कथा :— “मतपेटिकामा राखिएको भविष्यः नेपालका जनताका लागि एक आह्वान”
कथा :— “मतपेटिकामा राखिएको भविष्यः नेपालका जनताका लागि एक आह्वान”
–––
नेपालको राजनीतिक इतिहास अनवरत संघर्ष, आन्दोलन र विद्रोहको कथा बोकेको छ । जनताले आवाज उठाए, तर कहिलेकाहीँ आन्दोलनहरू दिशाहीन रहन पुग्छन्, वा सत्तामा रहेका नेताहरूले अपेक्षित जवाफदेहिता देखाउँदैनन् ।
यो कथा जेनजी आन्दोलनको पृष्ठभूमिमा तयार पारिएको हो—जहाँ युवा आवाजले देशभर गहिरो प्रभाव पारेको थियो, तर त्यसमा घुसपैठ र अस्थिरताका कारण आमजनताको जीवनमा गम्भीर असर पर्न पुगेको थियो । कथामा राजनीतिक दल, चुनाव प्रक्रिया, नागरिकको जिम्मेवारी, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र पारदर्शी नेतृत्वको आवश्यकता समेटिएको छ ।
कथाले जनताको चेतना र मतदाताको विवेकलाई केन्द्रमा राख्दै देखाउँछ कि लोकतन्त्र केवल चुनाव होइन, यसको जिम्मेवारी र भविष्यनिर्माण पनि हो । प्रत्येक खण्डले लोकतन्त्रको महत्व, नेतृत्व छनोटको जिम्मेवारी, र देशको स्थिरता, शान्ति तथा विकासको आधार निर्माण गर्ने अवसरको स्मरण गराउँछ ।
यो आख्यानले पाठकलाई सोच्न बाध्य पार्छ—के हामी हिजोको गल्ती दोहोर्याउने छौँ, वा मतपेटिकामा राखिएको भविष्यलाई उज्यालो तर्फ मोड्ने छौँ ? अवश्य पनि देशका लागि सबैले सही प्रतिनिधि अनि सही पार्टी चुनिदिने हो भने देशले अब शानितको गोरेटो पकडिने छ । देश अब नव निर्माणमा जुट्ने बेला आएको छ तर त्यसको अनुमोदन जनताले यस मतदानबाट गर्नेछ । यो मटपेटिकाको मतपत्र जनताको अन्तिम परीक्षा हो एउटा फलामे ढोका हो, जनता जनार्दन हो जसले यो ढोकालाई उपयोग गरेर राष्ट्रलाई सुनौलो युगतर्फ लैजाने अपेक्षा गरिएको छ । प्रिय मान्छे, लोकप्रिय मान्छे भन्दा पनि अब इमानदार मानछे चाहिएको छ हामी सबै नेपालीलाई, भ्रष्टाचार निमिट्यान्न पार्न उर्लिएको आवाजको परिणाम आउनै आउनै लागेको छ । यसमा सकल नेपाली जगतले साथ दिनु अपरिहार्य छ । देशलाई अब संकटकालमा सधैँ राखेर हुँदैन देशले अब काँचुली फेर्नु आवशयक छ । यो कथा यसै पृष्ठभूमिको हो । यो एक प्रसतावना किसिमको कल्पना साकार पार्ने किसिमको प्रण पनि हो । यो खाका पनि हो । यो देशका सबै उत्पीडित जनको आवाज हो । यो एक किसिमको उज्यालो प्रभात आउन अगाडिको मन्थन पनि हो । अब कथातर्फ बढौँ ।
–––
“घडीको सुई र जनताको सास”
–––
सिंहदरबारको पुरानो घडीले ठ्याक्कै दस बजाएको संकेत दियो । घडीको आवाजसँगै मन्त्रालयको झ्यालबाहिर फैलिएको चहलपहलले राजधानी फेरि चुनावी मौसमतिर मोडिएको अनुभूति दिलाइरहेको थियो ।
“अब दुई महिना मात्रै बाँकी छ,” मुख्य सचिव अर्जुन दाहालले कागजका फाइल पल्टाउँदै भने, “यो केवल समयको प्रश्न होइन, विश्वासको प्रश्न हो ।”
उनको अगाडि बसेका थिए निर्वाचन आयोगका प्रतिनिधि माया श्रेष्ठ । उनको आँखामा थकान थियो, तर अनुहारमा दृढता ।
