कथा : नयाँ नेपालको आँधी

 


कथा : नयाँ नेपालको आँधी


भ्रष्टाचारबाट निराश युवा त्यसपछि चेतना र आन्दोलन गर्छ । रणनीतिक संघर्ष गर्छ । प्रविधि र एआईको प्रयोग गरी मुलुक सुधार्न चाहन्छ । अन्ततः चुनावी परिवर्तनबाट नयाँ शासनमा जनताले पु¥याउँछन् ।

यो युवा चेतना → आन्दोलन → परिवर्तन → नयाँ नेपालको यात्रा हो । त्यसैले कथा  पनि यही धुरी वरिपरि घुमिरहन्छ । 

“जेन्जी आन्दोलन” हुन्छ । सिधा, स्पष्ट, तर धेरै साधारण !

“नयाँ नेपालको आँधी” आउँछ । नाटकीय छ , तर राजनीतिक कथा जस्तो देखिन्छ ।

“स्वाभिमानको विद्रोह” हुन्छ । प्रचुर भावनात्मक छ , तर प्रविधि र एआईको पक्ष भरपुर उपयोग हुन्छ।

“युवा चेतनाको क्रान्ति” ले ०७२ पछिको जनसंविधान पछिको  “परिवर्तनको दशक”ले इतिहास र समयको यात्रा देखाउँछ ।

अवश्य नै “जेन्जीको उदय” हुन्छ अनि पुस्ताको परिवर्तन झल्काउने “नयाँ नेपालको जेन्जी आन्दोलन” हुन्छ ।


किन ?


किनकि कथा युवा पुस्ता वरिपरि केन्द्रित हुन्छ । आन्दोलनबाट राजनीतिक परिवर्तन हुन्छ । अन्ततः नयाँ शासन र प्रविधि आधारित भविष्य पनि समेटिन्छ ।


निश्चय नै यो स्वाभिमानी युवाको जेन्जी आन्दोलन होे । 




निराशा → चेतना → संघर्ष → आन्दोलन → राजनीतिक परिवर्तन → प्रविधि आधारित शासन ।

                                                                                                                   

आन्दोलनबाट राजनीतिक शक्ति बन्ने संक्रमण यही ठाउँमा हुन्छ ः—

यही चरणमा आन्दोलन → राजनीतिक संगठन → चुनावी रणनीतिको विकास विश्वसनीयसाथ अघि बढ्दै प्रविधि र एआईबारे आशा र जोखिम दुवै आयामबाट कथा अधिक परिपक्व हुँदै जान्छ ।

अब सिधै कथामा प्रवेश गरौँ ः—


१ः निराशा र प्रश्न


साँझको समय थियो । सहरका सडकहरूमा मोटरसाइकलको आवाज, चिया पसलमा चलिरहेको राजनीतिक बहस, र मोबाइलमा स्क्रोल गरिरहेका युवाहरू—सबै एउटै दृश्य जस्तो देखिन्थ्यो ।


त्यही भीडभाडको बीचमा आर्यन नामको एक युवा चिया पसलको कुनामा उभिएको थियो । ऊ आजको जेन्जी पुस्ताको प्रतिनिधि थियो—ऊर्जाले भरिएको, तर भित्र कतै गहिरो असन्तोष बोकेको ।


उसको साथी सन्देशले चिया कप समाउँदै बोल्यो, “तिमी फेरि त्यही समाचार हेर्दै छौ ? भ्रष्टाचारको कुरा ?”


आर्यनले मोबाइल स्क्रिन बन्द गर्यो । उसको अनुहारमा निराशा स्पष्ट देखिन्थ्यो । “समाचार होइन, यथार्थ हो,” उसले गम्भीर स्वरमा भन्यो । “हामीलाई देशमा बस्न मन छैन भन्ने होइन तर यहाँ इमानदार भएर बाँच्ने वातावरण नै छैन ।”


सन्देश केही क्षण चुप रह्यो ।


आर्यन फेरि बोल्यो— “हामीलाई के चाहिएको छ ? साधारण कुरा मात्र—सुशासन र काम गर्ने अवसर । तर यहाँ के भइरहेको छ ? जसले मेहनत गर्छ , ऊ बेरोजगार हुन्छ । जसले भ्रष्टाचार गर्छ , ऊ शक्तिशाली हुन्छ ।”


चिया पसलका अरू युवाहरू पनि चुपचाप सुनिरहेका थिए ।


आर्यनले टेबलमा औंला टकटकायो र भन्यो, “हामीले देश छोड्नुपर्ने बाध्यता किन आउँछ ? किन यहाँ रोजगारीको ग्यारेन्टी हुँदैन ? यो देशमा सम्भावना छैन भन्ने होइन — समस्या भनेको प्रणाली बिग्रिएको छ ।”


त्यस क्षण उसको मनमा एउटा स्पष्ट प्रश्न जन्मियो— यदि पुरानो प्रणालीले युवालाई भविष्य दिन सक्दैन भने, के नयाँ सोच र नयाँ आन्दोलन आवश्यक छैन ?


साँझको हावा केही चिसो हुँदै थियो तर आर्यनको मनमा भने एउटा अशान्त आगो बल्न थालेको थियो—

देश बदल्नुपर्ने आगो ।


–––


२ः स्वाभिमानको घोषणा


भोलिपल्ट बिहान । सहर अझै पूर्ण रूपमा ब्युँझिएको थिएन । सडकमा केही सवारीहरू मात्र चलिरहेका थिए । आर्यन पार्कको बेन्चमा बसिरहेको थियो । उसले रातभर सोचिरहेकै कुरा मनभित्र घुमाइरहेको थियो —देश, भ्रष्टाचार, र युवाको भविष्य ।


त्यही बेला उसको पुरानो कलेज साथी रवि त्यहाँ आइपुग्यो ।


रविले हाँस्दै भन्यो, “यार, तिमी धेरै टेन्सन लिन्छौ । आखिर के नै गर्न सक्छौ तिमी एक्लैले ?”


