माटोले कुर्दै गरेका पाइला
माटोले कुर्दै गरेका पाइला
–––
थाकेको विहान कस्तो हुन्छ ? दिन धुम्मिए भने के हुन्छ ? सायद यी दुबैमा प्रकाशको कमी हुन्छ होला, सायद ओस लाग्छ होला, उज्यालोमा । आजकल दिउँसो किन धुम्मिएको हुन्छ ? उसले उत्तर पाउन सक्दैन । सायद छर्लङ्ग, स्पष्ट घाम देख्न नपाएको जुगौँ भएजस्तो लाग्छ । सायद यस्तै निराश छ रमेशको जीवनमा । जति कोसिस गरे पनि बहार आउन सकिरहेको थिएन । रातलाई त झन् उज्यालोमा ल्याउन उज्यालोका लागि कृत्तिमताको पखेरु बाँध्न पर्ने रहेछ ।
बसपार्कको रात सधैं जस्तै उज्यालो थियो, तर त्यो उज्यालोमा न्यानोपन थिएन । ट्युबलाइटको सेतो रुखो प्रकाशले मान्छेहरूलाई जिउँदोभन्दा बढी थाकेका देखाउँथ्यो । भीड थियो, तर कोही कसैसँग थिएन ।
रमेश आफ्नो खुट्टातिर हेर्दै उभिएको थियो । नयाँ जुत्ता । बजारबाट किनेको सबैभन्दा महँगो सामान यही थियो । छालाको चमक अझै मरेको थिएन तर त्यो जुत्ताभित्रका खुट्टा भने पुराना थिए — गहिरा चिरा, पुराना घाउका दाग, र लामो समय उभिएर काम गरेको कडा छाला ।
उसको काँधमा झोला थियो । हेर्दा बलियो, भरिएको । भित्र कपडा कम, कागज धेरै । म्यानपावरको रसिद । मेडिकल रिपोर्ट । लोनको सम्झौता । पासपोर्ट ।
उसले वरिपरि हे¥यो । आधा बसहरू “काठमाडौं–एयरपोर्ट” भनेर कराइरहेका थि ए। आधा “गाउँ” भन्दै धुलो उडाइरहेका थिए । ऊ कुन बसको मान्छे हो भन्ने कुरा टिकटले तय गरिसकेको थियो, मनले होइन ।
उसको फोन कम्पन भयो । आमा लेखिएको थियो ।
“बस चढिस् ?” उता आवाज आयो ।
“अहिले चढ्दै छु,” उसले भन्यो, झूट बोलेको थाहा हुँदाहुँदै ।
उता केही सेकेन्ड मौनता । “घरको ढोका बन्द गर्नै मन लागेन आज,” आमा बिस्तारै बोली, “तँ हिँडिस् भने यो घर आवाजै नआउने हुन्छ ।”
रमेशले बसपार्कको कोलाहलतिर हे¥यो । यहाँ हजारौँ आवाज थिए तर कुनै पनि उसको लागि थिएनन् ।
–––
उसलाई दिउँसोको दृश्य याद आयो । गाउँको बाटो । धान रोप्ने बेलामा हरियो हुने खेत अहिले फाटेको छाला जस्तै चिराचिरा । गोठमा घाँस छ, गाई छैन । घरको आँगन सफा छ , खेल्ने बच्चा छैन ।
बुबा पिँढीमा बसेका थिए । “विदेश जानु ठीकै हो,” उनले भनेका थिए, “यहाँ बसेर के गछस् ? हामीले तेरो पढाइमा लगानी ग¥यौं, देशले काम दिएन ।”
त्यो वाक्य साधारण थियो, तर त्यसले रमेशलाई हल्का होइन, भारी बनाएको थियो ।
–––
बसको सिटमा बसेपछि उसले खुट्टा अलिकति फुकालेर जुत्ताभित्रको तातोपन महसुस ग¥यो । जुत्ता नयाँ भए पनि खुट्टा दुखिरहेका थिए । उसलाई अचानक दिउँसो देखेको दृश्य फेरि सम्झना आयो — गाउँको विद्यालय ।
ढोका खुला । भित्र डेस्क छन् । कुर्सी छन् । ब्ल्याकबोर्ड छ । विद्यार्थी छैनन् । एक जना केटो बाहिर उभिएको थियो, हातमा फाइल ।
