गजल
गजल छन्द :– असारे (झ्याउरे) 3+2, 3+2 , 3+3=16 गजलकार :– बिजु सुवेदी “विजय” गरिब हुनु नपर्ने दिन पनि त आओस् । मुहार हाँस्ने प्रभाती लाली पनि त छाओस् ।। कति उसले दुःखका मात्रै झमेला सहने कहर सब सरर हावा बनी त भागोस् । सफल हुन माग्या उसका सबै कुराहरु उसमा बर्सी राम्रो आशिक बनी त लागोस् । कति उसका मात्रै दुश्मन ढोंगी समाजमा त्यस्तालाई नै ठोक्न बन्दूक पनि त दागोस् । उसको कर्म दुःखी भएर जिउने होइन हर्षको सीमा उसको पनि नाघी त जाओस् । २०७० भाद्र १४ शुक्रवार बिजु सुवेदी “विजय” कुलेश्वर, काठमामण्डौं bijusubedi@gmail.com