Posts

आ.व. ०८१/०८२ को बजेट भाषण सुन्दा

 आज २०८१ जेठ १५मा आ.व. ०८१/०८२ को बजेट भाषण सुन्दा भन्नै पर्ने आफुलाई लागेका कुराहरू :- # श्रम सम्बन्ध राम्रो बनाइनेछ # ६ अर्ब बेरोजगारलाई रोजगारका लागि छुट्याइएको छ # बेरोजगार सबैको डाटा सङ्कलन गरिनेछ # लुम्बिनीमा कृष्णसेन ईच्छुकसम्बन्धी शिक्षा प्राधिकरण खोलिनेछ # श्रमिकको नाममा सामाजिक सुरक्षा कोषमा अनिवार्य रकम जम्मा गरिनेछ # भूमिहीन ५ लाखलाई जगधनी पुर्जा दिइनेछ # वायु प्रद्ाषण नियन्त्रण गरिनेछ # मर्यादित र नैतिकवान समाजको विकास गरिनेछ # ५०० विद्यालयमा शौचालय राखिनेछ # सूचनाप्रविधिमा उच्च शिक्षा लिने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराइनेछ # विदेशी विद्यार्थीले नेपालमा आएर पढ्दा भीसा प्रक्रिया सहज बनाइनेछ # मृगौला रोगीलाई डाइलाइसिसका लागि प्रति महीना प्रति व्यक्ति ५,००० उपलब्ध गराइनेछ # कीर्तिपुरको वर्न अस्पताललाई अझ विकसित गरिनेछ # राप्तीमा एमबीबीएस प्रतिष्ठान बनाइनेछ # २०३०सम्ममा स्वच्छ खानेपानी सबैठाउँमा पु¥याइनेछ # मेलम्चीलाई ५० करोड छुट्याइएको छ # फोहोर पानी प्रशोधन केन्द्र २ ठाउँमा खोलिनेछ # विश्वविद्यालय पढाइ सकाएकालाई प्रविधिक तालिमपछि रोजगारी उपलब्ध गराइनेछ # महिला ह...

१७औँ वर्षको गणतन्त्र

  गणतन्त्रले नेपाल बदल्न सक्छ हे संसार ! गणतन्त्र विथोल्न नखोज गणतन्त्र छिटै संस्थागत गर सत्य निरुपण तथा मेलमिलाप आयोगको काम छिटै सम्पन्न गर भ्रष्टहरूलाई छिटै कारवाही गर ती सम्पत्ति सबै सरकारीकरण गर नेपाली जनताको आस्था मर्न नदेऊ गणतन्त्र जनताको दैलोदैलोमा ल्याऊ लाखौँ शहीदको रगत पानी थिएन त्यही रक्तिम संविधानको रक्षा गर गणतन्त्र खै कहाँ आयो ? उत्तर छैन कसैसँग तर गणतन्त्र मनाउन थालेको १६ वर्ष पुरा भइसकेछ आजको १७औँ वर्षको गणतन्त्र दिवस सच्चा होस् सम्पुर्ण उत्पीडितजनलाई भित्रीदिलदेखि शुभकामना !!

बुँद

Image
बुँद अतिथि बराबरीको हो मेहमान मेरो दिल हो उचनिचभन्दा समताको मीठास छ दिललाई सधैँ गाह्रो हुन्छ दिलमा काँडैकाँडा कहरै कहरको पराकाष्ठा छ आज पनि सधैँ झैँ धेरै गाह्रो भयो सपना टुटेको छ मेरो हिँडाइ काटिएको छ आँखाले हेरेको पटक्कै चित्त बुझ्दैन कानले सुनेको अत्यन्तै बेसुरा, बेराग, बेताल लाग्छ अरूले सुस्तरी छुँदा पनि बेस्कन बिच्किन्छु अरूको धेरै राम्रा पनि घोर नराम्रो लाग्छ जिब्रोले मीठो भनेका अरूका कुरा ! घोर तीतो लाग्छ यही तीतोले त मलाई निको पार्दै लग्यो दुनीयाँको उदासीनको लान्छनाले केही गर्न सकेन उनीहरुले बेतोडले सुताउने बाहेक केही गर्न सकेन विउँझेपछि उस्तै फेरि सबै तीता खै कहाँ छन् मीठा ? खोज्दै हिँडेँ दोबाटो, चौबाटो, आठे दोबाटो, अनन्त आकाशका अनन्त बाटा चोकहरु ! तीताले धेरै राम्रा गरे साथीका विचारझै ती खिल्लीलाई औषधी मानेँ शत्रु पालेर प्रगती गर्न सिकेँ त्यसैले त्यो बुँदतिर लग्यो बुँदलाई कर्कलाको पानी बनाई हेर त ? त्यो कुल्लीनान मोती नै हो बुँदलाई मुटु भई आभास गर त ? अबश्यै त्यो प्रेम हो बस्ती बस्ती चहारेँ जहाँ पनि बगरेको गल्ली देखेँ अचानोको बाटो देखेँ खुकुरीको धारमा हिँडिरहेँ हो ! फूलको आँखा...