आर्यनले उसलाई सिधै हेर्यो । उसको आवाज यसपटक शान्त तर दृढ थियो । “म एक्लो हुन सक्छु,” उसले भन्यो, “तर म आत्मसमर्पण गर्ने मान्छे होइन ।”


रवि केही अचम्मित भयो ।


आर्यनले अगाडि थप्यो— “म कसैको कठपुतली बन्ने छैन । न त कुनै शक्तिको अगाडि झुक्नेछु । म एउटा स्वतन्त्र, सार्वभौम र स्वाभिमानी नागरिक हुँ ।”


हावाले पार्कका रुखका पातहरू हल्का हल्लाइरहेका थिए ।


आर्यनको स्वर अझ गम्भीर भयो— “देश बिग्रियो भनेर हामी भाग्दै जाने हो भने समस्या कहिल्यै समाधान हुँदैन । कोही न कोही त उभिनै पर्छ ।”


रवि केहीबेर चुप रह्यो । “तर उभिने भनेको कसरी ?” उसले सोध्यो ।


आर्यनले टाढा क्षितिजतिर हेर्दै भन्यो— “पहिलो कुरा —डर हटाउनु पर्छ । दोस्रो कुरा—आफ्नो स्वाभिमान जोगाउनु पर्छ र तेस्रो कुरा —सत्य बोल्न सुरु गर्नुपर्छ ।”


त्यस क्षण रविलाई महसुस भयो —आर्यनको कुरा केवल रिस वा निराशा थिएन । त्यो एउटा चेतनाको सुरुवात थियो । सायद यो केवल दुई जना युवाको कुराकानी थिएन । यो नयाँ सोच जन्मिने संकेत पनि हुन सक्थ्यो ।


–––

३ः डरभन्दा ठूलो सत्य


पार्कको संवादपछि आर्यनको मन अझ स्पष्ट हुँदै गइरहेको थियो । ऊ अब केवल गुनासो गर्ने युवामध्ये एक हुन चाहँदैनथ्यो । त्यस दिन बेलुकी उनीहरू फेरि त्यही चिया पसलमा भेटिए । चिया पसलमा केही सरकारी कर्मचारीहरू पनि बसेर राजनीति र प्रशासनका कुरा गरिरहेका थिए ।


रविले चुपचाप सोध्यो, “यार, तिमी साँच्चै यस्तो कुरा सार्वजनिक रूपमा बोल्ने सोच्दै छौ ? समस्या हुन्छ ।”


आर्यन मुस्कुरायो । त्यो मुस्कान चुनौतीपूर्ण थियो । “समस्या त पहिले नै छ,” उसले शान्त स्वरमा भन्यो । “हामी चुप लागेर बस्नु नै समस्या हो ।”


रविले फेरि बोल्यो, “तर सरकारसँग ठोक्किनु सजिलो छैन ।”


आर्यनले कप टेबलमा राख्दै स्पष्ट शब्दमा भन्यो — “मलाई सत्ताको नुनको मतलब छैन । सरकारको कानुनलाई पनि अन्धो भएर मान्ने मनस्थिति छैन तर यसको अर्थ अराजकता होइन ।”


रवि अचम्मित भएर हेर्दै थियो ।


आर्यनले अगाडि थप्यो— “यदि कानुन जनताको हितका लागि हो भने म त्यसको पक्षमा उभिन्छु तर यदि कानुन भ्रष्टाचार लुकाउन प्रयोग भइरहेको छ भने —त्यसलाई सुधार्नै पर्छ ।”


चिया पसलका केही मानिसहरूले उनीहरूको कुरा सुन्न थाले ।


आर्यनको आवाज अझ दृढ भयो— “सत्ता जनताको सेवक हो । यदि सेवक मालिक बन्न थाल्यो भने त्यसलाई सम्झाउने जिम्मेवारी पनि नागरिककै हो ।”


रविले बिस्तारै बुझ्न थाल्यो— आर्यनको लडाइँ व्यक्तिगत रिस होइन । यो प्रणाली सुधार्ने सोच थियो ।


त्यस रात सहर सामान्य रूपमा चलिरहेकै थियो तर आर्यनको मनमा एउटा निर्णय जन्मिइसकेको थियो— यदि व्यवस्था गलत छ भने त्यसलाई बदल्ने कुरा अब केवल बहसमा सीमित रहने छैन ।


–––

४ः पहिलो टकराव


केही दिनपछि सहरको एउटा सरकारी कार्यालयमा असामान्य भीड थियो । रोजगारी सम्बन्धी एउटा कार्यक्रमका लागि युवाहरू फाराम बुझाउन आएका थिए । आर्यन पनि त्यही लाइनमा उभिएको थियो । 

उसले सोचेको थियो—यदि प्रणाली ठीकसँग चलिरहेको भने युवालाई अवसर मिल्नैपर्छ ।


तर लाइन बिस्तारै अगाडि बढ्दै जाँदा उसले अजीब दृश्य देख्यो । लाइनभन्दा बाहिरबाट केही मानिसहरू सिधै भित्र गइरहेका थिए । उनीहरू कागज बुझाएर तुरुन्तै बाहिर निस्किरहेका थिए ।


आर्यनले छेउमा उभिएको एक युवकलाई सोध्यो, “यो के भइरहेको हो ?”


त्यो युवक हल्का मुस्कुरायो । “तिमीलाई थाहा छैन ? यहाँ काम गर्न सिफारिस र घुस चाहिन्छ ।”


आर्यनको अनुहार कडा भयो ।


केही बेरपछि उसले आफ्नै आँखाले देख्यो —एक कर्मचारीले टेबलमुनि खाम लिएर अर्को व्यक्तिलाई सिधै भित्र पठायो ।


त्यो क्षण आर्यनको मनमा रहेको शंका समाप्त भयो । यो केवल हल्ला थिएन —यो प्रत्यक्ष भ्रष्टाचार थियो ।


उहाँले लाइनबाट बाहिर निस्केर केही युवाहरूसँग कुरा गर्न थाल्यो ।


“हामी सबैले यो देखिरहेका छौँ,” आर्यनले भन्यो । “तर किन चुप लागेर बसिरहेका छौँ ?”


एक युवाले निराश स्वरमा उत्तर दियो, “के गर्न सक्छौँ र ? आवाज उठायो भने झन् समस्या हुन्छ ।”


आर्यनको स्वर कठोर भयो । “म कुनै हालतमा यस्तो व्यवस्थासँग सम्झौता गर्दिनँ,” उसले भन्यो । “यदि हामी सबै चुप लाग्यौँ भने यो कहिल्यै बदलिने छैन ।”


बिस्तारै त्यहाँ उभिएका केही युवाहरू उसको वरिपरि जम्मा भए । त्यसै दिन उनीहरूले एउटा सानो समूह बनाउने निर्णय गरे —युवा स्वाभिमान समूह तर यो कुरा त्यत्तिकै शान्त रहेन ।


कार्यालयभित्रबाट एक प्रभावशाली अधिकारी बाहिर आए । उनको नाम विक्रम अधिकारी थियो —त्यो कार्यालयको शक्तिशाली प्रशासक, जसको प्रभाव राजनीतिसम्म फैलिएको थियो ।


