कथाः फिल्ड भिजिटको परिणाम
कथाः फिल्ड भिजिटको
परिणाम
१: जनैको धागो
"कहिलेकाहीँ एउटा धागोले केवल काँध मात्र होइन, पूरा जीवन बाँधिदिन्छ ।"
पहाडको फेदीमा बसेको
त्यो सानो बजार बिहान सबेरै ब्युँझिन्थ्यो । मन्दिरको घण्टीको
आवाज, भालेको
डाक, चियापसलको
पहिलो उकालो धुवाँ र सरकारी कार्यालयतिर हिँडिरहेका मानिसहरूको हतारले गाउँ र
सहरको बीचमा अड्किएको त्यो ठाउँलाई आफ्नै लय दिन्थ्यो । तर त्यही लयभित्र एउटा घर
थियो, जहाँ
हरेक बिहानको सुरुवात शान्त देखिए पनि भित्रभित्रै अनेकौँ हिसाब चलिरहेका हुन्थे ।
त्यो घरका मूलढोकामा
रातो माटोको लेप थियो । आँगनमा तुलसीको मठ । एउटा कुनामा पुरानो साइकल, अर्को कुनामा फाटेको
जुत्ता । घर धनी थिएन, तर
गरिबीलाई पनि कसैले खुलेर स्वीकारेको थिएन । सबैभन्दा ठूलो सम्पत्ति त्यहाँ
मानिएको थियो—इमान ।
त्यही घरका मालिक थिए
बिरेन्द्र कृष्ण ।
सरकारी कार्यालयका
कर्मचारी । कार्यालयमा उनको परिचय एउटा कुरा थियो—"बिरेन्द्र कृष्णलाई पैसा
देखाएर काम बन्दैन ।" सहकर्मीहरू कहिलेकाहीँ जिस्काउँथे ।
"यति इमानदारीले त के पाइन्छ ?"
बिरेन्द्र कृष्ण
मुस्कुराएर फाइल पल्टाइदिन्थे ।
"तलब ।"
त्यसपछि अरू हाँस्थे ।
तर घर फर्किँदा त्यो मुस्कान धेरैपटक हराइसकेको हुन्थ्यो । महिनाको अन्त्य आउँदा
भान्साको भाँडो पहिले खाली हुन्थ्यो कि गोजी ! दुर्गादेवीले छुट्याउन सक्दिनथिन् ।
चामल नापेर पकाउनु, तेल
थोपा गनेर हाल्नु, विद्यालयको
शुल्क, औषधि, पाहुनाको सत्कार—सबै
एउटै तलबमा अटाउनु पर्ने थियो ।
त्यो वर्ष उनीहरूको
छोरा अजित तेह्र वर्षको भयो । त्यो उमेर,
जहाँ बालापन पूरै गएको हुँदैन र
जिम्मेवारीको भार अझै बोक्न सिकेको हुँदैन ।
घरमा एउटा ठूलो तयारी
सुरु भयो ।
जनै ।
हजुरबुबा हरिप्रसादले
महिनौँअघि नै पञ्चाङ्ग हेरेर साइत निकालेका थिए ।
"यो दिन ठीक छ," उनले भनेका थिए,
"बालकले आजदेखि दोस्रो जन्म लिन्छ ।"
अजितलाई "दोस्रो
जन्म" भन्ने शब्द अनौठो लाग्यो ।
"पहिलो जन्म त आमा बाट भएको हो । अर्को कसरी हुन्छ ?"
हजुरबुबा हाँसे ।
"पहिलो जन्म शरीरको हुन्छ । दोस्रो जन्म जिम्मेवारीको ।"
त्यो वाक्य अजितले
त्यतिबेला पूर्ण रूपमा बुझेन । तर वर्षौँपछि त्यो वाक्य उसको जीवनको सबैभन्दा
गहिरो घाउसँग गाँसिने थियो । जनैको दिन बिहानदेखि घरमा चहलपहल थियो । पात टाँगिए ।
धुप बालियो । वैदिक मन्त्र गुञ्जिए ।
हजुरबुबाको स्वर
स्पष्ट थियो ।
"आचमन गर ।"
"प्राणायाम ।"
"गायत्री स्मरण ।"
अजितले हरेक शब्द
ध्यान दिएर दोहोर्यायो । धागो काँधमा आयो । यज्ञोपवीत छातीमा झुन्डियो । सबैले
आशीर्वाद दिए । तर भीड छरिएपछि हजुरबुबाले उसलाई छुट्टै बोलाए ।
"आ, मसँग
बस ।"
घरको पछाडिको कौसीमा
एउटा पुरानो काठको पेटी थियो । पेटी खोल्दा भित्र कपडाले बेरिएको एउटा बाक्लो डायरी
देखियो । कालो जिल्ला । कुनाकाप्चा घिस्रिएको । पाना पहेँलिएका ।
हरिप्रसादले त्यसलाई
धेरै सम्मानका साथ खोले ।
पहिलो पानामा सुन्दर
अक्षरमा लेखिएको थियो—
"संस्कार विधिविधान ।"
अजितका आँखा चम्किए ।
"यो के हो ?"
"यो हाम्रो घरको सम्पत्ति हो ।"
"पैसा होइन ?"
"पैसाभन्दा ठूलो ।"
त्यस दिनदेखि हरेक
साँझ एउटा नयाँ पाठ सुरु भयो ।
नामकरण । ब्रतबन्ध ।
विवाह । श्राद्ध । गृहप्रवेश । सत्यनारायण । रुद्री । सप्ताह ।
हजुरबुबा मन्त्र
बोल्थे । अजित सुन्ने । फेरि दोहोर्याउने । गल्ती हुँदा फेरि सुरु गर्ने ।
"मन्त्र कण्ठ गर्नु सजिलो छ,"
हरिप्रसाद भन्थे, "तर मानिसको दुःख
बुझेर मन्त्र बोल्न सिक्नु कठिन छ ।"
त्यो शिक्षा केवल
संस्कृतका शब्दहरूको थिएन । मानिसको घरभित्र पस्ने संस्कारको थियो । केही सातापछि
एउटा अप्रत्याशित घटना भयो । गाउँको एउटा घरमा सप्ताह थियो । उवाचक आउने मान्छे
बिरामी परे । हरिप्रसादले अजितलाई हेरे ।
"तयार छस् ?"
अजित डरायो ।
"म ?"
"हो ।"
"गल्ती भयो भने ?"
"सत्यसँग बोलेको मन्त्र भगवान्ले पनि सच्याइदिन्छ ।"
त्यो पहिलो अवसर थियो
। पहिलोपटक उसले सबैका अगाडि पुस्तक खोलेर पढ्यो । स्वर सुरुमा काँप्यो । पछि
स्थिर भयो । अन्तिम दिन वृद्ध महिलाले उसको हातमा एउटा रातो कपडामा बेरिएको
दक्षिणा राखिन् ।
"बाबु, राम्रो
पाठ गर्नुभो ।"
अजितले पहिलोपटक
आफ्नै कमाइ हातमा समात्यो । घर फर्किँदा ऊ दौडिरहेको थियो ।
"आमा !"
दुर्गादेवीले सोधिन्—
"के भयो ?"
उसले कपडा खोलेर
सिक्काहरू देखायो । आमाका आँखामा आँसु भरिए ।
"यो त तेरो पहिलो कमाइ हो ।"
त्यस साँझ घरमा धेरै
कुरा भएन । तर एउटा दृश्य चुपचाप बसेर सबैले देखे । दुर्गादेवीले त्यो दक्षिणाले
नुन र तेल किनिन् । पहिलोपटक एउटा बालकले आफ्नो कमाइले घरको भान्सा छोएको थियो । राति
बिरेन्द्र कृष्ण धेरै बेर चुप लागेर बसे । उनले सिक्काहरू हेरे । छोरालाई हेरे । फेरि
टाढा कतै हेरे । उनको अनुहारमा गर्व थियो कि चिन्ता—कसैले बुझ्न सकेन ।
अन्ततः उनले यति
मात्र भने—
"पढाइ नछुटोस् ।"
अजितले टाउको हल्लायो
। उसलाई लाग्यो, बाबु
खुसी हुनुभयो । तर बिरेन्द्र कृष्णको मनमा अर्को हिसाब सुरु भइसकेको थियो । सरकारी
तलबले मुस्किलले घर धानेको थियो । छोराको दक्षिणा भने बढ्न सक्ने संकेत देखिँदै
थियो । बाहिर रात गहिरिँदै थियो । आँगनको तुलसीमा हावा लाग्यो । अजितले काँधको जनै
छाम्यो । उसलाई त्यो केवल एउटा धागो जस्तो लागिरहेको थियो ।
तर समयले त्यो
धागोलाई एकदिन डायरी, दक्षिणा, हिसाब, विश्वासघात र एउटा
देशको अलमलिएको भाग्यसँग गाँसिदिनेछ भन्ने कुरा त्यतिबेला कसैले पनि जानेको थिएन ।
२:
"हजुरबुबाको डायरी"
"कतिपय
सम्पत्ति पैसा राख्ने ढुकुटीमा बन्द हुँदैनन्; ती हस्तलिखित अक्षरमा बाँच्छन् ।"
जनैको
केही दिनपछि अजितको बिहान फेरिएको थियो । पहिले ऊ विद्यालय जाने बालक मात्र थियो;
अहिले उसले काँधको जनै छामेर दिन सुरु
गर्न सिकेको थियो । हजुरबुबा हरिप्रसादको दिन भने अझै उस्तै थियो—ब्रह्ममुहूर्तमा
उठ्ने, आचमन गर्ने, गायत्री जप्ने र त्यसपछि एउटा पुरानो
काठको पेटी खोलेर धेरै सावधानीका साथ एउटा कालो जिल्लाको बाक्लो डायरी निकाल्ने ।
अजितले
चाँडै बुझ्यो—त्यो डायरी सामान्य कापी थिएन । हजुरबुबाले त्यसलाई किताबजस्तो
पढ्दैनथे; जीवित मानिससँग कुरा
गरेजस्तै खोल्थे ।
"यसलाई
छुनुअघि हात धोऊ," उनले
एक दिन भने ।
अजितले
हात धोयो । फर्केर आएपछि हजुरबुबाले डायरी उसकै काखमा राखिदिए । पहिलो पाना खोल्दा
मसी फिक्का भइसकेको थियो, तर
अक्षरहरू अझै सीधा उभिएका थिए । माथि लेखिएको थियो—
"संस्कार-विधिविधान
– कर्मभन्दा पहिले भावना शुद्ध होस् ।"
"यो
सबै तपाईंले लेख्नुभएको हो ?" अजितले
सोध्यो ।
हरिप्रसाद
मुस्कुराए ।
"केही
मैले, केही मेरो गुरुबाट,
केही मेरो बाबुबाट । वैदिक शिक्षा
एक्लैले जन्माउँदैन; पुस्ताले
सुम्पिन्छ ।"
त्यस
दिनदेखि साँझपख उनीहरूको घर एउटा सानो गुरुकुल बन्न थाल्यो । पहिलो पाठ विवाह
संस्कारको थियो । हरिप्रसादले मन्त्र पढे । अजितले दोहोर्यायो ।
"अब
अर्थ पनि बुझ ।"
"सबै
मन्त्रको अर्थ जान्नै पर्छ ?"
"नजानेर
पढेको मन्त्र घण्टीको आवाज हो । बुझेर पढेको मन्त्र आशाको आवाज हो ।"
त्यसपछि
उनी केवल संस्कृत सिकाउँदैनथे । किन कन्यादान हुन्छ, किन सप्तपदी हुन्छ, किन अग्नि साक्षी हुन्छ, किन गायत्री
मन्त्रको पहिलो ऋचा गुरुले सुनाउँदा कति मधुर किसिमले कुन रसमा अनि कुन दिशाबाट
बसेर दिइनुपर्छ—हरेक विधिको सामाजिक र मानवीय अर्थ पनि खोलिदिन्थे ।
अजितले
एउटा कुरा महसुस गर्न थाल्यो—धर्म केवल पूजा होइन, मानिसहरूको जीवनका सबैभन्दा कठिन क्षणहरूमा
उनीहरूको साथमा उभिने भाषा पनि रहेछ । विद्यालयबाट फर्किएपछि उसले खाना खाएर सिधै
डायरी खोल्थ्यो । उसको अक्षर असाध्यै राम्रो थियो । हजुरबुबाले एउटा पानामा
विवाहको क्रम देखाए भने ऊ अर्को पानामा त्यही क्रम फेरि सफा अक्षरले टिप्थ्यो ।
कुन
दिन कुन व्रत । कुन तिथिमा कुन दान । श्राद्धमा कुन मन्त्र । गृहप्रवेशमा कुन कलश ।
न्वारनमा कुन श्लोक ।
पाना-पाना
भरिँदै गयो । कहिलेकाहीँ हरिप्रसाद जानाजानी एउटा मन्त्र बीचैमा रोकिदिन्थे ।
"अगाडि
भन ।"
अजितले
आँखा बन्द गरेर पूरा गर्थ्यो । त्यसपछि हजुरबुबाको अनुहार उज्यालो हुन्थ्यो ।
"अब
तिम्रो स्मरणशक्ति मात्र होइन, धैर्य
पनि बढ्दैछ ।"
एक
साँझ पानी परिरहेको थियो । छानोमा पानीको आवाज परिरहेको बेला अजितले अचानक सोध्यो—
"हजुरबुबा,
यो डायरी पछि के हुन्छ ?"
हरिप्रसाद
केही बेर चुप रहे।
"किन
सोध्यौ ?"
"यति
राम्रो छ । हरायो भने ?"
वृद्धले
डायरी बन्द गरे ।
"शिक्षा
हराउँदैन । तर यो वेद लेखेको कागज हराउन सक्छ । त्यसैले यसलाई मनमा पनि राख ।"
त्यो
उत्तरले अजितलाई अझ प्रेरित बनायो । उसले अर्को निर्णय गर्यो । ऊ यसलाई एक दिन
पुस्तक बनाउनेछ ।
"किन
?" हजुरबुबाले सोधे ।
"ताकि
अरू ब्राह्मणले पनि सिकून् । अनि तपाईंको वैदिक शिक्षा घरभित्र बन्द नहोस् ।"
हरिप्रसादका
आँखामा पानी टल्कियो ।
"यही
सोच राख । वैदिक शिक्षा बेच्नुभन्दा पहिले बाँड्न सिक ।"
घरमा
सबैले यो परिवर्तन एउटै आँखाले हेरेका थिएनन् । दुर्गादेवीलाई छोरा लगनशील भएकोमा
गर्व थियो । बिरेन्द्र कृष्ण भने धेरै बोल्दैनथे ।
एक
दिन अफिसबाट फर्कँदा उनले अजितलाई दीपकको उज्यालोमा डायरी नक्कल गरिरहेको देखे ।
"फेरि
यही ?"
"हजुरबुबाले
सिकाउनुभएको ।"
बिरेन्द्र
कृष्णले डायरीतिर एकछिन हेरे ।
"पढाइ
बिग्रनु हुँदैन ।"
"बिग्रँदैन
।"
"धर्मले
पेट पाल्छ भन्ने भ्रम नपाल ।"
त्यति
भनेर उनी भित्र पसे । अजित केही बेर मौन बस्यो । हजुरबुबाले उसको काँधमा हात राखे ।
"बाबु
तिमीलाई रोक्न खोजिरहेका छैनन् । उनी आफ्नै दुःखसँग लडिरहेका छन् ।"
त्यो
वाक्य अजितले मनमा राख्यो ।
तर
उसलाई थाहा थिएन—यही डायरी एक दिन बाबु–छोराको सम्बन्धको सबैभन्दा ठूलो युद्धभूमि
बन्नेछ ।
दिनहरू
बित्दै गए । डायरी अब केवल कापी थिएन । त्यो अजितको सपना थियो । उसको भविष्य थियो ।
उसको पहिचान थियो । र एक रात, सबै
सुतिसकेपछि, उसले अन्तिम पानामा
सानो अक्षरमा एउटा वाक्य लेख्यो—
"एक
दिन यो पुस्तक बनेर धेरै घरमा पुग्नेछ ।"
उसले
त्यो वाक्य कसैलाई देखाएन । तर भाग्यले त्यो पाना पनि सम्झिरहेको थियो। किनकि
कहिलेकाहीँ सबैभन्दा सुन्दर अक्षरहरू नै सबैभन्दा गहिरो घाउको सुरुवात बन्छन् ।
क्रमशः—भाग
३ : "दक्षिणाको स्वाद"
"दक्षिणाको
मूल्य हातमा परेको रुपैयाँले होइन, त्यो
रुपैयाँले घरमा कति मौनता किन्छ भन्ने कुराले नापिन्छ ।"
डायरीका
पानाहरू भरिँदै जाँदा अजितको स्वर पनि परिपक्व हुँदै गइरहेको थियो । पहिले मन्त्र
उच्चारण गर्दा शब्दहरू अल्झिन्थे; अहिले
स्वरमा यस्तो स्थिरता आउन थालेको थियो कि हरिप्रसाद बीचैमा रोकिएर मुस्कुराइदिन्थे
।
"अब
त मन्त्र कण्ठ भयो," उनले
एक दिन भने ।
अजितले
टाउको हल्लायो ।
"अझै
धेरै बाँकी छ ।"
हरिप्रसादले
उसको निधार छोए ।
"यही
भावना रहेसम्म तिमी सिकिरहनेछौ ।"
त्यो
वर्ष गाउँभर विवाह, व्रत,
गृहप्रवेश र सप्ताहको मौसम थियो ।
सुरुमा हरिप्रसादसँगै सहायकका रूपमा जाने अजितलाई बिस्तारै मानिसहरूले छुट्टै
चिन्ने थाले ।
"त्यो
सानो उवाचकलाई पनि ल्याउनुहोला ।"
"उसको
स्वर राम्रो लाग्छ ।"
"मन्त्र
स्पष्ट बोल्छ ।"
यी
वाक्यहरू अजितका लागि प्रशंसा थिए; तर
अरू कसैको मनमा ती अर्कै हिसाबको सुरुवात बनिरहेका थिए ।
पहिलो
ठूलो सप्ताह नजिकैको बजारमा थियो । सात दिनसम्म बिहानदेखि साँझसम्म कथा । पहिलो
दिन अजित निकै डराएको थियो ।
मञ्चमा
बसेका सयौँ आँखा ।
धुपको
सुगन्ध ।
घण्टीको
आवाज ।
पुस्तकको
पहिलो पाना ।
उसले
आँखाले हजुरबुबालाई खोज्यो । हरिप्रसादले टाढाबाट मात्र टाउको हल्लाए ।
"वाचन
गर ।"
स्वर
निस्कियो । पहिले हल्का काँप्यो । पछि बिस्तारै जम्न थाल्यो । तेस्रो दिनसम्म
मानिसहरू कथा सुन्न मात्र होइन, त्यो
किशोरको स्वर सुन्न पनि बस्न थाले ।
सातौँ
दिन एक वृद्धले उसको हात समात्दै भने—
"बाबु,
कथा त धेरैले सुनाउँछन् । तर तिमीले बीचबीचमा
आँखा उठाएर बोल्दा लाग्छ, शब्द
मनबाट निस्केको हो ।"
अजित
लाजले मुस्कुरायो । उसले पहिलोपटक बुझ्यो—मन्त्र पढ्नु र मानिसको मन छुनु एउटै
कुरा होइन । सप्ताह सकिएको दिन आयोजकले रातो गम्छाभित्र बेरिएको दक्षिणा
हरिप्रसादलाई दिए । हरिप्रसादले गम्छा खोलेनन् । बरु सबैको अगाडि त्यो अजितको
हातमा राखिदिए ।
"यसको
श्रमको पनि हिस्सा छ ।"
अजित
घर फर्किँदा त्यो गम्छा छातीमा च्यापेर हिँडिरहेको थियो । घर पुगेर आमालाई दियो । दुर्गादेवीले
गनेर केही बोलिनन् । भोलिपल्ट बजारबाट फर्कँदा चामल, तेल, नुन र बहिनीका लागि कापी ल्याएकी थिइन् ।
अजितले
पहिलोपटक महसुस गर्यो—उसको कमाइले घरको भान्सामा आगो बल्न थालेको थियो ।
यही
क्रम बढ्दै गयो ।
कहिले
सत्यनारायण ।
कहिले
गृहप्रवेश ।
कहिले
नामकरण ।
कहिले
श्राद्ध ।
प्रत्येक
संस्कारमा अजितको डायरी पनि सँगै जान्थ्यो । पूजा सकिएपछि ऊ घर फर्केर त्यस दिन
भएका साना-साना फरक विधि पनि नोट गर्थ्यो ।
"फलानो
गाउँमा यस्तो चलन रहेछ ।"
"यो
मन्त्रअघि यो श्लोक पढियो ।"
उसलाई
लाग्थ्यो—एक दिन पुस्तक निकाल्दा यी सबै अनुभव उपयोगी हुनेछन् । तर घरभित्र अर्को
परिवर्तन पनि भइरहेको थियो ।
बिरेन्द्र
कृष्ण अफिसबाट फर्कँदा धेरैपटक आँगनमा अपरिचित मानिस भेटिन्थे ।
"पण्डितज्यू
घरमै हुनुहुन्छ ?"
