कथा :— “सत्यको अभियानः एक नागरिकको यात्रा”

 कथा :— “सत्यको अभियानः एक नागरिकको यात्रा”


कसैले भन्छ, शक्ति भनेको पद, पैसा वा प्रतिष्ठामा मात्र होइन । कसैले भन्छ, परिवर्तनको आवाज सडकमा मात्र बुलन्द हुन्छ तर कहिलेकाहीँ, एक साधारण नागरिक, एक्लो आवाज, र दृढ इमानदारीले देशको ढुकुटी, प्रशासन, र सामाजिक चेतनालाई नै छुँदै परिवर्तनको ढोका खोल्छ ।

एक बेरोजगार पूर्व–अकाउन्टेन्टले अडिटको साँचो अर्थ बुझ्दा, भ्रष्टाचारको वास्तविकता देख्दा, भदौ २३–२४ को आन्दोलन, लेखन अभियान, र प्रत्यक्ष राजनीतिक संवादमार्फत सत्यको खोजी र सामाजिक जागरुकता फैलाउने मार्गमा उभिँदा उसले सामना गरेको चुनौती, व्यग्रता र धैर्यको यात्रा । यो केवल एक व्यक्तिको संघर्ष होइन; यो सत्य, इमानदारी, र परिवर्तनको लागि हर नागरिकको असल यात्रा हो ।


–––



“तिमी त अडिटर होइनौ नि, अनि किन यत्रो हिसाब–किताबमा डुब्छौ ?” एक साँझ चिया पसलमा बसेर मित्रले सोध्यो ।


उसले हल्का मुस्कान दियो— “अडिटर हुनैपर्छ भन्ने छैन । मेरो एकाउन्ट कनसल्टेन्सी सर्भिस छ । हिसाब मिलाउनु मेरो पेशा हो, जीवन चलाउने साधन ।”

“सबै फर्मको ?”

“जहाँ साहुको भरोसा हुन्छ, त्यहीँको । म फर्मको पूरै आ.व.को हिसाब फाइनल गर्छु तर अन्तिम हस्ताक्षर र अडिटरकहाँ बुझाउने काम साहुको स्वीकृतिबिना हुँदैन ।”


मित्रले टाउको हल्लायो— “अनि तिमीलाई ?”

“मेहनताना हो त्यही मेहनताना मेरो श्रमको मूल्य हो ।”


उसको जीवन कुनै ठूला कार्यालयको चम्किलो कुर्सीमा बसेको थिएन । उसको संसार थियो—कागजका फाइल, लेजरका पन्ना, अंकहरूको अनुशासन र साहुको मौन विश्वास ।


एकाउन्ट कनसल्टेन्सी उसको रोजाइ थिएन मात्र, आवश्यकता थियो । जीविका चलाउनुपर्ने बाध्यता र आफ्नो सीप बेच्नुपर्ने यथार्थबीच उसले यही बाटो रोजेको थियो ।


ऊ हरेक फर्मको हिसाब कानुनी सीमाभित्र, व्यवहारिक सत्यसँग जुधाउँदै फाइनल गथ्र्यो तर ऊ जान्दथ्यो— अन्तिम अधिकार उसका होइनन् । साहुको अनुमति, अडिटरको औपचारिकता र प्रणालीको कठोरता उसले सम्मान गर्नैपर्ने नियम थिए ।


त्यसैले ऊ केवल हिसाब मिलाउने मान्छे थिएन, ऊ विश्वास र उत्तरदायित्वको बीचमा उभिएको एक सेतु थियो । मेहनताना उसले पाउँथ्यो, तर त्यसको बदलामा ऊ आफ्नो समय, विवेक र श्रम सुम्पिन्थ्यो ।

“कति वटा अडिट भइसक्यो त ?” कुनै नयाँ क्लाइन्टले सहजै सोध्यो ।


उसले क्षणभर सोच्यो, अनि शान्त स्वरमा भन्यो— “१४९९ ।”


“यति धेरै ?”

“हो । सबै इन्टरनल अडिट । म आँकडा मात्र हेर्दिनथेँ— मान्छे हेर्थेँ, कागज हेर्थेँ, कार्यालयसँग केरकार गर्थेँ ।”


“त्यसो भए तिमीले फाइनल गरेको हिसाब एकदमै आएकुरेट हुन्थ्यो होला ।”

“हुन्थ्यो । किनकि सत्य आफैँ आउँदैन, सत्य निकाल्नुपर्छ ।”


त्यति नै बेला उसको स्वर भारी बन्यो— “तर १५००औँ अडिटले सबै कुरा बदलिदियो ।”


“किन ?”