“हामीले बन्दसूची त बुझिसक्यौँ,” उनले शान्त स्वरमा भनिन्, “तर सूची बुझ्नु मात्रै चुनाव होइन । सूचीले संविधान बोल्नुपर्छ— समावेशी भएर, समानुपातिक भएर ।”
कोठामा केही बेर मौनता छायो । त्यस मौनतामा बाहिर सडकमा गुञ्जिरहेको युवाहरूको नाराले हस्तक्षेप ग¥यो ।
“भदौको त्यो विद्रोह...,” अर्जुनले झ्यालतिर हेर्दै भने, “त्यो दिनले सरकारको भाग्य मात्र होइन, कर्तव्य पनि तय गरिदियो ।”
मायाले टाउको हल्लाइन् , “त्यही दिनपछि बनेको यो सरकार जनताले दिएको चेतावनीको उपज हो । अब चुनाव गराउनु मात्र होइन— सुशासनको खाका देखाउनु सरकारको परीक्षा हो ।”
त्यही बेला गृह मन्त्रालयबाट आएका सुरक्षा सल्लाहकार रमेश थापा बोल्दै उठे—
“केही दलहरू अझै ढुक्क छैनन्,”
“उनीहरूलाई चुनावभन्दा डर छैन, अराजकताभन्दा डर छ ।”
अर्जुनले गहिरो सास फे¥यो ।
“त्यसैले त यो निर्वाचन केवल मतपत्रको खेल होइन,”
“यो त राज्य र नागरिकबीचको पुनःसम्झौता हो ।”
घडीले फेरि आवाज निकाल्यो । समय अगाडि बढिरहेको थियो— र त्यससँगै, लोकतन्त्रको अर्को परीक्षा नजिकिँदै थियो ।
–––
“मञ्च र गल्लीबीचको दूरी”
–––
गृह मन्त्रालयको बैठक सकिएको धेरै बेर भइसकेको थियो । सुरक्षा योजनाका नक्सा, रंगीन घेराहरू र तीरहरूले कागज भरिएका थिए— सबै कुरा मिलेको जस्तो देखिन्थ्यो तर अर्जुन दाहालको मन भने असन्तुष्ट थियो ।
“सुरक्षा योजना कागजमा मात्रै चुस्त भएर के हुन्छ ?” उनले बैठक टेबलमा औँला ठोक्दै भने, “राजनीति आफैँ असुरक्षित बन्दै गएको छ ।”
त्यही बेला बाहिरको गल्लीबाट नाराको आवाज आयो— तर त्यो कुनै दलको थिएन । त्यो स्वर न त झन्डा बोकेको थियो, न घोषणापत्र ।
“नेताहरू फेरि महाधिवेशनमै हराइरहेका छन्,” माया श्रेष्ठले मोबाइल स्क्रोल गर्दै भनिन्, “कुनै दल विशेष, कुनै नियमित— जनता भने लाइनमा उभिएर हेर्दै छन् ।”
सल्लाहकार रमेश हाँसे— तर त्यो हाँसो कटु थियो ।
“मतदातासम्म पुग्नुभन्दा एक–अर्काको अंकगणित मिलाउनै सजिलो छ,”
“जनमतभन्दा गठजोड बलियो ठान्ने रोग पुरानै हो ।”
अर्जुनले झ्यालबाहिर हेरे । त्यहाँ कुनै सभा थिएन— केवल चिया पसलमा बहस गरिरहेका नागरिक थिए ।
“साधारण मानिसलाई पार्टीको भित्री बैठकले छुँदैन,”
उनले गम्भीर स्वरमा भने, “उनीहरूलाई चासो छ— भोलि के हुन्छ, रोजगारी के हुन्छ, न्याय पाउँछन् कि पाउँदैनन् ।”
मायाले कुरा जोडिन्— “तर हाम्रो राजनीति विगतमा धेरैजसो गाली, आरोप र दोषारोपणमै बित्यो । आफूले नगरेको कामको दोष अरूको टाउकोमा थोपर्ने परम्परा बस्यो ।”
केही क्षण मौनता भयो । त्यही मौनतामा भदौको सम्झना तैरियो— जब सडकले संसदलाई प्रश्न सोध्यो । “त्यो विद्रोह कुनै पार्टीको थिएन,”
अर्जुनले बिस्तारै भने, “न कुनै संगठनको झन्डामुनि थियो । त्यो त आवाज थियो— देशले आफैँ बोलेको ।”
रमेशले टेबलतिर झुक्दै भन्यो— “अब त्यो आवाजलाई दबाउने होइन, निर्वाचनमार्फत सुन्ने हो ।”