कहिले
हरिप्रसादलाई खोज्न । कहिले अजितलाई । बिरेन्द्र कृष्णले केही भन्नुहुन्नथ्यो । तर
उनका आँखाले सबै हिसाब राखिरहेका हुन्थे । एक साँझ उनी निकै थाकेर घर आए । गोजीबाट
तलब निकालेर दुर्गादेवीलाई दिए ।
"बस्,
यही हो ।"
दुर्गादेवी
चुप भइन् । त्यही बेला अजित अर्को कोठाबाट आयो ।
"आमा,
आजको दक्षिणा ।"
उसले
केही नोट र सिक्का राखिदियो । केही क्षण घरमा मौनता छायो । दुई थुप्रो पैसा एउटै
चुल्होको अगाडि थिए । एउटा महिनाभरको सरकारी तलब । अर्को केही घण्टाको धार्मिक
दक्षिणा । बिरेन्द्र कृष्णले ती दुई थुप्रालाई लामो समयसम्म हेरिरहे । उनको
अनुहारमा गर्व र असहजता मिसिएको थियो । राति खाना खाँदै गर्दा बिरेन्द्र कृष्णले
पहिलोपटक स्पष्ट रूपमा कुरा उठाए ।
"अजित
।"
"हजुर
?"
"तिमी
धेरै बाहिर जान थालेका छौ ।"
"हजुरबुबासँग
मात्रै ।"
"पढाइ
नबिर्स ।"
"बिर्सेको
छैन ।"
केही
बेरपछि उनले फेरि भने—
"मानिसहरूले
दक्षिणा दिए भनेर धेरै ठूलो कुरा नसम्झ ।"
अजितले
सरलतापूर्वक उत्तर दियो—
"मलाई
ठूलो कुरा लागेको छैन, बुबा
। घरलाई सघाउन पाएको खुसी लागेको हो ।"
त्यो
उत्तर सुनेर बिरेन्द्र कृष्ण केही क्षण मौन भए । उनले थप केही भनेनन् । तर
दुर्गादेवीले त्यो मौनताको अर्थ महसुस गरिन् । त्यो मौनता पैसाको थिएन । त्यो
मौनता एउटा बाबुको थियो, जसले
जीवनभर इमान बेचेन, तर
आफ्नै घरमा एउटा किशोरको कमाइ आफ्नो तलबसँग तुलना हुन थालेको देखिरहेको थियो ।
त्यस
रात अजितले डायरी खोल्यो ।
नयाँ
पानामा लेख्यो—
"आज
पहिलोपटक महसुस भयो—दक्षिणाले केवल पूजा सकाउँदैन, घरको चुल्हो पनि बलाउँछ ।"
उसले
पाना बन्द गर्यो । झ्यालबाहिर जून उदाएको थियो ।
तर
त्यही जूनको उज्यालोमा अर्को छाया पनि विस्तारै जन्मिँदै थियो—एक यस्तो छाया,
जहाँ क्रान्तिको भाषा बोल्ने बाबु र
परम्पराको भाषा सिक्ने छोरा एउटै घरमा बसेर पनि फरक बाटातिर हिँड्न थालेका थिए ।
४:
"क्रान्तिकारी बाबु"
"कहिलेकाहीँ
क्रान्ति सडकमा जन्मिँदैन; त्यो
घरभित्रको एउटा मौन असहमतिबाट सुरु हुन्छ ।"
बिरेन्द्र
कृष्णलाई गाउँलेहरूले दुई नामले चिन्थे । सरकारी कार्यालयमा उनी "इमानदार
कर्मचारी" थिए, र
चियापसलमा "क्रान्तिकारी बिरेन्द्र कृष्ण" । उनी अन्याय देख्दा चुप
लाग्न सक्दैनथे । कार्यालयमा कसैले फाइल छिटो चलाइदिन पैसा दिन खोजे भने उनी फाइल
फिर्ता धकेलिदिन्थे ।
"कामको
मूल्य सरकारले तिरेको छ," उनी
भन्थे, "मानिसले फेरि किन
तिर्ने ?"
त्यो
वाक्यले कतिलाई सम्मान जगाउँथ्यो, कतिलाई
रिस ।
साँझ
कार्यालयबाट फर्कँदा उनी धेरैपटक चियापसलमा रोकिन्थे । त्यहाँ देशको राजनीति चिया
जत्तिकै उम्लिन्थ्यो ।
"यो
व्यवस्था कहिलेसम्म ?" कसैले
सोध्थ्यो ।
बिरेन्द्र
कृष्ण टेबलमा औँला बजाउँदै भन्थे, "व्यवस्था कागज फेरिएर बदलिँदैन । मान्छेको बानी फेरिनुपर्छ ।"
उपस्थितहरू
ताली बजाउँथे । तर घर फर्किएपछि त्यही मान्छे अर्कै रूप धारण गर्थे ।
घरको
ढोकाभित्र पस्नेबित्तिकै उनको अनुहारमा थकानभन्दा बढी चिन्ता देखिन्थ्यो । गोजीबाट
तलब निकालेर दुर्गादेवीलाई दिन्थे, अनि
खर्चको हिसाब सोध्थे ।
"चामल
कति बाँकी छ ?"
"तेल
?"
"विद्यालयको
शुल्क तिरेको ?"
यी
प्रश्नमा प्रेमभन्दा जिम्मेवारी बढी थियो । दुर्गादेवी कहिल्यै प्रतिवाद
गर्दिनथिन् । उनी बुझ्थिन्—बिरेन्द्र कृष्णको रिस गरिबीसँग हो, आफूहरूसँग होइन । तर त्यो रिस धेरैपटक
गलत दिशामा बग्थ्यो । अजितको संसार भने बिस्तारै फराकिलो हुँदै थियो ।
बिहान
विद्यालय ।
साँझ
हजुरबुबाको डायरी ।
र
बेलाबेलामा धार्मिक कार्य ।
एक
दिन सप्ताहबाट फर्केर ऊ निकै उत्साहित थियो ।
"हजुरबुबा,
आज एउटा नयाँ विधि सिकेँ ।"
उसले
डायरी खोलेर टिप्न थाल्यो । बिरेन्द्र कृष्णले त्यो दृश्य देखे । केही क्षण उनी
चुप रहे ।
अनि
सोधे—
"फेरि
यही लेख्दै छस् ?"
"हो
।"
"किन
?"
"बिर्सिन
नपरोस् भनेर ।"
"कति
सिक्ने ?"
अजितले
सहज रूपमा उत्तर दियो—
"जति
सिक्न बाँकी छ ।"
त्यो
उत्तरले बिरेन्द्र कृष्णको अनुहारमा हल्का कठोरता ल्यायो ।
"धर्म
सिक्नु नराम्रो होइन । तर धर्मलाई जीवनको आधार नबना ।"
अजित
अलमल्ल पर्यो ।
"किन
?"
बिरेन्द्र
कृष्णले गहिरो सास फेरे ।
"किनकि
मानिसको दुःखमा कमाएको पैसा देख्दा मलाई सधैँ असहज लाग्छ ।"
यो
पहिलोपटक थियो, जब
बाबुले आफ्नो असन्तोषको कारण खुलाएर भनेका थिए । त्यस रात हजुरबुबाले अजितलाई
अर्को पाठ सिकाइरहेका थिए—श्राद्धको ।
"पितृलाई
सम्झनु भनेको मृतकलाई मात्र सम्झनु होइन," हरिप्रसाद भन्दै थिए, "आफू कहाँबाट आएको हो, त्यो नबिर्सनु हो ।"
अजितले
त्यो वाक्य टिप्यो । त्यही बेला बिरेन्द्र कृष्ण कोठाको ढोकामा उभिए ।
"बाबा,"
उनले हरिप्रसादलाई सम्बोधन गरे,
"बालकलाई धेरै यतातिर
नतान्नुस् ।"
हरिप्रसादले
पुस्तक बन्द गरे ।
"के
सिकाइरहेको छु ?"
"यही
कर्मकाण्ड ।"
"कर्मकाण्ड
होइन, परम्परा ।"
"परम्पराले
पेट भरिँदैन ।"
हरिप्रसाद
मुस्कुराए ।
"इमानले
पनि सधैँ भरिँदैन ।"
कोठाभित्र
केही क्षण मौनता छायो । दुई पुस्ताका दुई सत्य एकअर्का अगाडि उभिएका थिए ।
एकजना
विश्वास गर्थे—परिवर्तन संघर्षबाट आउँछ ।
अर्काजना
विश्वास गर्थे—परिवर्तन संस्कारबाट टिक्छ ।
बीचमा
अजित उभिएको थियो । त्यसपछि अजितले एउटा बानी देख्न थाल्यो ।
बाबु
धार्मिक कार्यमा धेरै जाँदैनथे । गाउँमा कसैले निम्ता गर्दा पनि बहाना बनाएर
टारिदिन्थे ।
"तिमीहरू
जाऊ," उनी भन्थे ।
तर
घर फर्केर अजितलाई सोध्थे—
"कति
मान्छे थिए ?"
"कस्तो
भयो ?"
"कति
दक्षिणा आयो ?"
अजितलाई
लाग्थ्यो, बाबु चासो
लिइरहनुभएको छ । तर त्यो चासोको भित्री अर्थ उसले बुझेको थिएन । एक शनिबार दिउँसो बिरेन्द्र
कृष्णले अजितलाई बजार लगे ।
बाटोमा
सरकारी कार्यालय देखाउँदै भने—
"यो
देखिस् ?"
"हो
।"
"यहाँ
धेरै मान्छे पैसा कमाउन आउँछन् ।"
"तपाईं
त लिनुहुन्न ।"
बिरेन्द्र
कृष्णको आँखामा क्षणभर चमक आयो ।
"त्यसैले
त घर धान्न गाह्रो भएको छ ।"
अजितले
सहज रूपमा भन्यो—
"म
छु नि ।"
बिरेन्द्र
कृष्ण एक्कासि रोकिए ।
"त्यही
कुरा फेरि नभन ।"
"किन
?"
"बाबुको
जिम्मेवारी छोरोले बोक्न थाल्यो भने बाबुको मेरुदण्ड भाँचिन्छ ।"
त्यो
वाक्य अजितले त्यतिबेला सम्मानको रूपमा बुझ्यो । तर समयले प्रमाणित गर्ने
थियो—त्यही मेरुदण्ड बचाउन खोज्दा बाबुले एक दिन छोराको सबैभन्दा ठूलो आधार
खोस्नेछन् । राति सबै सुतिसकेपछि बिरेन्द्र कृष्ण आँगनमा एक्लै बसे । टाढा मन्दिरमा
घण्टी बजिरहेको थियो ।
उनले
आफ्नै मनसँग प्रश्न गरे—
"के
म गलत छु ?"
उत्तर
आएन ।
उनी
केवल यति जान्थे—
उनी
कार्यालयमा झुक्न चाहँदैनथे । र उनी चाहँदैनथे कि छोरो धर्मको दक्षिणामा निर्भर
बनोस् । तर जीवनको विडम्बना यतिबेलै चुपचाप बीउ रोप्दै थियो ।
किनकि
उनी जुन बाटोबाट छोरालाई टाढा राख्न खोजिरहेका थिए, नियतिले एक दिन त्यही बाटो उनैको हातमा
सुम्पिने थियो ।
५:
"काखा र पाखा"
"घरभित्र
गरिने अन्यायको आवाज बाहिर सुनिँदैन, तर त्यसको प्रतिध्वनि मानिसले जीवनभर बोकेर हिँड्छ ।"
समयले
अजितको स्वरलाई परिपक्व बनाउँदै लगिरहेको थियो । गाउँका धेरै घरमा अब निम्ता आउँदा
मानिसहरूले सिधै भन्थे—
"हरिप्रसादज्यू
आउनुहोला, अनि अजितलाई पनि
ल्याउनुहोला ।"
हजुरबुबाको
अनुहारमा सन्तोष देखिन्थ्यो । उनले आफूले बोकेको वैदिक शिक्षा अर्को पुस्तामा
बाँच्न थालेको महसुस गर्थे । अजितको लागि त्यो केवल पूजा गर्ने सीप थिएन; त्यो एउटा जिम्मेवारी थियो । उसले हरेक
नयाँ विधि, हरेक सानो फरक चलन,
हरेक मन्त्रको अर्थ आफ्नो कालो जिल्लाको
डायरीमा सफा अक्षरले टिपिरहन्थ्यो ।
डायरी
अब झन् बाक्लो हुँदै गएको थियो ।
कुनै
पानामा विवाहको सम्पूर्ण क्रम थियो । अर्को पानामा श्राद्धका मन्त्र । अर्कोमा
सत्यनारायण पूजाको विधि । केही पानामा त हजुरबुबाले आफ्नै अनुभव पनि लेखेका थिए—
"मानिसले
विधि बिर्से पनि श्रद्धा नबिर्सोस् ।"
अजितले
ती वाक्यहरू राति-राति दोहोर्याउँथ्यो । कहिलेकाहीँ उसले कल्पना गर्थ्यो—एक दिन
यही डायरी पुस्तक बनेर देशभरका ब्राह्मणहरूको हातमा पुग्नेछ । हजुरबुबाको वैदिक
शिक्षा घरको चार भित्ताभित्र सीमित रहनेछैन ।
तर
नियतिले त्यो सपना पढिसकेको थियो । त्यो दिन सामान्यजस्तै सुरु भएको थियो । हरिप्रसादलाई
नजिकैको गाउँमा गृहप्रवेशमा जानुपर्ने थियो । अजित विद्यालय गएको थियो । घरमा
हजुरआमा गोमती एक्लै थिइन् ।
दिउँसो
विद्यालयबाट फर्किएपछि अजित सधैंझैँ सिधै आफ्नो कोठातिर गयो । डायरी राखेको ठाउँ
खाली थियो । उसले पहिले कपडामुनि खोज्यो । त्यसपछि पेटी खोलेर हे¥यो । फेरि बिस्तारै सबै सामान निकाली
पल्टायो । डायरी थिएन । उसको मुटु एकाएक धड्किन थाल्यो ।
"हजुरआमा
!"
गोमती
आँगनबाट भित्र आइन् ।
"के
भयो ?"
"मेरो
डायरी कहाँ छ ?"
"कुन
डायरी ?"
"हजुरबुबाले
सिकाउनुभएको ।"
गोमतीको
अनुहारमा कुनै विशेष भाव देखिएन ।
"त्यो
त मैले राखिदिएँ ।"
"कहाँ
?"
"अबदेखि
त्यो धेरै नचलाऊ ।"
अजित
छक्क पर्यो ।
"किन
?"
गोमतीले
सहज रूपमा भनिन्—
"बस्
। अबदेखि नसिक ।"
ती
शब्दहरू सामान्य थिए । तर अजितको कानमा ती फैसला जस्ता सुनिए ।
"किन
नसिक्ने ?"
"यत्रो
पढाइ छ । यही-यही गर्दै बस्ने ?"
"तर
यो त हजुरबुबाले—"
"भनेको
सुन्ने कि नसुन्ने ?"
अजितको
स्वर काँप्न थाल्यो ।
"डायरी
दिनुहोस् ।"
गोमतीले
अर्को वाक्य भनिन्, जुन
अजितले जीवनभर बिर्सन सकेन ।
"नातिलाई
काखा, छोरालाई पाखा गर्न
हुँदैन ।"
उनको
आशय के थियो, त्यो त्यतिबेला
स्पष्ट थिएन । सायद उनी परिवारभित्र कसैलाई उपेक्षा भएको महसुस गरिरहेकी थिइन् ।
सायद उनलाई लाग्यो—हजुरबुबाले नातिलाई धेरै महत्व दिन थाले । तर त्यो निर्णयले
एउटा बालकको भविष्यको आधार च्यातिरहेको थियो भन्ने कुरा उनले बुझिनन् ।
अजित
फेरि विन्ती गर्न थाल्यो ।
"एकचोटि
मात्रै दिनुहोस् । म फेरि टिप्छु ।"
"छैन
।"
"हजुरआमा…"
"बस्
।"
त्यसपछि
उनी भित्र पसिन् । ढोका आधा बन्द भयो । अजित धेरै बेर त्यहीँ उभिरह्यो । उसले पहिलोपटक
महसुस गर्यो—आँसु कहिलेकाहीँ ठूलो आवाज नगरी पनि खस्दोरहेछ । ऊ सिधै आमाकहाँ गयो ।
दुर्गादेवी भान्सामा थिइन् ।
"आमा…"
यति
भन्नासाथ उसको स्वर फुट्यो ।
दुर्गादेवीले
सबै कुरा सुनेपछि केही क्षण मौन बसिन् । उनी सासूको निर्णयको विरुद्ध खुलेर बोल्न
सक्दिनथिन् ।
उनले
केवल छोराको टाउको सहलाइन् ।
"रुनु
पर्दैन ।"
"आमा,
त्यो मेरो सपना थियो ।"
"मलाई
थाहा छ ।"
"त्यो
पुस्तक बनाउने सोचेको थिएँ ।"
दुर्गादेवीका
आँखा पनि रसाए । तर घरको सम्बन्धको गाँठो यति जटिल थियो कि उनीसँग समाधान थिएन । साँझ
हरिप्रसाद फर्किए । अजित दौडेर गएन । पहिलोपटक ऊ चुपचाप बसिरह्यो । हरिप्रसादले
सबै कुरा बुझ्न धेरै समय लगाएनन् ।
"डायरी
?"
अजितले
टाउको झुकायो । वृद्ध धेरै बेर मौन बसे । उनको अनुहारमा रिसभन्दा बढी असहायता थियो
।
"म
फेरि सिकाउँछु ।"
अजितले
आँसु पुछ्दै भन्यो—
"तर
मैले लेखेको त फर्कँदैन ।"
त्यो
उत्तर सुनेर हरिप्रसादले केही बोल्न सकेनन् । किनकि उनी जान्थे—हराएको कागज फेरि
लेख्न सकिन्छ, तर
पहिलोपटक सपना लेखिएको पाना उस्तै हुँदैन । त्यस रात अजित धेरै बेर सुत्न सकेन । उसलाई
लागिरहेको थियो, कसैले
उसको पुस्तक चोरेको छैन; उसको
भविष्यको एउटा ढोका बन्द गरेको छ ।
उसले
खाली कापी खोल्यो । पहिलो पाना खाली थियो । कलम समात्यो । तर लेख्न सकेन । डायरीबिना
उसलाई अक्षरहरू पनि टुहुरा लागिरहेका थिए । बाहिर आकाशमा जून थियो । घरभित्र सबै
सुतिसकेका थिए ।
तर
एउटा बालकको मनमा पहिलोपटक यस्तो प्रश्न जन्मिएको थियो—
"वैदिक
शिक्षा कमाउनु ठूलो हो कि त्यसलाई जोगाउन पाउनु ?"
उसलाई
थाहा थिएन, यही हराएको डायरी एक
दिन बाबु–छोराको सम्बन्धको सबैभन्दा ठूलो विस्फोट बन्नेछ । आज केवल एउटा कापी
ओझेलमा परेको थियो; भोलि
एउटा जीवन नै आफ्नो आधार खोज्दै भौँतारिने थियो ।
६:
"दस वर्षको साधना"
"साधना
भनेको एउटै बाटो हिँडिरहनु होइन; दुई
विपरीत बाटो एकै खुट्टाले टेक्नुपर्ने अवस्था पनि साधना नै हो ।"
डायरी
हराएको दिनपछि अजित केही समय मौन भयो । साँझ हजुरबुबासँग बस्ने बानी रोकिएन,
तर पहिलेको जस्तो उत्साह बाँकी रहेन ।
जब-जब हरिप्रसादले कुनै नयाँ विधि सिकाउँथे, अजितको हात अनायासै खाली ठाउँ खोज्थ्यो—जहाँ
पहिले त्यो कालो जिल्लाको डायरी हुन्थ्यो ।
एक
दिन हरिप्रसादले उसको मन बुझेर भने,
"कागज
हरायो भनेर शिक्षा हराएको हुँदैन ।"
अजितले
टाउको उठायो ।
"तर
मैले लेखेको अक्षर त फर्कँदैन ।"
वृद्धले
गहिरो सास फेरे ।
"अक्षर
मेटिन्छन्, अभ्यास मेटिँदैन ।"
त्यो
दिनदेखि अजितले नयाँ निर्णय गर्यो । अब उसले केवल लेखेर होइन, मनमै विधिविधान कुदाउन थाल्यो । विवाहको
क्रम, श्राद्धको विधान,
रुद्रीका श्लोक, सत्यनारायणका अध्याय—सबै स्मरणको
डायरीमा जम्मा हुन थाले ।
समयको
नदी बगिरह्यो ।
तेह्र
वर्षको बालक बिस्तारै जवान बन्दै गयो ।
उसको
स्वर गहिरो भयो । मन्त्र उच्चारणमा आत्मविश्वास आयो । गाउँका मानिसहरूले अब उसलाई
"बाबु" भनेर होइन, "पण्डितज्यू"
भनेर बोलाउन थाले ।
"पण्डितज्यू,
अर्को शुक्रबार विवाह छ ।"
"पण्डितज्यू,
गृहप्रवेश गरिदिनुपर्यो ।"
"पण्डितज्यू,
सप्ताह बस्नुपर्यो ।"
हरिप्रसाद
सँगै हुन्थे, तर धेरै काम अब
अजितकै काँधमा आउन थालेको थियो ।
हरेक
संस्कारपछि दक्षिणा आउँथ्यो ।
कोही
नगद दिन्थे ।
कोही
धान ।
कोही
कपडा ।
कोही
फलफूल ।
अजितले
सबै घर ल्याउँथ्यो ।
दुर्गादेवी
मुस्कुराउँदै भन्थिन्,
"भगवान्ले
मानिसको हातबाट पठाउनुभएको हो ।"
तर
बिरेन्द्र कृष्णको अनुहारमा त्यो मुस्कान देखिँदैनथ्यो । यही बीचमा अजितले अर्को
कठिन बाटो रोज्यो—सीए पढ्ने । गाउँबाट त्यो पढाइ सजिलो थिएन ।
दिनमा
पढाइ ।
बेलुका
जजमानी ।
राति
किताब ।
कहिलेकाहीँ
सप्ताहबाट फर्कँदा रातको एघार बजिसकेको हुन्थ्यो । तर बिहान फेरि लेखा, कानुन र करका पुस्तक खोल्नुपर्थ्यो ।
साथीहरू
अचम्म मान्थे ।
"तँले
किन यस्तो दुःख गर्छस् ?"