“कक्षा कहिले सुरु हुन्छ ?” रमेशले सोधेको थियो ।
केटो हाँसेको थियो, “कक्षा होइन दाइ, फोटो खिच्न लाइन हो । पासपोर्ट बनाउन ।”
त्यो क्षण रमेशले पहिलोपटक बुझेको थियो — यो देशले जनशक्ति उत्पादन गर्दैन, निर्यात गर्छ ।
बस स्टार्ट भयो । झट्का लाग्यो । झ्याल बाहिरको बसपार्क बिस्तारै पछि सर्दै गयो । उसले तल हे¥यो । जुत्ताको टुप्पो टल्किरहेको थियो । उसले मनमनै सोच्यो — “जुत्ता त नयाँ छन्... तर हिँड्ने बाटो आफ्नै छैन ।”
–––
बस काठमाडौँ भित्रिँदै थियो । झ्यालबाहिरका बत्तीहरू लामो रेखा जस्तो तानिँदै थिए । रमेशको सिट पछाडिको केटा मोबाइलमा झुकेको थियो । औँला यति छिटो चलिरहेका थिए जस्तो ऊ कुनै काम गरिरहेको छ तर स्क्रिनमा केवल भिडियोहरू बदलिरहेका थिए —एक सेकेन्ड हाँसो, अर्को सेकेन्ड रिस, अर्को सेकेन्ड देशभक्ति, अर्को सेकेन्ड षड्यन्त्र ।
“दाइ, तपाईं पनि कतार ?” केटाले नसुन्दै सोध्यो, आँखा अझै मोबाइलमै ।
“हजुर,” रमेशले छोटो जवाफ दियो ।
“त्यहाँ पैसा छ रे । यहाँ त बस् स्टाटस मात्रै छ,” केटा हाँस्यो ।
रमेशले उसको हातमा समातिएको मोबाइलतिर हे¥यो । सानो स्क्रिनभित्र ठूलो संसार कराइरहेको थियो —देश बचाउने भाषण, विदेशी सपनाका विज्ञापन, ‘सक्सेस स्टोरी’, ‘मोटिभेसन’, ‘ब्रेकिङ न्यूज’ । सबैकुरा तत्काल । सबैकुरा ठूलो । सबैकुरा चम्किलो ।
तर उसको दिमागमा दिउँसो देखेको गाउँको कुवा आयो । सानो घेरा । चिसो पानी । अँजुलीले समेट्न सकिने । बिस्तारै पिइने ।
त्यसपछि मोबाइलको स्क्रिनतिर फर्कियो —यो त झरना जस्तो थियो । पानी धेरै, वेग धेरै, आवाज धेरै । तर अँजुलीमा अडिँदैन ।
“कोरोनापछि त झन् सजिलो भयो दाइ,” केटो फेरि बोल्यो, “सबै कुरा अनलाइन । फारम, पैसा, टिकट, काम—सबै मोबाइलबाट ।”
रमेशले सोध्यो, “पढाइ पनि ?”
केटा एकछिन रोकियो । “पढाइ ? त्यो त... युट्युबमा छ नि ।”
उसले हाँस्न खोज्यो, तर हाँसो अधुरो थियो ।
रमेशलाई आफ्नै भाइ सम्झियो । किताबको झोलाभन्दा ठूलो मोबाइल समातेर दिन बिताउने । गाउँको विद्यालय बन्द भएपछि ‘अनलाइन क्लास’ भनेर फोन किनेको तर पढाइभन्दा धेरै गेम र भिडियो ।
ज्ञान धेरै आयो । सिकाइ कम भयो ।
–––
बस ट्राफिकमा अडियो । बाहिर ठूला डिजिटल होर्डिङहरू चम्किरहेका थिए ।
“विदेश जाऔं, भविष्य बनाऔं ।”
“स्किल ट्रेनिङ — ग्लोबल अपच्र्युनिटी ।”
“इन्वेस्ट टुडे, अर्न टुमोरो ।”
रमेशले सोच्यो— गाउँका खेत बाँझो भए तर सपनाका विज्ञापनहरू उब्जिरहेका छन् । मान्छेहरू अब भोकले होइन, तुलना गरेर असन्तुष्ट छन् । उनीहरूलाई अभावले भन्दा बढी स्क्रिनले थकाएको छ ।
पछाडिको केटा फेरि बोल्यो, “दाइ, तपाईंलाई लाग्दैन देश अगाडि बढ्दैछ ?”