बुँद चाहियो

जुन भेटिँदैन त्यही खोजिरहेछु जुन देखिँदैन त्यही हेरिरहेछु अरूको नजरमा भट्किरहेछु खुट्टा बाउँडिसक्यो पैतालामा ठेला उठिसक्यो त्यही ठेलाले नेल तोडिरहेछु तिमी जूनै हौ आकारमा फूलै हौ यो धर्तीबाट कसरी भेट्टाउने ? न बाँच्न सकेँ न नै मर्न सकेँ अतृप्त प्यास छ जहाँ छ्यौ त्यहीँबाटै तत्कालै फर्किदेऊ तिमीले परेला उठाउँदा संसारै अति राम्रो हुन्थ्यो परेला बन्द गर्दा संसारमा अँधेरो छाउँथ्यो परेला तिम्रो अन्जुली हो ओइलाउन लागेको आत्मालाई अमृतको प्याला देऊ अझै त्यही हालत छ भीड शून्य लाग्छ आकाश पुन्य लाग्छ अबौँ नयनको चमकमा तिम्रो नयनको ताराको चमक देखिरहेछु सबै शहर, गाउँ, वस्ती सुतिसकेछ सबै बहार उजडिसकेछ निस्पट्ट चकमन्न भइसकेछ धेरै बदनाम भएँ समाजमा आफ्ना सबै पराइ लागे दिन सबै रात भइसकेछ मैले अनिँदो भएको धेरै भइसक्यो आज र भोलि एउटै भइसक्यो नजरबन्द के हो र ! तिम्रा लागि समय छोडिसकेको छु दियो बल्दा दिल जल्छ धुमिल याद सम्झनामा समस्या पीडा हुस्सुमा उडेर पनि पिरोलिरहेछ संसारको नियत माया हो फुस्रो छ , नौटङ्की छ , निस्पट्ट छ सुख र दुःख, नायक/खलनायकझैँ लाग्छ यो संसार देश/परदेश जस्तो लाग्छ विरानो बनाइदियो यो समाजले...

आज पनि हामीलाई बुद्ध अपरिहार्य छ

 आज पनि हामीलाई बुद्ध अपरिहार्य छ आज हजुरहरूलाई मैले बुद्ध धर्मबारे अनि बुद्धका वाणीहरूबारे आफुले जानेका थोरै शिक्षा बाँड्न खोजेको छु । मलाई यी बुद्धवाणीहरू धेरै गहिराइको लाग्यो । मनन गर्नैपर्ने पनि लाग्यो । त्यसैले बाँड्नका लागि म धेरै लालायित भएको छु । सायद यसरी धेरै लालायित हुनु मेरो गल्ती पनि हुन सक्छ । यदि गल्ती भएका भए हजुरहरूले मलाई माफी दिनुहोला । मैले धर्मका बारे यसरी वर्णन गर्ने त हैसियत राख्दिन तर ममा यस्तो इगो कुनै नआओस् कि मैले फेरि भट्किन परोस् अनि हजुरहरूलाई पनि कुनै बेफाइदा नहोस् । यी तथ्यहरूले अनि यसले हजुरहरूलाई केही मद्दत मिल्छ भने मेरो यो लेखनको उद्देश्य झिनो रूपमा भए पनि अघि बढेको मान्नेछु । मैले यसरी आफुले नजानेका विषयमा पनि वर्णन अनि व्याख्या गरिहँदा हजुरहरूलाई कुनै पनि कुरामा ठेस लाग्न गएमा म यहीँबाट क्षमा माग्न चाहन्छु । गल्ती भएमा क्षमा चाहन्छु । यी सबैकुरा बुद्ध भगवानप्रति समर्पण गर्दै म अब यो लेख अघि बढाइरहेको छु । आज बुद्ध जयन्तीको दिन हो । यो बैशाख पूर्णिमाको दिन बुद्धका जन्म, बोधी अनि निर्माणका दिनहरू हुन् । यी ३ विन्दूका एक रेखा हुन्छ , त्यो रेखा नै ...