अजित
हाँसिदिन्थ्यो ।
"दुई
संसार बुझ्न मन छ ।"
"कुन
दुई संसार ?"
"एउटा
जहाँ मानिस जन्मिन्छ, बिहे
गर्छ र मर्छ । अर्को जहाँ ती सबैको हिसाब कागजमा मिलाइन्छ ।"
त्यो
उत्तर सुन्दा साथीहरू हाँस्थे । तर अजितका लागि त्यो ब्यङ्ग्य थिएन । बिरेन्द्र
कृष्णले छोराको सीए पढाइमा रोक लगाएनन् । बरु कहिलेकाहीँ किताब किनिदिन्थे । तर
उनी जजमानीतर्फ बढ्दै गएको लोकप्रियताप्रति असहज भइरहे । एक दिन उनी कार्यालयबाट
फर्कँदा आँगनमा तीन जना मानिस अजितको प्रतीक्षामा थिए ।
"पण्डितज्यू
कहिले आउनुहुन्छ ?"
"साँझसम्म
।"
"अर्को
महिनाको मिति मिलाउनुपर्यो ।"
बिरेन्द्र
कृष्णले त्यो दृश्य चुपचाप हेरे । उनी भित्र पसे ।
त्यो
रात खाना खाँदै गर्दा उनले अचानक सोधे,
"अजित
।"
"हजुर
?"
"आज
कति ठाउँको काम थियो ?"
"दुई
ठाउँ ।"
"दक्षिणा
कति आयो ?"
अजितले
सहज रूपमा भन्यो ।
"त्यति
महत्त्व छैन ।"
बिरेन्द्र
कृष्ण मुस्कुराएनन् ।
"मान्छेले
त धेरै कमाइरहेको छ भन्छन् ।"
अजितले
उत्तर दियो,
"कमाएको
भन्दा धेरै सिकेको छु ।"
बिरेन्द्र
कृष्णले चम्चा टेबलमा राखे ।
"सिकेको
?"
"हो
।"
"त्यो
सिकाइ पनि कसले सम्भव बनायो ?"
अजित
केही बोल्न खोज्दै थियो, तर
बिरेन्द्र कृष्ण आफैँ बोल्न थाले ।
"यो
घर नभएको भए ? म
सरकारी जागिर नगरेको भए ? तेरो
पढाइ चलेको हुन्थ्यो ?"
कोठामा
मौनता छायो । दुर्गादेवीले विषय बदल्न खोजिन् ।
"खाना
चिसो हुँदैछ ।"
तर
बिरेन्द्र कृष्ण रोकिएनन् ।
"मान्छेले
तेरो नाम लिन्छन् । तर त्यो नामको जग कसले बनायो ?" अजितले पहिलोपटक बाबुको आँखामा सिधै
हेरे ।
"हजुरले
धेरै गर्नुभएको छ ।"
"त्यसैले
त भन्छु ।"
अजित
केही क्षण चुप रह्यो ।
अनि
शान्त स्वरमा भन्यो—
"तर
हजुरबुबाले सिकाउनुभएको विधि पनि मेरो जग हो ।"
बिरेन्द्र
कृष्णको अनुहार कडा भयो ।
"विधि
?"
"हो
।"
"अनि
त्यो डायरी ?"
अजितको
मुटु एकाएक काँप्यो । वर्षौँअघि हराएको डायरी फेरि घरको हावामा फर्किएको थियो ।
उसले
बिस्तारै भन्यो—
"त्यो
डायरीले मलाई धेरै सिकाएको थियो ।"
बिरेन्द्र
कृष्णले केही उत्तर दिएनन् । तर उनका आँखा भित्रभित्रै कुनै निर्णयतिर बढिरहेका
थिए । दस वर्षको साधनाले अजितलाई दुई कुरा दिएको थियो—
मानिसको
विश्वास । र आफ्नै श्रममा भरोसा ।
तर
उसले नदेखेको अर्को कुरा पनि बिस्तारै बढिरहेको थियो ।
बाबुको
मनमा एउटा प्रश्न जरा गाड्दै थियो—
"छोराको
सफलताको मालिक को हो ?"
र
यही प्रश्न एक दिन यस्तो आगो बन्ने थियो, जसले एउटा डायरी मात्र होइन, एउटा जीवनको दिशा नै फेरिदिने थियो ।
७:
"डायरी खोसिएको रात"
"कतिपय
रातमा घरका ढोकाहरू बन्द हुँदैनन्, तर
विश्वासका ढोकाहरू चुपचाप बन्द भइसकेका हुन्छन् ।"
दस
वर्ष बितिसकेका थिए ।
तेह्र
वर्षको जनैधारी बालक अब तेइस वर्षको युवक बनेको थियो । गाउँका धेरै घरमा उसको नाम
स्थापित भइसकेको थियो । कसैको विवाह, कसैको गृहप्रवेश, कसैको श्राद्ध, कसैको
सप्ताह—अजित पुग्ने ठाउँमा मानिसहरूले केवल मन्त्र मात्र होइन, उसको शान्त स्वभाव पनि खोज्थे ।
तर
घरभित्र एउटा अदृश्य रेखा धेरै पहिले कोरिइसकेको थियो । बिरेन्द्र कृष्ण बाहिर अझै
पनि भ्रष्टाचारसँग सम्झौता नगर्ने सरकारी कर्मचारी थिए । अजित जजमानी र सीए पढाइ
दुवैसँग संघर्षरत युवक थियो । र हरिप्रसाद बिस्तारै वृद्ध हुँदै थिए । समयले
सबैलाई परिवर्तन गरिरहेको थियो ।
त्यो
वर्ष हरिप्रसादको स्वास्थ्य कमजोर हुन थाल्यो । लामो समय उभिएर पूजा गर्न गाह्रो
पर्थ्यो । धेरैजसो धार्मिक कार्यमा अब उनी केवल मार्गदर्शन गर्थे, विधि भने अजितले समाल्थ्यो । एक दिन
साँझ पूजा सकिएपछि हरिप्रसादले पुरानो काठको पेटी फेरि खोले ।
त्यही
कालो जिल्ला ।
त्यही
पहेँलिएका पाना ।
अजित
क्षणभर निःशब्द भयो ।
"यो..."
"मैले
सुरक्षित राखेको थिएँ," वृद्धले
भने । "त्यो बेला धेरै कुरा बिग्रिरहेको थियो ।"
अजितका
हात काँपे । उसले डायरी छातीमा टाँस्यो ।
"म
त यो सधैँका लागि हरायो भन्ने ठानेको थिएँ ।"
हरिप्रसाद
मुस्कुराए ।
"अब
तिमीलाई चाहिन्छ ।"
त्यो
रात अजित धेरै बेरसम्म पाना पल्टाइरह्यो । कतिपय ठाउँमा आफ्नै किशोर अक्षर देखेर ऊ
मुस्कुरायो । कतै हजुरबुबाको टिप्पणी । कतै अधुरा नोट । उसलाई लाग्यो—हराएको जीवन
फेरि भेटिएको छ ।
उसले
निर्णय गर्यो—
अब
यो पुस्तक अवश्य प्रकाशित गर्नेछ । तर त्यो निर्णय घरको अर्को कोठामा पुगेको थिएन ।
बिरेन्द्र कृष्णले केही दिनदेखि एउटा कुरा महसुस गरिरहेका थिए । फेरि मानिसहरू
डायरीको कुरा गर्न थालेका थिए ।
"अजितसँग
सबै विधि लेखेको किताब रहेछ रे ।"
"पण्डितज्यू
त सबै मुखाग्र भन्नुहुन्छ ।"
यी
वाक्यहरूले उनको मनमा पुरानो गाँठो फेरि कसिन थाल्यो ।
एक
साँझ उनी अफिसबाट असामान्य रूपमा चाँडै फर्किए । अजित आफ्नो कोठामा थियो । डायरी
खुला थियो । ऊ विवाह संस्कारको एउटा दुर्लभ विधि सफा अक्षरले फेरि उतारिरहेको थियो
। बिरेन्द्र कृष्ण ढोकामा उभिए ।
"के
गर्दैछस् ?"
"हजुरबुबाले
छुटेका कुरा थप्दै छु ।"
"अझै
यही ?"
"यो
पुस्तक बनाउने सोच छ ।"
"पुस्तक
?"
"हो
। धेरैलाई काम लाग्छ ।"
बिरेन्द्र
कृष्ण केही क्षण मौन रहे । त्यसपछि उनको स्वर पहिलेभन्दा कडा भयो ।
"अब
धेरै भयो ।"
अजितले
कलम रोक्यो ।
"किन
?"
"तँले
हेर्—धार्मिक काम गरेर कमाएको भन्छस्, धाक देखाउँछस् ।"
"मैले
धाक—"
"सुन्न
दे ।"
कोठाको
हावा भारी भयो । बिरेन्द्र कृष्ण अगाडि बढे ।
"यो
सबै कसको कारणले सम्भव भयो ?"
अजितले
शान्त स्वरमा भन्यो—
"हजुरले
पनि धेरै गर्नुभएको छ ।"
"पनि
?"
"हजुरबुबाले
विधि सिकाउनुभयो ।"
त्यो
शब्दले आगोमा घिउ थपेझैँ भयो ।
"हजुरबुबा
! हजुरबुबा !"
बिरेन्द्र
कृष्णको स्वर चर्कियो ।
"मेरो
घरमा बसेर, मैले पढाएर, मैले खर्च गरेर ठूलो भएको, अनि श्रेय अरूलाई ?"
अजित
पनि पहिलोपटक दृढ भएर उभियो ।
"श्रेय
खोसिरहेको छैन । तर यो डायरीले मेरो जीवन बनाएको हो ।"
बिरेन्द्र
कृष्णले डायरीतिर हात बढाए ।
"दियो
।"
अजितले
डायरी छातीमा च्याप्यो ।
"यो
मेरो होइन—हजुरबुबाको वैदिक शिक्षा हो ।"
"दियो
भनेको !"
"दिन्न
।"
अर्को
क्षण सबै धेरै छिटो भयो । बिरेन्द्र कृष्णले एक झट्कामा डायरी खोसे । पाना फर्फराए
। एउटा बुकमार्क भुइँमा खस्यो । अजित अघि बढ्यो ।
"बुबा
!"
"अब
बस् ।"
"त्यो
फिर्ता दिनुहोस् ।"
बिरेन्द्र
कृष्णको अनुहार कठोर थियो ।
"अबदेखि
धार्मिक काम बन्द ।"
"किन
?"
"किनकि
अब तेरो बाटो यो होइन ।"
"यो
मेरो दस वर्षको—"
"अब
सीए पढेको छस् ।"
उनले
डायरी काखमा राख्दै अन्तिम निर्णय सुनाए—
"अब
छाड । अडिट गर ।"
कोठामा
एकाएक मौनता छायो । हरिप्रसाद ढोकामा आइपुग्दा धेरै ढिलो भइसकेको थियो । वृद्धले
केही बोल्न खोजे । बिरेन्द्र कृष्णले टाउको झुकाएनन् ।
"अब
यसले हिसाब गर्ने हो ।"
हरिप्रसादले
अजिततिर हेरे । अजितका आँखामा आँसु थिए । तर त्यो बालकको रोदन थिएन । त्यो आफ्नो
पहिचान खोसिएको युवकको मौन चिच्याहट थियो । त्यो रात कसैले राम्ररी निदाएन । दुर्गादेवी
चुपचाप रोइन् । हरिप्रसाद धेरै बेर आँगनमा बसे । अजितको कोठामा भने एउटा अनौठो
दृश्य थियो । टेबलमा सीएका पुस्तकहरू थिए ।
कलम
थियो ।
खाली
कापी थियो ।
तर
जहाँ डायरी हुन्थ्यो, त्यहाँ
खाली ठाउँ मात्र बाँकी थियो ।
उसले
पहिलोपटक महसुस गर्यो—
धार्मिक
काम छोड्नु एउटा निर्णय थियो; तर
आफ्नै इतिहासबाट अलग पारिनु एउटा सजाय ।
र
उसलाई थाहा थिएन—त्यही रात बाबुले जुन वाक्य बोलेका थिए—
"अब
अडिट गर ।"
त्यो
केवल पेशा बदल्ने आदेश थिएन ।
त्यो
एउटा यस्तो यू-टर्न को सुरुवात थियो, जहाँ केही वर्षपछि बाबु आफैँ त्यही जजमानी समाल्ने थिए,
र छोराले लाखौँको हिसाब मिलाएर पनि
आफ्नो जीवनको हिसाब मिलाउन सक्ने थिएन ।
८:
"यू-टर्न"
"जीवनको
सबैभन्दा ठूलो यू-टर्न सडकमा देखिने घुम्ती होइन; त्यो आफ्नै शब्दहरू फर्किएर आफ्नै
जीवनमा उभिने क्षण हो ।"
डायरी
खोसिएको रातपछि घरको हावा फेरियो ।
पहिले
साँझ पर्नासाथ हरिप्रसादको कोठाबाट मन्त्रको लय आउँथ्यो । अब त्यही कोठामा मौनता
बस्न थालेको थियो । अजित सीएका किताब खोलेर बस्थ्यो, तर अक्षरहरू बारम्बार धुमिल हुन्थे ।
करको धारा, लेखा मापदण्ड,
ट्रायल ब्यालेन्स—सबै पढ्दा पनि मन भने
एउटै ठाउँमा अड्किन्थ्यो—
"मेरो
डायरी कहाँ होला ?"
उता
बिरेन्द्र कृष्ण आफ्नो निर्णयमा अडिग देखिन्थे ।
"अब
पढाइमा ध्यान दे," उनी
भन्थे ।
"धार्मिक
काम धेरै भयो ।"
अजितले
प्रतिवाद गर्न छाड्यो । तर प्रतिवाद नगर्नु भनेको सहमत हुनु थिएन । ऊ केवल थाक्न
थालेको थियो ।
त्यसैबीच
एउटा घटना भयो, जसले
घरको दिशै फेरिदियो ।
हरिप्रसादको
स्वास्थ्य अचानक झन् कमजोर भयो । लगातार पूजा गराउन सक्ने अवस्था रहेन । गाउँभर
पहिले नै निश्चित भइसकेका विवाह, गृहप्रवेश,
श्राद्ध र सप्ताहका मितिहरू नजिकिँदै
थिए ।
गाउँका
मानिसहरू घरमै आउन थाले ।
"पण्डितज्यू,
अब के गर्ने ?"
सबैले
हरिप्रसादलाई खोजे ।
वृद्धले
बिरेन्द्र कृष्णतिर हेरे ।
"तँ
जा ।"
बिरेन्द्र
कृष्ण अचम्म परे ।
"म
?"
"विधि
त तिमीलाई पनि थोरै-थोरै थाहा छ ।"
"तर..."
"घरको
निम्ता फर्काउनु हुँदैन ।"
कोठामा
बसिरहेको अजितले त्यो संवाद सुनेर टाउको उठायो । उसलाई लाग्यो—हजुरबुबाले सायद
अन्तिमपटक आफूलाई बोलाउनुहुन्छ । तर त्यसो भएन । बिरेन्द्र कृष्ण नै उठे ।
पहिलो
पूजा गर्न जाँदा बिरेन्द्र कृष्णको चालमा आत्मविश्वासभन्दा बढी संकोच थियो । हातमा
पूजा सामग्री थियो । केही मन्त्र हरिप्रसादले कागजमा टिपेर दिएका थिए । बाँकी कुरा
उनले सम्झनुपर्ने थियो ।
फर्केर
आउँदा गाउँलेहरूले भने—
"आज
त राम्रो भयो ।"
"पहिले
त आउनुहुन्नथ्यो, अब
त तपाईं नै गर्न थाल्नुभयो ।"
कसैले
हाँस्दै सोध्यो—
"के
भयो ? यु-टर्न हो ?"
बिरेन्द्र
कृष्ण पनि हाँसिदिए ।
"हो,
यु-टर्न ।"
त्यो
शब्द सबैलाई रमाइलो लाग्यो । तर घरको एउटा कुनामा बसिरहेको अजितलाई त्यो शब्द
काँडाजस्तै गाडियो ।
दिनहरू
बिते । एक पूजा दुई भयो । दुई पाँच भयो । पाँच दस भयो । बिस्तारै गाउँलेहरू
अभ्यस्त हुन थाले ।
"बिरेन्द्र
कृष्ण पण्डितज्यूलाई बोलाइदिनुहोस् ।"
अजितले
देख्यो—जुन बाटोमा आफूलाई रोकिएको थियो, त्यही बाटोमा बाबु हिँड्न थाल्नुभएको थियो । उसले केही बोल्यो
भने झगडा हुन्थ्यो । चुप बस्यो भने मन पोल्थ्यो ।
एक
साँझ उसले साहस गरेर सोध्यो—
"बुबा
।"
"के
?"
"धार्मिक
काम त पेट पाल्दैन भन्नुहुन्थ्यो ।"
बिरेन्द्र
कृष्णले उसलाई हेरे ।
"अहिले
परिस्थिति फरक छ ।"
"कसरी
?"
"घर
चलाउनुपर्छ ।"
अजित
चुप भयो ।
त्यसपछि
बिस्तारै भन्यो—
"म
पनि यही घर चलाउनका लागि त जान्थेँ ।"
बिरेन्द्र
कृष्णसँग तत्काल उत्तर थिएन । उनी केवल अर्को कोठातिर लागे । हरिप्रसाद यो
परिवर्तन हेरेर धेरै बोल्दैनथे । तर एक दिन उनले अजितलाई आँगनमा बोलाए ।
"रिस
छ ?"
अजितले
टाढा हेरिरह्यो ।
"रिसभन्दा
पनि... खालीपन छ ।"
वृद्धले
गहिरो सास फेरे ।
"मानिसले
कहिलेकाहीँ आफूले रोकेको बाटो आफैँ हिँड्छ ।"
"त्यसलाई
के भन्छन् ?"
हरिप्रसादले
क्षितिजतिर हेर्दै भने—
"समयको
विडम्बना ।"
यतिबेला
अजितको संसार पनि बदलिँदै थियो ।
सीए
पढाइ अन्तिम चरणमा पुगेको थियो । अडिटका व्यावहारिक काम सिक्नुपर्ने समय आएको थियो
। ऊ दिनभर खाताका किताब हेर्थ्यो, राति
करका कानुन पढ्थ्यो ।
तर
जब बाबु धार्मिक कामबाट फर्किनुहुन्थ्यो, आँगनमा फेरि रातो गम्छामा बेरिएका दक्षिणाका पोका देखिन्थे ।
दुर्गादेवीले
चुपचाप भित्र राखिदिन्थिन् । अजितको आँखा त्यतातिर जान्थ्यो । उसलाई पैसाप्रति लोभ
थिएन ।
तर
एउटा प्रश्नले छोड्दैनथ्यो—
"यो
बाटो त गलत थियो भने, अहिले
सही कसरी भयो ?"