उनले कठोर नजरले आर्यनतिर हेरे । “यहाँ भीड जम्मा गरेर हल्ला मच्चाउने अधिकार कसले दियो ?” उनले कडा स्वरमा सोधे ।


आर्यन एक कदम अगाडि बढ्यो । “हल्ला होइन,” उसले शान्त तर दृढ आवाजमा भन्यो, “हामीले केवल अन्याय देखेका छौँ र त्यसको जवाफ मागिरहेका छौँ ।”


विक्रम अधिकारीको अनुहार कडा भयो । “कानुनको बारेमा धेरै नबोल,” उनले चेतावनी दिए । “यहाँको व्यवस्था सरकारको नियम अनुसार चल्छ ।”


आर्यनले बिनाडर उत्तर दियो— “यदि नियम न्यायका लागि हो भने हामी साथ दिन्छौँ तर यदि नियम भ्रष्टाचार ढाक्न प्रयोग भइरहेको छ भने त्यसको विरोध गर्नु पनि नागरिकको अधिकार हो ।”


त्यो क्षण वातावरण एकाएक तनावपूर्ण बन्यो ।


यो केवल बहस थिएन।

यो आर्यन र शक्तिशाली व्यवस्थाबीचको पहिलो टकराव थियो ।


–––

५ः परिवर्तनको खाका


कार्यालयमा भएको टकरावपछि आर्यन र उसका साथीसँग एउटा स्पष्ट प्रश्न उभियो — के केवल विरोध गरेर मात्र व्यवस्था बदलिन्छ ?


त्यो साँझ उनीहरू शहरको एउटा सानो सामुदायिक पुस्तकालयमा जम्मा भए । आर्यन, रवि, र अरू केही युवा टेबल वरिपरि बसिरहेका थिए । वातावरण गम्भीर थियो ।


रविले सोध्यो, “अब के गर्ने ? केवल नारा लगाएर त केही हुने देखिँदैन ।”


आर्यन केही समय चुप रह्यो । उसले कागजमा केही बुँदाहरू लेखिरहेको थियो । “हामीले केवल समस्या देखाएर काम हुँदैन,” उसले अन्ततः भन्यो । “हामीले समाधानको खाका पनि देखाउनुपर्छ ।”


सबैले ध्यान दिएर सुन्न थाले ।


आर्यनले कागज टेबलमा राख्दै भन्यो— “परिवर्तन भनेको एउटा मात्र क्षेत्रमा हुँदैन । यदि देश बदल्नुपर्छ भने चार ठाउँमा स्पष्ट देखिनुपर्छ ।”


रवि झुक्दै कागजतिर हेर्न थाल्यो ।


आर्यनले बिस्तारै पढ्यो— “पहिलो — राजनैतिक परिवर्तन ।

सत्तामा पुग्ने मान्छेहरू पारदर्शी र उत्तरदायी हुनुपर्छ ।”


“दोस्रो — सामाजिक परिवर्तन ।

जनताले डर र निराशाबाट बाहिर निस्केर सचेत नागरिक बन्नुपर्छ ।”


“तेस्रो — आर्थिक परिवर्तन ।

युवालाई देशमै रोजगारी र उद्यमको अवसर दिनुपर्छ ।”


“र चौथो — प्रविधिको प्रयोग ।

प्रणाली पारदर्शी बनाउन डिजिटल प्रविधि प्रयोग गर्नुपर्छ ।”


कोठाभित्र केही क्षण मौनता छायो । रवि पहिलोपटक गम्भीर देखियो । “यदि यो चारवटा क्षेत्रमा काम गरियो भने मात्रै साँचो परिवर्तन सम्भव छ भन्ने तिमीलाई लाग्छ ?”


आर्यनले दृढ स्वरमा उत्तर दियो —“हो । यदि परिवर्तन टुक्राटुक्रामा भयो भने प्रणाली फेरि पुरानै अवस्थामा फर्किन्छ ।”


एक युवाले उत्साहित हुँदै भन्यो, “त्यसो भए हाम्रो समूहको लक्ष्य यही चार क्षेत्रमा काम गर्ने भयो ।”


आर्यनले टाउको हल्लायो । “हामी केवल विरोध गर्ने समूह होइनौं,” उसले भन्यो । “हामी परिवर्तनको स्पष्ट योजना राख्ने समूह बन्नुपर्छ ।”


तर उनीहरूलाई थाहा थियो —यो योजना बनाउनु सजिलो थियो, तर यसलाई कार्यान्वयन गर्नु भने सत्तासँग ठूलो टकराव ल्याउन सक्थ्यो ।


–––

६ः इतिहासको ऐना


युवा स्वाभिमान समूहको बैठक यसपटक लामो भयो । आर्यनले टेबलमा एउटा पुरानो इतिहासको किताब राख्यो ।


रविले अचम्मित हुँदै सोध्यो, “हामी आन्दोलनको कुरा गर्दैछौँ, अनि तिमी इतिहास किन पढ्दैछौ ?”


आर्यनले किताबको पाना पल्टाउँदै उत्तर दियो, “किनकि परिवर्तन अचानक हुँदैन । परिवर्तन सधैं इतिहासको क्रमबाट जन्मिन्छ ।”


सबै युवाहरू चुप लागेर सुन्न थाले ।


आर्यनले पहिलो पानातिर देखाउँदै भन्यो— “एक समय नेपालमा सतीप्रथा थियो । समाजले त्यसलाई परम्परा भनेर स्वीकार गरेको थियो तर अन्ततः त्यो अन्यायको अन्त भयो ।”


उसले अर्को पाना पल्टायो । “एक समय यस्तो पनि थियो जब साधारण नागरिकलाई शिक्षा पाउने अधिकार सीमित थियो तर समाज बदलियो, र शिक्षा विस्तार भयो । सबै जनताले पढ्न लेख्न पाए ।”


रवि गम्भीर हुँदै गयो ।


आर्यनले फेरि बोल्न थाल्यो— “इतिहास हेर्नुहोस् —

२००७ सालमा निरंकुश शासनविरुद्ध परिवर्तन आयो ।

२०३६ सालमा जनमतको आवाज उठ्यो ।

२०४६ सालमा बहुदलीय लोकतन्त्र पुनःस्थापित भयो ।”


कोठाभित्रको वातावरण झन् गम्भीर भयो ।


आर्यनले अझ अगाडि थप्यो—

“त्यसपछि २०५२ सालदेखि १० वर्षे जनयुद्ध भयो ।

र अन्ततः २०६२/०६३ को १९ दिने जनआन्दोलनले नयाँ राजनीतिक मोड ल्यायो ।”


उसले किताब बन्द गर्यो ।


“र अन्ततः २०७२ सालमा नागरिककै प्रतिनिधित्वबाट संविधान निर्माण भयो ।”


केही क्षण कोठा पूर्ण मौन रह्यो ।


आर्यनले शान्त तर स्पष्ट आवाजमा भन्यो— “यी सबै घटनाले एउटा कुरा देखाउँछ — परिवर्तन सधैं नागरिकको चेतना र संघर्षबाट आएको हो ।”


रविले गहिरो सास फेर्यो । “अर्थात् इतिहासले देखाउँछ— यदि जनता सचेत भए भने प्रणाली बदलिन सक्छ ?”