मायाले दृढतापूर्वक टाउको हल्लाइन् । “यदि त्यो आवाज संस्थागत भएन भने, यो चुनाव केवल प्रक्रिया हुनेछ— परिवर्तन होइन ।”
बाहिर गल्लीमा युवाहरूको स्वर फेरि गुञ्जियो । त्यो स्वर नारा थिएन— चेतावनी थियो ।
–––
“इजलास खुल्दैछ”
–––
सिंहदरबारको बैठक कक्ष आज अस्वाभाविक रूपमा शान्त थियो । न त आरोप–प्रत्यारोप, न त तालिका–गणना ।
अर्जुन दाहालले सबैतिर हेरेर भने— “कम्तीमा एउटा कुरा सबैले मानेका छौँ— हामीले राम्रो शासन दिन सकेनौँ ।”
कुनै प्रतिवाद आएन । त्यो मौन स्वीकृति नै ठूलो स्वीकारोक्ति थियो ।
माया श्रेष्ठले कागज थन्क्याउँदै भनिन्— “भ्रष्टाचारविरुद्धको भाषण नयाँ होइन, तर अबको पुस्ताले यही देशमा भविष्य देख्न पाउनुपर्छ— यो कुरा अब नारामा होइन, निर्णयमा देखिनुपर्छ ।”
त्यही बेला टेलिभिजनको स्क्रिनमा तराईको दृश्य आयो— शीतलहर, आगो तापिरहेका वृद्ध, ओडारभित्र सुताइएका बालबालिका ।
रमेश थापा बिस्तारै बोले— “यदि दलहरू जनादेश खोज्न घरदैलो नपुग्ने हो भने, यो चुनाव पनि राजधानीमै सीमित हुनेछ ।”
अर्जुनले गहिरो स्वरमा भने— “अबको राजनीति जोडघटाउको टेबलमा होइन, जनताको आँगनमा तय हुनुपर्छ ।”
मायाले कुरा थपिन्— “पार्टीभित्रको लोकतन्त्र सभ्य भएन भने, बाहिरको लोकतन्त्रप्रति जनताले वितृष्णा पाल्छन् । गलत अभ्यासले व्यवस्था होइन, विश्वास ढाल्छ ।”
स्क्रिन फेरि बदलियो— युवाहरूको भीड, न झन्डा, न चुनाव चिह्न ।
“जेनजी कुनै दल होइन,” अर्जुनले दृढ स्वरमा भने, “यो त इजलास हो— जहाँ मतदाताले फैसला सुनाउनेछन् ।”
रमेशले चेतावनी दिए— “अब बाहुबल, पैसा, प्रलोभन, जात–क्षेत्रको सौदाबाजीले काम गर्ने छैन । त्यो समय सकियो ।”
कोठामा अन्तिम पटक मौनता छायो तर त्यो मौनता अब अनिश्चितताको होइन— निर्णयको थियो ।
अर्जुन उठ्दै भने— “नयाँ कि पुरानो भन्ने बहसमा समय छैन । हामीलाई चाहिएको छ— शान्ति, सुशासन र विकासलाई बुझ्ने र बोक्न सक्ने प्रतिनिधि ।”
झ्यालबाहिर रवि अस्ताउँदै थियो तर भोलिको दिन मतदाताको हातमा थियो ।
इजलास खुल्दै थियो— फैसला जनताले लेख्नेछन् ।
–––
“मतपेटिकाअघि लेखिने लेखाजोखा”
–––
रात धेरै ढल्किसकेको थियो । सिंहदरबारको हल अँध्यारोमा डुबेको थियो, तर अर्जुन दाहाल अझै कुर्सीमै थिए ।
उनको अगाडि कुनै फाइल थिएन, थियो त केवल एउटा प्रश्न— “यदि हामीले फेरि पनि सोचेको जस्तो गर्न सकेनौँ भने ?” यो प्रश्न उनले कसैलाई सोधेका थिएनन् । यो प्रश्न लोकतन्त्रले आफैँ आफूलाई सोधिरहेको थियो ।
त्यही बेला माया श्रेष्ठ भित्रिइन् । हातमा चिया थियो, आँखामा नागरिकको चिन्ता ।
“यो प्रश्नको उत्तर चुनावपछि खोज्ने बानीले हामी यहाँसम्म आइपुगेका हौँ,” उनले चिया टेबलमा राख्दै भनिन् । “लेखाजोखा त मत हाल्नुअघि नै हुनुपर्छ ।”
अर्जुनले टाउको उठाए । “त्यो अधिकार कसको हा े?”