नभेटेको माया नमेटिने रहेछ...

  नभेटेको माया नमेटिने रहेछ... अझै फोहोरी खेल् नखेल आफन्ती सामन्ती भनाउँदाहरु तिमीहरुले दिमागमा जहर घोले पनि नभेटेको माया नमेटिने रहेछ नभेटेको माया नमेटिने रहेछ... निरन्तरको हिलो छ्यापाइ नामर्दी खेल भइगयो , तिमीहरुको छिटा त्यसमा कदापि लाग्दै लाग्दैन नभेटेको माया जति बेदागी शुद्ध माया कतै पनि भेटेको छैन माया के हो प्रेम के हो, मुटु भए पो थाहा हुन्छ भित्रि मन नभएपछि आँखा भएर पनि अन्धो हुन्छ नभेटेको माया नमेटिने रहेछ... धेरै फोहोर नपार कायर भई अझै धेरै सताउनेहरु एकपटक आफ्नो लागि होइन अरुका लागि बाँची हेर आलो काँचो तिमीहरुको माया हाम्रो पाको मायामा खाक नभइजाओस् संसार आफ्ना लागि मात्र हुँदैन संसारै आफन्त हुन्छ भित्रसम्म छुने त्यो अमृतै पो हुन्छ, जलभन्दा पवित्र हुन्छ नभेटेको माया नमेटिने रहेछ... २०८१ जेठ ११ बिजु सुवेदी विजय ं

फर्की फर्की VS पुजार सार्की

 फर्की फर्की VS पुजार सार्की आज राति ९ बजे समाचार सुनिरहँदा भोलि २०८१ जेठ १० गते बुद्ध जयन्तीका दिन अनमोल के.सी.को नायकत्वमा अभिनित फर्की फर्की रिलिज हुने र त्यही समयमा प्रदीप खड्का, पल शाह, आर्यन सिग्देल अभिनित पुजार सार्की नेपालभरी रिलिज हुने कुरा थाहा पाएँ । यो समाचार भाइरल भइरहेको छ । ट्रेन्डिङमा पनि यो समाचार छ । राजनीतिक पार्टीको सधैँको महाझगडाहरुलाई धेरै पछि पार्ने यो मनोरञ्जनात्मक भीडन्तले सबैको जिब्रोजिब्रोमा यो समाचार ल्याउन बाध्य बनाइरहेको छ । फर्की फर्कीका निर्देशक सुयोग गुरुङ हुन् भने पुजार सार्कीका निर्देशक दिनेश राउत हुन् उनले आइ एम सरी, नोभेम्बर रेन, प्रसाद, क्लासिक, पर्व, प्रकाश सिनेमाहरु निर्देशन गरिसकेका छन् । अहिलेसम्म ३३ लाखले फर्की फर्की सिनेमाको ट्रेलर हेरिसकेको तथा पुजार सार्कीको ट्रेलर पनि १८ लाखले हेरिसकेको नेटमा उल्लेख छ । फर्की फर्की साइन्स फिक्सन, टाइम ट्राभल वेसको प्रेम रोमान्सले भरिपुर्ण देखिन्छ भने पुजार सार्की दलितले भोग्नु परेको यथार्थ पीडा जुन आज पनि यति दारुण छ कि यसलाई एक पटक हेर्नै पर्ने छ । सम्बन्धित निकायलाई समाधानका लागि अहिल्यै म घच्घच्याउन...