“त्यो पहिलोपटक थियो म फिल्डवर्कमा निस्केको ।”


१४९९ वटा अडिटसम्म उसको संसार फाइल र कक्षभित्र सीमित थियो । उसले कागजमा लेखिएको सत्यलाई व्यवहारसँग जुधाएर आएकुरेट बनाउने प्रयत्न गथ्र्यो । सम्बन्धित व्यक्ति बोलाउँथ्यो, कार्यालयसँग प्रश्न गथ्र्यो, अङ्क नमिले चित्त नबुझुन्जेल पन्ना पल्टाइरहन्थ्यो । त्यसैले उसको फाइनल हिसाब कानुनी रूपमा पनि नैतिक रूपमा पनि सन्तुलित हुन्थ्यो ।


तर १५००औँ अडिटमा उसले पहिलोपटक फिल्डवर्क गर्ने अवसर पायो । त्यो दिन उसले कागजभन्दा बाहिरको संसार देख्यो । त्यहीँ उसले बुझ्यो— उसले फाइनल गरेको हिसाब अडिटर र साहू बसेर सम्झौतामा फेरिन्थ्यो। राजश्व छल्न अङ्कहरू फेरि मिलाइन्थे । लप्पनछप्पन उसको इमानदारीमाथि शान्त तर गहिरो प्रहार थियो ।


त्यो क्षण १४९९ वटा इमानदार अडिट उसका आँखाअघि एकैचोटि तैरिए । त्यसपछि उसले निर्णय ग¥यो— “अबदेखि म यो पेशा गर्दिन ।”


चार वर्ष भयो । उसले एकाउन्टको काम कदापि गरेन । किनकि उसले बुझिसकेको थियो— जहाँ सत्यलाई अन्तिममा सम्झौताले जित्छ , त्यहाँ श्रमको मूल्य मेहनताना मात्र हुँदैन, आत्मसम्मान पनि हुन्छ ।

“अब त हालत ठिक छैन नि,” कुनै नजिकको मान्छेले हिम्मत गरेर भन्या । “फेरि अडिट सुरु गरे के बिग्रिन्छ र ?”


उसले आँखाले भित्तातिर टाँसिएको पुरानो घडी हे¥यो— समय चलिरहेथ्यो, तर उसका अवसर रोकिएका थिए ।


“बिग्रिन्छ,” उसले छोटो तर दृढ उत्तर दियो ।


“के ?”

“म आफैँ ।”


“पैसा छैन, अवस्था जर्जर छ ।”

“थाहा छ,”

उसले सास फेर्दै भन्यो, “तर मैले १५००औँ अडिटमा आफूलाई जोगाउने निर्णय गरेको हुँ ।”


चार वर्ष बितिसक्दा उसको आर्थिक अवस्था शब्दले मात्र होइन, जीवनले नै “जर्जर” भन्न थालेको थियो । घरभित्र चुपचाप बढ्दै गएको चिन्ता थियो, खल्तीभित्र दिनदिनै घट्दै गएको सम्भावना तर यति हुँदाहुँदै पनि उसले फेरि अडिट हात लगाएन ।


किनकि उसका लागि अडिट अब केवल पेशा थिएन— त्यो एउटा सम्झौताको प्रतीक थियो, जहाँ सत्य अन्तिम चरणमा पराजित हुन्थ्यो । उसले भोकसँग सम्झौता ग¥यो, आवश्यकतासँग जुध्यो, तर विवेकसँग कहिल्यै सम्झौता गरेन ।


आर्थिक जर्जरताले उसको शरीर थकित बनायो, तर आत्मा अझै उभिएर हिँड्न सक्ने अवस्थामा थियो ।


ऊ जान्दथ्यो— पुनः अडिट गर्नु भनेको पैसा मात्र कमाउनु होइन, आफूले चिनेको सत्यलाई फेरि त्यही प्रणालीमा सुम्पिनु हो । त्यसैले अहिलेसम्म उसले अडिट गरेको छैन ।



“यति पढेलेखेको मान्छे भएर पनि किन यत्रो जिद्दी ?”

आमाको स्वरमा गुनासोभन्दा बढी डर थियो । “छोरा, समाज के भन्छ ?”

काकाले चिसो स्वरमा थपे, “पेटले नीति मान्दैन ।”


ऊ चुपचाप बसिरह्यो । शब्दहरू उसभित्रै ठोक्किइरहेका थिए ।


“त्यो अडिटको काम त सबैले गर्छन्,” छिमेकीले हाँस्दै भन्यो, “तँ मात्रै सती सावित हुन खोजेको ?”