मायाको उत्तर छोटो तर स्पष्ट थियो— “नागरिकको । केवल नागरिकको ।”
केही क्षणपछि रमेश थापा पनि आइपुगे । उनले बाहिरको दृश्य देखाउँदै भने— “नेताले चाहँदैमा प्रतिनिधि बन्न सक्दैन । जनताको सामूहिक निर्णयले मात्रै शासकीय कुर्सीको ढोका खुल्छ ।”
अर्जुन बिस्तारै उठे । झ्यालबाहिर अँध्यारो थियो, तर उनले त्यहाँ मतपेटिका देखे— भविष्य बोकेको एउटा सानो बाकस ।
“यदि यो अधिकारको सही प्रयोग भएन भने,” उनले गहिरो स्वरमा भने, “पछुतो केवल व्यक्तिगत हुँदैन— देशले मूल्य चुकाउँछ ।”
मायाले सम्झाइन्— “कुनै महापुरुषले भनेका थिए— जनताले जनताका लागि, आफ्नै प्रतिनिधि छान्ने अभ्यास नै लोकतन्त्रको मेरुदण्ड हो ।”
रमेशले कुरा जोड्यो— “चुनाव भनेको उत्सव मात्र होइन । यो त अवसर हो— स्वच्छ, इमानदार, लगनशील र सक्रिय पात्र छान्ने ।”
त्यही बेला टेलिभिजन फेरि बल्यो । यसपटक कुनै आन्दोलन होइन— विदेश पुगेका युवाको अन्तर्वार्ता थियो ।
“यहाँ काम छ, व्यवस्था छ,” स्क्रिनभित्रको युवक भनिरहेको थियो, “तर देश सम्झँदा मन दुख्छ ।”
अर्जुनले आँखा चिम्ले । “स्थिरता, शान्ति र सुशासन कसैले उपहार दिँदैन,” “त्यो त सही प्रतिनिधि छनोटबाट मात्रै सम्भव हुन्छ ।”
मायाको स्वर अझ दृढ भयो— “हामीभन्दा राम्रो प्रतिनिधि छान्ने नियत हुनुपर्छ । ‘आफ्नै’ खोज्ने होइन—‘असल’ खोज्ने ।”
रमेशले चेतावनीको स्वरमा भने— “लोकतन्त्र चुनावसम्म मात्रै सीमित भयो भने त्यो नाटक हुन्छ । चुनावपछि जवाफदेहिता, सेवा र इमान अनिवार्य हुनुपर्छ ।”
कोठामा दक्षिण एसियाको इतिहास तैरियो— चुनाव जितेर जनतालाई बिर्सिएको कथा ।
“यही प्रवृत्तिले विद्रोह जन्मायो,” अर्जुनले भने, “र हामीले पटक–पटक आक्रोशको मूल्य जनधनबाट चुकायौँ ।”
मायाले अन्तिम कुरा राखिन्— “फेरि त्यही दोहोरिन नदिन अब चुनावी अभियानमै जनताले सचेत निर्णय गर्नुपर्छ । यो अवसर हातबाट फुस्किन दिनु हुँदैन ।”
घडीले रातको बाह्र बजाएको संकेत दियो तर लोकतन्त्रको घडी भने अब मतदाताको हातमा थियो ।
चुनाव आउँदै थियो— केवल प्रतिनिधि छान्न होइन, भोलिको देश लेख्न ।
–––
“आगोपछि बाँकी खरानी”
–––
सहर अझै पूर्ण रूपमा ब्यूँझिएको थिएन । कतिपय भवनमा कालो डाम देखिन्थ्यो, कतै झ्याल फेरिएको थिएन, कतै स्मारक वरिपरि फलामको बार अझै ठडिएको थियो । यो आगो निभिसकेको थियो— तर यसको तातोपन जनताको स्मृतिबाट हटेको थिएन ।
अर्जुन दाहाल सरकारी गाडीबाट ओर्लिएर ध्वस्त भएको पुरानो चौतारो नजिक रोकिए । यही ठाउँमा त्यो दिन भीडले दिशा गुमाएको थियो । “यो आन्दोलनको उद्देश्य यहाँसम्म आउनु थिएन,” उनले आफैँसँग भनेझैँ गरे ।
उनको छेउमा उभिएकी माया श्रेष्ठको आँखा त्यो चौतारोभन्दा पर थियो— अस्पतालको सेतो पर्दामा ।
