Posts

धर्ती–आमा र म

गद्य कविता :– धर्ती–आमा र म बिजु सुवेदी “विजय” हे धर्ती–आमा ! हे मेरी आमा हे आमा मलाई चाहिन्छ आशीर्वाद किन जाने चारधाम नजिकको  आत्मा देवतालाई हेला गर्दिन म तिमी मेरो  धर्तीं आफ्नै देवता हौ तिमी मेरी जननी , मेरो टेका स्थान हौ तिम्रा सन्तानहरू किन ठूला साना छन् किन समान छैनन् तिमीले समान देखे पनि तिमीले समान माया दिए पनि तिम्रो सन्तान भएपनि किन कोही धनी कोही गरिव छन् तिम्रो पीडा बुझ्छु म तिमीले हुर्कायौ, बढायौ सबै कर्तब्य गर्यौ मानिस बनाएर हुर्काएर उभ्यायौ तैपनि परिवार भएर बाँच्दैनन् उनीहरू त्यसैले धनीसँग लिएर गरिवलाई दिने मेरो चलन नगरौ है यसमा कसैले तेरो–मेरो गरी जलन त्यसैले सारा झुपडीको प्यारो म सारा वस्तीको प्यारो म सुख चैन छैन मेरो सारा म छु आमाको आँखाको तारा आमाको काँधलाई दिएको छु टेवा सकेसम्म गरिरहेछु दुःखीहरूको सेवा साथ त्यसैले छ ममताको धारा आमाको म छु अझसम्म प्यारा उसलाई दुनियाँले कसरी मार्छ जसले जो सर्वसाधारणको सेवा जो गर्छ तैपनि दुःखीहरू देखिरहेको छु मन मैले अझै दुखाइरहेको छु आँखामा आँसु छ मेरो आँखाको नानीमा छ नागको फण बहाइरहेछु बलिन्द्र पसिना म दुःखीयारीहरूका लागि जि...

बुद्धका जीवनी तथा उपदेशहरू

Image
बुद्धका जीवनी तथा उपदेशहरू हाम्रो देश नेपालको सिद्धार्थनगर कपिलवस्तुका शाक्यवंशका राजा शुद्धोदन र मायादेवीको छोरा सिद्धार्थको जन्म ई.पू ५६३ बैशाख पूर्णिमाको दिन लुम्बिनीमा भएको थियो । छोरा जन्मनुभन्दा अगाडि उहाँको आमाले विचित्रको सपना देख्नुभएको थियो । पिता शुद्धोदनले आठजना उत्कृष्ट भविष्यवक्ताहरूसँग यसको अर्थ सोध्दा सबैले मायादेवीबाट एक अद्भूत पुत्ररत्न प्राप्त हुनेछ भनेर भनेका थिए । यदि घरमा बस्यो भने चक्रवर्ती सम्राट बत्रेछ र यदि गृहत्याग गरेमा संन्यासी बत्रेछ र आफ्नो ज्ञानको प्रकाशले समस्त विश्वलाई आलोकित गर्नेछ भनेका थिए । बुद्धको वास्तबिक नाम सिद्धार्थ गौतम हो । नेपालको लुम्बिनीमा राजा अशोकले ई.पू. तेस्रो शताब्दीमा बुद्ध जन्मेको स्मृतिमा अशोक स्तम्भ बनाउनुभएको थियो । उहाँको माता मायादेवीको उहाँ जन्मेको ७ दिनपछि निधन भएको थियो । उहाँको पालनपोषण शुद्धोदनको दोस्रो रानी महाप्रजावतीले गर्नुभएको थियो । शिशुको नाम सिद्धार्थ राखियो यसको अर्थ हो “यो जुन सिद्ध प्राप्तिका लागि जन्मेको हो ।” । जन्मोत्सव समारोहमा साधु , द्रष्टा आसितले आपूm बसेको पहाडको निवासबाट यो बच्चा या त एउटा महान्...