रमेशले झ्यालबाहिर हे¥यो— सडकमा सुतिरहेको मजदुर । माथि उडिरहेको ड्रोन क्यामेरा । उसले उत्तर दिएन । किनकि उसलाई थाहा भयो— यो युगमा आवाज धेरै छन् तर उत्तरहरू हराइरहेका छन् । बस फेरि चल्यो । मोबाइलको उज्यालो केटाको अनुहारमा परिरहेको थियो । त्यो उज्यालोले उसको आँखा चम्किएका थिए, तर अनुहार थाकेको थियो ।
रमेशले आँखाहरू बन्द ग¥यो । उसलाई लाग्यो — “हामी झरनामा नुहाइरहेका छौं, तर प्यासले छटपटाएका छौं ।”
–––
काठमाडौंको बिहान अनौठो थियो । बसबाट झरेपछि रमेशले पहिलोपटक सहरलाई शान्त देख्यो । सधैं धुलो र हर्नले कराउने सडकहरू त्यो दिन अलि बिस्तारै सास फेरेजस्ता लाग्थे । लकडाउनका वर्षहरू उसले विदेशमै बिताएको थियो । त्यतिबेला उसले भिडियोमा देखेको थियो— खाली सडक । खुला आकाश । टाढासम्म देखिने हिमाल । मान्छे घरभित्र थुनिएका बेला, सहर बाहिर निस्किएको थियो ।
उसले त्यो भिडियो सम्झियो जहाँ चरा सडकबीच उत्रिएका थिए । जहाँ खोलाको पानी फोहोर होइन, हरियो देखिएको थियो । जहाँ आकाशले धुवाँको सट्टा बादल बोकेको थियो ।
प्रकृति फर्किएको थियो ।
तर मान्छेहरू ?
ट्याक्सीको सिसाबाट उसले सडक किनारका घरहरू हे¥यो । झ्याल छन् । पर्दा छन् । बाल्कोनी छन् । आवाज छैन । ड्राइभरले भन्यो, “दाइ, लकडाउनमा त सहर भूत जस्तै थियो । जनावर हिँड्थे, मान्छे लुक्थे ।”
रमेशले सोध्यो, “अहिले?”
“अहिले मान्छे फर्किए... तर पहिले जस्ता होइनन् । आधा विदेश, आधा अनलाइन ।”
–––
रमेशको मोबाइलमा गाउँको फोटो आयो । छिमेकीले पठाएको । उसको घर अगाडिको गैरीखेत अब बालुवाजस्तो देखिन्थ्यो । पहिले धानले भरिने ठाउँमा झार उम्रिएको थियो । गोठको छानो झुकेको । आँगनमा आमा एक्लै ।
उसले अर्को फोटो खोले— गाउँको पुरानो बाटो, जहाँ जनयुद्धको बेला धेरै परिवार भागेका थिए । कतिपय कहिल्यै फर्किएनन् । कतिपयका घर ढले । कतिपयका नाम मात्रै बाँकी ।
उसले मनमनै गन्यो— रोगले लगेका खुट्टा । युद्धले तितरबितर पारेका खुट्टा । रोजगारीले उडाएका खुट्टा । औषधि किन्न नपुगेर रोकिन नपाएका खुट्टा । देशमा जुत्ता बाँकी छन् । हिँड्ने खुट्टा कम हुँदै गएका छन् ।
ट्याक्सी एयरपोर्ट रोडतिर मोडियो । जहाजको आवाज माथिबाट आयो । रमेशले आकासतिर हे¥यो ।
“त्यो कतार जान्छ होला,” ड्राइभरले सहजै भन्यो ।
