शान्ति–प्रेम ः अनन्त प्रेम कथा

 शान्ति–प्रेम ः अनन्त प्रेम कथा


१

बिहानीको नीलो आकाशमा हल्का रातो आभा मिसिँदै थियो । बगरमा शीतका थोपा चम्किरहेका थिए । नदीको किनारमा उभिएर शान्ति टोलाइरहेकी थिइन् । उनको मनको धड्कन तीव्र थियो । उनी प्रेमको बाटो ताकिरहेकी थिइन् । प्रेम, जसलाई उनले आत्माको गहिराइबाट प्रेम गरेकी थिइन् ।


“प्रेम !” उनले एकाएक बोलिन्, “तिमीले मेरो प्रेमको गहिराइलाई कहिले महसुस गर्नेछौ ?”


त्यही बेला प्रेम परबाट आइरहेको देखिए । उनको आँखा आँसुले भरिए । प्रेमले अघि बढ्दै भने,

“शान्ति, प्रेम केवल नामको सन्दर्भमा मात्र सीमित हुँदैन, यो त आत्माको मिलन हो ।”


शान्तिले हल्का मुस्कानका साथ भनिन्,

“तर यो दुनियाँलाई हाम्रो प्रेम बुझ्ने क्षमता छैन प्रेम ! उनीहरू हामीलाई बदनाम गर्न खोज्छन्, हाम्रो भेटलाई पाप ठान्छन् ।”


प्रेम मुस्कुराए । उनले शान्तिको हात समाउँदै भने,

“प्रेमलाई कसैले बदनाम गर्न सक्दैन, शान्ति ! प्रेमको शुद्धता आकाशको चन्द्रमाजस्तै स्वच्छ छ, जसलाई कुनै बादलले सधैं लुकाएर राख्न सक्दैन ।”


त्यसै बेला हावाले सारा फूलहरू हल्लायो, मानौं प्रकृति पनि उनीहरूको प्रेमको समर्थन गरिरहेको थियो ।


प्रेम कसरी जन्मिन्छ ?


प्रेम जन्मिँदैन, प्रेम त आत्माबाट झरिरहेको पवित्र झरना हो । जब आत्मा अर्को आत्मासँग एकाकार हुन खोज्छ, तब प्रेमको जन्म हुन्छ । प्रेम न त कुनै विशेष समयमा जन्मिन्छ, न त कुनै स्थानमा सीमित हुन्छ । प्रेमको जन्म मनको भित्रि मुलायम आवरणमा हुन्छ, तर यसलाई महसुस गर्न आत्माको स्वच्छता आवश्यक छ ।


शान्तिले प्रेमलाई सोधिन्,

“प्रेम, तिमी मेरो जीवनमा किन आयौ ?”



प्रेमले उत्तर दियो, “शान्ति, म तिमीमा सधैं थिएँ । म तिम्रो मनमुटुको धड्कनमा थिएँ, तिम्रो प्रत्येक सासमा थिएँ । म तिमीलाई महसुस गराउन मात्र आएको हुँ ।”


प्रेम किन आवश्यक छ ?


प्रेमबिना संसार बाँच्न सक्छ, तर त्यो संसार निर्जीव हुन्छ । प्रेमबिना धड्कन चल्न सक्छ, तर त्यो जीवन मसानघाटजस्तै शून्य हुन्छ । प्रेम आत्माको रस हो, जसले जीवनलाई सजीव बनाउँछ । प्रेमबिना मानिस अधूरो हुन्छ ।


एक दिन शान्तिले प्रेमसँग भनिन्, “यदि प्रेम यति नै आवश्यक छ भने, किन मानिसहरू यसबाट डराउँछन् ?”


प्रेमले गहिरो सास फेर्दै भने, “किनभने उनीहरू प्रेमको साँचो मूल्य बुझ्दैनन् । उनीहरू प्रेमलाई लोभ र वासनासँग जोड्छन् तर साँचो प्रेम त्याग हो, समर्पण हो, स्वतन्त्रता हो ।”


प्रेम कहाँ भेटिन्छ ?


प्रेम न कुनै मन्दिरमा भेटिन्छ, न कुनै राजमहलमा । प्रेम त त्यहाँ भेटिन्छ, जहाँ स्वच्छता पवित्रता हुन्छ । प्रेम आत्मामा हुन्छ, जसले केवल आफूलाई मात्र नभएर समस्त जगतलाई अँगाल्न तयार हुन्छ ।


शान्तिले एक दिन प्रेमलाई सोधिन्, “प्रेम, तिमीलाई म कहाँ खोजूँ ?”