आर्यनले टाउको हल्लायो । “ठीक त्यही कुरा । हामीले नयाँ इतिहास लेख्ने दाबी गर्नुभन्दा पहिले इतिहासबाट सिक्नुपर्छ ।”


तर उसलाई थाहा थियो —इतिहास सम्झनु सजिलो थियो, तर नयाँ परिवर्तन सुरु गर्नु भने अझ कठिन हुन सक्छ ।


–––

७ः जेन्जी आन्दोलन


इतिहासको बैठकपछि आर्यनले एउटा निष्कर्ष निकाल्यो —इतिहासले देखाएको थियो कि परिवर्तन सम्भव छ, तर त्यसका लागि संगठित चेतना र साहस चाहिन्छ । त्यसपछि युवा स्वाभिमान समूहले आफ्नो काम सुरु गर्यो ।


सबैभन्दा पहिले उनीहरूले प्रमाण संकलन गर्न थाले । सरकारी कार्यालयहरूमा हुने घुसखोरी, सिफारिस, र अनियमितताका घटनाहरू उनीहरूले मोबाइल, कागजात र साक्षीमार्फत संकलन गर्न थाले ।


रवि र केही साथीहरूले डिजिटल प्लेटफर्म प्रयोग गरेर जानकारी सुरक्षित राख्ने व्यवस्था गरे । केही महिनाभित्र उनीहरूसँग भ्रष्टाचारका दर्जनौँ प्रमाण जम्मा भए ।


त्यसपछि आर्यनले अर्को निर्णय गर्यो —“अब यो कुरा बन्द कोठामा राखेर हुँदैन । यसलाई सार्वजनिक गर्नुपर्छ ।”


त्यसपछि सुरु भयो सार्वजनिक अभियान । युवाहरूले सामाजिक सञ्जाल, वैकल्पिक मिडिया र नागरिक फोरममार्फत प्रमाण सार्वजनिक गर्न थाले । केही स्वतन्त्र पत्रकारहरूले पनि उनीहरूको कुरा सुन्न थाले ।


चाँडै नै यो विषय राष्ट्रिय मिडियासम्म पुग्यो तर यसको प्रतिक्रिया पनि तुरुन्त आयो ।


सरकारी अधिकारीहरू र प्रभावशाली समूहहरूले यो अभियान रोक्न प्रयास गर्न थाले । कहिले चेतावनी, कहिले दबाब, कहिले कानुनी धम्की ।


एक दिन विक्रम अधिकारीले फेरि आर्यनलाई भेट्न बोलाए । “तिमीहरू धेरै टाढा गइसकेका छौ,” उनले कडा स्वरमा भने । “यदि यो अभियान रोकिएन भने परिणाम राम्रो हुँदैन ।”


आर्यन शान्त थियो । “हामीले कुनै अवैध काम गरिरहेका छैनौँ,” उसले संयमित हुँदै उत्तर दियो । “हामी केवल सत्य सार्वजनिक गरिरहेका छौँ ।”


विक्रम अधिकारीको अनुहार गम्भीर भयो । “कानुनले तिमीहरूलाई रोक्न सक्छ ।”


आर्यनले सिधा नजरले उत्तर दियो— “यदि कानुन न्यायका लागि प्रयोग भयो भने हामी सम्मान गर्छौँ तर यदि कानुन सत्य दबाउन प्रयोग भयो भने त्यसको सामना गर्न पनि तयार छौँ ।”


यसबीच युवाहरूको अभियान रोकिने साटो देशभर फैलिन थाल्यो ।


काठमाडौंदेखि पोखरा, बिराटनगरदेखि नेपालगञ्जसम्म धेरै युवाहरूले यही अभियानलाई समर्थन गर्न थाले ।


सामाजिक सञ्जालमा एउटा नयाँ शब्द चल्न थाल्यो—

“जेन्जी आन्दोलन ।”


अब यो केवल आर्यन र उसका केही साथीहरूको अभियान थिएन । यो भ्रष्टाचारविरुद्ध उठेको नयाँ पुस्ताको आवाज बन्न थालेको थियो ।


तर सबैलाई थाहा थियो— जब आन्दोलन ठूलो हुन्छ , त्यसको सामना गर्ने शक्तिहरू पनि अझ शक्तिशाली भएर उभिन्छन् ।


–––

८ः विस्तार, प्रतिकार र जोखिम


जेन्जी आन्दोलन सामाजिक सञ्जालमा चर्चित हुँदै जाँदा पनि वास्तविक विस्तार अचानक भएको थिएन । यो बिस्तारै सुरु भएको थियो ।


सबैभन्दा पहिले काठमाडौँका केही क्याम्पसमा खुला छलफल कार्यक्रम सुरु भए । आर्यन र उसका साथीहरूले प्रमाणसहित भ्रष्टाचारका केसहरू प्रस्तुत गर्न थाले । त्यसपछि केही स्वतन्त्र पत्रकारहरूले यो विषय उठाए । छोटा अनलाइन मिडियाबाट सुरु भएको खबर क्रमशः ठूला राष्ट्रिय मिडियासम्म पुग्यो ।


त्यसपछि अर्को चरण सुरु भयो —युवाहरूले विभिन्न शहरमा साना नागरिक सभा आयोजना गर्न थाले ।


पोखरा, धरान, बिराटनगर, नेपालगञ्ज— हरेक ठाउँमा केही युवाहरूले एउटै प्रश्न उठाउन थालेः

“यदि प्रमाण छ भने कारबाही किन हुँदैन ?”


