#देश मै गरौँ जागरण पिपुल्समुभमेन्टअफवल्र्ड
#देश मै गरौँ जागरण पिपुल्समुभमेन्टअफवल्र्ड
“रगतले लेखिएको इतिहास“
नेपाल, जहाँ परिवर्तन शब्द केवल नारामा सीमित भइरह्यो । २०४६, २०६२/६३ अनि २०७२—तीन वटा प्रमुख राजनीतिक परिवर्तनहरू भए तर शासन गर्ने प्रवृत्ति फेरिएन । यहीँ कतै थियो एक योद्धा—प्रभात ।
प्रभातको जीवन संघर्षले भरिएको थियो । बाल्यकालदेखि नै बुबा भूमिगत राजनीतिमा थिए । आमाले छोराछोरीको पालनपोषण गरिन्, तर उनीहरूको जीवन सधैँ भागदौडमै बित्यो । जब माओवादी द्वन्द्व उत्कर्षमा थियो, प्रभातले आफ्ना नजिकका साथीहरूलाई माटोमा विलीन भएको देखेको थियो । उनी प्रतिशोधले होइन, न्यायले प्रेरित थिए । यही कारणले गर्दा उनले परिवर्तनको यात्रामा पाइला राखे ।
२०५२ सालको विद्रोह उनको किशोर मनमा गढ्यो । उनी युद्ध लड्न चाहँदैनथे, तर युद्धबाट टाढा पनि रहन सकेनन् । उनको परिवारले सरकारी दमन भोग्यो, सिंगो गाउँलेहरूले दुःख सहनु प¥यो । एकातिर माओवादीहरू समाजवादको सपना बाँडिरहेका थिए, अर्कोतिर राज्यसत्ताले उनीहरूलाई आतंककारीको संज्ञा दिइरहेको थियो । प्रभातले देखे—न त राज्यको भर पर्न सकिन्छ, न त क्रान्तिका नाममा भएका सबै घटनाहरू न्यायसंगत छन् ।
२०६२/६३ को आन्दोलनमा उनी अग्रपंक्तिमा थिए । निरंकुश राजतन्त्रको अन्त्य भयो, गणतन्त्रको स्थापना भयो तर यो सपना केवल सत्ता परिवर्तनमा सीमित भयो । प्रभात जस्ता हजारौँ क्रान्तिकारीहरू चकनाचुर भए । उनीहरूले देखेको समतामूलक समाज अझै टाढै थियो । भ्रष्टाचार, शक्ति आर्जनको होड, नीति निर्माणमा जनताको सहभागिताको सट्टा दलालहरूको प्रभुत्त्वले उनीलाई कुँज्यायो ।
२०७२ सालमा संविधान आयो, तर त्यो पनि विवादरहित रहेन । सिमान्तकृत समुदाय, युद्धपीडित परिवार, बेपत्ता नागरिकका परिवारहरू अझै न्यायको खोजीमा थिए । सत्यनिरुपण तथा मेलमिलाप आयोग कागजमै सीमित रह्यो ।
फागुन १, २०८१ । प्रभातले डायरीमा लेखेः
“मैले हारे पनि देशले हार्नु हुन्न । रगतले लेखिएको इतिहास कहिल्यै मेटिँदैन । अब म फेरि उठ्छु—व्यवस्था होइन, प्रणाली बदल्न ।”
रातभर निद्रा परेन । बाहिर आन्दोलनको आवाज गुञ्जिरहेको थियो । सहर फेरि एकपटक विद्रोहको सङ्केत दिइरहेको थियो । प्रभात झ्यालबाट हेर्दै सोच्दै थिए—“हिजो हामी लडेका थियौँ निरंकुशताको विरुद्ध, आज हामी लड्छौँ लोकतन्त्रका नाममा स्थापित निरंकुश प्रवृत्तिविरुद्ध ।” इतिहास फेरि कोरिन थालिसकेको थियो ।
“अधुरो विद्रोह“
प्रभात अस्पतालको झ्यालबाट बाहिर हेरिरहेका थिए । आन्दोलनमा घाइते भएका साथीहरू कोठाभित्र सुस्ताइरहेका थिए । निस्किने मन त थियो, तर शरीरले साथ दिइरहेको थिएन ।
“हामीले के पायौँ ?” उनका साथी रमेशले आक्रोश मिश्रित स्वरमा भने । “हामीले रगत बगायौँ, राजा फालेका थियौँ, तर अब हाम्रा आफ्नै नेताहरू राजा बन्न खोजिरहेका छन् ।”
प्रभातले मुख खोल्न खोजे, तर रमेशले रोकिदिए । “प्रभात दाइ, तपाईंले मलाई भन्नुभयो, परिवर्तन आउँछ, तर कहाँ आयो परिवर्तन ?”
“परिवर्तन सधैँ एकैपटक हुँदैन, रमेश,” प्रभातले सम्झाउने प्रयास गरे । “हामीले बाटो खोलेका छौँ, तर त्यसलाई सही दिशामा हिँडाउन अझै संघर्ष गर्नुपर्छ ।”
कोठाको अर्को कुनामा सुमित्रा पनि सुन्दै थिइन् । उनको खुट्टा द्वन्द्वमा गुमेको थियो । उनले पहिलो पटक बोलिन्, “हामीले सत्ताको स्वरूप फेरेका थियौँ, तर शासन गर्ने सोच फेर्न सकेनौँ । जबसम्म जनताको हक, न्याय, र समानता स्थापित हुँदैन, तबसम्म हामीले जितेका छैनौँ ।”
रमेश रिसले उठे । “तपाईंहरू अझै सम्झाउने भाषा बोलिरहनुभएको छ ! तर, अब तिनीहरूलाई बुझाउने बेला हो । पुरानो प्रवृत्तिविरुद्ध फेरि उठ्नुपर्छ । घाइते योद्धा भएर मात्र बस्न सकिन्न ।”
प्रभातले दीर्घ निश्वास लिए । “रमेश, आन्दोलन जित्न गाह्रो छैन, तर सोच जित्न धेरै कठिन छ । हामी लड्छौँ, तर के हाम्रा माग सही ढंगले राख्दैछौँ ? हामी फेरि पनि बलिदान मात्र दिने कि स्थायी परिवर्तनको आधार राख्ने ?”
सुमित्राले रमेशको हात समाइन् । “हामी घाइते छौँ, तर लड्न सक्दैनौँ भन्ने होइन तर यो लडाइँ केवल सडकमा होइन, विचारमा जित्नुपर्छ ।”
कोठाभित्र गहिरो मौनता छायो । बाहिर नाराहरू गुञ्जिरहेका थिए—“नयाँ नेपाल, जनताको नेपाल !”
“तपाईंहरू तयार हुनुहुन्छ ?” प्रभातले हेरे । सबैले एकै स्वरमा टाउको हल्लाए ।
लडाइँ फेरि सुरु हुँदै थियो, तर यस पटक बन्दुकभन्दा विचारको बलले ।
“डिजिटल विद्रोह”
प्रभात अस्पतालको झ्यालबाट बाहिर हेरिरहेका थिए । आन्दोलनमा घाइते भएका साथीहरू कोठाभित्र सुस्ताइरहेका थिए । उनीहरूले परम्परागत आन्दोलन लडेका थिए, तर परिणाम अलमलमै थियो । अबको पुस्ताले कस्तो विद्रोह गर्ने ?
नयाँ पुस्ताका अगुवा जेन्जी र अल्फा पुस्ताका प्रतिनिधिहरू—आशिष, समीक्षा, र अरोही—प्रभातको कोठामा भेला भए । उनीहरूको विद्रोह विचारको थियो, प्रविधिले सञ्चालित थियो ।
“हामीले सडकमा संघर्ष ग¥यौँ, बलिदान दियौँ, तर सत्ता फेरियो मात्र, सोचाइ फेरिएन । अब के गर्ने ?” प्रभातले उनीहरूलाई हेरिरहेका थिए ।
आशिषले ट्याबलेटमा केही कोडहरू देखाउँदै भन्यो, “हामीले अब विचारको युद्ध साइबर युगमा लड्नुपर्छ । सरकारका भ्रष्टाचार उजागर गर्न डेटा ह्याक गर्न सकिन्छ, प्रवृत्तिहरू जनतासामु ल्याउन सकिन्छ ।”
समीक्षाले टाउको हल्लाइन्, “तर हाम्रा नेताहरू केवल सामाजिक सञ्जाल प्रयोग गरेर झुठो प्रचार गर्छन् । जनतालाई सही सूचना कसरी पु¥याउने ?”
अरोहीले मोबाइल स्क्रिनमा डिजिटल प्लेटफर्म देखाउँदै भनिन्, “सही सूचना दिन जनताको आफ्नै प्लेटफर्म चाहिन्छ । सरकारद्वारा नियन्त्रित मिडिया होइन, स्वतन्त्र डिजिटल सञ्चार जहाँ हरेक नागरिकले सत्यता प्रसारण गर्न सकून् । हामी प्रविधिको उपयोग गरेर समानान्तर लोकतान्त्रिक सञ्चार बनाउँछौँ ।”
प्रभातले मुस्कुराउँदै भने, “तिमीहरूको योजना सुनिन्छ क्रान्तिकारी । अबको विद्रोह बन्दुकले होइन, प्रविधिले तर यो सजिलो छैन । सरकारले इन्टरनेट नियन्त्रण गर्न सक्छ, झुठो सूचना फैलाउन सक्छ । तिमीहरू तयारी छौ ?”
समीक्षाले दृढ स्वरमा भनिन्, “हामी तयार छौँ । यो आन्दोलन विचार, सूचना, र प्रविधिको हुनेछ । हामीले सत्यको पक्षमा जनतालाई एकत्रित गर्नुपर्छ ।”
बाहिर नाराहरू गुञ्जिरहेका थिए—“नयाँ नेपाल, डिजिटल नेपाल !”
