लघुकथा :– मोहम्मदको अन्तिम वाणी
लघुकथा :– मोहम्मदको अन्तिम वाणी
बिजु सुवेदी “विजय”
मोहम्मदको वाणी नै कुरान लगायत मुस्लिम धर्मका सम्पूर्ण धर्मग्रन्थहरु हुन् । मोहम्मद यत्ति परम्पिता परमात्मा अल्लाहलाई विश्वास गर्दथे कि आज उनले जति पनि कमाउँथे अथवा आफूसँग आज जत्ति पनि पैसा हुन्थ्यो ती सम्पूर्ण सधैं राम्रा कार्यहरुका लागि खर्च गर्ने गर्दथे । यी सब मोहम्मदको अल्लाह प्रतिको भरोसा कै कारण थियो । भोलिपल्ट मोहम्मदसँग कताबाट कताबाट पैसा हुन्थ्यो । अझ भनुँ मोहम्मदलाई राम्रा कार्यहरु गर्न अल्लाहले आफ्ना अलौकिक शक्तिले उनलाई चाँजोपाँजो मिलाइदिन्थे । दैनिक रातिसम्ममा सबै खर्च गरिसकेपछि मात्रै मोहम्मदलाई आरामको निन्द्रा लाग्थ्यो । सधैं नै सबै पैसा खर्च नभएसम्म मोहम्मदले आरामको सास फेर्दैनथे ।
एकदिन मोहम्मद धेरै बूढो भए । उसको परलोक जाने दिन नजिकै आयो । बूढो भएपनि उसकी श्रीमतीले पनि सबै पैसा खर्च गर्ने गर्थी । अनि एकदिन मोहम्मद चल्नै नसक्ने गरी थला परे । उक्त दिन उसकी श्रीमतीले एउटा सिक्का मोहम्मदले थाहा नपाउने गरी बचत गरेकी थिइन् । मोहम्मदले आफ्नी अर्धाङ्गिनीको अनुहार नुहेको देखेर “आज तिमीले के अपराध गरेकी ? किन तिम्रो मुहारको कान्ति हरायो ?” भनेर सोधे । उनले अक्कमक्क भएर जवाफ दिइन् “हो स्वामी ! आज मैले हजूरका लागि एक अपराध गरेकी छु । आज मैले पहिलोपटक एउटा सिक्का जोगाएकी छु ।” तत्कालै मोहम्मदले उसकी श्रीमतीलाई अल्लाहसँग गद्दार नगर्न अनुरोध गरे । तर उसकी श्रीमतीले “हजूरलाई केही भैहाल्यो भने यो पैसा काम आउँछ ।” भनेर भनिन् । तर मोहम्मदलाई त्यो दिन जस्तो छटपटी जीवनभरको कुनै पनि दिन भएको थिएन ।
मोहम्मदले रातको मध्य प्रहरमा आफ्नी अर्धाङ्गिनीलाई उक्त बोझिलो सिक्का दान गरेर आउन अह्राए । तर अर्धाङ्गिनीले “यस्तो सुनसानमा कोही पनि भेटिन्न” भनेर जान मानिनन् । मोहम्मदले “त्यहाँ बाहिर बाटोृसम्म जाऊ , अल्लाहले हाम्रा लागि कोही न कोही व्यवस्था गरिदिनुभएकै हुन्छ ।” भनेर भने र अर्धाङ्गिनीलाई दान गर्न पठाए ।
अर्धाङ्गिनीले पनि बाटोनिर एकजना मात्रै लङ्गडो व्यक्ति खोच्याई–खोच्याई चकमन्न सन्नाटालाई भङ्ग गरिरहेको देखिन् र उनैलाई सो सिक्का दान दिइन् । अनि मोहम्मद कहाँ आएर “मान्छे भेट्टियो । दान दिएर आएँ ।” भनेर हर्षित भएर आइन् । मोहम्मदले चरम आनन्दको महसूस गर्दै आफ्नो जिन्दगीभरको एक भूलको पश्चात्ताप गर्दै , अल्लाहसँग क्षमायाचना माग्दै आफ्नो प्राण त्यागे ।
नोट :– यो कथा मैले २०३५ सालताका स्कूलमा पढ्दाखेरीको मुसलमान साथीको घरमा जाँदा उनको परिवारको एकजना बूढो व्यक्तिले यो रहस्य खोलेर मलाई भन्नुभएको थियो । भूलचूक भएको भए क्षमा चाहन्छु ।
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाडौं
bijusubedi@gmail.com

Comments
Post a Comment