रमेशले सोचे— कति जना फर्किएनन् । कति जना फर्कन पाएनन् । कति जना फर्कन चाहँदैनन् । कति जना फर्कन डराउँछन् । सहर ठूलो भएको थियो तर मान्छे घटेका थिए ।
उसले अचानक महसुस ग¥यो— यो सहर आवाजले भरिएको छ तर उपस्थितिले खाली छ ।
–––
एयरपोर्टको बाहिरको भीड व्यवस्थित थियो, तर शान्त थिएन । सबै जना लाइनमा उभिएका, तर भित्र–भित्र हतारमा । स्पिकरबाट निर्देश आउँथ्यो, कसैले राम्ररी सुन्दैनथ्यो । स्क्रिनमा सूचना झल्किन्थ्यो, आधा मान्छे गलत लाइनमा उभिएका ।
रमेशले महसुस ग¥यो— यहाँ सबै चिच्याइरहेका छन् तर कसैले कसैलाई सुनिरहेको छैन । छेउमा दुई जना युवक बहस गर्दै थिए ।
“देश बिग्रियो नेताले गर्दा,” एकले भन्यो ।
“देश बिग्रियो जनताले गर्दा,” अर्कोले प्रतिवाद ग¥यो ।
दुवैको आवाज चर्को थियो । दुवैको तर्क छोटो । दुवैको निष्कर्ष अन्तिम । संवाद थिएन, घोषणा मात्र ।
रमेशलाई गाउँको हाट सम्झना आयो, जहाँ मान्छेहरू कराएर सामान बेच्थे । त्यहाँ चर्को आवाज व्यापारका लागि हुन्थ्यो, यहाँ चर्को आवाज अहंकारका लागि ।
–––
मोबाइल फेरि कम्पन भयो । सोसल मिडिया नोटिफिकेसनहरू ।
एक पोस्ट — “देश बचाऔं”
अर्को पोस्ट — “सबै चोर”
तेस्रो — “यो नै अन्तिम सत्य”
प्रत्येक पोस्टमा हजारौं प्रतिक्रिया ।
रमेशले सोध्यो— “यत्रो आवाजपछि पनि किन केही बदलिँदैन ?”
उसको अगाडि एक बुढो मान्छे लाइनमा उभिएको थियो । हातमा पुरानो फाइल, प्लास्टिकको कभरमा बेरेको । टिकट एजेन्टसँग झर्किंदै बोलिरहेको थियो, “छोरो पाँच वर्षदेखि फर्केन, म आफैं जान्छु अब ।”
एजेन्टले आँखै नउठाई भन्यो, “नेक्स्ट ।”
व्यवस्था चलिरहेको थियो । मान्छे अड्किरहेका थिए ।
–––
रमेशले तल हे¥यो । आफ्नै जुत्तातिर । एकछिन उसले खुट्टा अलिकति उठायो, तलको जमिन हेर्न । टल्किएको टाइल्स । कुनै माटो छैन । कुनै धुलो छैन । कुनै चिन्ह छैन ।
उसलाई अचानक महसुस भयो— खुट्टा उठाउनु सजिलो रहेछ तर टेक्ने ठाउँ हराउँदै गएको रहेछ ।
उसले आफूलाई सोध्योः “म कहाँ टेकिएको मान्छे हुँ ? यो देशमा ? कि अर्को देशको भुइँमा ?”
लाउडस्पिकरले उसको फ्लाइट नम्बर बोलायो । लाइन अगाडि स¥यो । उसको अगाडि उभिएको बुढो मान्छे अझै कागज मिलाउँदै थियो । हात काँपिरहेको थियो । रमेशले उसको फाइल समातेर सिधा पारिदियो ।
बुढाले भन्यो, “बाबु, तिमी जाँदैछौ ?”
