Posts

छातिमा भाला भो

  गीति कविता :– छातिमा भाला भो बिजु सुवेदी “विजय”   यो दिललाई भएन सञ्चो विषको प्याला भो ! भो राम्रो काम गर्छु नि भन्दा छातिमा भाला भो !!   पैसाले सब पाइन्छ यहाँ यो त हो सहर, पाइन्न दिल म भएँ एक्लो हरेक प्रहर । झूठको मुठ्ठी ठुलो छ हरे बहकी रहेछु , नौटङ्की घेरा चक्रमा परी फन्दामा परेछु ।   जता नि हेरेँ लुटाहा, डाँका, चोरी र चकारी, एउटै चिज विभिन्न भाउ कस्तो यो भिखारी । ब्यापार रे यो ठगीको धन्दा गरेको गर्यै छ , विद्वान मान्छे कौडीको भाउ बिकेको बिक्यै छ ।   लय :– ३+२ बिश्राम ३+२ विश्राम ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय   २०७३ भदौ ११ शनिवार बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाण्डौं bijusubedi@gmail.com

उत्कृष्ट कथा–प्रतियोगिता२०७९’एक लाख पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

 उत्कृष्ट कथा–प्रतियोगिता२०७९’एक लाख पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । काठमाडौं । बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा गरिएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चौथो डिशहोम बाह्रखरी कथा प्रतियोगिताको चौथो संस्करणका लागि कथा आह्वान गरेको हो । प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत चार वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा प्राप्त हुने कथाहरूमध्येबाट बाह्रखरीको आन्तरिक निर्णायकमण्डलले ५० कथा छनोट गरी निर्णायकमण्डललाई उपलब्ध गराउनेछ । तीमध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा–२०७९’ पुस्तकका लागि २५ कथा छान्नेछन् । त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । यो वर्ष साहित्यकार तथा समालोचक प्रा. डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शा...

जनार्दन शर्मा बिर्दोष साबित :- संसदीय छानबिन समिति प्रतिवेदनको पूर्ण पाठ

  १७ दिनको अध्ययनले जनार्दन शर्मा बिर्दोष साबित भएका हुन । संसदीय छानबिन समिति प्रतिवेदनको पूर्ण पाठ Samiti-pratibedan-2079_compressed_compressed (1)-compressed-compressed (1) चुनावको मिति तोक्ने तयारीमा सरकार

त्यो घण्टाकर्ण यो घण्टाकर्ण

त्यो घण्टाकर्ण यो घण्टाकर्ण सद्गुरु बाबाजी शुद्ध शाकाहार हुन् र उनी बोटविरुवालाई पनि जनावरहरु जत्तिकै माया गर्थे । हरेक शुक्रवार उनी नीराहार बस्थे अनि त्यो बेला उनी थोरै पानी मात्रै पिउँथे । यसरी भोकै व्रत वस्दा उनले बाहिरि चराचरसँग संवाद पनि गर्थे । अरु बेलाभन्दा महाआनन्दित हुन्थे । यो लोककाले उनलाई बुझ्नै सक्दैनथे बरु ती भट्किएकाहरुले उनको आश्रममा उनको योग विस्मृत पार्न फोहोरी राजनीति गर्न आउँथे । बोटविरुवासँग अनि जनावर, चराचुरुङ्गीसँग अन्तरङ्ग कुरा गर्न उनी खप्पिस थिए । उनले अन्य व्यक्तिहरुलाई पनि यो व्रतको महिमा बताउन चाहन्थे, उनले आफ्ना प्रचूर आध्यात्मिक शक्ति समाज भलाइका लागि उद्घादित गरिहन्थे तर उनीहरुले बुझ्ने प्रयाससम्म पनि गर्दैनथे । यसका लागि उनले आफु एक कदम पछि हटेरै भए पनि बहुआयामिक रूपमा सुझाउने प्रण गरे । बाबाजीले सुजातालाई सम्झाए कि तिमीले यी दुई विजय र किशोरको हिसाब चेक गर्न आइरहन्छ्यौ । तिमी यसलाई आन्तिरिक लेखापरीक्षण भन्थ्यौ । म यहाँ बसेदेखि यी दुईका कृयाकलाप मेरा मानसपटलमा कैद छन् । अब भन्ने बेला आएको छ कि । बाबा परापुर्वकालका एउटा कुरा गर्थे भने सुजाता दिमागले अर्ज...