गाउँमा
भने सबैले एउटै कुरा गर्थे ।
"बिरेन्द्र
कृष्णज्यू बदलिनुभयो ।"
"पहिले
त धर्म मान्नुहुन्नथ्यो ।"
"अब
त धेरै राम्रो पूजा गर्नुहुन्छ ।"
"यु-टर्न
साँच्चै राम्रो भयो ।"
बिरेन्द्र
कृष्ण हाँसेर टारिदिन्थे ।
तर
त्यो "यु-टर्न" शब्दको वास्तविक अर्थ उनी आफैँलाई मात्र थाहा थियो । किनकि
त्यो केवल पेशा बदल्नु थिएन । त्यो छोराको बाटो आफैँले ओगट्नु थियो । त्यही रात
अजितले सीएको एउटा किताब बन्द गर्यो । बाहिरबाट मन्दिरको घण्टी बजिरहेको थियो । भित्र
टेबलमा लेखाको किताब खुला थियो ।
उसले
मनमनै एउटा वाक्य दोहोर्यायो—
"डायरी
गयो, जजमानी गयो; अब बाँकी रहेको कुरा इमान हो ।"
उसलाई
थाहा थिएन—इमान जोगाउने यो संकल्पले अब उसलाई अर्को संसारमा लैजाने थियो । त्यो
संसार, जहाँ पूजा सामग्रीको
ठाउँ लेजरका थुप्रा ले लिने थिए, घण्टीको
आवाजको ठाउँ क्यालकुलेटरका बटन ले, र
मन्त्रको शुद्धताको ठाउँ हिसाबको सन्तुलन ले ।
तर
त्यहाँ एउटा कुरा अझै उस्तै रहने थियो—
काम
उसैले गर्ने थियो । पैसा भने फेरि अरू कसैले लिने थियो ।
९:
"लेजरको जंगल"
"मन्त्रमा
एउटा अक्षर बिग्रिए पूजा रोकिन्थ्यो; हिसाबमा एउटा अंक बिग्रिए संसार रोकिएजस्तो लाग्थ्यो ।"
सीएको
अन्तिम परीक्षा सकिएको केही महिना बितेको थियो । जीवनले अजितलाई नयाँ पहिचान दिएको
थियो—अब मानिसहरूले उसलाई केवल "पण्डितज्यू" होइन, "अडिटर साब" पनि भन्न थालेका थिए ।
तर
त्यो सम्बोधनमा सम्मानभन्दा अपेक्षा बढी थियो ।
अजितले
सोचेको थियो—अब श्रमको उचित मूल्य पाइनेछ । धार्मिक काम छोड्दा बाबुले भनेजस्तै,
अब उसले आफ्नो सीपको आधारमा जीवन
बनाउनेछ । तर वास्तविक संसार पुस्तकमा पढेको भन्दा धेरै फरक थियो । पहिलो दिन बिरेन्द्र
कृष्णले एउटा ठेगाना लेखेर कागज हातमा दिए ।
"यता
जा ।"
"कहाँ
?"
"अडिट
सिक्ने ठाउँ ।"
अजितले
कागज हे¥यो ।
बजारको
एउटा पुरानो व्यापारिक भवन ।
भित्ताको
रङ उडेको ।
सिँढी
चरमराउने ।
माथि
सानो बोर्ड—
"लेखा
परामर्श तथा अडिट सेवा ।"
उसले
ढोका ढकढकायो ।
भित्रबाट
एउटा स्वर आयो—
"आउनुस्
।"
कोठामा
पस्नेबित्तिकै उसलाई एउटा अनौठो गन्ध लाग्यो ।
पुरानो
कागजको ।
धुलोको
।
मसीको
।
र
समयको ।
चारैतिर
लेजरका थुप्रा थिए।
कतै
रातो जिल्ला ।
कतै
हरियो ।
कतै
डोरीले बाँधिएका बही ।
भुइँदेखि
छतसम्म फाइलहरू ।
बीचमा
एउटा टेबल ।
त्यसमा
पुरानो क्यालकुलेटर ।
मोटामोटा
पेन्सिल ।
र
चस्मा लगाएका वरिष्ठ अडिटर ।
"तिमी
बिरेन्द्र कृष्णको छोरा ?"
"हो
।"
"सीए
पढेको ?"
"हो
।"
"ल,
यो लेजर समात ।"
यति
भनेर उनले एउटा बाक्लो बही टेबलमा राखिदिए । त्यो आवाज अजितलाई कुनै पुरानो
स्मृतिजस्तै लाग्यो । पहिले हजुरबुबाले डायरी खोल्दा पनि यस्तै गह्रौँ आवाज
आउँथ्यो ।
फरक
यति थियो—
त्यहाँ
मन्त्र थियो ।
यहाँ
अंक ।
पहिलो
काम सजिलो जस्तो देखिन्थ्यो ।
क्यासबुक
मिलाउने ।
बैंकसँग
भिडाउने ।
लेजरको
अन्तिम ब्यालेन्स टिप्ने ।
ट्रायल
ब्यालेन्स बनाउने ।
त्यसपछि
फाइनल अकाउन्ट तयार गर्ने ।
अजितले
कलम समात्यो । क्यालकुलेटरमा बटन थिच्यो । संख्या जोडियो । घट्यो । बराबर भयो ।
उसलाई
आश्चर्य लाग्यो—
मन्त्रमा
जस्तै यहाँ पनि एउटा अक्षर बराबर एउटा अंक थियो । त्यहाँ उच्चारण बिग्रिए पूजा
अपूर्ण हुन्थ्यो । यहाँ दशमलव बिग्रिए हिसाब अपूर्ण हुन्थ्यो । उसलाई आफ्नै जीवनको
अर्को संसार भेटिएको महसुस भयो ।
दिनहरू
बित्दै गए । अब ऊ बिहानदेखि साँझसम्म लेजरमा डुबिरहन्थ्यो ।
एक
कम्पनी ।
दोस्रो
कम्पनी ।
तेस्रो
कम्पनी ।
कहिले
सिमेन्ट व्यापारी । कहिले हार्डवेयर । कहिले सहकारी । कहिले विद्यालय ।
हरेक
फाइलको अन्तिम पानामा पुग्दा एउटा सन्तोष हुन्थ्यो—
"हिसाब
मिल्यो ।"
वरिष्ठ
अडिटरले पनि प्रशंसा गर्न थाले ।
"तिम्रो
ब्यालेन्स मिलाउने आँखा राम्रो छ ।"
"त्रुटि
छिट्टै भेटाउँछौ ।"
"फाइनल
अकाउन्ट सफा बनाउँछौ ।"
यी
शब्दहरूले अजितलाई नयाँ आशा दिए । उसलाई लाग्यो—अब श्रमको मूल्य पनि आउला । महिनाको
अन्त्य आयो । उसले केही सोधेन । अर्को महिना बित्यो । अझै सोधेन । तेस्रो महिना
सकियो । वरिष्ठले एउटा सानो रकम हातमा राखिदिए । अजितले हिसाब मिलायो ।
यति
धेरै काम ।
यति
धेरै घण्टा ।
यति
सानो रकम ।
उसले
केही भन्न खोज्यो ।
तर
सम्झियो—
सिकाइको
समय होला ।
घर
फर्केर बिरेन्द्र कृष्णले सोधे—
"काम
सिक्दै छस् ?"
"हो
।"
"गाह्रो
छ ?"
"गाह्रो
छैन ।"
"बस्,
सिक ।"
अजितले
पैसाको कुरा गरेन । उसलाई लाग्यो—एक दिन सबै ठीक हुनेछ । उता अर्को संसार भने
आफ्नै लयमा चलिरहेको थियो । बिरेन्द्र कृष्णको जजमानी बढ्दै थियो । आँगनमा
मानिसहरूको आउजाउ बाक्लो हुँदै गयो । रातो गम्छामा दक्षिणा आउँथ्यो । दुर्गादेवी
भित्र राखिदिन्थिन् । अजित बिहान लेजरमा हराउँथ्यो । बेलुका ती पोका देख्थ्यो । दुई
संसार एउटै घरमा सँगै बाँचिरहेका थिए ।
एक
साँझ कार्यालयमा एउटा घटना भयो।
वरिष्ठ
अडिटरले एउटा फाइल देखाउँदै भने—
"यो
कम्पनीको फाइनल अकाउन्ट तयार गर ।"
अजितले
रातिसम्म बसेर सबै हिसाब मिलायो । ट्रायल ब्यालेन्स बराबर भयो । ब्यालेन्स सिट
तयार भयो । नाफा-नोक्सानी हिसाब मिल्यो । उसले फाइल बुझायो । भोलिपल्ट कम्पनीका
मालिक आए । उनी वरिष्ठसँग केही बेर छुट्टै कुरा गरे । हात मिलाए । हाँसे । र
निस्किए । अजितले त्यो दृश्य सामान्य ठान्यो ।
किनकि
उसलाई थाहा थिएन—
हिसाब
मिल्ने कोठा र पैसा मिल्ने कोठा एउटै हुँदैन रहेछ ।
राति
घर फर्केर उसले एउटा कागजमा आफ्नै हिसाब लेख्यो ।
·
काम
— पूरा ।
·
हिसाब
— पूरा ।
·
फाइनल
अकाउन्ट — पूरा ।
·
आम्दानी
— अधूरो ।
उसले
त्यो कागज मोडेर किताबभित्र राखिदियो ।
झ्यालबाहिर
अँध्यारो थियो ।
उसलाई
लाग्यो—
डायरीको
जंगलबाट निस्केर ऊ लेजरको जंगलमा आइपुगेको छ ।
तर
दुवै जंगलमा एउटा कुरा समान थियो—
ऊ
बाटो बनाइरहेको थियो, तर
गन्तव्य कसैको अर्को हातमा जाँदै थियो ।
र
यही लेजरको जंगलमा बित्ने अर्को दस वर्षले उसको जीवनको सबैभन्दा कठोर हिसाब लेख्न
थालेको थियो ।
१०:
"दश वर्षको शून्य"
"शून्यले
केवल केही छैन भन्ने अर्थ दिँदैन; कहिलेकाहीँ
शून्यले सबै दिएको मानिसको हात खाली भएको अर्थ पनि दिन्छ ।"
लेजरको
जंगलमा छिरेको दिन अजितले सोचेको थियो—यो त केही वर्षको संघर्ष मात्र होला । सीप
बढ्दै जाँदा सम्मान पनि बढ्ला, आम्दानी
पनि । आखिर सीए पढ्नु भनेको देशकै कठिन यात्रामध्ये एक थियो । त्यसैले उसलाई
विश्वास थियो—इमानको मूल्य ढिलो भए पनि अवश्य आउँछ ।
तर
समयले अर्को हिसाब लेखिरहेको थियो ।
एक
वर्ष बित्यो ।
दुई
वर्ष बित्यो ।
पाँच
वर्ष बिते ।
र
थाहा नपाउँदै दस वर्ष लेजर, ट्रायल
ब्यालेन्स, ब्यालेन्स सिट र
फाइनल अकाउन्टका बीचमा हराएर बितिसके ।
अजितको
दिन अब घडीको काँटाले होइन, खाताका
बहीले चल्थ्यो ।
बिहान
कार्यालय ।
कम्पनीको
क्यासबुक ।
खर्च
भौचर ।
बैंक
स्टेटमेन्ट ।
लेजर
।
ट्रायल
ब्यालेन्स ।
र
अन्तिममा—
"फाइनल
अकाउन्ट तयार ।"
वरिष्ठहरू
सन्तुष्ट हुन्थे । ग्राहक खुसी हुन्थे । फाइल बन्द हुन्थ्यो ।
तर
अजितको जीवनको एउटा फाइल भने कहिल्यै बन्द हुँदैनथ्यो—
पारिश्रमिक
।
एक
दिन उसले साहस गरेर वरिष्ठलाई सोध्यो—
"सर,
यो कम्पनीको काम त सकियो ।"
"सकियो
।"
"मेरो
हिसाब ?"
वरिष्ठ
मुस्कुराए ।
"अझ
सिक्दै छौ ।"
अजित
चुप लाग्यो । अर्को वर्ष फेरि त्यही उत्तर आयो ।
"अझ
अनुभव चाहिन्छ ।"
अनुभव
बढ्दै गयो । पैसा भने बढेन । घरमा पनि परिवर्तन भइरहे । बिरेन्द्र कृष्णको जजमानी
अब पहिलेभन्दा धेरै फस्टाएको थियो । पहिले निम्ता आउँथ्यो । अब मिति बुक हुन्थ्यो ।
पहिले दक्षिणा गम्छामा आउँथ्यो ।
अब
कहिलेकाहीँ खाममा आउन थाल्यो ।
गाउँका
मानिसहरूले भन्न थाले—
"बिरेन्द्र
कृष्ण पण्डितज्यूको हात राम्रो छ ।"
अजितले
त्यो सुन्दा केही बोल्दैनथ्यो । किनकि त्यो हातले एक समय उसको डायरी समातेको थियो ।
एक
साँझ दुर्गादेवीले बिस्तारै सोधिन्—
"बाबु,
तेरो कामबाट केही जोगिएको छ ?"
अजित
मुस्कुरायो ।
"वैदिक
शिक्षा जोगिएको छ ।"
"पैसा
?"
उसले
उत्तर दिएन । आमाले बुझिन् । कहिलेकाहीँ मौनता नै सबैभन्दा स्पष्ट उत्तर हुन्छ । यही
बीचमा अजितले एउटा अनौठो कुरा देख्न थाल्यो । ऊ जुन कम्पनीको हिसाब मिलाउँथ्यो,
त्यसका मालिकहरू केही दिनपछि निकै खुसी
देखिन्थे ।
"धन्यवाद
।"
"काम
राम्रो भयो ।"
"फेरि
आउनुहोला ।"
तर
त्यो धन्यवादसँगै उसको हातमा उचित पारिश्रमिक कहिल्यै पर्दैनथ्यो ।
उसलाई
लाग्थ्यो—
शायद
हिसाब मिलाउनु नै मेरो काम हो । पैसाको कुरा गर्नु मेरो स्वभाव होइन । एक रात ऊ
पुराना कागज मिलाइरहेको थियो ।
सीएका
नोटहरू ।
करका
कानुन ।
अडिटका
वर्किङ पेपर ।
अचानक
एउटा पुरानो कागज भेटियो ।
त्यो
उसले पहिलो महिनामा लेखेको थियो—
·
काम
— पूरा ।
·
हिसाब
— पूरा ।
·
आम्दानी
— अधूरो ।
उसले
फेरि अर्को लाइन थप्यो—
- दस
वर्ष — शून्य ।
कलम
केही बेर रोकियो ।
"के
साँच्चै शून्य ?"
उसले
आफैँलाई सोध्यो ।
त्यसपछि
अर्को उत्तर आफैँले लेख्यो—
"शून्य
पैसा । अनुभव होइन ।"
तर
अनुभवले भाडा तिर्दैन । अनुभवले औषधि किन्दैन । अनुभवले घर बन्दैन । त्यो रात बाबु
ढिलो फर्किए । आँगनमा फेरि एउटा रातो गम्छा थियो । दुर्गादेवीले भित्र राखिन् । अजितले
हेरिरह्यो । बिरेन्द्र कृष्णले पनि उसको नजर देखे ।
केही
बेरपछि उनी आफैँ बोले—
"काम
गर्दै जा ।"
"गरिरहेकै
छु ।"
"एक
दिन फल पाइन्छ ।"
अजितले
शान्त स्वरमा सोध्यो—
"फल
कसले पाउँछ ?"
बिरेन्द्र
कृष्ण क्षणभर रोकिए । उत्तर दिएनन् । बाहिर वर्षा परिरहेको थियो । छानोबाट थोपा चुहिँदै
थिए ।
अजितले
झ्यालबाट अँध्यारो हेर्यो ।
उसलाई
पहिलोपटक लाग्यो—
मन्त्रको
संसारमा दक्षिणा तुरुन्त आउँथ्यो । हिसाबको संसारमा श्रम तुरुन्त हराउँथ्यो ।
तर
उसलाई अझै थाहा थिएन—
यो
दस वर्षको शून्य वास्तवमा शून्य थिएन । कहीं न कहीं, उसले फाइनल गरेको प्रत्येक हिसाबसँगै
कसैको घरमा पैसा पुगिरहेको थियो । अझै उसले त्यो देखेको थिएन । तर सत्य धेरै टाढा
पनि थिएन । एक दिन एउटा सानो संकेतले उसको जीवनको सबैभन्दा ठूलो रहस्य खोल्ने
थियो—
हिसाब
उसले मिलाएको थियो । नजराना भने अर्कै हातले गनेको थियो ।
११:
"पुष्पा सिनेमाको सोफा"
— कथाको
मध्य महाचरमोत्कर्ष
"कहिलेकाहीँ
एउटा सोफामा थुप्रिएको पैसा पैसा राख्ने ढुकुटीभन्दा ठूलो प्रमाण बन्छ । त्यो पैसा
नोटको थुप्रो मात्र हुँदैन; कसैको
श्रम, कसैको मौनता र कसैको
विश्वासघातको हिसाब पनि हुन्छ ।"
दस
वर्षको शून्यपछि अजितले आफूलाई एउटा नियम बनाएको थियो—जति काम गर, हिसाब सफा गर, बाँकी कुरा नसोच । यही नियमले उसले
बाँचेको थियो । नत्र हरेक फाइनल अकाउन्टपछि किन आफ्नो हात खाली हुन्छ भन्ने
प्रश्नले उसलाई धेरै पहिले नै भत्काइसकेको हुने थियो ।
तर
सत्यको एउटा बानी हुन्छ—ऊ धेरै वर्ष ढिलो आउँछ, तर आउँदा सबै हिसाब एकैचोटि पल्टाइदिन्छ
।
त्यो
दिन पनि सामान्यजस्तै सुरु भएको थियो ।
बिहान
एउटा व्यापारी कम्पनीको फाइल आयो । लेजरका पाना बाक्ला थिए । क्यासबुक, बैंक स्टेटमेन्ट, खरिद-बिक्रीका बिल—सबै थुप्रिएका ।
अजितले पुरानै लयमा काम सुरु गर्यो ।
पहिले
क्यास मिलायो । त्यसपछि बैंक भिडायो । ट्रायल ब्यालेन्स बराबर गर्यो । अन्त्यमा
फाइनल अकाउन्ट तयार भयो ।
वरिष्ठले
फाइल बन्द गर्दै भने,
"ठीक
छ, आज यति ।"
अजित
घर फर्कियो । उसलाई थाहा थिएन—त्यो फाइलसँगै अर्को हिसाब पनि कतै बन्द हुँदै थियो ।
केही
दिनपछि बिरेन्द्र कृष्णले अचानक भने,
"आज
बजार जाऔँ ।"
बाबु-छोरा
धेरै वर्षपछि यसरी सँगै निस्किएका थिए । बाटोभरि धेरै कुरा भएन । बजार पुरानै
थियो—चियापसल, साइकल
मर्मत गर्ने पसल, पुराना
पुस्तकका थुप्रा र बीचमा पुरानो पुष्पा सिनेमा ।
एक
समय त्यो सिनेमा हल बजारको गर्व थियो । अहिले भवन पुरानो भइसकेको थियो, तर मानिसहरूको आवतजावत अझै थियो ।
बिरेन्द्र
कृष्ण कसैलाई भेट्न भित्र पसे ।
"तँ
यतै बस," उनले
भने ।
अजित
बाहिर बस्न खोज्यो । तर केही समयपछि एक कर्मचारीले भित्रबाट भन्यो,
"भाइ,
त्यो फाइल यता ल्याइदिनुस् ।"
उसले
भित्र पाइला टेक्यो । हलमा फिल्म चलिरहेको थिएन । बत्ती मधुरो थियो । लबी सुनसान ।
र एउटा कोठाको ढोका आधा खुला थियो । त्यसै क्षण उसको जीवन दुई भागमा छुट्टियो । कोठाभित्र
एउटा ठूलो सोफा थियो । त्यसको माथि रातो कपडा थिएन । गम्छा थिएन । त्यहाँ नोटका
थुप्रा थिए ।
हजारका
।
पाँच
सयका ।
बाँधिएका
।
खुला
।
मानिसहरू
गन्दै थिए ।
र
ती नोटहरू गन्ने हातमध्ये एउटा हात—
बिरेन्द्र
कृष्णको थियो ।
अजितको
पाइला त्यहीँ रोकियो । उसले बोल्न सकेन । उसको आँखाले पहिले पैसा देख्यो । त्यसपछि
बाबु । त्यसपछि ती व्यापारी । त्यसपछि आफ्नै फाइनल गरेको कम्पनीको मालिक ।
मालिक
हाँस्दै भनिरहेका थिए,
"काम
राम्रै भयो ।"
बिरेन्द्र
कृष्णले सहज स्वरमा उत्तर दिए,
"सबै
हिसाब मिल्यो ।"
त्यो
वाक्य अजितको छातीमा हथौडाजस्तो बज्यो । हिसाब उसले मिलाएको थियो । पैसा यहाँ
मिलिरहेको थियो । बिरेन्द्र कृष्णले ढोकातिर हेरे । अजितलाई देखे । क्षणभर सबै
स्थिर भयो । नोट गन्ने आवाज रोकिएन । तर बाबु-छोराको समय रोकियो ।
"तँ
यहाँ ?"
अजितको
स्वर बिस्तारै निस्कियो—
"यो...