रमेशले जवाफ दिन खोज्यो । आवाज निस्केन । किनकि पहिलोपटक उसलाई लाग्यो— देशको समस्या ठूलो हो भनेर भाग्नु सजिलो छ तर त्यसमा आफू कति मिसिएको छु भनेर हेर्न गाह्रो छ ।
लाइन फेरि अगाडि बढ्यो । रमेशको पालो नजिकिँदै गयो ।
–––
लाइन अगाडि स¥यो । स्क्रिनमा बोर्डिङ सुरु भएको सूचना आयो । मान्छेहरू पासपोर्ट समाउँदै अघि बढे —कसैको हात स्थिर, कसैको काँपिरहेको ।
रमेशको अगाडि उभिएको बुढो मान्छे अचानक बस्यो । सास फेर्न गाह्रो भएको जस्तो ।
रमेश झुक्यो, “हजुर ठीक हुनुहुन्छ ?”
बुढाले मुस्किलले भन्यो, “युद्धमा छोरो गुमाएँ... अब ऊ जस्तै देश गुमाउन नपरोस् भनेर म जान खोज्दैछु ।”
रमेश चुप लाग्यो । उसले सोच्यो— लडाइँ बन्द हुन्छ तर लडाइँको असर पुस्तौँ बाँच्छ । यो देशमा धेरै खुट्टाहरू परिवर्तनको नाममा उठे । कतिलाई गोलीले रोके । कतिलाई बेरोजगारीले । कतिलाई पासपोर्टले ।
उठेका खुट्टा धेरै । टेक्ने जमिन कम ।
बोर्डिङ गेट अगाडि ऊ रोकियो । उसले जुत्तातिर फेरि हे¥यो । यी जुत्ता उसलाई विदेश पु¥याउँछन् तर उसलाई आफैंबाट टाढा पनि लैजान सक्छन् ।
उसले फोन निकाल्यो । आमाको नम्बर थिच्यो । उता तुरुन्तै उठ्यो ।
“चढिस् ?” रमेशले लामो सास फे¥यो । “आमा... म आज चढिनँ भने के हुन्छ ?”
एकदमै मौनताछायो । त्यसपछि नरम आवाज, “घर खाली हुन्छ कि भाँडो खाली हुन्छ — कुन डर ठूलो हो, त्यो तैले थाहा पाउनुपर्छ बाबु ।”
कल काटियो ।
रमेशले वरिपरि हे¥यो । सबैजना कतै जाँदै थिए । कोही पनि यहाँ बस्नका लागि हिँडिरहेका थिएनन् ।
उसले कल्पना ग¥यो— यदि ऊ गयो भने घरको आँगनमा आमाको छायाँ मात्र बाँकी रहनेछ । गोठ ताला लाग्नेछ । खेत झारले जित्नेछ ।
यदि ऊ बस्यो भने ऋणले घाँटी समाउनेछ । सपना सानो हुनेछ तर घर खाली हुने छैन ।
दुवै बाटो सजिला थिएनन् तर एउटा बाटोमा ऊ आफैं अनुपस्थित थियो ।
लाउडस्पिकरले अन्तिम बोलावट ग¥यो । रमेशले टिकट हे¥यो । गेट हे¥यो । फेरि आफ्नो खुट्टा हे¥यो । उसले लाइनबाट बाहिर पाइला सा¥यो ।
कुनै ठूलो दृश्य भएन । कसैले ताली बजाएन । कसैले ध्यान दिएन तर उसको खुट्टा पहिलोपटक भाग्न होइन, टेक्न हिँड्यो ।
–––
एयरपोर्ट बाहिरको हावा फरक लाग्यो । अनिश्चित । भारी । तर आफ्नै ।
उसलाई थाहा थियो— युद्ध बिसाउन गाह्रो हुन्छ तर भागेर युद्ध सकिँदैन । बिगार्नेहरू धेरै छन् भन्ने कुरा सजिलो सत्य हो । देश बनाउने कोही बन्ने निर्णय भने व्यक्तिगत जोखिम हो ।
रमेश हिँड्दै गयो । उसका जुत्ता पुराना बाटोमा फर्किँदै थिए ।
पहिलोपटक उसले महसुस ग¥यो— जुत्ता कति महँगो छ भन्नेभन्दा खुट्टा कहाँ टेक्छन् भन्ने कुरा ठूलो रहेछ ।
–––
गाउँ फर्किएको केही महिना भयो । रमेशले बारी जोत्न सिक्दै थियो, ऋणको किस्ता तिर्न सानो काम पनि गर्दै । दिनभरि शरीर थाक्थ्यो, राति दिमाग ।
एक साँझ ऊ खोलाको डिलमा बस्यो । पानी कम थियो, ढुंगाहरू बाहिर देखिन्थे । उसले खुट्टा पानीमा डुबायो । चिसोले पोल्यो, तर राम्रो लाग्यो । टाढाबाट कराएको आवाज आयो । पहिले उसले बेवास्ता ग¥यो । गाउँमा कोही न कोही कराइरहन्छ तर आवाज लामो भयो । टुटेन ।
ऊ उठेर माथिल्लो डिलतिर गयो । एउटी बूढी आमा कराइरहेकी थिइन् । हातमा पुराना जुत्ता । धुलोले भरिएका ।
“कोही देख्नुभो मेरो छोरो ?” उनी हावातिर सोधिरहेकी थिइन् ।
नजिक कोही थिएन । उनको प्रश्न खुला आकाशमा अड्किएको थियो ।
रमेश नजिक गयो । “कहिले गएका ?”
