लघुकथा :– उल्लु , हाँस र हँसिनी
लघुकथा :– उल्लु , हाँस र हँसिनी
बिजु सुवेदी “विजय”
एकजोडी हाँस र हँसिनीको रमणीय जोडी सधैं तलाउमा सयर गरेर आनन्दित भइरहन्थे । सधैं त्यही ठाउँमा दिन बिताइरहनुपर्ने भएकोले उनीहरुलाई त्यो तलाउ नियास्रो लाग्न थाल्यो । एक दिन उनीहले घुम्न जाने बिचार गरे । उड्दै–उड्दै उनीहरुले घुम्दै–घुम्दै दृष्यहरु नजरपान गर्दै मनोरञ्जन लिँदै गए । अन्त्यमा थकित भएपछि साँझपख उनीहरुले आरागर्न तलाउ खोजे तर कहीँ पनि तलाउ नभेटेपछि उनीहरुले एउटा बृक्षमा आराम गरे ।
उनीहरु उक्त बृक्षको माथिल्लो हाँगामा सुत्न खोजे । सधैं तलाउमा सुतिरहने तर यहाँ हाँगामा सुत्नु पर्दा उनीहरुलाई सकस परेको थियो । अझ त्यसमाथि एउटा उल्लु कराएको करायै गरी त्यही रुखमा बसिरहेको थियो । त्यसपछि उनीहरुले “ यो उल्लु कराएकोले गर्दा हामीले थकाइ मारी सुत्न पाएनौं , रातभरी कराएर अलिकति पनि थकान मेट्न दिएन । यो उल्लु भनेको अपसकुन भनेको त्यसै हो र उल्टो तालको सँग जीवन विताउनु पर्यो भने सारो पो हुन्छ त” भनेर रातभरी उनीहरुले उल्लुको कुरा काटिरहे ।
हुँदा–हुँदा कुरा गर्दा–गर्दैं उल्लु कराएको करायै तथा हाँस र हँसिनी बूढा बूढीको उल्लुको कुरा काट्या काट्यैमा झिसमिसे बिहानी भयो । अनि हाँस र हँसिनी उडेर आफ्नो तलाउमा जान लाग्दा उल्लुले हँसिनीलाई बाटो छेक्यो ।
उल्लुले हाँसलाई भन्यो :– यो हँसिनी मेरी श्रीमती हो । तिमीले लैजान पाउन्नौ ।
हाँसले भन्यो :– हामी सेता–सेता छौं । तिमी कालो छौ । सेतोको जोडी सेतो पो हुन्छ । हाँसको जोडी हाँस पो हुन्छ । त्यत्रो वर्ष भइसक्यो हामीले सँगै जीवन बिताएका , हे ! के कुरा गछौं उल्लु ?
उल्लुले भन्यो :– माया प्रेममा त्यस्तो कुनै बन्देज हुँदैन । त्यसैले यिनी मेरी श्रीमती हुन् । तिमीले लैजान पाउन्नौ ।
त्यस बृक्षको हाँगामा त्यसरी झगडा गरिरहेको देखेर बृक्षको फेदमा आराम गरिरहेका बटुवाहरुले “यो यस गाउँको पञ्चायतको फैसला गर्ने बृक्ष हो । अब तिमीहरु झगडा नगर हामी पञ्चहरु बोलाएर फैसला गरिदिन्छौं । हामी यो बृक्षको अपमान हुन दिन्नौं” भनेर भने ।
दिउँसो पञ्चायतका सबै मानिसहरु भेला भए । बटुवाहरुसँग तथा उल्लु , हाँस , हँसिनीसँग पञ्चायतकाहरुले केलफेल सुरु गरे । अन्त्यमा उनीहरुले यदि हाँस र हँसिनीलाई न्याय अनुसार उनीहरुको गन्तब्यमा पठाइदिएमा उल्लु मात्रै बाँकी रहन्छ र त्यसपछि यस बृक्षमा फैसला गर्ने हामीहरु उल्लु हुन्छौं भन्ने सल्लाह गरेर हाँसलाई त्यहाँबाट एक्लै फर्की जान आदेश दिए ।
हाँस र हँसिनी निराश भए । केहीछिनपछि पञ्चहरु गइसकेपछि उल्लुले उनीहरुलाई व्यङ्गयवाण हान्दै भन्यो कि “हेर तिमीहरुले यो उल्लु बसेकोले अलच्छिन लाग्यो भनी रातभरी मेरो कुरा काटी बसेका होइनौ ? म कहाँ अलच्छिन हुँ र यस बृक्षमा बसेको पैंसठ्ठी वर्ष भइसक्यो अहिलेसम्म यी पञ्चेहरुले यस्तै मूर्ख–मूर्ख फैसला गर्दै आएका छन् । मैले तिमीहरुलाई यहाँ यी कुराहरु देखाउनका लागि यो अक्किल गरेको । ल भन म असल छु की छैन ? यसरी गलत फैसला पैसठ्ठी वर्षसम्म गर्दा दिउँसा–दिउँसो मलाई सुत्न कति कठीन भयो होला अनुमान गरेका छौ तिमीहरुले ? ल भन म असल छु की छैन ? मैले यहाँ फैसला गरेको भए पैसठ्ठी वर्षसम्म सबैले न्याय पाउने थिए । म मूर्ख होइन यो पञ्चायत महामूर्ख हो ।
अनि उल्लुले उनीहरुलाई भन्यो :– अब मेरो असली फैसला सुन । लौ तिमीहरु दुबैजना श्रीमान श्रीमती हौ । श्रीमान श्रीमती रहनेछौ । लौ तिमीहरु दुबैजना आफ्नो जन्मभूमिमा जाऊ , त्योभन्दा राम्रो अरु बिकल्प छैन । तिमीहरु आजाद भयौ । आइन्दा तिमीहरुले उल्लु खराब कहिल्यै नभन ।
त्यसपछि हाँस र हँसिनीले धेरै राम्रो श्क्षिा दिएकोमा उल्लु गुरुलाई धेरै–धेरै धन्यवाद दिँदै फेरि उही तलाउमा स्वर्गीय आननद लिन थाले । उनीहरुको खुशीयाली फेरि फर्कियो ।
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाडौं
bijusubedi@gmail.com

- Saagar Silwal, Shailendra Thapa, Rajan Paneru र अरु 4 जना लाई यो मनपर्यो।
- Narayan Tiwari, राज आशातीत र 2 जना अरुहरु पनिलाई यो मनपर्यो ।

Comments
Post a Comment