प्रभातले सबैलाई हे¥यो । “अबको विद्रोह सुरु गरौँ ।” सबैले एकसाथ टाउको हल्लाए ।
अबको संघर्ष डिजिटल थियो, तर यसको लक्ष्य उही—सत्य, न्याय, र समानता ।
“साइबर विद्रोहको घेराबन्दी”
प्रभातले मोबाइल स्क्रिनतर्फ हेरे । समाचारहरूमा उनीहरूमाथि आतङ्कवादीको आरोप लागेको थियो । सरकारको आधिकारिक वक्तव्य आएको थियो—“राष्ट्रविरोधी डिजिटल अपराधीहरूलाई कारबाही गरिनेछ ।”
समीक्षा रिसले थरथर कामिन् । “हामी विद्रोही हौँ, तर आतङ्ककारी होइनौं ! अन्यायविरुद्ध लड्नु जन्मसिद्ध अधिकार हो, सरकारले हाम्रो आवाज दबाउन खोजेको छ ।”
आशिषले कोडहरू हेर्दै भन्यो, “सरकार हाम्रो प्लेटफर्मलाई ब्लक गर्न लागेको छ । यसका लागि उनीहरुले पैसाको खोलो बगाएको छ । उत्पीडित जनताका जायज मागहरू भने ओझेलमा पारिएका छन् । उनीहरूले हाम्रो इन्टरनेट पहुँच पनि सीमित गर्नेछन् । के गर्ने ?”
अरोहीले तुरुन्तै उत्तर दिइन्, “हामी ब्लक भए पनि हाम्रो आवाज दबिन्न । हामीले विकेन्द्रीकृत सञ्चार प्रणाली विकास गर्नुपर्छ । ब्लक भए पनि सूचना प्रवाह जारी राख्नुपर्छ ।”
प्रभातले सिरानीबाट उठ्दै भने, “हाम्रो लडाइँ विचारको हो, प्रविधिले हामीलाई बलियो बनाउँछ । सरकारको दमन उल्ट्याउन हामीलाई थप रणनीति चाहिन्छ ।”
समीक्षाले गहिरो सास फेर्दै भनिन्, “हामीले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्छ । प्रविधिलाई हतियार बनाएर न्यायको पक्षमा खडा गराउनुपर्छ ।”
बाहिर प्रहरीको साइरन बज्न थाल्यो । उनीहरूको सुरक्षित स्थल पनि जोखिममा परेको थियो ।
प्रभातले सबैलाई हे¥यो । “अबको युद्ध प्रविधिले जित्नुपर्छ, सूचना जताततै फैलिनुपर्छ । तिमीहरू तयार छौ ?”
“विचारको विद्रोह”
प्रभातले गहिरो नजरले सबैलाई हे¥यो । “विचारको लडाइँ जित्न सूचना क्रान्ति गर्नुपर्छ । हामीले नयाँ प्लेटफर्महरू खोल्नेछौँ, जहाँ सत्य बाहिर आउनेछ । हामीलाई आतङ्ककारी भन्न खोजिएको छ, तर हामी विद्रोही हौँ, न्यायका लागि लड्ने हौँ ।”
अरोहीले नयाँ एपको कोड परीक्षण गर्दै भनिन्, “हाम्रो विचार सबै नागरिकसम्म पु¥याउनु छ । हामीले वैकल्पिक मिडिया तयार पार्नुपर्छ । फेसबुक, ट्विटर, युट्युबजस्ता ठूला प्लेटफर्महरू नियन्त्रणमा लिएर सरकारले हामीलाई थिच्नेछ, त्यसैले हामीले आफ्नै स्वतन्त्र नेटवर्क निर्माण गर्नुपर्छ ।”
बाहिर नारा गुञ्जियो— “विचार मार्न सकिन्न, सत्य दबाउन सकिन्न !”
प्रभातले सन्तोषको सास फे¥यो । “अबको विद्रोह विचारको हो, प्रविधिले मात्र होइन, चेतनाले जित्नुपर्छ । हामी अघि बढ्नेछौँ !”
सबैले एकसाथ टाउको हल्लाए । लडाइँ अझ कठिन थियो, तर जित्ने आशा बलियो हुँदै गयो ।
सबैले एकसाथ जवाफ दिए, “हामी तयार छौँ !”
अबको विद्रोह साइबर युगको, विचार र प्रविधिको थियो । उनीहरू युद्ध जित्न होइन, प्रणाली बदल्न लड्दै थिए ।
“विचारको विद्रोह र अन्तर्राष्ट्रिय ऐक्यबद्धता”
सुरक्षाबलको कडा निगरानीका बीच प्रभात, समीक्षा, आशिष, र अरोहीले अर्को रणनीति बुन्दै थिए । अब लडाइँ केवल प्रविधिको मात्र थिएन, यो विचार, जनचेतना, र अन्तर्राष्ट्रिय समर्थनको युद्ध थियो ।
समीक्षा उत्साहित थिइन् । “हामीलाई प्रविधि रोक्न सक्दैन । सरकारले इन्टरनेट बन्द गर्न सक्छ, तर विचारलाई बन्द गर्न सक्दैन । हामीले जनतालाई निरन्तर सूचित गर्नुपर्छ ।”
प्रभातले गहिरो नजरले सबैलाई हे¥यो । “हामीले अन्तर्राष्ट्रिय समुदायलाई यो विद्रोहको वास्तविकता बुझाउनु पर्छ । सत्यलाई विश्वभर फैलाउनुपर्छ ।
आशिषले तुरुन्तै उत्तर दियो, “हामीले ब्लक गरिएका सञ्जाललाई परवाह गर्नुहुँदैन । नयाँ मिडिया प्रविधि, डार्क वेब, इन्क्रिप्टेड च्यानलहरू प्रयोग गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँग सम्पर्क राख्नुपर्छ । जनताको आवाजलाई वैश्विक बनाउने रणनीति अबको प्रमुख काम हो ।”
अरोहीले एउटा डिजिटल नक्सा देखाउँदै भनिन्, “हामीले अन्तर्राष्ट्रिय हैकर समूहहरूसँग सहकार्य गर्न सक्छौँ । अन्यायको पर्दाफास गर्न विश्वभरका क्रान्तिकारी पत्रकार र प्रविधि विशेषज्ञहरूलाई जोड्न सक्छौँ ।”
त्यही बेला समीक्षाको मोबाइलमा अन्तर्राष्ट्रिय मानव अधिकार संगठनबाट सन्देश आयो— “हामी तपाईंहरूको पक्षमा छौँ । सत्यको प्रसार गर्न हामी तपाईंहरूलाई मद्दत गर्न तयार छौँ ।”
प्रभातले टेबुलमा हात राख्दै भन्यो, “अब लडाइँ केवल नाराले जितिन्न । विचारको शक्ति सबैभन्दा ठूलो हतियार हो । हामी निरन्तर सुसूचित गर्नुपर्छ, हामीलाई दबाउने शक्तिहरूको पर्दाफास गर्नुपर्छ ।”
बाहिर फेरि नारा गुञ्जियो— “विचार मार्न सकिन्न, सत्य दबाउन सकिन्न !”
प्रभातले सन्तोषको सास फे¥यो । “अबको विद्रोह विचारको हो, प्रविधिले मात्र होइन, चेतनाले जित्नुपर्छ । हामी अघि बढ्नेछौँ !”
सबैले एकसाथ टाउको हल्लाए । लडाइँ अझ कठिन थियो, तर जित्ने आशा बलियो हुँदै गयो । अन्तर्राष्ट्रिय समर्थनले उनीहरूलाई नयाँ ऊर्जा दिएको थियो ।
“वैश्विक ऐक्यबद्धता र बौद्धिक क्रान्ति”
अन्तर्राष्ट्रिय समर्थन बढ्दै जाँदा प्रभात, समीक्षा, आशिष, र अरोहीले नयाँ रणनीतिहरू खाका बनाउन थाले । यो अब केवल स्थानीय संघर्ष थिएन, यो एक विश्वव्यापी चेतनाको आन्दोलन बनिसकेको थियो ।
समीक्षाले विचार राखिन्, “अब हामीले केवल प्रविधिमा भर पर्ने मात्र होइन, बौद्धिक समुदायलाई पनि सशक्त रूपमा समेट्नुपर्छ । शिक्षाविद्, वैज्ञानिक, मानव अधिकारकर्मी, कानुनी विज्ञ, र अर्थशास्त्रीहरू हामीसँग उभिनुपर्छ ।”
प्रभातले समर्थन गर्दै भन्यो, “सही हो ! जबसम्म बौद्धिक आन्दोलन सशक्त हुँदैन, परिवर्तन असम्भव छ । हामीले विश्वविद्यालयहरू, अनुसन्धान केन्द्रहरू, र विचारशील व्यक्तिहरूसँग संवाद गर्नुपर्छ ।”
त्यही बेला आशिषले एउटा अन्तर्राष्ट्रिय बहसको फुटेज देखायो, जसमा एक नोबेल पुरस्कार विजेताले समर्थन जनाउँदै भनेका थिए, “लोकतन्त्रको रक्षा गर्नु मानव सभ्यताको प्रमुख जिम्मेवारी हो । सूचना बन्द गर्न खोज्नेहरू सत्ताका दलाल मात्र हुन् । यो आन्दोलन कुनै समूहको विरोध होइन, यो सत्यको पक्षमा छ ।”
अरोहीले उत्साहपूर्वक भनिन्, “हामीले रणनीतिक रूपमा छलफल मंचहरू सिर्जना गर्नुपर्छ । विश्वभरिबाट विचारशील व्यक्तिहरूको आवाजलाई एउटै मञ्चमा ल्याउनेछौँ । सरकारी दमनको यथार्थ छताछुल्ल पार्नुपर्छ ।”
प्रभातले थप्यो, “अब यो लडाइँ केवल नाराले जितिन्न । हामीले कानूनी आधारमा पनि सत्य उजागर गर्नुपर्छ । अन्तर्राष्ट्रिय अदालतहरू, मानव अधिकार आयोगहरू, र स्वतन्त्र न्यायालयलाई प्रमाणसहित जानकारी गराउनुपर्छ ।”
समीक्षाले सन्देश पठाइन्, “अबको विद्रोह बौद्धिक हुनेछ । प्रविधि हाम्रो हतियार हो, विचार हाम्रो शक्ति । सशक्त सूचना र तर्कले हामी परिवर्तन ल्याउनेछौँ !”