“सुशासनको नारा बोकेका कति कलिला अनुहार त्यस दिन घर फर्किएनन्,” उनको स्वर भारी थियो । “कति अझै पनि घाउ बोकेर न्यायको पर्खाइमा छन् ।”
त्यही बेला एक वृद्ध महिला नजिक आइन् । उनको हातमा एउटा तस्बिर थियो— मुस्कुराइरहेको किशोर ।
“मेरो छोरो राजनीति गर्न गएको थिएन,” उनले भन्न खोज्दा शब्द टुटे, “ऊ त देश ठीक होस् भनेर नारा लगाउन गएको थियो ।”
अर्जुनले केही भन्न सकेनन् । राज्यको तर्फबाट क्षमा त्यति बेला अर्थहीन लाग्थ्यो ।
रमेश थापा केही पर उभिएका थिए । सुरक्षाव्यवस्थाको रिपोर्ट उनको हातमा थियो, तर मनमा पश्चात्ताप ! “घुसपैठले आन्दोलन अपहरण ग¥यो,” उनले शान्त स्वरमा भने, “र राज्यले समयमै छुट्याउन सकेन— आवाज र अपराध ।”
त्यो गैरजिम्मेवारीको मूल्य धरोहरले तिरे, नागरिकले तिरे, र भविष्यले तिर्दैछ ।
अर्जुनले गहिरो सास फेरे । “त्यसैले अहिले बनेको यो अन्तरिम सत्ता सिर्जनात्मक होइन— उपचारात्मक हो ।”
मायाले कुरा जोडिन्— “जनताले त्यो पीडा बिर्सेका छैनन् । यसलाई सामान्य घटना बनाएर चुनावतर्फ जानु जोखिमपूर्ण छ ।”
“तर चुनाव नै त्यो घाउमा मलहम लगाउने एक मात्र उपाय पनि हो,” रमेशले दृढतापूर्वक भने ।
“किनकि अब आउने नेतृत्वले आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्छ र घुसपैठको अपराधलाई कानुनको कठघरामा उभ्याउनुपर्छ ।”
अर्जुनले टाढा आकाशतिर हेरे । बादल पातलिँदै थियो ।
“यदि फेरि यस्तै भयो भने,” उनले बिस्तारै भने,
“राज्यले केवल सरकार गुमाउँदैन— विश्वास गुमाउँछ ।” मायाको स्वर स्पष्ट थियो— “त्यसैले अब जनता पनि मौन दर्शक रहन सक्दैन। शासकीय प्रणाली पनि सचेत र सर्तक हुनुपर्छ ।”
चौतारो छेउमै केही युवाहरू भेला भएका थिए । न कुनै नारा, न कुनै झन्डा ।
एकले भन्यो— “हामी फेरि सडकमा जान चाहँदैनौँ । हामी मतदान केन्द्रसम्म जान चाहन्छौँ ।”
त्यो वाक्य अर्जुनका लागि सबैभन्दा ठूलो सन्देश बन्यो । “देशमा शान्ति र स्थिरता अब भाषणले होइन,” उनले भने, “विश्वसनीय चुनावले फर्काउनुपर्छ ।”
रवि बिस्तारै बादलबाट निस्कँदै थियो । ध्वस्त संरचनामाथि नयाँ उज्यालो पर्दै थियो ।
आमचुनाव नजिकिँदै थियो— यो पटक केवल प्रतिनिधि छान्न होइन, आक्रोशलाई आशामा रूपान्तरण गर्न ।
–––
“अर्जुनदृष्टि”
–––
फागुनको चिसो बिहान । आकाश खुलेको थियो, तर राजधानीको हावामा अझै पनि आशंका मिसिएको थियो । निर्वाचन तयारीसम्बन्धी अन्तिम समन्वय बैठक अब औपचारिकताभन्दा उत्तरदायित्वको प्रतीक बनेको थियो ।
अर्जुन दाहालले बैठकको सुरुवात गर्दै भने— “अब बहस गर्ने समय होइन । अब गर्ने समय हो । फागुन २१ शान्तिपूर्ण हुनैपर्छ ।”
कोठाभित्र उपस्थित सबैको अनुहारमा थोरै चिन्ता, थोरै थकान, र धेरै अपेक्षा थियो ।
माया श्रेष्ठले नोटबुक बन्द गर्दै भनिन्— “जनता चुनावपछि केवल सरकार होइन, दिशा खोजिरहेका छन्— स्थिरता, सुशासन र आर्थिक भविष्यको दिशा ।”