के हो ?"
कोठाभित्रका
अरू मानिस चुप भए । कसैले हाँस्न खोज्यो ।
"अरे,
बाबु पनि आउनुभएको रहेछ ।"
अजितले
फेरि सोध्यो—
"यो
पैसा... कसको ?"
बिरेन्द्र
कृष्णले छोटो उत्तर दिए—
"बस,
पछि कुरा गरौँ ।"
"अहिले
।"
बाहिर
निस्किएपछि धेरै बेर दुवै मौन हिँडे । पुष्पा सिनेमाको पुरानो पोस्टर हावाले
फटफटाइरहेको थियो ।
अजितले
अन्ततः रोकिएर भन्यो—
"मैले
फाइनल गरेको कम्पनी हो त्यो ।"
बिरेन्द्र
कृष्ण चुप ।
"हिसाब
मैले बनाएको ।"
चुप
।
"त्यो
पैसा ?"
बिरेन्द्र
कृष्णले गहिरो सास फेरे ।
"सबै
कुरा तिमीले बुझ्ने बेला आएको छैन ।"
अजितको
स्वर पहिलोपटक काँपेन । कडा भयो ।
"दस
वर्ष भयो ।"
बिरेन्द्र
कृष्णले टाउको झुकाएनन् ।
"व्यवहार
यस्तै चल्छ ।"
"व्यवहार
?"
"काम
गराउने तरिका ।"
अजितले
अविश्वासले बाबुतिर हेरिरह्यो ।
"मलाई
त एक रुपैयाँको हिसाब पनि सोध्नुहुन्थ्यो ।"
"घरको
कुरा छुट्टै हो ।"
"अनि
यो ?"
त्यो
रात अजितले आफ्नो जीवनका दुई संसार एउटै रेखामा जोडिएको देख्यो । पहिले धार्मिक
काम गर्दा दक्षिणा घर आउँथ्यो । त्यो बेला उसलाई लाग्थ्यो—त्यो आफ्नो श्रमको फल हो
। पछि अडिट गर्दा पैसा हराउँथ्यो । उसलाई लाग्थ्यो—शायद समय लाग्छ ।
अब
उसले देखेको थियो—
पैसा
हराएको थिएन । पैसाको बाटो बदलिएको थियो । उसको श्रमको अन्तिम मोड अर्को कोठामा
थियो । घर फर्केपछि उसले पुराना सम्झना जोड्न थाल्यो ।
जुन
दिन फाइनल अकाउन्ट बुझाउँथ्यो, बाबु
किन ढिलो आउनुहुन्थ्यो ?
किन
कहिलेकाहीँ नयाँ खाम घरमा देखिन्थे ?
किन
कहिल्यै आफ्नो पारिश्रमिकको स्पष्ट हिसाब हुँदैनथ्यो ?
उत्तरहरू
एकपछि अर्को मिल्न थाले । लेजरभन्दा ठूलो हिसाब अब उसको दिमागमा मिलिरहेको थियो । रातको
अन्तिम प्रहरमा उसले एउटा खाली कागज निकाल्यो ।
माथि
लेख्यो—
"जीवनको
ट्रायल ब्यालेन्स ।"
बायाँपट्टि—
·
दस
वर्षको श्रम ।
·
हजारौँ
घण्टा ।
·
सयौँ
फाइनल अकाउन्ट ।
दायाँपट्टि—
·
शून्य
आम्दानी ।
·
हराएको
डायरी ।
·
पुष्पा
सिनेमाको सोफा ।
उसले
अन्तिम लाइन लेख्यो—
"आज
पहिलोपटक हिसाब मिल्यो । तर यो बराबरीले होइन, विश्वासघातले मिल्यो ।"
झ्यालबाहिर
रात गाढा थियो । तर अजितको मनमा एउटा निर्णय जन्मिइसकेको थियो । अब ऊ चुप बस्ने
थिएन ।
उसलाई
थाहा थियो—
यसपटक
उसले केवल बाबुसँग विद्रोह गर्ने छैन । उसले हिसाबको संसारभित्र लुकेको नजरानाको
भाषासँग सिधै चुनौती दिनेछ । र त्यही निर्णयले उसलाई अर्को भागमा परिवारबाट मात्र
होइन, समाजबाट पनि कहाँ
धकेल्ने थियो ?
१२
: "विद्रोह"
"विद्रोह
कहिलेकाहीँ चिच्याएर सुरु हुँदैन; त्यो
एउटा वाक्यबाट सुरु हुन्छ—‘म अब यो गर्ने छैन ।’”
पुष्पा
सिनेमाको सोफामा थुप्रिएको पैसाले अजितको संसार दुई भागमा विभाजित गरिदिएको थियो ।
त्यसअघि उसले आफूलाई असफल ठानेको थियो—शायद अनुभव कम छ, शायद समय लाग्छ, शायद अझ मेहनत गर्नुपर्छ । त्यस रातपछि
उसले पहिलोपटक अर्को सम्भावना देख्यो—
समस्या
उसको सीपमा होइन, व्यवस्थाको
मौन सम्झौतामा रहेछ ।
ऊ
निदाउन सकेन ।
टेबलमा
सीएका पुस्तकहरू खुला थिए । छेउमा एउटा खाली कापी । धेरै वर्षअघि हराएको डायरीको
स्मृति फेरि जाग्यो । त्यतिबेला वैदिक शिक्षा खोसिएको थियो । अहिले श्रमको फल
हराएको थियो ।
दुई
घाउ एउटै ठाउँमा आएर जोडिएका थिए । भोलिपल्ट बिहान उसले बिरेन्द्र कृष्णसँग कुरा
गर्ने निर्णय गर्यो । दुर्गादेवी भान्सामा थिइन् । हरिप्रसाद बरन्डामा चिया
पिइरहेका थिए । घरमा सामान्य दिनजस्तै देखिन्थ्यो । तर अजितको मनमा अदालत बसिसकेको
थियो ।
"बुबा
एउटा, कुरा छ ।"
बिरेन्द्र
कृष्णले पत्रिका मोड्दै भने, "भन
।"
"पुष्पा
सिनेमामा देखेको कुरा ।"
बिरेन्द्र
कृष्ण केही क्षण चुप रहे ।
"त्यो
कुरा यत्तिकै छाड ।"
"छाड्न
सक्दिनँ ।"
"किन
?"
"किनकि
त्यो कम्पनीको हिसाब मैले मिलाएको थिएँ ।"
"मलाई
थाहा छ ।"
"त्यसको
नजराना कसले लियो ?"
दुर्गादेवीको
हातको करछुल एकाएक रोकियो । हरिप्रसादले टाढाबाट मात्र हेरिरहे । बिरेन्द्र कृष्णले
गहिरो सास फेरे ।
"संसार
पुस्तकजस्तो चल्दैन, अजित
।"
"मलाई
पुस्तकले होइन, तपाईंले
इमान सिकाउनुभएको हो ।"
"इमान
र व्यवहार फरक कुरा हुन् ।"
"त्यो
पैसा व्यवहार हो ?"
"काम
गराउने तरिका हो ।"
"कसको
काम ?"
"हाम्रो
।"
अजितको
स्वर अब शान्त भएन ।
"हाम्रो
?"
"तँले
हिसाब गरिस् । मैले सम्बन्ध समालेँ ।"
"सम्बन्ध
?"
"हो
।"
"सम्बन्धको
मूल्य मेरो पारिश्रमिक हो ?"
कोठाभित्रको
हावा भारी हुँदै गयो । पहिलोपटक बाबु-छोराको विवाद पैसा होइन, नैतिकताको परिभाषा माथि पुगेको थियो । बिरेन्द्र
कृष्णले टेबलमा हात बजाए ।
"तँ
धेरै सिधा छस् ।"
"सिधा
हुनु गल्ती हो ?"
"संसारले
बाँच्न दिँदैन ।"
अजितले
बाबुतिर हेर्दै भन्यो—
"बाँच्नकै
लागि झुक्नुपर्छ भने मैले सीए किन पढेँ ?"
त्यो
वाक्यले बिरेन्द्र कृष्ण पनि केही क्षण निःशब्द भए । केही दिनपछि अजितले अर्को
निर्णय गर्यो । उसले वरिष्ठ अडिटरलाई भेट्यो ।
"अबदेखि
एउटा कुरा स्पष्ट चाहिन्छ ।"
"के
?"
"मेरो
कामको हिसाब ।"
वरिष्ठ
हाँसे ।
"धेरै
आदर्शवादी नबन ।"
"मेरो
पारिश्रमिक ?"
"पछि
हुन्छ ।"
"कहिले
?"
"समय
आएपछि ।"
अजितले
टेबलमा रहेको फाइलतिर हे¥यो
।
"समय
त दस वर्षअघि आएको थियो ।"
वरिष्ठको
मुस्कान हरायो ।
"तिमीलाई
कसले सिकायो यस्तो बोल्न ?"
अजितले
उत्तर दियो—
"हिसाबले
।"
त्यस
दिनदेखि उसको नाम बिस्तारै बदलिन थाल्यो ।
पहिले—
"इमानदार
केटा ।"
पछि—
"धेरै
प्रश्न गर्ने ।"
अनि—
"काम
गाह्रो बनाउने ।"
ग्राहकहरू
पनि छुट्टै कुरा गर्न थाले ।
"यिनीसँग
धेरै नियम हुन्छ ।"
"अर्कोसँग
गरौँ ।"
काम
कम हुन थाल्यो । घरमा पनि दूरी बढ्दै गयो । बिरेन्द्र कृष्ण जजमानीमा व्यस्त । अजित
अडिटमा एक्लिँदै । हरिप्रसाद बीचमा परेका । एक साँझ हरिप्रसादले अजितलाई बोलाए ।
"रिसले
निर्णय नगर ।"
"रिसले
होइन, सत्यले बोलिरहेको छु ।"
"सत्य
पनि बोल्ने समय हुन्छ ।"
अजितले
टाढा हेर्दै भन्यो—
"दस
वर्ष मौन बसेँ । अब मौन बस्नु पनि झुटजस्तै लाग्छ ।"
वृद्धले
आँखा बन्द गरे । उनी जान्थे—यो आगो अब निभाउन गाह्रो छ । त्यसपछि अजितले आफ्नै
लागि एउटा लिखित शपथ तयार गर्यो ।
सेतो
कागज ।
कालो
मसी ।
माथि
लेख्यो—
"मेरो
अडिटको प्रतिज्ञा"
·
हिसाब
मिलाउँदा झुटो नलेख्ने ।
·
कर
छलीमा साथ नदिने ।
·
पारिश्रमिकको
स्पष्ट हिसाब माग्ने ।
·
कसैको
नजरानामा आफ्नो श्रम बेच्न नदिने ।
अन्तिम
लाइन सबैभन्दा गहिरो थियो—
"म
हिसाब मिलाउने मानिस बन्नेछु, हिसाब
लुकाउने होइन ।"
उसले
त्यो कागज दराजभित्र राख्यो । उसलाई लाग्यो—अबदेखि जीवन कठिन हुनेछ । तर कम्तीमा
आफूलाई हेर्दा लाज लाग्ने छैन । तर समाजले सत्य बोल्ने मानिसलाई सधैँ नायक
बनाउँदैन । कहिलेकाहीँ समाजलाई व्यवस्था जोगाउन एउटा मानिसलाई दोषी बनाउन सजिलो
लाग्छ । अजितले त्यो कुरा अझै अनुभव गरेको थिएन । तर उसको प्रश्नहरू अब परिवारको
सीमा पार गरेर बाहिर पुग्न थालेका थिए ।
र
बाहिरको संसारसँग एउटा पुरानो उपाय तयार थियो—
सत्य
बोल्ने मानिसलाई पहिले असहयोग गर । नमाने पागल ठहर गर ।
यही
उपायले अब अजितलाई अर्को अध्यायतिर धकेल्ने थियो—
जहाँ
उसको सबैभन्दा ठूलो अपराध इमानदार हुनु होइन, इमानदार रहिरहन जिद्दी गर्नु हुनेछ ।
१३:
"पागलको प्रमाणपत्र"
"जब
सत्यलाई उत्तर दिन सकिँदैन, कहिलेकाहीँ
समाजले प्रश्न गर्ने मानिसको बुद्धिमाथि प्रश्न उठाउँछ ।"
अजितले
प्रतिज्ञापत्र लेखेको केही महिनापछि उसको जीवनको सबैभन्दा कठिन चरण सुरु भयो । पहिले
ग्राहकहरू घटे । त्यसपछि साथीहरू टाढिन थाले । अन्ततः उसले एउटा कुरा महसुस गर्यो—मानिसहरू
अब उसलाई देखेर कुरा बदल्न थालेका थिए ।
"उहाँ
धेरै नियमको कुरा गर्नुहुन्छ ।"
"सबैको
पोल खोलिदिन्छन् रे ।"
"अलि...
ठीक छैन जस्तो छ ।"
यी
वाक्यहरू सुरुमा कानेखुसी थिए । पछि परिचय बने । एक दिन एउटा व्यापारीले स्पष्ट
प्रस्ताव राख्यो ।
"सर,
हिसाब तपाईंले मिलाइदिनुस् ।"
"हिसाब
त मिलाइदिन्छु ।"
"कर
अलिक कम देखाइदिनुस् ।"
अजितले
फाइल बन्द गर्यो ।
"त्यो
म गर्दिनँ ।"
व्यापारी
हाँस्यो ।
"सबैले
गर्छन् ।"
"म
गर्दिनँ ।"
"किन
?"
"किनकि
त्यो अडिट होइन ।"
व्यापारी
उठ्यो ।
"त्यसो
भए अर्को खोज्छु ।"
ढोका
बन्द भयो । अजितले पहिलोपटक महसुस गर्यो—इमानदार निर्णयले ताली होइन, ग्राहक गुमाउँदो रहेछ । यस्ता घटनाहरू
बढ्दै गए । कतै कर मिलाउन अस्वीकार । कतै नक्कली बिल स्वीकार नगर्ने । कतै नगद
कारोबार लुकाउन नमान्ने । उसले जहाँ "हुँदैन" भन्यो, त्यहाँ अर्को अडिटर भेटियो ।
बजारमा
एउटा नयाँ वाक्य फैलियो—
"अजितसँग
काम नगर, धेरै झन्झट गर्छ ।"
घरमा
तनाव झन् बढ्यो ।
बिरेन्द्र
कृष्णले एक साँझ भने—
"यति
कडा भएर बाँचिँदैन ।"
"झुट
बोलेर बाँचिन्छ ?"
"व्यवहार
सिक ।"
"व्यवहारको
नाममा कर छल्ने ?"
बिरेन्द्र
कृष्ण रिसाए ।
"तँ
सबैलाई अपराधी देख्छस् ।"
अजितको
उत्तर शान्त थियो ।
"म
मानिसलाई होइन, हिसाबलाई
हेर्छु ।"
तर
त्यो उत्तरले दूरी झन् बढायो । यही बीचमा उसको निद्रा बिग्रन थाल्यो ।
रातभर
एउटै दृश्य दोहोरिन्थ्यो—
पुष्पा
सिनेमाको सोफा ।
नोटका
थुप्रा ।
हराएको
डायरी ।
र
बाबुको आवाज—
"अब
अडिट गर ।"
बिहान
टाउको भारी हुन्थ्यो । तर ऊ काममा जान्थ्यो । एक दिन कार्यालयमा ऊ निकै उत्तेजित
भयो । एउटा फाइलमा स्पष्ट कर छली देखिएको थियो ।
उसले
वरिष्ठलाई भन्यो—
"यो
रिपोर्टमा यस्तो लेख्न मिल्दैन ।"
"किन
?"
"यो
तथ्य होइन ।"
"ग्राहक
यही चाहन्छ ।"
"म
हस्ताक्षर गर्दिनँ ।"
वरिष्ठको
धैर्य सकियो ।
"तिमीलाई
समस्या के छ ?"
अजितले
उत्तर दियो—
"समस्या
मलाई होइन, हिसाबलाई छ ।"
त्यो
वाक्यपछि कोठामा बसेका केही मानिस मुस्कुराए ।
कसैले
कानेखुसी गर्यो—
"फेरि
सुरु भयो ।"
केही
सातापछि अवस्था झन् जटिल बन्यो । घरमा पनि उसको कुरा "अति" भन्न थालियो ।
दुर्गादेवी चिन्तित थिइन् ।
"रातभर
नसुत्ने ।"
"दिनभर
एउटै कुरा ।"
"खाना
पनि राम्ररी नखाने ।"
उनीहरूलाई
उसको पीडा देखिन्थ्यो । तर कारण फरक-फरक देखिन्थ्यो ।
एक
दिन बिरेन्द्र कृष्णले दृढ स्वरमा भने—
"डाक्टर
देखाउनुपर्छ ।"
अजितले
सोध्यो—
"किन
?"
"तिमी
धेरै तनावमा छौ ।"
"तनावमा
छु ।"
"त्यसैले
।"
"तनावको
औषधि सत्य छोड्नु हो ?"
बिरेन्द्र
कृष्ण चुप भएनन् ।
"पहिले
उपचार ।"
अस्पतालको
सेतो भित्ताले अजितलाई जेलजस्तो लाग्यो । डाक्टर शेखरले धेरै प्रश्न सोधे ।
"निद्रा
?"
"कम
।"
"चिन्ता
?"
"धेरै
।"
"काम
?"
"हिसाब
।"
"के
सोचिरहन्छौ ?"
अजितले
लामो सास फेरे ।
"देशको
हिसाब मिल्दैन ।"
डाक्टरले
नोट लेखे ।
"घरको
?"
"घरको
पनि ।"
"आफ्नो
?"
अजित
केही बेर मौन रह्यो ।
"त्यो
त झन् मिल्दैन ।"
डाक्टरले
औषधि लेखिदिए । त्यो उपचारको सुरुवात थियो । तर केही समयपछि उपचार र नियन्त्रणको
सीमा अजितको जीवनमा धमिलो हुन थाल्यो । औषधिले निद्रा ल्यायो । तर एउटा अर्को कुरा
पनि गर्यो । उसको आवाज मन्द हुन थाल्यो ।
पहिले
जहाँ ऊ दृढ भएर "हुँदैन" भन्थ्यो, अब धेरैपटक चुप लाग्न थाल्यो ।
एक
साँझ ऊ ऐनाअघि उभियो ।
आफ्नै
आँखातिर हेर्दै बिस्तारै भन्यो—
"के
म साँच्चै पागल हुँदैछु ?"
त्यसै
क्षण अर्को आवाज मनभित्र आयो—
"कि
पागल भन्न सजिलो भएको हो ?"
त्यो
प्रश्नको उत्तर उसले पाएन ।
तर
एउटा कुरा स्पष्ट भयो—
समाजले
अब उसको परिचय बदलिसकेको थियो ।
पहिले—
"पण्डितज्यू
।"
पछि—
"अडिटर
।"
अब—
"अलि
ठीक छैन ।"
अस्पतालबाट
फर्केर उसले दराज खोलेर आफ्नो प्रतिज्ञापत्र फेरि पढ्यो ।
अन्तिम
लाइनमा आँखा अड्कियो—
"म
हिसाब मिलाउने मानिस बन्नेछु, हिसाब
लुकाउने होइन ।"
उसले
त्यो कागज मोडेर फेरि राख्यो ।
तर
उसलाई थाहा थिएन—
अबदेखि
उसको जीवनमा अर्को विडम्बना सुरु हुँदै थियो ।
औषधिले
उसको निद्रा नियन्त्रण गर्नेछ ।
र
त्यही निद्राको बीचमा फेरि उसैबाट हिसाब गराइनेछ ।
उता
बाबुको जजमानी फेरि झन् फस्टाउनेछ ।
र
अजितको जीवनको अर्को अध्यायमा सबैभन्दा ठूलो प्रश्न हुनेछ—
मानिसलाई
औषधिले शान्त बनाइयो कि मौन बनाइयो ?
१४:
"औषधिको निद्रा"
"कतिपय
निद्रा थकाइले आउँछ । कतिपय औषधिले आउँछ । तर सबैभन्दा गहिरो निद्रा त्यो हो,
जहाँ मानिसको आवाज बिस्तारै उसैलाई
नसुनिने गरी मन्द हुँदै जान्छ ।"
अस्पतालबाट
फर्केको दिनदेखि अजितको जीवन दुई घडीमा बाँडियो—एउटा घडी औषधिको, अर्को घडी हिसाबको ।
पहिले
ऊ रातभर जागेर पनि बिहान कलम समात्न सक्थ्यो । अब औषधि खाएपछि आँखा आफैँ भारी
हुन्थे । निद्रा आउँथ्यो, तर
त्यो निद्रा विश्रामको थिएन । उठ्दा शरीर हलुका हुँदैनथ्यो; बरु मन कुहिरोले ढाकिएजस्तो लाग्थ्यो ।
डाक्टर
शेखरले भनेका थिए—
"पहिले
निद्रा ठीक गरौँ । त्यसपछि बाँकी कुरा पनि समाल्न सजिलो हुन्छ ।"
अजितले
त्यो सल्लाह अस्वीकार गरेन । उसलाई साँच्चै निद्रा चाहिएको थियो । धेरै रातदेखि
पुष्पा सिनेमाको सोफा, हराएको
डायरी र अधुरो हिसाब एउटै सपनामा आउँथे । तर औषधिले सपना कम गर्यो । साथै,
उसको प्रतिरोध गर्ने तीखोपन पनि
बिस्तारै मन्द पारिदियो ।
घरमा
सबैले उसलाई "आराम गर" भन्न थाले ।
दुर्गादेवी
पानीसँग औषधि ल्याइदिन्थिन् ।
"समय
भयो ।"
अजित
मुस्कुराएर खान्थ्यो । बिरेन्द्र कृष्ण धेरै बोल्दैनथे । तर उनी एउटा कुरा दोहोर्याइरहन्थे—
"पहिले
स्वास्थ्य । पछि काम ।"
विडम्बना
यहींबाट सुरु भयो । स्वास्थ्यलाई प्राथमिकता दिइँदै थियो, तर काम भने रोकिएन । केही दिनपछि बिरेन्द्र
कृष्णले एउटा फाइल टेबलमा राखे ।
"यसलाई
हेर्न सक्छस् ?"
अजितले
फाइल खोल्यो ।
कम्पनीको
लेजर ।
पुरानै
गन्ध ।
पुरानै
अंक ।
उसले
क्यालकुलेटर समात्यो । आँखा भारी थिए । तर हातले अंक जोड्न बिर्सेका थिएनन् । ट्रायल
ब्यालेन्स बराबर भयो । फाइनल अकाउन्ट तयार भयो । फाइल बिरेन्द्र कृष्णले लगे । अजितले
केही सोधेन । यस्तो एकपटक मात्र भएन । फेरि अर्को फाइल आयो ।
फेरि
अर्को ।
औषधिको
समय ।
हिसाबको
समय ।
निद्रा
।
फाइल
।
निद्रा
।
फाइल
।
जीवन
एउटा दोहोरिने चक्रजस्तो बन्न थाल्यो । अजितलाई कहिलेकाहीँ लाग्थ्यो—म जागेको बेला
भन्दा कागजमा झुकेको बेला बढी सचेत छु ।
उता
बिरेन्द्र कृष्णको जजमानी काम भने फेरि अर्को अध्यायमा गइरहेको थियो ।
आँगनमा
बिहानैदेखि मानिसहरू आउन थाले ।
"पण्डितज्यू
घरमै हुनुहुन्छ ?"
"अर्को
शनिबारको साइत हेर्नुपर्यो ।"
"श्राद्धको
मिति मिलाइदिनुस् ।"
पहिले
यस्ता आवाजमा अजितको नाम पनि मिसिन्थ्यो । अब कसैले सोध्दैनथ्यो । डायरीको संसार
बिस्तारै बिरेन्द्र कृष्णको पहिचान बनिसकेको थियो । अजितको संसार भने लेजरको
पानाभित्र सीमित हुँदै गइरहेको थियो । एक दिन श्रीमती माया माइतीबाट फर्किइन् । सम्बन्ध
पहिले नै चिसिएको थियो ।
घरको
वातावरण, बाबु-छोराको दूरी र
अजितको मानसिक थकान—यी सबैले उनीहरूबीचको संवाद पनि सानो बनाइदिएको थियो । मायाले
औषधिको डिब्बा देखिन् ।
"डाक्टरले
भनेको समयमै खानु है ।"
अजितले
टाउको हल्लायो ।
उनलाई
लाग्थ्यो—माया उसलाई निको भएको हेर्न चाहन्छिन् ।
तर
कहिलेकाहीँ, औषधि खाएपछि अर्को फाइल
टेबलमा देख्दा, उसको
मनमा अनिश्चितताको धुवाँ उठ्थ्यो—
"म
आराम गरिरहेको छु कि फेरि काममा फर्काइँदै छु ?"
उसले
त्यो प्रश्न कसैलाई सोधेन । किनकि उसले बुझिसकेको थियो—थकानले पनि मानिसको अनुभूति
बदल्न सक्छ ।
एक
साँझ उसले दराज खोलेर पुरानो प्रतिज्ञापत्र निकाल्यो ।
कालो
मसी अलि फिक्का भइसकेको थियो ।
"कर
छलीमा साथ नदिने ।"
उसले
त्यो लाइन धेरै बेर हेरिरह्यो । कलम उठायो ।
छेउमा
नयाँ लाइन थप्यो—
"औषधिले
मेरो निद्रा बदल्न सक्छ, तर
मेरो अन्तःकरणको हस्ताक्षर बदल्न सक्दैन ।"
त्यो
वाक्य लेखेपछि उसलाई पहिलोपटक केही हलुका लाग्यो । हरिप्रसाद अब धेरै कमजोर
भइसकेका थिए ।
एक
साँझ उनले अजितलाई छेउमा बसालेर भने—
"मन्त्र
पढ्दा के सिकेको थियौ ?"
"शब्द
शुद्ध राख्न ।"
"अडिट
गर्दा ?"
"अंक
शुद्ध राख्न ।"
वृद्धले
हल्का मुस्कुराउँदै भने—
"दुवैमा
एउटा कुरा समान छ ।"
"के
?"
"शुद्धता
।"
त्यो
शब्द अजितको मनमा गडेर बस्यो । राति औषधि खाएर सुत्नुअघि उसले झ्याल खोलेर बाहिर
हेर्यो । टाढा मन्दिरको घण्टी बजिरहेको थियो । टेबुलमा एउटा अधुरो फाइल थियो । उसलाई
लाग्यो—जीवनले उसलाई दुई संसारबाट गुजारेको छ ।
एउटा
संसारमा मन्त्रको शुद्धता खोजियो ।
अर्को
संसारमा हिसाबको शुद्धता ।
तर
दुवै संसारमा एउटै कुरा बारम्बार हराइरहेको थियो—
श्रमको
न्याय ।
यही
अन्यायको हिसाब अब बिस्तारै यति ठूलो हुँदै गइरहेको थियो कि एक दिन उसले आफ्नो
जीवनको सम्पूर्ण प्रदर्शन गन्ने थियो ।
कति
कम्पनी ?
कति
वर्ष ?
कति
श्रम ?
र
उत्तर आउँदा सबैभन्दा ठूलो संख्या पैसा होइन, १,५०० हुनेछ ।
१५:
"१,५०० कम्पनी"
"कहिलेकाहीँ
मानिसले आफ्नो जीवनको हिसाब बैंक खाताले होइन, बिताएका वर्ष र गरेका कामको सङ्ख्याले
गर्न थाल्छ ।"
अजितले
कहिल्यै कम्पनी गनेको थिएन । ऊ फाइल गन्थ्यो । लेजर गन्थ्यो । ब्यालेन्स मिलाउँथ्यो
। र अर्को कामतिर लाग्थ्यो ।
तर
एक वर्ष यस्तो आयो, जब
उसलाई आफ्नै जीवनको पर्फर्मेन्स हेर्न मन लाग्यो । कारण कुनै पुरस्कार थिएन । कुनै
सम्मान पनि थिएन । बरु एउटा रात उसले ऐनामा आफूलाई हेर्दै सोचेको थियो—
"मैले
आखिर गरेको के छ ?"
त्यस
प्रश्नको उत्तर खोज्न उसले पुराना फाइल, नोटबुक, वर्किङ
पेपर र डायरीका छरिएका कागजहरू निकाल्यो ।
टेबलभरि
कागज फैलियो ।
पहिलो
कम्पनी ।
मिति
। फाइनल हिसाबमा साइन गर्ने प्रमुख अडिटर । कम्पनीको मालिक । कम्पनीको ठेगाना ।
दोस्रो
।
तेस्रो
।
सहकारी
।
विद्यालय
।
निर्माण
कम्पनी ।
हार्डवेयर
।
औषधि
पसल ।
यातायात
व्यवसाय ।
एक-एक
गर्दै उसले सबै टिप्न थाल्यो । कतै सम्झनाले सहयोग गर्यो । कतै पुरानो
हस्ताक्षरले । कतै वर्किङ पेपरको कुनामा लेखिएको मिति मात्र प्रमाण थियो । कतै
पसले फाइनल गरेको ऊडिट रिपोर्टको फाइनल हिसाबका फोटोकपीहरूले ।
रात
गहिरिँदै गयो । अन्तिम पाना पुगेपछि उसले क्यालकुलेटर उठायो ।
बटन
थिच्यो ।
स्क्रिनमा
संख्या आयो—
१,५०० ।
उसले
धेरै बेर त्यो अंक हेरिरह्यो । एक हजार पाँच सय कम्पनी । त्यो केवल संख्या थिएन । त्यो
हजारौँ दिन थियो । लाखौँ अंक थियो । असंख्य रात थियो । र चालीस वर्षभन्दा बढीको
जीवनको सार थियो ।
उसले
अर्को हिसाब गर्यो ।
४१
वर्ष । जनैको धागोदेखि लेजरको जंगलसम्म ।
हजुरबुबाको
मन्त्रदेखि करका धारासम्म ।
डायरीदेखि
ब्यालेन्स सिटसम्म ।
सबै
एउटै रेखामा आएर उभिएका थिए ।
अजितले
एउटा सेतो कागजमा आफ्नो जीवनको पहिलो "व्यक्तिगत ब्यालेन्स सिट" बनाउन
थाल्यो ।
सम्पत्ति
·
विधिविधानको
वैदिक शिक्षा ।
·
सीएको
शिक्षा ।
·
१,५०० कम्पनीको अनुभव ।
·
इमान
।
दायित्व
·
हराएको
डायरी ।
·
अधुरो
पारिश्रमिक ।
·
औषधिको
निद्रा ।
·
परिवारको
दूरी ।
अन्तिममा
उसले एउटा खाली ठाउँ राख्यो ।
नगद
मौज्दात ।
त्यहाँ
धेरै बेर कलम रोकियो ।
अन्ततः
उसले लेख्यो—
"शून्य
।"
त्यो
शब्द लेख्दा उसको हात काँप्यो ।
त्यही
बेला दुर्गादेवी कोठामा आइन् ।
"अझै
नसुतेको ?"
अजितले
कागज लुकाएन ।
"आमा,
एउटा कुरा देखाउनु ?"
उनले
कागज हेरिन् ।
१,५०० कम्पनी ।
४१
वर्ष ।
शून्य
।
उनका
आँखा रसाए ।
"यति
काम गरिस् ?"
अजित
मुस्कुरायो ।
"गरेँ
।"
"अनि..."
"घर
छैन ।"
"जग्गा
छैन ।"
"बचत
छैन ।"
दुर्गादेवीसँग
शब्द सकिए । उनले केवल छोराको टाउको छोइन् । उता बिरेन्द्र कृष्ण अझै जजमानीमा
व्यस्त थिए । अब उनी गाउँभन्दा बाहिर पनि बोलाइन्थे । धार्मिक कार्यको मिति मिलाउन
मानिसहरू हप्तौँअघि आउँथे । अजितले बाबुतिर हेर्दा कहिलेकाहीँ दुईवटा चित्र
देख्थ्यो ।
एउटा—सरकारी
कार्यालयमा घुस नखाने कर्मचारी ।
अर्को—पुष्पा
सिनेमाको सोफामा पैसा गन्ने मानिस ।
ती
दुई चित्र एउटै अनुहारमा कसरी अटाएका छन् भन्ने प्रश्न अझै उसलाई सताइरहेको थियो ।
यही
बीचमा एउटा अप्रत्याशित अवसर आयो ।
पहिलोपटक
एउटा पार्टीले उसलाई भन्यो—
"यसपटक
फिल्डमा पनि जानुपर्छ ।"
अजित
अचम्मित भयो । धेरै वर्षसम्म ऊ प्रायः कार्यालयभित्र बसेर हिसाब मिलाउँथ्यो । अब
कम्पनीको वास्तविक कारोबार हेर्ने मौका आएको थियो ।
पार्टीका
प्रतिनिधिले मुस्कुराउँदै भने—
"हामीले
भनेजस्तै कर मिलाइदिनुहुन्छ भने काम लामो जान्छ ।"
अजित
चुप रह्यो ।
त्यो
वाक्य उसको कानमा धेरै बेर घन्किरह्यो ।
"हामीले
भनेजस्तै..."
राति
उसले पुरानो प्रतिज्ञापत्र फेरि निकाल्यो ।
अन्तिम
लाइन पढ्यो—
"कर
छलीमा साथ नदिने ।"
त्यसको
छेउमा १,५०० कम्पनी लेखिएको
कागज थियो । उसले ती दुई कागज एउटै ठाउँमा राख्यो । एकातिर चालीस वर्षको अनुभव ।
अर्कोतिर
एउटा वाक्य ।
उसलाई
अचानक महसुस भयो—
मानिसको
सम्पूर्ण जीवन कहिलेकाहीँ एउटा निर्णयमा आएर अड्किन्छ । झ्यालबाहिर बिहानको
उज्यालो पस्न थालेको थियो । अजितले क्यालकुलेटर बन्द गर्यो । आजसम्म उसले अरूका
कम्पनीको ब्यालेन्स सिट बनाएको थियो । आज पहिलोपटक आफ्नै जीवनको ब्यालेन्स सिट
बनायो ।
र
त्यही सिटले उसलाई अर्को निर्णायक मोडमा पुर्यायो । अब प्रश्न पैसा कमाउने थिएन ।
अब
प्रश्न थियो—
"१,५०० कम्पनीपछि पनि के म आफ्नो अन्तःकरण
बेच्नेछु ?"
त्यो
प्रश्नको उत्तर फिल्डवर्कमा भेटिने थियो ।
जहाँ
पहिलोपटक उसलाई कर छली आफ्नो आँखाले देख्ने र त्यसलाई स्वीकार वा अस्वीकार गर्ने
निर्णय गर्नुपर्ने थियो ।
१६:
"पहिलो फिल्डवर्क"
"कागजमा
देखिने अंक र भुइँमा देखिने सत्य एउटै नहुन सक्छ । अडिटरको पहिलो परीक्षा अफिसमा
होइन, फिल्डमा सुरु हुन्छ ।"
अजितले
१,५०० कम्पनीको हिसाब
मिलाइसकेको थियो ।
चालीस
वर्षभन्दा बढी समय क्यालकुलेटरका बटन, लेजरका पाना र ट्रायल ब्यालेन्सका रेखाबीच बिताइसकेको थियो ।
तर
विडम्बना के थियो भने—
ऊ
पहिलोपटक वास्तविक फिल्डवर्कमा जान लागेको थियो ।
यति
धेरै वर्ष ऊ प्रायः अन्तिम हिसाब मिलाउने मानिस बनेर बसेको थियो । अरूले कागज
ल्याउँथे, ऊ हिसाब मिलाउँथ्यो ।
कम्पनीको गोदाम कस्तो छ, स्टक
साँच्चै छ कि छैन, नगद
कारोबार कस्तो छ—यी सबै उसले धेरैजसो कागजबाटै देखेको थियो ।
यसपटक
भने कागजभन्दा अघि वास्तविकता उभिने थियो । बिहानै एउटा गाडी आयो ।
सहरबाहिरको
एउटा उत्पादन कम्पनी ।
गेटमा
सुरक्षा गार्ड ।
भित्र
ठूलो गोदाम ।
मेसिनहरूको
आवाज ।
कामदारहरूको
दौडधुप ।
अजित
केही क्षण त्यहीँ उभिरह्यो ।
उसे
अचानक हजुरबुबाको वाक्य सम्झना आयो—
"विधि
सुरु गर्नु अघि स्थान शुद्ध हेर्नुपर्छ ।"
आज
ऊ पनि स्थान हेर्दै थियो ।
तर
पूजा होइन ।
हिसाबका
लागि ।
कम्पनीका
वित्त प्रमुख शम्भु मुस्कुराउँदै आए ।
"स्वागत
छ, सर ।"
"धन्यवाद
।"
"पहिलोपटक
हाम्रो फिल्डमा ?"
"हो
।"
शम्भुले
सहज स्वरमा भने—
"चिन्ता
नगर्नुस् । सबै मिलाइदिन्छौँ ।"
अजितले
त्यो वाक्य सामान्य रूपमा लियो । केही समयपछि त्यसको अर्थ खुल्दै गयो । स्टक गणना
सुरु भयो ।
कागजमा
लेखिएको संख्या ।
गोदाममा
राखिएको माल ।
कतै
मिल्यो ।
कतै
मिलेन ।
अजितले
नोटबुकमा टिप्दै गयो ।
"यो
फरक किन ?"
शम्भुले
हाँस्दै उत्तर दिए—
"सानोतिनो
कुरा हो ।"
"कागज
सच्याउनु पर्छ ।"
"त्यसैका
लागि त तपाईं हुनुहुन्छ ।"
अजित
चुप रह्यो । दिउँसो कार्यालयको एउटा सानो कोठामा चिया आयो । चिया सकिन नपाउँदै
शम्भुले ढोका बन्द गरे ।
"सर,
एउटा कुरा ।"
"भन्नुस्
।"
"कर
अलिक कम देखाउनुपर्छ ।"
अजितको
हात कपमै रोकियो ।
"कसरी
?"
"तपाईंले
भनेजस्तै ।"
"मैले
?"
"अहिले
त तपाईं हाम्रो मान्छे हो ।"
अजितले
सीधा उत्तर दियो—
"म
अडिटर हुँ ।"
शम्भु
मुस्कुराए ।
"त्यही
त ।"
"अडिटर
भनेको हिसाब जस्तो छ त्यस्तै लेख्ने ।"
"व्यवहार
पनि हुन्छ ।"
त्यो
शब्द फेरि फर्कियो—
व्यवहार
।
उही
शब्द, जुन उसको बाबुले
वर्षौँदेखि दोहोर्याउँदै आएका थिए । शम्भुले टेबलको दराज खोले । एउटा खाम बाहिर
निकालेर बिस्तारै टेबलमा राखे ।
"यात्रा
खर्च ।"
अजितले
खामतिर हेरेन ।
"मेरो
यात्रा खर्च कम्पनीको आधिकारिक बिलमा हुन्छ ।"
"यो
अलग हो ।"
"किन
?"
"सम्झनुस्
।"
"के
सम्झनु ?"
"रिपोर्ट
लेख्दा सजिलो हुन्छ ।"
कोठामा
मौनता छायो । अजितले बिस्तारै खाम शम्भुतिर धकेलिदियो ।
"यो
फिर्ता लिनुस् ।"
शम्भुको
मुस्कान हरायो ।
"सर,
धेरै आदर्शवादी हुनुभयो भने काम गाह्रो
हुन्छ । यहाँको अध्यक्ष ज्ञानु सरले के गर्ने हो तपाईंलाई होश पुर्याउनू !"
अजितको
उत्तर छोटो थियो—
"काम
गाह्रो होस्, हिसाब झुटो नहोस् ।"
बाहिर
निस्कँदा उसले कामदारहरूलाई हेर्यो । कसैले पसिना बगाइरहेको थियो । कसैले बोराहरू
उठाइरहेको थियो ।
उसलाई
लाग्यो—
करको
पैसा यिनको पसिनाबाट सुरु हुन्छ । त्यो बाटोमै हरायो भने देशको हिसाब किन नमिल्ने ?
बेलुका
घर फर्किँदा ऊ असामान्य रूपमा शान्त थियो ।
बिरेन्द्र
कृष्णले सोधे—
"फिल्ड
कस्तो भयो ?"
"सत्य
धेरै देखियो ।"
"रिपोर्ट
?"
"साँचो
लेख्छु ।"
बिरेन्द्र
कृष्ण केही क्षण चुप रहे ।
"सोचेर
।"
"दस
वर्ष सोचें ।"
"व्यवहार
पनि—"
अजितले
बाबुको कुरा बीचमै काटेन ।
तर
यसपटक उत्तर दियो—
"व्यवहारको
नाममा कर छली लेख्दिन ।"
कोठामा
फेरि मौनता बस्यो । त्यो रात उसले प्रतिज्ञापत्र निकाल्यो । यसपटक त्यसमा नयाँ
मिति लेख्यो ।
"आज
पहिलोपटक फिल्डमा गएँ । आज पहिलोपटक कर छलीलाई आफ्नै आँखाले देखेँ । आज पहिलोपटक 'हुँदैन' भन्न डर लागेन ।"
कलम
रोकियो ।
त्यसपछि
अन्तिम लाइन थप्यो—
"यदि
मेरो पेशाले देशको तल्लो रेखा जोगाउन सक्दैन भने मेरो हस्ताक्षरको अर्थ के ?"