यसरी आन्दोलन क्रमशः फैलिँदै गयो तर सरकार र शक्तिशाली समूहले पनि स्थिति बुझिसकेका थिए ।


पहिलो चरणमा उनीहरूले बदनाम अभियान सुरु गरे । केही मिडिया र सामाजिक सञ्जाल खाताबाट आर्यनलाई “विदेशी शक्तिको प्रभावमा रहेको व्यक्ति” भनेर आरोप लगाइयो ।


रवि रिसले भरियो । “हेर, उनीहरूले तिमीलाई बदनाम गर्न थाले,” उसले भन्यो ।


आर्यन शान्त थियो । “यो त सुरु मात्र हो,” उसले उत्तर दियो ।


दोस्रो चरणमा प्रशासनले कानुनी दबाब प्रयोग गर्न खोज्यो । आर्यनमाथि “सामाजिक अशान्ति फैलाएको” आरोप लगाएर अनुसन्धान सुरु गरिएको सूचना आयो ।


केही साथीहरू डराए ।


“यदि तिमी पक्राउ प¥यौ भने आन्दोलन कमजोर हुन्छ,” एक युवाले भन्यो ।


आर्यन केही समय मौन रह्यो ।


“जोखिम बिना परिवर्तन हुँदैन,” उसले अन्ततः भन्यो । “इतिहास हेर्दा यही देखिन्छ ।” तर परिस्थिति यति सजिलो थिएन ।


एक साँझ आर्यन घर फर्कँदै गर्दा प्रहरीले उसलाई सोधपुछका लागि बोलायो । औपचारिक गिरफ्तारी त थिएन, तर स्पष्ट संकेत थियो —प्रणाली अब उसलाई रोक्न चाहन्छ ।


त्यस रात युवा स्वाभिमान समूहको बैठक भयो ।


रविले चिन्तित स्वरमा भन्यो, “यदि सरकारले कडा कदम चाल्यो भने के गर्ने ?”


आर्यनले सबैलाई हेर्दै उत्तर दियो— “यो आन्दोलन अब कुनै एक व्यक्तिको होइन । यदि म रोकिन्छु भने अरू सयौँ आवाज उठ्नुपर्छ ।”


कोठाभित्र गम्भीर मौनता फैलियो । त्यस क्षण सबैलाई एउटा कुरा स्पष्ट भयो —जेन्जी आन्दोलन अब केवल विचारको बहस थिएन । यो जोखिम, दबाब र संघर्षले भरिएको वास्तविक आन्दोलन बनिसकेको थियो ।

९ः आन्दोलन र रणनीति (अद्यावधिक)


(संघर्ष र जोखिम) पछि जेन्जी आन्दोलन विस्तार हुँदै गर्दा आर्यन र उसका साथीहरूले एउटा गम्भीर निर्णय गर्नुपर्ने अवस्थामा पुगे।

अब प्रश्न मात्र यो थिएन—“कसरी आन्दोलन फैलाउने?”— तर कसरी नागरिकको विश्वास जित्ने र राज्यमा प्रवेश गर्ने ?”


आर्यन घर फर्किंदा अक्सर थकित हुन्थ्यो । उसको परिवारले कहिलेकाहीँ उसको निर्णयमाथि प्रश्न उठाउँथ्यो ।

आमाले भन्छिन्, “आर्यन, तिमीलाई थाहा छ , यस्ता कदमले तिमीलाई जोखिममा पार्नेछ ।”

साथीहरूले कहिलेकाहीँ दबाब दिन्थे, “यदि गिरफ्तारी भयो भने आन्दोलन कमजोर हुन्छ ।”

तर आर्यन भित्री रूपमा लडिरहेको थियो । साथीहरू र देशको भविष्यको बोझले उसको मनमा लगातार द्वन्द्व सिर्जना गरिरहेको थियो । कसरी परिवार, मित्र, र आन्दोलनको दायित्व बीच सन्तुलन राख्ने भन्ने प्रश्न उसको दिमागमा बारम्बार आउँथ्यो ।

“जोखिमबिना परिवर्तन हुँदैन,” उसले एक्लै पहाडको टुप्पोमा सोच्थ्यो, “तर व्यक्तिगत मूल्य र भावनालाई गुमाउन पनि सकिँदैन ।”


यस्तै थियो आर्यनको व्यक्तिगत संघर्ष


–––


विक्रम अधिकारी र उनका सहकर्मीहरूले अब केवल दबाब र चेतावनी प्रयोग गरेनन् । उनीहरू रणनीतिक थिए ।


१. जानकारी नियन्त्रणः सरकारी डेटा, तथ्यांक र मिडिया रिपोर्टलाई नियन्त्रण गर्ने प्रयास ।

२. सामाजिक विभाजनः  आन्दोलनलाई भित्रभित्रै टुक्र्याउने योजना —केही साथीहरूलाई विभिन्न प्रस्ताव दिएर अलग गराउने ।

३. कानुनी जालः आन्दोलनको गतिविधि रोक्न कानुनी लपेटा तयार पार्ने ।


अर्को चरणमा, उनीहरूले मिडियामा आर्यनको चरित्रलाई संशयपूर्ण देखाउने अभियान सुरु गरे तर आर्यनले यो अनुमानित रणनीति देखिसकेको थियो, त्यसैले आफू र आफ्नो टोलीलाई सर्तक राख्यो ।

विपक्षी शक्तिहरूको यस्ता बुद्धिमानीपूर्ण रणनीतिहरुले आर्यनलाई विथोल्ने प्रयास गरिरहेको थियो ।


–––

आर्यन र समूहले डिजिटल प्लेटफर्म र एआई प्रयोग सुरु गरे । सुरुमा सबै उत्कृष्ट देखिन्थ्यो —डेटा संकलन, विश्लेषण, र सार्वजनिक रिपोर्ट तर केही गल्ती भयो ।

एआई प्रणालीले प्राथमिक डेटा सेटमा त्रुटि पायो । परिणामस्वरूप, केही रिपोर्टमा सत्य र गलत तथ्य मिश्रित देखियो । केही शहरका नागरिकले भ्रमित भए, र विरोधीहरूले यसलाई प्रचारित गरे ।


यो आर्यनका लागि ठूलो चुनौती थियो । उसले तुरुन्त सुधार गरेः डेटा स्रोत पुनः जाँचियो, एआई मोडेल अपडेट गरियो, परिणाम सार्वजनिक गर्नुअघि मानव निरीक्षण अनिवार्य बनाइयो ।

आर्यनले टोलीसँग भने, “एआईले सहारा दिन्छ , तर जिम्मेवारी र सतर्कता हाम्रो हातमा नै छ । यदि गल्ती भयो भने सबैको विश्वास घट्छ ।”


यसरी प्रविधि प्रयोग त भयो तर असफलता पनि साथसाथै आइरहेको थियो ।


–––


यी घटनाहरूले युवाहरूलाई परिपक्व बनायो । व्यक्तिगत जोखिमलाई बुझ्ने, विपक्षी रणनीति पहिचान गर्ने, प्रविधि प्रयोगमा सतर्क रहने यी सबैले आन्दोलनलाई केवल सिद्धान्तमा आधारित नभई सक्रिय, रणनीतिक र विश्वसनीय बनायो ।

अब प्रश्न केवल भ्रष्टाचारको विरोध मात्र थिएन । प्रश्न थियो —यदि सत्ता हातमा आयो भने कसरी सुशासन र प्रविधिको सही प्रयोग गर्ने ?