त्यही बेला एक दलका प्रतिनिधि अलि हिचकिचाउँदै बोले— “तर अझै पनि सुरक्षाका विषयमा केही शंका छन् ।”
रमेश थापाले सिधा नजरले हेरे । “शंका फैलिनु स्वाभाविक हो,” उनले भने, “तर डरमा अड्किनु कमजोर मानसिकता हो ।”
अर्जुनले कुरा समाते— “जनताले जति प्रभाव पारेका छन्, त्यसको उत्तर मतपेटिकाबाट आउने हो सडकबाट होइन ।”
कसैले जेनजी आन्दोलनतर्फ संकेत ग¥यो— लुटिएका हतियार, भागेका कैदी, अधुरो न्याय ।
रमेशले टेबलमा हल्का चिमोट दिए— “ती चुनौती हुन्, तर ती मात्रै शान्तिको मापन होइनन् । राज्यको दृढ इच्छाशक्ति सबैभन्दा ठूलो सुरक्षा हो ।”
मायाले जोडिन्— “सरकारले शान्तिपूर्ण चुनाव गराउने प्रतिबद्धता गरिसकेको छ । अब निरन्तर शंका गर्दै बस्नु अविश्वासलाई मलजल गर्नु हो ।”
कोठामा अर्को विषय तैरियो— विघटित संसद् ।
एक जना सहभागीले सोधे— “संसद् पुनस्र्थापना भयो भने के ?”
अर्जुनको स्वर स्पष्ट थियो— “त्यो अदालतको विषय हो । हामी न्यायालयको बहसमा राजनीति मिसाउन सक्दैनौँ ।”
मायाले सहमति जनाइन्— “विचाराधीन विषयमा विवाद गर्दै बस्दा चुनाव कमजोर हुन्छ ।”
अर्जुन उठे । झ्यालबाट टाढा देखिने मतदान केन्द्रको भवनतर्फ हेरे ।
“अर्जुनदृष्टि भनेको एकैचोटि सबै लक्ष्य हेर्नु होइन,” उनले भने, “अर्जुनदृष्टि भनेको एक मात्र लक्ष्यमा सम्पुर्ण ध्यान केन्द्रीत गर्नु हो ।”
“अहिले हाम्रो लक्ष्य एकै हो— चुनावलाई सफल बनाउने ।”
कोठाभित्र मौनता छायो तर त्यो मौनता अब अनिश्चयको होइन— प्रतिबद्धताको थियो ।
बाहिर सहर बिस्तारै चलायमान हुँदै थियो । चिया पसलमा राजनीति चल्दै थियो, घर–घरमा मतको हिसाब बनिँदै थियो ।
कसैले भन्यो— “यो चुनाव केवल दिनको घटना होइन ।”
अर्जुनले मनमनै दोहो¥याए— “यो त इतिहासको मोड हो ।”
फागुन २१ नजिकिँदै थियो । देशको दृष्टि अब अदालत, षड्यन्त्र वा आशंकातर्फ होइन— मतपेटिकातर्फ केन्द्रीत हुँदै थियो ।
अर्जुनदृष्टि मिलिसकेको थियो ।
–––
“परीक्षाको प्रश्नपत्र”
–––
सहर फेरि अशान्त देखिन थालेको थियो । कहीं अनसन, कहीं मौन जुलुस, कहीं फेरि टुट्दै गरेका आशाका स्वर तर यसपटक नारा एउटै थिएन । मागहरू फरक–फरक थिए । जेनजीको आवाज अझै बलियो थियो, तर एकीकृत दिशा अस्पष्ट थियो ।
“आवाज छ, तर खाका छैन,” अर्जुन दाहालले बैठक कक्षमा भने, “यहीँबाट आन्दोलन कमजोर हुन्छ ।”
माया श्रेष्ठले सहमति जनाइन् । “जनाधार बिना कुनै पनि शासन लामो समय टिक्न सक्दैन । त्यसैले त आन्दोलनको अन्तिम गन्तव्य चुनाव नै हुनुपर्छ ।”
रमेश थापा केही गम्भीर देखिन्थे । “हामीले तोकिएको मितिमै चुनाव गराएर यो सरकारलाई ससम्मान बिदा गर्नुपर्छ,”
उनले भने, “अन्यथा यो संक्रमणकाल लम्बिँदै जान्छ ।”
