बिस्तारै सोध्यो —“त्यसो भए कस्तो मानिससँग सल्लाह लिनु ठीक हुन्छ ?”
समीरले स्पष्ट उत्तर दियो —“जो तेरो भन्दा भावनामा बलियो छ । जो परिस्थितिमा होइन, सोचमा टिकेर निर्णय गर्न सक्छ ।”
विजय केही क्षण चुप लाग्यो ।
उसलाई अचानक एउटा कुरा थाहा भयो — उसले जीवनभर धेरै सल्लाह सुनेको थियो, तर कहिल्यै सल्लाह दिने मानिसको मानसिक अवस्था जाँचेको थिएन ।
विजय (मन्द स्वरमा)ः “त्यसो भए... दीर्घकालीन निर्णय गर्दा एक्लै होइन, सही व्यक्तिको सहायता लिनुपर्छ ।”
समीरले सहमति जनायो ।
समीरः “हो । तर त्यो सहायता खोज्ने अधिकार त्यही मानिससँग हुन्छ जो आफ्ना साना निर्णयहरू व्यवस्थित गर्न सिकिसकेको हुन्छ ।”
विजयले झ्यालबाहिर हेर्दै भन्यो —“अनि साना निर्णयहरू मिलाउँदै गयो भने... दैनिक जीवन पनि सन्तुलित हुँदै जान्छ ।”
समीर मुस्कुरायो ।
समीरः “त्यही प्रक्रिया हो —सचेतता → साना निर्णय → सन्तुलित दिनचर्या → र अन्ततः ठूला निर्णय गर्ने क्षमता ।”
कोठाभित्र फेरि शान्त वातावरण बन्यो ।
विजयले मोबाइलको स्क्रिन फेरि हेरÞ्यो ।
यसपटक उसले नम्बर डायल गरेको मानिसलाई होइन —आफ्नै मनलाई प्रश्न गरिरहेको थियो ।
“के म सचेत छु ?
के म सानो निर्णयहरू ठीक गर्दैछु ?
के म सही मानिससँग सल्लाह लिँदैछु ?”
उसले बिस्तारै “अबिि” थिच्यो ।
यसपटक डर कम थियो ।
किनकि उसले पहिलोपटक बुझेको थियो —निर्णय अचानक पैदा हुने कुरा होइन ।
यो त सचेत अभ्यासको परिणाम हो ।
–––
रात गहिरिँदै गएको थियो ।
शहरको आवाज झ्यालबाहिर अझै चलिरहेको थियो, तर विजयको दिमागभित्रको आवाज त्योभन्दा धेरै ठूलो थियो ।
उसको मन तीनवटा दिशामा तानिएको थियो ।
रितिका ।
कामको नैतिकता ।
र जीवनको भविष्य ।
तीनै कुरा एकैपटक उसको दिमागमा भिडिरहेका थिए ।
समीरले चुपचाप सोध्यो —“तँ अझै पनि निर्णयमा पुगेको छैनस्, है ?”
विजय हल्का हाँस्यो, तर त्यो हाँसो थकानले भरिएको थियो ।
विजयः “समस्या एउटै निर्णयको भए सजिलो हुन्थ्यो तर यहाँ तीनवटा छन्... र तीनै एकअर्कासँग ठोक्किरहेका छन् ।”
समीरले गम्भीर भएर सोध्यो —“भन्ने कोसिस गर ।”
विजय केही क्षण चुप लाग्यो, अनि बोल्न थाल्यो ।
विजयः “पहिलो—रितिका । कहिले लाग्छ ऊसँग जीवन बिताउनुपर्छ । कहिले लाग्छ म आफैँ स्थिर नभएसम्म त्यो सम्बन्धलाई अन्याय हुन्छ ।”
ऊ केही क्षण रोकियो ।
विजयः “दोस्रो—काम । अफिसमा जे भइरहेको छ , त्यो गलत हो तर सत्य बोल्यो भने जागिर गुम्न सक्छ ।”
समीर ध्यान दिएर सुनिरहेको थियो ।
विजयः “तेस्रो—जीवनको दिशा । मलाई विदेश जाने अवसर आएको छ । यदि गएँ भने यहाँका सबै कुरा बदलिन्छ ।”
कोठाभित्र केही क्षण मौनता फैलियो ।
समीरले बिस्तारै भन्यो —“समस्या निर्णयको होइन । समस्या तीनवटा निर्णय एकै समयमा आउनु हो ।”
विजयले टाउको हल्लायो ।
विजयः (टाउकोमा बेसकरी हातले थिच्दै) “ठीक त्यही । एकलाई मिलाउँदा अर्को बिग्रिन्छ जस्तो लाग्छ ।”
समीरले झ्यालतिर हेर्दै भन्यो —“यही ठाउँमा धेरै मानिसहरू अड्किन्छन् । किनकि उनीहरू सोच्छन् — सबै कुरा एकैपटक मिल्नुपर्छ ।”
विजयले सोध्यो —“त्यसो भए के गर्ने ?”