“पहिला जनआन्दोलनतिर गयो । फर्केन । पछि विदेश गयो भन्ने सुनियो । अहिले फोन पनि आउँदैन ।”
उनको आवाज सुक्खा थियो । आँसु पनि पुराना भइसकेका ।
रमेशसँग जवाफ थिएन । उसले केवल जुत्तातिर हे¥यो— खुट्टाबिना पर्खिरहेका ।
–––
भोलिपल्ट ऊ गोठमा गयो । छिमेकीको गाईले भर्खर बाच्छो पाएको थियो । बाच्छो ड्वाँ–ड्वाँ कराइरहेको थियो । गाई उभिएको, तर दूध झर्दैनथ्यो ।
“दाना पुगेन,” छिमेकीले भन्यो, “काम गर्ने मान्छे छैन, खेत बाँझो ।”
जीवन जन्मिरहेको थियो तर त्यसलाई धान्ने हात हराइरहेका थिए ।
रमेशले महसुस ग¥यो— हराउनेहरू केवल विदेश गएका होइनन् हराउनेहरू त जिम्मेवारी बोक्न नपाएका, नबोकिएका, बोक्न नचाहेका सबै हुन् ।
राति ऊ घरको छानोमाथि बस्यो । गाउँ शान्त थियो । सहरजस्तो आवाज थिएन तर यो शान्ति पनि पूरै थिएन । बीच–बीचमा कुकुर कराउँथे । कतै रेडियो बज्थ्यो । कतै फोनको रिङ ।
उसलाई लाग्यो— एक दिन यी साना आवाजहरू जोडिएर ठूलो हुनेछन् । त्यो दिन कराउनेहरू मात्र होइन, नसुन्नेहरू पनि सुन्न बाध्य हुनेछन् ।
न्याय ढिलो आउँछ होला तर प्रश्नहरू हराउँदैनन् ।
रमेशले तल आँगनतिर हे¥यो । आमा भाँडा माझ्दै थिइन् । बुबा पिँढीमा चुपचाप । घर अझै धनी थिएन । समस्या सकिएका थिएनन् तर घर खाली थिएन ।
उसले खुट्टा माटोमा टेकेर महसुस ग¥यो— यहाँ टेक्नु सजिलो थिएन तर यहीँ टेक्दा आवाज अर्थपूर्ण हुन्थ्यो । टाढा कतै जहाजको आवाज आयो । उसले आकासतिर हे¥यो । उ उडिरहेको थिएन तर भागिरहेको पनि थिएन ।
–––
गाउँमा चुनाव नजिकिँदै थियो । टोलको चौतारोमा लाउडस्पिकर बाँधिएको थियो । बिहानैदेखि भाषण, गीत, नारा । आवाज यति चर्को कि कुरा गर्न मुख नजिक ल्याउनुपथ्र्यो ।
रमेश मलजल बोकेर बारीतिर जाँदै थियो ।
स्पिकरबाट आवाज आयो— “हामी विकास ल्याउँछौं !”
अर्को— “हामीले मात्र देश बचाउँछौं !”
तेस्रो— “अरू सबै चोर !”
सबैको स्वर ठूलो । कसैको कुरा स्पष्ट होइन ।
छेउमै उभिएको बूढोले बिस्तारै भन्यो, “पहिले मान्छे काम देखाएर बोल्थे, अहिले बोल्नकै लागि काम खोज्छन् ।”
रमेश मुस्कुराएन । उसलाई थाहा थियो— यहाँ सत्य ठूलो स्वरमा आउँदैन । यहाँ सत्य सानो काममा लुकेको हुन्छ ।
त्यो दिन रमेशले बारीमा सिँचाइको सानो नाला मर्मत ग¥यो । पानी बग्न थाल्यो । खेत सानो थियो, काम पनि सानो तर बेलुकी छिमेकी आयो ।
“पानी तलसम्म आयो,” उसले भन्यो, “मेरो आधा रोपाइँ जोगियो ।”
कुनै भाषण भएन । कुनै फोटो खिचिएन । कुनै स्टाटस लेखिएन तर सानो आवाजले काम ग¥यो ।
–––
साँझ परेपछि फेरि स्पिकर करायो । रमेश घरको आँगनमा बस्यो । आमा भान्सामा । बुबा चुपचाप सुर्ती मोल्दै । “तँ विदेश नगएर गल्ती त गरेनस् ?” बुबाले सोधे ।
रमेशले सिधा उत्तर दिएन , उसले हातको माटो हे¥यो ।
“गल्ती त जे गरे पनि हुन्थ्यो होला,” उसले भन्यो, “तर यो माटो छुँदा कम्तीमा म हराएको जस्तो लाग्दैन ।”
बुबाले केही भनेनन् तर उनको नजर नरम भयो ।
–––
टोलको बाटोमा साना केटाकेटी खेलिरहेका थिए । पहिले यो बाटो सुनसान हुन्थ्यो । अहिले पनि धेरै मान्छे थिएनन्, तर पूर्ण खाली पनि थिएन ।
रमेशले महसुस ग¥यो— कर्कश संसार बदल्ने शक्ति उसको हातमा छैन तर कर्कशताले उसलाई निल्न नदिनु उसको जिम्मा हो । मान्छेहरू ठूलो स्वर निकाल्दै लामो देखिन खोजिरहेका थिए तर ऊ चुपचाप टेक्न मिल्ने जमिन बनाउँदै थियो ।
रात गहिरिँदै गयो । स्पिकर बन्द भयो । गाउँमा फेरि सानो–सानो आवाज मात्र बाँकी रहे —झिँगुर, हावा, टाढाको खोलाको सुस्केरा ।
रमेशले आकाशतिर हे¥यो । देश अझै समस्याले भरिएको थियो । भ्रष्टाचार हराएको थिएन । झुटा भाषण बन्द भएका थिएनन् तर सबै खुट्टा हराइसकेका पनि थिएनन् ।
केही खुट्टा फर्किँदै थिए । केही खुट्टा टेक्न सिक्दै थिए । केही खुट्टा भाग्न छोड्दै थिए ।
उसले मनमनै भन्यो— “कर्कशता ठूलो छ , तर चुपचाप टिक्ने मान्छे सकिएको छैन ।”
देश बिगार्नेहरू धेरै छन् भन्ने कुरा सजिलो सत्य हो । देश बनाउने कोही बन्ने निर्णय भने व्यक्तिगत जोखिम हो ।
रमेश हिँड्दै गयो । उसका जुत्ता पुराना बाटोमा फर्किँदै थिए ।
पहिलोपटक उसले महसुस ग¥यो— जुत्ता कति महँगो छ भन्नेभन्दा खुट्टा कहाँ टेक्छन् भन्ने कुरा ठूलो रहेछ ।
–––
गाउँमा बिहान चाँडै उज्यालो पस्यो । कुहिरो बिस्तारै उक्लँदै थियो । रातभर कराएको संसार एकछिन चुप थियो । न लाउडस्पिकर, न भाषण, न नाराको भिड ।
रमेश आँगनमा निस्कँदा माटो चिसो थियो । उसले नाङ्गै खुट्टा टेक्यो । माटोले केही भनेन, तर उसलाई थाम्यो ।
ऊ एक्लै थिएन —गाउँका अरू पनि बिस्तारै फर्किँदै थिए । कोही विदेशबाट छुट्टीमा, कोही सहरबाट असफल भएर, कोही केही गुमाएर, कोही केही सिकेर । फर्किनेहरू नायक थिएनन् । उनीहरू थाकेका थिए तर उनीहरू टेकिरहेका थिए ।
कसैले घोषणा गरेन—“हामी फर्कियौं ।”
तर आँगनमा पाइला थपिँदै गए ।
टोलको पुरानो जुत्ता मर्मत गर्ने बुढोले एउटा बोरा बाहिर निकाल्यो । वर्षौंदेखि कसैले लिन नआएका जुत्ताहरू । सुक्खा छाला, फुटेका तल्ला, धुलोले भरिएका ।
उसले धुलो झट्कार्दै भन्यो, “खुट्टा नभए जुत्ता बेकार... तर खुट्टा फर्किए भने जुत्ता फेरि काम लाग्छ ।”
रमेशलाई ती जुत्ताहरू हेर्दा पहिलोपटक जुत्ता सामान जस्तो होइन, पर्खाइ जस्तो लाग्यो ।
दिउँसो हावा चल्यो । सुकेको गैरीखेतमा धुलो उठेन —साना हरिया टुसा देखिन थालेका थिए । कसैले ठूलो परियोजना ल्याएको थिएन । कसैले विकासको भाषण गरेको थिएन । पानीको सानो कुलो मिलाइएको थियो, त्यसैले माटोले जवाफ दिएको थियो ।
खोलामा पानी अझै कम थियो, तर बगिरहेको थियो । गोठमा बाच्छो कराउन छाडेर चुस्न सिक्दै थियो । आँगनमा बूढा बुबाले लौरो टेकेर दुई पाइला बढी हिँड्न थालेका थिए ।
परिवर्तन ठूलो आवाजमा आएन तर अनुपस्थित चीजहरू बिस्तारै उपस्थित हुन थाले ।
–––
साँझ प¥यो । आकाश खुला थियो । टाढा पहाडको डाँडामाथि बादल अड्किएर सुनौलो भए । चरा बिस्तारै गुँडतिर फर्किए । कसैले उनीहरूलाई निर्देशन दिएन । हावा खेतमाथि बग्दा धानका साना पातहरू एकैचोटि हल्लिए —जस्तो हजारौँ साना खुट्टाहरू एकै लयमा टेकिरहेका छन् ।
रमेश डिलमा उभिएर त्यो दृश्य हेरिरहेको थियो ।
उसले सोच्यो— एक दिन साँच्चै हराएका खुट्टाहरू फर्किए भने संसार थर्काउने आवाज निकाल्नु नपर्ला सायद माटोले चुपचाप थामिदिनु नै पर्याप्त होला किनकि न्याय सधैं कराएर आउँदैन । कहिलेकाहीँ ऊ अंकुर जस्तै आउँछ— पहिले कसैले ध्यान नदिने । पछि कसैले रोक्न नसक्ने । टाढा मस्जिदबाट अजान आयो । अर्कोतिर मन्दिरको घण्टी बज्यो । दुवै आवाज हावामा मिसिए । त्यसमा डर थिएन । केवल उपस्थिती थियो ।
गाउँ पूर्ण भएको थिएन । देश सुध्रिसकेको थिएन । अन्याय हराइसकेको थिएन तर प्रश्नहरू फेरि माटोमा टेकिएका थिए । भागेका प्रश्नहरू फर्किँदै थिए ।
रमेशले झुकेर माटो समात्यो । यो माटोले धेरै खुट्टा गुमाएको थियो तर सबै पाइला मेटिएका थिएनन् । आकाश बिस्तारै रातमा बदलिँदै गयो । ताराहरू देखिन थाले । ती चिच्याउँदैनथे तर टल्किन छाड्दैनथे ।
कथा यहीँ रोकिन्छ—
जितको घोषणामा होइन
तर टेकिरहेको पाइला बीचमा
–––
२०८२ माघ १३
बिजु सुवेदी विजय
Comments
Post a Comment