झ्यालबाहिर
बिहान हुन थालेको थियो । उता देशभर अर्को आवाज पनि उठ्न थालेको थियो । युवा सडकमा
निस्कँदै थिए । एउटा नयाँ आन्दोलन जन्मिँदै थियो ।
र
त्यस आन्दोलनको एउटा सरल माग थियो—
"कम्तीमा
एउटा भ्रष्टाचार त हटोस् ।"
अजितलाई
लाग्यो—
उसको
व्यक्तिगत प्रतिज्ञा र सडकको नाराबीच कुनै अदृश्य धागो जोडिएको छ ।
अब
उसको निर्णय केवल व्यक्तिगत रहने थिएन ।
त्यो
देशको बटमलाइन सँग गाँसिन लागेको थियो ।
१७
: "बटमलाइन"
"हरेक
हिसाबको अन्तिम रेखा हुन्छ । देशको पनि एउटा बटमलाइन हुन्छ—त्यो रेखा तल झरेपछि
अंक मिल्छन्, जीवन बिग्रन्छ ।"
फिल्डवर्कबाट
फर्केको रात अजितले पहिलोपटक शान्त निद्रा पाएन । औषधि खाएको थियो, तर यसपटक सपनामा पुष्पा सिनेमाको सोफा
आएन । सपनामा एउटा ठूलो ब्यालेन्स सिट आयो ।
बायाँपट्टि
लेखिएको थियो—जनताको कर ।
दायाँपट्टि—हराएको
विश्वास ।
समानान्तर
भइरहेको थिएन ।
बीचको
रेखा मिलिरहेको थिएन ।
बिहान
उठ्दा उसले झ्याल खोलेर बाहिर हे¥यो
। बजारतिर असामान्य हलचल थियो । चियापसलमा रेडियो ठूलो आवाजमा बजिरहेको थियो ।
युवाहरूको समूह सडकतिर जाँदै थियो । कसैको हातमा प्लेकार्ड थियो, कसैको काँधमा झोला, कसैको आँखामा निद्राभन्दा ठूलो जागरण ।
"के
भयो ?" उसले बाटो हिँडिरहेका
एउटा युवकलाई सोध्यो ।
युवकले
छोटो उत्तर दियो—
"जेन्जी
आन्दोलन ।"
"माग
के हो ?"
युवकले
प्लेकार्ड उठाएर देखायो ।
"कम्तीमा
एउटा भ्रष्टाचार त हटोस् ।"
अजित
केही बेर त्यहीँ उभिरह्यो । उसलाई लाग्यो—कसैले उसको प्रतिज्ञापत्र सडकमा टाँसेको
छ । चियापसलमा पुरानै बहस सुरु थियो ।
"फेरि
सरकार बदलिन्छ ।"
"बदलियो
भने के हुन्छ ?"
"यसपालि
युवाहरू छन् ।"
कसैले
व्यंग्य गर्यो—
"पहिले
पनि धेरै आए ।"
अजित
चुपचाप चिया पिइरह्यो ।
बिरेन्द्र
कृष्णको पुरानो वाक्य कानमा बज्यो—
"व्यवस्था
कागज फेरिएर बदलिँदैन ।"
आज
त्यो वाक्यसँग ऊ पूर्ण असहमत पनि थिएन । तर पूर्ण सहमत पनि थिएन । उता उसले
फिल्डवर्क गरेको कम्पनीबाट फोन आयो। शम्भुको स्वर पहिलेभन्दा कडा थियो।
"ज्ञानु सर कराइसक्यो । सर,
रिपोर्ट तयार भयो ?"
"हुँदैछ
।"
"एउटा
कुरा सम्झाउन फोन गरेको ।"
"के
?"
"त्यो
स्टकको फरक..."
"रिपोर्टमा
जान्छ ।"
"त्यसो
नगरौँ ।"
"किन
?"
"सबैलाई
सजिलो हुन्छ ।"
फेरि
उही शब्द—
सजिलो
।
अजितले
पहिलोपटक बिनाहिचकिचाहट उत्तर दियो—
"सजिलो
र सही एउटै कुरा होइन ।"
फोनको
अर्को छेउ केही क्षण मौन रह्यो ।
"अनि
हाम्रो काम ?"
"काम
सत्यअनुसार हुन्छ ।"
फोन
काटियो । साँझ घरमा फेरि बाबु-छोराको संवाद भयो । बिरेन्द्र कृष्णले खबर हेर्दै
थिए । पर्दामा आन्दोलनको दृश्य देखिँदै थियो ।
"देश
फेरि तात्यो ।"
अजितले
शान्त स्वरमा भन्यो—
"तातिनु
मात्रै होइन, केही त बदलिनुपर्छ ।"
"के
?"
"कम्तीमा
कर छली ।"
बिरेन्द्र
कृष्णले टिभी बन्द गरे ।
"तिमीलाई
लाग्छ, एउटा कुरा रोक्दा देश
बदलिन्छ ?"
"एउटा
हिसाब ठीक भए अर्को ठीक गर्न सकिन्छ ।"
"जीवन
यति सीधा हुँदैन । पहिले तिमी बच्चाबेलाको ब्राम्हण दक्षिणा कहाँबाट आएको ताहा भयो
हैन ?"
झल्याँस्स
हुँदै अजित मुस्कुरायो । फेरि कन्चटमा हात बेस्करी मुसार्दै ।
"हिसाब
पनि सुरुमा सीधा हुँदैन ।"
"अनि
?"
"ट्रायल
ब्यालेन्स मिलाउँदै जानुपर्छ ।"
त्यो
उत्तर सुनेर बिरेन्द्र कृष्ण केही क्षण निःशब्द भए । राति अजितले आफ्नो पुरानो
कागज फेरि खोले ।
व्यक्तिगत
ब्यालेन्स सिट ।
छेउमा
अर्को नयाँ पाना राख्यो ।
माथि
लेख्यो—
"देशको
बटमलाइन"
·
कर
उठ्छ ।
·
बीचमा
हराउँछ ।
·
सेवा
अधुरो हुन्छ ।
·
जनता
फेरि कर तिर्छ ।
अन्तिममा
ठूलो अक्षरमा लेख्यो—
"यदि
एउटा कर छली रोकियो भने, एउटा
विद्यालय बन्न सक्छ । एउटा अस्पताल बच्न सक्छ । एउटा विश्वास फर्किन सक्छ ।"
उसले
कलम राख्यो । उसलाई पहिलोपटक लाग्यो—उसको लडाइँ केवल आफ्नै पारिश्रमिकको लागि होइन
। त्यो तल्लो रेखाको लागि हो, जहाँ
देशको हिसाब मिल्न सुरु हुन्छ । बाहिर आन्दोलनको नारा अझै सुनिन्थ्यो ।
"भ्रष्टाचार
अन्त्य गर !"
"उत्तरदायित्व
चाहिन्छ !"
अजित
बरन्डामा उभिएर युवाहरूलाई टाढाबाट हेरिरह्यो । उनीहरूका अनुहारमा उसले आफ्नै युवावस्थाको
जिद्दी देख्यो । जनै लगाएको तेह्र वर्षको बालक । डायरी समातेर पुस्तकको सपना
देखेको किशोर । लेजरको जंगलमा हराएको अडिटर । सबै एउटै मानिस थिए । अखिर यी सबैमा भ्रष्टाचारले गाँजेको मानिस ।
त्यही
रात उसले एउटा अन्तिम वाक्य लेख्यो—
"मेरो
हस्ताक्षर सानो होला, तर
झुटो भए त्यसले देशको तल्लो रेखा काट्छ ।"
झ्यालबाहिर
बिहानको पहिलो किरण देखा पर्यो । उता देशमा नयाँ आशाको कुरा भइरहेको थियो । यता
अजितको घरभित्र अर्को समय नजिकिँदै थियो ।
१८:
"माफी"
— सबैभन्दा
भावनात्मक भाग
"कहिलेकाहीँ
जीवनभर खोजेको एउटा शब्द अन्तिम सासमा आउँछ । तर समयले त्यो शब्द पूरा हुन दिँदैन ।
अनि अधुरो वाक्य नै मानिसको जीवनभरको प्रतिध्वनि बन्छ ।"
जेन्जी
आन्दोलनको नारा अझै सडकमा गुञ्जिरहेको थियो । टेलिभिजनमा नयाँ सरकार, नयाँ घोषणा र नयाँ आशाका बहस चलिरहेका
थिए । बजारमा मानिसहरू भन्थे—"यसपालि केही फरक होला ।"
तर
अजितको घरमा अर्को समय सुरु भएको थियो । त्यहाँ अब राजनीति थिएन । त्यहाँ
अस्पतालको गन्ध थियो । पहिलो खबर बाबुको आयो ।
बिरेन्द्र
कृष्ण अचानक बिरामी परे । अस्पताल पुर्याइए । केही घण्टामै आईसीयूमा सारियो ।
अस्पतालको ढोकामा उभिँदा अजितलाई पहिलोपटक आफ्नो बाबु असाध्यै सानो देखिए ।
त्यो
मानिस, जसले जीवनभर कसैसँग
झुक्न मानेन, अहिले मेसिनको आवाजमा
सास गनिरहेको थियो ।
बिप...
बिप... बिप...
मेसिनको
त्यो लय उसलाई क्यालकुलेटरको आवाजभन्दा धेरै कठोर लाग्यो ।
डाक्टरले
छोटो कुरा गरे ।
"बोल्न
सक्ने बेला सीमित छ ।"
अजित
आईसीयूभित्र पस्यो ।
बिरेन्द्र
कृष्णले आँखाले चिन्ने प्रयास गरे । बिस्तारै हात उठाए । त्यो हात पहिले जस्तो
बलियो थिएन । त्यो हातले कहिले डायरी खोसेको थियो । त्यही हातले पुष्पा सिनेमामा
पैसा गनेको थियो । त्यही हातले साइकल चलाएर अफिस गएको थियो । अजितले त्यो हात
समात्यो । बिरेन्द्र कृष्णका ओठ काँपे । धेरै बेर शब्द निस्केन ।
अन्ततः
उनी फुसफुसाए—
"अजित..."
"हजुर,
बुबा ।"
"तँलाई..."
फेरि
सास रोकियो ।
अजित
झुक्यो ।
"भन्नुस्
।"
बिरेन्द्र
कृष्णका आँखाबाट आँसु बग्न थाल्यो ।
"तँलाई...
हामीले... धेरै दुःख दिएँ..."
शब्द
बीचैमा अड्कियो ।
उनले
फेरि प्रयास गरे ।
"मा...
फी..."
वाक्य
पूरा भएन । मेसिनको आवाज बदलियो । डाक्टरहरू दौडिए । ढोका बन्द भयो । अजित बाहिर
उभिरह्यो । त्यो "माफी" शब्दको आधा भाग आईसीयूको भित्तामा अड्किएर रह्यो
। बाबुको अन्त्येष्टि सकियो । घरमा मानिसहरूको भीड आयो । संवेदना आयो । मन्त्र आयो
।
विडम्बना
के थियो भने—
आज
बाबुको अन्तिम संस्कारका धेरै विधि अजितलाई कण्ठ थिए ।
तर
उसले ती विधि गर्दा एउटा मन्त्र बारम्बार भित्रैबाट फुटिरहेको थियो—
"किन
यति ढिलो ?"
छ
महिना बित्यो । घर फेरि सामान्य बन्न नपाउँदै अर्को खबर आयो । दुर्गादेवी पनि
बिरामी परिन् । यसपटक पनि अस्पताल । यसपटक पनि आईसीयू । अजितलाई लाग्यो—जीवनले
एउटै अध्याय फेरि दोहोर्याइरहेको छ।
दुर्गादेवीले
छोरालाई देख्नेबित्तिकै मुस्कुराउने प्रयास गरिन् । उनको अनुहारमा वर्षौँको थकान
थियो । त्यो आमा, जसले
पहिलो दक्षिणाले किनिएको नुन सम्झिएकी थिइन् । त्यो आमा, जसले डायरी हराएको दिन छोराको टाउको
सहलाएकी थिइन्। त्यो आमा, जसले
औषधिको गिलास हातमा थमाएकी थिइन् । आज उनीसँग समय धेरै कम थियो ।
उनले
बिस्तारै भनिन्—
"बाबु..."
"हजुर,
आमा ।"
"हामी..."
उनको
स्वर भाँचियो ।
"हामीले..."
अजित
झुक्यो ।
"केही
नभन्नुस् ।"
तर
दुर्गादेवीले जोड गरिन् ।
"तँलाई...
धेरै दुःख..."
आँसु
झरे ।
अन्तिम
शब्द फेरि त्यही थियो—
"माफी..."
र
फेरि—
वाक्य
पूरा भएन । उनको हात बिस्तारै चिसिँदै गयो ।
दुईवटा
आईसीयू ।
छ
महिनाको दूरी ।
दुई
अधुरा वाक्य ।
दुईवटैको
अन्तिम शब्द एउटै ।
"माफी
।"
त्यस
रात अजित घर फर्कियो । घर पहिलोपटक साँच्चै खाली लागेको थियो ।
बिरेन्द्र
कृष्णको कुर्सी खाली ।
दुर्गादेवीको
भान्सा मौन ।
हरिप्रसाद
धेरै पहिले नै संसार छोडिसकेका थिए । अब घरमा आवाज दिने कोही थिएन । उसले पुरानो
दराज खोल्यो । त्यहाँ तीनवटा कागज थिए ।
·
प्रतिज्ञापत्र
।
·
१,५०० कम्पनीको हिसाब ।
·
व्यक्तिगत
ब्यालेन्स सिट ।
उसले
चौथो कागज निकाल्यो ।
माथि
लेख्यो—
"माफीको
हिसाब"
डेबिट
·
हराएको
डायरी ।
·
खोसिएको
बाटो ।
·
दस
वर्षको शून्य ।
·
पुष्पा
सिनेमाको सोफा ।
क्रेडिट
·
बाबुको
अन्तिम माफी ।
·
आमाको
अन्तिम माफी ।
अन्तिममा
उसले लेख्यो—
"यो
हिसाब बराबर भएन । तर आज पहिलोपटक रिसभन्दा करुणा ठूलो भयो ।"
त्यो
लेख्दै गर्दा उसको आँसु कागजमा खस्यो । मसी फैलियो ।
"माफी"
शब्द अलि धमिलो भयो ।
उसलाई
अचानक लाग्यो—
माफी
पनि सायद यही हो । सबै कुरा मेटाउनु होइन । धमिलो भएको घाउसँगै बाँच्न सिक्नु ।
बाहिर
बिहानको उज्यालो फैलिन थालेको थियो । तर घरभित्र अब अर्को अँध्यारो प्रतीक्षा
गरिरहेको थियो ।
सम्पत्ति
थिएन । श्रीमती माइतीमै थिइन् । डायरी अझै आफ्नै हातमा थिएन । औषधि अझै चलिरहेको
थियो ।
र
पेटले हरेक बिहान एउटै प्रश्न सोध्थ्यो—
"आज
छाक कसरी टार्ने ?"
यही
प्रश्नले अब अजितलाई जीवनको अन्तिम र सबैभन्दा कठोर मोडमा पुर्याउन सुरु गरिसकेको
थियो ।
जहाँ
इमान, भोक र देशको भविष्य
एउटै तराजुमा आइसकेको थियो ।
१९:
"फर्किन नसकेको घर"
"घर
कहिलेकाहीँ भत्किँदैन । मानिसहरू बिस्तारै बाहिरिँदै जान्छन्, अनि अन्त्यमा भित्ताहरू मात्र घर भएर
बसिरहन्छन् ।"
आमा-बाबुको
अन्तिम संस्कार सकिएको धेरै दिन भइसकेको थियो । संवेदना दिन आएका मानिसहरू आ-आफ्नो
जीवनमा फर्किसकेका थिए । आँगनमा पहिलेझैँ तुलसी थियो, भित्तामा पहिलेझैँ घडी थियो, बरन्डामा पहिलेझैँ कुर्सी थियो । तर ती
सबै वस्तुहरूमा मानिसको स्पर्श हराइसकेको थियो ।
अजितले
पहिलोपटक महसुस गर्यो—घर खाली हुनु भनेको कोठा खाली हुनु होइन, आवाज हराउनु रहेछ । बिहान उठ्दा कसैले
चिया बोलाउँदैनथ्यो । साँझ पर्दा कसैले ढोका हेर्दैनथ्यो । र राति औषधि खाने समय
सम्झाइदिने स्वर पनि बिस्तारै स्मृतिमा सीमित हुन थालेको थियो । १३ वर्षमा अचाक्ली
कमाएर घर समालेको भन्ठान्थ्यो, अचानक ऊ कराउन थाल्यो, धैत् बाबुको करतूत पो रहेछ
त्यो ।
श्रीमती
माया माइती गएकी धेरै समय भइसकेको थियो । सुरुमा उनले "केही दिन" भनेकी
थिइन् । पछि "अहिले फर्कन गाह्रो छ" भनिन् । त्यसपछि फोन कम हुँदै गयो ।
अन्ततः मौनता नै संवाद बन्यो । अजितले धेरैपटक फोन उठाएर नम्बर हेर्थ्यो । डायल
गर्दैनथ्यो ।
किनकि
उसलाई लाग्थ्यो—जबरजस्ती फर्काइएको सम्बन्ध पनि कर छलीजस्तै हुन्छ; बाहिरबाट मिलेको देखिन्छ, भित्रबाट खाली हुन्छ । एक दिन उसले
आफ्नो कोठा सफा गर्न थाल्यो ।
पुराना
कागज ।
लेजरका
प्रतिलिपि ।
फापनल
अडिटका क्लिप गरिएका छरपस्ट कागजहरू ।
सीएका
नोटहरू ।
औषधिका
खाली स्ट्रिपहरू ।
अचानक
एउटा पुरानो पूजा थाली भेटियो । थालीभित्र सानो जनैको धागो थियो । उसले त्यो धागो
हातमा समात्यो ।
एक्कासि
तेह्र वर्षको बालक उसको आँखाअघि उभियो ।
जनै
।
हजुरबुबाको
स्वर ।
कालो
जिल्लाको डायरी ।
"तेरो
डायरीले हामी सबैलाई धेरै सहयोग भो" भन्ने बाबुको स्वर ।
पहिलो
दक्षिणा ।
सबै
स्मृति एउटै क्षणमा फर्किए ।
उसले
मनमनै भन्यो—
"डायरी
त छैन ।"
अनि
अर्को आवाज आयो—
"वा
छ, तर मेरो हातमा छैन ।"
त्यसै
क्षण बाबुको एउटा पुरानो वाक्य पनि सम्झियो ।
"तँसँग
त काम छ । काम जानेको छस् । डायरी नलिई बस ।"
त्यतिबेला
त्यो वाक्य आदेश जस्तो लागेको थियो । आज त्यो धम्की जस्तो सुनियो । उसले धेरै बेर
त्यो वाक्यको अर्थ खोज्यो ।
के
बाबुले साँच्चै आफूलाई त्यो बाटोबाट अलग राख्न खोजेका थिए ?
कि
आफ्नै डरको बन्दी भएका थिए ?
उत्तर
अझै भेटिएन । जीवनको व्यावहारिक प्रश्न भने कुनै दर्शनले टार्थेन ।
भाडा
।
खाना
।
औषधि
।
बिजुली
।
उसले
क्यालकुलेटर उठायो ।
आम्दानी—लगभग
शून्य ।
खर्च—रोकिँदैन
।
त्यो
क्यालकुलेटरले यसपटक ट्रायल ब्यालेन्स होइन, भोकको हिसाब देखाइरहेको थियो । काम
खोज्ने प्रयास पनि गर्यो । कतै पुराना ग्राहक भेटे ।
"सर,
अहिले त अर्कैसँग काम हुन्छ ।"
कतै
चिनेजानेका मानिसले भने—
"तपाईं
धेरै नियमको कुरा गर्नुहुन्छ ।"
कतै
कसैले सिधै सोध्यो—
"कर
मिलाइदिनुहुन्छ ?"
अजित
केही क्षण मौन रहन्थ्यो ।
त्यसपछि
एउटै उत्तर दिन्थ्यो—
"साँचो
हिसाब मिलाउँछु ।"
धेरैजसो
त्यहीँ कुरामा सकिन्थ्यो । औषधि भने अझै चलिरहेको थियो ।
डाक्टरले
भनेका थिए—
"अहिले
एक्कासि नछोड्नुहोस् ।"
अजितले
पनि जबरजस्ती छोडेन । किनकि उसलाई थाहा थियो—निद्रा नआउँदा मानिसको निर्णय पनि
धमिलो हुन सक्छ ।
तर
प्रत्येक रात औषधि खानुअघि ऊ आफैँसँग एउटा प्रश्न गर्थ्यो—
"म
निद्राका लागि औषधि खाइरहेको छु कि बाँच्नका लागि ?"
यही
बेला देशमा जेन्जी आन्दोलनको एक वर्ष पूरा भयो ।
टेलिभिजनमा
समीक्षा चलिरहेको थियो ।
"के
परिवर्तन आयो ?"
"कति
पूरा भयो ?"
"कति
बाँकी छ ?"