समीरले सीधा उत्तर दिएन ।
उसले टेबलमा औँला बिस्तारै टकटक गर्यो, अनि भन्यो —“जीवनमा सबै निर्णय बराबर हुँदैनन् । जस्तो कि हातका पाँचवटा औँलाहरु । केही निर्णय मूल हुन्छन्, अरू त्यसको परिणाम ।”
विजय चुप लाग्यो ।
समीरले फेरि सोध्यो —“यदि तेरो जीवनको दिशा स्पष्ट भयो भने रितिका र जागिरको निर्णय सजिलो हुन्छ कि हुँदैन ?”
विजय अचानक सोचमा प¥यो ।
उसले पहिलोपटक तीनवटा समस्यालाई अलग होइन —क्रममा हेर्न थालेको थियो ।
उसले गहिरो सास लियो ।
अनि बिस्तारै भन्यो —“सायद... म गलत प्रश्न सोधिरहेको थिएँ ।”
समीरः “कस्तो प्रश्न ?”
विजयः “म सोधिरहेको थिएँ —तीनवटै समस्या कसरी समाधान गर्ने ? तर सायद सही प्रश्न यो हो — पहिला कुन निर्णय गर्नुपर्छ ?”
कोठाभित्र मौनता फैलियो । चकमन्न वातावरण थियो ।
विजयको दिमागमा विचारहरू फेरि घुमिरहेका थिए, तर यसपटक ती अराजक थिएनन् ।
ती क्रम मिलाउन खोजिरहेका थिए ।
–––
कोठाभित्रको हावा अझै भारी थियो, तर विजयको दिमाग पहिले जस्तो अस्तव्यस्त थिएन ।
टेबलमाथि मोबाइल राखिएको थियो । स्क्रिन निभिसकेको थियो, तर त्यसमा लुकेको निर्णय अझै जागा थियो । ऊ जागरुक थियो ।
समीर चुपचाप बसेको थियो । उसले अब धेरै कुरा भनिरहेको थिएन ।
विजयले आँखा बन्द गर्यो ।
उसलाई समीरले केही बेरअघि भनेको कुरा सम्झियो —“पहिला होशमा आऊ ।”
उसले बिस्तारै गहिरो सास भित्र तान्यो फोक्सो भरिने गरी । केही सेकेन्ड रोकेर अनि बिस्तारै बाहिर छोड्यो ।
कोठाभित्र कुनै आवाज थिएन —केवल सासको आवाज ।
उसले फेरि त्यही प्रक्रिया दोहो¥यायो ।
गहिरो सास...अनि बिस्तारै छोड्नु ।
पहिलोपटक उसलाई केही फरक लागेन तर तेस्रो, चौथो, पाँचौँ पटक दोहो¥याएपछि उसको दिमागमा घुमिरहेको विचारको भीड बिस्तारै सुस्त हुँदै गयो । जसरी हावाले धुलो बसेपछि दृश्य स्पष्ट देखिन्छ ।
विजयको अनुहार पनि बदलिँदै थियो । अघिसम्मको तनाव बिस्तारै कम हुँदै गइरहेको थियो ।
समीरले ध्यान दिएर हेर्दै थियो । केही क्षणपछि विजयले आँखा खोल्यो । उसको नजर पहिलेभन्दा स्थिर थियो ।
समीरः “के सोच्दैछस् ?”
विजयले तुरुन्त उत्तर दिएन । उसले फेरि एकपटक गहिरो सास लियो... अनि हल्का मुस्कानसहित भन्यो —“अचम्म लागिरहेको छ ।”
समीरः “किन ?”