कविता :– लप्पन–छप्पन,छक्का पञ्जा

कविता :– लप्पन–छप्पन,छक्का पञ्जा बिजु सुवेदी “विजय” मेरो कुरा सुन है राम्ररी तिमीहरु म जे भन्छु राम्ररी सुन है तिमीहरु जसले धेरै लुटेको छ ऊ नै सम्माननीय रातो पीरो देखिएको छ अति बङ्गुरनीय लप्पन छप्पन, छक्का पञ्जा आहा क्या मज्जा पैसा,पैसा,पैसा योभन्दा छैन कुनै दुजा तर गरीबले सधैं इज्जत नै प्यारो देख्ने दुनीयाँ सबै ब्यापारी हुन् लङ्गोटी नै बेच्ने सुलीमा लट्काउँछन् हरेक सोझासिधालाई पानी मुनी गएपनि छोड्दैनन् ठग्न पनि मूर्दालाई सकुनीको पासा फ्याँक्छन् सब् बन्छन् दुर्योधन सबैको स्वाथ्र्य छ पैसा लुट्नु खनखन धमाधम दुई बचन बोल्छन् अति मीठो सबैलाई भित्रबाट छुरा हान्छन् पाकेट मार्छन् सबैलाई पैसा असूल्छन् बेस्सरी लाग्छ पैसा नै इमान हो हरेक सामान बेच्छन् यसरी काठको धुलो नै चन्दन हो हरेक कुरा गर्छन् एकदम चिल्लो दलेर काम गर्छन् यस्तो जस्तासुकै भन्सार छलेर सबका सब ब्यापारी छन्  जहीँ छ धनसार यसरी खाइपिइ रहेछन् सारा यो संसार जे पायो त्यही जसले बोल्छ ऊ नै छ बहादुर चरित्र किन चाहियो पैसा नै हो सब शिष्टता छ दूर जो भोको प्यासो छ ऊ नै छ आज इमान्दार ऊ नै आज जेनतेन गरिरहेछ परोपकार सबको मनको मनसँग जोड्ने ता...

अडियोमा मेरो साहित्यिक भलाकुसारी

मेरी बूढीलाई पार्टी सेक्यूलर तर मलाई धर्म सेक्यूलर मेरी बूढीलाई उनको धर्म मात्रे मान्छे परिवारभन्दा प्यारो तर मलाई मेरो पार्टी परिवारभन्दा प्यारो यस्तो लोकतान्त्रिक अभ्यास निरन्तर भइरहेको छ हाम्रो भित्र बिचार भएर पनि लभ पछि अरेञ्ज म्यारिज भयो हाम्रो, आज १० वर्ष भइसक्यो यस्तो हाम्रो लोकतान्त्रिक अभ्यासको । “मिर्मिरे रेडियो” वर्गीय चेतना फैलाउने रेडियोमा भलाकुसारी गर्न पाउँदा परिवारभन्दा नजिक भएको महसूस गरेँ र जिन्दगीमा पहिलोपटक धेरै खुशी भएको महसूस गरेँ , सबै सञ्चारकर्मी साथीहरुलाई भेट्न पाउँदा हर्षको सिमा रहेन । कृपया बैशाख २२ गते आइतबार नेपाली समय अनुसार राति ९ देखि १० बजेसम्म मेरो साहित्यिक भलाकुसारीमा  मेरा कविताहरु वाचन , र मेरो एउटा गीत प्रस्तुती  गजलको दुनिँयामा नाम कमाइरहनु भएका आर जे सत्य सागर थापाजी सँग कुराकानीको क्रममा गरेको थिएँ सोही प्रस्तुतीका स्वरहरुलाई यहाँ तलको अडियो बक्समा प्ले गरेर सुत्रुहुन शुभ–चिन्तकहरु सबैलाई अनुरोध गर्दछु ।.......... बिजु सुवेदी “विजय” कुलेश्वर , काठमाण्डौं bijusubedi@gmail.com

रणसङ्ग्राम म एक्लै लड्छु

Image
 रणसङ्ग्राम म एक्लै लड्छु सुत्दा !,  उठ्दा !,  झल्याँस्स ब्युँझँदा !, बिझाउँछ मलाई बैरीका परेडहरूले ! एकदमै असह्य हुन्छ , छटपटी भइरहन्छ सधैंभरी । आजको मेरो स्वदेश ! मेरो धुकधुकी ! मेरो परम् आत्मा ! पूर्खाले स्वाभिमान बनाएको मेरो देश ! भोलि पराधिन हुने क्रम छ ! भोलि पराइ हुने क्रम छ ! आजको मेरो प्यारो आकाश ! किच्चिएर संकुचन हुने क्रम छ ! मेरो प्यारो ज्यान टुक्रिएको छ  मेरो सर्वस्व टुक्रिएको छ ! मेरो घरको आँगन आज यहाँ छैन ! मेरो सधै माछाको स्तब्ध आँखा भइरहेको छ ! लठ्ठक भएर कति बाँचुँ म ? मेरो देश किन परदेश जान्छ ? मेरो देशको शेष किन निःशेष हुन्छ ? अनिँदो बसिरहँदै पनि ! अँध्यारोमै मेरो देश किन गायब हुन्छ ? आज म बसेको स्वर्गतुल्य देश ! किन पराया भूमि हुन्छ ? बिहानीको प्रभातको मिर्मिरेमा हेर्दा ! किन साँझ हुन्छ ? किन हाम्रो बंकर सब छियाछिया भइसकेको हुन्छ ? किन सुरक्षा दिने सुरुङ्गहरू पुरिइसकेको हुन्छ ? किन जङ्गे पिल्लरहरू सारिइसकेको हुन्छ ? वाटुली भावी आफ्ना सन्तान दरसन्तान बोकी, अँध्यारैमा पहाडतिर डेरा सर्छिन् ! उनले गरेको तराईको बिर्ता ! उनको तराईको पूरै उब्जनी ! बाढी...