बच्चा जन्माउनभन्दा गाह्रो छ

 बच्चा जन्माउनभन्दा गाह्रो छ आफू लेखक भएका कारणले एउटा कुरा फाइदा भयो त्यो के भने लकडाउन अवधिको कुनै सानो समय पनि खेर गएन । लकडाउनमय समयको सदुपयोग गर्दै पुस्तक “शान्ति सम्झौता” तयार गर्न पाएँ । सम्पादन, ह्रस्वदीर्घ, व्याकरणको काम सकाएर २०७८असोज २२मा रत्नपुस्तक भण्डारमा पाण्डु्लिपि बुझाएर आउँदा खुसीको सीमा रहेन । पुस्तकमा ६४वटा कथाहरू हुनेछन् भने कलेजमा पढ्ने नेपाली विषय लिएर पढ्नेहरूका लागि १२० पृष्ठ जतिको कथाको सम्पुर्ण परिभाषा देखि लिएर कथाका सम्पुर्ण उपकरणहरूको कदेखि ज्ञसम्मका सम्पुर्ण वृत्तान्त पनि यसमा सामेल हुनेछन् । पुस्तक कम्तीमा पनि ८००पृष्ठ जतिको हुनेछ । अब प्रकाशनको क्युमा छ यो पुस्तक । यी कुराहरू पाठकहरूसमक्ष बाँड्न आतूर भएको छु । यो बेला प्रकाशकले प्रकाशनका लागि २ महिना समय लाग्ने बताए । २०७८ असोज २६ यसरी मैले फेरि  “शान्ति सम्झौता” पुस्तकका सन्दर्भमा सामाजिक सञ्जालमा स्टाटस राखेँ । (दुई महिनापछिको समय) जम्मा १ लाख ६३हजार ३० शब्दरुको फाइनलरूपको पुस्तकको डिजिटल कपी आज रत्न पुस्तक भण्डारका सम्पादकज्यु माधवदाइसँगै गएर डिजाइनरकहाँ आफ्नो पेनड्राइभ्बाट उहाँको कम्प्युटरम...

“म”

 “म” “म” भन्ने पनि अचम्म हुँदो रहेछ । मैले “म” को खोजी गर्नुपर्छ भन्ने आध्यात्मिक गुरुको उपदेश बाँड्दा हामीले खोजी गर्ने हो “म” को, तिमीलेचाहिँ बिर्सेर पनि “म” को खोजी नगर्नू भन्ने धम्की पाएँ । “म” पनि यस्तो रहेछु मायोपियाको चश्मा लगाइराख्दा पनि कत्तिलाई टाउको दुखाइ हुँदो रहेछ कि तेरो यसले परिचय खुल्छ त्यसैले तैँले इण्डियामा गएर अप्रेशन गर् भन्ने धम्की पाएँ । मुख धोएर लेन्स लाए लेन्स लाएर मुख धुनुपर्ने रे अनि लेन्स लाएर मुख धोए, मुख धोएर लेन्स लाउनुपर्ने रे । “म” को परिचय त्यस्तो रहेछ आँखाको लेन्स नै मेरो परिचय रहेछ ओहो ! त्यो कसरी बदल्ने ? एउटाले म थाहा पाएर मेरो नाम प्रभात भूजेल भने । उफ् ! उसले हुनुसम्मनको यातना बेहोनुपर्ने रे, बल्ल उसलाई “म” को परिचय नदिने बाचा गर्न बाध्य पारियो । अनि मात्रै धर पाउने भयो । प्रतिगामीलाई प्रतिगमण गर्न “म” बाधा भएँ रे, अनि अग्रगमणकारीहरुलाई पनि “म” बाधा भएँ रे कसैलाई मैले गर्दा देश पछि धकेलियो रे भने कसैलाई तैँले देश धेरै अगाडि लान खोजेर विद्रूपिकरण गर्यौ रे । बूढा, बच्चा अनि तन्नेरीगधा सँगै कस्तै किसिमले जनताका अगाडि लग्दा पनि सबैलाई “म” नै बाधा ...

सनैया पढिसकेपछि भन्न मनलागेका कुराहरू

Image
  सनैया  पढिसकेपछि भन्न मनलागेका कुराहरू — बिजु सुवेदी विजय चैत्र २०७७ मा प्रकाशित पहिलो संस्करणको “सनैया : मरुभूमिमा जीवन खोज्नेहरूलाई पछ्याउँदै” पुस्तक मेरो हातमा छ । यस पुस्तकका लेखक हुन् दुई दशकदेखि पत्रकारितामा संलग्न होम कार्की । उहाँले कान्तिपुर पब्लिकेशन्स् लि.को कतार विभाग सम्हालेका थिए । यस पुस्तकलाई किताब पब्लिकेशन प्रा.लि. काठमाडौँले प्रकाशन गरेको छ । यो पुस्तक सौगात प्रिन्टर्स प्रा.लि. ललितपुरको प्रेसले छपाइ गरेको हो । सनैयाको आकर्षक कभर फोटो डिजाइन सचिन यगोल श्रेष्ठले गरेका छन् । ३८० पृष्ठको यस पुस्तकको मूल्य रु. ५४०/– उल्लेख छ । यो सनैयासम्बन्धी भूमिकापरक लेखमा मैले लेखक होम कार्कीजी र सनैयाको लेखाजोखा गरेको छु । साथै पाठकले उच्च मुल्याङ्कन गरिदिनुहुने नै छ भन्ने आशा एवम् विश्वास लिएको छु । यो सनैया ५०डिग्रीको रापिलो ठाउँ अनि समुन्द्री बाफको चर्को तापको ठाउँको कथा हो । काम गर्ने कामदारलाई ओसार्ने गाडीका चालकमार्फत पत्रिकाहरू कतारका आप्रवासी कामदारहरूकहाँ पुग्थ्यो । लेखक होम कार्की इमानदार भएकाले गर्दा पछि उनीसँग नेपालका आफन्तलाई तलब, औषधिलगायत अपर्झट आइपर्ने अत्...