विजयः “अघिसम्म मलाई लागिरहेको थियो तीनवटा निर्णयमध्ये कुन गर्ने भनेर म अलमलिएको छु ।”
उसले टेबलमाथिको मोबाइलतिर हेरÞ्यो ।
विजयः “तर अहिले... निर्णय स्पष्ट देखिन्छ ।”
समीरले आँखी भौं उठायो ।
समीरः “के बदलियो ?”
विजयले छोटो उत्तर दियो —“केही पनि होइन ।”
केही क्षण रोकिएर उसले थप भन्यो — “बदलिएको कुरा मेरो दिमाग हो । अहिले मलाई तनाव कम भइसकेको छ । ”
कोठाभित्र फेरि शान्त मौनता फैलियो ।
विजयलाई वास्तवमै अचम्म लागिरहेको थियो ।
अघिसम्म तीनवटा बाटो बराबर देखिन्थे —सबै जटिल, सबै जोखिमपूर्ण तर अब एउटा बाटो अरूभन्दा स्पष्ट देखिन थालेको थियो ।
उसले बिस्तारै भन्यो —“सायद समस्या निर्णयमा थिएन । समस्या म निर्णय गर्ने अवस्थामै थिइँन ।”
समीरले हल्का टाउको हल्लायो ।
विजयले मोबाइल उठायो ।
उसको औँला स्क्रिनमाथि स्थिर भयो —तर यसपटक त्यो अनिर्णय थिएन ।
यो निश्चितताको छोटो विराम थियो ।
–––
विजयले लामो सास फेरि भित्र तान्यो । फोक्सो भरियो, बिस्तारै बाहिर छोड्यो । यसपटक उसको दिमागमा अघिल्लो जस्तो अव्यवस्था थिएन ।
तीनवटा बाटो—
रितिकासँगको सम्बन्ध,
कम्पनीको भ्रष्ट कार्य उजागर गर्ने निर्णय,
र जीवनको दिशा (विदेश जाने अवसर)—
यी सबै अब स्पष्ट देखिन थाले ।
विजयले आँखा बन्द गर्यो । उसको भित्रको शान्ति र चेतना उसको मनलाई निर्देशित ग¥यो ।
नजजवपज
ावनवअव
विजयको मनमा भ्रष्टाचारविरुद्ध निर्णय लिनु अचानक आएको कुरा थिएन । त्यो निर्णयको जरा धेरै पहिलेदेखि उसलाई भित्रैबाट खाइरहेको एउटा अनुभवमा थियो ।
एकदिन उसले आफ्नो काम गर्ने एकेडेमीबाट एक दिनको बिदा लिएको थियो । बाहिरबाट हेर्दा त्यो साधारण दिन थियो, तर उसले त्यसदिन एउटा परीक्षण गर्ने योजना बनाएको थियो ।
उसलाई थाहा थियो —एकेडेमीभित्र पैसाको लेनदेनमा केही अनियमितता भइरहेको छ ।
उसले नक्कली दाह्री–जुङ्गा टाँस्यो, विग लगायो, र अनुहारलाई सकेसम्म अपरिचित बनायो । त्यसपछि ऊ त्यही एकेडेमीतिर गयो ।
उसको बहाना स्पष्ट थियो —छोराको फिस तिर्ने क्रममा भएको अतिरिक्त रकम फिर्ता लिन आएको मानिस ।
वास्तवमा, युरोपको एउटा कम्पनीसँग उसले सामानको भुक्तानी युरोमा लिनु पर्ने थियो । गल्तीले उसले त्यो कम्पनीलाई एकेडेमीको क्यूआर कोड पठाइदिएको थियो । कम्पनीले युरो पठायो, र त्यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा २५,००० रुपैयाँ बढी आएको थियो ।
त्यसपछि एकेडेमीले इमेल पठायो— “सम्झौताअनुसार यो रकम फिर्ता गर्न सकिन्छ ।”