कथा (अनौठो तरवार)

चिनीया पौराणिक कथा :–अनौठो तरवार कथाकार :– लु श्यून मूल लेखन अक्टूबर सन् १९२६ नेपाली भाषामा अनुवाद मे सन् १९९८ अनुवादक :–गोपीरमण उपाध्याय प्रकाशक :– एशिया पब्लिकेशन , पुतलीसडक चोक , डिल्लीबजार काठमाण्डौंबाट संकलन बिजु सुवेदी “विजय”द्वारा (    जसरी भारतीय पुराण कथाहरुमा देवी देवताका हतियारहरु शंख , चक्र , गदा , धनुवाण , बञ्चरो , तरवार आदिका ठूला ठूला महिमाहरु गाइएका छन् । त्यस्तैगरी चिनीयाँ पुराण कथाहरुमा पनि तरवारको बारेमा बडो महत्वका साथ वर्णन गरिएको छ ) (एक) मेइ चेन छि आफ्नी आमाको छेउमा सुत्नै थालेको थियो , नजिकैको डेहरीलाई मूसाहरुले कुटुर कुटुर काट्न थाले । त्यो आवाजले मेइ चेन छि दिक्क भयो । मूसाहरु भगाउन उसले चार–पाँच पटक सिउँ–सिउँ त गर्यो तर तिनीहरुले टेर्दै टेरेनन् । दिनभरि कामको थकाइले लस्त भएर सुतेकी आमाको निन्द्रा नखल्बलियोस् भनेर ती मूसाहरु भगाउन अलि टाठो आवाज पनि गर्न सकेन । धेरैबेरसम्म तिनीहरुले खलबल मचाउँदै रहे । मेइ चेन यसो निदाउन खोजेको थियो , नजिकै पानी भएको घैंटोमा अर्को मूसाले छपाक् गरेको आवाज सुनियो । मूसाले घैटोंबाट बाहिर आउने निकै कोशिश गर्यो , तर स...

एकछिन हाँसौं

Image
एकछिन हाँसौं संकलक ः विजु सुवेदी “विजय”   "हजुर प्रोफेसर अँ ! लेक्चर हो कि ?" "हैन म न लेक्चर हुँ न प्रोफेसर ! मात्र ब्लड प्रेसरको औषधि खान विर्सेको हुँ ।" चुट्किला १ एकदिन रामले उसको छोरो हरिलाई सोध्यो राम ः– छोरा तिमी ठूला भएपछि कोसँग बिहे गर्छौ ? छोरा (हरि) ः– बुबा म त तपाईंको आमा वा मेरी हजुरआमासित बिहे गर्ने हो नि राम ः– के तिमीलाई लाज छैन मेरी आमासँग बिहे गर्ने ? छोरा ः– अनि त्यसो भए किन तपाईंले मेरी आमासँग बिहे गर्नु भएको त ? चुट्किला २ दिपेश ः– यदि म ऊ त्यो नरिवलको रुखमा चढेँ भने इञ्जिनीयरिङ्गका केटीहरु देख्न सक्छु । समीर ः– अनि हात छोडिस् भने हस्पिटलका केटीहरु देख्नेछस् । चुट्किला– ३ दाइ ः– सुनिल , कुनै यस्तो उपहारको नाम बता न जो सिधै तेरो भाउजूको दिलमा लागोस् । भाइ ः– गोली हान्दे । चुट्किला ४ पहिलो गफाडी ः– तिमीलाई थाहा छ ? मेरो बुबा त एकतल्लाबाट खसेर हात भाँच्चिएको थियो । के सचिनको हात हालिदिएका त क्रिकेटमा छक्कै–छक्का ल्याउँछ  यार । दोस्रो गफाडी ः– तेरो बुबा त जाबो त्यत्ति, मेरो बुबा त झन् दुईतल्लाबाट खसेर खुट्टा भाँचिएको थियो । के कङ्गारुको खुट्टा हा...