त्यही बेला बाहिर ठूलो भीड जम्मा भइसकेको थियो । उनीहरू बौद्धिक विद्रोहको नयाँ तरंगमा सामेल हुन आए । नारा घन्कियो— “सत्यको बाटो कहिल्यै बन्द हुँदैन !”
प्रभातले मुस्कुराउँदै भन्यो, “अब परिवर्तनलाई रोक्न कुनै सत्ता सक्षम हुने छैन । यो विचारको युद्ध हो, र हामी जित्नेछौँ !”
“न्यायको माग र अन्तर्राष्ट्रिय हस्तक्षेप“
प्रभात, समीक्षा, आशिष, र अरोही अब रणनीतिक रूपमा अघि बढिरहेका थिए । अन्तर्राष्ट्रिय समर्थन मात्र पर्याप्त थिएन, त्यसलाई कार्यान्वयन तहमा पु¥याउनु आवश्यक थियो । उनीहरू कानूनी रणनीति र अन्तर्राष्ट्रिय संस्थाहरूको प्रत्यक्ष सहभागिता खोज्दै थिए ।
समीक्षाले नयाँ प्रस्ताव राखिन्, “अब हामीले अन्तर्राष्ट्रिय अदालतहरूमा मुद्दा दर्ता गराउनुपर्छ । मानव अधिकार उल्लंघनका प्रमाणहरू संकलन गरेर संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्मा पेश गर्नुपर्छ ।”
आशिषले सहमति जनाउँदै थप्यो, “हामीसँग पर्याप्त प्रमाण छन् । अब कानूनी लडाइँ लड्नुपर्छ । अन्तर्राष्ट्रिय वकिलहरूको टिम निर्माण गरेर सरकारलाई उत्तरदायी बनाउन दबाब दिनुपर्छ ।”
त्यसै बेला, एक अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाले औपचारिक प्रेस वक्तव्य जारी ग¥यो, “जनताको आवाज दबाउने कुनै पनि शक्ति लोकतान्त्रिक हुन सक्दैन । स्वतन्त्रता, अभिव्यक्ति, र न्यायको रक्षा अन्तर्राष्ट्रिय समुदायको दायित्त्व हो ।”
अरोहीले उत्साहित हुँदै भनिन्, “यो अब स्थानीय विद्रोह होइन, यो न्यायको अन्तर्राष्ट्रिय मुद्दा बनिसकेको छ । हाम्रो लडाइँलाई सशक्त बनाउन मानवअधिकारकर्मी, कानूनी विशेषज्ञ, र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई अझ बढी संलग्न गराउनुपर्छ ।”
प्रभातले कानुनी दस्तावेजहरू हेर्दै भन्यो, “हामीलाई गलत देखाउने धेरै प्रयास भइरहेका छन् । हामी कानूनी रूपमा सही छौँ भन्ने पुष्टि गर्न अन्तर्राष्ट्रिय अदालतसम्म पुग्नैपर्छ । अब हाम्रो अर्को चरण सुरु हुन्छ – कानूनी प्रतिरोध ।”
त्यही बेला सामाजिक सञ्जालमा एउटा सन्देश भाइरल भयो – “न्याय माग्नु अपराध होइन । कानूनी बाटो समातेर नै सत्यको जीत हुनेछ !”
हजारौँ मानिसहरू सामाजिक सञ्जालमा यस विचारलाई समर्थन गर्न थाले । अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले अब यो आन्दोलनलाई प्रमुख समाचार बनाउन थाले ।
समीक्षाले सन्तोषको सास फेरिन्, “अब हामी कानूनी रूपमा न्याय खोज्ने मार्गमा छौँ । विचारको युद्ध जित्नेछ, किनकि सत्यलाई दमन गर्न सकिन्न ।”
प्रभातले टाउको हल्लायो, “अब यो निष्कर्षतिर जाँदैछ । सत्यलाई जिताउन हामी अन्तिमसम्म लड्नेछौँ ।”
“शान्ति र समृद्धिको मार्ग”
प्रभात, समीक्षा, आशिष, र अरोही अब अर्को महत्त्वपूर्ण चरणमा प्रवेश गर्दै थिए । केही दिनमै हुने अन्तर्राष्ट्रिय शान्ति र समृद्धि सम्मेलनमा उनीहरूको उपस्थिति निर्णायक बन्ने थियो । यो अवसर न केवल न्यायको आवाज बुलन्द गर्ने अवसर थियो, बरु जनताका हक अधिकार सुनिश्चित गर्न विश्व समुदायको समर्थन जुटाउने सुनौलो घडी पनि ।
समीक्षाले गम्भीर स्वरमा भनिन्, “अब हामीले भावनामा मात्र होइन, ठोस योजनासहित प्रस्तुत हुनुपर्छ । सम्मेलनमा हाम्रो दृष्टिकोण प्रष्ट हुनुपर्छ कि न्याय, मानव अधिकार, र समृद्धि परस्पर पूरक हुन् ।”
प्रभातले समर्थन जनाउँदै थप्यो, “हामी कानूनी रूपमा सशक्त छौँ । प्रमाणहरू छन्, तथ्यहरू छन्, जनताको समर्थन छ । अब हामीले विश्व समुदायलाई नेपालका नागरिकहरूको आवाज बन्न अनुरोध गर्नुपर्छ ।”
अरोहीले उत्साहित हुँदै भनिन्, “शान्ति भनेको केवल युद्धको अन्त्य मात्र होइन, सामाजिक न्यायको स्थापनासँगै आउने प्रक्रिया हो । यदि जनता सुरक्षित छैनन् भने, उनीहरूको अधिकार रक्षा गरिँदैन भने, त्यो कुनै पनि रूपमा शान्ति हुँदैन । यो कुरा हामीले विश्व नेताहरूसमक्ष पुर्याउनुपर्छ ।”
आशिषले आफ्नो ल्यापटपबाट संयुक्त राष्ट्रसंघको हालसालैको प्रतिवेदन देखाउँदै भन्यो, “यो प्रतिवेदन स्पष्ट भन्छ कि जबसम्म न्याय स्थापना हुँदैन, तबसम्म शान्ति टिक्दैन । हामीले यही सन्देशलाई बलियो बनाउनुपर्छ ।”
त्यसै बेला, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सम्मेलनमा नेपालका प्रतिनिधिहरूको सहभागिता बारे समाचार प्रकाशित गरे । शीर्षक थियो— “नेपालका नागरिक नेताहरू विश्वमञ्चमा न्याय र मानव अधिकारका लागि उभिँदै ।”
समीक्षाले मुस्कुराउँदै भनिन्, “यो हाम्रो लागि मात्र होइन, सम्पूर्ण नागरिक अधिकार आन्दोलनका लागि ऐतिहासिक क्षण बन्न सक्छ । विश्व समुदाय हाम्रो पक्षमा उभिनेछ, यदि हामीले हाम्रो आवाज उचित तरिकाले प्रस्तुत गर्न सक्यौँ भने ।”
प्रभातले दृढताका साथ भन्यो, “यो कुनै राज्यविरुद्धको लडाइँ होइन, यो अन्यायविरुद्धको लडाइँ हो । शान्ति र समृद्धि तब मात्र सम्भव हुन्छ जब प्रत्येक नागरिक सुरक्षित, सम्मानित, र समान अधिकार प्राप्त हुन्छ ।”
सम्मेलन नजिकिँदै गर्दा, नेपालभित्रै पनि उत्साह र चासो बढ्दै गयो । जनताले महसुस गर्न थाले— परिवर्तन अब टाढा थिएन । यो लडाइँ केवल कानूनी मात्र नभई न्याय र समानताको विश्वव्यापी आन्दोलनको रूपमा अगाडि बढ्दै थियो ।
“शान्ति र समृद्धिको मार्ग”
अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य सत्र सुरु भएको थियो । प्रभात, समीक्षा, आशिष, र अरोही पहिलो पंक्तिमा बसेका थिए । विश्वका ठूला नेताहरू, मानव अधिकारकर्मीहरू, र कानूनी अभियन्ताहरू एकै स्थानमा थिए । यो निर्णायक घडी थियो ।
नेपालको प्रतिनिधित्व गर्दै समीक्षा मञ्चमा उभिइन् । उनको स्वर दृढ थियो, तर आँखा ओझेलमा परेको न्यायप्रति आक्रोशित ।
“नेपालमा राजनीतिक परिवर्तनका नाममा जनताले धेरै बलिदान दिएका छन्, तर वास्तविक शान्ति र समृद्धि अझै धेरै टाढा छ । हाम्रो लडाइँ कुनै व्यक्ति, कुनै संस्था, वा कुनै सत्ताविरुद्ध होइन । यो अन्याय, भ्रष्टाचार, र दमनको विरुद्ध हो । हामी कानूनी बाटोबाटै अधिकार खोजिरहेका छौं तर जब न्याय प्रणाली नै कमजोर बनाइन्छ, हामी कसरी विश्वास गर्ने ?”