अर्जुनले टेबलमा राखिएको क्यालेन्डरतिर हेरे । त्यो केवल मिति थिएन— राज्यको धड्कन थियो ।
“बहुमतबाट बनेको सरकार आएपछि मात्रै सबै समस्याको समाधान खोज्न सकिन्छ,” उनले भने, “अहिलेको शासन उपचारको चरण मात्र हो ।”
मायाको स्वर अलि कठोर बन्यो— “तर एउटा खतरा छ— चुनावमा हौसिने, प्रलोभनमा बिक्ने, र पछि पछुताउने प्रवृत्ति ।”
रमेशले थपे— “त्यसपछि गालीगलौजमै पाँच वर्ष बित्छ ।”
कोठामा केही बेर मौनता छायो । त्यो मौनतामा विगतका असफल संसद्हरू तैरिए ।
“यो देशको विषम अवस्था अब लम्ब्याउन मिल्दैन,” अर्जुनले दृढ स्वरमा भने, “जनताप्रति जवाफदेही र जिम्मेवार सरकार बनाउन चुनाव अपरिहार्य छ ।”
मायाले नोटबुक खोलिन् , “जनअपेक्षा असीमित छन्,” “तर राज्य स्रोत सीमित छन् । यी दुईबीच सन्तुलन मिलाउन सक्षम शासकीय नेतृत्व चाहिन्छ ।”
रमेशले एउटा वाक्य जोड्यो— “शासन भनेको राम्रा कामको जस लिनु मात्र होइन,” “बिग्रेका कामको जिम्मेवारी लिन सक्ने नैतिक साहस पनि हो ।”
त्यही बेला टेलिभिजनमा पुराना नेताहरूको बहस चलिरहेको थियो— पुरानै अनुहार, पुरानै आरोप—प्रत्यारोपको शृङ्खला ।
अर्जुनले टेलिभिजन बन्द गरे । “दाग लागेका पात्रहरू फेरि संसद् पुगे भने,” उनले गम्भीर स्वरमा भने, “पारदर्शिता केवल शब्दमै सीमित हुन्छ ।”
मायाको स्वर स्पष्ट थियो— “दण्डहीनताको अन्त्य नगरी कानुनी राज्यको प्रत्याभूति सम्भव छैन ।”
रमेशले झ्यालबाहिर हेरे । त्यहाँ महिलाहरू, दलित समुदायका युवाहरू, सीमान्तकृत समूहहरू मतदाता सूची हेर्दै थिए । “उपेक्षित वर्गलाई शासनमा सहभागी गराउने अवसर यही चुनाव हो,” उनले भने, “यो जिम्मेवारी जनताको काँधमा छ ।”
अर्जुनले अन्तिम वाक्य उच्चारण गरे— “यो चुनाव कुनै पार्टीको परीक्षा होइन,” “यो त जनताको परीक्षा हो ।”
यदि त्यो परीक्षामा सचेत निर्णय गर्न सकिएन भने— भोलि फेरि विध्वंसले ढोका ढकढक्याउनेछ ।
बाहिर रवि अस्ताउँदै थियो तर मतदान केन्द्रतर्फ जाने बाटो अझै खुला थियो । कलम जनताको हातमा थियो— प्रश्नपत्र खुलिसकेको थियो ।
–––
“मतपेटिकामा राखिएको भविष्य”
–––
मतदानको अघिल्लो साँझ थियो । सहर अस्वाभाविक रूपमा शान्त थियो— जस्तो कुनै ठूलो निर्णयअघि मानिसहरू मौन हुने गर्छन् ।
अर्जुन दाहाल सिंहदरबारको छतमा उभिएर सहरतिर हेर्दै थिए , उनी अब सरकारका प्रतिनिधि मात्र थिएनन्— उनी पनि भोलि मतदाता थिए । “लोकतन्त्र भोट हालेर सकिँदैन,” उनले बिस्तारै भने, “तर भोट नहालेर सुरु पनि हुँदैन ।”
त्यही बेला माया श्रेष्ठ आइन् । उनको हातमा कुनै कागज थिएन— थियो त केवल चिन्ताले भरिएको अनुहार । “जनताले अब केवल नारामात्र सुन्न चाहेका छैनन्,” उनले भनिन्, “उनीहरूलाई रोजगारी चाहिएको छ, जीवन सहज बनाउने राज्य चाहिएको छ ।”