अजित
बरन्डामा बसेर ती बहस सुन्थ्यो । उसलाई माओवादी जनयुद्धपछि गरिएको ठूलो वाचा
सम्झना आयो । राजतन्त्र हटेपछि नयाँ युग आउने भनिएको थियो । अहिले फेरि भ्रष्टाचार
हटाउने बटमलाइनको कुरा भइरहेको थियो ।
उसले
कसैलाई दोष दिनुभन्दा पहिले एउटा कुरा महसुस गर्यो—
कागजमा
परिवर्तन छिटो हुन्छ ।
बानीमा
ढिलो ।
बजारमा
अर्को दृश्य पनि उस्तै थियो । बीचका दलाल अझै थिए ।
उत्पादन
गर्नेको मूल्य एउटा ।
बेच्नेको
अर्को ।
कर
छल्नेका उपाय नयाँ ।
सिधा
काम गर्नेको बाटो अझै साँघुरो ।
अजितले
मनमनै सोध्यो—
"यथास्थिति
साँच्चै टुटेको छ त ?"
उत्तर
हावाले दिएन । त्यो रात उसले पुरानो प्रतिज्ञापत्र फेरि पढ्यो । कलम उठायो । धेरै
बेर केही लेखेन ।
अन्ततः
एउटै वाक्य थप्यो—
"सबैभन्दा
ठूलो परीक्षा भोक लागेको बेला इमान बचाउनु हो ।"
त्यो
लेखिसकेपछि उसले झ्यालबाहिर हे¥यो
। आकाशमा बिहानको पहिलो तारा मेटिँदै थियो ।
उसलाई
थाहा थियो—
अब
ऊ अन्तिम घुम्तीमा आइपुगेको छ ।
यहाँबाट
दुई बाटा देखिन्छन् ।
एउटा—पापी
पेटका लागि कर छल्ने पुरानै बाटो ।
अर्को—खाली
हात भए पनि अन्तःकरण जोगाउने कठिन बाटो ।
र
त्यही मोडमा उसको व्यक्तिगत कथा देशको कथासँग पूर्ण रूपमा मन्थन भइरहेको थियो ।
किनकि
अन्तिम प्रश्न अब केवल अजितको रहने छैन ।
अन्तिम
प्रश्न हुनेछ—
"देशको
बटमलाइन कहाँ कोरिन्छ ?"
२०: “अलमल्लमा छ देश”
— महाचरमोत्कर्ष
तथा समापन
“जब पेट र सिद्धान्त एउटै तराजुमा राखिन्छन्, मानिसले मात्र होइन—पूरै देशले आफ्नो
वास्तविक तौल थाहा पाउँछ ।”
बिहान
भइसकेको थियो । तर अजितको घरमा बिहान आएको थिएन । झ्यालबाट घाम पसेको थियो,
आँगनको तुलसीमा शीतका थोपा चम्किरहेका
थिए, सडकमा मानिसहरू
आ–आफ्नो काममा दौडिरहेका थिए । संसार चलिरहेको थियो ।
उसको
संसार भने एउटा प्रश्नमा अड्किएको थियो—
अब
के गर्ने ?
टेबलमा
तीनवटा वस्तु थिए ।
एउटा
क्यालकुलेटर ।
एउटा
औषधिको डिब्बा ।
र
एउटा खाली कागज ।
क्यालकुलेटरले
जीवनभर अरूको हिसाब मिलाएको थियो । औषधिले उसको रातलाई निद्रा दिएको थियो । खाली कागजले
भने आज पहिलोपटक उसलाई आफ्नै भविष्य लेख्न बोलाइरहेको थियो ।
उसले
भान्साको दराज खोलेर हे¥यो
। चामल थोरै थियो । दाल झन्डै सकिएको । तेलको बोतलको पिँध देखिन थालेको । ग्यास
सिलिन्डर खाली । उसले केही क्षण त्यो खाली सिलिन्डरतिर हेरिरह्यो ।
उसलाई
लाग्यो—
खाली
सिलिन्डर, खाली
बैंक खाता र खाली घर—तीनवटैको आवाज एउटै हुँदो रहेछ ।
उसले
चुलो बाल्न खोज्यो । ग्यास आएन । काठ खोज्यो । दुईवटा साना टुक्रा मात्र भेटिए । उसले
आगो बाल्यो । धुवाँले आँखा पोल्यो ।
त्यो
धुवाँसँगै उसको मनमा अर्को प्रश्न उठ्यो—
“के यही हो मेरो चालीस वर्षको अन्तिम परिणाम ?”
अचानक
उसको नजर क्यालकुलेटरमा गयो ।
उसले
फेरि हिसाब गर्न थाल्यो ।
४१
वर्ष अडिट ।
१,५०० कम्पनी ।
असंख्य
लेजर ।
असंख्य
ब्यालेन्स सिट ।
अनगिन्ती
हस्ताक्षर ।
तर
व्यक्तिगत आम्दानी—
लगभग
शून्य ।
उसले
कागजमा ठूलो अक्षरमा लेख्यो—
“१,५०० कम्पनीको हिसाब मिल्यो ।
तर मेरो जीवनको हिसाब
किन मिलेन ?”
त्यसपछि
कलम रोकियो ।
त्यही
बेला ढोकामा कसैले ढकढक गर्यो । अजितले ढोका खोल्यो । अगाडि एउटा युवक उभिएको
थियो । उनीहरूले पहिलेको फिल्डवर्कमा भेटेका थिए ।
नाम
थियो—निश्चल ।
त्यो
युवा आन्दोलनका क्रममा सडकमा देखिएको पुस्ताको प्रतिनिधि थियो ।
उसले
भन्यो—
“सर,
एउटा कुरा सोध्न आएको ।”
“भन
।”
“हामीले
आन्दोलनमा भ्रष्टाचार हटाउने कुरा गर्यौँ । सरकार फेरियो । नारा फेरियो । भाषण
फेरियो । तर तपाईंले भनेजस्तो हिसाब साँच्चै मिल्यो त ?”
अजितले
केही क्षण उसलाई हेरे ।
“तिमी
मलाई सोध्न आएका हौ कि आफैँलाई ?”
निश्चल
मुस्कुराएन ।
“दुवैलाई
।”
अजितले
उसलाई भित्र बोलायो । टेबलमा रहेको कागज देखायो ।
“देशको
हिसाब बनाउन खोज्दैछु ।”
निश्चलले
कागज पढ्यो ।
“यहाँ
त तपाईंको व्यक्तिगत हिसाब छ ।”
“देश
पनि मानिसहरूबाटै बनेको हो ।”
दुवै
केही बेर मौन बसे ।
अजितले
विस्तारै भन्यो—
“हामीले
परिवर्तनलाई धेरैपटक कागजमा खोज्यौँ ।”
“अनि
?”
“कागज
फेरियो ।”
“बानी
?”
अजित
चुप भयो ।
निश्चलले
फेरि सोध्यो—
“व्यवस्था
?”
अजितले
झ्यालबाहिर हे¥यो
।
“व्यवस्था
बदल्नु र व्यवहार बदल्नु एउटै कुरा होइन ।”
निश्चलले
टेबलमा रहेको क्यालकुलेटर उठायो ।
“त्यसो
भए बटमलाइन कहाँ हो ?”
अजितले
क्यालकुलेटर उसको हातबाट लिएर बन्द गर्यो ।
“जहाँबाट
मानिसले गलत हिसाबलाई सामान्य मान्न छोड्छ ।”
त्यो
वाक्य बोलेपछि अजित अचानक रोकियो । उसको मनमा बाबुको अनुहार आयो । क्रान्तिकारी
बाबु । भ्रष्टाचारसँग सम्झौता नगर्ने कर्मचारी । तर नक्कली साबित भयो ।
त्यसपछि
अर्को चित्र—
धार्मिक
कर्मकाण्ड ।
दक्षिणा
।
पुष्पा
सिनेमाको सोफा ।
नोटका
थुप्रा ।
र
अन्तिममा आईसीयू ।
“तँलाई
हामीले धेरै दुःख दियौँ… माफी…”
वाक्य
अधुरो ।
आमाको
पनि त्यही अधुरो वाक्य ।
दुईवटा
माफी ।
दुईवटा
मृत्यु ।
एउटा
डायरी ।
र
एउटा जीवन।
अजितको
आँखाबाट आँसु झ¥यो
।
उसले
अचानक दराजको सबैभन्दा तल हात पु¥यायो
। त्यहाँ एउटा पुरानो कपडाको पोको थियो ।
उसले
खोलेर हेर्यो ।
त्यसभित्र—
जनै
।
सानो
पूजा थाली ।
पुरानो
कलम ।
र
एउटा कागजको टुक्रा ।
कागजको
अक्षर उसले तुरुन्तै चिने ।
त्यो
हजुरबुबाको लेखाइ थियो । पूरै डायरी थिएन । डायरीको एउटा मात्र फाटेको पाना थियो ।
उसले काँपेको हातले त्यो पाना खोल्यो । त्यहाँ केही विधि लेखिएको थियो ।
उसले
मनमनै सोच्यो बिचरा हजुरबुबा ! सप्ताहबाट मनग्गे कमाएको भन्थे तर समानान्तरमा
क्रान्तिकारी भनाउँदो बाबुको क्रियाकलाप सँगै थियो ।
तल
हजुरबुबाको आफ्नै अक्षरमा एउटा वाक्य थियो—
“विधि मानिसका लागि हो; मानिस विधिका लागि होइन ।”
अजित
लामो समयसम्म त्यो वाक्य हेरिरह्यो ।
उसलाई
लाग्यो—
हजुरबुबाले
केवल पूजा सिकाएका थिएनन् । उनीहरूले विधिको अर्थ सिकाएका रहेछन् । धर्मको
उद्देश्य मानिसलाई बाँध्नु होइन, सही
कामतिर लैजानु रहेछ । तर भक्तहरू पनि कस्ता कस्ता !!
अडिटको
उद्देश्य पनि त्यही हो ।
हिसाबको
उद्देश्य पैसा लुकाउनु होइन, सत्य
देखाउनु हो । तर सबै कम्पनी त्यसको बिपरीत ।
निश्चलले
सोध्यो—
“अब
के गर्नुहुन्छ ?”
अजितले
उत्तर दिएन । उसले आफ्नो कागज पल्टायो । अर्को पाना खोल्यो ।
माथि
लेख्यो—
“नयाँ हिसाब”
पहिलो
बुँदा—
कर
छली नगर्ने ।
दोस्रो—
झुटो
हिसाबमा हस्ताक्षर नगर्ने ।
तेस्रो—
आफ्नो
श्रमको पारिश्रमिक माग्ने ।
चौथो—
अरूलाई
पनि हिसाब बुझ्न सिकाउने ।
र
अन्तिममा—
“भ्रष्टाचार हटाउने जिम्मा केवल सरकारको
होइन; गलत
हिसाबलाई स्वीकार नगर्ने हरेक मानिसको हो ।”
"एटलिस्ट
त्यो अध्यक्ष ज्ञानुलाई चाहिँ फिल्ड वर्क गरेर कारवाही गरिनुपर्ने ।"
उसले
कलम राख्यो ।
तर
समस्या त्यहीं सकिएन ।
अजितको
पेटले फेरि सम्झायो—
खाना
चाहिन्छ ।
आदर्शले
भात पकाउँदैन ।
सत्यले
औषधि किन्दैन ।
इमानले
घरभाडा तिर्दैन ।
उसले
निश्चलतिर हे¥यो ।
“तर
एउटा कुरा अझै बाँकी छ ।”
“के
?”
“म
पनि मानिस हुँ ।”
“अनि
?”
“मलाई
पनि बाँच्नुपर्छ ।”
निश्चलले
टाउको हल्लायो ।
“त्यसैले
त हामीले नयाँ हिसाब बनाउनुपर्छ ।”
त्यो
दिन अजितले एउटा सानो निर्णय गर्यो । उसले आफ्नै नाममा सानो अडिट तथा लेखा
परामर्श सेवा सुरु गर्ने भयो ।
ठूलो
कार्यालय होइन ।
महँगो
फर्निचर होइन ।
सुरुमा
एउटा टेबल ।
दुईवटा
कुर्सी ।
एउटा
कम्प्युटर ।
र
भित्तामा एउटा कागज—
“यहाँ हिसाब मिलाइन्छ; कर छली मिलाइँदैन ।”
उसले
त्यो वाक्य लेखेर आफैँ मुस्कुरायो । चालीस वर्षपछि पहिलोपटक उसको नाममा कामको ढोका
खुल्दै थियो ।
उसलाई अब आहने
पहिलो ग्राहक उसको जीबनको पहिलो फाइनल एकाउन्ट हुनेछ ।
केही
दिनमै पहिलो ग्राहक आयो ।
सानो
पसल ।
व्यवसायीले
फाइल राख्दै भन्यो—
“सर,
कर अलिक कम देखाइदिनुपर्छ ।”
अजित
केही क्षण उसलाई हेरेर मुस्कुरायो ।
“तपाईंलाई
कर कम तिर्न मन लागेको हो कि कर छल्न ?”
व्यवसायी
अलमलियो ।
“फरक
के हो ?”
अजितले
कुर्सी अगाडि सार्दै भन्यो—
“फरक
यही हो—कानुनभित्रको सुविधा र कानुनबाहिरको छल एउटै कुरा होइन ।”
व्यवसायी
चुप भयो ।
अजितले
फाइल खोल्यो ।
“बस्नुस्
। पहिले तपाईंको वास्तविक हिसाब हेरौँ ।”
त्यो
दिन पहिलोपटक उसले आफ्नो श्रमको उचित पारिश्रमिक माग्यो ।
सानो
रकम थियो । तर उसले त्यो रकम हातमा लिँदा आँखामा आँसु आयो ।
यो
केवल पैसा थिएन ।
यो
४१ वर्षपछि आएको आफ्नो श्रमको पहिलो स्वीकृति थियो ।
साँझ
उसले आमाबाबुको फोटोअगाडि दियो बाल्यो ।
“बाबु…”
उसको
आवाज भाँचियो ।
“तपाईंले
मलाई धेरै कुरा सिकाउनुभयो ।”
उसले
केही क्षण मौन भएर फोटो हेर्यो ।
“तर
म तपाईंले अधुरो छोडेको एउटा कुरा पूरा गर्छु ।”
आमाको
फोटो हे¥यो ।
“तपाईंले
मागेको माफी मैले स्वीकार गरेँ ।”
उसले
आँसु पुछ्यो ।
“अब
तपाईंहरूले आफूलाई दोष नदिनुस् ।”
बाहिर
सडकमा फेरि नाराहरू सुनिए । सरकारका नयाँ घोषणा थिए । पुराना दलहरू आफ्ना व्याख्या
दिइरहेका थिए । नयाँ पुस्ता आफ्नो भविष्य खोजिरहेको थियो ।
व्यापारी
आफ्नो व्यापार ।
किसान
आफ्नो मूल्य ।
कर्मचारी
आफ्नो तलब ।
गरिब
आफ्नो छाक ।
सबैको
आफ्नै हिसाब थियो ।
तर
देशको ठूलो हिसाब अझै खुला थियो ।
अजितले
आफ्नो पुरानो व्यक्तिगत ब्यालेन्स सिट निकाल्यो ।
त्यसमा
लेखिएको थियो—
सम्पत्ति—ज्ञान
।
दायित्व—पीडा
।
नगद—शून्य
।
उसले
तल एउटा नयाँ लाइन थप्यो—
“अन्तःकरण—अझै बाँकी ।”
त्यसपछि
अर्को—
“आशा—अझै बाँकी ।”
उसले
कागज मोडेर सुरक्षित राख्यो ।
राति
सुत्नुअघि उसले औषधिको डिब्बा हातमा लियो । डाक्टरले दिएको उपचारलाई आफ्नो मनले
सम्झियो । उसले औषधि तोकिएको तरिकाले लियो । त्यसपछि बत्ती निभायो ।
आज
पुष्पा सिनेमाको सोफा सपनामा आएन । नोटका थुप्रा आएनन् । डायरी खोसिएको रात आएन ।
आईसीयूको
अधुरो “माफी” पनि आएन ।
सपनामा
एउटा मात्र दृश्य आयो—
हजुरबुबा
ठूलो डायरी खोलेर बसिरहेका छन् ।
अजित
छेउमा बसेको छ ।
हजुरबुबाले
डायरी उसको हातमा दिँदैछन्।
“अब
तिमी लेख ।”
अजितले
सोध्यो—
“के
लेखूँ ?”
हजुरबुबा
मुस्कुराए ।
“जुन
हिसाब मानिसले बिर्सन खोज्छ, त्यही
लेख ।”
बिहान
ऊ उठ्यो । झ्याल खोलेर बाहिर हे¥यो
। आकाश सफा थियो । सहर जाग्दै थियो ।
तर
उसको मनमा एउटा वाक्य गुञ्जिरहेको थियो—
“देश परिवर्तन भएको हो कि केवल देशको
कागज ?”
उसले
त्यसको उत्तर आफैँले दिएन ।
किनकि
त्यो उत्तर कुनै एक व्यक्ति, एक
दल, एक सरकार, एक आन्दोलन वा एक पुस्ताले मात्र दिन
सक्दैन ।
उत्तर
प्रत्येक नागरिकको व्यवहारमा लेखिनुपर्ने थियो ।
कर
तिर्ने बेलामा ।
बिल
काट्ने बेलामा ।
घुस
अस्वीकार गर्ने बेलामा ।
नक्कली
हिसाब बनाउन दबाब दिइँदा ।
सरकारी
पैसा आफ्नो पैसा होइन भनेर सम्झिँदा ।
र
सबैभन्दा ठूलो कुरा—
गलत
कामलाई ‘सबैले गर्छन्’ भनेर सामान्य नमान्दा ।
अजितले
ढोकामा नयाँ बोर्ड झुन्ड्यायो ।
त्यसमा
लेखिएको थियो—
“हिसाब सफा राखौँ ।”
तल
सानो अक्षरमा—
“देशको बटमलाइन नागरिकको अन्तःकरणबाट
सुरु हुन्छ ।”
ऊ
भित्र फर्कियो । टेबलमा पहिलो फाइल पर्खिरहेको थियो । उसले फाइल खोल्यो । क्यालकुलेटर
उठायो । तर यसपटक उसको हातमा क्यालकुलेटर मात्र थिएन ।
उसको
साथमा थियो—
हजुरबुबाको
अधुरो डायरी ।
बाबुको
अधुरो माफी ।
आमाको
अधुरो आँसु ।
१,५०० कम्पनीको अनुभव ।
४१
वर्षको ग्लानी ।
र
एउटा सानो तर अडिग निर्णय—
“म हिसाब मिलाउँछु, सत्य नमिलाउने ।”
बाहिर
देश अझै बहस गरिरहेको थियो । कसैले परिवर्तन भयो भनिरहेको थियो । कसैले भएन
भनिरहेको थियो । कसैले नयाँ युग आयो भनिरहेको थियो ।
कसैले
पुरानै कथा दोहोरियो भनिरहेको थियो । अजितले ती कुनै निष्कर्षलाई आफ्नो निष्कर्ष
बनाएन ।
उसले
केवल आफ्नो फाइलको पहिलो पाना खोल्यो ।
र
लेख्यो—
“वास्तविक आम्दानी—यति ।”
“वास्तविक
खर्च—यति ।”
“वास्तविक
कर—यति ।”
त्यसपछि
उसले हस्ताक्षर गर्यो । मसी सुक्दै गयो । त्यो सानो हस्ताक्षरको छेउमा एउटा ठूलो
देश उभिएको थियो ।
देश
अझै अलमल्लमा थियो ।
तर
कम्तीमा—
अजित
अब अलमल्लमा थिएन ।
किनकि
उसले बुझिसकेको थियो—
परिवर्तन
सधैँ सिंहदरबारबाट सुरु हुँदैन ।
कहिलेकाहीँ त्यो एउटा
सानो टेबलमा बसेर बनाइएको सफा हिसाबबाट सुरु हुन्छ ।
र
देशको सबैभन्दा ठूलो बटमलाइन पनि सायद यही हो—
“कागजमा परिवर्तन लेख्न सजिलो छ;
आफ्नो व्यवहारमा
परिवर्तन लेख्न गाह्रो ।
जबसम्म दोस्रो हिसाब
मिल्दैन,
पहिलो हिसाबले देश
मिलेको प्रमाण दिँदैन ।”
अजितले
झ्यालबाट बाहिर हे¥यो
। सहर चलिरहेको थियो । देश चलिरहेको थियो । इतिहास पनि चलिरहेको थियो ।
तर
प्रश्न अझै बाँकी थियो—
“हामीले साँच्चै परिवर्तन गर्यौँ,
कि परिवर्तनको नाममा
केवल अर्को कागज थप्यौँ ?”
हावाले
उसको टेबलमा राखेको खाली पाना पल्टाइदियो । त्यो पानामा कुनै उत्तर थिएन ।
केवल
शीर्षक थियो—
“अर्को पुस्ताको हिसाब ।”
अजितले
कलम उठायो ।
र
कथा त्यहीँ सकिएन ।
किनकि
देशको हिसाब अझै जारी थियो ।
— समाप्त —
२०८३ असोज १२
बिजु सुवेदी विजय
Comments
Post a Comment