सभा हल मौन थियो । समीक्षा अघि बढिन्, “लोकतन्त्र केवल चुनाव जित्ने खेल होइन, यो नागरिकहरूको आत्मसम्मान, सुरक्षा, र समान अवसरको ग्यारेन्टी हो । हामी कानूनी र लोकतान्त्रिक बाटोबाट अघि बढिरहेका छौं, तर जब राज्यसंयन्त्र स्वयं अन्यायको संरक्षण गर्छ, तब जनता निराश हुन्छन् । हामी यस्तो निराशालाई आशामा बदल्न यहाँ आएका छौं ।”
त्यसपछि प्रभातले अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गरे । “नेपाललाई केवल पर्यटनस्थलको रूपमा हेर्ने प्रवृत्ति अब बदलिनुपर्छ । यहाँका नागरिकहरू न्याय चाहन्छन्, अवसर चाहन्छन्, शान्ति चाहन्छन् । हामीलाई लोकतान्त्रिक मूल्यहरूको वास्तविक अभ्यास आवश्यक छ, केवल नारा होइन । हामीलाई ताली होइन, ऐक्यबद्धता चाहिएको छ ।”
त्यसपछि संयुक्त राष्ट्रसंघका प्रतिनिधिले बोल्दै भने, “नेपालका नागरिक नेताहरूले उठाएका मुद्दाहरू गम्भीर छन् । हामी नेपाल सरकारलाई यसबारे तत्काल स्पष्टिकरण दिन अनुरोध गर्छौं । नागरिक स्वतन्त्रता कुण्ठित हुन नदिन, मानव अधिकार उल्लङ्घन नहोस् भन्न, हामी तपाईंहरूसँग छौं ।”
यो घोषणा भएपछि हलमा ताली बज्यो । नेपालको कानूनी लडाइँ अब विश्वमञ्चमा उठिसकेको थियो ।
अन्त्यमा, अरोहीले संकल्पका साथ भनिन्, “यो लडाइँ हामीले जित्नैपर्छ । केवल नेपालका लागि होइन, संसारभरका उत्पीडित जनता, अन्यायमा परेकाहरूका लागि । हामी आवाज उठाउन कहिल्यै रोकिँदैनौँ ।”
त्यस दिन नेपाल र विश्वका लागि एउटा नयाँ सुरुवात भएको थियो । परिवर्तनको लहर अब रोक्न सकिने थिएन ।
“नयाँ युगको अभियान”
समीक्षा, प्रभात, आशिष, र अरोही फेरि एक ठाउँमा भेला भएका थिए । यस पटक उनीहरूको छलफल नेपालका राजनीतिक पार्टीहरू, नागरिक समाज, र एनजिओहरूको भूमिकामा केन्द्रित थियो ।
समीक्षाले गम्भीर आवाजमा भनिन्, “हाम्रो मुलुकको विकासको बाटोमा सबैभन्दा ठूलो अवरोध नै भ्रष्टाचार हो । राजनीतिक दलहरू चुनाव जित्न व्यापारिक घरानासँग सहारा लिन्छन्, अनि सत्तामा पुगिसकेपछि उनीहरूकै स्वार्थपूर्ति गर्न लम्पसार पर्छन् ।“
प्रभातले टेबुलमा राखिएको कागज उचाल्दै थप्यो, “यतिबेला देशको कुनै पनि पार्टी भ्रष्टाचारमुक्त छैन । जनताले विकल्प खोजिरहेका छन्, तर कहाँ छ त्यो असल नेतृत्त्व ?”
आशिषले गहिरो सास फेर्यो, “त्यही कारण हामीले इमानदार युवाहरूको एक समूह निर्माण गर्नुपर्छ । न त हामी व्यापारिक घरानाका गुलाम बन्न सक्छौँ, न त भ्रष्टाचारको शृङ्खला निरन्तरता दिन सक्छौँ । यो हाम्रो दायित्त्व हो ।”
अरोहीले उत्साहित हुँदै भनिन्, “हो, समीक्षाहरूको समूह यही उद्देश्यका लागि खडा हुनुपर्छ । हामी राजनीतिको नयाँ अनुहार निर्माण गर्नुपर्छ, जहाँ न त धनको प्रभाव रहन्छ, न त बाह्य शक्तिको नियन्त्रण ।”
समीक्षाले केहीबेर सोचिन् र थपिन्, “तर यो सजिलो छैन । हाम्रा विरुद्ध ठूला शक्ति उत्रनेछन् । उनीहरू हामीलाई कमजोर बनाउने प्रयास गर्नेछन् तर यदि हामी जनता माझ सत्य उजागर गर्न सफल भयौँ भने, इमानदार नेतृत्त्व स्थापित गर्न सक्नेछौँ ।”
प्रभातले जोड दियो, “अब हामी एक निर्णायक मोडमा छौँ । जनता निराश भएका छन् तर जबसम्म हामी सही नेतृत्त्वको आशा दिन सक्दैनौँ, परिवर्तन सम्भव हुँदैन ।”
समीक्षाले निष्कर्ष निकालिन्, “हामी सामाजिक सञ्जालमा अभियान चलाउनेछौँ, भ्रष्टाचारको प्रमाणहरू जनतासामु ल्याउनेछौँ, अनि देशभर असल चरित्रका युवाहरूलाई एकत्रित गर्दै जानेछौँ । यो अभियान केवल राजनीतिक परिवर्तनका लागि होइन, यो राष्ट्रकै भविष्य निर्माणका लागि हो ।”
सबै सहमत भए ।
अब नयाँ युगको अभियान सुरु हुँदै थियो ।
“नयाँ बिहानको खोजी”
काठमाडौँको एउटा झिनो गल्ली । साँझ परिसकेको थियो । सडकको बत्ति फतक्कै बलेको थिएन । एक कुनामा केही युवाहरू गम्भीर रूपमा छलफल गरिरहेका थिए ।
“अब हामीलाई केही गर्नैपर्छ,” प्रभातले हात उठाउँदै भन्यो । “हामी सधैं नेताहरूको आशा गरेर बस्न सक्दैनौँ ।”
“तर कसरी ?” सुशीला अलमलमा परिन् । “राजनीतिक दलहरू व्यापारिक घरानासँग जोडिएका छन् । एनजिओहरू विदेशी प्रभावमा छन् । नागरिक समाज पनि मौन छ ।”
“त्यसैले,” प्रभातले अगाडि थप्यो, “हामीले असल चरित्र भएका युवा खोज्नुपर्छ । हाम्रो उद्देश्य भनेको नैतिक नेतृत्त्व निर्माण गर्नु हो ।”
उनीहरूले त्यसैबेला त्यस्तै युवाहरू रमेश, सुशीला तथा अर्जुनहरू फेला पारे ।
उनीहरूको समूह, जसलाई उनीहरुले अब ‘देशमै गरौँ जागरण’ नाम दिए, बिस्तारैविस्तारै फैलिदै थियो । उनीहरू भ्रस्टाचारविरुद्ध प्रत्यक्ष रूपमा बोल्ने र सत्य उजागर गर्ने अभियानमा लागिपरेका थिए ।
“तर, भ्रस्टाचारमुक्त नेतृत्त्व सम्भव छ र ?” रमेशले प्रश्न ग¥यो । “हामीलाई चुनाव लड्न पूँजी चाहिन्छ । पूँजीबिना केही हुँदैन ।”
“हामी नैतिकता बेचेर सत्तामा जान चाहँदैनौँ,” सुशीलाले दृढ स्वरमा भनिन् । “जनताको विश्वास जित्नुपर्छ । व्यापारिक घरानासँगको साँठगाँठले हामीलाई पनि अरूजस्तै बनाउँछ ।“
“त्यसैले,” अर्जुनले सबैलाई हेर्दै भन्यो, “हामी भ्रष्टाचारविरुद्धको अभियानमा होमिन्छौँ । युवाहरूलाई प्रेरित गर्छौँ । सूचना प्रविधिको सदुपयोग गर्छौँ ।”
समुहका सदस्यहरू आ–आफ्नो ठाउँमा गए । उनीहरू सोशल मिडियामा अभियान चलाउने, भ्रष्टाचारको पर्दाफास गर्ने र नागरिक सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने योजनामा जुटे ।
बिस्तारै, ‘देशमै गरौँ जागरण’को प्रभाव बढ्दै गयो । जनताले उनीहरूलाई विश्वास गर्न थाले । एकदिन, कुनै नेताले तिनलाई फकाउने प्रयास गर्यो ।
“तिमीहरू मलाई समर्थन गर,” उनले प्रस्ताव राखे, “म तिमीहरूको अभियानलाई सहयोग गर्नेछु ।”
“तर तपाईँ पनि त अघिल्लो सरकारमै हुनुहुन्थ्यो,” अर्जुनले प्रतिप्रश्न ग¥यो । “त्यतिबेला किन केही गर्नुभएन ?”
नेता झस्किए । उनले जवाफ दिन सकेनन् ।
‘देशमै गरौँ जागरण’ युवाहरूको अभियान मात्र रहेन । यो भ्रष्टाचारविरुद्धको एक आन्दोलन बन्यो । जनता पनि एकजुट हुन थाले । अन्ततः, नेपाली राजनीति नयाँ मोडतिर लाग्न थाल्यो । नयाँ बिहानको संकेत देखिन थाल्यो ।
अर्जुन, सुशीला, र प्रभातको नेतृत्त्वमा रहेको समीक्षालगायतका समूहले अब देशव्यापी समर्थन बटुल्न थालेको थियो । सामाजिक सञ्जालमा उनीहरूको अभियान तीव्र गतिमा फैलियो । भ्रष्टाचारको पोल खोल्ने प्रमाणहरू सार्वजनिक हुँदै गए, जसले पुराना राजनीतिक दलहरूलाई झस्कायो ।
एक साँझ, उक्त समूहको बैठकमा नयाँ अनुहारहरू देखिए—राष्ट्रियस्तरका केही इमानदार अभियन्ता, स्वतन्त्र पत्रकारहरू, र विश्वविद्यालयका बौद्धिक व्यक्तित्त्वहरू ।
“हामी तपाईँहरूको अभियानलाई समर्थन गर्न आएका छौँ,” वरिष्ठ पत्रकार विनोदजीले भने, “हामी वर्षौंदेखि सत्य खोज्दैछौँ, तर यो प्रणालीले हामीलाई दबाइरहेको छ । अब साँचो परिवर्तनका लागि लड्नुपर्छ ।”
प्रभातले गम्भीर स्वरमा भने, “हामी राजनीतिको नयाँ मोडतिर उन्मुख छौँ । अब यो केवल युवाहरूको अभियानमात्र होइन, यो राष्ट्रको नैतिक पुनर्जागरण हो ।”
यही क्रममा, देशभरका स्वतन्त्र समूहहरू पनि यो समूहसँग ऐक्यबद्ध हुन थाले । उनीहरू भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने एउटै उद्देश्यका साथ जुटे ।
तर यो यात्रा सहज थिएन । परम्परागत शक्तिहरूले उनीहरूलाई रोक्न प्रयास गरे । उनीहरूलाई धम्कीहरू आउन थाले । तर अर्जुन, सुशीला, र प्रभातले कुनै डर नमानी, आफ्नो मार्ग स्पष्ट बनाए—“अब हामी पछि हट्दैनौँ ।”
आखिर, जनताको आवाजले जित्न थाल्यो । निर्वाचनमा स्वतन्त्र, इमानदार युवा उम्मेदवारहरू विजयी हुन थाले । पुराना भ्रष्ट नेतृत्त्वहरू पराजित भए । नयाँ युगको शुरुवात भयो—जहाँ राजनीति अब सिद्धान्त र नैतिकतामा आधारित थियो ।
नेपालले पहिलो पटक एक निष्पक्ष, पारदर्शी शासन प्रणाली देख्न थाल्यो ।
देशमै गरौँ अभियान सफल भएको थियो ।
नयाँ जागरणको लहर
यो समूहको नेतृत्त्वमा देशव्यापी —“देशमै गरौँ जागरण” अभियान देशका हरेक कुनाकन्दरासम्म फैलिसकेको थियो । कुनै सानो भ्रष्टाचार भए पनि जनताले यो समूहमा खबर गथ्र्यो र यो समूहले तत्कालै समाधान पनि गथ्र्यो । यो सबैको एकदमै विश्वसनीय सञ्जाल भइसकेको थियो । त्यसै कारण यो अझ विस्तृत भई विश्वभरि नै झ्याँगिँदै गयो ।
यो कुनै सामान्य आन्दोलन थिएन । यो भ्रष्टाचार, अन्याय, र विकृत प्रवृत्तिहरूविरुद्धको राष्ट्रव्यापी लडाइँ थियो । डिजिटल माध्यम, सडक प्रदर्शन, शिक्षा अभियान, र कानुनी पहलहरूमार्फत युवाहरू जागरुक हुन थाले । गरेपछि के नहुने रहेछ र ? देश पुरै भ्रष्टाचार मुक्त भयो । हरेक ठाउँमा यस अभियानको दरोकारको व्यापक प्रचार स्वतस्फुर्तरूपमा जनताले गरिरहे ।
किन आवश्यक पर्यो यो अभियान ?
नेपाल लामो समयदेखि भ्रष्टाचारको दलदलमा फसिरहेको थियो । जनता कर तिर्थे, तर सुविधा पाउँदैनथे । गरीब, श्रमिक, किसान, विद्यार्थी—सबै अन्याय सहेर बाँच्न बाध्य थिए । राजनीति व्यापार बनेको थियो । प्रशासन पैसाले मात्र बोल्थ्यो । न्याय खरीद–बिक्रीको सामान बनेको थियो । यी सबै अन्यायले जनता आक्रोशित भइसकेका थिए । उनीहरू बोल्न चाहन्थे, तर आवाज दबाइन्थ्यो । यो समूहले यो मौनता तोड्ने निर्णय गर्यो । “देशमै गरौँ जागरण” अभियान यही मौन जनताको आवाज बन्न थालेको थियो ।
अभियानको स्वरूप
१. सामाजिक सञ्जालमा खुलासाः
दलाली तन्त्र हटी उपभोक्ता र उत्पादक प्रत्यक्ष जोडियो ।
सबैजना उत्पादनमूलक कार्यमा अहोरात्र स्वतस्फुर्तरूपमा खट्न वाध्य भए ।
भ्रष्टाचारका ठूला काण्डहरूको पर्दाफास गर्दै प्रमाण सार्वजनिक गरियो ।
पुराना नेताहरूले लुटेका रकम, ठेक्का घोटालाहरू, र न्यायपालिकामा भएको धाँधलीको पोल खोलियो ।
शिक्षा अभियानः
विद्यालय, विश्वविद्यालयहरूमा इमानदार नेतृत्त्व निर्माणका लागि कक्षा सञ्चालन गरियो ।
विद्यार्थीहरूलाई न्याय, पारदर्शिता, र समाज सेवाको महत्त्व बुझाइयो ।
विधि सुधार र कानुनी पहलः
भ्रष्टाचारमा संलग्नहरूमाथि कानुनी कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरियो ।
अख्तियार, अदालत, प्रशासनमा सुधारका लागि नीति परिवर्तनको प्रस्ताव ल्याइयो ।
सडक अभियान र जनजागरणः
हरेक गाउँ–शहरमा जनतासँग प्रत्यक्ष संवाद गरियो ।
भ्रष्टाचारविरुद्ध सत्याग्रह, शान्तिपूर्ण प्रदर्शन र दबाबमूलक कार्यक्रमहरू गरिए ।
यसबाट उत्पीडित जनताका लागि लाभ
किसानले मल–बीउ सहजै पाए ।
श्रमिकले न्यूनतम ज्याला पाउने कानुनी ग्यारेन्टी भयो ।
गरिबले सरकारी अस्पतालमा निःशुल्क उपचार पाउने व्यवस्था लागू भयो ।
न्याय अब पैसाले होइन, प्रमाणले बोल्न थाल्यो ।
शिक्षा क्षेत्र सुधारियो, गरिब परिवारका विद्यार्थीले पनि समान अवसर पाए ।
सरकारी सेवा प्रवाह सरल, छिटो र भ्रष्टाचारमुक्त बनाइयो ।
नयाँ परिवर्तनको युग
‘देशमै गरौँ जागरण’ अभियान सफल भयो ।
सारा देशमा न्यायप्रेमी जनता एकजुट भए । भ्रष्टाचारका ठूलाठूला खेलाडीहरू कानुनी कठघरामा उभ्याइए । राज्य सञ्चालनको सम्पूर्ण प्रणाली सुधारियो । अब नेपाल सत्य, न्याय, पारदर्शिता र समान अवसरको देश बनिसकेको थियो ।
भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव छ भन्ने प्रमाण “देशमै गरौँ जागरण” अभियानले प्रस्तुत गरिसकेको थियो ।
नयाँ बिहानको पहिलो सूर्य किरण उदाइसकेको थियो । नयाँ नेपालको प्रभातीलो बिहान सुरु भइसकेको थियो ।
नयाँ नेपाल, नयाँ प्रेरणा
नेपालमा “देशमै गरौँ जागरण” अभियानको सफलताले न केवल देशलाई भ्रष्टाचारमुक्त बनायो, बरु यो आन्दोलन विश्वका लागि पनि प्रेरणादायी बन्यो । नेपालमा भएका परिवर्तनहरू देखेर विभिन्न देशका नागरिक, युवा अभियानकर्ता, र सामाजिक कार्यकर्ताहरूले यस अभियानलाई आफ्नो देशमा पनि लागू गर्ने प्रयास गर्न थाले ।
विश्वभर कसरी फैलियो यो अभियान ?
नेपालको यो ऐतिहासिक आन्दोलनले तीन मुख्य कारणले गर्दा अन्तर्राष्ट्रिय ध्यान तान्योः
डिजिटल क्रान्ति र सूचना प्रविधिको सदुपयोग
नेपालका युवाहरूले भ्रष्टाचारविरुद्धको संघर्षमा सामाजिक सञ्जाल, ब्लग, युट्युब, र डिजिटल प्लेटफर्महरूलाई अत्यन्त प्रभावकारी रूपमा प्रयोग गरे ।
यो प्रविधि–आधारित अभियानको मोडेलले अन्य देशहरूलाई पनि नयाँ आशा दियो ।
शान्तिपूर्ण आन्दोलनको सफल उदाहरण
कुनै हिंसा नगरी, केवल सत्य, प्रमाण, र जनचेतनाको माध्यमबाट व्यवस्था परिवर्तन सम्भव छ भन्ने नेपालले प्रमाणित गर्यो ।
अन्य देशका सामाजिक अभियन्ता, मानवअधिकारकर्मी, र कानुनी विशेषज्ञहरूले यसलाई अध्ययन गर्न थाले ।
विश्वव्यापी अन्याय र भ्रष्टाचारको समस्या
नेपालमा जस्तै अन्य धेरै देशहरूमा पनि भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती, र सामाजिक असमानताको समस्या थियो ।
नेपालमा सफल भएको यो अभियान अब ती देशहरूका युवाहरूले पनि आफ्ना सरकारहरूसँग प्रश्न गर्न थाल्ने माध्यम बन्यो ।
‘देशमै गरौँ जागरण’ अभियानबाट विश्वभरका उत्पीडित जनताका लागि लाभ
अफ्रिकी राष्ट्रहरूमा सुधारः
नेपालकै प्रेरणाबाट घानामा “People's Truth Movement” सुरु भयो, जसले त्यहाँको सरकारी भ्रष्टाचार हटाउन महत्त्वपूर्ण भूमिका खेल्यो ।
दक्षिण एसियामा प्रभावः
भारत, बंगलादेश, पाकिस्तानमा सामाजिक अभियन्ताहरूले सरकारलाई जवाफदेही बनाउने समान अभियानहरू सञ्चालन गर्न थाले ।
युरोप र अमेरिकामा पारदर्शिता आन्दोलनः
पश्चिमी देशहरूमा पनि भ्रष्टाचार, कर छली, र प्रशासनिक लापरवाहीका विरुद्ध नेपालकै मोडेललाई अनुसरण गर्दै अभियानहरू थालिए ।
नयाँ विश्वको निर्माणतर्फ एक पाइला
अब नेपाल मात्र होइन, पूरा विश्व नै भ्रष्टाचारविरुद्ध एकजुट हुँदै थियो । नेपालले देखाएको बाटो अरू राष्ट्रहरूले पछ्याउन थाले ।
नेपालले भनेझैँ—
“सत्य, न्याय, र इमानदारिता केवल एक देशको मुद्दा होइन, यो सम्पूर्ण मानव सभ्यताको आधारभूत आवश्यकता हो ।”
अब संसारभरि नै ‘नयाँ बिहान’ को संकेत देखिन थाल्यो ।
नयाँ युगको शुरुवात
नेपालमा उठेको “देशमै गरौँ जागरण” अभियान केवल भ्रष्टाचार विरुद्धको आन्दोलनमा सीमित रहेन । यसले विश्वभर न्याय, पारदर्शिता, र मानव अधिकारको पक्षमा व्यापक प्रभाव पार्दै गयो । विभिन्न देशमा यो आन्दोलनको मोडेललाई स्वीकार गरिँदै जाँदा, यसले शीतयुद्धको चिसोपन हटाई विश्वशान्ति स्थापना गर्नसमेत योगदान गर्न थाल्यो ।
शीतयुद्धको अन्त्यतर्फ एक कदम
पूर्व–पश्चिम विभाजन, राजनीतिक स्वार्थ, र आर्थिक असमानताका कारण विश्व दुई ध्रुवमा बाँडिएको थियो । नेपालमा सफल “देशमै गरौँ जागरण” अभियानले देखाएको पारदर्शिता, सामाजिक समानता, र शान्तिपूर्ण संघर्षको बाटोले विश्वव्यापी राजनीतिलाई नै नयाँ दिशातिर मोड्न थाल्यो ।
१. विश्वशान्तिका लागि प्रेरणादायी कसरी बन्यो ?
राजनीतिक व्यवस्थामा सुधारः
नेपालमा जनताले भ्रष्टाचारमुक्त नेतृत्त्व चयन गरेपछि, अन्य देशका नागरिकहरूले पनि जनमुखी सरकारको माग गर्न थाले ।
विश्वभरको जनमत दबाबका कारण, सत्ताका लागि हुने अन्तर्राष्ट्रिय संघर्षहरू कम हुन थाले ।
सामाजिक आन्दोलनको शक्ति प्रदर्शनः
शीतयुद्धको समयमा ठूलो शक्ति राष्ट्रहरू साना राष्ट्रहरूलाई आफ्नो प्रभावमा राख्न प्रयत्नरत थिए ।
नेपालमा चलेको शान्तिपूर्ण आन्दोलनले प्रमाणित गर्यो कि कुनै पनि देशको भविष्य त्यहाँका सचेत नागरिकहरूले निर्धारण गर्छन्, बाह्य शक्ति होइन ।
सैन्यीकरणको अन्त्यतर्फ पहलः
नेपालमा अहिंसात्मक आन्दोलनले सफलता पाएपछि, यो मोडेल अन्यत्र पनि प्रयोग हुन थाल्यो ।
सैन्य बलको प्रयोगबिना परिवर्तन सम्भव छ भन्ने प्रमाणित भएपछि, अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूबीचको शस्त्र होडमा कमी आउन थाल्यो ।
२. विश्वभर किन फैलियो ?
✦ प्रविधिको शक्ति ✦
नेपालका युवाहरूले सूचना प्रविधिको सदुपयोग गर्दै भ्रष्टाचार, अन्याय, र हिंसाविरुद्धको जागरूकता फैलाए । डिजिटल मिडिया र सामाजिक सञ्जालमार्फत अभियान विश्वभर फैलियो ।
✦ उत्पीडित जनताको चाहना ✦
दक्षिण अमेरिका, अफ्रिका, र एसियाका थुप्रै राष्ट्रहरूमा भ्रष्टाचारको मारमा परेका जनता नेपालको सफलताबाट प्रेरित भएर स्वतःस्फूर्त रूपमा आन्दोलनमा जुटे ।
✦ अन्तर्राष्ट्रिय ऐक्यबद्धता ✦
नेपालको आन्दोलनबाट प्रेरित भएर, नागरिक समाज, मानवअधिकारकर्मी, र सामाजिक अभियन्ताहरूले ‘नयाँ युगको मार्गचित्र’ निर्माण गरे, जसमा भ्रष्टाचारमुक्त प्रशासन, पारदर्शी सरकार, र जनमुखी नीति निर्माणको मार्गचित्र समावेश थियो ।
३. उत्पीडित जनताका लागि लाभ
न्याय प्रवाहः
नेपालमा सफल भएको यो अभियान अन्य देशहरूमा पनि लागू गरिँदा, गरीब तथा श्रमिक वर्गले न्याय पाउन थाले ।
शिक्षा र अवसरमा वृद्धिः
भ्रष्टाचार कम भएपछि सरकारहरू जनताको सेवामा केन्द्रीत हुन थाले, जसका कारण शिक्षामा लगानी बढ्न गयो ।
समानता र स्थिरताः
पहिला धनी र सत्तासीन वर्गले मात्र अवसर पाउने परिपाटी तोडिएर, समानतामा आधारित समाज निर्माण हुन थाल्यो ।
निर्णायक मोड र उत्कर्ष
नेपालमा सुरुआत भएको अभियान विश्वभर फैलिँदा, शक्तिशाली भ्रष्ट शासकहरू त्रसित भए । उनीहरू यो आन्दोलनलाई दबाउन अनेक उपाय अपनाउन थाले ।
तर, जागरूक जनताले अहिंसात्मक आन्दोलनलाई निरन्तरता दिए । एकपछि अर्को देशमा नागरिकहरू सडकमा ओर्लिए, सत्य र इमानदारीताको पक्षमा आवाज उठाए ।
एक ऐतिहासिक दिन, संयुक्त राष्ट्रसंघको विशेष बैठकमा नेपालका युवाहरूलाई आमन्त्रित गरियो । समीक्षाले मन्तव्य दिँदै भनिन्—
“यो केवल नेपालको यात्रा होइन । यो सम्पूर्ण मानव सभ्यताको नयाँ यात्रा हो । अहिंसा, सत्य, र पारदर्शिता आजको युगको नयाँ वौद्धिक हतियार हो । अब संसार न्यायको मार्गमा अघि बढ्नेछ ।”
नयाँ संसारको बिहान
नेपालबाट सुरु भएको यो अभियानले विश्वका देशहरूलाई नयाँ बाटो देखायो ।
--भ्रष्टाचारमुक्त प्रशासनहरू स्थापित भए ।
--सैन्य खर्चमा व्यापक कटौती भई, शिक्षा र स्वास्थ्यमा लगानी बढाइयो ।
--शीतयुद्धको अन्त्यसँगै, राष्ट्रहरूबीचको आपसी विश्वास बढ्न थाल्यो ।
--विश्वशान्तिको सपना वास्तविकतामा परिणत हुन थाल्यो ।
नेपालले प्रमाणित गर्यो— सत्य, न्याय, र इमानदारीता सधैं जित्छ ।
अब, नयाँ युगको बिहानी विश्वभर फैलिसकेको थियो ।
“नयाँ युगको उज्यालो”
काठमाडौँको खुला मञ्चमा हजारौँ युवाहरू भेला भएका थिए । हातमा प्लेकार्ड, निधारमा इमानदारिताको प्रतीकपट्टी बाँधेका उनीहरूको आँखामा अनौठो चमक थियो । त्यो केवल क्रान्तिको चमक थिएन, त्यो परिवर्तनको आँधी थियो ।
समीक्षा, प्रभात, अर्जुन, सुशीला र अरोही मञ्चमा उभिए । उनीहरू अघि बढेर माइक समाते ।
“हामीले सपना देख्यौँ— भ्रष्टाचाररहित, न्यायपूर्ण र पारदर्शी नेपाल । आज त्यो सपना साकार हुन थालिसकेको छ ।” समीक्षाको स्वर भावुक थियो ।
“देशमै गरौँ जागरण” अभियानः नेपालका लागि मोडेल
यो अभियान केवल विरोध प्रदर्शन वा नारा होइन ।
सत्यको शक्तिबाट शासन परिवर्तन
नेपालका इमानदार नागरिकहरूले यस अभियानलाई देशव्यापी बनाए । भ्रष्ट शासकहरूलाई जनताले समर्थन गर्न छाडे, उनीहरूलाई कानुनी कठघरामा उभ्याइयो ।
शिक्षा र चेतनाको पुनर्जागरण
नेपालभर ‘सत्यशिक्षा केन्द्र’ स्थापना गरियो । विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले सामाजिक उत्तरदायित्त्व सिके ।
डिजिटल पारदर्शिता
हरेक सरकारी निर्णय डिजिटल रूपमा सार्वजनिक गरियो । बजेट कहाँ गयो ? कुन परियोजनामा कति खर्च भयो ? जनताले आफ्नो मोबाइलमा हेर्न पाए ।
सशक्त नागरिक समाज
सडकका आन्दोलनहरू नीतिगत परिवर्तनमा परिणत भए । अब सरकार स्वयं जनतालाई जवाफदेही बन्यो ।
अर्जुनले सम्बोधन गर्दै भन्यो—
“नेपाल अब एक अनुकरणीय राष्ट्र बनिसकेको छ । अब यो मोडेललाई विश्वभर पुर्याउने बेला आएको छ ।”
...र त्यसपछि ‘देशमै गरौँ जागरण’ अभियान विश्वव्यापी बन्यो ।
“देशमै गरौँ जागरण“ अभियानः विश्वका लागि मोडेल
जब नेपालमा यो अभियान सफल भयो, विश्वभरका उत्पीडित नागरिकहरूले पनि यो बाटो पछ्याउन थाले ।
१. अन्तर्राष्ट्रिय जागरूकता
नेपालमा चलेको अहिंसात्मक परिवर्तनको अभियान अब अफ्रिका, ल्याटिन अमेरिका, र एसियाका अन्य देशहरूमा फैलियो । जनताले प्रश्न गर्न थाले—
“हामी किन भ्रष्ट शासकहरू सहनु ?”
“हाम्रो करको पैसा कहाँ जान्छ ?”
र, एकपछि अर्को देशमा नागरिक सशक्तीकरण सुरु भयो ।
२. न्यायको लहर
नेपालको न्याय प्रणालीले पारदर्शिता अपनाएपछि, अन्य देशहरू पनि न्यायप्रणाली सुधार गर्न बाध्य भए ।
--भ्रष्ट नेताहरूलाई जनताकै अदालतमा उभ्याइयो ।
--करछली गर्नेहरूलाई सार्वजनिक रूपमा कारबाही गरियो ।
--समान शिक्षा, समान स्वास्थ्य नीति लागू गरियो ।
३. भ्रष्टाचारको अन्त्य र आर्थिक समानता
नेपालबाट प्रेरित भएर, विकासशील देशहरूमा पारदर्शिता बढ्यो ।
भ्रष्टाचार कम भएपछि अर्थतन्त्र सुध्रियो ।
धन केही व्यक्तिहरूमा मात्र सीमित नरही जनतामा प्रवाहित हुन थाल्यो ।
उद्योग, व्यापार, र नवप्रवर्तनमा इमानदार प्रतिस्पर्धा सुरु भयो ।
४. शीतयुद्धको अन्त्य र विश्वशान्ति
नेपालको अभियानले एक महत्त्वपूर्ण सन्देश दियो—
“विश्व परिवर्तन बन्दूकले होइन, जनचेतनाले सम्भव छ ।”
शक्तिराष्ट्रहरूले महसुस गरे—
--युद्धभन्दा न्यायपूर्ण शासन प्राथमिकता हुनुपर्छ ।
--सैन्य खर्च घटाएर शिक्षा, स्वास्थ्य र विज्ञानमा लगानी गर्नुपर्छ ।
--विश्वभर पारदर्शिता बढाउन सहयोग गर्नुपर्छ ।
...र, अन्ततः नेपालले देखाएको बाटोले विश्वलाई शान्ति र समृद्धिको दिशामा अघि बढायो ।
निर्णायक मोडः चरम उत्कर्ष
संयुक्त राष्ट्रसंघको मुख्य भवनमा समीक्षा, प्रभात, अर्जुन, सुशीला र अरोही उपस्थित थिए । उनीहरूलाई ‘विश्वशान्ति पुरस्कार’ प्रदान गरिँदै थियो ।
संयुक्त राष्ट्रसंघका महासचिवले मन्तव्य दिँदै भने—
“नेपालबाट सुरू भएको ‘देशमै गरौँ जागरण’ अभियानले विश्वलाई देखायो कि जब जनता जाग्छन्, तब कुनै पनि अन्याय टिक्दैन ।”
समीक्षाले भावुक हुँदै भनिन्—
“आज हामी सबैका आँखा अगाडि एक नयाँ युग सुरु भएको छ । यो युग सत्य, न्याय र इमान्दारीताको युग हो ।”
...र, यसरी नेपालले विश्वका लागि प्रेरणा बन्यो ।
अब विश्वको बिहान उज्यालो भइसकेको थियो ।
“ह्यासट्याग देशमै गरौँ जागरण”
नेपालको राजधानी काठमाडौँ, रातको साढे नौ बजेको समय । एउटा चहलपहलपूर्ण क्याफे, जहाँ युवाहरूको भिड जम्मा थियो । क्याफेको ठूलो स्क्रिनमा बहस कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेको थियो—
“विषयः ‘विश्व परिवर्तन बन्दूकले होइन, जनचेतनाले सम्भव छ ।’”
समीक्षा, प्रभात, अर्जुन, सुशीला, अरोही, र विभिन्न देशका युवा प्रतिनिधिहरू यस वादविवादमा सहभागी थिए । संसारभरि करोडौँ दर्शकहरू प्रत्यक्ष प्रशारण हेरिरहेका थिए ।
वक्तव्यहरूको सुरुवात
समीक्षाले पहिलो वक्तव्य दिइन्—
“इतिहास साक्षी छ, बन्दूकले सत्तामा परिवर्तन ल्याउन सकिन्छ, तर समाजमा स्थायी परिवर्तन जनचेतनाले मात्र सम्भव छ ।”
उनले उदाहरण दिइन्—
फ्रेन्च क्रान्तिः बन्दूकले राजतन्त्र ढाल्यो, तर नागरिक चेतनाले लोकतन्त्र जन्मायो ।
दक्षिण अफ्रिकाः अपार्थाइडविरुद्धको चेतनाले नेल्सन मण्डेलालाई नेता बनायो ।
नेपालः ‘देशमै गरौँ जागरण’ अभियानले सत्ता होइन, सोच बदल्ने लडाइँ जित्यो ।
प्रभातले थपे—
“बन्दूकले अधिकार हत्याइन्छ, तर चेतनाले अधिकार सुरक्षित हुन्छ ।”
उनले ‘देशमै गरौँ जागरण’ अभियानकै उदाहरण प्रस्तुत गरे ।
“नेपालमा हिंसाविना भ्रष्टाचारको अन्त्य भयो, जनता स्वयं कानुनी संरचनामा सहभागी भए, शासन पारदर्शी बन्यो । यो चेतनाको शक्ति हो ।”
बिरोधी पक्षको तर्क
एक अन्तर्राष्ट्रिय विश्लेषकले विरोध जनाए—
“तर, कहिलेकाहीँ बन्दूक आवश्यक पर्छ । विश्व इतिहास हेर्ने हो भने, सैन्य क्रान्तिले पनि परिवर्तन ल्याएको छ । उदाहरणका लागि, अमेरिकी स्वतन्त्रता युद्ध, रुसी क्रान्ति ।”
तर अर्जुनले प्रतिवाद गरे—
“त्यसैले नै इतिहासमा धेरै रक्तपात भयो । बन्दूकबाट आएको सत्ता फेरि अर्को बन्दूकबाट फ्याँकिएको छ तर चेतनाबाट आएको परिवर्तन स्थायी हुन्छ ।”
उनले जोड दिए—
“नेपालकै हकमा हेरौँ— बन्दूकले माओवादी विद्रोह गरायो, तर स्थायी शान्ति लोकतन्त्रको प्रादुर्भावबाट भयो । बाँकी लडाइँ म विश्वस्त छु बौद्धिकताबाट मात्र सम्भव छ, भयो र हुनेछ ।”
सुशीलाले थपिन्—
“अहिंसात्मक संघर्ष नै विश्वका लागि आदर्श मोडेल बन्न सक्छ । उदाहरणका लागि, ‘देशमै गरौँ जागरण’ अभियान अब डिजिटल आन्दोलनमा रूपान्तरण भइसकेको छ ।”
ह्यासट्याग देशमै गरौँ जागरणः डिजिटल क्रान्ति
एक अमेरिकी युवा प्रतिनिधिले भने—
“नेपालको अभियान अब केवल भौतिक आन्दोलन छैन । इन्टरनेटभरि ह्यासट्याग #देशमैगरौँजागरण ट्रेन्डिङ छ ।”
ट्विटरमाः #देशमैगरौँजागरण मिलियन पटक प्रयोग भइसकेको छ ।
फेसबुकमाः भ्रष्टाचारविरुद्धको डिजिटल सचेतना अभियान यो ह्यासट्यागमार्फत फैलिएको छ ।
युट्युबमाः ‘देशमै गरौँ जागरण’ अभियानका भिडियोहरू विश्वभर लाखौँले हेरेका छन् ।
विश्वभरको प्रभाव
अरोहीले समापन वक्तव्य दिइन्—
“अब यो अभियान नेपालबाट सुरु भएर विश्वव्यापी क्रान्तिमा परिणत भइसकेको छ ।”
उनले भनिन्—
–अफ्रिकामा भ्रष्टाचारविरुद्ध यो मोडेल अपनाइँदैछ ।
–ल्याटिन अमेरिकामा भ्रष्टाचारविरुद्ध ‘देशमै गरौँ जागरण’ अभियानको सिको भइरहेको छ ।
–युरोपका मानवअधिकारकर्मीहरूले यसलाई ‘शान्तिपूर्ण क्रान्तिको नयाँ युग’ भनेका छन् ।
निर्णायक मोडः नयाँ क्रान्तिको संकेत
विवाद सकिएपछि सामाजिक सञ्जालभरि प्रतिक्रियाहरू उर्लिए ।
“अब हाम्रो देशमा पनि ‘देशमै गरौँ जागरण’ अभियान चाहिन्छ !”
“बन्दूकले होइन, चेतनाले परिवर्तन सम्भव छ !”
“#देशमैगरौँजागरण अब हाम्रो आन्दोलन हो !”
समीक्षाले मुस्कुराउँदै भनिन्—
“अब हाम्रा आवाजहरू हावामा विलय हुने छैनन् । यो क्रान्ति अब डिजिटल दुनियाँमा अमर हुनेछ !”
... र, यसरी ह्यासट्याग #देशमैगरौँजागरण नयाँ युगको सुरुवात बन्यो !
#देशमैगरौँजागरणः विश्व एकताको आधार
काठमाडौं, अन्तर्राष्ट्रिय युवा सम्मेलन—
नेपालको ऐतिहासिक सभाहलमा विश्वका विभिन्न देशबाट युवा नेताहरू, बुद्धिजीवीहरू, मानवअधिकारकर्मीहरू, र समाज सुधारकहरू भेला भएका थिए । सभाकक्षभरि एक विशेष उत्साह थियो, किनकि आजको बहसको केन्द्रबिन्दु थियो—
“विश्व परिवर्तन बौद्धिकताले, विचारले, जनचेतनाले सम्भव छ !”
सम्मेलनको उद्घाटन समीक्षा भट्टराईले गरिन् ।
“आज हामी विश्व एकताको युगमा छौं, तर विभाजन, भ्रष्टाचार, हिंसा, र अशान्ति बढ्दै गइरहेको छ । बन्दूकको राजनीति विगतमा धेरै राष्ट्रका लागि विनाशकारी सावित भइसकेको छ तर अब समय परिवर्तनको हो, त्यो पनि चेतनाको माध्यमबाट ।”
पहिलो पक्षः #देशमैगरौँजागरण किन अपरिहार्य ?
अर्जुनले उदाहरण प्रस्तुत गरे—
नेपालः ‘देशमै गरौँ जागरण’ अभियानले भ्रस्टाचार अन्त्य गरी जनउत्तरदायी शासन व्यवस्था स्थापना गर्यो ।
जापानः दोस्रो विश्वयुद्धपछि बन्दूक होइन, शिक्षा र नैतिक नेतृत्त्वले देशलाई विश्वको आर्थिक महाशक्ति बनायो ।
जर्मनीः बर्लिन पर्खाल ढलेपछि चेतनाको क्रान्तिले नै देश एक बनाएर आर्थिक चमत्कार सम्भव बनायो ।
दक्षिण अफ्रिकाः नेल्सन मण्डेलाले हतियारको राजनीति त्यागी अहिंसात्मक संघर्षमार्फत रंगभेद अन्त्य गरे ।
“त्यसैले, हामी बन्दूक होइन, चेतना रोज्नुपर्छ । चेतना विकास र समृद्धिको आधार हो ।” अर्जुनले जोड दिए ।
बिरोधी पक्षः परिवर्तनमा बल प्रयोगको भूमिका ?
एक अन्तर्राष्ट्रिय विश्लेषकले तर्क गरे—
“केवल विचारले मात्र परिवर्तन सम्भव हुन्थ्यो भने, इतिहासमा विद्रोहहरू किन आवश्यक परे ? फ्रेन्च क्रान्ति, अमेरिकी स्वतन्त्रता युद्ध, रुसी क्रान्ति— यी सबै सशस्त्र संघर्षहरू त थिए नि ।”
तर प्रभातले तुरुन्तै प्रतिवाद गरे—
“त्यतिबेला सञ्चार सीमित थियो । मानिसहरूलाई सशस्त्र विद्रोहबाहेक अर्को विकल्प थाहा थिएन तर आज प्रविधि छ, सूचना प्रवाह छ, र सामाजिक सञ्जालको शक्ति छ । अब चेतनाको शक्ति बन्दूकभन्दा धेरै बलियो छ ।”
#देशमैगरौँजागरण विश्वभर फैलिने कारण
सुशीलाले यसबारे तीन प्रमुख कारण प्रस्तुत गरिन्—
१ डिजिटल क्रान्तिः अब परिवर्तनको हतियार इन्टरनेट हो । हरेक देशका नागरिकहरू सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाउन सक्छन् ।
२वैचारिक एकताः ‘देशमै गरौँ जागरण’ अभियानले राष्ट्रिय सीमाहरू पार गरी समान उद्देश्यका लागि विश्वलाई एक बनायो ।
३शान्तिपूर्ण संघर्षः अब विश्वभर हिंसात्मक आन्दोलनहरू विफल भइरहेका छन्, किनकि जनताले नयाँ तरिका खोजिरहेका छन् ।
#देशमैगरौँजागरण हरेक देशका लागि अपरिहार्य किन ?
अरोहीले स्पष्ट गरिन्—
अमेरिकाः पूँजीवादी असमानताको अन्त्य गर्न समाज सुधार आवश्यक ।
भारतः जनसंख्याको विशालता भए पनि शिक्षाको चेतनाले मात्र आर्थिक समृद्धि सम्भव ।
अफ्रिकाः प्राकृतिक स्रोतहरू प्रशस्त भए पनि भ्रष्टाचारका कारण जनताले गरिबी झेल्नु परेको छ ।
मध्यपूर्वः युद्धले थलिएको क्षेत्रलाई अब चेतनाको राजनीति चाहिन्छ, जहाँ सहअस्तित्त्व कायम रहोस् ।
निर्णायक मोडः जनताको मन–मुटुमा ‘देशमै गरौँ जागरण’
अब सामाजिक सञ्जालमा #देशमैगरौँजागरण अभियान ट्रेन्डिङ मात्र थिएन, प्रत्येक देशमा आम नागरिकहरू यसको हिस्सा बनिसकेका थिए ।
ट्विटरः “अब हाम्रो देशमा पनि ‘देशमै गरौँ जागरण’ चाहिन्छ !”
फेसबुकः भ्रष्टाचारविरुद्ध लाखौंले समर्थन जनाइरहेका थिए ।
युट्युबः अभियानका भिडियोहरूले विश्वभर चर्चा पाइरहेका थिए ।
प्रभातले निचोड निकाले—
“यो अब नारा मात्र होइन, हरेक मानिसको आत्माको आवाज बनिसकेको छ । हिजो ह्यासट्याग मात्र थियो, आज जनताको मनमुटुको आन्दोलन बनिसकेको छ ।”
निष्कर्ष
समीक्षाले अन्तिम निष्कर्ष दिइन्—
“हामी बन्दूकबाट होइन, विचारबाट जित्नेछौँ । चेतनाबाट परिवर्तन ल्याउनेछौँ । ‘देशमै गरौँ जागरण’ अभियान अब विश्वका लागि एक मात्र विकल्प हो ।”
सभाहल तालीले गुञ्जियो । सबैले उठेरै सम्मानसाथ तालीले स्वीकारोक्ति दिए ।
अब यो अभियान हरेक व्यक्तिको मनमुटुमा ढुकढुकी बनी झङ्कार बनी सजेर ज्यान भइसकेको थियो ।
#देशमैगरौँजागरण अब एक विश्वव्यापी क्रान्ति बनिसकेको थियो !
#देशमै गरौँ जागरणः पिपुल्स मुभमेन्ट अफ वल्र्ड
काठमाडौं, अन्तर्राष्ट्रिय संवाद मञ्च—
विश्वभरका नेताहरू, सामाजिक अभियन्ताहरू, र युवाहरू एकै ठाउँमा भेला भएका थिए । मञ्चको केन्द्रमा उभिएकी समीक्षा आत्मविश्वासका साथ बोल्दै थिइन् ।
समीक्षाः
“हामीले नेपालबाट सुरु गरेको अभियान अब विश्वभर फैलिएको छ । किनभने ‘देशमै गरौँ जागरण’ केवल नेपालको आन्दोलन होइन, यो मानवता, समानता, र न्यायको अभियान हो ।”
एक विदेशी पत्रकारको प्रश्नः
“तर यो अभियान नेपालमा मात्र प्रभावी हुने भन्ने सोचिएको थियो, कसरी यो पिपुल्स मुभमेन्ट अफ वल्र्ड बन्यो ?”
प्रभातः
“किनभने यो अभियान कुनै भूगोलमा सीमित छैन । भ्रष्टाचार, अन्याय, असमानता केवल नेपालका समस्या होइनन् । यो संसारभर व्याप्त छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले डेनमार्कलाई भ्रष्टाचार मुक्त एकमात्र देशको उपमा दिए पनि त्यहाँको अडिट नै फेक छ । जब मानिसले देखे कि नेपालमा चेतनाको राजनीति स्थापित हुँदैछ, तिनीहरूले यो आफ्ना देशमा पनि सम्भव छ भन्ने विश्वास गरे ।”
देशको सीमाले रोक्न नसकेको अभियान
अर्जुनः
“सामाजिक सञ्जालले अब देशका सीमाहरू तोडिसकेको छ । जब नेपाली युवाहरूले ‘देशमै गरौँ जागरण’ अभियान थाले, केही महिनाभित्रै यो ह्यासट्याग भारत, बंगलादेश, दक्षिण अफ्रिका, ब्राजिल, अमेरिका हुँदै विश्वभर फैलियो ।”
सुशीलाः
“किनभने हरेक देशमा जनता परिवर्तन चाहन्छन् । हिजो राजनीतिको खेलोमा थिचिएका जनताले यो अभियानमा आशा देखे । जब जनताले आफ्नो देशमै न्याय देख्दैनन्, तब तिनीहरूले अन्तर्राष्ट्रिय अभियानमा विश्वास गर्न थाल्छन् ।”
‘देशमै गरौँ जागरण’ र विश्व शान्ति
रमेशः
“धेरैले प्रश्न गरे— यो अभियानले के मात्र गर्नेछ ? उत्तर स्पष्ट छ— यो अभियानले शान्ति कायम गर्नेछ ।”
विदेशी मानवअधिकारकर्मीः
“कसरी ?”
अरोहीः
“किनभने हामीले इतिहासमा देखिसकेका छौँ— युद्धले कहिल्यै स्थायी समाधान ल्याएको छैन । हिंसाले हिंसालाई मात्र जन्म दिन्छ तर चेतनाले मात्र मानवतालाई अघि बढाउन सक्छ ।”
अन्तिम निचोड
समीक्षा (निष्कर्ष दिँदै)ः
“हिजो यो नेपालका लागि मात्र थियो, आज विश्वका लागि बनिसकेको छ । किनभने ‘देशमै गरौँ जागरण’ अब केवल अभियान होइन, यो मानवताको आवाज बनिसकेको छ ।”
सभाहल तालीले २ मिनेटसम्म गडगडाहटका साथ गुञ्जियो । सबैले आआफ्ना मोबाइल कम्प्युटरको प्रोफाइल फोटो #पिपुल्समुभमेन्टअफवल्र्ड भएको पाए । यही सकारात्मक पक्षका बीच हौसिएर युवाहरुले त्यही बेला सारा विश्ववासीलाई सरप्राइज दिए । त्यहाँको तालीको गडगडाहटले नै आजका जेन्जी र अल्फा पुस्ताले यसरी सारा विश्वको डिभाइसमा प्रोफाइल परिवर्तन गरेको पाएर सबैले एकदम खुसीले समर्थन गर्दै मोबाइल अनि ल्यापटप टिभी च्यानलको लाइभतर्फ देखाइनै रहे ।
अब ‘देशमै गरौँ जागरण’ पिपुल्स मुभमेन्ट अफ वल्र्ड भइसकेको थियो !
शुभारम्भ !!!
२०८१ फागुन १
बिजु सुवेदी विजय
Comments
Post a Comment