त्यति बेला उसले पहिलोपटक आवाज उठायो— “म सती होइन, म भाग्न चाहन्न ।”


कोठाभित्र सन्नाटा छायो ।


परिवारको दबाब कुनै हतियारजस्तो हुन्थ्यो— चोट नदेखिने तर घाउ गहिरो बनाउने ।


आमालाई उसको आदर्शभन्दा उसको भोलिको छाकको चिन्ता थियो । समाजलाई उसको विवेकभन्दा उसको आम्दानीको हैसियत ।


ऊ दिनदिनै आफ्नै निर्णयसँग लडिरहेको थियो ।

“के म गलत छु ?”

“के इमानदारी विलासिता हो ?”

यी प्रश्नहरूले उसको निद्रा खोसिरहेका थिए ।


रातको अँध्यारोमा उसले आफ्नै छायासँग संवाद गथ्र्यो ।

यदि फेरि अडिट ग¥यो भने घर चल्ला, तर आत्मा भत्केला । यदि नगरे भने भोक सहनुपर्ला, तर आत्मसम्मान बाँकी रहला । अहँ म सम्झौता गर्न सक्दिन ।


त्यही द्वन्द्वद चरममा पुग्यो

एक रात— जब उसले पुरानो फाइल खोलेर १४९९औँ अडिटको पन्ना छोयो । हात काँप्यो । आँखा रसाए ।


त्यही क्षण उसले बुझ्यो— उसको संघर्ष पैसासँग होइन, आफूसँग हो ।


उसले फाइल बन्द ग¥यो । त्यो निर्णय कुनै ठूलो घोषणाजस्तो थिएन, तर त्यो रात उसले आफूलाई अन्तिमपटक बेच्न अस्वीकार ग¥यो ।



“बेरोजगार भएर के क्रान्ति हुन्छ र ?” कुनै दिन उसलाई यही प्रश्नले घे¥यो । सोसल मिडियाको एउटा टिप्पणी थियो त्यो ।


उसले जवाफ लेखेन , बरु बोल्यो— सडकमा, मञ्चमा, मान्छेका आँखामा आँखा मिलाएर ।


“मैले जागिर गुमाएँ,” उसले भीडतिर हेर्दै भन्यो, “तर सत्य गुमाइनँ ।”


त्यो आवाज पहिला एक्लो थियो, पछि समूह बन्यो, अनि एक दिन— आन्दोलन ।


–––


उसको सफलता बैंक ब्यालेन्समा थिएन । न त कुनै पद, न त कुनै ठेक्कामा । उसको सफलता त्यो समय थियो जब बेरोजगारीलाई उसले लाज होइन, हतियार बनायो ।


अडिट छोडेपछि उसले चुप लागेर बस्न सकेन । उसले देखेको लप्पनछप्पन, राजश्व छल, अडिटर–साहूको साँठगाँठ उसले शब्दमा उता¥यो ।


पहिला लेख बन्यो । त्यसपछि भाषण । त्यसपछि नारा र अन्ततः भदौ २३ र २४— त्यो दिन शहरको मुटु धड्कियो ।


अत्यन्तै ठूलो जेन्जी आन्दोलन सडकमा उत्रियो । विद्यार्थी, बेरोजगार, इमानदार कर्मचारी, आम नागरिक— सबैको एउटै स्वर थियो— “भ्रष्टाचार अब सामान्य होइन ।”


ऊ कुनै पार्टीको नेता थिएन र कुनै संस्थाको अध्यक्ष पनि होइन तर त्यो दुई दिन उसको आवाज हजारौँको आवाज बन्यो । प्रणाली डरायो । सत्ता असहज भयो । समाजले पहिलोपटक उसलाई “बेरोजगार” होइन, “साक्षी” भनेर चिन्यो ।


त्यही नै उसको सफलता हो ।


पैसा नहुँदा पनि उसले आवाज बेचेको थिएन र त्यो आवाज भदौ २३–२४ मा इतिहासको पन्नामा दर्ता भयो ।


“अब के हुन्छ ?”

आन्दोलनको दोस्रो दिन राति कसैले भीडबाट सोध्यो । उसले थकित आँखाले टाढा बलिरहेको बत्ती हे¥यो— “अब तीन कुरा हुन्छ,” उसले शान्त स्वरमा भन्यो, “दमन, आशा र विभाजन ।”


“सबै एकैचोटि ?”

“हो,”

उसले मुस्कान मिसायो, “सत्य बोल्दा तीनै आउँछन् ।”



भदौ २३–२४ पछि शहर शान्त देखिन्थ्यो, तर त्यो शान्ति आँधीपछिको थियो ।


दमन सुरु भयो । केहीलाई बोलाइयो, केहीलाई धम्की आयो, केही आवाजहरू अचानक हराए । उसलाई पनि “सल्लाह” दिन बोलाइयो— आन्दोलन सीमित राख्न, शब्द नापेर प्रयोग गर्न तर दमनले सबैलाई चुप गराउन सकेन ।


आशा जन्मियो । पहिले डराउनेहरूले अब प्रश्न सोध्न थाले । विद्यार्थीहरूले लेख्न थाले । केही कर्मचारीहरूले भीत्रभित्रै समर्थन जनाए ।

समाजले बुझ्न थाल्यो— यो आन्दोलन एउटा व्यक्तिको रिस होइन, प्रणालीमाथिको प्रश्न हो तर साथसाथै विभाजन पनि भयो ।

केहीले उसलाई “नायक” भने,

केहीले “अवास्तविक आदर्शवादी ।”

कतिपयले भने— “भ्रष्टाचार सधैं रहन्छ , उसले के नै बदल्यो र ?”


त्यही विभाजन आन्दोलनको साँचो परीक्षा बन्यो ।


ऊ जान्दथ्यो— सत्यले सबैलाई एउटै ठाउँमा कहिल्यै राख्दैन । कसैलाई डर देखाउँछ , कसैलाई बाटो ।


आन्दोलनपछि उसको जीवन सजिलो भएन तर एउटा कुरा अपरिवर्तित रह्यो— अब ऊ एक्लो थिएन ।


उसले अडिट छोडेको दिन आफ्नो पेशा गुमाएको थियो तर भदौ २३–२४ पछि उसले आफ्नो अर्थ फेला पारेको थियो र यहीँ निचोड जन्मिन्छ—


जब प्रणाली सत्यसँग डराउँछ , त्यहीँबाट परिवर्तन सुरु हुन्छ ।


“अब सडकमा मात्र कराएर पुग्दैन,” कुनै युवाले उसलाई भन्यो, “सबै दिन आन्दोलन सम्भव हुँदैन ।” उसले टेबलमाथि राखिएको पुरानो ल्यापटपको कभर खोलेर भन्यो— “त्यसैले अब म लेख्छु ।”


“के लेख्छौ ?”

“देशको वास्तविक स्थिति,”

उसले शान्त तर स्पष्ट स्वरमा थप्यो, “जनताले बुझ्ने भाषामा ।”



आन्दोलनपछि उसले आवाजको रूप बदलेको थियो । नारा अब वाक्य बने, वाक्य लेख बने, र लेखहरू ऐना ।


उसले लेख्न थाल्यो— राजश्व कहाँ हराइरहेको छ ? अडिट किन औपचारिक नाटक बनेको छ ? कसरी इमानदार श्रम कागजमै मारिन्छ ?


ऊ तथ्य लेख्थ्यो, अनुभव जोड्थ्यो, र आफ्नै कथालाई उदाहरण बनाउँथ्यो । उसको भाषा कठिन थिएन, तर चोटिलो थियो ।


पहिला केही सयले पढे । पछि हजारौँले बाँडे । गाउँ–शहर लेख पुगे । कसैले लेख मेटायो, कसैले चेतावनी दियो, तर लेख रोकिएनन् ।


अब ऊ अडिटरको कक्षमा होइन, नागरिकको चेतनामा फिल्डवर्क गरिरहेको थियो ।


उसले बुझिसकेको थियो— कलम हिसाबको अङ्कभन्दा धेरै शक्तिशाली हुन सक्छ र देशको वास्तविक स्थिति अब लुक्ने ठाउँ खोज्न थालेको थियो, किनकि कुनै बेरोजगार एकाउन्टेन्टले लेख्न थालेको थियो ।



“यो लेख अलि धेरै नै भयो,” एक अपरिचित आवाजले फोनमा भन्यो । “राज्यबारे यति स्पष्ट लेख्नु ठीक हुँदैन ।”


उसले शान्त स्वरमा सोध्यो— “कुन भाग गलत छ ?”


फोनको अर्को छेउ केही क्षण मौन रह्यो । अनि छोटो जवाफ आयो— “गलत होइन, तर असहज छ ।”


उसले फोन काट्यो र किबोर्डतिर फर्कियो । “असहज नै सत्यको काम हो,” उसले आफैँसँग भन्यो ।



लेखहरू बढ्दै गएसँगै राज्यले पनि उसको अस्तित्व महसुस गर्न थाल्यो । कहिले सूचना विभागबाट “स्पष्टीकरण” मागियो, कहिले सुरक्षाको नाममा निगरानी बढाइयो । केही लेख बिनाकारण हटाइए, केही साझा गर्नेहरू डराउन थाले तर राज्यको प्रत्यक्ष प्रतिक्रिया उसका लागि डर होइन, प्रमाण बन्यो— त्यसले सही ठाउँ छोएको थियो ।


यहीँबाट उसको लेखन यात्राले वैचारिक उत्कर्ष लिन थाल्यो ।


अब ऊ क्रोधबाट लेख्दैनथ्यो । उसले दोष मात्र देखाउँदैनथ्यो, संरचना खोल्थ्यो ,। भ्रष्टाचारलाई व्यक्तिको दोष होइन, प्रणालीको परिणाम भनेर विश्लेषण गर्न थाल्यो । राज्यलाई शत्रु होइन, उत्तरदायी संस्था बनाउने नागरिक दायित्वको भाषा प्रयोग ग¥यो ।


उसका लेखहरूमा अब तीन कुरा स्पष्ट हुन्थे— तथ्य, अनुभव, र समाधानको संकेत ।


पाठक बदलिन थाले । नारा खोज्नेहरू सोच खोज्न थाले । आक्रोशित युवाहरू अब प्रश्न गर्न थाले—

“हामी के गर्न सक्छौँ ?”


त्यो नै उसको लेखनको उत्कर्ष थियो ।


उसले बुझिसकेको थियो— आन्दोलनले भीड जगाउँछ, तर लेखनले चेतना । राज्य दमन गर्न सक्छ, तर विचारलाई कानुनले पक्राउ गर्न सक्दैन ।


अब ऊ बेरोजगार पूर्व–एकाउन्टेन्ट मात्र थिएन । ऊ देशको ऐनाभित्र निरन्तर लेखिरहने एक नागरिक चेतना बनिसकेको थियो र उसको कलम अझै चलिरहेकै थियो— किनकि सत्य थाक्दैन ।


संसद भवनको प्रवेशद्वारमा सुरक्षाकर्मीहरूले उसलाई रोके । “तपाईं अन्तरिम प्रधानमन्त्रीलाई भेट्न चाहनुहुन्छ ?” एक जवानले सोध्यो।


उसले शान्त स्वरमा उत्तर दियो— “हो । मेरो कुरा सुन्नु आवश्यक छ । देशको वास्तविक स्थिति उनले बुझ्नुपर्छ ।”


अन्तरिम प्रधानमन्त्रीले आफ्नो कक्षमा बसिरहेको एकाएक नजर उठायो । “तपाईं कसरी ?”

उसले मुस्कानसहित जवाफ दियो— “मैले लेखेर पेस गरेको छु । अब प्रत्यक्ष कुरा गर्न चाहन्छु ।”


अडिट छोडेको चार वर्षपछि लेखमार्फत समाजमा प्रभाव पारिसकेपछि उनले थाहा पाए— केबल पत्रपत्रिका र सानो लेखनले राज्यको ध्यान तान्न सक्छ तर प्रभावकारी परिवर्तन प्रत्यक्ष संवादबाटै आउँछ ।


अन्तरिम प्रधानमन्त्रीसँगको भेट कसरी हुने ? कुन शब्द प्रयोग गर्ने ? कसरी इमानदारी देखाउने ?यी सबै प्रश्न उसको मनमा घुमिरहे ।


ऊ प्रधानमनत्रीको कार्यालयको कक्षभित्र पसे । सिर्जना र अनुभवको भारी बोकेर । लेखहरूको तथ्य, भदौ २३–२४ को आन्दोलन, राज्यको दमन र विभाजन— सबै विवरण उसले व्यवस्थित तर स्पष्ट एकएक केस्राकेस्रा केलाएर प्रस्तुत ग¥यो ।


प्रधानमन्त्रीले सुन्दै गर्दा कहिलेकाहीँ कलम र कागजमा मात्रै सत्यको वजन देखिने छैन भन्ने महसुस भयो । तर आज, एक्लो नागरिकले संसदको कोठामा आफ्ना तथ्य, अनुभव र सुझाव राखिरहेको थियो ।


यो भेट उसका लागि सफलताको अर्को मोड थियो । कसरी लेख र आन्दोलनले राजनीतिक तहमा प्रत्यक्ष प्रभाव पार्न सक्छ भन्ने जीवित प्रमाण बन्यो ।


प्रधानमन्त्रीले उसलाई कुर्सीमा बस्न संकेत गर्यो । “तपाईंको दस्तावेज र लेख मैले पढें,” प्रधानमन्त्रीले सुरु गरे “तर तपाईं यहाँ आउनुको उद्देश्य स्पष्ट छैन ।”


उसले सास फेर्दै भन्यो— “उद्देश्य भनेको केवल आलोचना होइन । देशको वास्तविक अवस्था देखाउन, र समाधान खोज्न हो ।”


प्रधानमन्त्रीले टाउको हल्लाए— “भदौ २३–२४ को आन्दोलनदेखि तपाईंको लेखसम्म, सत्यको आवाजले ध्यान खिचेको छ तर तपाईंलाई थाहा छ , राजनीतिक वास्तविकता सजिलो छैन ।”


“थाहा छ,” उसले उत्तर दियो । “त्यसैले म मात्र समस्या देखाउन आएको छैन । मैले केही व्यावहारिक सुझावहरू तयार पारेको छु । राजश्व व्यवस्थापन पारदर्शी बनाउन, अडिट प्रक्रिया दुरुस्त गर्न, र भ्रष्टाचार रोक्ने प्रणालीगत कदम उठाउन ।”


प्रधानमन्त्रीले लेख उठाएर पढे । कहिलेकाहीँ आँखा उठाए, कहिलेकाहीँ ठ्याक्कै उसतिर ध्यान दिए ।


“यदि हामी यी सुझावहरू कार्यान्वयन गर्न सक्यौं भने,” प्रधानमन्त्रीले भन्यो, “देशको प्रशासनिक विश्वास बढ्न सक्छ । ब्युरोक्र्यासीलाई सही दिशामा ल्याउने तरिका त यही हो तर राजनीतिक दबाब र प्रणालीगत बाधा... चुनौतीपूर्ण छन् ।”


उसले शान्त स्वरमा भन्यो— “चुनौती कठिन भए पनि, प्रयास नगरेको अवस्थामा परिवर्तनको सम्भावना शून्य हुन्छ ।”


प्रधानमन्त्रीले अन्ततः निर्णय सुनाए— “ठीक छ । म तपाईंको सुझावलाई आधिकारिक समिति मार्फत मूल्यांकन गराउँछु । तर म चाहन्छु कि तपाईं यस प्रक्रियामा सहयोग गर्नुहोस् । देशको भलोका लागि यो अवसरलाई उपयोग गरौं ।”


उसको मुहारमा हल्का मुस्कान उत्रियो । चार वर्षको संघर्ष, लेखन र आन्दोलनको कठिन यात्रा अन्ततः प्रत्यक्ष राजनीतिक प्रभावमा परिणत भएको थियो ।

“सत्ता कसरी भेटिन्छ ?” कसैले एकपटक उसलाई सोधेको थियो । उसले उत्तर दिएको थिएन किनकि ऊ जान्दथ्यो— सत्ता खोजेर भेटिँदैन, सत्ता सत्यसँग ठोक्किँदा आफैँ देखापर्छ ।


उसको यात्रा कुनै आकांक्षाबाट सुरु भएको थिएन । न पदको लोभ, न नामको लालसा । उसको यात्रा सुरु भएको थियो अस्वीकारबाट —

त्यो दिन, जब उसले सत्यलाई सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार ग¥यो । अडिट छोड्नु उसको लागि पेशा त्याग मात्र थिएन, त्यो एउटा नैतिक विस्थापन थियो— जहाँ ऊ प्रणालीको केन्द्रबाट समाजको किनारतिर सरेको थियो ।


तर किनार सधैं कमजोर हुँदैन । कहिलेकाहीँ त्यहीँबाट दृश्य स्पष्ट देखिन्छ ।


उसले लेख्न सुरु ग¥यो । लेख्नु उसको लागि अभिव्यक्ति थिएन, उत्तरदायित्व थियो । उसका लेख नारा थिएनन्, न त आवेग । ती लेखहरू अनुभवको घनत्व थिए— १४९९ अडिटको स्मृति, १५००औँको जागरण, र चार वर्षको मौन संघर्षको निचोड ।


समाजले पहिला पढ्यो, पछि चिन्न थाल्यो र अन्ततः आफूभित्र आफ्नै प्रश्न खोज्न थाल्यो । राज्यले पहिला बेवास्ता ग¥यो । पछि निगरानी ग¥यो । अन्ततः संवादको ढोका खोल्यो ।


किनकि सत्य जब लगातार लेखिन्छ, त्यो केवल शब्द रहँदैन— त्यो दस्तावेज बन्छ र दस्तावेज एकदिन सत्ताको टेबलमा पुग्छ । सरकारको उच्चतम तहमा उसको उपस्थिति कुनै प्रवेश–पत्र थिएन । त्यो नागरिक चेतनाको अनिवार्य उपस्थिति थियो ।


उसले त्यहाँ माग्न गएको थिएन । ऊ त्यहाँ स्मरण गराउन गएको थियो— कि राज्य कागजले होइन, नैतिकताले टिक्ने संरचना हो ।


उसको यात्राले हामीलाई यो सिकाउँछ— जो सत्ता खोज्दैन, तर सत्यसँग अडिग रहन्छ , सत्ता अन्ततः उसमै आइपुग्छ । अडिट छोडेर लेखक बनेको नागरिक सरकारको उच्चतम तहमा यसरी पुगेको थियो— न आरोहण गरेर, तर आफू नझुकेर ।


–––


अडिट छोडेर लेखक बनेको नागरिक अब सरकारको उच्चतम तहमा कसरी पुगिसकेको थियो । सत्य र न्यायका लागि उसको चार वर्षको अभियान अब प्रत्यक्ष संवादमा परिणत भएको थियो ।


प्रधानमन्त्रीको प्रतिक्रिया दमन होइन, तर व्यवहारिक चुनौतीको संकेत थियो । राजनीतिक संरचना र प्रणालीगत अवरोध उजागर भए, तर सन्तुलित दृष्टिकोणले सहयोगको ढोका पनि खुलेको थियो ।


यस भेटपछि उसले आफ्नो भविष्यको योजना तय ग¥यो— 

१) लेखन जारी राख्ने । देशभरका समस्याहरू तथ्य र अनुभवको आधारमा उजागर गर्ने र नागरिक सचेतना बढाउने ।


२)राजनीतिक प्रणालीसँग सहकार्य गर्ने । सुझाव र सिफारिश मार्फत सुधारमा प्रत्यक्ष सहभागी तथा भ्रष्टाचार नियन्त्रण र पारदर्शिता स्थापना गर्ने ।


३) सामाजिक अभियान र युवा सशक्तिकरण गर्ने । आन्दोलन र लेखनको माध्यमले युवा जनतालाई जागरुक बनाउने तथा लोकतान्त्रिक मूल्य र न्यायपूर्ण प्रणालीप्रति भरोसा जगाउने ।


अन्ततः, ऊ केवल एक बेरोजगार पूर्व–अकाउन्टेन्ट थिएन । ऊ बनिसकेको थियो— देशका वास्तविकताका साक्षी, सत्यको अभियानकारी, र भविष्यका लागि सोच्ने रणनीतिकार ।


उसको यात्रा अब सडक र लेखबाट प्रत्यक्ष राजनीतिक परिवर्तन र दीर्घकालीन सामाजिक जागरुकतासम्म फैलिन लागेको थियो ।


प्रधानमन्त्रीको कक्षमा सन्नाटा थियो । उसले गहिरो सास फेर्दै आफ्नो फोल्डर खोलेर आधिकारिक ज्ञापनपत्र प्रस्तुत गर्यो । “मेरो प्रस्तुति,” उसले भने, “सिर्फ सुझाव मात्र होइन । तथ्य र अनुभवको आधारमा तयार गरिएको छ । देशको वास्तविक अवस्था, भ्रष्टाचारको विवरण र सुधारका उपायहरू यहाँ छन् ।”


प्रधानमन्त्रीले पत्र हातमा लिएर ध्यानपूर्वक पढ्न थाल्यो । “तपाईंले यी सबै तथ्यहरू सँगसँगै समाधानका उपायहरू पनि राख्नुभयो ?”

उसले टाउको हल्लाउँदै जवाफ दियो— “हो । समस्याको पहिचान मात्र पर्याप्त हुँदैन । यदि समाधानको बाटो दिइएन भने जनताले अझ ठूलो असन्तोष महसुस गर्नेछन् ।”


प्रधानमन्त्रीले केही पल रोक्दै पत्र पढे । “यो पर्याप्त मात्र होइन, यो साहसिक प्रयास पनि हो ।”

उहाँको नजर ऊतिर फेरियो । “हामी यसलाई आधिकारिक प्रक्रिया मार्फत अगाडि बढाउनेछौं तर यसमा समय लाग्न सक्छ । राजनीतिक दबाब र प्रणालीगत बाधा छन् । तपाईं तयार हुनुहुन्छ भने यो यात्रा लामो हुनेछ ।”


उसले निश्चिन्त स्वरमा भन्यो— “तयार छु । देशको भलोका लागि, यसले समय लिएको भए पनि, म पछाडि फर्किने छैन ।”


यो ज्ञापनपत्र केवल कागजको टुक्रा थिएन । दशकौँको अडिट अनि चार वर्षको संघर्ष, आन्दोलन र लेखनको सार थियो । यो पत्रले केवल समस्याहरू देखाएन; यसले समाधानको बाटो देखाउँदै सरकारी प्रक्रिया भित्र प्रवेश गर्ने ढोका खोलेको थियो ।


प्रधानमन्त्रीको प्रतिक्रिया एकैसाथ चुनौती र अवसर थियो । राजनीतिक दबाब, व्यवस्था र प्रतिरोधको चेतावनी थियो, तर स्वीकार्यता र सहयोगको संकेत पनि ।


उसले बुझ्यो— सत्य र इमानदारीले केवल आलोचना मात्र दिन सक्दैन । त्यसले व्यवस्थित मार्ग र समाधान प्रस्तुत गर्नु पर्छ । ज्ञापनपत्र यही माध्यम बन्यो ।


अब उसको भविष्य सडक, लेख र पत्रमार्फत प्रत्यक्ष राजनीतिक असर पु¥याउने दिशामा गइरहेको थियो । उहाँ अब मात्र लेखक वा आन्दोलनकारी थिएनन् ; उहाँ देशको सुधारक, नागरिक चेतना र प्रणालीगत परिवर्तनको साक्षी बनेका थिए ।


उसको टेबुलमा कागजको थुप्रो थिए । ज्ञापनपत्र पेश गरिसकेको थियो, प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद भइसकेको थियो, तर अन्तिम निर्णय अझै बाँकी थियो ।


“फागुन २१ सम्म पर्खनु पर्छ,” उसले आफैँसँग भन्यो ।

“चुनावी सरकारले अनुमोदन गर्नेछ कि गर्ने छैन, के हुन्छ थाहा छैन ।”


मित्रले उसको नर्भस अनुहार हे¥यो । “तर तँ अब के गर्दैछस् ?”


उसले मुस्कानसहित जवाफ दियो— “पर्खिरहेको छु तर यो पर्खाइ निष्क्रियता होइन । लेख्दैछु , सचेतना फैलाउँदैछु , र जनतालाई तयार पार्दैछु । त्यो दिन आउँछ, र तब मेरो प्रयासले अर्थ पाउनेछ ।”


चुनावी सरकारले अनुमोदन गर्ने दिन फागुन २१ थियो तर उसको मनको घडी अविरल चलिरहेको थियो।


चार वर्षको संघर्ष, दशकभन्दा बढीको समयको १४९९ अडिट, भदौ २३–२४ को आन्दोलन, लेखन यात्रा, प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट— सबै अनुभव उसलाई यही पर्खाइमा केन्द्रीत राख्थ्यो ।


तर पर्खाइ केवल समयको कुरो मात्र थिएन । यो उत्कर्षको क्षणको संकेत थियो । जहाँ सत्य र प्रयासको मुल्य राजनीतिक निर्णयमा परिणत हुनेछ ।


उसले जान्यो— परिवर्तन तुरुन्त हुँदैन । त्यसलाई पनि विधि चाहिन्छ र सधैँ विधि भनेर परिवर्तन नभएकाले नै जेन्जी मुभमेन्ट भएको पनि विर्सनु कदापि हुन्न तर निरन्तर प्रयास, साहस र धैर्यले एकदिन निश्चित रूपमा गन्तव्यको मार्ग खोल्छ ।


त्यो दिन आउँछ भन्ने विश्वास उसको मनमा गहिरो भासिरहेको थियो । लेख्ने कलम, आवाज, आन्दोलन— सबै उपकरणहरू त्यो अन्तिम क्षणसम्म सक्रिय रहिरहन्थ्यो ।


अन्ततः  त्यहीँ पुग्छ जहाँ एक्लो नागरिकले, बेरोजगार पूर्व–अकाउन्टेन्टले,

सत्य, न्याय र पारदर्शिताका लागि चार वर्षको यात्रा पूरा गरी आफ्नो अन्तिम प्रयास जारी राखेको छ । व्यग्रता, धैर्य र आशाले भरिएको उसको कथाले हामीलाई सिकाउँछ— सत्य र इमानदारीको खोजी कहिल्यै नरोकिने यात्रा हो ।

पर्खाइ कठिन छ , तर फल अवश्य मीठो हुन्छ ।


–––

२०८२ पुस २२

बिजु सुवेदी विजय




Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

पुस्तागत अध्ययन : एक अध्ययन