त्यो इमेल, छोराको जन्मदर्ता, नागरिकता, र प्यान कार्डका कागजात लिएर विजय त्यहाँ पुगेको थियो ।
उसले घोक्रे स्वर बनाएर रिसेप्सनमा भन्यो —“मलाई विजयले पठाएको हो । लेजर हेरेर प्रमाण राख्नुहोस् र पैसा फिर्ता दिनुहोस् ।”
क्याशियरले कागजात हेर्यो ।
त्यही बेला विजयले एउटा अनौठो दृश्य देख्यो ।
प्रमुखको कोठातिर छोपिएको खाना लगिएको थियो । अफिसभित्र फोनमा कसैले भनिरहेको सुनियो “उहाँको नागरिकता र बच्चाको जन्मदर्ताको फोटोकपी ल्याऊ भनेको छ ।”
रिसेप्सनतिर फर्केर क्याशियरले झर्को मानेर भन्यो — “तपाईंलाई कसैले यसबारे फोन गरेको छ ? अहिलेसम्म मलाई त थाहा छैन । त्यो कागज पर्दैन ।”
त्यसपछि उसले तुरुन्तै एउटा भौचर बनायो । विजयलाई साइन गर्न लगायो र २५,००० रुपैयाँ तत्कालै हजार हजारको गनेर फिर्ता दियो ।
घटना त्यत्तिकै सकिनुपर्ने थियो तर त्यही क्षण विजयको दिमागमा अर्को कुरा चम्कियो ।
उसले पहिले सुनेको थियो —प्रमुखकी छोरीले विदेशबाट पठाउन नमिल्ने पैसा एकेडेमीको फिसको रूपमा देखाएर बुझाउने गर्थिन् ।
अहिले त्यो कुरा उसलाई वास्तविक लाग्न थाल्यो ।
किनकि उसलाई थाहा थियो —जब विदेशबाट फिस तिर्ने क्रममा बढी रकम आउँथ्यो, एकेडेमीले फिर्ता दिनका लागि सधैं जन्मदर्ता र अभिभावकको नागरिकताको फोटोकपी माग्थ्यो तर ती कागजात प्रायः “हराउँथे” ।
अडिट हुँदा त्यही हराएका कागजात बहाना बन्थे र त्यो रकम कहाँ गयो भन्ने कुरा पुष्टि गर्न कसैले सक्दैनथ्यो ।
विजयलाई त्यो दिन एउटा कठोर सत्य स्पष्ट भयो —यो केवल गल्ती थिएन । यो व्यवस्थित भ्रष्टाचारको संरचना थियो ।
त्यो दिनपछि उसको मनमा द्वन्द्व सुरु भयो । एकातिर जागिर, सुरक्षा, र व्यक्तिगत जीवन थियो । अर्कोतिर सत्य, जिम्मेवारी, र न्यायको प्रश्न ।
धेरै दिनसम्म उसले त्यो कुरा मनभित्र बोकेर हिंड्यो । साना निर्णयहरू, सजगताको अभ्यास, र अन्ततः बाबाको मार्गदर्शनले उसको मनलाई स्पष्ट बनएको थियो । बाबासँग भेटेर फर्किएपछि पनि विजयको मन पूर्ण रूपमा खाली भएको थिएन । सासको अभ्यासले उसको मन शान्त भएको थियो, तर शान्त सतहको तल अझै केही गहिरो तरंगहरू थिए ।
झ्यालबाट बाहिर हेर्दा शहरको उज्यालो स्थिर देखिन्थ्यो, तर उसको स्मृतिमा भने पुरानो एउटा दृश्य बिस्तारै जाग्न थाल्यो ।
त्यो दृश्य उसले धेरै समयदेखि दिमागको कुनै कुनामा थिचेर राखेको थियो ।
“किन म यति धेरै अस्थिर हुन्छु ?”
उसले आफैँलाई प्रश्न गर्यो ।
उत्तर तुरुन्त आयो —किनकि उसले एउटा कुरा देखेको थियो, जसलाई बेवास्ता गर्न उसले सकेको थिएन ।
त्यसपछि उसको मन बिस्तारै केही महिनाअघि भएको घटनातिर फर्कियो ।
–––
एक दिन उसले एकेडेमीबाट एक दिनको बिदा लिएको थियो । बाहिरबाट हेर्दा त्यो साधारण प्रशासनिक काम जस्तो थियो —पेमेन्ट मिलाउने ।
तर विजयको मनमा एउटा शंका धेरै समयदेखि बसिरहेको थियो । एकेडेमीको आर्थिक लेनदेनमा केही मिलिरहेको थिएन ।
त्यो दिन उसले एउटा सानो परीक्षण गर्ने निर्णय गरेको थियो । हो यही द्वन्द्व बारम्बार विजयको दिमागमा हुँडलिरहेको थियो ।
उसले नक्कली दाह्री–जुङ्गा लगायो, विग लगायो, र आफ्नो स्वर परिवर्तन गर्यो ऊ आफैँलाई पनि चिन्न गाह्रो हुने गरी ।
त्यसपछि ऊ त्यही एकेडेमीतिर गयो —जहाँ ऊ सामान्यतया कर्मचारीको रूपमा चिनिन्थ्यो । किनकि उसले पनि फिस बुझेर लिने नै काम गथ्र्यो तर ािना प्रमाण कसैलाई पनि पैसा फिर्ता गर्दैनथ्यो ।
यसपटक भने ऊ अपरिचित अभिभावक बनेर पुगेको थियो ।
उसको हातमा कागजहरू थिए —इमेलको प्रिन्ट, छोराको जन्मदर्ता, नागरिकता, र प्यान कार्ड ।
वास्तविक घटना यस्तो थियो —उसले युरोपको एउटा कम्पनीसँग सामानको पेमेन्ट लिनुपर्ने थियो । गल्तीले उसले त्यो कम्पनीलाई एकेडेमीको क्यूआर कोड पठाइदिएको थियोतर अहिले उसलाई त्यो एकेडेमीको भ्रष्टाचारबारे अनुसन्धान गर्न ठोस प्रमाण् भएको थियो ।
कम्पनीले युरोमा रकम पठायो । नेपाली रुपैयाँमा रूपान्तरण हुँदा २५,००० रुपैयाँ बढी आयो ।
एकेडेमीले इमेल पठायो —“यो रकम फिर्ता गर्न सकिन्छ ।”
त्यही रकम लिन विजय आज त्यहाँ आएको थियो ।
उसले घोक्रे स्वरमा भन्यो —“मलाई विजयले पठाएको हो । लेजर हेरेर प्रमाण राख्नुहोस् र पैसा फिर्ता दिनुहोस् ।”
क्याशियरले कागजहरू हेर्यो । त्यसै बेला विजयको ध्यान अर्को दृश्यतिर गयो । यही कुरो थियो विजयमा द्वन्द्व बनी हुँडलिरहेको ! प्रमुखको कोठातिर छोपिएको खाना लगिएको थियो ।
फोनमा कसैले भनिरहेको सुनियो —“उहाँको नागरिकता र बच्चाको जन्मदर्ताको फोटोकपी ल्याऊ भनेको छ ।”
विजय चुपचाप सुनिरहेको थियो तर रिसेप्सनमा क्याशियर अचानक झर्कियो— “तपाईंलाई यसबारे कसैले फोन गरेको छ ?
(यसबेला विजयले सोचेको थियो किन मलाई यही कुरा मात्रै बारम्बार द्वन्द्व बनी हुँडलिरहन्छ ?)
अहिलेसम्म मलाई थाहा छैन । त्यो कागज पर्दैन ।” ( अझै यी कुरा विजयको दिमागमा प्रतिध्यनित भइरहेको थियो )
त्यसपछि उसले तुरुन्तै भौचर बनायो, साइन गरायो, र २५,००० रुपैयाँ फिर्ता दियो ।
घटना त्यहीँ सकिएको थियो तर विजयको मनमा एउटा ठूलो प्रश्न जन्मियो ।
किनकि उसलाई थाहा थियो —विदेशबाट फिस तिर्दा बढी रकम आएमा एकेडेमी सधैं जन्मदर्ता र नागरिकताको फोटोकपी माग्थ्यो तर ती कागजातहरू प्रायः “हराउँथे”।
अडिट हुँदा ती हराएका कागजात नै बहाना बन्थे र पैसा कहाँ गयो भन्ने कुरा कसैले स्पष्ट देखाउन सक्दैनथ्यो ।
विजयले त्यही क्षण एउटा पुरानो कुरा सम्झियो । उसले पहिले सुनेको थियो —प्रमुखकी छोरीले विदेशबाट पठाउन नमिल्ने पैसा एकेडेमीको फिसको नाममा बुझ्ने गर्थिन् । अहिले त्यो केवल अफवाह जस्तो लागेन । यो एउटा सङ्गठित तरिकाजस्तो देखिन थाल्यो ।
र त्यही दिनदेखि विजयको मनमा द्वन्द्व सुरु भयो ।
यदि ऊ चुप बस्यो भने —उसको जागिर सुरक्षित रहन्थ्यो ।
यदि ऊ बोल्यो भने —ऊ एक्लो पर्न सक्थ्यो ।
यही द्वन्द्वले उसलाई महिनौँसम्म भित्रभित्रै खाइरह्यो ।
त्यसैले कहिलेकाहीँ ऊ साना निर्णयमा पनि अलमलिन्थ्यो । कहिलेकाहीँ मानिसहरू उसलाई राम्रो लाग्थे, कहिलेकाहीँ नराम्रो । किनकि उसको दिमागमा एउटा प्रश्न लगातार घुमिरहेको थियो —“के म यो सबै देखेर पनि चुप बस्न सक्छु ?”
त्यो प्रश्नले उसको मनलाई लगातार उथलपुथलमा राख्यो ।
र अन्ततः त्यही उथलपुथलले उसलाई एउटा कठोर निर्णयतिर धकेल्यो—
— यो भ्रष्टाचार उजागर गर्ने । —
–––
र अन्ततः उसले निर्णय गर्यो — यो भ्रष्टाचारलाई जस्तै कठिन परिस्थितिमा पनि उजागर गर्ने । जागिर गुम्ने जोखिम भए पनि । त्यसैले उसले सबै प्रमाण सङ्कलन गर्यो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी दर्ता गर्यो ।
त्यो निर्णयले केवल एउटा संस्थाको अनियमितता उजागर गर्ने कुरा मात्र थिएन —त्यो विजयको मनभित्र वर्षौँदेखि चलेको द्वन्द्वको अन्त्य पनि थियो ।
यो निर्णय सरल थिएन।
यसले उसलाई तत्काल जोखिममा पाथ्र्यो —जागिर गुम्ने खतरा, सहकर्मीको विरोध, र व्यक्तिगत जीवनमा तनाव तर उसले महसुस गर्यो —यो निर्णय दीर्घकालीन मूल्य राख्थ्यो, त्यसैले सानो डरको कारण पछि हट्नु उपयुक्त थिएन ।
समीरले अलि टाढाबाट उसको अनुहार हेर्दै भन्यो —“तेरो निर्णय दृढ छ ।”
विजयले टाउको हल्लायो, तर अनुहारमा हल्का चिन्ता पनि थियो ।
अर्को दिन बिहानै, उसले कम्प्युटर खोलेर सबै प्रमाण तयार ग¥यो । फाइलहरू सुरक्षित गरेर कम्पनीका वरिष्ठ अधिकृतलाई पठायो ।
केहि घण्टा भित्र, एउटा महत्त्वपूर्ण घटना भयो । कम्पनीको प्रमुखले अप्रत्याशित रूपमा बैठक बोलायो ।
सबै कर्मचारीहरू एउटै कोठामा जम्मा भए । विजयलाई डर र आश्चर्य दुबै थियो ।
प्रमुखले ठूलो स्वरमा भन्यो —“हामीले बाहिरबाट आएको रिपोर्ट देख्यौं। यो सत्य हो । हामी तुरुन्त सुधारात्मक कदम चाल्नेछौं । साथै दोषीलाई जिम्मेवारी लिन बाध्य गरिनेछ ।”
विजयलाई अचम्म लाग्यो । अघिल्लो रातसम्म डरले भरिएको उसको मनले सोचेको थिएन कि सत्य उजागर गर्दा यसरी प्रतिक्रिया आउँछ ।
तर महत्त्वपूर्ण कुरा यो भयो— उसले आफैँमा विश्वास र होशियारी पाए । साना निर्णयहरू सिक्ने अभ्यास, लामो सास फेरि छोड्ने अभ्यास, सही व्यक्तिबाट सल्लाह लिने अभ्यास —सबैको नतिजा अब देखिन थालेको थियो ।
समीरले उसको कानमा सधैं सम्झाउने शैलीमा भन्यो —“तेरो निर्णयले केवल कम्पनीको व्यवस्था मात्र सुधार गरेको छैन, तेरो मन पनि अब स्पष्ट र दृढ भयो । अलिकति डर भए पनि अब तैं निर्णय लिन सक्ने छस् ।”
विजयले शान्त भएर गहिरो सास फे¥यो ।
अब उसले महसुस गर्यो —सत्य, साहस, र स्पष्टता सँगै निर्णय गर्नाले जीवनमा नयाँ बाटो खुल्छ ।
–––
विजयले कम्पनीमा सत्य उजागर गरेको केही दिनपछि पनि मनभित्र हल्का डर र अनिश्चितता थियो । उसो त ऊ आफ्नो निर्णयसँग स्थिर थियो, तर दिमागमा साना प्रश्नहरू अझै टल्मलाइरहेका थिए—“के मैले सही गरेँ ?” “के यो निर्णय दीर्घकालीन लाभ ल्याउनेछ ?”
समीरले उसको अनुहार हेर्दै भने —“अब तैंलाई अरूको सल्लाह पनि आवश्यक छ ।”
विजयले शान्त भएर टाउको हल्लायो । त्यसै दिन उसले निर्णय गर्यो —एकजना अनुभवी बाबासँग भेट्ने । बाबा वृद्ध, शान्त मनको व्यक्ति थिए, जसको अनुहारमा अनुभवको गहिराइ झल्किन्थ्यो ।
विजयले आफ्नो समस्या विस्तार गरेर सुनायो —ती तीनवटा निर्णय, डर, र असमञ्जस्यता ।
बाबा चुपचाप सुन्दै थिए, अनि ढिलो बोल्दै भने — “तेरो मनले सही बाटो देखाएको छ तर याद राख —हरेक निर्णय सजगता र होशियारीबाट हुनुपर्छ । हर क्षण सजग रहौँ । सजगतामा गरेको निर्णय अबश्य नै उत्तम हुनेछ ।”
विजयको मन हल्का भयो । उसले महसुस गर्यो —सचेतता मात्र होइन, सही मार्गदर्शनले पनि निर्णयलाई बल दिन्छ ।
बाबासँगको संवादले उसलाई अर्को महत्त्वपूर्ण कुरा सिकायो —नयाँ निर्णयमा कदम राख्नु अघि सधैं आफ्नो मन र वातावरणको स्थिति हेर्नुपर्छ । सिर्जना, साहस, र स्पष्ट दृष्टिकोण सँगै भएमा मात्र निर्णय स्थिर र प्रभावकारी हुन्छ ।
विजयले गहिरो सास फे¥यो । यसपटक उसले केवल भित्रको डरको विरुद्ध सामना मात्र गरेको थिएन, तर सजगता र अनुभवको शक्ति पनि आत्मसात गरेको थियो ।
उहाँको अनुहारमा शान्त मुस्कान थियो ।
विजयलाई लाग्यो —अब उसले वास्तविक रूपले निर्णय लिन र त्यसको परिणाम सामना गर्न सक्षम भयो ।
–––
विजयले लामो सास फेरि भित्र तानेर बिस्तारै बाहिर छोड्यो । अघिल्लो जस्तो मनको हलचल थिएन । तीनवटा बाटो—रितिका, जीवनको दिशा, कम्पनीको भ्रष्टाचार—अब उसको मनमा स्पष्ट देखिन थाले ।
उसले अन्ततः निर्णय गरेको थियो —कम्पनीको भ्रष्टाचार उजागर गर्ने निर्णय । अघिसम्म त्यो निर्णय सोच्दा उसको मनमा अराजकता भएको थियो तर लामो सास लिने अभ्यास, सचेतता, र बाबासँगको मार्गदर्शनले गर्दा त्यसपछि भने उसलाई यो निर्णय सहज लागेको थियो ।
विजय आफैँ अचम्मित भएको थियो ।
“पहिले कति हलचल हुन्थ्यो,” उसले मनमनै भन्यो,
“तर अहिले ठूलो निर्णय पनि सामान्य जस्तै गर्न सकिँदो रहेछ भन्ने आभास भयो ।”
बाबाको मार्गदर्शन उसलाई अजिवको अनिस्मरणीय भएको थियो ।
बाबाले भनेका शब्द—“हर क्षण सजग रहौँ, सजगतामा गरेको निर्णय उत्तम हुन्छ”—अब विजयको मानसिक आधार बने ।
उसले महसुस गर्यो—सचेत अभ्यास, सही मार्गदर्शन, र दृढ निर्णयले उसको जीवनमा नयाँ स्थिरता ल्याएको छ । उसलाई निश्चय भयो कि अब उसले न केवल ठूला निर्णय लिन सक्छ , तर दैनिक जीवनका साना निर्णयहरू पनि सहजता र स्थिरतासँग गर्न सक्षम भयो ।
विजयको अनुहारमा हल्का मुस्कान झल्कियो ।
उसले बुझ्यो —सत्य र साहस मात्र होइन, सजगता र मार्गदर्शनको शक्ति पनि निर्णयलाई बल दिन्छ ।
–––
विजयको निर्णयपछि कोठाभित्रको शान्ति बाहिर पनि फैलिन थाल्यो । झ्यालबाहिर रवि उदाउँदै थियो, पहाडका रेखाहरू रातको गहिराइबाट बाहिर झिकिँदै थिए । उसले चुपचाप झ्यालतिर हेर्दै बिस्तारै सास फे¥यो ।
साँझको जस्तो हल्का हावा, घाँसको नमी, र डाँडाको हरियालीले उसको मनमा स्वतः शान्ति ल्यायो ।
साँझको रविको सुनौलो किरण र पहाडको हरियालीले मिलेर बनाएको दृश्यलाई देख्दा उसले महसुस गर्यो —जसरी प्रकृति स्थिर र सन्तुलित छ , त्यसैगरी उसको मन पनि अब स्थिर हुँदै गएको छ । साना निर्णयहरू मिलेर ठूलो निर्णयको आधार तयार पार्छन् —जसरी साना नदीका धाराहरू मिलेर विशाल नदी बन्छ ।
साँझको रङले आकाशलाई हरियाली, सुनौलो र नीलोले मिश्रित बनाएको थियो ।
पातहरूमा हरियो उज्यालो, हावामा हल्का कम्पन, र टाढाको नदीको चमक —सबै मिलेर विजयको मनलाई एक गहिरो शान्ति र स्पष्टता प्रदान ग¥यो ।
उसले बुझ्यो —जीवनमा निर्णयको जटिलता र कठिनाइ, केवल अस्थिर मनको परिणाम हुन् ।
जब मानिस सचेत हुन्छ, साना निर्णयको अभ्यास गर्छ, र सही मार्गदर्शन पाउँछ, तब ठूलो निर्णय पनि प्राकृतिक, सहज र स्पष्ट हुन्छ ।
विजयले लामो सास फे¥यो । उसले हावाको शुद्धता, रविको तातोपना, र डाँडाको स्थिरता महसुस ग¥यो । अब उसको मनमा डर, द्वन्द्व, र असमञ्जस्यता थिएन ।
जसरी प्रकृतिमा सबै कुरा सन्तुलित र समग्र छ , त्यसै गरी उसको जीवनमा पनि निर्णय, सजगता, र साहसले नयाँ सन्तुलन ल्याएको थियो ।
अन्ततः, विजयले महसुस गर्यो —मनको स्थिरता, सजगता, र प्राकृतिक धैर्यता संगै रहँदा, जीवनका सबै चुनौतीहरूलाई पार गर्न सकिँदो रहेछ ।
झ्यालबाट बाहिर देखिएको प्रकृतिका प्रत्येक रङहरु उसको मनको प्रतिविम्ब जस्तो लाग्यो । ऊ पहिलेभन्दा अझ हँसिलो थियो । उसले उन्मुक्त हाँसो हाँस्यो । प्रकृतिमा पनि त्यस्तै प्रतिविम्ब देख्यो ।
र उसको मन अब केवल निर्णयको लागि तयार मात्र होइन —जीवनलाई अनुभव गर्न पनि तयार भइरहेको थियो । उसमा जस्तो सुकै कुराको पनि निर्णय गर्न सक्ने आत्मविश्वासको दृढता आइसकेको थियो ।
–––
२०८२ पाmगुन २९
विजु सुवेदी विजय
Comments
Post a Comment