अर्जुनले टाढा देखिने बत्तीहरूतिर हेरे । “आर्थिक विकासबिना लोकतन्त्र अनुभूति हुँदैन,” “र सक्षम नेतृत्वबिना आर्थिक विकास सम्भव हुँदैन ।”
रमेश थापा पनि त्यहाँ आए , उनले देशको नक्सा झल्किने ठूलो बोर्डतर्फ देखाए— पर्यटन, जलस्रोत, वन, जडीबुटी, हस्तकला, उद्योग ।
“यी सबै सम्भावना हुन्,” उनले भने, “तर सम्भावना आफैँ विकास हुँदैन । दृष्टि चाहिन्छ , रणनीति चाहिन्छ ।”
मायाले गम्भीर स्वर थपिन्— “विदेश जान बाध्य युवाको संख्या हाम्रो शासनको असफलताको सूचक हो । देशमै अवसर देख्ने वातावरण सक्षम नेतृत्वले मात्रै बनाउन सक्छ ।”
अर्जुनले टाउको हल्लाए , “हामीलाई विश्वको आर्थिक प्रवाहसँग जोडिन सक्ने नेता चाहिएको छ— संसार बुझ्ने, तर देश नबिर्सिने ।”
त्यही बेला टेलिभिजन खुल्यो । पुराना दृश्यहरू फेरि देखिए— आगो, ध्वंस, र आँसु ।
“हिजोको अवस्था फेरि दोहोरिन नदिनु नै भोलिको मतदानको अर्थ हो,” मायाले भनिन् ।
रमेशले गम्भीर चेतावनी दिए— “चुनाव घरीघरी आउँदैन । पाँच वर्ष लामो समयको भाग्य यहीं तय हुन्छ ।”
अर्जुनको स्वर अब व्यक्तिगत थियो— सरकारी होइन । “अब आवेगको समय छैन,” “प्रलोभनको समय छैन,” “नयाँ कि पुरानो भन्ने बहसले हामीलाई बचाउँदैन ।”
मायाले अन्तिम वाक्य राखिन्— “असल नेतृत्व पहिचानले होइन, कर्म र क्षमता ले चिनिन्छ ।”
रात ढल्कँदै गयो ।
सहर निदायो ।
तर देशको चेतना जागै थियो ।
–––
मतदानको दिन
–––
बिहान सबेरै मतदान केन्द्र खुल्यो ।
एक वृद्ध नागरिकले मतपत्र हातमा लिएर भने— “यो कागज सानो छ, तर यसले देश बोक्छ ।”
एक युवतीले मतदान गरेपछि भनिन्— “आज म केवल मतदाता होइन, भविष्यको सहलेखक हुँ ।”
कतै पैसा चलेन, कतै डर चलेन । कतै जात चलेन, कतै क्षेत्र चलेन । मतपेटिकामा विवेक खस्दै थियो ।
–––
भविष्यतर्फको मोड
–––
साँझ पर्दा मतदान केन्द्र बन्द भयो । मतपेटिका सिल गरियो— त्यसभित्र जनताको निर्णय बन्द थियो ।
अर्जुन दाहाल टाढैबाट मतपेटिकातिर हेरेर बोले— “आज जनताले कसैलाई जिताएनन् मात्र, आफ्नो भविष्य रोजे ।”
माया श्रेष्ठले शान्त स्वरमा भनिन्— “यदि सही निर्णय भएको छ भने, अब आगो होइन— उज्यालो फैलिनेछ ।”
रमेश थापाले अन्तिम वाक्य थपे— “शान्ति, स्थिरता, सुशासन र विकास अब सम्भावना मात्र होइन— प्रतिबद्धता बन्नेछ ।”
आकाशमा रवि अस्ताउँदै थियो तर देशको बाटो नयाँ उज्यालोतर्फ मोडिँदै थियो । विगतका गल्ती दोहो¥याउने होइन— भविष्य कोर्ने समय आएको थियो ।
मतपेटिकामा राखिएको थियो
देशको भोलि ।
लोकतन्त्र = विवेकपूर्ण छनोट + निरन्तर जवाफदेहिता
चुनाव = इतिहास दोहो¥याउने कि भविष्य बदल्ने मोड
जनताले सही नेतृत्व छाने
शासन बलियो हुन्छ
विध्वंस टर्छ
विकास सम्भव हुन्छ
यो कथा यहीँ टुंगिन्छ—
तर देशको कथा
जनताको निर्णयपछि मात्रै सुरु हुन्छ ।
–––
२०८२ पुस २०
बिजु सुवेदी विजय
Comments
Post a Comment