प्रेमले मुस्कुराउँदै उत्तर दियो, “शान्ति, म त तिम्रो मनमुटुमा छु । म त प्रत्येक फूलको सुवासमा छु, प्रत्येक संगीतको लयमा छु । तिमीले आफ्नो मनको भ्रम हटाइदियौ भने म तिम्रो आँखाबाट संसार हेर्न थाल्छु ।”


प्रेम कस्तो हुन्छ ?


प्रेम न कुनै सीमा मान्छ, न कुनै शर्त । प्रेम न कुनै जाति, धर्म, भाषा, भूगोल जान्छ । प्रेम केवल प्रेम हो । प्रेम मिठास हो, प्रेम आँसु हो, प्रेम न्यानोपन हो । प्रेम त जीवनको गहिराइमा बगेको संगीत हो ।


प्रेमले एक दिन शान्तिलाई सम्झाउँदै भन्यो, “शान्ति, प्रेम सुख मात्र होइन, प्रेम त दुःख पनि हो । प्रेम पीडासँग पनि हाँस्न सक्नुपर्छ । प्रेम गहिराइमा अनुभूति गर्ने हो, देखाउनका लागि होइन ।”


शान्तिले टल्किएको जुनतिर हेर्दै भनिन्, “यदि प्रेमले दुःख दिन्छ भने, किन मानिसहरू प्रेम गर्छन् ?”


प्रेमले मुस्कुराउँदै भन्यो, “किनकि प्रेमको दुःख पनि संसारका अरू सबै कुराको सुखभन्दा मीठो हुन्छ । प्रेममा पाएको एउटा आँसु पनि संसारभरि पाएको हाँसोभन्दा अमूल्य हुन्छ ।”


प्रेम अनन्त कसरी हुन्छ ?


सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि ज्यान दिए । उनले प्रेमलाई समयभन्दा पर राखे । समय सकिन सक्छ, तर प्रेम सकिँदैन । उनी मरे, तर प्रेम जीवित रह्यो ।


शान्तिले प्रेमलाई सम्झाउँदै भनिन्, “प्रेम, हामी समयभन्दा पर जान सक्छौँ ?”


प्रेमले दृढताका साथ भन्यो, “हो, शान्ति ! प्रेम समयभन्दा परको कुरा हो । यो कुनै एउटा जन्मको कुरा होइन, यो जन्मजन्मान्तरसम्म बाँच्ने कथा हो ।”


त्यस रात आकाश खुलेको थियो । जून उज्यालो थियो । प्रेम र शान्ति नदी किनार उभिएर त्यो अनन्त प्रेमलाई महसुस गरिरहेका थिए । उनीहरूको प्रेम न कुनै कालखण्डमा बाँधिएको थियो, न कुनै सीमामा । उनीहरूको प्रेम अनन्त थियो ।


२

“प्रेम यत्ति पवित्र छ , यति स्वच्छ छ , यति आत्मिय छ , यति परमात्मिय छ धेरै धेरै अप्रतिम छ । प्रेम नातासम्बन्धभन्दा पारि छ । प्रेम गर्नेले मात्रै प्रेम बुझेको हुन्छ । अरुले त यसलाई दुषित देख्ने महापापी काम गरेको हुन्छ । प्रेम यो यति सशक्त छ । उसले कसैलाई पनि अशक्त बनाउनै सक्दैन । प्रेममा दुई आत्मा एक हुन्छ । धेरै धेरै समताको हुन्छ । दिन जानेको हुन्छ । लिन जानेको हुँदैन । समानताको हिसाब त मात्र प्रेमले नै जानेको हुन्छ । अरू त सबै तुच्छ हुन्छ । अनि केही पनि आशा गरेको हुँदैन । प्रेमिले प्रेमिकाको खुसीका लागि । प्रेमिकाले प्रेमिको खुसीका लागि आफ्नो सर्वस्व गुमाउन पनि तयार भइदिन्छ । पे्रमले घाम फोड्न सक्छ । प्रेमले हावा मोड्न सक्छ । प्रेमले आँधी बेहरी भूकम्प रोक्न सक्छ । अवश्य नै प्रेमले प्रलय रोक्न सक्छ । त्यसैले यो प्रेम दिवस धेरै स्वच्छ छ । यसलाई दुषित कसैले नबनाऔँ । प्रेमविना मानिस सर्वस्व भएर पनि जिएर मरेको हुन्छ । प्रेम हुँदा कन्तविजोगमा पनि राजा भएर जिएको हुन्छ । दुनियाँको सबै प्रेममा खराबी छ , शान्तिको प्रेममा मात्र सच्चाइ छ । दुनियाँको सबै प्रेम बनावटी हो , शान्तिको प्रेम मात्र यथार्थ हो ।” प्रेमले शान्किा बारे यस्तै कुराहरू मनको मुलायम कुनाकन्दरासम्म महसुस गरिरहेको थियो ।