 यसरी आन्दोलन परिपक्वतामा बढिरहेको थियो ।


–––

१०ः आन्दोलनबाट शासनतर्फ


जेन्जी आन्दोलन देशभर फैलिन थालेपछि एउटा नयाँ प्रश्न उठ्यो —के आन्दोलनले केवल विरोध गर्दै बस्ने, कि अब राज्य सञ्चालनको जिम्मेवारी पनि लिन खोज्ने ?


युवा स्वाभिमान समूहको बैठक यसपटक निकै गम्भीर थियो ।


रविले स्पष्ट प्रश्न राख्यो —“यदि हामी चुनावमा गयौँ भने के जित्न सक्छौँ ?”


आर्यनले सिधा उत्तर दिएन । उसले टेबलमा केही कागजातहरू राख्यो —जनमत सर्वेक्षण, नागरिक अभियानको तथ्यांक, र विभिन्न शहरमा भएका सभाहरूको विवरण ।


“हामी जित्छौँ कि हार्छौँ भन्ने भन्दा ठूलो कुरा के हो भने,” उसले भन्यो, “हामीले विश्वास जित्न सक्छौँ कि सक्दैनौँ । ”



आन्दोलनबाट सिधै बहुमत आउँदैन भन्ने कुरा सबैलाई थाहा थियो । त्यसैले युवाहरूले चरणबद्ध रणनीति बनाएका थिए ।


पहिलो चरण — नागरिक संवाद अभियान

देशभर क्याम्पस, सामुदायिक केन्द्र र नगरसभामा खुला बहस गरियो ।


दोस्रो चरण — स्थानीय नेतृत्व निर्माण

प्रत्येक जिल्लामा स्वतन्त्र युव ाहरूको टोली बनाइयो ।


तेस्रो चरण — पारदर्शी चुनावी घोषणापत्र

राजनीतिक नारा होइन, स्पष्ट नीति र समयसीमा सार्वजनिक गरियो ।


यसरी आन्दोलन बिस्तारै राजनीतिक संगठनमा रूपान्तरण हुन थाल्यो । यसरी चुनावका लागि वास्तविक प्रक्रिया सुरु भइर।हेको थियो ।


युवाहरूको सबैभन्दा ठूलो वाचा थियो — प्रविधि प्रयोग गरेर सुशासन ल्याउने तर आर्यनले बैठकमा एउटा चेतावनी पनि दियो । “प्रविधि समाधानको उपकरण हो,” उसले भन्यो, “तर समाधान आफै होइन ।”

यदि प्रविधि गलत हातमा प¥यो भने त्यसले पारदर्शिता होइन, नयाँ प्रकारको नियन्त्रण पनि सिर्जना गर्न सक्छ । यसरी प्रविधिको माध्यमले समाधान र सीमाहरू निर्धारण गरिन थालिए ।


त्यतिबेला विश्वमा एआई प्रविधि अत्यन्त तीव्र गतिमा विकास भइरहेको थियो । कृषि पूर्वानुमान, स्वास्थ्य विश्लेषण, प्रशासनिक डेटा व्यवस्थापन— सबै क्षेत्रमा एआईको प्रयोग बढ्दै गइरहेको थियो ।


रवि उत्साहित थियो । “यदि हामीले एआई सही रूपमा प्रयोग ग¥यौँ भने सरकारी निर्णय धेरै छिटो र तथ्यमा आधारित हुन सक्छ ।”


तर आर्यनले अर्को पक्ष पनि देखायो ।  नैतिकता र गोपनीयताको प्रश्न


“एआईले ठूलो शक्ति दिन्छ,” उसले शान्त स्वरमा भन्यो, “तर त्यो शक्तिको सन्तुलन कसरी राख्ने ?”


यदि सरकारसँग नागरिकको सबै डेटा भयो भने गोपनीयता कसरी सुरक्षित रहने ? यदि एआई प्रणालीले निर्णय सिफारिस गर्यो भने जवाफदेही को हुने ?


यी प्रश्नहरू सजिला थिएनन् । त्यसैले युवाहरूले एउटा नयाँ सिद्धान्त तयार गरे—


एआई प्रयोग गर्दा मानव निरीक्षण अनिवार्य हुने ।

नागरिक डेटा सुरक्षित र सीमित प्रयोगमा राखिने ।

डिजिटल प्रणालीहरू स्वतन्त्र निरीक्षण निकायबाट जाँचिने ।


यसरी एआईको तीव्र विकासको लाभ प्राप्त हुँदै गयो ।


यसरी जेन्जी आन्दोलन केवल आक्रोशमा आधारित आन्दोलन रहेन । यो बिस्तारै नीति, विचार र जिम्मेवारी बोकेको आन्दोलन बन्न थाल्यो ।


अब प्रश्न केवल भ्रष्टाचारको विरोध मात्र थिएन ।

प्रश्न थियो —यदि परिवर्तन आयो भने नयाँ प्रणाली कस्तो हुने ? यो प्रश्नको उत्तर खोज्दै युवाहरू देशव्यापी चुनावतर्फ अघि बढ्न तयार भइरहेका थिए । यसरी आन्दोलन परिपक्व हुँदै गइरहेको थियो ।



–––

११ः परिवर्तनको शासन


जेन्जी आन्दोलन धेरै वर्षसम्म दबाब, बहस र संघर्षको बीचबाट गुज्रियो । मिडियामा प्रश्न उठे, अदालतमा मुद्दा पुगे, र देशभरका युवाहरूले नागरिक बहस सुरु गरे ।


अन्ततः आन्दोलनले एउटा निर्णायक बाटो रोज्यो —चुनाव ।


आर्यनले आफ्ना साथीहरूसँग स्पष्ट कुरा राख्यो । “सडकमा विरोध मात्र गरेर परिवर्तन स्थायी हुँदैन,” उसले भन्यो । “यदि प्रणाली बदल्नु छ भने प्रणालीभित्रै प्रवेश गर्नुपर्छ ।”


त्यसपछि देशभर फैलिएको जेन्जी समूहले नयाँ राजनीतिक अभियान सुरु गर्यो ।

उनीहरूको अभियानको मुख्य नारा स्पष्ट थियो— सुशासन, पारदर्शिता र प्रविधिमा आधारित राज्य ।


चुनावी अभियान लामो र कठिन थियो । पुराना शक्तिहरूले अविश्वास फैलाउने प्रयास गरे तर युवाहरूको अभियान फरक थियो —उनीहरूले डेटा, तथ्य र स्पष्ट योजना प्रस्तुत गरिरहेका थिए ।

चुनाव आउनु अघि फेस बुकमा स्टाटस लेख्दै उनीहरुले लाखौँ पाठक माझ जागरण फैलाइरहेका थिए ।

— “राजनीतिमा भाग नलिनुको सबैभन्दा ठूलो दण्ड यही हुन्छ कि मूर्ख व्यक्तिले तपाईंमाथि साशन गर्न थाल्छन् ।” — प्लेटो

— “तेरो बाउ राश्वपा आऊ या एन्टी राश्वपा आऊ सबभन्दा पहिले गरी खान देऊ ।”

— “भ्रष्टाचारीको फाइल खुल्ने गरी भोट हाल्नुस् भन्नूस् !!!”

— “कम्तीमा समाजको हित चाहनुहुन्छ भने घामको डर नमानौँ अनि अल्छी नमानीकन भ्रष्टाचार खत्तम पार्न यसपाली भोट हाल्नै पर्छ ।”

— “सत्य र स्वच्छ शासनका लागि दृढ अडान राखौँ , भ्रष्टाचार खत्तम पार्न भोट हालौँ ।”

— “भ्रष्टाचारीको तासको महल अब ढल्नेछ । तपाईँको एक भोटले अन्यायको अन्त गर्नेछ ।”

— “पुराना नेताले देशलाई जीर्ण chronic रोगी बनाइरहे वर्षौँदेखि, अबको एक भोटले त्यसको अन्तिम निदान गर्नेछ निश्चितै ।”

— “तपाईंको एकभोटले अन्धकार टार्नेछ , सत्यन्यायको नाद गुञ्जनेछ , भ्रष्टाचार ढल्नेछ , देशको भविष्य उज्यालो हुनेछ ।”

— “कसैका भोट बैंक होइनौँ, सत्य र न्यायका पक्षधर हौ, एक भोटको हाम्रो शक्तिले भ्रष्टाचारीको जरा निर्मूल पार्नेछौँ ।”

— “कसैको डर, लाज, धम्की, प्रलोभन, धाकमा होइन स्वविवेक प्रयोग गर्नुहोस् ।”

— “नेताहरुले घोक्रो सुक्नेगरी कराओस् ,देश खोक्रो पारेको यथार्थ हो, ती त बोक्रो हुन् अब राम्ररी सोची गुदीरूपी योग्यलाई चुनौँ ।”

— “गरीब जनताको भोट खेर नजाओस्, रगत पसिनाको मूल्य सत्ताले नखाओस् ।”

— “गरीब जनताको भोट खेर नजाओस्, झुटा आश्वासनले देश फेरि नडुबाओस् ।”

— “गरीब जनताको भोट खेर नजाओस्, नेताको पेट होइन, जनताको भाग्य भराओस् ।”

— “मत बेचौँ, मत सही रोजौँ, आफू बदलौँ, देश बदलौँ ।”

— “भोट चेतनाको हतियार हो, भ्रष्टलाई अब इन्कार हो, आफू बदलौँ, देश बदलौँ ।”

— “झुटो भाषण होइन काम हेरौँ, पार्टी होइन चरित्र छानौँ, आफू बदलौँ, देश बदलौँ ।”

— “भोटलाई मूल्य देऊ, लोभलाई लत्याऊ, आफू बदलौँ, देश बदलौँ ।”

— “नोट होइन, नीति छानौँ, आफू बदलौँ, देश बदलौँ ।”

— “गोली होइन, मतले परिवर्तन ल्याऔँ, भ्रष्टाचार मुक्त नेपाल बनाऔँ ।”

— “हतियार होइन, अधिकार उठाऔँ, मतको शक्तिले व्यवस्था बदलाऔँ, भ्रष्टाचार मुक्त नेपाल बनाऔँ ।”

— “रगत होइन, मतपत्र बोलोस्, जनताको निर्णयले सिंहासन डोलोस्, भ्रष्टाचार मुक्त नेपाल बनाऔँ ।”

— “गोलीले होइन, चेतनाले जितौँ, भोटको क्रान्तिले देशलाई सुधारौँ, भ्रष्टाचार मुक्त नेपाल बनाऔँ ।”

— “बुलेटको डर होइन, भोटको प्रहार हो, भ्रष्टाचार विरुद्ध जनताको वार हो, भ्रष्टाचार मुक्त नेपाल बनाऔँ ।”

— “आफ्नै देशमा परिवर्तन होस् – भोटले शक्ति देखाओस् । विदेशमा धाउन नपरोस् – मत हाम्रो हतियार हो ।”

— “विदेशमा धाउन नपरोस् — भोटले हाम्रो शक्ति देखाओस्, परिवर्तन हाम्रो हातमा छ ।”

— “आफ्नै देशमा परिवर्तन गर्न मतदानको अधिकार प्रयोग गरौं ।”

— “उखान टुक्का, गफ होइन, काम गर्ने सही मानिस रोजौँ, भ्रम र भाषण होइन, भविष्य बनाउने सोच रोजौँ ।”

— “२०८२ फागुन २१ को मत केवल कागजको चिन्ह होइन, देशको दिशा हो — सचेत भएर मताधिकार प्रयोग गरौँ ।”

— “भोट माग्न मात्र मुख देखाउने, जनताको भावना नबुझ्ने : काम नगर्ने, वाचा मात्र गर्ने, यसपाली विदा हुनुहोस् ।”

— “भोट माग्न मात्र मुख देखाउने, जनताको भावना नबुझ्ने : जिम्मेवारी नलिने, परिणाम नदिने, यसपाली विदा हुनुहोस् ।”

— “सर्वेक्षण भन्यो भन्दै सत्य बदलिँदैन कहिल्यै, प्रचारको आँकडाले वास्तविकता ढाकिँदैन कहिल्यै ।”

— “जाँच, विश्लेषण, अनि मात्र निर्णय गर, भ्रम होइन, सत्यमा उभिएको मत नै बलियो हुन्छ ।”

— “फेक समाचारको आवाज ठूलो, तर आधार खोक्रो, सत्य सधैं स्थिर हुन्छ , झूट हुन्छ चञ्चल र टुक्रो ।”

— “अफवाहको आँधीले सत्यलाई पार्दैन परास्त । तथ्य हेरेर निर्णय गर, भीडको पछि नलाग, इमानदारलाई धुमिल पार्ने खेललाई तुरुन्त त्याग ।”

— “झूटको सर्वेक्षणले धुवाँ उठाउँछ , सत्यलाई ढाक्न खोज्छ , संख्या देखाएर मन जित्ने खेल, विवेकलाई रोक्छ ।”

— “स्रोत नजाँचेको मत, सजिलै भ्रममा फस्छ । सत्य जाँच, सोच प्रयोग — यही नै नागरिकको अस्त्र ।”

— “विवेक प्रयोग गर, हल्लाले मत नहल्लियोस्, सचेत नागरिक भए मात्रै लोकतन्त्र बलियो हुन्छ ।”

— “फेरि फेरि जायजरूपमा भ्रष्टाचार हटाउन खोज्दा जेन्जी नानीबाबुले अनाहकमा ज्यान गुमाउन नपरोस् । जय मतदान !!!”

— “भित्रैदेखि आवाज आयो !!! गरीब जनता अनि नेपाललाई राम्रो होस् भनी मतदान गरिसकेको छु । जय मतदान !!!”

— (निर्वाचनको दिन मध्यान्ह १२ बजेको स्टाटस) “आधी समय सकिसकेको छ । नेपालभरि २० लाख भोट खसिसकेका छन् ।”

— “अब नचुकौँ । राष्ट्र अनि जनताको भविष्य निर्धारण गरौँ ।”

— (मतगणनाको दिन मध्यान्ह १२ बजेको नतिजाको मूल्याङ्कन) “ताजा अपडेटःसुशासन कायम गर्न, भ्रष्टाचार निर्मूल गर्न ९० प्रतिशतभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिइरहेको देखिन्छ ।”

— “पुराना भ्रष्टाचारमा लिप्त भयो, त्यसैले नयाँलाई भ्रष्टाचार हटाऊ भनी जनादेश दिएका हुन् जनताले ।”



अन्ततः चुनावको परिणाम आयो । अचम्म मान्नेहरू धेरै थिए —तर परिणाम स्पष्ट थियो । युवाहरूले बहुमत प्राप्त गरेका थिए । यो केवल सरकार परिवर्तन थिएन । यो राजनीतिक पुस्ता परिवर्तन थियो ।


–––

१२ः प्रविधिमा आधारित शासनको खाका


नयाँ सरकार बनेपछि आर्यन र उसका साथीहरूले पहिलो प्राथमिकता स्पष्ट राखे —प्रविधिमार्फत पारदर्शी शासन ।


१. डिजिटल सरकारी प्रणाली

सबै सरकारी सेवा अनलाइन प्लेटफर्ममा ल्याइयो । नागरिकले घरबाटै सेवा लिन सक्ने व्यवस्था बनाइयो । यसले बिचौलिया र घुसखोरीको अवसर कम गर्यो ।

२. खुला डेटा शासन-Open Data_

सरकारका सबै खर्च, परियोजना र बजेट सार्वजनिक डिजिटल ड्यासबोर्डमा राखियो । नागरिकले वास्तविक समयमै जानकारी हेर्न सक्ने व्यवस्था बन्यो ।

३. एआई आधारित प्रशासन

एआई प्रणाली प्रयोग गरेर सरकारी निर्णय प्रक्रियामा डेटा विश्लेषण सुरु गरियो । भ्रष्टाचारको सम्भावित जोखिम पहिचान गर्ने प्रणाली विकास गरियो ।

४. डिजिटल नागरिक सहभागिता

नागरिकले नीति निर्माणमा सुझाव दिन सक्ने डिजिटल प्लेटफर्म बनाइयो । यसले शासनलाई अझ उत्तरदायी बनायो ।

५. शिक्षा र प्रविधि विस्तार

देशभरका विद्यालय र विश्वविद्यालयमा एआई, डेटा र डिजिटल सीपलाई अनिवार्य विषय बनाइयो । छिट्टै समाजमा एउटा रोचक परिवर्तन देखिन थाल्यो ।


एक समय मानिसहरूलाई गणना गर्न क्यालकुलेटर अपरिहार्य जस्तै थियो । त्यसैगरी अब दैनिक कामकाजमा एआई प्रणाली अपरिहार्य बन्दै गयो ।


कृषि योजना बनाउने किसानदेखि नीति विश्लेषण गर्ने प्रशासकसम्म — सबैले एआईको सहयोग लिन थाले ।


आर्यनले एक दिन मुस्कुराउँदै भनेको थियो— “प्रविधि आफै समाधान होइन, तर सही हातमा पुगेपछि यो परिवर्तनको शक्तिशाली उपकरण बन्न सक्छ ।”


–––


समय बित्दै गयो ।


देश बिस्तारै नयाँ दिशातर्फ अघि बढ्दै थियो । सबै समस्या एकैचोटि समाप्त भएनन्, तर परिवर्तनको गति स्पष्ट देखिन थाल्यो ।


एक साँझ आर्यन एक्लै पहाडको टुप्पोमा उभिएको थियो । टाढा हिमालहरू सुनौलो घामले उज्यालो हुँदै थिए । नदीहरू पहाडको काखबाट बग्दै मैदानतिर जाँदै थिए । हावाले वनका पातहरूलाई हल्का कम्पन दिइरहेको थियो । 

प्रकृति सधैं परिवर्तनको कथा सुनाउँछ ।

हिउँ पग्लिएर पानी बन्छ ,

पानी नदी बन्छ ,

नदी अन्ततः सागरमा पुग्छ ।


कुनै पनि परिवर्तन अचानक हुँदैन—

त्यो सानो धारबाट सुरु भएर

समयसँगै विशाल नदी बन्छ ।


आर्यनले टाढा फैलिएको आफ्नो देशतिर हेर्यो ।


उसले सम्झियो— एक समय केही युवाहरू चिया पसलमा बसेर भ्रष्टाचारको बारेमा कुरा गरिरहेका थिए ।


त्यही सानो संवाद अन्ततः ठूलो आन्दोलनमा बदलिएको थियो ।


पहाडमाथि बहिरहेको चिसो हावाले मानौं एउटा नयाँ समयको संकेत दिइरहेको थियो ।


आर्यनको मनमा एउटै भाव उम्लियो—


हाम्रो प्यारो नेपाल ।

मेरो प्यारो नेपाल ।


–––

२०८२ फागुन २८

बिजु सुवेदी विजय


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा