प्रधानमन्त्री सुशीला कार्की ज्युप्रति गहिरो कृतज्ञता तथा धेरैधेरै धन्यवाद व्यक्त गर्दछु ।

 नेपालको भविष्यप्रति चिन्ता सबै नेपालीको साझा भावना बनेको थियो । अनिश्चितता, आशंका र अविश्वासले घेरिएको समयमा पनि राष्ट्रले लोकतान्त्रिक मार्ग छोडेन । धाँधलीरहित, शान्तिपुर्ण र सफल निर्वाचन सम्पन्न हुनु केवल प्रशासनिक उपलब्धि होइन —यो नेपालको लोकतान्त्रिक परिपक्वताको प्रमाण हो । मत परिणामसँगै देशले नयाँ प्रभातको संकेत अनुभव ग¥यो । विदेशी पर्यवेक्षकहरूले समेत यस्तो संक्रमणकालमा नेपाल असफल हुन सक्छ भन्ने अनुमान गरिरहेका बेला नेपाली जनताले विश्वलाई फरक सन्देश दिया े—नेपाल संकटमा होइन, निर्णयमा विश्वास गर्छ ।

“एउटी महिलाले के नै गर्न सक्छिन् र?” भन्ने संकीर्ण सोच र निरन्तर कटाक्षका बीच, सीमित ६ महिनाको समयभित्र पनि समय लम्ब्याउने सजिलो विकल्प त्यागेर संविधान र जनविश्वासलाई प्राथमिकता दिइयो । देशमा शान्ति र सहानुभूतिको भाषा कमजोर भइरहेको अवस्थामा, पुराना राजनीतिक शक्तिहरूको दबाब र आलोचनाबीच पनि लोकतान्त्रिक प्रक्रियालाई अवरोध हुन दिइएन । जेन्जीका आवाजहरूले समेत आन्दोलन अपहरण भएको आरोप लगाइरहेका बेला परिणामले देखायो —संस्थागत स्थिरता नै परिवर्तनको आधार हो ।
यस्ता जटिल राजनीतिक परिस्थिति र तीव्र दबाबका बीच धाँधलीरहित तथा विना वाधा–अड्चन निर्वाचन सम्पन्न गराई राष्ट्रलाई स्थिर मार्गतर्फ अघि बढाउनुभएकोमा यस कार्यमा समर्पित सम्पूर्ण टोली तथा विशेष गरी प्रधानमन्त्री सुशीला कार्की ज्युप्रति प्रत्येक नेपालीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट गहिरो कृतज्ञता तथा धेरैधेरै धन्यवाद व्यक्त गर्दछु ।
अब हाम्रो साझा दायित्व स्पष्ट छ—लोकतन्त्रलाई केवल सुरक्षित गर्ने होइन, यसलाई शान्ति, स्थायित्व र समृद्धिको बलियो आधारमा रूपान्तरण गर्ने।
नेपाल अघि बढोस्, संस्थाहरू बलियो बनून्, र जनविश्वास नै शासनको वास्तविक शक्ति बनिरहोस्।

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

जेन्जी आन्दोलनलाई नजिकबाट हेर्दा

पुस्तागत अध्ययन : एक अध्ययन