त्यसैबेला सेन्ट भ्यालेन्टाइनमार्फत आकाशवाणी भयो


 ........हो ! जति बेला शान्ति र प्रेमको प्रेम भएको थियो , त्यो बेला नारीले खुलेर बोल्ने चलन थिएन । त्यो बेला प्रेमको कुरा गर्न बन्देज थियो । पारम्परिक बिवाह गर्ने मात्रै चलन थियो । त्यस्तो बेला शान्तिले प्रेमलाई प्रेम गरेकी थिइन् । सारा संसारलाई त्यागेर शान्तिले प्रेमलाई अँगालेकी थिइन् । शान्ति प्रेमविना तड्पिन्थिन् । सधैं प्रेमको पुकार गरिरहन्थिन् । दुनियाँको सर्वोत्कृष्ट प्रेम शान्तिले प्रेमलाई गरेकी थिइन् । प्रेमलाई प्रेम गर्नेहरु सबैलाई शान्तिले धेरै–धेरै पछाडि पारेकी थिइन् । तिनै शान्तिले गरेको प्रेमलाई हेरेर हामीले प्रेम प्राप्त गर्न सक्दछौं । हो मात्र शान्तिको माध्यमबाट । सबभन्दा सजिलो र सरल उपाय पनि शान्तिनै हो । प्रेम अर्थात परमात्मालाई कसरी शान्तिले प्रत्यक्ष साक्षात्कार गरेकी थिइन्् । हो त्यो निश्छल प्रेमले परमात्मालाई पनि विवश बनाइदियो । शान्तिको प्रेमको अगाडि सबै किसिमका प्रेम धेरै फिक्का भइगयो । सुनौं यो शान्तिको पुकार । परमात्मासँगको प्रत्यक्ष साक्षात्कार ।...........


त्यति नै बेला शान्तिलाई आभास भयो । उसको अभिव्यक्ति आभामण्डलमा घुमिरह्यो । उनी भित्री मुलायम दिलदेखि काव्यात्मकरूपमा गहिराइसम्म परमात्मासँग साक्षत्कार भएर अभिव्यक्ति दिइरहिन् 


......सुन सुन ए प्रेम निराला , सुन मेरो पुकार आएको छु तिम्रो द्वार । अब लौ सुन धड्कनवाला सुन सुन ए प्रेम निराला , मेरो पाउ त छ र पनि म आउन न सकुँ । तिमीले जानेर पनि जो केही जानेनौ नाथ अब कसरी भनुँ दुःख सारा । सुन सुन ए प्रेम निराला, तिमी अड्डीमा छौ । किन अड्डीमा छौ ? जो म छल दिएर आऊँ । भनुँ जल लिएर आऊँ , त सब गर्दछन् बदनाम, जस्तोसुकै कुरा काट्न थाल्छन्, भन्छन् शान्ति भइन् कलङ्किनी, तिमीसँग चोरी–चोरी भेट्न जान्छिन् । जस्तो पायो त्यस्तो कुरा काट्न थाल्छन् । न त म बोल्न सकुँ न मुख खोल्न सकुँ । भनुँ सधैं अवला नाउँ । मेरो जीवन जान्छ न दरश देखाउँछ न दरश देखाउँछ उनले । मुखमा हेर्छन् सखीहरु न तरश खान्छन् । मेरो मनको कुरा मनमै रह्यो । हाय ! मेरो नयनले देख्या छैन अझै प्रेम । अवलाको दुःख हे ! नाथ मनको रह्यो मनमै । सखीहरु दास भन्छन् । सखी हे ! हे सखी ! जसलाई तन लाग्दछ त्यही तनले यो दुःख जान्दछ । जसको प्रेम मनकारी हो उसले मात्र यो दुःख जान्दछ । उसले मात्र यो दुःख जान्दछ ।...........


एकपल नभेट्दा पनि यत्ति गह भर्थिन् उनी ।


त्यसै बेला हावाले सारा फूलहरू हल्लायो, मानौं प्रकृति पनि उनीहरूको प्रेमको समर्थन गरिरहेको थियो ।


३

फेब्रुअरी १४ को प्रेम दिवस आउँदै थियो । सहरका गल्लीहरू रातो त्यो पनि सिम्रिक गुलाबले सजिइरहेका थिए । मानिसहरू प्रेमका गीत गाइरहेका थिए तर प्रेम र शान्तिको प्रेम कुनै एक दिनमा सीमित थिएन । त्यो प्रेम त समयभन्दा परको थियो । 


त्यसैबेला तत्कालै उनीहरू यसरी प्रेमका गीत सँयुक्तरूपमा गाउनथाले


....

तिम्रो र मेरो गीत जन्मजन्मको साथ यो अगाढ जन्मजन्मको सम्बन्ध शुद्ध विमोह ।

तिमी तपे म ठण्ड्याउने, तिमी मुर्झे म तपाउने

रिस राग कबै होइन, प्रेमको मीठास सधैँ बर्साउने

दुःख पाए नआत्तिने, सुखमा कबै नमात्तिने

तिमी विच्किए म समाल्ने, तिमी सच्चिए झनै सपार्ने

भोको पेट कसैको नहोस्, रुवाइको क्षण वैरीले नझेलुन्

दरिद्रता कतै नहोस्, धनको वर्ष सिञ्चन होस्

हट्नेछन् काँडा सबै, फक्रनेछन् सिम्रिक गुलाव

दुई आत्मा एउटै हो, बाहिरी भित्रि शरीर जो

तिमीले जे झेल्यौ, त्यो मैले पनि

जतिसुकै ठूलो तथास्तु वरदान त्यो केही चाहिँदैन

सिवाय तिमी मलाई त्यो अरू केही होइन

प्रारूप वस्तु दृष्य त्यो केही होइनन्

म जे छु त्यो तिमी हौ, तिमी जे छौ त्यो मै हुँ

जन्मजन्म त त्यो के नै हो र अनन्तभन्दा धेरै बढी

सपना, विपना, जपना त्यो तिमी नै त हौ, प्रलय त्यो तुच्छ के नै हो र

ध्यान, मोक्ष, समाधिमा पनि तिमी रहन्छौ

साँच्चै हाम्रो प्रेमको मायाको गाँठो प्रेमशान्ति अचाक्ली एकदम गीत नै त हो

...........


प्रेमले शान्तिलाई हेर्दै भने,

“शान्ति, आज प्रेम दिवस छ, तर हाम्रो प्रेम दिवस त शाश्वत छ , सधैँको हो । यसलाई कुनै दिनले परिभाषित गर्न सक्दैन ।”


शान्तिले उत्तर दिइन्,

“हो प्रेम, प्रेम न त कुनै समयमा अड्किन्छ न कुनै सिमानामा । यो त आत्माको अनन्त यात्रा हो ।”


त्यस दिनको साँझ, प्रेम र शान्ति नदीकिनारमै उभिए । प्रेमले आफ्नो हात अघि बढाउँदै भने,

“शान्ति, के तिमी मलाई सदैव प्रेम गर्नेछ्यौ ?”


शान्तिले प्रेमको हात थाम्दै उत्तर दिइन्,

“मेरा आत्माको प्रत्येक स्पन्दन तिम्रै प्रेममा बाँधिएको छ प्रेम । यो प्रेम कहिल्यै सकिने छैन । सन्देह नगर बरु सन्देहको नकारात्मक भाव कबै नल्याऔँ है ?”


जूनले आकाशमा आफ्नो मधुर ज्योति छरिरह्यो । प्रेम र शान्तिको प्रेम समयभन्दा पर गएर पनि अनन्त बनिरह्यो ।


तर यो प्रेम केवल उनीहरूको कथा मात्र थिएन । यो प्रेम त शताब्दीयौँ अघिको कथा थियो, जुन प्रेमका लागि बलिदान दिएका सेन्ट भ्यालेन्टाइनको प्रेम सन्देश थियो ।


रोमको कठोर सम्राट क्लाउडियसले प्रेममा प्रतिबन्ध लगाएको थियो, विवाह गर्नेलाई मृत्युदण्ड दिने घोषणा गरेको थियो तर सेन्ट भ्यालेन्टाइनले प्रेमलाई धर्मभन्दा परको, सीमाभन्दा परको सत्य माने । उनले प्रेममा परेका प्रेमीहरूलाई गुपचुप विवाह गराइदिए । जब उनलाई सम्राटले पक्राउ गर्यो, उनले मृत्यु स्वीकारे तर प्रेमको सिद्धान्त त्यागेनन् ।


उनले आफ्ना मृत्यु पूर्व प्रेमपत्र लेखे – “तिम्रो भ्यालेन्टाइन” । त्यो दिन फेब्रुअरी १४ थियो । जस दिन प्रेमको लागि एउटा महान बलिदान दिइएको थियो ।


शान्ति र प्रेमले आकाशतिर हेर्दै भने,

“प्रेम कहिल्यै समाप्त हुँदैन । प्रेम सदैव जीवित रहन्छ । सेन्ट भ्यालेन्टाइनका मनमुटुस्पर्शी बलिदानहरू प्रेमीहरूको मनमुटुमा सधैं अजर–अमर रहनेछन् ।”


सँयुक्तरूपमा प्रेम दिवसको यो दिन उनीहरूको प्रेमले अनन्तताको सीमा पार गर्यो, मानौं उनीहरूका प्रेमील स्पन्दनहरूले सेन्ट भ्यालेन्टाइनकै वरदान प्राप्त गरेका थिए ।


एक दिन, जब उनीहरू प्रेमको पराकाष्ठामा पुगे, उनीहरू एक रहस्यमयी प्रकाशमा हराए । उनीहरूको आत्माले भौतिक शरीर त्याग्यो र उनीहरू भौतिक संसारभन्दा परको यात्रामा निस्किए । एक अर्काको हात समाउँदै उनीहरूले एउटा नयाँ व्रह्माण्डको ढोका खोले ।


त्यहाँ कुनै सीमा थिएन, न कुनै समय थियो, न कुनै दुःख । केवल प्रेम थियो । प्रेम मात्र ऊर्जा बनेर बगेको थियो । प्रेम मात्र प्रकाश बनेर चम्किरहेको थियो ।


शान्तिले प्रेमलाई चकित हुँदै भनिन ्“यो कहाँ हो, प्रेम ? हामी कहाँ आइपुग्यौं ?”


प्रेमले शान्तिपूर्ण मुस्कानसहित उत्तर दियो, “यो प्रेमको वास्तविक स्वरूप हो, शान्ति ! यो भौतिक संसारमा सम्भव छैन । यहाँ कुनै स्वार्थ छैन, कुनै अपेक्षा छैन, कुनै बाधा छैन । केवल प्रेम छ, केवल हामी छौँ ।”


त्यस क्षण, उनीहरू प्रेमको एक यस्तो स्तरमा पुगे, जहाँ शब्दहरू आवश्यक थिएनन् । तिनीहरूको आत्मा संवाद गरिरहेका थिए । उनीहरू विचारमात्र साटिरहेका थिए ।


ब्रह्माण्डीय प्रेम किन ?


शान्तिले प्रेमलाई सोधिन्, “यदि प्रेम यति नै महान् छ, भने यो प्रत्येक आत्माले किन महसुस गर्न सक्दैन ?”


प्रेमले गहिरो उत्तर दियो, “किनभने अधिकांश मानिसहरू प्रेमलाई केवल भौतिक रूपमा बुझ्छन् । प्रेम आत्मिक हो, बोध गर्नुपर्ने कुरा हो, स्वार्थमुक्त हुनुपर्ने कुरा हो । जबसम्म मनमुटु पूर्णरूपले शुद्ध हुँदैन, तबसम्म यस्तो प्रेमको अनुभव गर्न सकिन्न ।”


ब्रह्माण्डीय प्रेम कहाँ ?


“प्रेम, यो प्रेम हामी मात्र अनुभूति गर्न सक्छौँ ?” 


“होइन, शान्ति । यो प्रेम हरेक आत्मामा छ तर, मानिसहरू भौतिक संसारमा अल्झिरहन्छन् । उनीहरूले प्रेमलाई स्वार्थ, लोभ, वासनासँग जोड्छन् । जब आत्मा शुद्ध हुन्छ, तब यस्तो प्रेमको यात्रा सम्भव हुन्छ ।”


प्रेम अनन्त कसरी ?


सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि आफ्नो जीवन बलिदान गरे । उनले प्रेमलाई अमर बनाए तर, उनको प्रेम केवल एउटा समयको थिएन, त्यो प्रेम अनन्त थियो ।


शान्तिले प्रेमलाई सम्झाउँदै भनिन्, “प्रेम, हामी समयभन्दा पर जान सक्छौँ ?”


प्रेमले दृढताका साथ भन्यो, “हो, शान्ति ! प्रेम समयभन्दा परको कुरा हो । यो कुनै एउटा जन्मको कुरा होइन, यो जन्मजन्मान्तरसम्म बाँच्ने कथा हो ।”


त्यस रात, आकाश खुलेको थियो । जून उज्यालो थियो । प्रेम र शान्ति एउटा नयाँ व्रह्माण्डमा समाहित भइरहेका थिए । उनीहरूको प्रेम न कुनै कालखण्डमा बाँधिएको थियो, न कुनै सीमामा । उनीहरूको प्रेम अनन्त थियो ।


४

रातको गहिराइमा जूनको उज्यालो हल्का पारदर्शी झल्को दिइरहेको थियो । तारा टल्किरहेका थिए, मानौँ प्रेमका प्रमाण दिइरहेका थिए । शान्ति र प्रेम, जसको प्रेमले पृथ्वीको सीमा पार गरिसकेको थियो, अब अनन्तको यात्रामा थिए । उनीहरू समयको नियम तोडेर प्रेमको अर्को चरणमा प्रवेश गर्दै थिए ।


“प्रेम, के तिमी महसुस गर्छौ ? हाम्रो प्रेम केवल हामी दुईको मात्र होइन, यो त सम्पूर्ण ब्रह्माण्डमा बिस्तार भइरहेको छ,“ शान्तिले प्रेमको हात समाउँदै भनी ।


प्रेमले हल्का मुस्कानका साथ उत्तर दियो, “शान्ति, प्रेम केवल आत्माको मिलन होइन, यो त अस्तित्त्वको सत्यता हो । जब प्रेम साँचो हुन्छ, यसले केवल दुई आत्मालाई मात्र होइन, समस्त ब्रह्माण्डलाई प्रकाशित गर्छ ।”


ब्रह्माण्डमा प्रेमको ऊर्जा कसरी फैलियो ?


त्यो क्षण, उनीहरूको आत्मा एक उर्जामा विलीन भयो । एक अदृश्य प्रकाश र कम्पन सारा ब्रह्माण्डभरि फैलियो । निहारिकाहरू उज्यालो भए, ग्रहहरूको चालमा सुस्तता आयो, ताराहरू थप चम्किए । प्रेमले एउटा अनुपम ऊर्जा उत्सर्जन गरिरहेको थियो, जसले सारा ब्रह्माण्डलाई प्रेमको तरङ्गले भरिरहेको थियो ।


त्यस क्षण, एक दूर क्षितिजबाट आवाज आयो, “यो कुन शक्ति हो, जसले ब्रह्माण्डलाई यति सजीव बनाइरहेको छ ?”


शान्तिले मन्द मुस्कानसहित उत्तर दिइन्, “यो प्रेमको शक्ति हो । जब दुई आत्माहरू पूर्ण मिल्छन्, तब प्रेमले समय र दूरीलाई पार गरेर सम्पूर्ण ब्रह्माण्डलाई आलोकित गर्छ ।”


सृष्टिको अभिन्न भागहरूसमेत यो ऊर्जा अनुभूत गर्न थाले । सौर्यमण्डलका ग्रहहरूले समन्वयमा गति गर्न थाले । सुदूर ब्रह्माण्डका आकाशगङ्गाहरू प्रेमको माधुर्यमा लयबद्ध भए ।


ब्रह्माण्डीय प्रेमले सर्वत्र शान्ति कसरी फैलायो ?


संसारमा युद्ध चलिरहेका थिए, हृदयमा भय, लोभ, ईष्र्या जरा गाडेर बसेका थिए तर शान्ति र प्रेमको ऊर्जाले ती नकारात्मक शक्तिहरूलाई विस्तारै विलीन गर्दै गयो ।


मृत्युको त्रासदीमा डुबेका प्राणीहरूले जीवनको वास्तविक उद्देश्य खोज्न थाले । द्वन्द्वरत राष्ट्रहरूमा समझदारी जन्मन थाल्यो । प्रत्येक जीव एवम् मानिसहरूको हृदयमा प्रेम र करुणा पुनः स्थापित हुन थाल्यो ।


एक पौराणिक देवदूत प्रकट भयो । ऊ, जसले सृष्टिको सन्तुलन हेरिरहन्छ । प्रेमको लहर महसुस गर्दै उसले भन्यो, “तिमीहरूको प्रेमले ब्रह्माण्डको नियमलाई परिवर्तन गरिरहेको छ । तिमीहरू केवल प्रेमी होइनौ, तिमीहरू प्रेमका स्रोत हौ । तिमीहरूको मिलनले सृष्टिमा अनन्त शान्तिको स्थापना गरिरहेको छ ।


प्रेमले देवदूतलाई विनम्रतापूर्वक उत्तर दियो, “हाम्रो प्रेम कुनै शर्तमा बाँधिएको छैन । प्रेम त त्याग हो, समर्पण हो । जब प्रेम निःस्वार्थ हुन्छ, तब मात्र यसले सम्पूर्ण अस्तित्त्वमा उज्यालो ल्याउन सक्छ ।”


देवदूतले उनीहरूलाई आशीर्वाद दियो । त्यस दिनदेखि पृथ्वी मात्र होइन, सम्पूर्ण ब्रह्माण्डमा प्रेमको कम्पन प्रवाहित हुन थाल्यो । युद्धको अन्त्य भयो, हृदयहरूमा मेलमिलाप भयो, अनि प्रेमको ऊर्जा सृष्टिलाई एकताको सूत्रमा बाँध्न सफल भयो ।


... तर प्रेम अनन्त छ ।

अर्कै ब्रह्माण्डको उज्यालो आयाममा शान्ति र प्रेमले एक नयाँ अस्तित्त्व महसुस गरे । उनीहरू अब कुनै शरीरमा सीमित थिएनन्, न कुनै समयको परिधिभित्र । उनीहरू स्वयं ब्रह्माण्डका ऊर्जा भएका थिए ।


शान्तिले प्रेमतिर हेर्दै भनी, “हामी अब केवल व्यक्तिहरू रहेनौँ प्रेम, हामी स्वयं ऊर्जा भएका छौँ तर के हाम्रो प्रेमले सृष्टिलाई बाँध्न सक्छ ?”


प्रेम मुस्कुराए । उनले आकाशतिर हेर्दै भने, “जब दुई आत्मा विशुद्ध प्रेममा मिल्छन्, तब उनीहरूको ऊर्जा सीमित रहँदैन । हामी अब तिनै ऊर्जा हौँ, जसले समय, दूरी, र अस्तित्त्वका सबै सीमाहरूलाई पार गर्न सक्छ ।”


त्यस क्षण, उनीहरूको प्रेमको तरंगहरू ब्रह्माण्डभरि फैलन थाले । तारा, ग्रह, आकाशगंगाहरू तिनै तरंगमा लयवद्ध भई नाच्न थाले । अनन्त शान्ति बिस्तार हुँदै गयो ।


टाढाका एक अनजान नक्षत्रमा एउटा सभ्यता शताब्दीयौँदेखि युद्धको चपेटामा थियो । घृणा, क्रोध, अनि भयले तिनीहरूको जीवनलाई नष्ट गरिरहेको थियो ।


तर अचानक, एउटा अदृश्य प्रकाश तरंग त्यहाँ पुग्यो । यो कुनै साधारण प्रकाश थिएन, यो प्रेमको ऊर्जा थियो । यसले प्रत्येक मनमुटुलाई छुन थाल्यो ।


एउटा बालक, जो सधैं भयभीत हुन्थ्यो, अचानक ऊ भित्र शान्ति महसुस गर्न थाल्यो । एउटा वृद्ध, जसले जीवनभर शत्रुता बोकिराखेका थिए, अचानक त्यो सबै निरर्थक लाग्न थाल्यो । राज्यहरू, जो युद्धमा लिप्त थिए, उनीहरूको राजा–रानीहरूले पहिलो पटक घृणाभन्दा पर प्रेमको शक्ति देखे ।


शान्तिले प्रेमलाई हेर्दै भनी, “हेर, हाम्रो प्रेम कसरी बदलिँदै छ ! यसले सभ्यतालाई पुनः प्रेम र शान्तिको बाटो देखाइरहेको छ ।”


प्रेमले उनको हात समाउँदै भने, “यो नै प्रेमको पराकाष्ठा हो, शान्ति ! जब प्रेम केवल दुई आत्माबीच सीमित हुँदैन, जब प्रेम सम्पूर्ण अस्तित्त्वलाई आत्मसात् गर्छ । अब हाम्रै प्रेमले समय र सृष्टिलाई बाँध्नेछ ।”


ब्रह्माण्डका प्रत्येक कणले त्यो प्रेमको तरंगलाई आत्मसात् गर्न थाल्यो । एक–अर्कालाई क्षमा गर्न असमर्थ भएका सभ्यताहरू अब प्रेममा एकता खोज्न थाले । पृथ्वीमा पनि यसको प्रभाव पर्न थाल्यो । युद्धरत राष्ट्रहरू शान्ति वार्तामा बस्न थाले । द्वेषी हृदयहरू प्रेमले भरिन थाले । तर प्रेम र शान्ति भने अझै ब्रह्माण्डको अनन्त यात्रामा थिए ।


शान्तिले प्रेमतिर हेर्दै भनी, “यदि प्रेमको ऊर्जा फैलिइरहेकै छ भने, यसको अन्त कहाँ छ ?”


प्रेमले हल्का हाँसेर जवाफ दिए, “प्रेमको अन्त कहिल्यै हुँदैन, शान्ति ! प्रेम आफैं अनन्त हो । अब हामी यही अनन्तताको अंश भएका छौँ ।”


अनि, प्रेमको ऊर्जा सृष्टिलाई एकताको सूत्रमा बाँध्न सफल भयो ।


शान्ति र प्रेम अब कुनै शरीरमा सीमित थिएनन् । उनीहरूको अस्तित्त्व स्वयं ब्रह्माण्डको कम्पन भइसकेको थियो । उनीहरू प्रेमको ज्योति बनेर अनन्ततिर फैलिरहेका थिए ।


तर...


एकाएक ब्रह्माण्डका ताराहरू हलचलमा आए । समयको गति अकल्पनीय रूपमा विस्तार हुन थाल्यो । शान्तिले प्रेमतिर हेर्दै भनी, “के तिमीले यो महसुस गर्यौ ? के हाम्रो प्रेमको ऊर्जा ब्रह्माण्डलाई नै भत्काइरहेछ ?”


प्रेम गम्भीर भए । उनले आकाशतिर हेर्दै भने, “शायद प्रेम केवल निर्माणको लागि मात्र होइन, विनाशको लागि पनि हुन सक्छ । किनभने प्रेम जब चरम बिन्दुमा पुग्छ, तब त्यो आफैंलाई भत्काएर नयाँ सृष्टि जन्माउन सक्छ ।”


शान्ति केही क्षण निस्तब्ध भइन् । “के यसको अर्थ, हाम्रो प्रेम आफैंलाई समाप्त गर्न लागेको छ ?”


प्रेम मुस्कुराए तर यो मुस्कानमा एउटा रहस्य थियो, एउटा गहिरो सत्य । “शान्ति, प्रेम कहिल्यै समाप्त हुँदैन । यो केवल रूप बदल्छ । जब प्रेम चरम बिन्दुमा पुग्छ, तब त्यो विस्फोट हुन्छ... र त्यही विस्फोटबाट नयाँ ब्रह्माण्ड जन्मिन्छ ।”


त्यस क्षण, सम्पूर्ण ब्रह्माण्ड काँप्न थाल्यो । एक अनन्त ज्योति फाटेर हजारौँ रंगमा परिणत भयो । प्रेम र शान्ति त्यो प्रकाशसँगै विलीन भए... तर उनीहरू मरेनन् ।


किनभने...त्यो क्षण सँगै, कुनै अर्को कुनामा यसरी नै सिलसिलेवाररूपमा अनन्तसम्म नयाँ प्रेमको कथा जन्मिइरहेको थियो । यो प्रेमबाट हुने कल्याणको प्रकृया अनन्त यात्रामा चलिरह्यो ।


निरन्तर ! निरन्तर ! ! निरन्तर ! ! !


––– अन्त्य होइन... 


किनभने प्रेम कहिल्यै समाप्त हुँदैन । 


बुम ! ! !


२०८१ फागुन १

बिजु सुवेदी विजय




Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा